अलविदा कमरेड दिवाकर
अलविदा कमरेड दिवाकर – नरेन्द्रजंग पिटर [अलविदा कमरेड दिवाकर – नरेन्द्रजंग पिटर ] दशवर्ष जनयुद्धको ज्वालामुखी प्रदेश पश्चिम नेपालमा कमरेड रबि वा कमरेड दिवाकर भनिने फिल्ड कमाण्डर अर्थात एमाओवादी उपाध्यक्ष पोष्ट बहादुर बोगटीको असोज ३०गते विहान हृदयघात साथै मस्तिकघात पनि भएर उपचारकै क्रममा मृत्यू भयो । एउटा सामान्य किसानबाट छापामार हुँदै पार्टी उच्च नेतृत्वमा पुगेको र सरकारी मन्त्रीको ओहोदा पनि सम्हालिसकेको एमाओवादी नेताको यहाँ जीवन समीक्षा गर्न थालिएको होईन् । इतिहास निर्मम हुन्छ, र त्यसैले वर्गर्सर्ंघषको गतिमयकालमा निभाएको भूमिका, सीमा र समस्याको पनि इतिहासले कटु समीक्षा गर्ला नै । एउटा भूर्इमान्छेबाट जनयुद्धले ब्यक्तिबाट ब्यक्तित्वमा फेरिदिएको र जनयुद्धको हृदयथलीमा केन्द्रिय ब्यक्तित्व बनेका बोगटीको जीवन जति सरल र सहज थियो त्यतिकै युद्ध र शान्तिका अभ्यास हुँन या माओवादी अन्तरविरोधमा उनले निभाएका भूमिका त्यतिनै जटिल छन् । संक्षेपमा भन्नुपर्दा उनी एउटा प्रचाररहित कर्ताको रुपमा अहिलेको एमाओवादीका रिडका हडी थिए, जस्को अभाव भावीदिनमा पार्टीई त खटकिने छ नै, अध्यक्ष प्रचण्डले त्यस्तै विस्वासपात्र सहयोद्धा पाँउन् अत्यन्तै कठिन पर्नेछ । दिवाकरको मृत्यूले माओवादी अन्तरविरोधको ब्यबस्थापन र हललाई उनको कतिको आवस्यकता रहेछ भन्ने कुरा आँउदो समयमा प्रचण्डलाई खटकिने छ नै । त्यसले पार्टी अन्तरविरोध व्यबस्थापनमा मात्रै हैन् संविधान निर्माणमा समेत असर पार्ने छ । माओवादी चालु एकता प्रकृया र शान्ति प्रकृयाको कार्यदिशामा पनि प्रभाव पार्नेर् छ । विगत तर्फफकौँ । मैले प्रतक्ष वा परोक्ष २३ वषिर्य उहाँसंग सहकार्य गरेँ । एउटा सामान्य साक्षर किसानले पनि यदी उच्च इक्षाशक्तिको आर्दश राख्छ भने ब्यक्तिबाट ब्यक्तित्वमा फेन सक्छ भन्ने प्रतक्ष प्रमाण बोगटी हुँन । ०४६ सालके कुरा हो, नेपाल कम्युनिष्ट पार्टीीशालका महामन्त्री विश्वास -पुस्पकमल दाहाल, प्रचण्ड) बन्ने वित्तिकै एकातर्फछितरिएर रहेका कम्युनिष्टहरु बीच एकताको अभ्यास हुँन थाले भने अर्कातर्फछापामार युद्धको तयारी । ०४६ आन्दोलनको सुगबुगाहटपहिल्यै पहिलो छापामार एक्सनको रुपमा लम्जुंङ्गको वि चौर प्रहरी चौकी रेड गर्ने योजनाको अगुवाई गर्न वोगटीलाई जिम्मा दिईएको थियो । सो टोली डुम्रे पुग्ने बेलासम्म राष्ट्रिय राजनीतिमा हेरफेरका पर्याप्त आधार र अभियानका संकेत देखिएकाले उनलाई फिर्ता बोलाईयो । ०४६सालको आन्दोलन सुरुसंगै कार्यगत एकता भएर सयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति बन्यो, तत्कालीन छापामार आन्दोलन स्थगन भयो । ०४८मा मशाल, व्रि्रोही मसाल, चौथो महाधिवेशन, र्सवहारा श्रमिक संगठनको एकता भएर प्रचण्ड, निर्मल लामा, किरण, रुपलाल विश्वकर्मा, बाबुराम भट्र्राई, बादल र प्रकाशहरु पार्टीीकतामा रहे । नेपाल कम्युनिष्ट पार्टीीकता केन्द्र नामाकरण गरियो । सयुक्त जनमोर्चाको -सजमो) नाममा खुला आन्दोलन, राजनीतिक अभ्यास हुँन थाले । ०४८ सालको आमचुनावमा सजमोले संसदमा ९ सिट सहित तेस्रो दल बन्न पुग्यो । सो चुनावमा पहिलोपग्तीको नेतृत्वले चुनावमा गएन । राम बहादुर थापा बादल र पोष्ट बहादुर बोगटी दिवाकरको कार्यक्षेत्र पश्चिम तय भयो । पश्चिम कमाण्डले गरेको ग्रामिण वर्गर्सर्ंघषको अभ्यास, सरकारी दमन, त्यसको प्रतिकार नै जनयुद्धको आधार बन्न पुगो । नेतृत्वमा बादलको प्रमुख भूमिका रहृयो भने बोगटीको सहयोगी भूमिका । जनयुद्धलाई हेर्ने दृष्टिकोणमा नै भिन्नता भएपछि एकता केन्द्र विभाजन हुँन पुग्यो । पूव चौथो महाधिवेशन र र्सवहारा श्रमिक संगठन पक्षधर अर्थात प्रकाश र रुपलालहरु अलगिएपछि पार्टी नामाकरण नेकपा माओवादी रहन गयो, वोगटी नेतृत्व पंग्तीमा पुगे । जनयुद्धको सुरुवातसंगै पार्टीीभत्र समस्या देखिएपछि बादललाई पश्चिम ब्यूरो नेतृत्वबाट हर्टाईएर एकछत्र बोगटीकै नेतृत्वमा जनयुद्धकाल चल्यो । अल्पकालका लागी भने बाबुराम भटर्राई र देव गुरुङ्ग पनि पश्चिमका नेतृत्वमा रहे । यसरी भन्न सकिन्छ- माओवादी जनयुद्धको केन्द्रिय आन्दोलन फिल्डको प्रमुख योजनाकार, कृयान्वयनको पहलकर्ता मध्य अगुवामा बोगटी पर्दथे । प्रचण्ड-बोगटी मित्रता बोगटी मूलत नेतृत्वतहमा रहे पनि प्रचण्डका सोचलाई केन्द्रिय भागमा रहेर ब्यबहारिक रुपदिने योजनाकार रहे, जनयुद्धकाल भरी नै । त्यसपछाडि पनि प्रचण्डका हरेक कदमका वेहिचक र्समर्थक । पार्टीीन्तरविरोधमा स्वयम् उनको पार्टीीत्र छुटै लाईन, अडान र भूमिका भन्दा पनि पार्टीीत्रका अत्यन्तै कठिन समयमा समेत उनले निवार्ध प्रचण्डलाई साथ दिए । प्रचण्डका हरेक गुण र दोषका उनी अशिंयार हुँन । त्यसैले प्रचण्डको पछिल्लो संकलित रचनाको भूमिका समेत वोगटीले नै लेखका थिए । दुवैले राजनीतिक मित्रतालाई पारिवारिककरण गर्ने प्रयास गरे तर, त्यो सफल भने हुँन सकेन । त्यस असफलताले पनि उनीहरु दुवैको राजीतिक संबन्धमा कुनै असर परेन, हरेक संकटको घडीमा स्वार्थ रहित मित्रता निभाईरहे बोगटीले । त्यसैले एकता, टुटफूट, उतार चढावका एउटा भरेसिलो मित्रता जीवनभर प्रचण्डसंग निभाए उनले । चिन्तामा बोगटी जुन तरिकाले कम्युनिष्ट संस्कृतिको स्खलन भईरहेको, वर्ग र्सर्ंघष ओझल परिरहेको, पार्टी आन्दोलन त्रि्र विघटनको दिशा पक्रेको, गुट र उपगुट मौलाएको, युवा नेतृत्व पनि निजात्मक विषयमामात्र केन्द्रित रहेको, पार्टीीत्रको एउटा निमित्त कारण देखाएर अर्को उदेश्य साधनको प्रबृति देखेर, भोगेर उनी अत्यन्तै चिन्तामा थिए । यो चिन्ता एउटा विवाहको अनोपचारिक छलफलमा दुइमहिना पहिला भनेका थिए । कसरी हेछन त कार्यकर्ताले उनलाई कार्यकर्ताले हेर्ने दृष्टिकोण भनेको सरल जीवन, सालिन स्वभाव, मिलनसार, जुझारु कर्तव्यनिष्ट नेताको हो । समान्य शिक्षा पाएका तर स्वअध्ययनले दर्शन, राजनीति, अर्थशास्त्रमा राम्रो पकड थियो उनको । साहित्यका गम्भीर पाठक थिए उनी । किसान परिवारबाट वर्ग र्सघषमा खारिँदै गएका उनीसंग कमयुनिष्ट पार्टीे रुढिगत बुझाई थिएन, बिज्ञान र प्रविधीको विकासलाई चाख पूवक नियाल्थे भने सदा अपडेट हुँन चाहान्थे । उनीसंग अन्तिम अनौपचारिक भेटमा एकपटक मैले सोधेको थिँए… तपाई त झाक्री पनि हुँनु हुदो रहेछ नी ! जवाफ थियो -हो त… हामी पुस्तौनी झाक्री रहेछौँ र म पनि बन्न पुगिछु । पार्टी जोडिएपछि एकपटक मध्यामाञ्चल संगठन इर्न्चाज देव गुरङ्गलाई सोधीँ के गर्ने भनेर, उहाँले -गुरुङ्ग) जनतामा काम गर्ने कलाको रुपमा लिन र वैज्ञानिक चेत भर्ने अवसरको रुपमा लिन भन्नु भयो’ भनेर स्पष्ट पारेका थिए । भन्ने, हुँने, गर्ने र देखिने माओवादी परिचयनै कतै त हैन् भन्नेवेलामा उनको जवाफमा कुनै बनावटी उत्तर थिएन । उनको पार्टी के,कस्तो महत्व रहेछ भनेर बुभ\mन र स्वयम् उनलाई बुभ\mन पनि कबि आहुतीको भनाई सार्न्दभिक हुन्छ । आहुती भन्छन्-साथीहरु, शान्त होउ ! एउटा पाहड जत्तिकै अग्लो मानिस जोखिम संग एक्लै लड्न बाध्य भएको छ !! मनलाई दृढ बनाउ र निरन्तर लडिरहने स.कल्पसहित उसलाई पर्ख । ऊ स्पार्टााझै निस्कलकिंत र जुझारु योद्धा हो । ऊ ‘मिस्टर योद्धा’ होईन । म पर्खिन्छु तिमी पनि पर्ख केही दिन धर्यताका साथ, ऊ आउनेछ हामीलाई गाली गर्न मायालु बनेर । त्याग,समपर्ण्र विनम्रता सिकाउन अनी ढोग बिन्ने खतरावाट जोगाउन हामीलाई हकार्न उ आएनेछ ! हामीलाई जरुरी छ उसको आज क्रान्ति डुब्न लागेको बेला ….. प्रिय बुढा तिमी एक पटक यो लर्डाई जितेर त आउ यार ।’ कबि आहुतीको कबित्वशैली माओवादी कार्यकर्ताको अपेक्षा थियो तर अलबिदा दिवाकर भन्न विवस भए, याद र प्रेरणा सम्झदै ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home