'उत्खनन' अथार्त आफनै स्तम्भबारे केही कुरा
May 30, 2009 at 8:57 AM उत्खनन अहिले यहाँ स्तभंको रुपमा प्रयोग गरिएको शब्द हो । बिस्मृतिका गर्भमा रहेका अथवा जानकारीमा रहेपनि यथोचित बाणी पाउन नसकेकेा ं घटनाले बर्तमान समयमा के र कस्तो अर्थ हुन्छ अथवा हाम्रो समाजिक परिस्थीतिमा त्यस्ले कुनै प्रभाब त पारिराखेको छैन भन्ने हो । हरेक महत्वपूर्ण घटनाहरुले पछाडि प्रभाब भने पारिराखेको हुन्छ भले त्यस्को लेखाजोखा नगरिएको होस । त्यसैले खानीभित्र रहेका धातुलाई उत्खनन गरेर बाहिर ल्याएझै किब्बदन्तीमै सिमित रहेका अथवा यथोचित प्रकासमा आउन नसकेका नपाएका नआएका प्रचारमा नभएका र चर्चा नपाएका घटनाको बिबरण र त्यस्ले पारेको प्रभाबको बणर्नको नामनै ूउत्खननू बनाउने प्यास हो । हरेक सनिबार प्रकासित हुने यो स्तम्भमा इतिहास राजनीति साष्क्रितिक र आर्थिक क्षेत्रमा हाम्रा पुर्खा र अग्रजहरुले गरेका भोगेका र भएका घटनालाई समेटिने छ । र प्रभाबको आकँलनपनि गरिने छ । हाम्रा वरिपरी अनेकौ घटनाहरु दैनिक घटिराखेका हुन्छन । कुनेैबेला भए गरेका कामहरुले समय बितेपछि मात्र सामाजिक छाप छोडेको हुन्छ । र भबिस्यमा सकार वा नकार प्रभाब पारॆको हुन्छ । तर कतिपय बिषयहरु भने त्यसै बिलाएर पनि जान्छन । केही भने कुनै समयमा ति महत्वपूर्ण रहे पनि बाणी पाउन नसक्दा बिस्मृतिका गर्भमा दबिराखेका हुन्छन र बाणी पाउने बित्तिकै हिउदमा ओईलाएको दुबो सित पाउने बित्तिकैे मौलाएर हरिया भएझैे हुन्छ । हरेक घटनाको आधार हुन्छ । कारण र कारक हुन्छन । जब त्यसलाई उत्खनन गरेर यथोचित प्रकास पारिन्छ ब्याख्या बिष्लेषण गरिन्छ अनुसन्धानका बिधीमा चाँज परख गरिन्छ तब समकालिन बिषयमा धारणा बनाउन मदतमात्रै पुर्याउदेन सामाजिक तागत त्यो पनि बनिदिन्छ । तबमात्र घटनाप्रति न्याय हुन्छ । जस्तो कि हामिलाई थाहा भएकैे कुरा के हो भने हामिलाइृ थाहा नहुने बित्तिकै त्यो बास्तबमा नहुनु भने हुदैन । हामिलाई थाहा हुनु र नहुनुसगं घटनाको कुनै सरोकार पनि रहदैन । ऊ आफनो गति अनुसार चलिराखेको हुन्छ । सामाजिक प्रभाब पनि छोडिराखेको हुन्छ । ूउत्खननूको मर्म भनेको पिँधमा रहेका बिषयहरुलाई सतहमा ल्याउनु भुले बिस्रेका घटनालाई पून स्मरण गराउदै बाणी भर्नु हो । र अहिलेको सन्र्दभमा त्यस्को महत्वअर्थ र सन्देश खोज्नु पनि हो । हाम्रो बौद्धिक समाज आग्रहबाट अत्यन्तै पिडित भएकाले त्यो आग्रहमा तत्कालिन राजनीतिक घटना र नीजात्मक मान्यता लादन खोज्दछ । सोही अनुरुप हाकिँन चाहान्छ । निर्देसित हन चाहान्छ । त्यसैले ूउत्खननूका बिषयहरु प्रतिपनि त्यतिकै अन्याय हुन सक्ने सबांभना नरहेको भने हैन । तर त्यसबाट जेगिने प्रयास भने हुनेनैछ । गरिनेछ । ूउत्खननू कुनै आफैमा अनुसन्धान भने हैन । असरल्ल परेका घटनाहरुको सकंलन मात्र हो । तर त्यसलाई अझ बहसमा ल्याएर जागरुक अनुसनधानकर्ताहरुलाई कच्चा सामाग्री भने पक्कैे बन्नेछ । प्राज्ञ र बिषयगत ज्ञाताहरुबाट अझ यो खदिँलो पारिने अपेक्षा रहेको छ । यथासम्बभ हरेक क्षेत्रबाट सहयोग र सदभाब लिने प्रयास गरिनेछ । तर प्राज्ञिक घेरामा सिमित हुने छैन भने बिष्व बिध्यालयका अनुसन्धान बिधीको प्रयोग गरिने छैन । तस्रथ अगुवाहरुलाई ूउत्खननूकर्ता बिनम्र आग्रह के गर्दछ भने ……ऊ नेपाली समाजमा छरिएर रहेका बिषयहरु जो केही किब्बदन्तीमा सिमित छन केही इतिहासमा कँही कतै हरफ र शब्दमा मात्र अिकंत छन तर राज इतिहासकारहरुबाट योजनाबद्ध ओझल पारिएका छन अथबा शक्तिको आरधाना गर्दा कुरुपतासाथ प्रस्तुत गरिएको छ त्यस्लाई समाज बिज्ञानको कसीबाट सकंलन गर्ने प्रस्तुत गर्ने र दाज्ने कोसिस मात्रै गर्नेछ । ूउत्खननकोू प्रस्तुति बिभिन्न बिधामा हुन सक्नेछन । चिठी पत्र यात्रा बिबरण निबन्ध सबांद र कथाका रुपमा । पाठकिय रुचि र समयलाई ध्यानदिदै यो प्रत्यक अकंमा १२सय भन्दा कम शब्दमा सिमत पारिनेछ र शिर्षकको माग र गम्भिरता अनुसार आबस्यक परेमा क्रमस अर्काे अकंमा प्रकासित हुनेछन । यो ूउत्खननू पाचँ दशक लामो ज्विन यात्राक्रममा अनेकौ परिस्थीति भूगोल समाज र सष्क्रितिको सकंलन गरिएका भोगिएका कथाहरु हुन । समाज बिकास क्रममा अन्यन्त्र भएका घटनाहरु हाम्रै मुलुकमा पनि के कतै भएका त छैनन भनेर उत्खननगर्दा दन्ते कथामा सिमित रहेका गित भैलो र भजनमा मात्रै कैद भएका कर्घा र डेउडालेमात्र निरन्तरता पाएका नाचँ गान रिति थितिमा छिपेका बिषयहरुलाई जाच्ने परखने र प्रस्तुत गर्ने जमर्कोनेै यो ूउत्खननूको बास्तबिकता हो । कुनै निर्देसकका तालिका अनुसार र फर्मेटमा रहेर वा पुस्तकलाईमात्र सन्र्दभ सामाग्री बनाएर नभै आमाले सन्तानलाई सुनाउने लोहरी कथा र किसानले खेतीबारीमा पाखुरी बजाएर सुस्ताउदा गायने भाका भित्रका ऐतिहासिक सामाग्रीहरु देखी साष्क्रितिक जीवनमा लुकेका अनेकौं पहलुहरु जातिय परिचयमा छिपेका तथ्यहरु भाषा भित्रका सबेदनाहरु चाडपर्ब भित्रका सन्देशहरु ूउत्खननूका सन्दर्भ सामाग्री बनेका छन ।े पुरातात्वीक बस्तुहरु र लिखत सामाग्रीहरुलाई पनि उपेक्षा गरिने छैन यथासम्भब उपयोग गरिनेछ । मुलत छरपष्ट र छताछुल्ल बिषयहरुको सकंलन मात्र हुनेछ यो बिषय । ूउत्खननूका पाठकहरु गम्भिर प्रकि्रति र प्रबि्रतिका भएकाले जागरुक र सबेदनशील हनेछन भन्ने लाग्छ । उनिहरु उत्खननकर्ता भन्दा उम्दा हुनेछन । त्यसैले आफनै प्रकारको सिमितता र जटिल परिस्थीतिमा सकंलन भएका सन्दर्भ सामाग्रीका आधारमा ूउत्खननू तयार भएकालॆ उस्को जीवन र जगत प्रतिको बुझाईको गन्ध त्यहाँ झल्कन सक्छ । बिषयगत ज्ञानको सिमितता हुन सक्छ । बिषयको चयननै पक्षधारिताको सुरुवात भएको हुदाँ यो स्वभाबिकै पनि हो । कर्ता पनि त्यसबाट मुक्त हुनै सक्दैन । सामान्य पाठकहरुलाई यि बिषयहरु पुराना जस्ता हुदाँ अहिले प्रस्तुतिको सान्र्दभिकता के छ त भन्ने पनि लाग्न सक्छ । जिज्ञाशा उठन सक्छन । अझ इतिहासका कुसल ब्यबस्थापकहरु सामान्यजनले गरेका भोगेका र कालजयी महत्व राख्ने तर देख्दा सामान्य जस्तो लाग्ने घटना र प्रबितिलाई यात नजरअन्दाज गरेका हुन्छन सकेनन् भने सामान्य करण गरेर उम्केका हुन्छन । उनिहरुले तयार गरिदिएकै मनोदसामा हामि पनि हाकिँन क्रमस अभ्यसत हुदै गएर सोचने जिमबेवारी अरुलाई सुम्पने बानि परिसकेका हुन्छौ । यस्लाई इतिहासको कुसल ब्यबस्थापन भनिन्छ । इतिहासको ब्यबस्थापन गरेरमात्रै बर्तमान राजनिितको ब्यबस्थापन गर्ने र सामान्यजनलाई बिगतबाट कटाईदिने योजनाबद्ध अभियान थालिएको हुन्छ । इतिहासबोध बिना बर्तमानमा नयाँ धारणा बनाउन सकिदैन भने मानबिय इच्क्षाशक्ति पनि पलाउदैन । इतिहासचेत हुनु भनेको मुर्दाको चिहान उधिन्नु नभै नायक नायिकाकालाई चिहानबाट खोतलेर बर्तमानलाई सबोधन गर्न लगाउनु हो । तब मात्र नक्कली मान्छे अर्थात बर्तमानका खलनायकलाई इतिहासको कठघरामा उभ्याएर ऐतिहासिक नजरियालेनैे घृणित पतित ठहराउनु सकिन्छ । हामी बाचेको यूग हाम्रा सन्ततीको इतिहास पनि त् होनी । इतिहास अणु पनि हो र परमाणु पनि । जब हामीले आफनो बिगत जान्दछौ तब आगतका योजना बनाउन सक्छौ । आफैप्रति गर्ब गरेर सपना देख्न सक्छौ । भूलहरुलाई सचयाउन सक्छोैं । सपनालाई भूमिकामा उतार्ने इच्क्षाशक्ति पलाउन सक्छ । नैतिक पूजि र नैतिक तागतको अर्थ लगाएर बाच्नको सार्थकता बुझन सकिन्छ । ूउत्खननू आफैमा अपुरो हुन सक्छ तर बिषय उठाईदिनु योग्य र पारगांत अनुसन्धान कर्ता र ब्याख्याता सामु ओझल परेका र पारिएका बिषय ल्याईदिनुनै स्तम्भकारको उदेस्य रहेको हो । अर्काेतर्पु यस्ता बिषयहरु चर्चामा आउनु पर्छ हाम्रा वरिपरी छिपेका बिषय सतहमा ल्याएर बहस उठाउने अपिल पनि हो । आएका उठेका बिषयबस्तु माथी स्वस्थ आलोचना र बहसकोपनि अपेक्षा हो । 30 may 2009, annapurna post
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home