नानारावःनायकको समाधि र क्रान्तिका वैस्विकगाथा
हामी टोपी फुकाल्छौ शिर निहु¥याउछौँ, मुठ्ठी उचालेर सलामी अपर्ण गर्दछौ— उपनिबेसवाद (अवत उपनिबेसवादको रुप विस्तारबाद र नव सम्राज्यबादको अनुहारमा फेरिइ सक्यो) विरुद्धका प्रखर अगुवा, पहिलो भारतीय स्वतन्त्र संग्राम (१८५७ इ.स.) का नायक नाना साहिबलाई । यो बिस्मृतीगर्भमा रहको समाधि हो । असंख्य ती गदर बिद्रोहिलाई जस्ले विदेशी अधिपत्य बिरुद्ध लड्दा–लड्दै शहादत प्राप्त गरे, यहाँ उनीहरुको चिहानमात्र छ । दन्ते कथाका तीलस्मी पात्र झै लाग्ने गदर अंग्रेज मतीयार राणाहरुको खुकुरीको धारमा परे, जो नेपालबाट पक्रिएर ब्रिटिशलाई सुम्पिए तीनिहरुलाई फा“सी दिइयो । जसले त्यसबाट जोगिन र अस्मिता बचाउने कोसिस गरे तीसबै औलोको शिकार भए । ती नाना साहिव सहितै यसै धरतीमा समाधिस्त भए । अहिले हामी स्वंयम क्रुर यथास्थितिवादस“ग सकृयघृणा गरेकै कारण सत्ताविमती यात्रामा छौेंँ । यो माहान जनयुद्धको तुफानी यात्रा हो । मानव सभ्यतामा यस्ता अनेकौं यात्रा स्वप्नद्रष्टाले धेरै चोटी गरे होलान् । त्यसै मध्येका माहान गदर पनि थिए । त्यसैले ती हाम्रापनि नायक र सहगोत्री हुन् । उनीहरु भारत बर्षमा जन्मिए त के भो ? उपनिवेसबादी फिर¨िहरुलाई घृणामात्र गरेनन् प्रतीकार गर्दै यस उपमहादिपबाट खेद्न तम्सिए । उनीहरुलाई सुविधा र सम्मानले रोकेन । राजनीती सीमाले क्रान्ति र बिद्रोहको आ“ठो लगाउन सक्दैन् । जुन बाटोलाई एक सय सच्चालिस बर्ष पहिला गदरले कुल्चेका थिए हामी मुग्लानबाट त्यहि बाटोहु“दै यहा“ आइपुगेको छौ । श्रावस्तिको (भारतीय सिमा) मुकृटटा नाका छिचोल्दै राप्तीको किनारैकिनार भएर आउ“दा जसरी ब्रिटीश र राणास“ग गदर ओझलिदै उत्तरतीर बढेका थिए हो... त्यस्तै हाम्रो यात्रा पनि भारत–नेपालका सत्तास“ग आ“खमिचौली खेल खेल्दै अघि बढेको छ । छिनछिन मै पुनरजिवन र नया“ योजनामा बढ्न बिवस यो यात्रा अहिले क्रान्तिकारी तीर्थस्थ बनेको र धर्ती गर्भैमा रहेको नानाको अन्तिम आश्रय थलोमा पुगेको छ । रात सुखद आश्चर्यमा फेरिएकोछ, । अथवा लामखुट्टे–भुसुनालाई टोकाउदै, किर्नालाई डसाउदै, जंगली–“शहरी” जनावरस“ंग चौकसी स्वंयम गर्दै आज विताउनु पर्नेछ । जगंल बीचको अनकन्टार, दुर–दराजसम्म बस्तिविहीन ठाउ“ । हिंस्रक पशुहरु र विषालु सर्प–बिच्छीहरुको वासस्थान । खण्डहर अवशेष मात्र । यो ठाँउ वाकें जिल्लाको ठुरिया पूर्बिजंगल हो । पूर्व–पश्चिम राजमार्ग कोहलपुरखण्डको अगैया उत्तरतीर छौं । भारतीय पहिलो स्वतन्त्रता संग्रांमका नायक गदरको अन्तिम आश्रय थलो । आख्यानमा नसमेटिएको र लिखित इतीहासमा विरलै उल्लेख भएको, श्रुति र किवदन्तिले पहिल्याउनु पर्ने । आपैmलाई छिपाउदै, लुकाउदै, जोगाउदै लखतरान हु“दै यहिं बास बनाउने निधो गर्छौ । बर्षौ पहिला छिसिक्क एउटा पुस्तकको एउटा वाक्यमा मात्र संगेटिएको ठुरिया र नानाको सम्बन्धले त्यसै बेला देखीनै त्यहा“ पुग्न ब्याकुल बनाएको थियो । त्यो धोको, धोकोमै सिमित थियो । एक्कासी त्यसै थलोमा पुगेपछी झोला विसाउन नपाउ“दै चिच्याउन पुगेछु – “युरेका–युरेका” भन्दै मेरो चिच्या“ईले सहयात्री–सहयोद्धा कमरेडहरु कौतुहलतापूर्ण जिज्ञाशा राख्दछन् । जिज्ञाशा आफैमा क्रान्तिकारी इच्छाशक्ति र आशावादको लागि शक्ति हो । यस्ता बेला परिवर्तनको लागि नायक र आदर्श व्यक्तित्व प्रेरणा हुने गर्दछन् । इतीहास आशाबादी, बिद्रोह र क्रान्तिको लागि जहिले पनि दरविलो हतीयार हन्छ । गौरवमय विगत उर्जा हुने गर्छन् । संसार भरि कै विद्रोह जो जहा“ र जुनसुकै वेला भएका भए पनि ती आप्mनै अंश र वंशका ठानिन्छन् र मानिन्छन् । सफलता र असफलताले भावी दिशा निर्देशन गरिराखेका हुन्छन् । अझ नाना साहिबले त सात–समुद्रपारीका वेलायतीहरु विरुद्ध शंखनाद गरेको गदर विद्रोहले भारत बर्षमा मात्रै नभई सारा संसारमै डेढ सय वर्ष पहिलानै छाप छोडेको थियो, प्रेरक थियो । सार्क मुलुकमा मुक्ति सपना देखाउने राष्ट्रवादी आन्दोलनका प्रतीक बनेका मराठा पेस्वाको आकारहिन समाधि थलो अहिले घना जंगल बनेको छ । सहयोद्धाहरु नानाको वृतान्त सुनाउने आग्रह गर्छन् । नाना साहिवको जन्म सन् १८२४ मा नारायण भट्ट र गंगा वाईको सन्तानको रुपमा भएको थियो । सन् १८२७ मा मराठा पेश्वा बाजी राव द्वितीयले धर्मपुत्र बनाउनु पहिला उनको नाम धुन्दुपन्त थियो । पेश्वा बाजी रावको सन् १८५१ मा मृत्युसं“गै नया“ मराठा पेश्वा बनेका नाना साहिव (नाना राव धुन्दु पन्त) स“ंग अंग्रेजहरुको खटपट शुरु भयो । विद्धान मित्र अजिमुल्ला खँ“ा उनका विश्वासिला सहयोगि थिए । अंग्रेज विरुद्धको लडाई निम्ति अटोमन साम्राज्यस“ंग सहयोगको लागि उनी सन् १८५६ इस्तनावुल पठाइए, साथै रसियनहरु स“ंग पनि सहयोग माग गरे । तर कतैबाट सहयोग नपाइए पछि विद्रोह शुरु भयो । राष्ट्रवादी आन्दोलनको प्रेरणा श्रोत र प्रतीक बनेको नाना र उनको विद्रोहको ज्वालाले पुरा भारतबर्षलाई लपेट्यो । सम्पूर्ण राष्ट्रबादी शक्ति एकाकर भए । आमजनता स“ंगै राजा–रजौटा, निजाम, नवाव, पेश्वा, जिम्दारहरु पनि एक गठ भए । मिल्ट्रिहरुले विद्रोह ग¥यो । वराकपुर छाउनिका २९ बर्षिय मंगल पाण्डेले ए. लेङ्खटीनेन्ट वगको अवज्ञा र उसमाथिको आक्रमणबाट (२१ मार्च १८५७) सुरु भएको सिपाही बिद्रोहले सारा भारतलाई नया तरिकाले सोच्न बाध्य बनायो । त्यसैले अंग्रेजलाई आच्छु–आच्छु पा¥यो । यो बिद्रोहको लप्का सारा भारत बर्ष र उसको राजनितीक सिमा समेत छिचोल्यो । मंगल पाण्डेको ६ अप्रील कोटमार्सल र ८ अप्रील फा“सिले बिद्रोहको ज्वाला निभाउनको बदला पाण्डेलाई गिरफ्तार गर्न अस्वीकार गर्ने अर्को सिपाही इश्वरी प्रसादको (२० अप्रिल) फा“सीले त झन त्यसमा घिउ थप्यो । नाना अवधमा थिए, अवध गदरको केन्द्र बनेको थियो । बिद्रोह दबाउन अंग्रेज असफल भएपछि उनीहरुले राणालाई गुहारे । जंगबहादुर राणा स्वंयम सेना नेतृत्व गर्दै अवध पुुगे । गदरको किल्ला लखनउ बिद्रोह दबाउन जुन दमनको विभत्सता मच्चाइयो त्यो यति बिभत्स र ह्दयबिदारक थियोकी अभैm त्यसैलाई “लखनउ लूट” भनेर याद गरिन्छ । बिद्रोही किल्ला पतन भएपछि गदर घाघरा नदि (भारतीय सीमा पार गरेपछि कर्णालीलाई घाघरा भनिन्छ) पार गरेर उत्तरतिर लाग्छन् । त्यस समुहमा वेगम हजरत महल, विज्रिश कादीर, वाला राव, कासि वाई (नानापत्नी ), अजिमुल्लाह खा“, राजा गंगाधर, राजा दिगविजय सिह,ं खान बाहादुर. खान (बरेली) महमद हूसेन गौर, मौलाना सरफराज अली, ज्वला प्रसाद, गंगा प्रसाद, मम्मुखान, नवाव खान, बाबु खान, उमर सिहं, देवि सिहं, वेनि माधव आदि थिए् । ती बहराइच र श्रावस्ती हुदै सुरक्षित थलोको खोजीमा उत्तर नेपाली भु–भागतीर लागे । बिद्रोहको दमनसंगै सो समुह राप्तीनदी किनारै किनार नेपाली सीमा प्रवेश ग¥यो । बाकेको सुनारहुदै बढेको त्यो समूह केहि समय रिहार (दा¨) मा आश्रय लिन्छ । अगाडि बढेको समुह मध्य केहिलाई भालुवाङ नजिक बद्रि नरसिहंको फौजले मुुला काटे झै छप्काउ“दछ र बिद्रोही नेता बेनि माधव लगायत सयौ गदर काटिएको त्यस थलोलाई कालाकाटे (काला मान्छे काटिएको ठाउ“) भनिन्छ । अझै पूर्व छिरेका गदरहरुलाई धिर शमशेरको फौजले गिरफतार गरि ब्रिटिस भारतलाई सुम्पिन्छ । सुम्पिएका ३ हजार ५ सय गदर मध्ये ज्वाला प्रसादलाई कानपुरमा अंग्र्रेजले फा“सी दिन्छ । राणा फौजको कप्तान पहलमानले मात्रै नया“ गाउ“ आसपास ४सय बढी गदरको कत्लेआम गर्दछ । नानाका अत्यन्तै विश्वासी, भरोशीला अजिमुल्ला खाँको घनाजंगलमा मलेरियाबाट मृत्यू हुन्छ । बचेका केहि गोर्खाहुुदै काठमाण्डौ पुग्छन् । अवध धरानाका सुन जुहारत पाएपछि जंगबहादुरले वेगम हजरत महललाई काठमाण्डौंमा आश्रय दिन्छन् । यसै क्रममा वेगमको मृत्यु १८७९ मा कठमाण्डौमा हुन्छ । अझै उनको मजार काठमाण्डौं मस्जिद छेउ छ । नेपालमा आश्रय लिएका बिद्रोह नायक नाना साहिबको धुइपत्ताल खोजि हु“दा पनि फेला पर्दैन । पछिल्लो पटक गोरखपुरको अंग्रेज फरेसटरले नारायणपुर (दाङ्घ) मा देखेको र ठुरीया जङ्घलतिर लागेको खबरलाई ठुरीया भन्ने कुनै पनि ठाउ“ नेपालमा नभएकोले ताक्लाकोट (तिब्बत) होला (ब्रिटिस गजेटियर) भन्ने अनुमान गरिन्छ । ताक्लाकोटमा कुनै गदरको उपस्थिति नभएको रिपोर्ट भएपछि पनि राणा–अंग्रेज चैनस“ंग रहन सक्दैनन् । अंग्रेज–राणाहरुको सघन खोजीबाट ओझेलिन ठुरिया पुगेका नानाको मृत्यु सन् १८६१ तिर औलोको कारण यहीँ भएको अनुमान गरिन्छ । उनका भरोसेमन्द गदर त्यस पछाडि अयोध्यातर्फ लाग्छन् । यसरी विस्मृतीका गर्भमा रहेको यो समाधि जो अहीले हामीहरु छौ, त्यो यो क्षेत्रकै राष्ट्रबादका प्रणेता नाना साबिहको हो । यो क्रान्तिकारीहरुका लागि तीर्थ थलो पनि हो । नानाको नेपाल जंगलमा पसे पछि पनि भारतमा टाटा टोपे, रानी लक्ष्मी वाईले (झा“सीकी रानी)ले अंग्रेजस“ग भिड्दै गए । नानाले सुरु गरेको बिद्रोहको जगमा भारतीय राष्ट्रिय मुक्ति आन्दोलन सन् १९४७ मा सफल भयो । बुझ्नै पर्ने कुरा के छ भने विद्रोहमा नायक–नायिका बनेका नाना साबिह, वेगम हजरत महल, झा“सी रानी लक्ष्मी वाई उनिहरु संयोगले त पेश्वा, वेगम र रानी बनेका थिए तर वास्तबमा उनिहरुको पैदायिसि साधारण जनता कै घरमा भएको थियो भने नानाको अन्त्यस्टी त विरान भूभागको जंगलमा भएको थियो । नाना भारतीय स्वतन्त्र संग्रामका तीलस्मी नयक बन्दा पनी यो अन्त्यष्टी र समाधि थलो भने अझै सम्बेदनशील भारतीय नागरिकहरुको ओझेलमा रहेको छ । हामीहरु यसरी नायकको वेलि विस्तारी गर्दै रात बिताउ“दछौ । बिहान हामी विदाईमा विस्मृतीको गर्भमा रहेको महानायकको खण्डहरमा लुप्त समाधिलाई फेरि एक पटक शिर झुकाएर सलाम टक्राउ“दै आफ्नो यात्रा बढाउ“दै जान्छौं । सामान्तबाद–साम्राराज्यबाद बिस्तारबाद बिरुद्धको संघर्षलाई ब्यवहारमै उतार्ने पुनरप्रतीबद्धता गर्दछौ । समाधि माटोको टीका लगाउ“दै अघाढी बढ्छौं । हाम्रो अर्को दिनको यात्रा भरिको गम्भिर छलफल भने नेपाली प्रथम सहिद लखन थापाको प्रेरणा स्रोत कसरी गदर बन्यो भन्ने बारे हुन्छ । ०००००००००००००००००००००००० आज म फेरी डायरीपन्नालाई पुनरलेखन गर्दै फेरी सलाम टर्काछु । पात्र बदलिन्छन, परबेश फेरिन्छ तर सत्ता सस्किृती भने त्यस्तै रहन्छ । क्रान्तिका गाथाहरु , नायकका प्रेरणाहरु राष्टियमात्र हुदैनन् । सफलता र असफलताको नजीरहरु निरुन्तर नयाँ अिभयानका मार्गदर्शक बन्ने गर्छन । हिम नदी रोकिदैन । सत्ताबिमति यात्रापनि रोाँकदैनन् । कतै नायकहरु खलनायकमा बदलिदापनि परिबर्तनको बेग अबिरल बग्ने कर्णाली झे निरन्तर बग्छ । साच्चै नै हामिले बुझेको र बुझ्नै पर्ने कुरा भनेको– क्रान्तिको सिमाना राजनितीक आ“ठोले लगाउ“न सक्दैन । क्रान्तिको अन्र्तराष्ट्रिय चरित्र भए भैंm नायकको आदर्श पनि अन्र्तराष्ट्रिय हुन्छ नै भन्ने हो । त्यस्ते सत्ताधारीवर्ग पनि यथास्थीती बचायन दुनियाका शासकबर्ग एक हौँ भन्न्े गर्छ । तीनिहरुपनि अनेकौ रुप रगँमा देखिन्छन
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home