कम. बुधनाले कोठैमा अाएर सरापे
प्रायजसो अाफ्नो डेरा देखाउने गर्दिन । त्यसका धेरै कारण छनः पहिलो त अाफन्तले निगरानी गर्ने मानव सिसिटिभी वासस्थानमा जडान गरिदिएका छन । सिसिटिभीमा बिपनीमात्रै हैन् सपनी पनि कैद हुन्छ । दोस्रोः अादर्शवादी क्रान्तिकारी जिन्दगीका ४५वर्षमा मैले धेरैलाइ सपना देखादिएको थिँए । दिमाग साफगरेर कमनिस बनाँए । युद्दमा होमिन पनि प्रोत्साहित गरेँ । अहिले सपना दुर्घटना परेपछि तिनीहरूले मलाइ लखेटिराछन् । तेस्रोः काठमान्डु महंगो थलो । पाहुना स्याहार्न अाैधी कठिन। अाफैँ त पाहुना लागेर खान्छु, वस्छु अरूको थप बोझ दिन चाहान्न, उनीहरू पनि मेरा पाहुना अाएको त्यति मन पराउन्नन । तर,डेरा पत्ता लाएर एकाविहानै कम.बुधना भने कोठामा अाइपुगेछ । गाँउले किशोरलाइ परिपक्क मैले नै बाएको हँ । गाँउले त्यसमा पनि थारूपुत्र बुधनाको देहभाषाले कहिरहेको कुरा मेरा अाश्रयदाताले नबुन्झेने कुरै भएन । लाचार भएर मैले बसैाँ कमरेड, भन्नैपर्यो । कोठा, अाश्रयदाता, मेरै भावभंगी देखेर बुधनाले हिजैजस्तो कमरेडली भाषामा कुराकानी सरूगर्यो । केहीवेरमै मेरो दील र दिमाग बुझेछ । अनी सवाल्ट्रनपुत्र गर्जियो । सपनी, भूभिका, अान्दोलन, ती साथी, चिहानका स्वर सम्झायो । तीदिन, यीदिनको तुलना गर्यो । सघर्षले मान्छेको दील र दिमाग पनी अर्जाप्दो रहेछ । अनि उ मलाइ सराप्न थाल्यो । जानेजत्ति भन्नुपर्ने सवै रित्याउदै एककप चियासमेत नखाँदै,फर्केर समेत नहेरी अलपियो । मैले सम्झेसम्मका उस्का गाली यि थिएः –तैंले पढेका शास्त्र, शिद्दान्त, कला, काब्य सवै पुस्तक धिमिराले खाइदिअोस । नोटबुक पानीले भिजेर अक्षर नबुझियु । दील र दिमागबाट ज्ञान, सिप, विचार, संवेदना, माया र घृणा सवै बिर्सीएस्। –हिजोका सहयोद्दाका नाम र अनुहार विर्सियस् । –प्रेमिका भेटन नयाँ सुट र उनलाइ सुनाउन रचिएको कबिता पनि मुसाले धुजाधुजा पारिदिअोस । –प्रेमिको घर ठेगाना टिपेको चिर्कटो हराअोस । उन्का संवाभित संपर्क नंवर समेत डिलट हुँन् । उन्को नाम पनि विर्सियस् । उन्को टोलछिमेक पुग्दा चिनेका माछेलाइ के भनेर सोध्ने हेक्का नै नहोस । अरूले सोधेकोमा नाजवाफ भएस् । मास्क लगाएको तँलाइ एक्कासी अाफनै थलोमा पुगेको तेरी प्रेयसीलाइ पत्तै नहोस् । उनी बाटो काटीसकेपछि मात्र तैले थाहा पायस् । उन्ले पनि परचक्रिले भनेर मात्र थाहा पाउन । उनलाइ विर्सन पनि नसकेस् सम्झन पनि अर्कैको साहारा लिन परोस । देख्न र सुन्न पायस, तर नजिक हुँन यस जिन्दगीमै नपाएस । –त्यसैबेला तेरो पर्श, परिचयपत्र र एटिम कार्ड समेत हराअोस् । कमरेड तर्कियुन, लालमण्डले कहाँको पासो अाइलाग्यो भनेर सोचुन । –जाडो महिना, साँझको वेला होस् । एकाएक दर्के पानी परोस, अोत लाग्ने घर वा ठूलो रूख पनि नहोस, अाफँतलाइ सम्पर्क गर्ने खोज्दा फुनसेट भिजेर काम नलागोस् । –जुन कामकोलागी यात्रा गरेको थिस् काम नै विर्सियस् । भन्नुपर्नेले तेरो कुरै नबुझोस् । –लडाइमा जाँदा बन्दुक लगे पनि कार्तुस घरैमा विर्सिएस् । –अरुभन्दा भिन्न देखिने दौडमा,आफ्नोपन बिर्सिएर पहिचान गुमाउदै आधुनिक भएको आडम्बरी बन्ने छुतलागेर आफैसङ्ग लज्जित हुनु परोस । –सिँउडीको रूखमा सुन्तला फल्छ भन्ने नयाँ कलमी वातमार्ने बतालु बनेस् । –गतब्य ठिक सोचेपनि पुग्ने दिशा खटयाउन नसकेस् । –रुखो बोली, मूढेतर्क र जिद्दी स्वभाव होस् अन्तमा म सराप दिन्छुः तेरो नर्कमा बास होस् । रैारव नर्कमा परेस । अास्थाको पाहाड चढन भरोसा र विश्वासको भर्याङ बलियो हनुपर्छ त्यैले त्यही छिमोलिस् । त्यसैले अब गसलाम हैन...ागाली खा गाली ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home