Thursday, April 1, 2021

होसियार ! मौषम खराव छ

(नियमित स्तम्भमा नछापएिको एउटा लेख । संपादक र प्रकाशकसंग एउटा मिडिया मात्र हुन्छ, लेखकसंग हजारैाँ । प्रकाशकसंग बिभिन्न संबन्ध जोडिएका र बाध्यता हुनसक्छन, तर लेखक त बिन्दास हुनसक्छ । सेन्सरहीन अभिब्यक्ति लेखक पहिचान हो, नत्र जीवनयापनका कुकुरे प्रबृति त धेरै हुन्छन । विगतमा भोगिसक्या छु) अहिले मौषम खराव छ । खराव मौषममा धनजन, बालीनालीको क्षति हुनँसक्छ । दक्षिणबाटै आएको धुलेतुवाँलोसंगै फेरी आएको कोरोनाले पनि ढोका ढकढक्याई सक्यो । मान्छेका स्वास्थ मात्रैहैन् मति भ्रष्ट हुँन सक्छन् । सामान्यजनमा औसीँपुर्णे लाग्न सक्छ । राजनेतालाई काडाँले पनि नकोरोस् । हो, मौषम खराव छ । तपाईको जिज्ञाशाका उत्तर, ज्ञानको खोज, आविस्कारका चाहाना, जीवन र जगतप्रतिको माहाअध्ययन, अदृस्य भयको सामना, कर्महीन मित्थ्या अपेक्षा, मानवसभ्यता र इतिहासको वस्तुवादी अध्ययन, विज्ञान र प्रविधी शिक्षाको सैदान्तिक र वैचारिक पक्ष भनेकै विवेक र आलोचनात्मक चेत बढाउनु हो । मान्छेलाई केन्द्रमा राखेर हेर्न, सोच्न, वहसमा भागलिन थालियो भने विषयनै फरक देखिन्छ । कुन ठाँउमा उभिएर कुन चश्मा लगाएर वस्तु र विषय हेर्ने महत्वपूर्ण विषय हो । त्यसले समकालीन यथास्थितिमा रमाउने समाजमा समय छिचोल्न गाह्रो त पर्छ तर त्यसको महत्व समयसंगै हुन्छ । आज विहानको गुड मर्निग, ब्याड मर्निग भयो । अचेल सूर्यउदय हुँदैन । कोरना र तुँवालो हल बाँधेर आए । एकाएक मौषम बदलिएर वशन्तको आगमन भए पनि जाडोले छोडेन । कोपिला फक्रन पाएन, कोइलीको आवाज अझै सुनेको छैन् । बरु आज एका विहान फ्याउरो करायो । चैत महिना पनि बाक्लो ज्याकेट लगाएर हिडनु पर्ने । दिँउसोको घाम र रातीका जुन तारा धुलेपर्दाले छोपिए । आकास निलो नभै खैरो भो । यो शुभसंकेत भने पक्कै हैन् । कस्तो हाम्रो भाग्य ! प्रदुसित राजनीति जस्तै धुले तुवाँला र कोरना पनि दक्षिणबाटै आँउनु पर्ने ! उफ । सीमारहीत भएर त्यताको विषालु विचारले त जागृत मान्छेको चेत हराएर बबुरा नै पार्दिएकै थियो, चेशका गोटी चलेको तुवालोको पर्दामा पनि राजनीतिमा भने छर्लंगै देखिने... क्या । दक्षिणबाट आउने कोरोना त अझ शक्तिशाली हुन्छ भनेर प्रधानमन्त्रीले भनिसक्नु भा छ । मर्निग वाकमा थिँए । मौषमविद्द डा.शर्माजी र फुटवल क्याप्टेन श्रेष्ठजीसंग सानै जिज्ञाशामा ठूलै लफडा पर्यो । मान्छेको जात आफनै तरिकाले अरुले पनि सोचिदिओस भनेर सोच्ने क्या...। डा.शर्मा पशुपतिबाट फर्किरहेका पिंगलास्थानमा भेटिए । मौषमविद्धसंग मौषमकै कुरा हुँने नै भो । –डाक्टर साव, यो तुवालो कैलेसम्म हटला ? – अहिले भन्न सकिँदैन् । पानी पर्नुपर्छ, त्यसलाई अझ मनसुन नै त कुर्नुपर्ने हो की ! –तपाईहरु त पूर्वानुमान गर्नुहुन्छ नी... –हो, अहिले हाम्ले सूचनाप्रविधीमा त पहुँच बढाएका छौँ, तर अझै ठ्याम्मै मिलाउन भने सकिँदैन् । कतिपय भगवान भरोसे पनि गर्नपर्छ । (रिसाँउदै) के नेपालका राजनीतिक–विज्ञानी, विश्लेषक र ज्वतिषले भनेको कुरा पुग्या छ र ! भन्नुस् त.. राजनीतिको तुँवालो कहिले हटछ ! (म ट्वाँ परीँ । नो जवाफ ।) –डाक्टरसाहब, तपाईहरु भगवान भरोसे नभै तथ्य र अवस्था विश्लेषण आधारमा परिणामको पूर्वानुमान गर्नुहुन्छ नी । मैले नेताहरु जस्तो गुगल ब्याई, कृष्णानन्द योगीलाई नभएर तपाईजस्तो विज्ञानीलाई पो सोध्या । अझ न्यायर्मूतिसंग त हुँदैहैन् जो मागदावी नभएको पनि दिन सक्नु हुन्छ । माननियहरु समाजको मिजास र राजनीतिको नाडी छाम्न मात्रै हैन् आकाशवाणी पनि बुझ्न सक्नुहुन्छ ।’ (मेरा तर्क र जिज्ञाशालाई मन्दिरबाट फर्केका डा. शर्माले सहजै लिएनन् । जव मान्छेसंग तर्क सकिन्छ्, मर्ममा प्रहार हुन्छ तव रिसाउन थाल्छन । उनी पनि तर्किए, झर्किए र फर्किए) राजनीतिमा माहाभारत चलिरहेको बेला छापामार तरिकाले आएको कोरनाले अहिले भने राष्ट्रिय तामझाम देखाएन । सरकार, स्वास्थ–विज्ञान, स्वास्थ–सजगताको परिक्षा पुरा लिईनसकेको उस्को यो सन्देश हो । कोरनाकालको सरकारी नीति, भूमिका, उठेका प्रश्नको जवाफ लिन पो फेरी आएको हो की ! कोरोनाले अन्य वहस तपशीलमा पारेको थियो । धरापमा परेको ओली सरकारलाई सन्जीवनी बन्यो । माक्र्सलाई घृणा गर्ने पनि यत्र, तत्र, सर्वत्र माक्सवादी बने । क्याप्टेन श्रेष्ठले मास्क लगाएको मलाई चिनीहालेछन् । यसै पनि डा. शर्माले मलाई खिन्न बनाएका थिए । बेलायतमा मौषम सम्बन्धी विषयबाटनै छलफलको सुरुवात हुन्छ तर नेपालमा भने धेरैजसो गफ राजनीतिबाट सुरु हुन्छ । मेरो कर्मबारे क्याप्टेन श्रेष्ठ भलिभातीँ परिचित छन् । नमस्ते साटासाट पछि उनले प्रश्न, जिज्ञाशा, कौतुहलता र आफ्ना सोच पररर्र छोडीहाले । –भन्नुस त, अब राजनीतिमा के हुन्छ ? कस्तो देशमा जन्मिएछ ! कसैलाई विश्वास र आसै गर्न पनि नसकिने ! ’ – साथीलाई, मित्रलाई, आफन्तलाई विश्वास गर्नुपर्छ । यो विपतकालमा निर्लज्जतालाई सहजतापूर्वक आत्मसात गर्ने समाजमा पनि मित्रलाइ गनिन्छ, तौलिदैँन । चैतमा जाडो भो, कोरना फेरी आयो, महंगी बढदै छ, अरु के भनौँ र ! थाकल र काफल खान जाँने मुड छ । कोइलीलाई सुन्नु छ । पालुवा फेरिएका बन, सुत्केरी भएका रुखहरु फेरी नियाल्ने मन छ ।’ – म कबि हैन् क्या... मैले त्यो सोध्या पनि हैन् नरेन्द्र सर ... अब राजनीतिमा के हुन्छ ? तपाईको विश्लेषणले के भन्छ ? भनेर पो’ –हेर्नुस् क्याप्टेन साहव, तपाईहरुको रंगशालामा खेलका नियम हुन्छन् । रेफ्री हुन्छन्, साइड रेफ्री पनि । त्यतिले नपुगे अब त क्यामारा रिप्ले पनि गराईन्छ । आवस्यकता अनुसार कार्ड दिइन्छ । खेलाडीले कतै ड्रग त लिएको छैन् भनेर ल्यावटेष्ट गरिन्छन् । तर, राजनीति यस्तो खेल हो, त्यहाँ न केही नियम, न कोही रेफ्री, न कोही क्यामारा रिप्ले, न ल्यावटेष्ट । राजनीतिमा त कहिले दुई दुई जोडदा ३ हुन्छ कहिले ५ । राजनीतिमा प्रेम गरेको र झगडा गरेको पत्तै पाईदैन । कुनै नियम, विधी हुँदैनन् । त्यसैले यहाँ भविष्यवाणी पनि गर्न सकिँदैन् । प्रभू दाहिना भईन्जेल कोही माइकालालको केही गल्दैन् । हो बरु, खेलमा म्याच फिक्सिग भने हुन्छ । त्यसको मार त नेपाली फुटबल पनि पर्यो, हैनर !’ तमतमाएको अनुहारपार्दै कर्कशा स्वरले क्याप्टेन श्रेष्ठले भने– हैन् कस्लाई चिन्ता हुँदैन र, राजनीतिनै सवैको भाग्य र भविस्यको केन्द्र हो । सरोकार त हुँने नै भयो । तपाईको क्षेत्र भएर पो सोध्या....। ’ आज साच्चै मेरो साइत बिग्रिएको रहेछ । आफ्नै जिज्ञाशाले मलाई कहिलेकहीँ टोक्छ, चिर्थोछ, घायल पार्छ । सोच्छ दिमागले, दुःख पाँउछ शरीरले । अझ किन र कसरी भन्ने थपिएपछिका आलोचनात्मक चेत सुखहरणका कारण बन्याछन् । शक्ति रिसाएर भाग्य खोसिए । तितो कुरा गरेको कसैले मन पराँउदैन् । छलफलको लामो विषयमा नजाँउ । आज डा. शर्मा र क्याप्टनको भावनामा चोट पुग्यो । त्यो अझ राजनीतिका ठाकुरेसंग ब्यहोरेको छु । कस्ता तर्क कोरल्छन ? त्यस्तालाई मान्छे कसरी थप्पडी मार्न सक्छन् ! ढलको पानीले नुहाउने कि खरानी घस्ने ? माटो खाँने कि आची खाँने ? अरे । छया....यस्ता प्रश्नको के जवाफ दिने ! गलतकुरा बोल्न थाल्नु र सहीथाप्न थाल्नु भो भने अन्यन्त्र बोलिएको, लेखिएको सहिकुरा पनि कसैले पत्याउदैनन् । गलतकुरालाई तर्कवाणी दिनेको हैसियत मात्र छर्लङ्ग हुँदैन्, जुन उदेश्यकालागी बोलिएको हुन्छ त्यो पनि ठट्टा बन्छ । गाली गर्न लायक पनि नभएकाको भावनामा चोट पुग्यादेखेर म भने आज हर्सित छु । ..................................................................................................................................................... माहामारी नौलो अनुहारमा आयो । मौषमको भविश्यवाणी गर्नेहरु यसै हो, यतिदिन रहन्छ भन्न सक्दैनन् । राष्ट्रको तर्फबाट प्रधानमन्त्रीजीले पशुपतिमा अर्वौको सुन चढाएर क्षमापुजा गरिसक्नु भो । अव हामी भगवान भरोसेमा ढुक्क हौँ, स्वस्थ हुँन सक्छौ । पशुपतिनाथले हामी सवैको कल्याण गरुन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home