Monday, March 23, 2015

केही छलफल र केही सुझाव


(अन्तराषट्रिय विभागमा छलफलका लागी प्रस्तुत खेस्रो)
कुनै पनि देशको कम्युनिष्ट पार्टी, विश्व कम्युनिष्ट आन्दोलनको एउटा टुकुडी भएकोले उस्को राष्ट्रिय दायित्वको साथै अन्तराष्ट्रिय दायित्व र भूमिका पनि हुँने गर्छ । नेपाली कम्युनिष्टहरुको पनि आफ्ना नीति, योजना र भूमिकालाई राष्ट्रिय मात्रै नभई अन्तराष्ट्रिय पनि हुँनु आवस्यक छ । अझ अहिले नेपाली सकृय मानसिक र भौतिक शक्तिको ठूलो हिस्सा विदेशिएकोले त्यसलाई राष्ट्रिय गतिविधीमा जोडने र उनीहरुलाई भूमिकामा उर्तान पनि अन्तराष्ट्रिय विभागले (अवी) त्यतीकै पहल लिनु पर्छ । विदेशिएका नेपालीहरु यस देश र पार्टीका अपूmलाई कसरी प्रतिनिधी अथवा अवैतानिक राजदुत हुँन भन्ने स्वयम्मा गरिमावोध गराउन सकिन्छ र उनीहरु मार्फत त्यो देश, अन्तराष्ट्रिय समुदाय र आन्दोलनसंग जोडिन सकिन्छ त्यतीकै पार्टीको अन्तराष्ट्रिय दायित्व, ओजन र भूमिका पनि बढ्नेछ ।  त्यसकोलागी पार्टीको अबीमा ३ शाखालाई उचित भूमिकासाथ सकृय पार्नु पर्ने आवस्यकता देखिन्छ ।
 १) पार्टी शाखा
२)कुटनीतिक भूमिका
३)सम्राज्यवाद विरोधी एक्यवद्धता अभियान
४) बिशेषज्ञ जनशक्तिको सदुपयोग
१) पार्टी शाखा
क) हरेक मुलुकमा पार्टी सम्पर्क भएको क्षेत्रमा  वान म्यान कटयाक्ट देखी, सेल, एरिया जिल्ला हुँदै शंख्यालाई ख्याल गर्दै हेर्दै पार्टी इकाई गठन गर्ने  र उस्को माताहत ततमुलुकको  बैधानिकतालाई पनि ख्याल गर्दै खुला संगठन निमार्ण गर्ने । मजदुर र अन्य क्षेत्रिय वा जातियमुक्ति अभियानका संगठन बनाउने । पार्टीको मातहत समान प्रकृतिका अन्य संगठननसंग सयुक्त मोर्चा गठनको प्रयास गर्ने । पार्टी मातहत नेपाली कुटनितिक नियोगसंग संबन्ध बढाई त्यहाँका समस्याको हल गर्न प्रयास गर्ने अभिभावकको रुपमा आफनो हैसियत बढाउने, अन्य भाईचारा संगठनसंग ऐक्यवद्धता कायम गर्ने, पश्चिमा मुलुक र भारतमा त्यहाँका  मजदुर आन्दोलन, प्रवाशी आन्दोलन वा एण्टीकट मोभमेण्ट, अकोपाई वाद स्टीट अभियान ९९,१ मोभमेण्टसंग पार्टीलाई जोडिने,  सम्राज्यवाद बिरोधी हरेक गतिविधीमा पार्टीलाई सरिक गराउने ।
ख) जनयुद्धको ठूलो जनशक्ति अहिले खाडी मुलक, मलेसिया र दक्षिण कोरिया पुगेको छ । विशेष गरेर खाडी र मलेसियामा गएको यूवाहरु एकातर्फ म्यान पावर कम्पनी, श्रम विभाग बाट पिडित बन्नुपरेको छ भने तत मुलकको कानुनी अडचन र त्यहाँ पनि नेपालीबाटै नेपाली ठगिनु परेको छ ।  दैनिक हजारौ प्रवासिन्छन र सरदर ४वटा लास भित्रिन्छ । सुदुर जिल्लाबाट यो समस्या हल गर्न असक्षम जनताको ठूलो पग्ती त्यहाँ पनि कानुनी बाधा अडचन र भवितब्य पर्दा असाहाय हुँने गरेका छन् । त्यसैले केन्द्रमा एक हेल्प डेस्क हुँन आवस्यकछ भने हरेक जिल्ला कमिटीमा विदेश विभागसंग समन्वय गर्ने जिल्लामा विभाग आवस्यक छ ।
 ग) भाईचारा संगठनसंग सम्बन्ध कायम गर्न, सहयोग र सर्मथन जुटाउन अन्तरपार्टी सम्बन्ध बढाउन ।  

२) कुटनीतिक भूमिका
दुनिया अत्यन्तै साँगुरिएको छ भने नेपालमा रहने कुटनितिक नियोग, दात्रीसंस्था र आइयनजियो मार्फत त्यसदेशको धारणा पार्टी र देश प्रति बन्ने हुँदा कुटनीतिक अभियान चलाउन एउटा शाखाको आवस्यकता हुन्छ ।  अवी अन्तरगत कुटनीतिक नियोग, दात्री निकाय र अन्तराष्ट्रिय विकास सस्थासंग निरन्तर सम्पर्क राख्ने र पार्टीप्रतिका विदेशी नियोगलाई पर्ने भ्रम चिर्न शाखाको आवस्यक हुन्छ ।
३) हरेक देशको कम्युनिष्ट आन्दोलन स्वयम् अन्तराष्टिय भूमिकामा हुन्छ । त्यसैले आजको सम्राज्यवादको ससक्त विरोध नगरी उस्को दायित्व पुरा हुँदैन । सम्राज्यावाद, उग्र पुजीवाद र उदाउदो फासीवाद विरोधमा आपूm उभिनु कम्युनिष्ट दायित्व हो । दुईपक्षिय र बहुपक्षिय अन्तरपार्टी सम्बन्ध सिद्धान्त आधारित सम्बन्ध पार्टीले गरे पनि माओवादी मात्रै नभई विभिन्न खाले कम्युनिष्ट र सम्राज्यवाद विरोधी, सामाजिक जनवादी, लेवर, सोसल, पर्यावरणवादी ग्रिनहरुसंग हातेमालो गरी जहाँ जाहाँ राष्ट्रिय मुक्तीआन्दोलन, वर्ग सर्घष, जनसर्घष चल्छन् मिलेर समर्थन गरिनु पर्छ, ऐक्यवद्धता जनाउनु पर्छ  । हरेक उत्पिडन विरुद्ध आक्रमक सम्राज्यावाद र फेरी उदाउदो फासीवाद विरद्ध एकाकार हुँन पर्दछ । यसको प्रतक्ष भूमिकामा अन्तराष्ट्रिय विभागले सम्राज्यवाद विरोधी ऐक्यवद्धता मञ्च
anti-imperialist solidarity forum _ त्यसको पहल क्षेत्रिय पभुत्ववादी भारत र पश्चिमी मुलुकमा गर्नु पर्ने हुन्छ ।
४) नेपाल र नेपालीलाई माया गर्ने, परिवर्तनलाई समर्थन गर्नेहरुसंग पनि  यस्ता फोरमले सम्पर्क बढाउने । अहिले १,०९देशमा कामदार पठाउन  श्रमस्वीकृति सरकारले लिएको छ नदिएको इराक, अफगानिस्थान जस्ता देशमा पनि नेपाली छन् ।
बिशेषज्ञ जनशक्तिको सदुपयोग
कुनै समय देशबाट कलकत्ते र लाहुरे बनेर ब्ल्यूलेवरहरु मात्र विदेसिन्थे । अहिले भने विश्व श्रमबजारमा सारिरिक श्रमिकमात्र नभई प्रतिष्ठत मानसिक श्रमिक(ह्वाईटलेवर) पनि छन् । ब्ल्यूलेवर मात्र हैन् ह्वाईट लेवर, विजनेश म्यान र विध्र्याथीहरु विश्वका प्रष्तिठित संघ, संस्थामा हैसियतमा छन्  विश्वविध्यालयमा छन् । त्यहाँको समाज, सत्ता, नागरिक समाज र मिडियामा हस्तक्षेप गर्न सक्ने अवस्थामा छन्, कयौँ प्रतिठित विश्वविध्यालयका शिक्षक, अनुसन्धानकर्ता समेत छन् । उनीहरुले ततमुलुकमा देश र पार्टीको एडभोकेसी मात्रै हैन् त्यहाँको सिप, ज्ञान,आर्जन पुजीँ पनि देशमा भित्रयाउन सकिन्छ ।

5) बुद्ध नेपालमा जन्मिएका हुँन भन्ने अभियानले नेपाललाई चिनाउन र भारतीयहरुको हस्तक्षेप विरुद्ध विश्वजनमतलाई नेपाली हित अनुकूल बनाउन धेरै ठूलो भूमिका खेलेको छ, त्योसंग फोरमले सहकार्य गर्नसक्छ । अमेरिका, क्यानाडा र पश्चिम युरोपेली मुलकमा नेपालीहरुका उदार र खुला संगठनहरु रहेका छन् भने नेपाललाई मायागर्ने वामझुकावका स्वतन्त्र टाईपका ब्यक्तित्वहरुसंग सामिप्यता बढाउन सकिन्छ । दक्षिण अमेरिकी मुलुकहरुको बामपन्थी आन्दोलनले नेपाली माओवादी आन्दोलनलाई अत्यन्तै चासो दिएर नियाली रहेका छन्  । उनीहरुको वोलिभार आन्दोलन र वामआन्दोलनको सम्राज्यवाद विरोधी गौरवशाली पृष्टभूमि हाम्रोलागी शिक्षा बन्न सक्छ ।
समस्याहरु
आज हरेक राजनीतिक पार्टीहरुका विदेशमा समर्थक संगठन छन् । जति देशभित्र राजनीतिक सक्रियता छ त्यतिनै बाहिर रहेकामा राष्ट्रियता र पार्टी प्रति चिन्ता  देखिन्छ । त्यसले वाहिर बहस  एवं घर र नेपाली समाजको मनोदशानै नियन्त्रण गरिदिएको हुन्छ । त्यसले चुनावमा असर पार्छ भने सोसल मिडियामा छाईरहेका हुन्छन् तर त्यसशक्तिलाई गोलबन्द गर्ने र संगठित पार्न र शक्तिलाई पार्टीकरण गर्न भने निस्चित योजना अवीमा अभाव छ ।  विदेशमा रहेका  संगठनहरुको मुख्य काम भनेको राजनीतिक पर्यटन गराउनु, लेवी तिर्नु भन्दा उनीहरुको योग्यता क्षमता र दक्षतालाई पार्टी र देशको हितमा लगाउने अल्पकालीन र वा दिर्घकालीन कुनै योजना छैन् । विचार, आर्दश बढाउन, त्यहाँको आन्दोलनमा जोड्न, राजनीतिक हस्तक्षेप गर्ने भूमिका बढाउन प्रोत्साहन गर्ने अजेण्डा अवीको देखिँदैन् । विदेशमा रहेकामा किन संगठित हुँनु प¥यो भन्ने भाव जगाउन सकिएको छैन् ।  अझ कतिपय देशको स्थानिय अन्तरविरोधमा खेलेर नेतृत्वपंग्तीले गुटको हित गर्ने वा त्यस समस्या हल गर्ने नाममा विदेश सैर गर्ने देखिन्छ । जति गुट छन् त्यतीकै वाहिर पनि रहेका छन,त्यसलाई संस्थागत गर्न सकिएको छैन् । आप्mनो सम्पर्कको माध्याम पार्टीको भूमिकामा त्यहाँ पुग्ने वा अवीलाई कुनै जानकारी नभई विभिन्न देशमा पुगेर संगठनको आधिकारिकताको दावी गर्दै निजीहित साधना गर्ने देखिन्छन् ।
 संथागत गर्न नसक्नु अहिलेको अवीको चुनौती हो .
9851141896

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home