Friday, November 24, 2017

देख भाई, देख्.... चुनावी तमाशा देख्....

मौसम चुनावको हो, चर्चा चुनावी राजनीतिका पात्र र प्रबृतिको । परिणामले देशकै भाग्य र भविष्य निर्धारण गर्छ वा दुर्घटनालाई निम्त्याउन पनि सक्छ । ख्याल राखौँ.... हाम्रा जटिलताको भूसंवेदनशीलता पनि । अझ नेपाली सनातनी राजनीतिको क्रमभंग गर्ने माओवादी आन्दोलनका विषयसंग ठोक्किन पनि पुग्छन् । अहिले गम्दै छु,– के नेपाली समाजविकास र राजनीतिमा क्रमभंग भएकै हो ? के भीडमा पनि एक्लो मान्छे हुँन सक्छ ? के नदीका प्रवाहाविरुद्द मान्छे तैरिने आँट गर्छ ? के आफैँप्रति न्याय र आप्mनै विगतका गौरवताको स्यालुट सधैँ ठोक्न सक्छ ? अथवा भूलले, अज्ञानता, आवेगले, अनुसन्धान वा प्रयोगशालाले देखाएका त्रुटिलाई विनम्रतार्पूवक स्विकार्न सक्छ ? कि अहंकारले हिजो पनि ठीक, आज पनि ठीक अथवा जे भयो त्यो पनि ठीक, जो हुँदैछ त्यो पनि ठीक, जे हुँनेवाला छ त्यो पनि ठीक भन्ने सुविधाको तर्क कोरल्ने छुट पाँउछ ! आखिर उसलाई इतिहास प्रारब्धको खेल हो की ! सामाजिक परिवर्तनमा मानवीय भूमिका के मुख्य हुन्छ ? इतिहास गम्दै वर्तमानसंग वात मार्दै छु । बेमौसमको बाजा त बजाउन सक्दिन, भलै धुन अलग किन नहोस् ! सुविधाका भाषा चिच्याउँदै कर्नाल फुक्ने बेला हरेकलाई इतिहास काउसो बन्छ । उहिलेका कुरा खुइले भनिन्छ । सिद्धान्तका कुरा सन्र्दभहीन हुन्छन् । यो बजारको हुकुम तामेल गर्ने कुशल ब्यबसायी जमाना हो । यहाँ कसैलाई बहीखाता सम्हाल्ने फुर्सदै हुँदैन् ... कारोवार नगदमा चल्छ । आफन्तको नाफामा हिसाव हुन्छ । यो सुविधाको राजनीति गर्ने र तर्क कोरल्नेबेला मौसम अनुसारै चल्नुपर्ने हुँदा अहिले समाजको एउटा ठूलो हिस्सा आग्रह, कुन्ठा, चाकरी, भजनकिर्तन, गालीमहात्म्यका शब्दचाकरीका काब्यात्मक सकृयता देखाँउदै जताततै छताछुल्ल देखिँदैछ्न् । के तपाईले देख्नु वा अनुभूत गर्नु भएको छैन र .....। करपोरेट मिडिया र च्याउझै उम्रिएका अनलाईन र सामाजिक संजाल... सवैको जन्मपत्री नियाल्न कुनै मिहिनेत नै गर्नु पर्दैन् । चुनाव हो –यहाँ विद्धान, पण्डित प्रोफेसर र अपराधी वा दण्डितहरुको मतमूल्य एकै हुन्छ । अझ विवसतापूर्वक प्रवासिएका लाखौँ मतदाताहरु टाढाबाट आप्mना भाग्य र भविस्यका ठेकेदारहरुलाई टुलुटुलु हेरिहन विवश छन् वा फेसबुक, टयुटर वा सामाजिक संजालमा आफना उपस्थिति जनाईरहेका छन् । ठेकेदारहरुका भने गर्दनले नथाम्ने माला, नौटंकी, भद्दानाटक, बकवासर्पूण प्रलापी भाषण, अभियान गरिरहेका छन् । खर्चिएका शब्दले कहिले आक्रोश र घृणा, कहिले कुरीकुरी गराईरहेको हुन्छ । प्रतिवद्द हुँनु नपर्ने यस्ता समग्र कथन भद्दा बकबास र मानवलाई मान्छेमा फेर्दै वेकुफ बनाउने अपराधी कृयकलाप पनि मान्छेलाई सहज बनिदिँदो रहेछ । घृणा छैन् । चुनावमा अथाहा खर्च गरिरहेको छ,आखिर यत्रो पैसा कहाँबाट आँउछ ? किन कस्ले लगाँउछ ? किन कोही कसैलाई चन्दा दिन विवश हुन्छ ? तर, यस्ताकुरा भीडले सोच्न मानवलाई दिँदैन । आर्दश र पार्टी भाड्मा जाओस् । नीतिगत भ्रष्टाचार, जीवननै भ्रष्टाचार बनेका हिजाका आर्दशका दस्तावेज, आज दुर्गन्धीत भएर डुङडुङती गन्हाईरहेका छन् । पार्टीका घोषणा पत्र र झण्डाले छोप्न सकेका छैनन् । विगत छाँयासरी हिडरिहेको छ । हिजाका भूमिका र ब्यबहार कितावका पाना र मिडियाका हेड्लाइन अझै ज्यूदा छन् । जवाफ मागिराखेका छन् । उनैका दिल र दिमागमा अनुहारभरी छताछुल्ल भएका छन् । जस्तै कलाकार भए पनि मान्छे आफैसंग लुक्न सक्दैन् । उस्कालागी योग्यताका कसीमा पहिलो दर्जा पैसो, आफन्त, नाता र चतुरे चाकर अर्को शब्दमा गुटियार र भेग बनेको थियो र बन्नेछ पनि सिद्दान्त, पार्टी, देश र मानवता तपशीलमा परेको कसैको नजरबाट छिपेको छैन् । पालन गर्नु नपर्ने, गर्नै नसक्ने कुरा चुनावी घोषणा पत्र र भाषण, घरदैलोमा गरिने पाल्सी कुरा देख्दै पिच्च थुकिदिन मन लाग्छ् । त्यस्तै कुराका पछुवा भिड् देख्दा सोच्न मन लाग्छ...एउटा भीडको अंश मानिस बनाँउने कुन तत्व हो – मानवलाई लुरुलुरु हिँडाउने, खूरुखुरु डो¥याउँदै मौैनपशुमा फेरिदिने ! आफैँले बोलेका, आफैँले पत्याउन नसकिने कुराहरु कसरी भन्न र अरुलाई पत्याउन अपिल गर्न सक्ने ! हो, पक्कै पनि यो राजनीतिक ब्यबसायको सुविधाको बिमा गरिने समय चुनाव .... यो साच्चैको रमिता र तमाशाको समय । देख्दै छु सपनामाथी सिकार गर्ने पिलन्धरेहरुको कुण्ठा, आग्रह पोख्ने र शब्द, आर्दश, मूल्य, सपना, प्रतिवद्दता, आफनै कथन, कैरन र भूमिकाका मलामीका लस्करहरु । आफैँलाई वेकुफ बनाउदाँ पनि हाईसन्चो पार्ने कुन त्यस्तो ओखती हो जस्ले आफनै चिहान खितखिताँउदै खन्न सक्छ ! फेरी सोच्छु – घृणा र बदला त नकारसंस्कृतिको उर्जानै भएकाले यो साइत तिनीहरुकालागी त हितकरै छ नी ......वरदान....। चुनावमा हुँनुपर्ने भएन् हुँदैछन् ,नहुँनुपर्ने भईरहेका छन् । आखिर यस्को अन्तर्य के हो त ? मान्छेले बजारसंस्कृतीको सामाजिक रुपमा सामना गर्नु परेको प्रश्न भनेको तिमी को हौ ? तिमी रोटी हौ की लाठ्ी । अरुलाई तिम्रो आवस्यकता किन पर्छ भन्ने प्रश्न खडाभएपछि मान्छे रन्थनाएर शक्ति हत्याउन, शक्तिको उपासक बन्न शासक वर्गमा फेरिन, धनवान वा बिक्रीमूल्यको उम्दा बन्न, निजी विषयमा केन्द्रित हुदैँ आफनो औचित्य प्रमाणित गर्न थाल्छ । या त उग्र आर्दश फलाक्न थाल्छ या पुजीँ कारखानामा फेरिन थाल्छ । को हौ ? को जवाफ दिन नसकेपछि नै मान्छे पहिचानको संर्घषमा आपूmलाई होम्दछ । महत्वकाक्षा सजाउँछ । समाजवादी अभियानलाई विषयान्तर गर्ने सबभन्दा अचुक औषधी सम्राज्यवादले यसैलाई सोच्यो । भावनामय बनाएर उफा¥यो । जातीय सर्घष र साँस्कृतिक टकरावले वर्गसर्घष निस्तेज पार्ने लोकपृय अभियान यही मनोदशामा चढेर खेलिए । उपभोक्तावाद अर्काे औजार बन्यो । र्हेनुश त...चुनाव....। नियाल्नुस त...पात्र र प्रबृतिका सक्रियता ! समाजवादका अभियन्ता भन्दै समाजवादकै हुर्मत काढने पाखण्डीहरुका चर्तीकला.... । मानिसमा रहेको अन्तरवासनाले उसलाई तिमी को हौ ? तिम्रो सामाजिक हैसियत र औकात के हो ? भन्ने प्रश्न र उत्तरको भोक जगाउँछ । मानविय उत्प्रेरक शक्ति पनि यही हो । जुन स्वभिमान जागृत भएर क्रान्ति वा विद्रोहमा, मानवतावादी आन्दोलनमा वा वैराग्यतामा होमेको हुन्छ त्यस्को अर्काेपाटो भने निजी विषयमा पनि हेल्ने यही शीर्षक बन्छ । हरेक महान परिवर्तनसंगै समाज, सोचका तरिकाहरुका साथै सनातनी कानुन र व्यबस्था खजबजिएका हुन्छन् । त्यससंगै हरेक क्षेत्रमा महत्वकाक्षा र अपेक्षा पनि त्यतिकै चुलिएको हुन्छ । समकालीन समाज र परिवारले पनि त्यही प्रश्न गरेर मानिसलाई पहिचानको खोजीमा दवाब दिईरहेको हुन्छ । यस्तोवेला कयौँ पात्रहरु स्विकारेका मूल्य र आर्दश विघट्न हुँदै उपयोगिता र उपभोक्तामा फेरिन्छन् । खुला समाजको “तिमी को हौ” को जवाफ दिन नसक्नाको कारणले रन्थनिन् पुग्छन् । क्रान्तिको क्षतिपूर्तीभाव पलाएर चुनावी म्याराथुनबाट सिंहदरवारको यात्रा सुगम ठानिन्छ । नेतृत्वले स्वयमको, कार्यकर्ताको, आन्दोलनको समाजको बढदो महत्वकांक्षाको सकरात्मक ब्यबस्थापन गर्न नसक्दा गडबड हुँनजान्छ । जब पत्यारिदो जवाफ दिन सकिँदैन् तब आर्दशको गफ छाँटनु वा कुनै बहानामा पलायन हुँनुभन्दा अन्य उपाय रहँदैन । यो आन्दोलनले पैदा गरेका महत्वकांक्षा र समाजले गरेको प्रश्नले माग गरेको जवाफ र मनोदशा पनि हो । विचारको ब्यबस्थापन गर्न नसक्नु र राजनीतिक संस्कृतिलाइ ध्यान नदिनका परिणाम हो । समान विचार र आर्दशको कार्यन्वयन गर्ने पार्टी बनेको र बनाईएको हुन्छ भने आप्mना महत्वकाक्षा पुरा गर्ने औजाररुपी गुट बनेका हुन्छन् । स्वार्थका आधारमा बनेका मूल्यरहित गुटहरु क्षिणिक स्वार्थ पुराहुदाँ मिल्छन, नमिल्दा ग्याससिसा झैँ झ¥यापभूmरुप फुट्छन । पार्टीमा गुटको जन्म, विकास र विभाजनपछाडि आर्दश र मूल्य कम– पहिचानको खोजी ज्यादा हुन्छ । गुटमा रहेपछि राजनीतिक परिचयमात्रैे हैन् सुरक्षा देखेर पनि कार्यकर्ता पार्टीभन्दा गुटमा रमाउने र आप्mनो विकास एवं सभंवना देख्छन् । माओवादी, काग्रेस, एमाले र मधेशवादीमा देखिएको गुटीए मनोविज्ञान पछाडिको मनोभाव यही हो... जो अहिले चुनावमा उम्मेदवारी छनोट र समानुपातिक भाग्यशालीको चयनमा अझ देखा परे । अझ यस्तोबेला दुई अति देखिने गर्छ । सफलताका सिकारीहरु उपयोगितावादमा लाग्छन् भने असफलहरु आर्दशका गफ छाँट्दै गुट निर्माण गरेर अश्तित्व जोगाउँन खोज्छन् वा भिन्न देखिने कोसिस गर्छन् । सानु समस्या समाधान गर्न नसकेपछि ठूलो समस्या हालिदिन्छन । सिद्दान्तहीन तालमेल र पार्टी एकताका कुरा चुनावी संस्कृतिका कचराआवेग मात्र बनिदिन्छन । तर सवै हुन्छन ...आर्दशका नाममा, सिद्दान्तका नाममा, इतिहासको हकवालाको नाममा । देख भाई, देख्.... चुनावी तमाशा देख्.... । आप्mनै चिहान खन्दै मलामी जानेको बथान देख् । आफनै सपनाका ब्यापारी र ठेकदारका लिला देख् । जय नेपाल र लालसलामको नारामा आप्mनै हुर्मत काढेर पनि नायक दरिन खोज्ने मनुवाहरुको भीडलाई देख् । निराशाका कारखाना र विद्रोहका कारकहरुलाई जनआस्था बर्ष २३ अंक ३६.. २०७४ मंसिर ६ बुधवार

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home