Friday, June 14, 2019

जनयुद्दमा सेक्स: शरीरिक आवस्यकता कि सास्कृतिक विचलन !

जनयुद्दमा सेक्स: शरीरिक आवस्यकता कि सास्कृतिक विचलन ! नेपाल कम्युनिष्ट पार्टी माओवादीको जनयुद्धकालमा यौन विचलनलाई सास्कृतिक अपराध भनिन्थ्यो भने अर्कातर्फ अति सुद्धता देखाएर महान क्रान्तिकारी बन्ने रोग पनि त्यतीकै थियो । सनातन चिन्तन जस्तै यौन विषयलाई हेर्ने, बुभ्mने र ग्रहण गर्नेमा बर्लिन पर्खालै लागेको थियो । यसबारे कुरा गर्नु, लेख्नु र बहस गर्नु भनेको प्रक्रिान्तिकारी र फ्रायडवादी चिन्तन हिजो पनि ठानिन्थ्यो र आज पनि । निजी विषय, वासना, लोभ, मोह,माया र अहंकारको संसारबाट माथी उठेर त्यागी देखाउन वा कहलाउन यस्तो गरिन्थ्यो र गरिन्छ । जनयुद्धका यौन विचलन, कमजोरी वा यौन अपराधलाई ‘सास्कृतिक’ शब्द प्रयोग गरिन्छ । यो कारबाही नखेप्ने जनयुद्दको प्रारम्भिककालका उच्चतहमा रहेका प्रचण्ड, किरण,डा. बाबुराम, सीपी गजुरेल र कृष्णबहादुर महरालगायत थोरै मात्र नेता रहे । जनयुद्धकालमा नेताले मात्रै हैन् आमजनताले पनि ‘सास्कृतिक’ कमजोरीका आरोपीले कडा कारवाही, अनुशासन र पदिय भूमिकाबाट समेत बन्चित हुँनुपथ्र्याे । अन्य अपराधको चर्चा त्यती नभए पनि ‘सास्कृतिक’ कारवाहीको चर्चा भने पत्करमा लागेको आगोझै फैलिन्थ्यो पनि । श्र्रम शिविरमा रहनु पथ्र्याे । यौन कमजोरी सास्कृतिको एउटा पाटो रहे पनि त्यो नै समग्र संस्कृति भने थिएन र होईन । कतिपय अवस्थामा विरोधीले सिद्धान्त र राजनीतिमाथी आक्रमण हुँन पनि यस्ता विषय अचुक हतियारै हुन्थ्यो । सेक्सको चर्चा गर्दा मानिस मनोगामी–(एकलनिष्ट) वा पोलीगामी (बहुसमागम) प्राणी के हो ? उस्को सेक्स आचरणको निर्धारण सामाजिक सम्बन्ध, बन्धन र आर्दशले मात्र गर्छ कि उस्का यौनिक ग्रन्थीेले ! उसका वासनाजन्य उत्तेजनाका नियन्त्रण उन्नत चेतनाले मात्र गर्छ कि अचेत शारीरिक आवस्यकताले ? के जवरजस्ती शारीरिक आवस्यकतालाई आर्दश, सामाजिक बन्धन र अनुशासनका डण्डाले मात्र नियन्त्रण गर्न सकिन्छ ? सेक्स जीव वैज्ञानिक आवस्यकता हो । त्यो न रहस्य हो, न सामाजिक मर्यादा उल्लंघन गर्न पाईने वासनाका रतिक्रीडा । त्यो कोरा आर्दशले मात्र पनि ढाकिन सकिँदैन् । सेक्स मनोविज्ञानले जन्माएका समस्यालाई कसरी हल गर्ने भन्ने विषय अन्यक्षेत्रमा भन्दा हरेक आर्दश अभियन्ता वा छापामार युद्ध लडिरहेका पार्टीका समस्या हुँन् । त्यसैलाई उछालेर छापामार युद्धको आवस्यकता, औचित्यतामाथी नै शिकार खेल्ने अरु मनोवैज्ञानिक युद्ध पनि छेडिएका हुन्छन् । त्यसको ज्वलन्त उदाहरण अहिले भारतीय करपोरेट मिडियाले चलाईरहेको त्यहाँको माओवादी प्रतिकार अभियानलाई लिन सकिन्छ भने माओको राजनीतिक जीवन, उनले दिएको विश्व योगदान, सम्राज्यवादविरोधी जनवादी नेतृत्व र नवचीन भन्दा पनि उनको यौनिक जीवनलाई पश्चिमाहरुले उरालेको देख्न सकिन्छ । अझ महान छापामार आर्दश चे गुएभारालाई पनि तनियासंग जोडेर मिथ्थक रचएिका थिए । त्यस्तै जनयुद्धका बीभत्स चित्रण गर्नेहरुले अझ यसलाई करुप तरिकाले उछालेर स्वयौनिक सन्तुष्टि पनि लिईरहेका देखिन्छन् । गोलीले ढाल्न नसकेका, सुविधाका प्रलोभनमा फस्न नपुगेका, निजी र पँुजीले नलोभिएका तत्कालीन बहादुरहरु पनि किन यौन कमजोरीमा फस्छन् त ? यौनमा मात्र हैन अहिले नाफाका जिन्दगी विताईरहेका उनीहरु महाउपभोक्तावादमा किन र कसरी फसेका छन् ? लोकले गर्ने प्रश्न हो । बलात्कार र सहमतिपूर्ण सहवास एउटै हो ? यो प्रश्न जनयुद्ध काल र त्यसपछि पनि बारम्वार उठी रहे । सुरुवातकै समयमा रामबहादुर थापा ‘बादल’ र पंफा भुषाल ‘बिध्युत’ बीचको ‘सास्कृतिक’ समस्याले पार्टीमै ठूलो समस्या आई लाग्यो । बादल जनयुद्धको ज्वालामुखी केन्द्रका ग्रामीण वर्गसंर्घषका नायक र अगुवा थिए । उनको बोली गोली बन्थ्यो र कार्यकर्तालाई कासन पनि । उनका समस्याले आर्दशका कोरा कल्पनाबाट मात्र प्रशिक्षित नेता, कार्यकर्ता तब मर्माहत बन्न पुगे ।त्यसको तुष पार्टीले बादललाई लिन प्यावोवादी भनेर संस्लेषण गर्न पुग्यो । अन्तरपार्टी संर्घषमा ईषको रुपमा लिइयो । परिस्थितिले पोष्टबहादुर बोगटीलाई पश्चिम कमाण्ड नेतृत्व सुम्पियो । जनयुद्धको उत्तरार्धमा मात्र चुनवाङ्ग बैठकमा पुग्दा प्रचण्ड र बादलले आत्मानुभूति गरे । तर, त्यो ईष निमिट्यान्न भने नभएर कालान्तरमा माओवादी विभाजनको एउटा मनोवैज्ञानिक कारण बन्यो पनि । जनयुद्धको उदगमथलो रुकुमको नेतृत्व हेमन्तप्रकाश ओली सुर्दशन जव ‘सास्कृतिक’ विचलनको आरोपमा दण्डित भएर कारवाही गर्नु पर्ने भयो तव कमाण्ड इन्र्चाज दिवाकरसंग छलफल भएर जनयुद्धको भर्जिन लैण्ड बझाङ्ग पठाइने भए । त्यसबेलासम्म सेती–महाकाली माथिल्लो भेगमा माओवादी आन्दोलनको खासै प्रभाव थिएन् । सुर्दशनले यच.पी हिमालीका नाममा बझाङ्ग र पश्चिम पाहाडीक्षेत्रको ऐतिहासिक वर्गवश्लेषण गर्दै विद्रोहको आधार तयार गरे । जेल परे । उम्कन सफल भए । युद्ध र शान्तिकालमा दार्शनिक अध्यताकारुपमा चर्चित रहेता पनि ‘सास्कृतिक’ विचलनताले भने उनलाई छोडेन । यसै विषयमा मिडियाले पनि उनलाई पछ्याईरहयो । अहिले फेरी उनी त्यस्तै ‘सास्कृतिक’ कारवाहीमा परेर चर्चामा छन्। पूर्वी कमाण्डबाट सीपी गजुरेल भारत जानु र शितलकुमारलाई पनि ‘सास्कृतिक’ कारवाही भोगेपछि तेस्रो तहका यानप्रशाद गौतम आलोकले सो जिम्मेवारी सम्हाल्न पुगे । सितलकुमार कुनै दिन डा. बाबुरामका पनि नेता थिए, एकताकेन्द्र बन्दा । तर, राजनीतिमा उनलाई ‘सास्कृतिक’ घटनाले पछि धकेल्यो । परिस्थितिले कमाण्ड नेतृत्वमा एकाएक तेस्रो तहको नेतृत्वले पहिलो जिम्मेवारी लिनुपर्दा आलोकलाई अहंकार, युद्ध सरदारपना देखिनु स्वभाविकै भयो । त्यसले उनलाई पनि जनयुद्दले ‘सास्कृतिक’ कमजोरीबाट जोगाउन सकेन । हाकी स्वभावका गौतमको कडा तर्कपूर्ण भूमिकाले पार्टीभित्रै पनि सैद्दान्तिक वैरी तयार गरिसकेका थिए । निरासबन्दै गएको छापामार युद्धमा स्वयम् आलोकले एसाल्ट बनेर भट्टे डाडाँमा कमाण्ड गरेपछि बिद्रोहले एकाएक मनोवैज्ञानिक उर्जा देशैभरी फैलाएको थियो ।तर उनको अति आत्माविश्वास, अहंकारलेगर्दा दायित्व एवं आर्दशले उत्तेजनालाई जित्न सकेन । अन्यलाई भन्दा उनलाई कडा कारवाही भयो र कारवाही थलो रोल्पा बनाईयो । आपूmलाई प्रचण्डका दाहिने हात र उत्तराधिकारी समेत सोच्ने गौतम त्यत्रो कारवाही होला भन्ने चिताएकै थिएनन् । सेनाले उनका टाउकोमा ३५ लाख रुपियाको इनाम राखेको थियो भने सेनाको कारवाहीमा आपूm पार्टीभित्रै कारवाही परेकोले मारिन्छु भन्ने अनुमाननै गर्न सकेनन् । उनी रक्षकसंगै शाही सेनाद्धारा रोल्पामा मारिए । ती त जनयुद्धकालीन प्रतिनिधीमुलक घटना मात्र भए । जनयुद्दको तुफानी बेग चरिहेको थियो, जवरजस्ती आर्दशबादी देखिने ढोंगीहरु पनि कम थिएनन् । प्रगतिशील पनी कहिँनु, देखिनु, भनीमाग्नु एकातर्फ अर्कातर्फ सामन्ती चिन्तनको ठालू सोच पनि राखिरहनु नै प्रगतिशील रुढिवादको चरित्र हुन्छ । त्यसैले उनीहरुका जीवन र जगत प्रतिका दृष्टिकोण र दैनिक ब्यबहारबीच असन्तुलन देखिरहेको थिँए । हुँनु, कहिँनु, गर्नु र देखिनुबीचको भिन्नताले भोलीका संकेत प्रष्टै झल्किन्थे । त्यसैबेला एकदिनको छलफलमा भनिँछु – म नक्कली आर्दशको कुरा गरेर आत्मरति लिन चाहान्न । पाईन्जेल सुख, सुविस्थामै बस्नु, मिठो चोखै खाँनु, रामै्र सुघ्घर सफा ओछयानमै सुत्न चाहान्छु, । सेक्सलाई पनि घृणाको रुपमा हेर्दिन, जाँडरक्सी निषेध हैन् नियमनको पक्षधर हुँ, आफैँ लिन्छु पनि भनेको रहेछु । अझ आर्दश खोक्नी र शिरक ओढेर रक्सी तन्काउने चिन्तनको म सदा विरोधी नै रहीेँ । कुनै दिनको एउटा घटनाले जीवन फेरिदिएर म विद्रोहले पार्टी खोज्दै माओवादी बनेकोले आर्दश सुनेर नभई वर्गविद्रोहले तानेर पुर्याएको एउटा सफल ब्यबसायी थिँए । त्यो मेरा कुरा नक्कली आर्दशको घेरामा त चट्याङ्ग प¥याझै भएछ । त्यो कुरा हल्लाबन्दै शौन्र्दयशास्त्री २४ क्यारेटका शुद्धतावादी कम्युनिष्ट डा. श्रृषिराज बरालको कानमा पुगेछ । डा.बराललाई त्यसै त तिते करेली त्यसमा नी रुख चढेकी झै बनेर बाँकेका साथीहरु प्रकाश सुवेदी र अशोक रोकायलाई भारतीय सीमा काटनेक्रमःमा भनेछन्– पिटर त रक्सी नभई रातै काट्न नसक्ने, केटी हर्दम चाँहिने र मिठो चोखै नभई भागै नबस्ने रहेछ्’ । त्यो कुराको खुलासा अशोक रोकायले गरे । डा.बरालको त्यो आरोप धेरैपछाडि मात्रै सुन्न पाँई । त्यसबेला मेरो सेल्टर सल्यानमा थियो । कमाण्ड इन्चार्ज देब गुरङ थिए, भेटन आछाम जानु पर्ने भयो । १३ दिनको यात्रापछि रामारोसन, आछाममा पुग्दा रुट गाईडले त डा.बरालको सेल्टरमा पो पु¥याएछन् । थकित थिँए तर उनलाई देखेपछि आवेगमय पो भईँछु । सामान्य भलाकुसारीपछि डाक्टरसाहवसगं भनी–थाकेर आएको छु, उसो तपाईलाई मेरो स्वभाव थाहा नै छ, बिजुलीपानीको ब्यबस्था त गर्नु नै होला, अर्को भन्नैपर्ने कुरा एउटी सुन्दरीको ब्यबस्था पनि गरिदिनु हुँनेछ नै’ । मेरा कुरा सुनेपछि उनको अनुहार एकाएक फेरियो, के भनेको यस्तो ! भनेर पो भन्न थाले । मैले बाँकेमा प्रकाश र अशोकसंग गरेको कुरा सम्झाई । पहिला उनले स्वीकारेनन्, पछि स्वीकारेर आत्मालोचित भए । युद्ध लम्बिदै थियो, अनेकौ प्रकारका मनोचिन्तन र विकार जनमुक्ति सेना र कार्यकर्तामा मानसिक समस्याका रुपमा देखा पर्दै थिए । अन्ततः के कसरी बुझियो, उपचारका कोशिस भए वा भएनन् थाहा भएन । भेरी–कर्णालीका ब्युरो इन्चार्ज थिए, शक्ति बस्नेत । उनलाई एकपटक भनेको थिँए– आगोको सामु नौनी पग्लन्छ नै । सेक्स जीवबैज्ञानिक आवस्यकता हो भने जोडीहरुको कार्यक्षेत्र पनि संगसंगै हुँनु पर्छ नत्र उनीहरुलाई आप्mना पार्टनरसंग भेटने वातावरण मिलाई दिनुपर्छ, यसलाई अनुशासनको डरले मात्र काबुमा राख्न सकिँँदैन् । जुन समय अवस्था, जमघट, जिम्मेवारी र यौन मनोविज्ञानलाई हेर्ने हो भने त्यसको केहीदिनमै आन्तरिक राजनीतिको खेल र प्रतिकृयाको उपजमा उनीलाई पनि परिवन्दले ‘सास्कृतिक’ आरोपमा लाग्यो नै । एकातर्फ शाही सेनाले महिला छापामारलाई यौनदाशी बनाएको ब्यापक चर्चा गर्दथ्यो भने युद्धस्थलमा परिवार नियोजनका अस्थायी साधन छरेर कम्याक्ट पत्रकारद्धारा विभत्स प्रचार गथ्र्याे । त्यसैको अर्को प्रचारमा उत्तेजक औषधी दिएर एसाल्टमा पठाउने भन्ने कुरा पनि हुन्थे । वार जोनमा जहिलेसुकै संगै मेडिकल टीम पनि हुन्छ र हरेक दर्दनासक औषधी भनेका एक प्रकारका लागु औषधी नै हुन्छन् । अर्कोतर्फ जनयुद्ध आफैमा चलायमान समाज थियो । त्यो मोक्ष खोज्ने निराश आर्दशवादी जोगीहरुको बथान थिएन । त्यहाँ जीवन थियो, मान्छे थिए, मान्छेका भौतिक र मानसिक आवस्यकता थिए, विवाहा बन्धन र एकनिष्टता यौन पनि थियो, जन्म बालबच्चा पनि थिए, त्यो युद्धसंगै चलायमान नै थियो । नक्कली आर्दश हरेक सामाजकालागी वैरी बन्छन नै । कुनै पनि समाजको अध्ययन गर्दा हलोको फालीले उस्को अर्थचिन्तन र अवस्था बताँउछ भने त्यो समाजमा योनी सुचिताले (सेक्स अवधारणा) सास्कृतिक अवस्था जनाउँछ । चाहेर वा नचाहेर पनि नेपाली समाजको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक मनोविज्ञानका हरेक पाटा र पक्षबाट जनयुद्दलाई अलग्याउनै सक्ने कुरै भएन । आज त्यसका नेता र कार्यकर्तालाई मात्र नियाले र त्यो दशकका हरेक पाटापक्षको विश्लेषण गर्न पनि यर्थातसंग जोडिदैन । नेपाली प्रमुख राजनीतिक नेतृत्वमा पुष्पलाललाई छोडने हो भने सवै आर्य खसका उप्पलो जातिहरु नै पर्दछन । त्यो काग्रेस, कम्युनिष्ट र पञ्च नेतृत्वका वर्ग, जाति र सास्कृतिक पृष्टभूमि नियाल्ने हो भने आर्य खसको सास्कृतिक सुन्दरता र नैतिकता नै त्यो पार्टीको सुन्दरता र सास्कृतिक मान्यतामा पर्नु स्वभाविकै हुन्छ । त्यसैले गर्दा कतिपय जनजाती, दलित, आदिवासीका चालचलनलाई जनयुद्धले पनि आत्मासात गर्न सकेन । त्यो मदिरा निषेध र योनी सुचितामा पनि लागु भयो । यौन अराजकता, अपराधलाई सास्कृतिक समस्या भन्न थालियो, रेप र सहमतिय समागमलाई भिन्न तरिकाले हेर्न सकिएन् । आखिर जनयुद्धभित्रको सेक्स पनि त नेपाली समाजभित्रकै सास्कृतिक एउटा हिस्सा थियो,यसलाई न अति आर्दसियकोणबाट नियाल्नु हुन्छ न छाडा रुपमा । संपादति अंश स्वास्थ खवरपत्रिका वर्ष ५ अंक १२ २०७२,असार http://dabalinews.com/archives/18136 धन्यवाद

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home