Thursday, July 18, 2019

वार्ताःदुवैआआफ्नै दाउपेचमा

यसलेखमा विप्लब नेतृत्वको नेकपाले लिएको वैचारिक रणनीति र कार्यनीति वारेमा कुनै चर्चा नगरी सिधै वार्ता प्रशंगमा प्रवेश गर्छु । हुनता बिद्रोही समुहको रणनीति र कार्यनीतिले नै युद्द र शान्तिको अभ्यास र मार्ग चित्र तय गर्छ । वार्ता त्यसैको एउटा हिस्सा मात्रै हो । निर्विवाद रूपमा युद्द हुँदाहुँदै वार्ता र वार्ता हुुँदाहुदै युद्दको घनिभूत तयारी भईरहेका हुन्छन् । कलमकार नेकपा माओवादी र सत्ताबीच भएका दुई वार्तामा प्रतक्ष वा परोक्ष सहभागी अनुभववादी समेत हो । सरकार र विद्रोही दुवै यदि आफ्ना मान्यतामा अडिक रहन्छन् भने वार्ता भनेको विपक्षको लक्ष प्रतिको दृढता, शक्ति हैसियतको नाडी छाम्न र शक्ति सञ्चय गर्नु मात्र हुन्छ् । निकास खोज्नु हो भने वार्ता एउटा अवसर बन्छ र लचक हुँन दुवै पक्षलाई आवस्यक हुन्छ । तर अहिले सरकार र विद्रोहीपक्षको केही कुरा भने म बझ्दिन् । दुबैको यो आआफ्नै दाउपेचमा मात्र बुझ्छु । सरकारीपक्षले वार्तामा जाँदा स्पष्ट पार्नुपर्ने विषय १) विप्लव समूह राजनीतिक पार्टी हो कि ! अपराधीक पाटी ! के हो ? यदि राजनीतिक पार्टी हो भने उसंग वार्ता, सहमति हुँँन सक्छ । हुँँनै पर्छ । यदि सोच र मूल्याङ्कनमा ऊ अपराधिक समूह हो भने संविधान, कानुन, प्रचलित ब्यवस्था अनुसार उपचार हुँन गर्नुपर्छ । मैले यो कुरा गृहमन्त्रीको सभाकक्षमा प्रमुख सल्लाहाकार सुर्य सुवेदी पथिक र इन्द्रजीत राई साक्षी राखेर रामबहादुर थापालाई भनेको हुँ । २) सरप्राइज पोलिटिक्स सीके राउत प्रकरणमा त हुँन सक्ला तर विप्लब नेकपामा भने संवाभना देख्दिनँ ।सीके प्रसंगमा सत्ताधारी मधेशवादी नेतृत्वकोे नैतिक हतियार थुत्ने सरकारको उदेश्य थियो । डा.राउतसंग गरिएका सम्झौता राज्यले पालननै गर्न नसक्ने गम्भीर त्रुटी थिए । एकातर्फ न्यायालयलाई अप्रतक्ष ‘हुकुमी आदेश दिईएको थियो भने अर्कातर्फ सार्वभौम राज्यले गर्नै नसक्ने सहमति भएका थिए । विप्लव नेकपासंग यस्तो हुँने लक्षण म देख्दिन् । ट्रयाक टु डिप्लोमेसी नाडी छाम्न त मिडियावाजी हुँन सक्ला् तर गम्भीर अभ्यास हो भने यस्ता प्रचारबाजीले परिणाम निकाल्नुभन्दा घाटा मात्र पुग्छ । डिप्लोमेटिक मोभ अत्यन्तै गोपनिय हुन्छन । गिरजाबाबु र प्रचण्डबीचका कुराकानीमा प्रतक्ष वा परोक्ष सहभागीलाई मात्र चाल बुझे । त्यसैले थाहा लाग्छ । अंशमा टेकेर समग्रमा हमला गर्ने ‘प्रयोगशाला’ एउटा मनोयुद्दको हिस्सा थियो । चुनावको पूर्वसन्ध्यामा बजारमा पुस्तक आँउनु संयोगमात्र हुँदैहैन् । समयको चयनले उदेस्य देखाँउथ्यो । यसैको विमोचन अध्ययन वेगर प्रचण्डले नै गरे । नेताहरू पढ्दैनन्, सहयोगी र सल्लाहाकार ‘मुर्खहरूको’ बगालका आग्रह टार्न नसकेर नेताहरू भूमिका लेख्छन्, विमोचन गरेर त्यस्ता कितावलाई आधिकारिकता दिन्छन् । ३) वार्ताका प्रयास जस्ले गरे पनि हुन्छ, तर विश्वास र सुरक्षाको प्रश्न हुन्छ . सरकार सत्ताधारी पार्टी फरक हुँन । गृहसचिव प्रेमकुमार राई र सरकारी पार्टीका माहासचिवले पहल सह्रायिन छ अझ बाजुरेली सांसद कर्ण थापाले यच.पी हिमालीलाई जनयुद्दकालमा ठूलो गुन लगाएकै हुँन् । वार्ताकारलाई पिँजडामा राखेर सकरात्मक परिणाम निकाल्ने प्रयास भनेको भय र दबाव त पैदा गर्न सक्छ, तर त्यो परिणाममुखी भने हुँन सक्दैन् । विद्रोहीपक्षको सुप्रमो विप्लब मात्रै हुँन्, अन्य सदस्य साक्षी किारामा सदरका हैसियत राख्छन् । एकातर्फ कार्यकर्ताको हत्या र सामान्य कार्यकर्ताको गिरफ्तारी अर्कौतर्फ वार्ताको तयारी ! कतै यो दुलाबाट सर्प निकाल्ने एम्बुस त हैन् भन्ने आशंका पैदा हुन्छ । ४) भोजपुरमा र सर्लाहीमा ३ वटा इन्काउन्टर भए । भोजपुरको पछिल्लो हत्या निर कुमार राई इनकाउन्टर हत्कडीमा मारिए । भोजपुरमा अनौपचारिक पहिरणका पुलिस हत्याको यथोचित जाँज निस्पक्ष सस्थाबाट हुँन आवस्यक छ । ५) आधुनिक सभ्य समाजमा आस्था जोसुकैले जेसुकै राख्न र सपना देख्न पाँउछ । आस्थाले तत्कालीन संविधान र ब्यबस्था खलल भए त्यस्को रक्षा सरकारले गर्ने र यथोचित बिवेचन न्यायालयले गर्छ । के आस्था राखेकै भरमा नागरिक दण्ड हुँनुपर्छ ? अदालतको आदेश स्ययं सरकार मान्दैन भने अवस्था के होला ? बुढी मरी भन्दा पनि काल पल्केको कुरा नागरिक समाज र सचेत नागरिकले बझ्नु पर्नै हो । प्रश्न विप्लबजीहरूप्रति पनि १) के यही राज्य संरचनाबाट वार्तामार्फत तपाईहरूले उठाउनु भएका माग र आन्दोलन पुरा हुन्छन ? म जनयुद्दको ज्वालामुखी क्षेत्र घुम्दै छु । हिजाका सेल्टर र अभधारभूत जनता भन्दै छनः पुच्छर लुकाउनै थियो भने भुक्ने किन ? २) यस संवेदनशील भूगोलमा विद्रोहको छिमेकी र अन्तरराष्ट्रिय समुदायले कसरी बुझेको छ ! ३) सत्ता साझेदारी आन्दोलनका लक्ष कता केन्द्रित छ ? ४) के सहादत र सपनीको चिहानमा अर्को सत्तायात्रा त हैन् ? ५) हिजोका आन्दोलनका धोकाका कारण पैदा भएका घृणा, आग्रह, बदला, तीब्र आकांक्षा, क्रान्तिका क्षतिपूर्ति बिद्रोहका शक्ति त बन्दै छैनन् ! ६) विद्रोहका जनआधार हुँन आवस्यक छ । आधार के ? क्रान्तिका हिरावल दस्ता को ? तपाईले गरेको जनयुद्द हो या जनबिद्रोह, या घुमन्तु बिद्रोह ? आक्रमणको निसाना के र को हो ? ७) वार्ताबाट निकाल्न चाहेको परिणाम के हो ? ८) क्रान्ति, बिद्रोह र आतंकवादबीचमा के फरक हुन्छ ? अन्तमाः म उज्यालोको प्रशंसक हुँ । महत्वपूर्ण बिद्रोही नेतालाई हालै टेलिफोनमा भनेको थिँए- तपाईहरूका सवभन्दा ठूलो कार्यकारी दुश्मन, टेलिफुन, फेसबुक र अन्य सामाजिक सञ्जाल हुँन् । तपाइहरू सवैका टेलिफुन ट्रयाकमा छन् र सत्ता निगानीमा । परिवार भेट एम्बुस हो । अर्थोपार्जनमा लागेका तपाइहरूकै कार्यकर्ता सत्ताका असल सहयोगी छन् । प्रकाण्ड र सुदर्शन घटना पर्याप्त छन् ।पुरानै तरिकाले नयाँ युद्द हुँदैन् । क्रान्ति, युद्द र आन्दोलनको नयाँ तरिका अपनाउनुस् । सत्ता फासिवादी अभ्यासमा छ । समय, नीति, कार्यनीति पहिल्याउनुस् । जनविश्वास जित्नुस् . संवेदनशील भूगोलको मर्मसंग आफ्ना अभियान जोड्नुस् । मित्र खोज्नुस, निकास खोज्नुस् । (जनआस्था २०७६ साउन १, एकाधवाक्य संपादकको कैची चलेछ,सो सहित)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home