मिडिया, पत्रुकारिता र माहासंघ
सरकारी पत्रकार–नेता गणेश बस्नेत र प्रेश काउन्सिल काबा अध्यक्ष किशोर श्रेष्ठको फेसबुक जुहारी देखेँ । मिडिया, पार्टी नेताहरुको दोहोलो काढ्ने इटहरि मेयर द्वारिकानाथ चौधरीले शब्दवाण चलाए । शिकार खेले । शिकारबाट आधा चिसोगोली झिकेर घाईतेहरुको अर्धदिल खुश पारे । यससंरचनाले उनलाई पछाडि हट्नै बाध्य पाथ्र्यो, पछि हटे पनि । आइतवार नेपालगंजमा संचारमन्त्री गोकुल बाँस्कोटाले काउन्सिल विधेयक फिर्ता नलिने फेरी राजघोष दोहोर्याए । अहिले एकाध पत्रुकारका कृयाकलापलाई नजिर बनाँउदै प्रेश स्वतन्त्रता अपहरण गर्न सरकार लागी परेको छ भने सरकारी पत्रकारको जनवर्गिय संगठनको क्रान्तिकारीतामा पनि भोटेताल्चा लागेको छ । जे राजनीतिमा देखिन्छ त्यसैको बाइप्रोडक्ट लाल–पत्रकारसमुहमा देखिनु अस्वभाविक होइन् । सरकारी प्रवक्ताका पनि रक्षाकवच कृष्ण सेन इच्छुक संमानवाट विभुसित सुर्य थापाका तर्क र हुकुम त सरकारी पार्टीकै मिडिया नीति एवं सौन्दर्यशास्त्र भै गयो । राज्यको चौथोअंग चुत्थ्थोअंगमा फेरिनु हुँदैन्, मिडिया गौरवता र जनअभिभावक बन्नुपर्छ भन्ने फेरी प्रेश स्वतन्त्रताका पक्षमा बहस चलेका छन् । आन्दोलन जारी छ । समस्या पत्रुकारले उब्जाए्, घाइते जिम्मेवार प्रेश बन्यो, बाहाना दम्भी सरकारलाई मिल्यो । चम्किला चन्द्रमामा पनि कालो धब्बा देखिन्छ । शक्तिका मैमत्तको आँखा, अन्यायीको त्रास, परिवर्तनको शंखघोष, निम्छराको शक्ति र अभिभावक जस्तो गौरवमय मिडिया पेशामा पनि केही कुलंगघारका हर्कत नकरात्मक वहस तानिए । पत्रकारले मूल्य तिरेरै मिडियाको गौरवता र संमान पाएको हो । कामकै सिलसिलामा गत वर्षमा (सन २०१८) मात्रै ९५जना पत्रकारको हत्या भयो भने विश्वब्यापी करपोरेट राजनीतिका सिण्डकेट खुलासा गर्न विकिलिक्स जनपत्रकार जुलियस असान्ज र सउदीका पत्रकार अदनाेल खगोसीको टर्की दुतावासको हत्या त पछिल्लो नजिर हो । अहिले निर्भिक पत्रकारमाथि मैमत्त भारतीयसत्ता र भक्तरामहरु जाइलाग्दै छन् त्यो मिडिया शक्तिदेखी कुथ्थुरता नै हो । नेपाली पत्रकारले पनि गौरवताका मूल्य तिरेका छन् । लेखकिय दण्ड जेलनेलका कुरा छोड्ने हो भने शोभाखर धनञ्जय, कृष्ण सेनले जीवनमूल्य तिरे भने पदम ठकुराठी जिँउदा पत्रकारिताका शहीद हुँन् । अहिले स्वयम् पत्रकारले पनि ऐना हेरेर निर्मम समीक्षा गर्नुपरेको छ । पत्रुकारको सति प्रेश स्वतन्त्रताका पक्षधर जान मिल्दैन् । नियमनका नाममा नियन्त्रण उन्मुख सरकारी अभियानको सहयोगी बन्न हुँदैन । हरेक राजनीतिक दल प्रतिपक्षमा, आन्दोलन वा बिद्रोही अवस्थामा रहँदा स्वतन्त्र मिडियाका पक्षधर र प्रशंसक हुन्छन् तर सत्तामा पुग्नेबित्तिकै काउसो ठान्छन् । कहिल्यै सत्ताबाहिर हुँनुपर्दैन् भन्ने सोच्दै आफनै मुखपत्र वा जनवर्गिय संगठनको हुकुम तामेलीको भक्तिराम बन्ने आदेश दिन्छन् । अरुको जन्मपत्री खोतल्ने मिडियाका पनि आफनै सीमा र समस्या जब्बर छन् । कचरा र पत्रुकार उस्को समस्या हो । त्यसै कमजोरी भित्र सत्ताले खेल्दै नयाँ भयको सौर्न्दयशास्त्र तयार गर्न खोज्छ । एउटा सामान्य चित्र नियालौँ । पत्रकार माहासंघ बाँकेमा –जिल्लामा पत्रकारको शंख्या २ सय ५६ छ । त्यसमध्य ५० जनाजति पेशामा सकृय छन् । बाँकी अन्यपेशामा भएपनि चुनावको वेला भने खुव सकृय हुन्छन् । ती सकृय ४ दर्जन पत्रकारको समेत पेसाले जिन्दगी धान्न सक्दैन् । सकृय त छ्न तर केमा ? बाँच्न कमाउनु पर्यो । साच्चै पेशाले वाँचेका त दर्जन भर होलान् । तर, चुनावी अंकखेलले हरेक भ्रष्टाचारी र लाईसेन्सधारीका सामाजिक जीवनको पनि नैतिक ठेक्का भने माहासंघले लिनु परेको छ । यो चित्र र चरित्र देशैभरीको हो । अनी मन्त्री वास्कोटा किन नचम्किउन ? पत्रकारका पनि दुखैछन् । अधिकांस पत्रकारहरु ब्यानर, स्कुप, हेडलाइन र ब्रेकिगको दौडमा हुन्छन् । बिज्ञापन पाँउन, जीवन गुर्जान के के कलावाजी गर्नुपर्छ ! आफ्ना औकात कायम गर्न के, के हतकण्डा अपनाउनु पर्छ ! अझ करपोरेट मिडियाकर्मी शासक र प्रशासकसंग त आँखा तरेर हक्की कुरा त गर्छन् तर अाफ्नै साहुजी संग नी ! कयौँको महिनाको पात्रो पल्टने ५० दिन, ६० दिनमा पल्टिन्छ । मालिकको अन्य ब्यबसायको हितरक्षा समेत उसैले गरिदिनुपर्छ । मिडियामालिकका दन्तबञ्जन छरपष्टै छन् । सकरात्मक, स्रिजनात्मक र गम्भीर विषय लेख्यो– पाठक, श्रोता र दर्शकले रुचाउदैनन् । चटपटे, घोचपेज र उछित्तो काढेको समाचारकै हाईहाई हुन्छ । चर्चा पाँउछ। त्यस्ता खवरले मात्र इज्जत बचेको छ, परिचय स्थापित हुन्छ भन्ने मान्यता क्रमशः स्थापित भैरहेको छ । पत्रकारितामा अहिलेका चरित्र नायक त्यस्तै बनिरहेका छन् । समकालीन राजनीतिको छाप मिडियामा पर्ने नै भयो । अहिले मिडियालाई सत्ता र आफूलाई शासक भन्ने पत्रुकारको सौता सामाजिक संजाल बनेको छ । उ ब्रेक गर्छ र कुसमाचार, भ्रमित समाचार, प्रयोजीत समाचारको जन्मपत्री पनि खोलिदिन्छ । डाक्टर आफ्ना सन्तानलाइ डक्टरै बनोस् सोच्छ, वकिल सन्तानलाइ वकिलनै बनेको देख्न चाहान्छ, ब्यापारी पनि आफैँजस्तो होस् भन्ने चाहान्छ तर पत्रकार आफ्ना सन्तान पत्रकारनै बनोस भन्ने किन चाहाँदैन ? आन्दोलन नबनिरहेका पार्टीका कुनै पनि नेता आफ्ना परिवारलाई संर्घषको मैदानमा जाओस भन्ने त सोच्दैन् तर राजकिय पद भने पाओस भने जस्तै कुनै पनि पत्रकार आफ्ना सन्तान पनि पत्रकार बनुन भन्ने चाहाना राख्दैनन् । प्रतिष्ठित पत्रकारहरुका कुनै पनि सन्तान मिडियाकर्ममा छैनन् भने मौका पाउने वित्तिकै कयौँले पेशा फेरेका छन् । बजार र यनजियो\आइयनजियोको दबाब बढदैजाँदा लाइसन्सधारी पत्रुकारको विगविगीले सत्तालाई मिडिया नियन्त्रण गर्ने वाहाना बन्ने नै भयो । नियमन नभै नियन्त्रणको सत्ता भोटको राजनीति र हनुमानगिरीका कारण माहासंघ पनि पत्रुकारको समेत नैतिक जिम्मेवारी लिन विवस छ । अन्तमाः सूचना विभागको प्रेस पास नियमन र सकृय पत्रकारिता नगर्ने लाइसेन्सधारीको सदस्यता रद्द गर्ने वित्तिकै पत्रुकारहरुले पैदा गरेका ६०प्रतिसत समस्या हल हुँनेछन् । के चुनावी अंक गणित, जनवर्गिय संगठन, आशे सरकारी विज्ञापन र पर्चाकारिता, पत्रुकारिता, एनजीयोकारिता, द्धन्द उध्यमको मञ्च र करपोरेटकारिताबाट मिडियाको मौलिक गौरवतालाई जोगाउन,सामाजिक संमान बचाउन,पाँउन नेपाल पत्रकार माहासंंघ र सम्बन्धित निकायहरुले जोखिम उठाँउलान् ? कसै न कसैले, कुनै न कुनैवेला त यस्ता जोखिम त उठाउनै पर्छ । (जनअास्था २ं०७६ जेठ २९गते प्रकाशित)
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home