शब्द ,सम्बेदना र सम्बन्धबारे केही कुरा
September 9, 2009 at 2:09 PM जब मान्छेलाई आपत बिपत र आन्तरिक पिडामा गुर्जनु पर्छ तब झन आफन्तकै माया प्रेम र सदभाबको अझ अपेक्षा गर्छ । आबस्यकता हुन्छ । त्यहाँ खडा हुन्छन आफन्त को भन्नेा प्रष्न । भाबनात्मक तत्व मिलेरनै हरेक मान्छेहरुमा आफन्तको परिभाषा बन्दछ । तिनिहरुबाटै आन्तरिक आत्मबल र ईक्षाशक्ति पैदा हुन्छ । मानबिय जीवन कहिल्यैपनि सुत्रले हुकिँदैन आन्तरिक चालक शक्ति भनेको बिचारयूक्त भावनानै हो । त्यो कसैको निजात्मक हु्न्छ भने कसैको सामुहिक । जस्तोसुकै मानिसलाई पनि पहिला भाबनालेनै बिचारमा प्रबेश गराँउछ । फेरी त्यो बिचार अझ परिष्कृत भाबनाकालागी अधार बनेर झन उचो दायित्वबोध गराँउछ । भावना र बिचार एकदुसराका पुरक बन्छन । जब त्यो मर्माहित हुन्छ र सुत्रमा बाधिँन खोज्छ तब मान्छे तडपन्छ । त्यसैले बजारबादका बिरोधीहरु नक्कली शुभकामना सहानुभूति र सबेंदना मुर्दावाद भन्छन । म पनि नाटकिय भनाईहरुलाई त्यसै भन्ने गर्छु । त्यस्तै फर्केर बिगतलाई हेर्दै गम्दै छु । शब्द सम्बेदना र सब्ंान्धबारे सोच्दै तिनिहरुको मर्म खोज्ने प्रयत्न म गर्दैछु । सन्तुष्टीको खोजीले मानिस भित्र रहेका अदभूत प्रतिभा उदघाटन हन्छन । मानबिय चमत्कारहरु देखिन्छन भने कयौ अबस्थामा यो दुखको कारण पनि बन्ने गर्छ । आबेगमय भएका बेला भावानामा मान्छे बहन्छ । भाबना बिचार र अनुसन्धानको ढोका हो जहाँबाट सकल्प सुरु हुन्छ । सनातनी सघांर तोडने आधार बन्छ । अराजक दिमागले फुत्तफुत्त अनेकौ बिचार जन्माई दिन्छ । सोच आईदिई हाल्छन । सोच रोक्नै सकिँदैन । सोच्दछ दिमागले र लतार्छ सरिरलाई । मान्छेलाई अनि सुरु हन्छ आबिस्कार अभियान र सुखदुखका यात्राहरु । सामन्द्रिक छालझै भएर दिमागी तरगं र मनका बहहरु उर्लिरहन्छन । म अहिले गम्न थालेको छु- किन हँ ……।मान्छे आफन्तले माया गरिदिओस भन्ने चाहन्छ हँ ! शहरबाट अल्पिएर नयाँ परिचय लिदैँ स्वप्नद्रष्टा बन्ोर बस्तीबस्तीहरु चाहार्दै अनेकौ सपनी सजाएर महासमरमा होमिएको यो मान्छे । मेरा मित्र र बिमित्रको अनौठो त्यो जमात । आफनै मृत्यूको खबर सुनेर भाबनामय भएको यो मनुवा । अहिले पुरानै सबंेदना र सम्बन्धमा सस्कांर र सस्क्रितिमा फर्केको त् छैन भनेर मनोआतिकंत हुदैछ । अहिलेकॊ म र मेरो जमात नयाँ भन्दै पुरानै परिचयमा अभ्यस्त र रमाई रहेका त हैन ! भन्ने गम्न थालेको छु । त्यसबेला समरयात्रीहरुका आफनै नाम काम र भूमिका हुन्थे । अहिले ति नौला-नौला र किताबका कुरा त् कतै हैनन ! भनेर आफैंलाई आतकं छाँउदैछ । त्यस्तै लाग्दैछन - हिजो ठडिएका किर्तिमान बिचार सहितको भावना शब्दको अर्थ र मर्म । त्यस्ले पैदा गर्ने सबंेदना र आबेग । ति सबै अहिले सोचनिय बिषय बनेका छन । तोडिएका सबंन्धहरुले नबिकरण गर्न दरखास्त हालिराखेकाछन । बनेका सबंन्धहरु पारपाचुके गर्न त्यतिकै हतारिरहेका छन । बनेका धरोहरहरु भत्किएका सम्बन्धहरु र मर्महरु त्यसै गतिमा फेरिन तम्तयारछन । हिजो सुन्दरता र कुूपताका भिन्नै अर्थ लाग्थे । हुन्थे । त्यसले भिन्नै प्रकारको आबेग भथ्र्यो । आबेगले हाम फाल देखा जाएगा भनेर ललर्कादथ्यो । हाम फलिन्थ्यो । ब्याएकि मादालाई थाहा हुन्छ -सुत्केरी ब्यथा त्यसैले पाउँछन … माताश्रीको सम्मान । जनयुद्धकालिन कुरा गर्दैछु । त्यसैलाई भुलाई दिने कोसिस हुदैछ अहिले । त्यसबेलाका बोल्ने भोग्ने र जीवनचर्या बनेका शब्दहरुको अहिले अर्थ लगाउन खोज्छु । अहिले सुबिधा र अनुकुलताका सगैं मैले जन्माएका अनैकौ तर्कहरु छन । ओझलिएका तिनिहरुलाई ढाल बनाउन प्रयास गर्छु । गतिशील भएर सोच्न र आफुपनि समयझै बदलिन नयाँ आफन्तहरु आग्रह गर्छन । उनिहरुकै भिडबाट घेरिएपछी आफैं नौलोनौलो भएको लाग्छ । ओ…… आफन्त ! को आफन्त !! एक्कासी मेरा सामने ऐना पर्छ । म ऐना हेर्न सक्तिन । तर्कन र छलिन खोज्छु । जती लुकाउन खोजेपनि मेरो हबिगत ऐनाले बताई दिन्छ । आफनै हृदयका भाबहरु अनुहारमा झल्किहाल्न्छन । म आफैदेखी तस्रदैै भाग्न खोज्छु । आफैले जन्माएका तर्कले मलाई सन्तुष्टी र सुरक्षा दिँदैछैन । स्वपैदा मनोआतकंबाट जोगाउदै छैन । मलाई के भो कसरी भो ! कसो भो !! किन भो !!! के हुदैछ तर्कनाले लखेटिरहन्छन । आड र छहारीका कारण ओत र टेकोको कारण मनको बह कसैसगं नकह भएको छ । के म बिद्रोही हँु ! वा स्वप्नद्रष्टा ! अथवा एब्स्ट्रेट आर्टको चित्रकार ! अथवा आप्ाुनै नसामा रगत सुकाउदै चलफिर गर्ने भबिस्यको मुर्दा हुँ ! लाक्षी हुँ ! । खाना र मैथुनकैलागी जीवन लतारिरहेको पराणी ! आफैलाई छल्न मसगं असख्यं धारिला निमित्त तर्क छन । अब तर्क आफैलाई बोझिलो बन्दैछ पनि । हिजैका कुरा गरौं -लाल र निपुर्णा बारे खुब चर्चा गथ्र्योँ । बिज्ञान दर्शन कला र इतिहासका अनुभव त्ातकालिन समयसगं दाजेँर हेर्ने बानी पर्दै थियो । अबसरको अभाबमा रहेका शेक्सपियर गोर्की फाष्ट र ल्यूसुनहरुलाई डाडाँकाढाँ भिरपाखा पखेरा गाउँबस्ती र तराई मधेसमा जताततै खोजी हुन्थे । हाम्रो बगाल कमाण्डर जीत र कबि सेनको समायोजीत तातीँ थियो । दिल र दिमागलाई हरेक पिडामा दुख्थ्यो । आसुँहरु आक्रोसका झिल्का बनेर आखाँबाट तिरझै निस्केर डडेलो लगाई दिन्थे । परिवेश सुकेको बनझै थियो । गजधम्म देखिएको धोत्रो पसिसकेको रुख एक लात्तीको पर्खाईमा थियो । ति अनौठा स्वप्नद्रष्टी पाईलाहरु आबेगलाई बिबेकले नेतृत्वगर्दै अघी बढदथे । बिज्ञानका आखीँ झयालबाट जीवन र जगत नियाल्ने प्रयास हुन्थ्यो । हश्तक्षपका भाषा र सन्देश सुदुरवस्तीमा पुगेपछि अनौठो तरिकाले मान्छेहरु जागेको र मौनताले बाणी पाएको देखेपछी सार्थक जीवन भोग्न पाईएको अनुभूति हुन्थ्यो । साष्क्रितिक रुपान्तरण र रुढिवादी आचार बिचार र ब्यबहारको उछित्तो खनिन्थ्यो । निजी सम्पति र ब्यतिगत सम्बन्धको दोहोलो काढिन्थ्यॊ । बिषयलाई गतिशील भएर सोच्ने र बुक फिलोसफीलाई लाईफ फिलोसफीमा बदल्ने भरमौदुर प्रयास हुन्थे । नयाँ र पुरानाको साधँ लगाउने र दुनिया फेर्नलाई आफै फेरिने । त्याग वलिदान र सहयात्रीहरुको आखाँको नानी बन्ने र अरुको दुखपनि आफै उठाउदाँ रमाउने । स्तर अनुसारका नेतुत्व सबै कार्यकर्तालाई नायक हुन्थ्यो भने सहयात्रीहरु सहगोत्रीमा दरिन्थे । सामुहिक भान्सा र ठुलो ताउलोको खान्कीको स्वाद जिब्रोमा झुण्डिन्थ्यो । नयाँ समाजको नमुना गाँउ र सामुहिक बस्तीहरु भ्रुण थिए । नाक र कानका गहना फुकालेर सामुहिक बस्ती र नमुना गाउँ बनाउन दान दिने महिलाको हानथाप हुन्थ्यो । एउटा अनौठो समाज ब्यबहारमा उम्रदो थियो । आदेशले हैन नयाँ समाज र नौला मान्छेहरुको जन्म कर्म हेर्न र अनुभूतिगर्न देश देशान्तरबाट राजनीतिक तिर्थयात्रीहरुको घुईँचो लाग्थ्यो । ति सबै कामहरु नाटक थिएनन । नाटक पक्कै थिएनन कमरेड नत कसैबाट जसलिन गरिएका हुन्थे नत त्यो कसैको आदेशमा । नेता र कमाण्डर हाकिम थिएनन ति अगुवा साथी हुन्थे । नमुना थिए । गाउँ ठाँउ र ब्यति मोडल थिए । अनकरणिय थिए । आखाँका रातीगेडी बनेका प्रेरक थिए । आफु त्यस लाएक बन्न मुल्य तिरसकेका र सबै परिक्षामा खल्ली खाँन तयार थिए उनिहरु । अहिले सामाजिक र राजनीतिक परिवर्तनको एउटा भयानक मोड पछिको चौतारीमा सुस्ताउदा जब भाबनामय क्षण आउँछन तब भिन्नखाले सहाराको आबस्यकता पर्दछ । पुराना सम्बन्धहरु भत्किएको घालमेल हुदैँ गर्दा नयाँँले पुरा आकार ग्रहन गरिनसकेको र जनयुद्धपनि मनोयुद्धको गम्भिर चरणमा प्रबेश गरेको यो अनौठो सक्रंमनकाल हो । त्यसैले लाग्छ आसकां र बिस्वासको पनि यो त्यतिकै सक्रमण काल हो । सबन्धहरुले पैदागर्ने तनाबहरु सनातनी जीवनमा अनुभूति हुदैन । गर्न सिकंदैन । बिसिष्टक्षण पार गर्दा घोच्छन पोल्छन र चिमोटदछन । अहिले त्यस्तै अनैकौ प्रष्न र जिज्ञाशाले मलाई बिगतको समिक्षा गर्ने उजुर हालेका छन र नयाँ मार्गचित्र छर्लगं देखाउन दबाब दिईरहेका छन । त्यो मार्गचित्र देखाउने मर हामिसगै नैतिकपुँजि हुन पर्यो । त्यस्ले पैदागर्ने ईक्ष्याशक्तिलेनै फेरी हामीहरुलाई सपना देखाउन सक्छ । आबेग भर्न सक्छ । हाम फाल्न ललकार्न सक्छ । स्वप्न ध्वस्त गर्ने खेल मच्चिराखेको बेला मेरो र हामीहरुको आफन्त को हो त ! जो सुखमा हास्न सकोस् दुखमा रोईदिओस् । आड भरोशामात्रै हैन मर्दाखेरी काधँ थापिदिओस । जीउँदामा जन्तीको लस्कर लागिदिओस् र मर्दाखेरी मलामीको कमी हुनेछैन भनेर आस्वस्त हुन पाईयोस् । धनन्जय वायूमा तडपिएको बेला अस्पतालमानै भएपनि शब्द सबेंदना पोखीदिओस् । बिपतका बेलामा यो त आफन्त छ है भनेर आत्मबल कठोर पार्न सकियोस् । अहिले मेरा सामने छन - रगत र अर्थ सम्बन्धले बनाएका आफन्तहरु र अर्कातर्फ बिचार र भावनाले भएका दौतरीहरु । जसलाई हिकारेर महायात्रामा लम्केको थिँए तिनिहरुको बिचबाट समरयात्राका दौंतरीहरु कतै छन की भनेर टटयायने आखाँले हेरिराखेको छु । अझै प्रलयको दिन आएको छैन । सपना ध्वस्त भएका छैनन ! ध्वस्तपार्ने कोही माईकोलालपनि पैदा भएको छ यस धरतीमा । शब्द सम्बेदना र सब्ंान्धबारे गम्दै काहालीलाग्दो भिरालो डाडोँको टाकुरामा उभिएर देब्रे आखाँले अझै ठडिएका पाहाड र हिमालहरु हेर्दछु दाहिने आखाँले लमतन्न परेका फाँटहरुलाई । र म रमितापनि हेरीरहेको छु -जस्ले हाम्रो महायात्रालाई गिज्याउका थिए धारे हात लगाएका थिए । बेगमय हिमनदीलाई छेक्ने प्रयास गरेका थिए । शास्त्र कुथेका थिए । पौठा जोरी खेलेका थिए । अण्डा नफोरी आम्लेट खान तम्सेका थिए । रमिता हेर्दैथिए । समरयात्रीका सपनाहरुलाई दिउसै बरबराएका सन्काहा भन्थे । नरनारायणको बिरोध गरेर नर्का कोही पर्न चाहाँदैनथ्यो । मालिकको हुकुम यथास्थीतिमा रमाउने थियो । मुर्दाशान्तिको बाक्लो बर्को आढेर मधुमय भएर मस्तीमा झुम्दै अनेकौ चर्तिकला मच्चाउनेहरुको अहिलेको चालामाला हेर्दैछु । र सोच्दछ खहरे यात सक्दछन यात नदीमा मिसिनपर्दछ । परिस्थिति अबस्य फेरिन्छ र ँबैुलाई फेरिन बाध्य गराँउछ र फेरी शब्द सम्बेदना र सब्ंान्धले बास्तबिक अर्थ र मर्म पाउँनेछन । जन आश्था भदौ २०६६मा सपांदित केही अशं प्रकासित
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home