Sunday, June 23, 2019

मनोयुद्द लडाइकाे ठूलाे माेर्चा हाे ।

बोल्… बोल् मछली, मुख भरी पानी …. किन गर्छस् हँ । बोल् त बोल् … बोलीलाई इतिहासको नजिरमा दश्तावेजिकरण गर्न मात्रै भए पनि बोल् । बोल्ने मात्रै हैन् चिच्या पनि । तेरा बोली सपनामा आतंक बनेर पत्रुहरूको हृदयघात होस् । जानेको, देखेको र भोगेको विषयले घटनालाई सेन्सरहीन भएर बोल् । तेरो बोली पनि कसैलाई उर्जा बन्ला, कसैलाई मुटु छेडने ….तीर बन्ला । बोल् त बोल् …बोल्नै पर्ने कुराहरू…. मन–मस्तिकका कुराहरू, आस र त्रासमा जिन्दगी लतार्नेहरू मुखमा भिरंगी भएर कहिले बोलेका छन र ? बोल् त बोल् र बोलीको मूल्य तिर्दै उठाउनुपर्ने कष्ट पनि उठा…। बोल् त बोल् बोल्नै पर्ने कुराहरू जसरी साच्चैका मान्छे बोल्दै आएका छन् यस संसारमा । सामाजिक सञ्जालमा सो सो आएपछि जनआस्थामा बोल्न सम्पादक जीले भने । जनआस्थासंग नजिक हुँन पनि गाह्रो, टाढा हुँन झन गाह्रो । यो नेपाली पत्रकारिताको भिन्न मानक हो । मनोयुद्धको एउटा हिस्सा बनेको मिडियामा मिडियाचेत सहित सहमतिमा हिम्मत र विमतिमा विवेकपूर्ण सहयात्रा हुन्छ र गर्नै पर्छ पनि । शान्तियुद्धको प्रथम प्रहरमै जनआस्थामा प्रकाशित लेखबारे पार्टीमा ४ पटकसम्म बयानदिनु परेको थियो । शीर्षकवाहेक कहीँ–कतै प्रत्यक्ष–परोक्ष खण्डन वा आत्माआलोचना भने गरिएन । कालान्तरमा बरु पुष्टि भए । मनोयुद्धको एउटा हिस्सा बनेको मिडियामा मिडियाचेत सहित सहमतिमा हिम्मत र विमतिमा विवेकपूर्ण सहयात्रा हुन्छ र गर्नै पर्छ पनि । त्यसैले जनआस्थाका दुश्मनहरु पनि यसकै संवाददाता छन् भने कसैले यसलाई पित पत्रकारिता, धम्की पत्रकारिता भन्छन् कयौँले यसलाई निर्भिक पत्रकारिता पनि । कहिले पनि पूर्वाग्रह वा उत्तेजित भएर जनआस्थास्कूलको छद्मसंवाददाता भने भईन् । आफू त– खुल्ला खेल फरुखावादी । अहिले बोल्नु पर्ने, चिच्याउनु पर्ने, बोलीलाई…अक्षरलाई हतियार बनाउनु पर्ने विषय के–के छन् त ? हामी हतारमा छौँ, सर्टकट केन्द्रित छौँ । गम्भीर विषयमा न बहस गर्छौ न सुन्छौ, न कहन्छौ । तातोतातो पोल्ने, करेन्टलाग्ने समाचार, विचार चाहिन्छ हामीलाई । न हिजो गम्छौ, न भोली सोच्छौ । नेता र कार्यकर्ताहरुको नीजि आचरण र पारिवारीक विषयमा भने अहिले नै नबोलौं । हो, बोल्नु पर्ने कुरा धेरै छन् । पहिलो कुरा त बोल्ने मान्छेहरु पनि यस संसारमा अझै शक्तिसामु लम्पसार नपरेर मानसिकरुपमा ज्यूँदै छन् र बोलीले आन्दोलनभित्रका समस्या चिर्छ, सपना देखाँउछ, शक्तिलाई ऐना हेर्न विवस पार्छ भन्दै जीँउदोको प्रमाणपत्र लिन पनि बोल्नु पर्ने हुन्छ र पर्छ । इतिहासका शिक्षा भनेको पिलन्धरेको रोदन हैन् अरुले गरेका गल्ती दोहोर्याउने मान्छेजातले फुर्सद नै पाँउदैन् इतिहास गम्दा शक्ति, रुप र धन कसैले कज्याउन सकेको छैन् भनेर सिजर, क्लियोपेत्रा, नेपोलियन, हिटलर, मुसोलिन र तोजोलाई सधैँ याद गराईरहन पनि बोल्नु आवश्यक हुन्छ । कुनैवेला महाशक्ति आफ्नै राज्यमा सूर्यास्त नभएको देश भन्ने बेलायत कालान्तरमा आफ्नै उपनिवेश अमेरिकाको हुकुम तामेली गर्नु परिरहेको शक्तिका मैमत्तहरुलाई इतिहासले सम्झाउँछ । कबिताले सपना देख्न ललकार्छ । बोल्नु भनेको साहित्य, कला र कबितासंगको नाता जोडिनु पनि हो । सहादतको लासमाथि चढेर अग्लो देखिने, नाम चम्काउने, शक्ति हत्याउने स्वयम् पहिलाको जीवनलाई गिज्याउनेहरु मात्र हैन्, हिजोदेखी आतंकित भएर नक्कली जीवनमा अभ्यस्त भएकावारे पनि बोल्नैपर्छ । जनयुद्धका कचरा (बाई प्रोडक्ट) झुसे डकारभीत्रका कुरा पनि पर्दाहीन बनाईदिएर मात्रै हैन् आफैँलाइ जनअदालतमा उभ्याउन पनि बोल्न आवस्यक हुन्छ । त्यसैले बोल्नै पर्ने विषय हुँन् …समकालीन राजनीतिबारे, बौद्दिक बहसबारे, देशको राष्ट्रियतावारे, राजनीतिक संस्कृतिबारे, नेताहरुको दुरदृष्टिवारे, आचार, विचार र ब्यबहार र एवं त्यसले पारेको जनमत प्रभावबारे, जनयुद्धभित्रका कुराहरु, अभियन्ताहरु, अहिलेका छियाछिया भएका सपना र त्यसका मार्गचित्र कोर्ने ईन्जिनियरहरुका कथा÷ब्यथा, दुरगामी सोच, कुण्ठा र मनोयुद्धका बीभत्सता, इतिहासको ब्याज खोज्ने वा क्रान्तिका क्षेतिपूर्ति खोज्दै भौतारिनेहरुबारे नांगै बोल्नै पर्छ । सहादतको लासमाथि चढेर अग्लो देखिने, नाम चम्काउने, शक्ति हत्याउने स्वयम् पहिलाको जीवनलाई गिज्याउनेहरु मात्र हैन्, हिजोदेखी आतंकित भएर नक्कली जीवनमा अभ्यस्त भएकावारे पनि बोल्नैपर्छ । जनयुद्धका कचरा (बाई प्रोडक्ट) झुसे डकारभीत्रका कुरा पनि पर्दाहीन बनाईदिएर मात्रै हैन् आफैँलाइ जनअदालतमा उभ्याउन पनि बोल्न आवस्यक हुन्छ । हाम्रो समाज अल्जाइमर रोगले (विर्सने रोग) घाईते छ, इतिहास सधैँ–सधैँ सम्झाई रहनु पर्ने हुन्छ । अहिले दशवर्षे जनयुद्ध ऊ विर्सदै छ, द्धन्दका कारण र त्यसका असर, शान्तियुद्धका अवरोध र निमित्तकारण, सत्ता र सरकारलाई एउटै सोच्ने मनोभाव, त्यसवाट अझ आक्रान्त माओवादी घटक ….हरे राम’ । मधेशबारे कति हामीले श्रृजना गरेका कति अरुले थोपरेका समस्या हुँन त ? भारतीय बढ्दो फासीवाद, त्यसका धार्मिक उग्रता एवं सो बाछिटाले नेपाली राजनीतिमा पारेको असर, सांस्कृतिक सामन्तवाद, त्यसका प्रेतछायाँले गाँजिएको हाम्रो चिन्तन–प्रणाली र नेपालका राजनीतिक दल, सिण्डिकेटको समानान्तर सत्ता अहिले बोल्नु पर्ने, बहस हुँनु पर्ने विषय हुँन् । तर, हाम्रा बोली र बहसहरु शक्तिसामू सेल्फ सेन्सरशिपमा कैद भएका छन् । अहिले भने विगत नियाल्न माओवादीमै केन्द्रित हौँ । अझै सरकारका राम्रा नराम्रा कुरा गर्नेबेला भईसकेको भने छैन् । जनयुद्धको धराप छिचले पनि मनोयुद्धको दलदल माओवादीले छिचोल्न सक्छ कि सक्दैन ? त्यसका अवरोध के, के थिए र हुन् । क) शान्तियात्राको मार्गचित्र अध्यक्ष प्रचण्ड र डा. बाबुराम भटराईसंग रहेनछ । ख) सरकारमा अल्झियो सत्तालाई ख्यालै गरेन् । ग) सरोकारवालाहरुले राजनीतिले यो मोड पनि लिन्छ भन्ने कसैले सोचेकै रहेनछन् । घ) नेत्रविक्रम चन्द विप्लब र शक्ति बस्नेत जस्ता मोर्चाका अग्रपंक्तिका यूवाहरुलाई त अझ रहेनछ । नत्र उनिहरु संसदिय चुनावको टिकट वितरण गर्नेको हैसियतमा रहेर पनि पहिलो निर्वाचन लडेनन् । ङ) क.विप्लबलाई संसदमा ल्याएर महत्वपूर्ण मन्त्रालय दिईएको भए माओवादी पार्टी विभाजन हुँदैनथ्यो (पंक्तिकारसंग एकपटक क.विप्लबले भूमिसुधार आयोगमा जाँने वा नजानेवारे चर्चाहुँदा जवसम्म राज्यसत्ताको चरित्र फेरवदल हुँँदैन तवसम्म कुनै प्रकारका त्यस्ता आयोगको औचित्य नरहने भएकाले नजान नै बेस होला भन्ने सल्लाहा दिईएको थियो) चन्द्रप्रकाश गजुरेललाई कुनै मन्त्रालयको जिम्मा नदिनु फुटलाई अझ मलजल भयो । त्यो ०४२ देखीकै प्रचण्ड–सिपीबीचको सितयुद्द हो । च) युद्दले सत्ता कब्जा गरेको नभई भिन्न चरित्रका शक्तिसंग शान्तिसम्झौता गरेको कुरा पार्टी र सरकारमा आत्मासात गर्न सकेन, सत्ताकब्जा गरेको भ्रममा रह्यो । अहिले झन संक्रमणमकालीन न्यायिक जटिलतालाई छिचोल्ने कानुन न्याय मन्त्रालय महत्वहीन भनेर प्रस्तावित मन्त्री प्रभू शाहले अस्वीकार गरेछन् । त्यसले राज्यसत्ताको शान्तिपूर्ण परिवर्तनको आफ्नै भूमिकाबारे नेतृत्वतहलाई नै वोध नभएको देखिन्छ । यसपहिले रक्षामन्त्री रामबहादुर थापाले सत्ताको मुख्य मेरुदण्ड सेनालाई ८ जर्नेलसम्बन्धी उत्तेजित पार्ने निर्णय गर्नु र न्यायप्रणालीमा तत्कालीन न्याय तथा कानुन मन्त्री देव गुरुंगले उदासिन रहनु शान्ति–सम्झौताले दिशानिर्देशन गरेको संक्रमणकालीन कानुनी अवरोध हटाउन पनि वेवास्ता गरियो । कानुन विभाग अर्थात खीमलाल देवकोटाहरुको आउटलुक र भिजन नै देखिएन । छ) समानुपातिक सांंसद स्वीकारेका मोहन बैध्य किरण, डा. बाबुराम भटराईलाई सदनको उपनेता नियुक्ति गर्नेवित्तिकै एकाएक पहिलो बेन्चवाट पछिल्लो भागपुग्नु अहंकारको टसल र फेरिएको सन्दर्भको सुझबुझ अभाव थियो । अर्को प्रसंग अध्यक्ष प्रचण्डको प्रधानसेनापति रुक्मागत कटवाल प्रकरण । ज) जनयुद्धमा जसरी जनमुक्ति सेनाको अग्रभूमिका हुन्थ्यो त्यसैगरी शान्तियुद्दको (मनोयुद्द) पहिलोपंक्तिमा मिडिया, बुद्दिजिवी संगठन र लेखक, कबि, कलाकार, साहित्यकारको सांस्कृतिक मोर्चाको दायित्व हुनुपर्ने हो । ती तिनैमोर्चा असफल मात्र हैन् जनयुद्दको मुखपत्र जनादेश नेताहरुको लडाई र मिडिया अग्रजको असक्षमताको परिचय बोक्यो । ज्यादा प्रकासित, प्रसारित हुँने माओवादी मिडिया भए त्यसले न नयाँ जनमत श्रृजना गर्न, न भ्रमचिर्नै सक्यो, कालान्तरमा एउटै मिडिया पनि बच्न सकेन् । मिडिया नेताहरुनै या त विभत्सताका सौन्र्दयशास्त्र कथ्न थाले या अन्य मिडियाका छम्द संवाददाता बनेर आफ्नै नेता, पार्टीको हुर्मत काढ्न थाले । नयाँ एसाल्टग्रुप नाममा रहे पनि काममा भने रहेनन् । अझ बुद्दिजीवी संगठन शान्तिको खेतीगर्ने एनजियोको चाकर बन्दै देश-विदेशमा या कर्मचारी सिफारिस केन्द्र । आफनै नातागोतालाई भर्ती गराउने थलो बन्यो । कर्मचारी संगठनका जनयुद्धको खिल्ली उडाउने आतंकथलो बन्न पुग्यो । परिवर्तनका तिनैवटा मोर्चामा नेताहरुको पूmर्को समातेर शक्तिको भर्याङ चढने प्रबृतिको हावीहुँदा आर्दश ठट बन्न पुगे भने आलोचनात्मक चेत ध्वस्तहुँदा अधिकांस नेता मालिकमा र कार्यकर्ता राजनीतिक कमैयामा फेरिए । न्यूक्लस र विप्लब माओवादी एकता भएपछि उनि त्यसलाई पनि उछित्तो काढ्न पुगेर आफू मात्र एक्लो क्रान्तिकारी स्वघोषित भए । फुट र कबितामा मात्र क्रान्तिकारी देख्ने र जीवनमा देखिनु नपर्ने नेपाली वामवुद्धिजिवीको सुन्दर प्रतिक बने गालीपण्डित डा. बराल । जनयुद्धको तिब्रतामा राजनीतिक संस्कृति विकास हुँन सकेन् । त्यसकालागी माओवादी प्रचण्डपथिय सौन्दर्यशास्त्री डा. ऋषि बराललाई नियाले पुग्छ । सर्वप्रथम प्रचण्ड–बाबुरामलाई सत्तोसराप गरेर पार्टी फुटाउने आधार तयार पारे, फेरी बैध्य–बादललाई धारेहात लगाँउदै अर्को फुट जग खन्नपुगेर विप्लब सौन्र्दयगित रच्दै गए, तर त्यहाँ पनि अटेनन् तव हेमन्तप्रकाश वली सुर्दशनसंग मिलेर न्यूक्लस गठन गर्न पुगे । न्यूक्लस र विप्लब माओवादी एकता भएपछि उनि त्यसलाई पनि उछित्तो काढ्न पुगेर आफू मात्र एक्लो क्रान्तिकारी स्वघोषित भए । फुट र कबितामा मात्र क्रान्तिकारी देख्ने र जीवनमा देखिनु नपर्ने नेपाली वामवुद्धिजिवीको सुन्दर प्रतिक बने गालीपण्डित डा. बराल । स्वयम् सुर्दशनको प्रश्न छ …यदि उनि समानुपातिक सांसद भएको भए, जनआस्थाले केही विषय छताछुल्ल नपारेको भए वा प्रभाकर र उनिबीचको अस्वस्थ टकराहट नभएको भए…क्रान्तिकारी जलपमा यि प्रचण्डपथका अर्का राजनीतिक दार्शनिक सौन्दयशास्त्री अहिले अग्रपंक्तिमा प्रचण्डप्रतिनै गालीउवाचक त हुन्थे ? कुनैदिन प्रचण्डपथका सौन्र्दयशास्त्रीहरु अग्रपग्तीमा प्रचण्डप्रति नै गालीउवाचक बनेर अहिले स्तुतिगान गर्नेहरुको अवस्था माओवादीवारे सामान्यअध्यतालाई पनि गजवठट लाग्दो हो । भन्न र भन्न खोजिएका अझ त्यसका भित्रीमर्म फरक हुँदा रहेछन् । अब फेरी सरकारमा पुग्न नपाएको कुण्ठा पुरा गर्न सरकार संचालनको कमिटी अर्को ठट बनेको छ । के प्रकाश,बादल र परियार कमिटीले आफ्नै अध्यक्षको सरकारलाई निर्देशन, नियन्त्रण गर्न सक्ला ? कस्तो सहयोग पुयाउला ? के यो अभ्यासले सत्ताभोकको अरु लालसालाई मलजल त नगर्ला ? माओवादीले आफ्नै इतिहासका कमजोरीबाट सिकेन । त्यसैले यूवानेता दीपशीखाले भने जस्तै बोल्ने चेतको रक्षा गर्न पनि ‘बोले अराजकता, नबोले दासता हुँने भयो । कमी, कमजोरी छताछुल्ल पार्नु भनेको क्यान्सरको अप्रेसन गर्नु हो तव मात्र सपना सकिँदैनन् आन्दोलन अन्त अझै भएको छैन् भन्ने हुन्छ । हो, संपादकज्यू …अहिले बोल्नु पर्ने कुरा धेरै छन् । पहिलो कुरा त बोल्ने मान्छेहरु पनि यस संसारमा अझै शक्तिसामु लम्पसार नपरेर मानसिकरुपमा ज्यूँदैछन् र बोलीले आन्दोलनभित्रका समस्या चिर्छ, सपना देखाँउछ, शक्तिलाई ऐना हेर्न विवस पार्छ जस्ले इतिहासबाट सिक्दैन र सपना देख्दैन उसको अन्त कसैले रोक्न सक्दैन, त्यसैले जीँउदोको प्रमाणपत्र लिन पनि अहिले अझ ज्यादा बोल्नु पर्ने हुन्छ र पर्छ । कमी, कमजोरी छताछुल्ल पार्नु भनेको क्यान्सरको अप्रेसन गर्नु हो तव मात्र सपना सकिँदैनन् आन्दोलन अन्त अझै भएको छैन् भन्ने हुन्छ । (जनआस्थामा प्रकाशित ०७३ भदौ ८गतेको केही परिर्माजन सहित)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home