नागरिक उदासीनता
प्रधानमन्त्री केपी ओलीले भानु जयन्तीमा राम जन्मथलोको उठाएको प्रसंग उहाँको विशिष्ट शैलीको ठट्यौली अभिव्यक्ति मात्र सोचेको थिएँ। यसै पनि हामीसँग पुराण र वैदिक साहित्यमा उल्लिखित अनेकौं नामका गाउँ, बस्ती, थलो र देवस्थल छन् नै। के हामी त्यस थलो मन्दिर वा गुम्बा बनाउँदै त हिँड्दैनौं ? आस्थाअनुसार हरेक समयमा मन्दिर, मस्जिद, गुम्बा वा चर्चहरू संसारभर बन्ने गरेका छन्। आस्थागत कथा जोडिँदै जान्छन्। समय गुज्रिँदै जाँदा अयोध्यापुरी, माडीका जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले भव्य मन्दिर बनाउन आह्वान गरे। साथ दिने र साथमा देखिने फरक मनोविज्ञान हो। सरकारी बुद्धिजीवीहरू औचित्य सावित गर्न हामफाले भने उत्खनन, ‘अनुसन्धान’ गर्ने चर्चा चल्यो। भारतमा विवादित थलोमा प्रधानमन्त्रीले भूमिपुजनसँंगै उठेको बहसलाई यहाँ पनि राष्ट्रियतासँग जोड्ने प्रयास भए। संकट झेलिरहेका प्रधानमन्त्रीको त्यो ठट्टा मात्र नभएर विश्वव्यापी कोरोना महामारी झेल्न कमजोर शासकहरूको उग्र दक्षिणपन्थी अभियानको एउटा हिस्सा थियो भने पार्टीभित्र शक्ति संघर्षमा प्रतिद्वन्द्वी पुष्पकमल दाहालको निर्वाचन क्षेत्रलाई मनोवैज्ञानिक दबाबमा राख्नु। जनता हिसाब र निसाफ माग्न खोज्छन्। इतिहासका कठघरामा उभ्याएर ऐना देखाउन थाल्छन् तब शासकहरू र धर्म र ‘राष्ट्रियता’ घालमेल गर्दै मूल मुद्दाको ध्यान मोडेर बहसमाथि नै हस्तक्षेप गर्न थाल्छन्। यो आपूm असुरक्षित रहेको सन्देश हो। समस्याको हल गर्न नसकिएपछि जनतालाई भीडमा फेर्न धार्मिक पुस्तक र इतिहासका पाना पल्टाएर आफ्ना अहंकारको तुष्टि खोज्न कसैलाई दुस्मन बनाउन आवश्यक पर्छ। राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालका ‘बुद्ध र रामको जन्मस्थल तुलना गर्ने कुरै होइन। बुद्ध यही लोकमा थिए। राम अलौकिक, पौराणिक। पुराणको भूगोलमा राष्ट्रवाद पागल वा मध्यकालीन मूर्खले मात्र खाज्ने कुरा हो’ भन्ने भनाइ यहाँ अझ सान्दर्भिक हुन्छ। प्रतीकबीचको भिडन्त र शासकीय मनोविज्ञान भावना र यथार्थ फरक हुन्। धर्म र पुण्यलाई फरक अर्थमा बुझ्नुपर्छ। कट्टरपन्थले आफ्नो समुदायमा सत्यको अमूर्त र आकारहीन रूप बनाउँदै धार्मिक आस्थालाई राजनीतिक झुकावको हिसाबले आकृति गढ्दो छ। एकातर्फ भारतमा राष्ट्रिय स्वयंसेवक संघ र भारतीय जनता पार्टी अयोध्या र श्रीराम नैया खियाउँदै वेगवान् राजनीतिक नदी तर्दै छ भने त्यहीं किङ मेकर उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री अखलेश यादवले प्रदेशको हरेक ठाउँमा परशुराम मूर्ति स्थापना गर्ने घोषणा गरे। क्षेत्रीले राम कब्जा, ब्राह्मणले परशुराम अनि कैयन् यादवहरूले कृष्णलाई कब्जा गरेर प्रतीकका भिडन्त गर्दैछन्। बुद्ध, इब्राहिम, मुसा, महावीर, ईशा, मुहम्मद, नानक देव साँच्चैका अतिउम्दा मानव थिए। उनका शिक्षा कसरी धर्म बने ! जब शिक्षा धर्म बन्यो र राजनीतिमा घुस्यो तब गडबडी हुन थाल्यो। धर्म जहिले पनि समाज विघटन गरेर कट्टरपन्थ पोस्न इतिहासलाई सुम्पिँदै स्वतन्त्र चिन्तन गर्न नदिने मात्रै होइन, बाँच्न पनि दिँदैन। भगवान्विनाको धर्म हँुदैन भन्ने कुरा बुद्ध दर्शनले भन्छ। बुद्ध स्वयंले ईश्वर छैन भने तर उनका अनुयायीले उनलाई नै ईश्वर बनाइदिए। इतिहास हेर्ने हो भने धर्मका नाममा सबभन्दा बढी रगत दयालाई प्रधानता दिने इसाईले बगाए। हिन्दु धर्मका त झन् ईश्वर हिंस्रक हुन्छन्। पीर, पैगम्बर, औलिया, मसिहा, एन्जल, गाड्स, गाडेसेज, महात्मा, पीठाधीश, मठाधीशहरू प्रतीकलाई सोचमा फेर्ने कारिन्दा हुन् भने दक्षिणपन्थका भरसिलो सहयोगी। संसारका शासकहरू धार्मिक र सांस्कृतिक प्रतीकलाई आपसमा भिडाएर आफूलाई सुरिक्षत बनाउँदै छन्। जेरुसेलम (इजरायल) को एउटै भवनलाई धार्मिक प्रतीक होली ट्याम्पल, अलअक्स मस्जिद र सेनेगागमा सयौं वर्ष यहुदी, इसाई र मुसलमानबीच क्रुसेड र जेहादको भिडन्त गरायो। अहिले त्यस्तै टर्कीको हागिया सोफियाले इतिहासको ठट्टा बेहोर्नु परिरहेको छ। ५३२ मा रोमन सम्राट् जटिनियनले बनाएको चर्चले १४५३ मा बाइजेन्टायन साम्राज्यको अन्त्यसँंगै सुल्तान मुहम्मद द्वितीयले मस्जिदमा फेरे। महासुधारक कमाल पासाले १९३४ मा त्यसलाई चर्च वा मस्जिदको बदला संग्रहालयमा फेरेर संसारकै इस्लामबाहुल्य देशमा धर्मनिरपेक्षताको प्रतीक बनाए। कोरानोकालमै यर्दोगानले अयोध्याजस्तै अदालती आदेशमा मस्जिदमा फेरि फेरे। अहमद नसिमले अन्धास्ता, धर्म र ईश्वरमाथि प्रश्न उठाउँदा पाकिस्तानी अदालतभित्रै मारिए। उनको अपराध ईश्वरप्रतिको अनास्था थियो। आफैंमाथि अविश्वास बढिरहेको अवस्थामा संसारकै वर्चश्वशाली शासकहरू जनतालाई भीडमा फेर्न धार्मिक प्रतीकबीच भिडन्त गराउने वा मिथक, पुराण वा वैदिक साहित्यका पात्र वा प्रसंगलाई उरालेर मुख्य बहसलाई कब्जा गर्दैछन्। अदालत उनको सहयोगी बनेको छ। चाहे टर्की भारत वा पाकिस्तान। तर बोल्ने खतरा हरेक युगमा मान्छेले उठाउँदै आएका छन्। भारत त भिन्न मतलाई या त लिन्चिग गरिन्छ अथवा आलोचनात्मक चेतका बुद्धिजीवीलाई खुला जेल बनेको छ। भिमाकोरे गाउँ त्यसको उदाहरणै बन्यो। दक्षिणपन्थ र विश्व कुनै पनि देशको वर्चश्वशाली समूहकोे मनोकामना र शासनको विशेषता भनेको त्यो देशको अवस्था, सांस्कृतिक चेत, सत्ता प्रतिष्ठानको बहुसंख्यक नागरिक दृष्टिकोणमा झल्किन्छ। विश्वव्यापी अनुदारवाद मौलाइरहेका बेला शक्तिमा उनीहरू पुग्दा संसारकै राजनीतिलाई प्रभाव पार्दैछन्। सन् २०२० सँगै २० वटा उदार लोकतान्त्रिक देशमा दक्षिणपन्थीहरूले चुनावकै माध्यमबाट सत्ता कब्जा गरे। बेलायतमा बोरिस जोनसन, अमेरिकामा डोनाल्ड ट्रम्प, फ्रान्समा राष्ट्रपति इमानुयल म्याक्रों, रूसमा भ्लादिमिर पुटिन, भारतमा नरेन्द्र मोदी, ब्राजिलमा जायर बोल्सोनारो, टर्कीमा उर्दोगान र हंगेरी, इजरायल, जापान, अस्ट्रेलिया सत्तामा नभए पनि अन्य १३ देशमा प्रभाव पार्छन्। पन्ध्रौं शदीदेखि अनुदारवादमाथि तर्क, विज्ञान, उदारवादी राजनीति, दर्शन र साहित्यले विजय हासिल गर्दै गए पनि उग्र दक्षिणपन्थले बहुसंख्यक जनमतलाई भय, असुरक्षा र पहिचानको आवेग बढाउँदै गए। अल्पकालका लागि नाजी, फाँसीवादी उत्तेजनाले विश्वयुद्ध निम्त्यायो। तर पराजित भयो पनि। विभिन्न रूपमा फेरि त्यही मैमत्त हुँदै छ। वामपन्थीहरू विद्यमान अवस्था परिवर्तन गर्न र दक्षिणपन्थी त्यसलाई नै कायम गर्न चाहन्छन्। अझ विभिन्न रूपका उग्र दक्षिणपन्थलाई धर्म र ‘राष्ट्रवाद’ भर्याङ बन्न पुग्छ। उदारवादी सरकार रोजगार, सद्भाव र शान्तिको मोर्चामा सफल हुन्थ्यो भने उग्र दक्षिणपन्थले खुट्टा पसार्ने ठाउँ पाउँदैनथ्यो। कोरोनाको आडमा कोरोना त अन्धो छ। कसैलाई भेदभाव नगरी पे्रमिल मिलापको आतुर छ। कोरोना महामारी पहिला यो घातक राष्ट्रवादको हावा चलिरहेको थियो। तर महामारीले संसारको समस्या एउटै बनाइदिँदै उग्र दक्षिणपन्थी शासकहरूलाई नंग्याइदियो। एकअर्काप्रति भर पर्न, बहस र चिन्ता एउटै बनाइदियो। आउँदो समय महाडिप्रेसनले ल्याउने सामाजिक विघटन समस्या बन्ने छ नै। शासक मात्रै हैन, पादरी, पण्डित र मुल्लाहरू पनि कहिले भ्याक्सिन बन्ला भनेर वैज्ञानिकतिर नजर लगाउँदैछन्। एकातर्फ महाचिन्ता अर्कातर्फ सत्ताको हविगत। अस्पताल र वैज्ञानिक चेत फैलाउनुको बदला मन्दिर, मस्जिद, चर्च बनाउनेको हविगत त देखियो नै। कोरोनाकै आडमा संविधान फेर्ने, अध्यादेश ल्याएर सुरक्षित हुने, भ्रष्टाचार मौलाउने र लासको गोजीमा पनि केही छ कि भनेर खोतल्ने काम भयो। सत्ता भोक र मूर्खताको कुनै सीमा नभएकाले अन्धविश्वासलाई योजनाबद्ध फैलाउने कोसिससमेत भए। अन्त्यमा, विश्वमा भइरहेका घटना, सोच र अभ्यासबाट हामी मुक्त हुनै सक्दैनौं। करोनाले आफैंलाई अविश्वास गर्न लगाएकै थियो। अहिले त थप सम्पूर्ण राजनीतिक संस्कृतिले विश्वासमाथि नै धावा बोल्यो। आँखा चिम्लेर विश्वास गरिनेहरूले नै अक्सर आँखा खोलिदिने गर्छन्। तर यहाँ त शक्तिको झूटो प्रशंसा यति धेरै भए कि नाँगो हिँडेको वादशाह स्वयंले पनि थाहा पाएनन्। घमन्ड र अहंकार पचाए पनि उद्दण्डता भने दुनियाँलाई पच्दैन। डेढ दशकको सिन्डिकेट राजनीतिले आदर्श, सिद्धान्त र दायित्वलाई पचाइदियो। अंशमा गरिने विरोध र असन्तुष्टि सेयर सदस्यता नपाउँदा हो या यसबारे उदासीनताले हो ! सिन्डिकेटको हात धेरै लामो र शक्तिशाली छ कि यो माफिया रूपमा सक्रिय छ। स्वयंको भ्रष्टता र परिवारवादको औचित्य कायम गर्न समान शक्तिलाई पहिला उसलाई पनि भ्रष्ट र परिवारवादमा फसाएर मात्रै आफना कुकृत्य छिप्छन्। ०६२/६३ पछि नीति, विधिभन्दा संक्रमणकाल भन्दै झन्डै १५ जनाको राजनीतिक क्लबले चिन्ता, चासो र भूमिकामा खेल्दा अन्य सबै कुरा निल्यो। पार्टी र सदन रूपमा सीमित भएर ठप्पबाज समूह बने। दोहोर्याउनै परेन– अपराधको ड्राइक्लिनर्स अदालत बन्यो। सेना र अदालतप्रति औंला ठडिनु भनेको अनिष्ट सुरु हुनु हो। ठाकुरेहरूको रजगजमा संगठन र मूल्य ध्वस्त भए। भिन्न झन्डा र नाम भए पनि वैधानिक भ्रष्टाचार राजनीतिको केन्द्रमा पुग्यो। आग्रह, कुण्ठाका निमित्त तर्कले बहसलाई विषयान्तर गरिदियो। विकासका मानकमा गेट, धार्मिकस्थल, भ्युटावर बने भने पर्यावरण ध्वस्त गर्ने दारे अभियान (डोजरले प्रकृति र पर्यावरण ध्वस्त बनायो) चले। नेताको औकात गाडी र गार्ड बन्न पुगे। सामानको हैसियतअनुसार उसको महत्व रहन्छ र ग्राहक लोभिन्छन्। गिरोहको रक्षा गरेर शक्ति सुरक्षित गर्न गिरोहपति लाग्दा हर्ष ट्रेडिङ हुन थाले। भ्रष्ट महासिन्डिकेट नेपाली राज्यसत्ताको मूल चरित्र बन्दा नीतिगत भ्रष्टता सुरु भएर सत्ताका सबै अंगमा क्यान्सर फैलिए। सिद्धान्त, न्याय, मिडिया, ‘नागरिक समाज’ ‘मानव अधिकारवादी’ ‘एक्टिभिस्ट’ र सुरक्षातन्त्र सबैलाई सेयर होल्डर बनायो। पार्टीबीचका आपसी कलह जब भ्रष्ट महासिन्डिकेटको हुजुरीमा पुग्छन् तब सहमति खेल मञ्चन सुरु हुन्छ। अंशमा गरिने विरोध र असन्तुष्टि सेयर सदस्यता नपाउँदा हो या यसबारे उदासीनताले हो ! सिन्डिकेटको हात धेरै लामो र शक्तिशाली छ कि यो माफिया रूपमा सक्रिय छ। अहिले अंकगणितको खेल पार्टी राजनीति बन्दै छ भने परेवाले आँखा चिम्लनेबित्तिकै बिरालो खाइदिन्छ। के नेपाली राजनीतिमा अर्को चमत्कार हुन्छ, जसले अग्रगमनसहितको स्थिरता र सुशासन दिन पुगोस् ? नागरिकको उदासीनता बढ्दै जाँदा यस भूसंवेदनशील देशका लागि गम्भीर चुनौती बन्दै छ। त्यसैले मन्टेस्क्युका विचार अहिले सान्दर्भिक हुन्छन् : कुलिन वा राजतन्त्रमा राजकुमारका अत्याचार त्यति खतरनाक हुँदैनन् जति लोकतन्त्रमा नागरिक उदासीनता। यो उदासीनताबाट दिक्क भएर एक बेलायती गोर्खा सैनिक लेख्छन् ः मान्छे पुग्यो जुनमा, गोर्खे आफ्नै धुनमा !
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home