Friday, June 14, 2019

प्यारी गाँउको कुरा भन्छु है.....

पृय सन्जुकी, तिम्रो पछिल्लो पत्रको मेरो यो जवाफ भावनामा हैन् यर्थात एवंम् अर्धसत्य हैन् तितोसत्य बोलेको छ । कार्य, कारण र परिणामलाई सामाजिक गतिसंग भिडाएर अध्ययन र आग्रहहीन मनन गरेमा यसलाई बुझन सहयोग मिल्ला । चुनावको संघारमा लेखिएकोले यो भावना, सास्कृतिक ,सामाजिक र ऐतिहासक पाटा पक्षलाई छोएको हुँने छैन । मात्र राजनीतिक पत्र हुने छ । यहाँ काग्रेस, एमालेको वा माओवादीको कुरा हैन् प्रसंग हो यथास्थिति स्वीर्काने वा परिवर्तन आत्मासात गर्नेको । जुन वर्ग, सस्कृति, पारिवारिक अवस्था र पृष्टभूमि, सामाजिक र आर्थिक हैसियत तिम्रो छ, त्यस्ले तिमीलाई नुतन कुरा आत्मासात गर्न ठालू अहंमताले दिँदैन । तिमी झुक्न सक्दिनौ, बरु टुक्राटुक्रा हुन सक्छेउ । यो तिम्रो दोस नभई जेनेटिक समस्या हो । सामाजिक सम्बन्धले मानिसको चिन्तन विकास गर्छ भने विज्ञानपुत्रीहरुको पनि वैज्ञानिक सोच नै हुन्छ वा राख्नु पर्छ भन्ने केही छैन् । अग्रचिन्तन तिम्रो घृणामा पर्छ, परिवर्तन काउसो । अहिले समाज, सोच, चिन्तन र भूमिकामै कित्ताबन्दी लाग्नेबेला तिमीले पनि आफ्नो कित्ता रोजेकोमा त्यो आस्चर्य हैन् स्वाभाविकै हो । संवेदनात्मक नजदिकता तिम्रा समय गुजार्ने शिर्षक बनिदिन्छन, त्यो उच्चकूलको परिचय पनि हो । ती तिम्रा जीवनका उपहार र पिडा दुवै हुँन । आफुलाई तिमी राजनीतिलाई घृणा गर्छु भन्छेउ तर तिम्रोवारे भने जहिले पनि राजनीतिले सोचिरहेको हुन्छ । तिमी शिक्षित हौ, देश÷दुनियामा अध्ययन गरेकी, शारिरीक रोगको निदानमा तिन दशक उमेर खर्च गरे पनि सामाजिक रोग चिन्न भने समाजिक वैज्ञानिक नै चाहिन्छ । निदानका डाक्टरहरु राजनीतिज्ञ नेताहरु हुँने गर्छन । सोचलाई शक्ति र व्यबहारिहता दिने औजार त पार्टी नै हो, चाहे जुनसुकै होस् । जतिसुकै तिमीले राजनीतिलाई घृणा गरे पनि त्यसैवाट निर्देशित समाज बन्छ, चल्छ र कित्ता पनि रोज्नै पर्छ । चाहे रमिते बनेर होस् या सक्रियतावादी बनेर पक्ष लिनै पर्छ । यो कुनै आश्र्चर्य हुँदैहैन्, केही भन्नु पनि छैन् । शिक्षित, ज्ञानी, जिम्वेवार मान्छेहरुले राजनितिलाई वेवास्तागर्दा हुँने राज्यको अवस्था भनेको नालायक र भ्रष्टहरुले त्यो ठाँउ पाँउनु हो भनेर बुझदैनन् । त्यसैले सन्जुकी .... म पनि रमिते र तमासे बन्न सक्तिन । तिमीले राखेका धारणा, बनाएको सोच र मतदानको निर्णयमा तिम्रो पक्षधारिता नै हो । ठूला घरकी हाकिम–सन्तानले नयाँ कुरा सोच्नु र पक्षपोषण गर्नु त अनौठो हुन्थ्यो नै । उनीहरु टुट्न सक्छन् तर परिवर्तनलाइ स्वीकार्न स्वत्वले दिदैन । भनेउ नी ......भिन्न विचार हुँदा पनि हामी असल साथी बन्न सक्छौँ, त्यो तिम्रो भावनाको कुरा मात्र थियो । म अहिले गाँउवस्ती चाहारिरहेको छु । तिमीले उठाएका विषय दुईटा प्रसंगमा उत्तर सगेँटिएका छन् भन्ने लाग्छ । त्यसैले अहिलेको चुनावलाई पुरानैमा फर्किने की हरहराउदो चम्किलो परिवर्तनलाइ स्वीर्काने भन्नेहरु बीचको हो । म अव सिधै प्रसंगमा केन्द्रित हुन्छु । प्रसंग १– चुनावी चर्चासंगै अहिले फेरी गाँउघरमा सिमलघरे साईलाको चियागफमा कुरा चल्न थालेका छन् । किसानहरु राजनीतिका जटिल, कुटिल र षडयन्त्रतात्मक खेललाई पनि आफनै लोक कथा र गाँउले स्वभावसंग जोडेर गफिने गर्छन् । सिमलघरे साँइलाको चर्चा भमरकोटमा अचम्मैको रहेछ । सिमलको रुखमा हुकिचिलको वासहुँदा कुनै न कुनै दिन त गुँडवाट सुन झर्छ भन्ने विश्वासले त्यहाँ घर बनाएपछि उनको नाम नै सिमलघरे साईलो भएको थियो अरे । विश्वासलाई कारण चाहिँदैन् वरु आग्रह भयो भने अझ आत्मावल बढ्छ । सिमलको रुखमा चट्याग पर्छ भन्दा सुनको आसले त्यही घरवानाउने साइलाको त्यहीँ काल बनेको भन्छन गाँउलेहरु । उनलाई गाँउभरीमा उम्दा देखिने भैसी र गोरु जोरेर तुजुग देखाउनु पर्ने । उनी भैसी किन्दा टम्म खिरिलो, ढाडमा झिगाँबसे पनि लड्ने, कण्ठी भएको, सिंग अर्नाका जस्ता घुम्रिएका सवै कुराको हेक्का राख्थे अरे तर लाहुरी भैसीको कल्चौडो र थुनको वास्ता भने गर्दैनथे अरे । उनान्सय गुणको भैसीको कल्चौडो पन्चपात्र हुँन्थ्यो, थोपो दुध झर्दैनथ्यो । बाहुनाजात ठण्टी भैसी रुपले के गर्नु ! त्यसवेला महिषाहार गर्न नहुँने, अनी छिमल्नु पर्ने । गोरु किन्दा जहिले पनि छनोट देख्दैमा लोभ लाग्ने, तारे र फुर्के, जिउडाल चटक्क मिलेको, छु गर्दा वायुपखीं हुँने । जव जुवा नार्यो, लमतन्न पर्ने । नाँका खोर्सानी हाल्दा बरु हलीलाई नै हान्ने र पर्छाने तर हलो नतान्ने, नजोत्ने । उम्दा रुपका पशु छान्न सिमलघरे साईलाको कोही जोडीदार थिएन तर दुध दिने भैसी कटाउन दिनु पर्दथ्यो, गोरु त अझै घाँडो । गाँउलेहरु बहिस्कारवादीलाई सम्झदै सुन झर्ला भनेर चट्याग परेको सम्झन्छन् भने नपर्गिने भैसी र नजोत्ने गोरु छान्ने सिमलघरे साईलाबाट नयाँपार्टी छान्ने हेक्का राख्नु पर्छ है भन्ने गर्छन । सहरमा नचलेको कुरा गाँउमा लोक कथा, आनीवानी मिलाएर देश÷दुनियाका छलफल हुँने गर्छ, पुराना चौतारीगफ अहिले चियागफमा फेरिएका छन् । चिया गफ रुपमा हुँदैन बावै गुण चिन्नु पर्छ, खिइएका सोचले नयाँ नौलो व्याउदैन बरु तुहिन्छ भन्छन भमरकोटेहरु । नयाँ सोच जस्ले रोप्यो त्यसैले अन्न भित्रयाउछ बाबै, त्यसैको भलो गर्नु पर्छ भन्दै थिए त्योदिन पनि । प्रसंग २ गाँउवाट सहर फर्कदै गर्दा गाडीमा चलेका कुरा हुँन यि । बोलीचली, चालढाल, लवाईखुवाई हेर्दा पढे लेखिेकै देखिने युवाहरुसंग प्रौढहरु गफिदै थिए । चुनावी गफमा सर्वाधिक चर्चामा रहेका प्रचण्ड अन्यन्त्र जस्तै गफको केन्द्रमा थिए नै । स्वीकार वा वहिस्कार दुवैमा उनै थिए । अझ उनको मेची–काली यात्राले देशले चुनावी रंग स्वीकारेको भन्नेमा विमति थिएन । गाली गर्ने, समर्थन गर्नेहरुका आआफनै तर्क र कुतर्क जे भए पनि आफैँलाई उम्दा बनाउने होडै चलेको थियो । नजिकै बसेर चाखमान्दै सुन्दै थिँए । समाज जसरी बाडिएको छ, सोच, विचार, भूमिका र सोच्नेको स्तर पनि त्यतिकै बाँडिएको थियो त्यहाँ । विषयको उठान नै पक्षधारिताको विषय हुन्थ्यो नै सुन्जुकी । कतिको तर्कमा कार्य, कारण र परिणाम जोडिएका हुन्थे, भने कसैका भने आग्रहले रजाई गरेको । जहिले पनि किन र कसोको तथ्यको तराजुमा तर्क आधारित जवाफ खोज्नुभन्दा पनि विश्वास र आग्रहले भ्रमित सत्यको धुँवाको पर्दा लगाइदिन्छ । त्यहाँ पनि पाँडेगाली मिडियाले यसो भनेको र उसो भनेको थियो भन्दै टप्परटुइया उम्दा ठहरिने जुहारी नै चल्दै थियो । विश्वासमा गफ चुटनेहरुले आफैँले दिमाग खियाउने कस्ट भने गरिरहेका थिएनन् तर छलफलको चुरोमा थिए, उनै प्रचण्ड । कान पट्याउने गरेर भईरहेका छलफलमा आआफना आस्थाका डमरु सवैले बजाईरहेको र व्यक्ति विशेषको गाली छेवैमा बसेका शालीन देखिने एक प्रौढलाई भने चित्त बुझेनछ । उनको भनाई यहाँ उल्लेख गर्न मन लाग्यो । तिमीले पनि यसलाई गम्भीर भएर सोचे तिम्रा सिमेण्टिड आग्रह भत्काएर जीवन र जगतलाई नयाँ तरिकाले सोच्न सकौली कि ! मैले तिमीलाइ माओवादी बन्न यो पाँच महिनामा कहिल्यै भनेको छैन, हे विज्ञानपुत्री । तर, रुढमा रमाउने हुँदा पाएको शिक्षा र गरेका कामले भने तिमीलाई गिज्याइरहेको छ । है । अव म तिनै प्रौढले बसयात्रामा राखेको कुरा यहाँ दोहोर्याउछु । ‘खण्डित सत्य अर्धसत्य हुन्छ । त्यसवाट सोच बनाउनेहरुले आफैलाई न्याय गर्न सकेका हुँदैनन् । विश्वासका आधार तथ्यले प्रमाणित गरेको तर्क हुन्छ । आग्रहले विश्वासको मलजल गर्न त सक्छ, पूर्ण सत्यको नजिक पुर्याउन भने सक्दैन । हिजो राजतन्त्र व्यबस्थाको रुपमा सत्य थियो, नेपाली राजनीतिको यर्थात थियो । आज त्यो यर्थात भत्किएको छ, नयाँ यर्थात संघात्मक, लोकतान्त्रिक, गणतन्त्र स्वीकारेको छ । अव समाज पछाडिहट्न सक्दैन र त्यसलाई कसरी विधी विधानमा अगाडिबढाउने अहिलेको चासो र चिन्ता हुँनुपर्ने हो । यहाँ व्यक्तिको चियोचर्चो गरेर मनका बह वान्ता गरेर उम्दा हुईने वा भद्र ठहरिने हैन् समयका गति चिन्नु पर्छ न छिटो दगुरेर न त ज्यादै पछाडि लहसिएर ।’ उनको कुरामा, तर्कमा दम थियो, समयको नाडीछामेका थिए उन्मा अन्य तन्नेरीभन्दा यूवापन थियो । उनका कुरा अझ काँन ठाडो पारेर सुन्दैगँए । प्रचण्ड केन्द्रित गाली, आक्रोस र आग्रहका जवाफमा उनेले भनेका कुरा उल्लेखनिय नै रहे ‘महान मान्छेहरु विचारमा वहस गर्छन, सामान्य मान्छेहरु घटनामा बहस गर्छन, निकृस्ट मान्छेहरु ब्यक्ति, ब्यक्तिमा बहस गर्छन । तपाई हामी बहस, चिन्तन र भूमिका बनाउँदा कुन बन्ने र रोज्ने त आफनै कुरा हो नी ।’ भन त सुन्जुकी सिमलघरे साँइला र ती मेरा वसका सहयात्री प्रौढका कुरा । तिमीलाई पनि आग्रहहीन भए तीकुराका चुरोमा पुग्न सक्छेउ नत्र त्यही स्काइपी वार्तामा राखेका आग्रही दम्भले लतारिनेछेउ । आग्रहको सति जाने कि युगिन बन्ने भन्ने कुरा तिम्रा निर्णयका कुरा हुँन । वास आजलाई यत्तिकैमा विदा, सुन्जुकी ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home