Friday, June 14, 2019

एउटा माओवादीको लभ लेटर

सञ्जुकी मेरी पृयतमा पाहारिलो घामताप्दै डायरीका पाना पल्टाउदा तिम्रा सम्झनाले काउकुती लगाँउदै छ । तलाकपत्रका पनि झन्डै २ वर्ष वित्न थालेछन् । सम्झनामा त डिभोर्ष विर्सने छुटै हुँदैन् । पुराना प्रेमपत्र पल्टाउदैछु,। कलामय उपदेश पनि रहेछन् । परिवर्तनका गाथा रित्तिएका छैनन् । स्पार्टाकस र डेविडका उदघोष सुन्दै छु । पाहाडी टाकुरामा अनेकौ स्वर हावाले ल्याउँछ, उडाएर डाँडापारी पु¥याउँछ । टाढाटाढा भएजस्ता धेरै कुरा देखिन्छन् । प्रेम, धन र शक्ति भनेका आगो जस्तै रहेछन् । यी कहिले उत्तम सेवक बन्दा रहेछन्, कहिले खतरा मालिक पनि । तिम्रा मोहिनीशक्ति नियाल्दा पाल्सी कुरा बुझेको रहेनछु भन्ने लाग्छ । तर, यस्तावेला भड्खारामा परोश भनेर रमिता हेर्नेवाला पनि हैन् क्या ! पृयतमा..तिमी अति चंख ...के पार्टी, राजनीति, जीवन र प्रेम साच्चै ठट्टै हुँन त ? तन जित्न जति सजिलो, मन जित्न त ज्यादै गाह्रो पो, हौ । जे छ... त्यो भन्न नसक्नु, जे गर्नु छ त्यो स्वंय हुँन नसक्नु, पाल्सी कुरामा योजना र सपना छिपाउनु । साँचो कुरा लुकाएर नाटकीय जीवन नै यदी क्रान्तिकारी कुरा हुँन् भने अहिलेसम्मका संसारका प्रेमील र क्रान्तिकारीका साहित्य र इतिहास पोलिदिए हुन्छ हैनत् ? १२ वर्षमा खोला फर्कन्छ भन्थे । तर फर्केन् बरु खोलै पो सुक्यो, हरायो । जसरी तिमी अलपियौ । झझल्को भने आँउछ । छाँयालाई पनि अगोँलो मारौ कि जस्तो लाग्छ । हराएका सपनाले पनि सुखद सहभासको आनन्द दिँदा रहेछन्, क्या । यो मलाई मात्रै होकी, त्यता पनि होला ! सिग चिलाएपछि जुधौँजुधौँ लाग्ने । आ बैल मुझे मार भनेजस्तै ..... शक्तिशाली दुश्मन जन्माँई ,सञ्जु । मजा पनि आयो । अक्करमा ठक्कर ठोकेपछि मात्रै मान्छे तिरमिराएर रन्थनिदो रहेछ, सिंगमा चोट लागेपछिका पशु झै । कसैको पीडामा रमाउन सक्ने मान्छे त थिइन् तर ....... सुञ्जु.. यदुवंशीका सन्तानलाई हेरेर अस्तीमात्र एकजना सद्देमान्छेले सोधे –वाँझो रहनु र तुहिँनुमा कुन ठिक ? ओठे जवाफ दिँए–बाँझो रहँनु भनेको जीवन रोकिनु हो । बाँझो नारी सुघ्घर सफा होला, प्रशव वेदना नहोला तर तुहिँदा भविस्यमा गर्भ बस्न सक्छ, जीवन प्रकृया सुरू हुँँन्छ । एकनारी आमाबन्ने महान अवसर बाँझो रहनमा हुँदैन् नि’ । मेरो अस्तव्यस्त जिन्दगीलाई सदा तिमीले हेप्यो र हाम्रा प्रेमिल भावनाका तगारो यही बन्यो । गम्भीर भएर सोच त –सुन्दरता अनुभूत गर्ने आ–आफना नजरियिा हुन्छन् । एउटा आन्दोलनकारी मानुवाको अस्तव्यस्त जिन्दगी स्वभाविकै हुन्छ । क्रान्तिको क्षतिपूर्ति कहिल्यै हुँदैन् । न पछुतो, न कसैसंग गुनासो । असल छोरा, असल पति, असल बाउ, असल अभिवावक ऊ बन्नै सक्दैन् । वासना, लालसा, महत्वकांक्षा सवैमा हुन्छ । तर, मान्छेमा नपाइने र मानवमा हुँने तत्व भनेको ऊ कसैको खेलौना र ज्यावल नबन्नका कारणनै स्वभिमान, गरिमा र संवेदनाले भरिएको हुन्छ । प्रेम, विचार र सिद्दान्त मानव जीवनपद्दती बन्छन् । व्यवसायको रूपमा कहिल्यै राजनीति, क्रान्ति र परिवर्तनलाई बुझेको र स्वीकारेकै हुँदैन् ।’ क्रूर इतिहासले केही तिम्रा भनाई अहिले भने आंशिक सत्य सावित गरिदियो । यो इतिहासको विभत्सकाल भन्न सक्छ्यौ । तर इतिहासबाट नसिक्नेलाई इतिहासले नै दण्डदिने सन्तान भने जन्माउछ । हो, पक्कै हो ..जो मरेर गए तिनीहरूले केही देख्नै पाएनन् । म बाँचेको छु तव न के, के देख्न पाँई । हिजोलाई गम्दै आजका वृतान्त लेख्न थालेको छु । त्यस्ता मान्छेले हुस्सुदण्ड तिर्नै पर्ने हुन्छ जस्ले विज्ञानको नियम थाहा पाँउदापाँउदै पनि निमका रूखमा सुन्तला फल्छ भन्ने मित्थ्या विश्वास गर्ने गर्छन् । जति मानिस धनाढ्य र शक्तिशाली हुँदैँ जान्छ, त्यतिकै अन्धविवाशी, रूढिवादी पनि हुँने रहेछ । ती यति डरपोक हुँदारहेछन् कि आफनै छायादेखी डराउने, चारकिल्लामा पनि सुरक्षित नदेखेर ईश्वरको भाकल गर्ने । भोली के होला भनेर ज्वतिषको पाउ पक्रिने । पाउनेको तीव्र लालसा र गुम्नेको डरले आस र त्रासमा विवेक बन्धकी राख्ने । अझ कुण्ठाग्रसित प्रतिकृयाले सकृय हुँदा समस्याको वेवास्ता मात्र हैन् मानवीय त्रासदीलाई मनोरञ्जन मान्दा पनि रहेछन् । त्यसैलाई सैद्धान्तिकीकरण गर्नपुग्दा रहेछन् । यही त होला, विभत्सताको सौन्दर्यकरण । म त भन्छु, सुञ्जुकी...तिमीले समय र अवस्थाको चयन ठीक ढंगले गर्न सकेकी रहेनछौ । तिमीसंग ज्ञान र सूचना कति छन्, कति लालित्यपूर्ण छन् ती भन्न सक्छ्र्यौ ? । मूख्यकूरा हो, तिमी त्यस ज्ञान र सूचनालाइ प्रयोगगर्ने उचित स्थान र समय चयन गर्न कति सक्छ्यौ भन्ने हो । सूचनाको खानीँ त गुगल लगायत अनेकौँ इन्टरनेट सर्च इन्जन छँदैछन् नि...। हो, तिमीले दिएका चोटका निलडाम सुम्सुम्यादै किन नहिडौँ तर प्यारी... मेरो संमान गर्ने अधिकार भने नलुटिदेउ, भलै तिमी बिमित्र किन नबन् । वान वे ट्राफिकिङ्ग त होला नी, हैन र ! तिमीले दिएका जति पीडा भए पनि बिमित्रताका गित खोक्न कतै मिडियामा गइन नी ... । ख्याल गर–बन्धकी रखिएको दिमागले न त कसैले आफैलाई न्याय गर्न सक्छ न त सृजनात्मक छ्यमतै राख्छ । केहि मान्छेहरु जाडो भयो भने आफ्नै घर पोलेर आगो ताप्ने गर्छन्, घरवार विहीन भएपछि सलाईको काँटीले आगो लगायो भनेर मुर्मुरिन्छन् । आखिर हतियारको के दोष ? चलाउनेले कसरि चलायो ? खुकुरी धार, कि सलैको काटी ! तिमीहामीले चिनेजानेका, संगत गरेकालाई नियाल त–मान्छे भूमिकामै देखिनु परेपछि सर्वांग हुँदोरहेछ. वसन्तमा काग कोइली झै ।ँ पृयतमा सुञ्जुकी .. शिखर चुम्न सजिलो, ओर्लन भने औधी कठिन । नायक खलनायकमा फेरिने । नायकको चुनौती भनेकै नायकत्वको रक्षा गर्न हो । जर, जोरु र जमिनका लोभले उसका पतनपथ सहज बनिदिन्छ । शक्तिभोकले आदर्श पनि विर्सिदिन सक्छन् । खलनायक बनेका पूर्वनायकको गनाएको लाश काधमा हालेर कोही हिड्छ भने ऊ गनाउने मात्र हैन् उस्ले पनि कालान्तरमा कुहिने नियति नै ब्यहोर्छ । ओहो.. एउटा प्रेमिल चखेवाका जोडी पनि छुट्टिन सक्दारहेछन् ! मान्छे कसरी आफ्नै सपनाको मलामी बन्छ ! खुशी बेचेर सुखको खोजीमा भौतारिन्छ ! किन आर्दशलाई पोलीखाँदै डमडम्ती भुँडी हल्लाएर हिड्न लजाँउदैन् ! फेर्न गएका स्वयं फेरिएको कसरी पत्तै पाँउदैनन् ! कसरी आर्दश र स्वभिमान अहंकारमा फेरिएर मानवबाट खाना र मैथुनकालागी बाच्ने अनि बच्चा कोरल्ने मान्छेमा फेरिन्छ ! बिदा पृय सुन्जुकी .....विर्सने छैन् ती अगांलीमा गरमाएका क्षणहरु । तर, तिमी जतिसुकै उज्यालोदेखी तर्से पनि भोली त सूर्य उदय अवस्य हुन्छ हुँनेछ । विर्सन नसकेको एक पागलप्रेमी

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home