Friday, May 8, 2020

साहै गाह्İ पो हुदो रहेछ हौं माईला ! भौतिकवादी बन्नलाई

साहै गाह्İ पो हुदो रहेछ हौं माईला ! भौतिकवादी बन्नलाई April 10, 2009 at 2:05 AM ''एकाथरी मानिसहरु सार्वभौम द्वन्दबाट पन्छिएर त्यसबाट उम्कन चाहन्छन् अर्कोथरी मानिसहरु त्यसै चुनौतीहरुलाई स्वीकारेर संघर्षका मैदानमा उत्रन्छन् ……॥ वस त्यहीबाट अन्धविश्वास र वैज्ञानिक चिन्तनको बाटो छुटिन्छ ।'' -अलेक जेण्डर हर्जेन ईद र दशैं वित्न नपाउदै मित्र मधु पित्रीविहीन बन्यो । सुख र दुखका घडीमा गुजि्रने पात्र अनुरुपनै भावना आस्था र मान्यता झ-झल्किन्छन भाव छचल्किन्छन । परिस्थितिजन्य आवेग पैदा हुन्छन । भावनाहाबी भएको अबस्थामा संवेदनालेनै हरेक मान्छे डोरिईन्छ । कहिलेकाहीँ स्वमान्यताको विपक्षमा पात्र उभिएझैं पनि लाग्न सक्छ । जहिले पनि आस्थाजन्य भावना अत्यन्तै शक्तिशाली र आवेगात्मक हुन्छन् । घृणा र प्रेमको आधार एबं आावेग तयगर्ने यस्तो सामथ्र्य कालान्तरमा अन्धविश्वासमा फेरियॊ भने सामाजिक संस्कार वनेर धर्मान्ध पनि होईदिन सक्छ । जव तर्कको ह्रास हुन्छ तव औलिकिकता चमत्कारिकताका आडमै अन्धविश्वासको मल-जल हुन् गर्छ । यस्ता नाजुकक्षिणबाट एउटा भौतिकवादी जब गुज्रन बाद्य हुन्छ तव उसलाई आफन्तजनको उत्साह अथवा पीडादायी भावनामा एकाकार हुने बेला विवेकसम्मत सामिप्यता जनाउदै सामाजिकरण हुने जटिलताको सामना गर्नु पर्दछ । त्यसैले नढाँटीकन भन्नु पर्छ हौ ! माईला- वास्तवमै भौतिकवादी वन्न त गाह्रो पो रै छ हौ ! सबंन्घहरु जोडिने भत्कने र पुनजोडिने प्रकि्रयाहरु निरन्तरनै चलिरहन्छन । सबन्धहरुका आधारमै बिचार र भावनाहरु पनि तय हुदै जान्छन । उथुल पुथुलमय दशक पछाडि म सम्बन्धको परिक्षाहलमा फेरी बसेको छु । अहिले बिचार र भाबनाको समायोजन गर्दै सष्क्रितिको सस्काँरजन्य परिचय दिनु परेको छ । हुनपनि सामाजजिक सम्बन्धहरु अत्यन्तै जटिल हुन्छन । त्यस्लाई जसरी मान्छेले निभुउछ कालान्तरमा त्योनै उस्को वास्तबिक परिचय बन्छ । यस पटकको ईद मिलन कार्यक्रममा एक प्रख्यात उर्दु शायर मरहुम जनाब युनुस अदिब साहबको मेहमान बन्ने अवसर मिल्यो । नेपालगन्जको उर्दु अदव मौजुदा सियासी हालात र इस्लामिक संस्कृतिवारे गुÇतगु भए । सानदारको दावत थियो । जमेर उडाईयो । गैह्र मजहवी हामीहरुको खातिरदारी वडा जोशका साथ मेजवानबाट भयो । अदवी र सियासी हालातका वहसमा मेरो सकि्रय सहभागिता भएपनि महिफल मजहवी वहसमा फेरिदै गएपछी म त्यत्तिकै उदासिन बन्न पुगेँ । आस्थाको चरमोत्सर्गमा रहेका मेजमान मध्य एकको तर्क र विश्वास थियो ूदशक पहिला तुलसीपुर जाहिलहरुको घटनालाई सुशील कोईरालाको अभिव्यक्तिनै उनको जिव्रोको क्यान्सरको मूलकारण रहेकेा र इराक घटनामा मारिएकाहरुको प्रतिकि्रया स्वरुप जुन घटना राजधानीमा २०६१ bhadau १६ घट्यो त्यसमा शाह ज्ञानेन्द्रको तमासे भूमिकानै उनको पतनको मूलकारण हो ।’’ तर्कमा कति विश्वास दम र वास्तविकताको साईनो थियो अथबा आस्थाको भूमिका के कति थियो कोनी ! त्यसको चर्चा गर्न पपुलर पोल्टिक्स र मेजमानको भावनात्मक संवेदनशीलताका कारण म जागरुक भईन । धेरै समय पछाडी मेरो घरमा पनि यस पटकको दशैं उमंगसहित आयो । ७ दर्जन बसन्त पार गरेका वावाको आदेश उहाँको सामिप्यमा रहने थियो । आफ्नै हातले बनाएको मिठो मसिनो ख्वाउने जमारा सिउरीदिने निधार ढाकिदिने आमाको धोको थियो । त्यो वयोवृद्ध जोडीले मलाई जन्माएको हुर्काएको र जीवन-जगत चिन्ने लायक बनाएका मात्रै थियनन् मसँगै उनिहरुका सपना पनि यात्रा गर्दै थिए । श्रीमति र छोराहरुले दसौरे योजना बनाएका रहेछन । तर यो ''निष्ठुरी’' आफन्त भने उनिहरुका भावना संवेदना र चाहना पुरा गर्नु भन्दानी ''ढुड्डेली दिल’’ बोकेको थियो । जेठालॆ जव यसपटक पनि दशै मनाउन आफन्तसँग जोडिन भ्याएनपाएन र चाहेन तव त्यस वृद्ध जोडीका तर्क-विश्वास र गुनासो यस्तो रहयो -''तिमर्काे जुद्धमा १२ हजार भन्दा बढी मान्छे मारिए कयौं अझैं वेपत्ता छन् तर मेरो काले जेठोको अहिेले सम्म एउटै वालसम्म झरेन दाँतसम्म दुखेन । यो किन हो थाह छ ? यो पित्रीधर्मको प्रतापले हो । हाम्रा आसिरवाद साम्ने तिमर्का दुश्मना गोलीहरु फूलझैं भए । आसिरवाद तेरो ढाल बन्यो । कोखले तेरा वैरीका आँखा छोपिदियो । तर वैगुनी!! धर्म नभनेरै bhay पनि विजय टिको भनेर थाप्या भए k हुन्थ्यो ra…… ’’ अर्कोतर्फ श्रीमतिजीको आफ्नै तर्क छ - तीजको वर्त, करुवा चौथ र छठलाई शुद्ध तरिकाले मनाएकोलेनै उनको सिन्दुर नपुछिएको र छोराहरु टुहुरा बन्न नपरेको'' भन्ने विश्वास छ । यसमा माया प्रेमका भाब थिएनै । यथार्त भन्दापनि आस्था ,अन्धविश्वास र संवेदनात्मक पाटोनै ज्यादा झल्किन्थ्यो । उनिहरु मलाई असाध्यै माया गर्थे म उनिहरुलाई चिढाउन चाहान्नथेँ । तर तितो वास्तविकता के यस्तै हो त ! उहाँहरुको भावना र प्रेमको कदर गर्छु । चोट पुर्याउन चाहान्न पनि । सनातनमा अभ्यस्त सामाजिक परिवेश तर्क र तथ्यको गहिराईमा डुवुल्की मार्न चाहँदैन बरु त्यसै अनुसार ढल्न र ढाल्न चाहान्छ । संवेदनामा चोट पुग्लाकी भनेर आतंकित बन्दै जाँदा मान्छे परिस्थितिसँग सम्झौता गर्न अभ्यस्त हुँदै जान्छ । केही मान्छे भने भिन्नै बाटो रोज्छन् । तब उस्कालागि धेरै कुरा फेरिन्छ । सौन्दर्यताको परिभाषानै बदलिन्छ । हो माईला…! पक्कै पनि वास्तवमै भौतिकवादी वनेर जीवन गुजार्न त औधी कठिनै पो हुँदो रैछ हौ !! यस पटकको आफ्नो निर्धारित राजधानीयात्रा तालिका फेर्दै म मलामी बनेर देवघाट पुगें । चितवनको झण्डै दशक वसाईमा पनि नपुगेको तीर्थस्थलभित्र आफन्तको पीडामा नजिकिन त्यहाँ पुगेकॊ थिएँ । { मलामीको संवेदना मृतकसँग हुन्छकी उस्को आफन्तसँग । कुन दायित्व पुरा गर्न मलामी बन्छ मान्छे आफ्नै मलामी बन्न आफन्तको मलामी दरिन वा स्वमृत्यूवोध गर्न मलामीहरु स्वयं कस्को मलामी जान्छन कोनी !!} रिजाल परिवार स्वयं मेरो मिसनबाट प्रताडित छ । प्रताडनाको यथोचीत जवाफ अझै हामीले दिन सकेका छैनौं । कारणनै थाहा नपाई बुढा बिते । म उनको अर्थी उठाउदैछु । सेलाउन जादैछु । अनेकौ अनुत्तरित प्रश्नहरुले प्रत्यारिलो जवाफमा फेरिन हतारिराखेका छन् । स्वयंसँग सोध्छु - के म मलामीको अधिकारी हुँ त् ’’ मलामी र समवेदना दिने रिजाल परिवारका आफन्त जम्मा भए । उनिहरुले आ-आफ्नै तरिकाले सराद्धे गरे । कतिले आँखा रसिलो पारे, अनुहार निन्याउरो बनाए । कतिपय आफन्त दरिन वा भावनासँग जोडिन चितवनतिर लागे । चितवने साथीहरुले व्यंग्यवाण कसेछन ……मलाई . छिपेर हवाईफायर गरेझैं - 'आफन्तलाई वैतर्नी तार्ने महाअभियानको अगुवाई गर्दै पिटर देवघाट आउदै छ रे…।’’ उडाएछन पनि । बुढाका अन्त्यसम्म सकृय थिए । क्यान्सरले यस्तै गर्छ । मृत्यूवोध हँुदै गरिएको बेला आस्था अनुसारको अन्तिम इच्छा पुरा गर्न छोराहरुलाई आग्रह गरेछन । त्यसैकारण हामी त्यता लागेका थियौंं । भौतिकवादी हुनु भनेको संवेदनाहीन हुनु कदापी होईन । अझ सांस्कृतिक स्तर उकास्नु पो हो । हामीले ज्ञान, विज्ञान र विचारलाई कति उदास र मनहुस बनाईदियौं हो ! विचारलाई भावना र संवेदनाबाट कटाईदियौं । सुत्रिय जीवनको अभ्यस्तताको माग गर्यौं । कति हामी पीडाहीन बनेछौं ! के भावनारहित विचारले आवेग तयार गर्न सक्छ ? मेरो जवाफ हुन्छ- सक्दैन । के त्यस्ता विचारले वाणी पाउन, औचित्य कायम गर्न धान्न र सार्वभौम चरित्र ग्रहण गर्न सक्छन् ? यस्तै-यस्तै धेरै कुरा सोंचेँ । मानवीय सोचकै वारे चर्चा गरौं । सनातनी सराद्धे गर्न रिजाल परिवारमा हाजिर जनाएकाहरु घाट जान पर्लाकी भनेर ओझेल परेका आफन्त र सवयात्रा देखेर आतंकित र सोधपुछ गर्न खेत छोडेर गाडीमा हुईकिएर आएकी एक महिला । यी तिनै पात्रका मनोभाव मेरो अर्को अध्ययनको विषय वन्यो । अन्तमा - ईद- दसैं र मलामी मैले पनि आफ्नै तरिकाले मनाइँ । अव महानपर्व मनाउने मानसिक तयारीमा छु । अन्यन्त्र आधुनिकताले रुढिवादको परास्त गर्दछ । विज्ञानको चरित्रले नै आध्यात्मवादलाई स्वीकार गर्न सक्दैन तर हामीहरु रुढिवादलाई छोडेर नभई आधुनिकतासँग घालमेल गरेर संस्कारको रुप दिन र निरन्तरता दिन अभ्यस्त भयौं र हुँदैछौं । प्रगतीशिल नभई आधुनिक बनेका हामीहरु आफैंलाई स्वंयनै कतै व्यंग्य बनिरहेका त छैनौ ! sachchainai ta विचारलाई सुविधा अनुसार विश्लेषण गर्ने र मौकाअनुसार उपभोग गर्ने भएका po छौं ki ??। हाम्रो समाज अहिले अन्धविश्वास र आधुनिकताको घालमेल गरेर आवेगात्मक आस्था तयार गर्न थाल्ाको छ । धर्म र संस्कृति दुई अलग विषय हुन् तर विचरा धर्म संस्कृतिको आड पाएन भने टिक्नै नसक्ने po भयो । अहिले उ यसैमाथि अस्तित्व र श्रीवृद्धि गर्दैछ । हुन पनि धार्मिकताको आधार भनेकै ईश्वरप्रतिको डर, कल्पनाप्रतिको श्रद्धा र कथित पवित्रता भन्दा अरु के नै हो र । अन्तिमरुपमा व्यक्ति र समाजलाई विभाजित गर्ने यो आधार र औजारnai po बन्छ । हामी आफ्नै दृष्टिकोणका बन्दी वनेपछि त्यसवाट उत्पन्न संस्कारका दास बन्दै गएका छौं । अनुकूलता अनुसार त्यसको सौन्दर्यकरण गर्ने गछौर्ं । यसको संघार काट्न अत्यन्तै कठिन छ तर प्रयत्न त गर्नै पर्दछ । हो, माईला - त्यसैले भन्न परेको छ ,आफैलाई -भौतिकवादी वन्न त फलामे च्यूरै चपाउनझै रै छ । हो, विचार फेर्न जतिको सजिलो हुन्थ्यो, संस्कार बदल्न त अत्यन्तै गाह्रो पो पर्दोरैछ हौ !!

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home