Wednesday, July 17, 2019

आऊ प्रियजन !... हुर्रेहुर्रे भन्दै यसरी लुतो फालौँ

दिमागमा खुजुली सल्केपछि लुते महात्म्य लेख्न हौँसिन्छु । खसखस भएपछि पुराना डायरीका पाना पल्टाउन थाल्छु । हिजो पश्चिम नेपालका ग्रामीण क्षेत्रमा भौरीँ पर्व मनाइयो । चन्द्रग्रहण मनाइयो । भगवान चन्द्रलाई ‘बिटुलो’ पारेर छेकिदिएकोमा ‘विश्वासीहरू’ले ग्रहण पखाले । चन्द्रमाबाट अन्तरिक्षयात्रीहरु भने हामीलाई गज्जबले नियालिरहेका थिए । राजनीति र विश्वासमा पनि अहिले ग्रहण लाग्या’छ । सो ग्रहणका दोष ककसमाथि लागेका छन् ? ककसले कसरी पखाल्ने हुन् कुन्नि ? आज साउने संक्रान्ति कृषि पर्व । साँस्कृतिक चेतसँग गजबकै सम्बन्ध छ । रोपाइँ सक्ने, हलो पखाल्ने, गोरु नुहाइदिने, हिलासँग पौँठेजोरी खेलेर थकित ज्यान सुस्ताउने पर्व हो । तर, त्यो भन्दा पनि अर्को पाटो लुतो फाल्ने चलनको महत्व र महात्म्य भने गज्जबै छ । यो कतै राँके पर्व कतै भोस्सो र बयालडाँडी खेलिए तापनि मूलतः लुते देवताको गाली आराधना गर्ने यो चाडवाड नै लुते पर्व हो । राजनेता, गालीपण्डित र केही मिडियाहरु त सदासर्वदा यस्ता पर्व मनाइरहेका हुन्छन् । सबै पर्वका आफ्नै महत्व, अर्थ, मर्म, ऐतिहासिकता र सन्देश भएपनि यो गाली गर्न र लुतो महात्म्यको विशेष चाड हो । लुतेपर्व गाली–पण्डितहरुको योग साधना गर्दै नयाँ गाली आविष्कारको पवित्र दिन । लुते–मुस्लो फाल्दै फलानालाई गरिने गाली नै गालीशास्त्रको पहिलो प्रयोगशाला थियो अरे । अहिले भने अर्काका हुर्मत काढ्ने तर्क र तथ्यमा खेल्दै मालिकको चाकरीप्रथा मौलाएकाले लुतेपर्वको अर्थ र तरिका पनि फेरिए । अथ.. आगे... लुतेपर्व महात्म्य । लुतो लगाइदिने लुते देउता हुन्छन् अरे । उनको श्राप भनेकै अक्करमा लुतो सल्काइदिँदै आफैँले आफ्नो सार्वजनिक बेइज्जत गर्नु परम धर्म र कर्म हुन्छ । अक्करमा लाग्ने र गुप्ताङ्गलाई निशाना बनाउने यो रोगले कुनै समय, थाँतथलोको हेक्का नराख्ने भएकाले सामाजिक हुर्मत त काढ्छ नै सुके लुतोले भन्दा पाके लुतोले फत्रक्कै भए गुप्ताङ्ग पनि झर्न सक्छ । सइन हुन सक्छ । सइनलाई अहिले त क्यान्सर भनिन्छ । लुतो लागेपछि कन्याउन कसैले पनि लाजघिन मान्नै सक्दैन । लुतो र लाजको मितेरी हुन्छ । लाज बचाउन नकन्याउ भन्दा पनि लुते देउताले दिनको चैन र रातको निन्द्रा हराइदिन्छ, ‘खुजुली का कहानी गजब होता है, खुजुली देवका शक्ति भी गजव’ । त्यसैले लुतेहरुको सार्वजनिक थलोमा जाने, भाग लिने औकात लुते देवताले नै हरिदिन्छन् । तब लुतो नलागोस् भनेर लुते देवता पुज्न पुर्खादेखिका जाने जतिका गाली बक्दै लुतो फालिने गरिन्छ साउने संक्रान्तिमा । लुतो फाल्न सात थरिका जडीबुटीका सार्दम जोर्नु पर्छ । त्यसको आयुर्वेद्धिक अर्थ धन्वन्तरी वा चरक महाराजले लेखिदिएनन् । देवीसरो, धुपीसरो, पानीसरो, ककुरडाइनु, कुरिलो, हाँडे उनिँउ र सल्लाको दियाले काठको अर्थ के हुने हो कोनी ! त्यसपछि लुते गोठबाट राँको फाल्दै मेरो लुतो लैजा है फलाना, ‘मेरो लुतो लैजा भनेर जाने जतिको गाली फलाक्यो, चिच्यायो । गाली खाने फलानो । मुखको तीतो फाल्दै चिच्याउँदै बैरीलाई लुतो सल्काइदियो । फलानो भनेको पुस्तौनी शत्रु, हेपिएका जाति । अर्काको हुर्मत काढेर आप्mनो औकात बढाउन लुतो सल्काइदिने, गाली गर्ने, खलपात्र बनाइएकाहरु नै गाली खाने फलाना भन्ने गर्छन् । लुतोको शक्ति अपरम्पार छ । लुतो सल्केको मान्छेको सामुन्ने भद्र मान्छे बस्दैन । लुतेले गुप्ताङ्ग कन्याउँछ । ऊ त लाज, घिन हराएको बेशर्मी बन्न बाध्य हुन्छ । बेशर्मीका हर्कत देखेर सामान्यजन भने लजाउँदै कुलेलाम ठोक्छन् । तब बेशर्मी नाङ्गिएर शक्तिशालीको बेइज्जत गरेको ठानेर खितखिताउँदै मख्ख पर्छ । लुते देवताको परम कृपाले औकात बढेकाहरुको यो महान पर्व हो । आङ कन्याएर अर्काको हुर्मत लिन्छु र शत्रु साधना गर्दै गालीले शक्ति आजर्न गर्छु भनेर सोच्नेको लागि आराध्यदेव पुज्ने वा भाकल गर्ने दिन हो । लुतो सरुवा रोग । जति चिलायो त्यति मजा, जति कन्यायो त्यति नै हाइसन्चो । सुके लुतोको त बखान गरेर साध्यै छैन । लुतो कन्याउने मजा नै अचम्मको हुन्छ् । अर्काको खिसीट्यूरी गर्नु, कुरा काट्नु, चुक्ली लगाउनु, चाप्लुसी गर्नु, आत्मविज्ञापन गर्नुभन्दा पनि औधी मजा आउँछ । लुतो कन्याउनु भन्दा मजा केहीमा हुँदैन । कृषि पर्वको अर्को पाटो लुते पर्व गाली–पण्डितहरुको महान र पवित्र दिन भएकाले शक्ति साधना पर्व पनि हो । यही गाली–सामथ्र्यले नै यस पर्वको ऐतिहासिकता झल्कन्छ । लुतो कन्यायो कन्यायो आफैलााई रक्तमुच्छेल पा¥यो, चिथोर्यो, कोपर्यो, घायल बनायो तर पनि कोपरेर कन्याउन भने नछोड्ने । आफ्नो शत्रु आफै बन्यो । मर्यादापालन गर्नु नपर्ने भएकाले जेजस्तो थलो होस् लुतेलाई लुतो कन्याउन स्वतन्त्रता पाउँछ । अहिले लुते पर्वका रुप र तरिका भने फेरिए । यसका पनि बैरीहरु निक्लिसके । हामीहरुसँगै सिकेर अंग्रेजले मनका भडास् छताछुल्ल चिच्याउन हाइडल पार्कलाई गालीगलौचको स्वतन्त्रता पार्क बनाइदियो । अझ जुकुरवर्गीय फेसबुके पार्क त सेन्सरहीन गाली थलो बन्दा वर्ष दिनको लुते पर्व नै कुरिरहनु परेन । गोरेहरु बाठा छन् । दिमागका खुजुली र खसखस छरपष्ट गरे मान्छे बौलाउँदैनन् भनेर हाम्रो कपी गरिहाले । हामी पनि कहाँ कम र ? पार्टी नेता वा खाइखेलोको अनलाइन छ्यापछयाप्ती छन् । चर्चाका भ¥याङमा गाली औधी बिक्छ । संसारका महान गाली–पण्डितहरु कोही सिद्धान्तको नाममा, कोही विचारका नाममा औकात अनुसारका कलामय गाली सिक्ने कुण्ठे साँस्कृतिक आराधनाको पहिलो पाठशाला नै लुते पर्व थियो । प्रविधिसँगै हाम्रो मौलिक लुते पर्व अहिले मारमा छ । शक्तिका उपासकहरुले लुते देवताबाट गाली सिके र अर्काको बेइज्जत गरेर शक्तिहरणका लागि गालीवाण बर्साउन थाले । यो चलन राजनीतिमा लुतो फाल्ने चलनसँगै भित्रिएको हो भनेर ठोकुवा गर्न सकिन्छ । अझ आन्तरिक वा वाह्य शक्ति संघर्षको बेला गाली संस्कृति मौलाउँछ र गुप्ताङ्गमा लुतो कन्याएझै लाजशर्म सबै त्याग्न हिच्किदैनन् । गाली अहिले शक्तिको स्रोत हो, सिर्जना हो, पौरख हो भनेर कर्म र आदर्श भुल्न पर्ने नै भयो । लुते देउता विरुद्धका चेत पनि थिए । पुर्खाले अगेंरीको पात र छाउने घाँसको रसले उपचार गर्थे । लुतो फोहरसँग आउने र सरुवा रोग भएकाले लुतो फालेर, गाली बकेर मात्र लुतो ठिक हुँदैन भन्नेहरुको कमी थिएन । लुतोमा अँगेरी दल्ने हिम्मत राखे रोग त ठिक हुन्थ्यो नै गुप्ताङ्ग कन्याएर सार्वजनिक थलोमा स्वयंको बेइज्जत गर्नु पनि पर्दैनथ्यो । के अहिलेका गालीमा शक्ति देख्ने र दिमागमा सल्केको लुते चिप्सले विवेकमाथिको रजाइँमा धावा बोल्न आधुनिक अँगेरी घस्न सक्लान ! त्यसैमा लुते पर्वले साउने संक्रान्ति बन्न पाउने थियो । हेक्का भया ! https://ehulaki.com/news/detail/12321/

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home