मन्जुश्री र सहर
May 19, 2009 at 5:20 AM अहिले उ पसेको सहर कुनैदिन एउटा खाल्डो थियो । आदिमकालिन ऐतिहासिक टौ दह । अहिेले यो राजधानी बनेको छ । हरेक चिजको केन्द्र भएको छ । हुनपनि यहाँ अन्नतकालदेखिनै धेरैले आफ्ना परिचय र आर्दश रित्याए । थोरैलेमात्र बचाउन सके । यहाँ सबैकुरा यहाँ पच्छन । पचाईन्छ । यो राजनीतिको महाँमण्डी हो । जो त्यहाँ पस्छन र फस्छन तिनिहरु यहाँबाट बिरलै उम्कन सक्छन-उत्रन भने कदापि सक्दैनन् र फर्कदैनन् पनि । फर्केका भनेर देखिएकाहरु कहिलेकाहीँ गाउँबस्ती र देहातमा झुल्कन्छन मात्र । शक्तिशाली चुम्बक छ त्यहु । यसले फलामलाइृ्र धारिलोस्पात हैन अरु फलाम तान्ने महाँचुम्बक बनाईदिन्छ । कतिपय फलामहरु बरु खियालागेर स्पातबन्ने क्षमता गुमाउदै बरु टिटनस फैलाउने बिषालु वस्तु पो पनिदिन्छन । यस खाल्डोले आफ्ना पिधँमा अनेकौ मुल्यमान्यता आदर्श सपना प्रतिवद्धतालाई सडाईदिएको छ । क्षमताको प्रदर्शनगर्न त्यहाँ पुगेको मोफसल सभ्य क्षमतावान बन्नेको नाममा त्यही आफ्नो औकात मर्म र परिचय पनि रित्याउदै हराएको छ । सिध्याएको छ । बिस्मृतिकागर्भमा पुगेको छ आफ्नै आर्दशमा । अनेकौँ जिउदाँमान्छेहरु आफ्ना पौरख देखाउन त्यहाँ गोताखोर बनेर पुग्नेगर्छन तर बिचराहरु बरमुडा त्रिकोणमा फसेझँैं यात त्यहीँ बिलाएर हाडखोड सडाँउदै मानवशास्त्रीका अनुसन्धानसामाग्री बन्छन यात जलचरहरुका आहारा । यो एउटा अगस्ती खाल्डोको कुरा हो जहाँबाट अत्यन्तै कम मान्छेमात्रै फर्केका छन आफ्ना उदगमथलोमा । चार झन्ज्याँङ्रबाट खाल्डोमा खसेका अधिकांस मान्छेको हबिगत पनि यस्तै हुने गरेके छ । कुनैदिन सहरहरु सभ्यताका केन्द्र बन्नेगर्थे । महान बहसको थलो हुन्ोगथ्र्याे । शासक हुन्थे । अखडा हुन्थे । नगरबधू हुन्थे । तेजारथ हुन्थ्यो । पशुले आहारा खोज्दै वनपाखा चाहारेझैँ मानिसपनि रहस्य खोज्न देशदेशाटन गर्दै दनिँयाका सहरहरु चाहार्ने गर्थे । अर्कोतर्फ एउटा महान सहर बन्न अनेकौँ मानव चिच्याहटहरु र चिहानहरुमा सभ्यताको धरहरा ठडिएको हुन्छ जसरी महान सेनापति दहि्रन अशङ्ख्य सेनानीहरुको लासमा ठडिएपछि उ अग्लो दखिन्ोगर्छ । जति ठुला सहर छन त्यतिकै ठुला मानव चित्कार पनि छन र हुन्छन । यो सहरको कथाब्यथा पनि अरु सहरको भन्दा झरक छैन । सहरको परम्परागत अर्थ अहिले फेरिएको छ । मोहनी लगाउने सहर सबैलाई निम्त्याउछ र बिषकन्या झै फसाँउछ । सबैलाई आहारा बनुउछ । । सहर अजिङ्गर गोही हो जो आफ्ना आर्कषणले आहारालाई निम्त्याएर आसुँ निकाल्दै हजम गर्छ । बिचरा …आहारा कुन बेला फन्दामा परिँने हो भनेर पत्तै पाउँदैनन् । बिचरा स्वयंसेबक आहारा……॥ आदर्श हजम गरीसकेपछी कङ्कालकात्र छोडने गर्छ सहर कवाड बनाएर । अहिले सहर बजार बनेको छ । त्यहाँ औकात अनुसारको सामानहरु किन्न्ा र बेच्न सकिन्छन । डाक बढाबढ हुन्छन । लिलामीका बोली लाग्छन । आफैँलाई सुकि्रबिकि्र गर्न सकिन्छ र गर्ने गरिन्छ । पछिल्लो पटक सहरको आहारा बन्न उ अत्यन्त तामझामकोसाथ पुगेको छ त्यहाँ । अब उसकालागी पुराना केन्द्रहरु भत्किएर नयाँ केन्द्र बनेका छन अथवा सहरले त्यो स्थान आगटेको छ । कुनैबेला उसङ्ग पनि आश्था र आदर्श थिए अब ति यात पुस्तकका पानामा सिमिटिए यात सहर पुग्ने भर्याङ बने । अहिलेको सहरले धेरैचिजको अर्थ फेरिदिएको छ । भौतिक सुबिधाले फेरेको हिजोको आफन्त अर्थात उ साच्चै नै पो पराई बन्दै गएर सरमा दहि्रएको छ । सुबिधा पनि त आर्दशलाई सिकार खेल्छ र दिमागको सबभन्दा नजिक भएर काम गर्छ नी । हो उ अबत सहर पसिसक्यो । सामान्य मान्छे रहँदै रहेन । हिजो उ सपना देख्थ्यो र सपना देखाउदै सपना पनि बाँडथ्यो । विचारमा तागत थिए उमङ्ग थिए नैतिक बल र साहस पनि थियो । अब उसङ्ग धेरै कुरा सक्किए । उ ूठुलोमान्छेू बन्यो । भयो । बनिसक्यो । असभ्यहरुको वस्तीबाट भलादमी भएर उ सहर पस्यो । ठुला बडाकै भयो । ठुलाबडा बिचको मान्छे ठुलाबडा बिचमै हुन्छन पनि । जो जस्ता हुन्छन त्यसतै बिचमा हुन्छन र रम्छन । त्यसैले सभ्य र सुशष्कृत भइसकेपछि पाखे र देहातीहरुले आफ्न्त भनिदेलान कि भनेर अहिले पिरोलिन लाग्यो । झस्किन थालेको उ भूतपूर्ब हाम्रै आफन्त थियो र हो । साच्चै हो उहिसङ्ग कुनै दिन हामीहरुले हासोँ र आसुँ साटेका थियौँ । माया र पि्रति गाँसेका थियौँ । हृदय छताछुल्ल पारेर खितखिताएर हासेँका थियौँें डाकोँ छोडेर रोएका थियौं । दिन फेरियो परिवेश बदलियो त्यसैले धेरेकुराका अर्थमर्म र सन्देश पनि बदलिए । अबत् उ साच्चैनैपो परचकि्र भईसक्यो । बाटामा हिडदाँ यि असभ्यहरुले साइत बिगारिदेलानकि भनेर आत्तिने मान्छे पो बनिसक्यो । आमबाट बिशेष बनेको उ अब हाम्रो आफ्न्त हैन मान्यजन हो पृय साथी हैन उत सर हो प्रभु हो र मालिक हो पनि । उ आजको हैन हिजोको सगोत्रि थियो । मानव जातीले अनेकौं किर्तिमान खडागरे गर्दै गएर महाबृतान्त तयार भए । खाल्डो सबैलाई निल्दैपचाउदै गयो र हाडखोडमात्रै छोडदै गयो । तर मान्छेकोजातले खाल्डो र त्यहाँ रमाउने बिरुद्धको पौंठाजारी खेल्न कहिल्यै छोडेन । कहिले चित कहिले पट । तर हरेस कहिल्यैपनि खाएन । खादैँन । नत सगरमाथा चढन नत प्रशान्त महासागरमा डुबुल्की मारेर गहिराई छुन नत बरमुडा ट्रयाइङ्गलको रहस्य पत्ता लगाउने अभियानै छोडयो ! । ब्ल्याक होलको वास्तविकता पत्ता लगाउनै पो कहिले पो बिश्राम लियो यो जातिले । हरेक खाल्डोले कचेरा थुपारेका हुन्छन । खाल्डो पोखरी बनेको हुन्छ । हिजाका अत्यन्तै सुन्दरवस्तु पनि खाल्डोमा परेर रमाएपछि सडने गर्दछन । जति राम्रा वस्तु हुन्छन बिचरा॥ति त्यतिनै छिटो गल्छन कुहिन्छन र माटो ब्ान्दछन तर प्रतिकुलतामा नसडने र नगल्ने भनेकै हिरा हो नकुहिने भनेकोनै सति साल हो । हिरासङ्ग र सतिसालसङ्ग धर्य हुन्छ र बाटो हेरिरहन्छन कुररिरहन्छन र अझ बाटो सफा गरिहन्छन आधुनिक मन्जसश्रिकालागी । मन्जुश्रिस्पार्टाकस र कामी बुढाहरु हरेक युगमा जन्मिरहन्छन जन्मिरहनेछन । चोभार काटिएर महान उपत्यका बन्नेछ भनेर मोफसल कुरिरहन्छ । कुनैदिनको खाल्डो टौ दह चोभार छिचल्ने आधुनिक मन्जुश्रिको अभियानले सार्थकता
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home