लेखकिय चुनौतीहरु
लेखकिय चुनौतीहरु May 28, 2009 at 9:37 PM भाषण गर्ने नेताहरुलाई भन्दा लेखकहरुलाई समस्या र चुनौति धेरै हुने गर्दछन् । लेख नजिर हो र लेखकको वकपत्र पनि । पाठक न्यायाधिस हुन र समाज अदालत हो । भाषणबाज बैकल्पिक तर्क दिदै उम्कन सक्छन् मानौ पूर्वमान्यताहरु यसरी काट्दछन् की जसरी कसाईले बोको रेट्दा चुपीमा रगतनै नलागी सेरेको होस् । शब्द संसार हो जो वर्तमानमा व्यक्तिन्छ र इतिहासको सन्दर्भ श्रोत बन्ने गर्दछ । उस्मा तागत सामथ्र्य र ओजन हुन्छन । संवेदना कला र लालित्य रहन्छ । लेखकले यिनीहरुलाई खुब खेलाउदछ- होशियारी साथ प्रयोग गर्दछ र आफ्नो जिम्मेवारी त्यसैगरी निभाउदछ जसरी गर्विला र निस्किकंत मानिसहरुले आफ्नो उपस्थिति यस समाजमा जनाइरहेका हुन्छन् ।सबैकुरा मेटिन सकिन्छ सिद्धिन सकिन्छ र विस्रन पनि सकिन्छ तर लेखिइसकेपछि कसैगरी त्यो नस्ट भने हुदैन । त्यसैले त मृत्यु दण्ड फैसला लेखिईसकेपछि न्यायाधिसहरु आफ्ना कलमका निप भाच्ने गर्दछन ताकी अरुलाई यस्तै निर्णय लेख्न नपरोस भन्दै । लेखक आफूलाई निचोर्दै यूगिन तस्विर खिच्दै वर्तमानलाई अक्षरमा सजाउदै जान्छ । निकास पाएन भने प्रतिक र विम्वमा पनि व्यक्तिन्छ उ । त्यसबेला मुर्छित बन्दछ जुनबेला आफ्नै लेखहरुले उस्लाई जिस्क्याइरहेका हुन्छन् । आफ्नै कृतिहरु आतंक बन्दछन् एकान्तमा धिर्कानु पर्दछ अथवा लेखकले आत्म समीक्षा गर्दै मनोआतंकबाट मुक्त हुन विलासिताका प्याला पिइनु पर्दछ। लेखक एउटा ूपागलू हो संवेदना र सपनाको पछाडी दगुर्दछ । भौतिक बिलासिता बन्धकी राखेर कल्पना गर्न रुचाउछ । सपना र कल्पनालाई सामाजिक यर्थातसंगै कसी लगाउदै रुपान्तरणको भोक जगाई दिन्छ समाजमा । तितो यथार्तलाई नङग्याउदै त्यसबाट छुटकाराको उपाय देखाउछ । क्रुर वर्तमानलाई घृणा गर्दै अशातित भविष्यप्रति विश्वास जगाउदछ । सपना समय र संवेदना सौन्दर्यसमिश्रणको अभिव्यक्तिमा आफै अनुवादित हुन्छ- शब्दको रुपमा । मौन हुंदा पनि चुप बस्न सक्दैन - श्रष्टा । जब केही लेखिइरहेको हुदैन - त्यस बेला पनि धेरै शिर्षकहरु चिच्याइरहेका हुन्छन् उसगं । मौनता भित्रको रहस्यमा धेरै अनउद्घाटित पक्ष छटपटाईरहेका हुन सक्दछन् । जब शब्द घायल हुन्छ …तब जिस्क्याइ रहन्छन् संकलकलाई -ू ……के मेरो अस्तित्व छैन त †ू भन्दै । भाषणकर्ता प्रायः आफ्नै कुराको हेक्का राख्दैनन् । धेरै जसो भाषण संकलन पनि नहुने हुंदा त्यसको हिसाव किताव कयौंले राखेका हुंदैनन् । जवाफदेही बन्नु नपर्ने हुंदा त्यसैले व्याख्यता उम्किन्छन् भने लेखकिय समिक्षा भविष्यमा मात्र हुन्ो हुदां ल्ेखनले लेखक को कहिल्यैपनि पिछा छोडदैन । जिउँदोमा पनि उ समिक्षित हुन्छ भने मृत्यू पछाडी पनि अत्यन्तै सामथ्र्यवान लेखक थिए - गोरख पाण्डे आफ्ना जमानाका लेर्मेन्तोभ जस्तै । सिल्विया पाथले झैंँ यौवनमै इहलिला समाप्त गरे । जब देखेको सपनामाथि चोट पुग्दछ र बदल्ने शक्तिपनि रहदैन- त्यस्ताबेला भावना प्रधान मानिसहरु आत्म्ााहत्या गर्दछन् होला । आत्माहत्या पनि त आफैदेखि विद्रोह हो नि । विगत देखि छुटकारा वा कतैबाट आदर्शको अपहरण नै आत्माहत्याका कारक बनेका हुन सक्छन् । मानिस आफैंले देखेका र सजाईएका सपनाको जब स्वयं रखवाला बन्न सक्दैन वा अर्को निर्माण पनि गर्न सक्दैन अथवा बिस्स्वासको धरोहरलाई आबरणका सजिएको ना¨ाे आखैंले देख्दछ तव स्वयंको आश्था माथी आसङ्कित हुन पुग्छ । क्रमिकताको मृत्युमा आफ्नै आलेखले लखेटी-लखेटी मर्नु भन्दा भौतिक मृत्यु नै रोज्दछन् होला त्यस्ता मान्छे । द्वन्द्वयुद्धमा होमिने अलेक्साद्र पुस्कीन हेमिग्वे पारिवारिक विरक्त टल्सटाय अथवा देवकोटा र भैरव अर्यालहरु आ-आफ्ना प्रकारकेा स्वयम्संग विरक्त त हैनन् कतै † सिर्जना - परिवेशका अनूभूति सोच र प्रतिवद्धताका सफथपत्रहरु । पुराना पाता जव पल्टाएर हेर्न थाल्दछ स्रष्टा कतै ती नजिरहरुले बिटुलिएका कलमहरुलाई चिमोटन पनि सुरु गर्दछ । कतै कथा बनेका आदर्श भ्रष्ट प्रतिवद्धता तुहिएका सपनाबन्दगी राखेका आस्थाले लखेट्न थाल्यो भने ट्रयाड्ढलाइजरमा यात मात्तिन सक्नु पर्दछ यात बिलासितामा पौडिनु पर्दछ -हाकाहाकी लेखकिय आफ्ना भावना बचपना हुन भन्दै । त्यसैले त होला भूपिले कुनै जमानाका गर्विला मानिसलाई लक्षित गरेर भनेकाूँहे मरेर शहिद हुने हो बाँचेरत् हेर बाँच्न कति कठिन हुँदो रैछ † । सबैलाई तर्कले छल्न सके पनि स्वय्ंसंग ओझेल हुन भने कोही पनि सक्दैन । लेखले जिस्क्याइ रहेका लेखकहरुको हकमा अझ सङला कृतिहरु ब्युतिए पछित् महाआतंक नै बन्ने गर्दछन् । अक्षर र शब्दलाई त गफाडीहरु मन्चित नाटकका सम्वाद भनेर आत्मारतिले रमाउछन् होला तर एउटा लेखकलाई भने यो भयानक आतंक बन्ने गर्दछ ।त्यो आतङ्क जिउदोंमा मात्र रहदैन चिहान खोतलेरपनि चिमोटिरहेको हुन्छ । लेखले लेखकलाई निर्देशन गरिरहेको हुन्छ - आफ्ना कल्पना सपना आदर्श र प्रतिवद्धतालाई चुम्न स्वानन्द पाउन । यो तिलस्मी कृतिकारलाई भने लागु हुदैन । सपना देख्ने क्षमता र सोचलाई शब्दमा रुपान्तरण गर्ने भनेको एउटा सष्ट्रा मात्र हुन्छ ।त्यसैलै उ अशख्यंलाई सपना देखाउछ । भावनामा डोर्याउछ । आवेग भरेर उत्तेजित पार्दै भमिकामै उर्तादछ । तिनैलाई आकृति दिन हाम फाल्न पे्ररित गर्छ । जव त्यसै मर्म माथि प्रहार हुन्छ तव एउटा लेखक सधैं तड्पिइरन्छ । पिरोलिइरहन्छ । निकास खोज्न प्रतिकुलतालाई चिर्दै । त्यहाँ उभिएर घरभित्रका सुबिधा-सुरक्षा र बाहिरको उन्मुक्त कावा खाने परिवेश को सघाँर तयार हुन्छ - तव कहिले पनि गौरबशाली कलम सुबिधा र आग्रहका bन्दी राज्ाकीय लेखक विश्लेषकहरुलाई पूर्व मान्यताहरुले टोकिरहन्छन् र रुपान्तरित वर्तमानले गिज्याइ रहेको पनि हुन्छ । अझ स्तुतीगान र विलासिता प्रंससामा खर्च गरिएका शब्दहरुको जव अल्पायूमै अन्त हुन्छ त्यस्ता पर्चाकारहरुको हविगत र अन्त पनि राम्रै तरिकाले बुझ्नेमा सवभन्दा अगाडी लेखकहरुनै हुन्ोगर्छन् । आज भोली म केही ँबुढा’ लेखक स्तम्भकार र व्याख्याताहरुका रचनाहरु पढ्दैछु । तिनीहरुका अनुहारमा यथास्थित्ाीका चौकिदार देखा पर्दछ यात हवास्स् डलर गन्हाउछ । उनिहरु शब्दलाई खुब खेलुउछन । त्यसैमा गोल चक्कर मार्छन लक्षितवर्गको ऋजनशिलता र बिद्रोहीचेतको नसबन्दी गरिदिन्छन । उनिहरुमा डलरका हरियो चश्मा लगाएपछि बशन्तमा पुूलेका राता गुरांसपनि कालो धब्ब्ाा देख्ने पराई रोग लागेको हुन्छ । दाताको आदेशमा जनमानस तयार गराउने भूमिका निभाई राखेको छ उस्ले । उ स्वयं घोष्ट राईटर मान्न्ा त् तयार छैन तर आप्ाु्ना पौरख भने साहित्यिक परपोजल लेख्दैे दाता रिझाई राखेकोहुन्छ । वर्तमान प्रतिको आक्रोसघृणात जगाउछ तर निकासलाईभने बर्गेल्याईदिन्छ । तिनिहरुमा अत्यन्तै पुराना प्रसंग हुने गर्दछन् । दृष्टान्तहरु थोत्रा लाग्नॆ गर्छ । यसले के बुझिन्छ भने बोझयूक्त दिमाग कसरि सिर्जनाको बाधक बन्न पुग्दोरहेछ भन्ने कुरा ७३ढटण्स अहिले एकातर्फ तिनिहरुले श्रीपेचमुनि प्राज्ञिक अभ्यास गरिराखेको देखिदैछ भने अर्कोतर्फ कुण्ठा र आग्रह पनि साहित्यका नाममा ओकली राखिएको देखिन्छ । अहिले बजारको चर्को दवाव झेल्न विवश वा अभ्यस्त लेखनदासहरु एकातर्फ देखिदैछन् भने अर्कोतर्फ कुण्ठाले पि_िल्सएर शब्दभावको हुर्मत काढ्ने कलमकार । बजार र सत्ता ऊनिहरुलाई ह्दय छताछुल्ल पारेर लेख्ने अनुमति पनि दिदैन । एकातर्फ ह्दय बन्धकि राख्नु पर्ने अवस्था अर्को तर्फ मनमस्तिक निचोरेरशत्यबोध गर्दै ब्यक्तिने स्वयंको ललकार -यिनै द्धिबिधा परेपछि बिभत्सताको शौन्र्दयसाश्त्र रच्न र त्यसैलाई शत्यापिद गराउन भौतारि रहदो रहेछ लेखनदास । सुबिधा सामु गरिने हरेक किसिमका सम्झौताले एऊटा स्रष्टालाई शत्यबोध गर्न र त्यसलाई शब्दमा सजाऊन कति निसहाय र बबुरो बनाऊदो रहेछ आग्रह र कुण्ठा थप रोग हो उस्को । आफ्ना जमानाका गौरवसाली हस्ताक्षरलाई पढदा के अचम्म लाग्दछ भने स्वयंका कृतिहरुले श्रष्टाहरुलाईनै गिज्याइरहेको छ झै लाग्दछ । चिथारिराखेको हुन्छ । रक्तमुच्छेल बनिराखेको हुन्छ उ ।sयौंका लागि विगत घांडो बनेको पनि देखिन्छ भने कतीलाई हिजोको परिचय बुढौतीमा व्याज खाने शिर्षक बनेको पनि देखिदै छ अहिले । तिनिहरुका मुहारमा बेलेन्स्कीको गोगोलका अनुहार पनि देखिन्छन अर्को तर्फ सोच्दछु फाशिष्ट स्पेनि जनरल प्रुयाङ्कोकॊ अनन्य भक्त कामिलजे खासे सेलाको कृति ुपास्कुअल दुवार्तेको परिवारु । उ राजनीतिमा फाँसीवादको मतियार हँुदा पनि साहित्यमा कहिल्यैे प्रुयाङ्कोको सहयोगी भएन । तर यहाँ खासेको मर्यादा सम्म कामय गर्न नसकेका चतुरे कलमकारलाई देख्दा कुनैबेला कुर्लिएका आर्दश सफल नाटकका सम्वादत् थिएन कतै झै लाग्दछ । ति रचनाहरु पढदा के भन्न सकिन्छ र पर्दछ भने भ्रष्ट ्रप्रगितशीलताु भन्दा बुर्जुवा यर्थातवाद कयौ गुना प्रगतिशीलु हुँदो रहेछ । अझ हाईबि्रड साहित्यत साहित्यिक आवेग र बिद्रंोही रस र चेत गाएब गराउने औजारपो बन्दो रहेछ । त्यहि भद्र उपदेसक आदस्रको सौन्दर्यकरणत गर्दो रहेछ तर त्यसैलाई ब्याबहारिक रुप दिने सकृयताको भने उछित्तो काढदै यास्थितीको मलजल गर्दो पो रहेछ अथवा दाताको अर्चना गर्दाे रहेछ । अण्डा नफुटाई आम्लेट खाने उपदेश पो दिदो रहेछ उ । …॥र अन्तमा लेखक समग्रमा भन्ने हो भने छल्किरहेका भावनालाई चित्ररुपी तस्वीर कोर्ने कलाकार हो जस्ले वर्तमान संवेदनाको अग्रगामी वारेस बनिरहन सकेन भने आफ्नै भूतले लखटिदै जीवन पर्यन्त भागिरहनु पर्दछ । त्यसबाट उब्जने मनोरोग नै उसको जीवन र मृत्युका परिचय बन्ने गर्छन् । जहिले पनि स्रष्टा प्रतिकुल धारा बिरुद्ध जलयात्रा गरिराख्ने कूसलमाझी झै हुन्छहुनुपर्दछ पनि । यो नै स्रष्टाको परिचय हो । स्वप्नद्रष्टा भईरहनु-गराइरहनु दायित्यबोध भईरहनु-गराइरहनु प्रतिकूलता छिमोल्दै अघि बढिरहनु र बढन ललकारि रहन उ कति सक्तछ यो नै उस्का सामनेका चुनौति बनेर उभिएका हुन्छन । कयौ मुर्धन्य लेखकहरुका दशकका रचनाहरु अध्ययन गर्दा के लाग्छ भने सुबिधासगं गरिने सम्झौतानै त्यो पहिलो प्रस्थान बिन्दु हो जहाँबाट उ लेखकीय कल्पनाशक्ति र धरातलीय यथार्तबोध गर्ने क्षमता गुमाउन पुग्दछन र कुनै दिनका शसक्त स्रजक भाटकवि शाही लेखक वा यनजियो पर्चाकारमा दरिएर स्खलित हुन पुग्दछ । जव मान्छे स्वार्थवाट पे्ररित हुन्छबदलाबाट उक्साईन्छ तब कुनैपनि कार्य कति न्यायोचित यूगिन र मानबिय हुन्छ भन्दा पनि त्यस कामबाट फईदा पुग्छ कि पुग्दैन भनेर सोच्न थाल्छ । घोष्ट लेखकपर्चाकारहरु लाईत् अझ यो लागु हुन्छ । यहि नै वास्तबिक लेखकिय चुनौति बनेर उभिइरहेको हुन्छ सदा सष्ट्रालाई ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home