जनादेश एउटा पत्रिकाको नाम मात्र होइन
8 April 2014 at 10:56 AM नछापिने एउटा लेख पठाँउदैछु । दुईदशक आन्दोलन बनेको जनादेश जव पार्टीमात्र नभई एउटा गुटको मुखपत्र बन्दैगएको आभास भएपछि लेख्न छोडेको थिँए । तर, संपन्न चुनावमा तपाईहरुको सामुहिक प्रयासले फेरी बदलिएको परिवेशमा नयाँ भूमिकामा आफ्नो गौरवताको निरन्तरता दिन्छ कि ! जस्तो लागेको थियो । प्रविधी, पुजी र कलाको घालमेल भएर सूचना र विचारको आक्रमण चौतर्फी हुँनलाग्दा नेपाली मिडियाको जनपक्षधर वकालत, विचार निमार्ण, भ्रम चिरेर यर्थात सोच बनाउने बौद्धिक हतियार बन्ला भनेर सोचेको पनि थिँए । यसै पनि सूचना र संचारको अभूतपूर्व विकासले आन्दोलनलाई पारेको प्रभाव बुझेर पनि माओवादी संचार क्षेत्रमा बबुरो देखामात्र परेन शान्तियुद्धको प्रथमप्रहरमा सवभन्दा धेरै छापिने र सवभन्दा कम पढने पत्रिका, पुस्तक र रचना माओवादी कित्ताकै रहे । परिवर्तन आत्मासात गर्ने र परिवर्तनकारीलाई बुझ्न चाहाने जनमतको ज्ञान र सूचनाको भोक पुरा गर्न कुनै समय ८० हजार प्रति पनि जनादेश छापिएको तपाईकै अभिलेखमा होला । तर, अहिले स्वामित्व समेत परिवर्तन भएको देखेपछि जनादेशले अव के आफ्ना हिजाका विरासत जोगाउन सक्षम होला ? वा ट्रेडमार्क मात्र रहला भन्ने चिन्ता अरुलाई जस्तै मलई पनि लाग्नु स्वभाविक थियो र छ । माओवादी पार्टीभित्र चल्ने स्वस्थ र अस्वस्थ बहसको कालोछाँया जनादेशमाथी सधैँ मडारिरहे । यसका पुराना संपादकहरु भुक्तभोगी छन नै । जनादेशको निजीकरण एउटा स्वामित्व तपाईमा जानुमात्र नभई यसले राजनीतिक संस्कृति र जनयुद्धको मर्ममाथी पनि प्रश्न उभ्यायो । अनेकौँ तर्कना स्रिजना गर्यो । माओवादी नेता डा.बाबुराम भट्राईले गैह्र माक्र्सवादी धरातलबाट नवउदारवाद र समाजवादको फ्यूजनमा तेस्रोशक्तिको बहस अगाडि बढाउनु र जनादेशको स्वामित्व निजिकरण हुँनु एउटा संयोगमात्र हो त ? आंशंका रहे । जनादेश एउटा पत्रिकाको नाम मात्र थिएन्, हैन र हुँनुहुँदैन पनि । विगतमा जनादेश सुसुप्त विद्रोही चेतको वाणी थियो, सपना थियो, विद्रोह थियो, आन्दोलन थियो, सत्तालाई आतंक थियो, वर्गवैरीको निन्द्रा हराम पारिदिन्थ्यो, दिउसोको चैन र रातीको निदलीमा आक्रमण गर्दथ्यो । निर्धाको साहारा र अभिभावक बनेको जनादेश दुष्टको वैरी नंवर एक थियो । बन्दुक, तोपले गर्न नसेको युद्ध फत्ते गर्दथ्यो । सुरक्षित व्यारेक र सामन्ती दरवार भेदन गर्दथ्यो । शब्द तोपका गोली हुन्छन्, गोलीले एउठा पराण मात्र हरण गर्न शब्छ तर, शब्दले युगलाई फेर्न, ज्यान भएका मान्छेलाई ललकारेर नयाँँयुगका नौला मान्छे् बनाएर आफ्नै घारो र कात्रो बोकाउदै रणभूमिका योद्धा बनाउन सक्दो पनि रहेछ भन्ने कथा हैन् यर्थात हो विगतको जनादेश । जव मान्छे क्रुर यर्थाथलाई पिच्च थुकेर नविनयुगको यात्रा गर्ने नयाँचेत पाँउदो रहेछ, तव बन्दो रहेछ हरेक युगका स्पार्टाकस । दाश विद्रोहकालीन रोममा न इस्क्रा थियो न थियो, हिमालयनभूमिको जनादेश । जनादेशका पाठकहरु यथास्थितिलाई घृणा गरेर मानवतावादी बन्ने मान्छेको जात विद्रोहमा उत्रिदै रम्दै गए..... जियो ड्रानो बु्रनो बन्दै, चिलियन रोदा रोजा रोखास बन्दै, नायजेरियन केन सेरा बुवाबन्दै, भारतियभुमिका चेरा बण्डा राजु बन्दै .... धेरैलाई सपना देखाउँदै गयो आफ्ना युगका राइ नायत्से जे टुँग, मेरै देशको मशाल, वर्गसर्घर्ष, मुक्तिमोर्चा, तरुण र जनयुद्धकालीन आधुनिककालको तोप अर्थात जनादेश बन्दै । जनादेशका सम्पादक कृष्ण सेन इक्षुक शत्ता वैरी ठहरिएर सहिद भए, संवाददाता विनोद सजना समाचार लेखेकै भरमा मारिए, जनादेशमा शब्द कोरेकै कारण डि. कौडिन्य सत्ताका आजाद सत्रु ठहरिए, जनादेश जनताका घरदैलोमै पुर्यााएकै कारण अनेकौँ महानमान्छेहरु इतिहाँसका निर्माता बने । जनादेशकर्मी बनेकै कारण जेल र हण्डर खानेहरु अझै धेरै ज्यूदै छन र कतिपय आफैलाई चुनौती पनि बनेका छन् । जनादेशमा तोपका गोला बनेका अक्षरहरुले मरेर बाँचेका सुविधाका तर्क कोरल्नेलाई अहिले भने जिस्क्याईरहेका छन् । हो पक्कै पनि विगतको जनदेश रातो झिल्कोद्धारा प्रकाशित हुन्थ्यो, तर माओवादी पार्टीको बहस एजेण्डामा शिर्षस्थल ओगटदथ्यो । एउटा संस्था थियो, आन्दोलन थियो, सामाजिक असन्तोषलाई विद्रोहबाणी दिने मञ्च थियो । सुदुरवस्तीमा छापिएका शब्दहरु आन्दोलन बनेर पुग्थे, तव सत्ता हल्लिन्थ्यो, छोटेशासकहरु कट्टु मुत्थे, वर्गदुश्मनहरुको रातको निन्द्रा र दिउसोको चयन हरीदिन्थ्यो जनादेश । बत मारौँ .... सामुहिकता र निजीका । जनयुद्धकालीन समयमा पार्टीका संपती, उपलब्धी पार्टीजनका नाममा राखेर सत्ताका वैधानिकता जोगाइन्थ्यो । त्यसमा आर्थिक सुरक्षा गर्नु, आवस्यकताले परिचालन गर्न खुला रहेर भूमिगत सक्रियता हुँनु पर्दथ्यो । त्यसवेला जस्ले त्यो भूमिका दिएको हुन्छ, यदी त्यसको सहादत भएमा कतिपयले पार्टी–संपती लुकाउने, छिपाउने पनि गर्दथे । अर्कोअर्थमा भन्ने हो भने जिम्वेवारी दिनेको मृत्युको भाकल पनि त्यस्ता मान्छेबाट नभएका हैनन् । युद्धकालमै वा युद्धपछाडि एकाएक वर्गउत्थान भएकाहरुको जन्मपत्री पल्टाएर नियाल्ने हो भने लालगद्धारहरुको धेरै नाम संकलन हुँन सक्छ र आँउदो विद्रोहमा कारवाहीका सिकारबन्न सक्छन । अव प्रश्न उठछ, जनयुद्धको राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक परिवर्तनको स्वामित्व अहिले अनेकौ चिरामा विभाजित माओवादी पार्टीहरु कस्ले लिन्छ त भन्ने हो । सामुहिकताको अर्थ र संवेदनाको अर्थ अहिले स्यालको सिंग बन्नुमा राजनीतिक संस्कृतिको जर्गेना र निरन्तरता दिन नसक्नु नै हो । लालसामन्तको हविगत त तपाईले देखिरहनै भएको छ । एकपदमाथीको पनि कार्यकर्तालाई कमरेड् हैन आफुलाई मालिक सोच्छन् वेकुफहरु । पार्टी संपतीलाई बाउको अंश र आमाको प्यावा सोच्ने र भातमाराहरु माओवादीमा नभएका कहाँ हुँन र । कसैले पार्टीकोषबाट कार्यकर्तालाई सामान्य आर्थिक सहयोग गर्यो भने त्यस्ता भातमाराहरु आफ्नै निजीसंपती दया गरेको र उनीहरुकै आस्रित हुनुपर्छ भन्ने सोच्छन् ...विचरा वेकुफहरु । अव प्रश्न उठ्छ संपादक ज्यू, जनयुद्धको जनहस्तक्षेपका भाषाले सामाजिक उथुलपुथल पारेको थियो, त्यो रुप र गुणमै नेपाली सामाजिक आन्दोलन पनि बनेको थियो । अहिले त्यो कुन अवस्थामा छ, कहाँ उभिएको छ ? के हुँदै छ यस्तो ? आज पनि पार्टीका संपतीहरु व्यक्तिका नाममा रहेका छन् । एमाओवादी, ड्यास माओवादी, मात्रिका जी नेतृत्वको माओवादी नेताले चढने सवै गाडीहरु निजी नाममा रहेका छन्, कतिपय पार्टी कार्यालय समेत निजी नाममा अझै छन् । के त्यो उनीहरुको निजी वा पैत्रिक संपती हो ? उनीहरुकै नाममा पार्टीले राखेको, जिम्मेवारी, भूमिका र आवस्यकताले प्रयोग गर्न व्यक्तिलाई दिइएको मात्र हो । सो भूमिकाबाट ऊ अलगिएपछि पार्टीमा बुझाउन पर्ने हुन्छ । यदी त्यसलाई निजी सोच्ने, गरिने हो भने त्यसले निम्त्याउने परिणाम के होला ? जिम्वेवारी र भूमिकाले दिईएका सुविधालाई निजी सोच्ने हो भने इतिहाँसको व्याज खाएर बर्तमानमा औकात देखाउनेले आसन्न आक्रोस र प्रतिकृया कसरी सामना गर्न सक्लान ? के सामुहिकता र संगठनका कुरा कागजी तर्कमात्र हुँन त ! भन्ने हुन्छ । फेरी केन्द्रित हौ जनादेशमै । रातो झिल्कोको मूलस्वामित्व र स्वयम तपाई संपादक पनि माओवादी प्रचार विभागमै हुँनुहुन्छ । पार्टीको अघोसित मुखपत्रलाई व्यक्तिको स्वामित्वमा लाने आवस्यकता भए त्यहीँ नै निर्णय गरेर जिम्मेवारी लिएको र दिएको भए वेश हुन्थ्यो । मूलकुरा साधनको हैन् साधन कस्ले कसरी कुन नियतले चलाउँछ भन्ने मात्र हो । विगतमा जनादेशमा विवाद आँउदा केन्द्रिय कमिटीकै एजेण्डा बन्ने जनादेश अहिले सामान्य छलफल पनि नहुँनुले दिने सन्देश भनेको आशंका नै हो । अन्तमाः माओवादी बन्नु भनेको १३ हजार नेपाली आँमाका उम्दा संतानका चिहानमाथी उभिएर अग्लो देखिनु मात्र हैन् ती महानमान्छेको प्रतिनिधी पनि बन्नु हो । अझ त्यस्ता अशंख्यको भावना, सपना, मनोदशा स्रिजना गर्ने जनादेशले कृष्णसेन इक्षुकको विरासत धान्न सकोस् निजी अक्षर कारखाना र विज्ञापन थलो नभई समग्र माओवादी आन्दोलनको राजनीतिक, आर्थिक, सास्कृतिक पहरेदार बन्दै आफ्नो पुरानो गौरवशाली विरासतको निरन्तरता दिन सकोस् भन्ने हो । के म र हामीहरु जनादेशको नयाँ नेतृत्व र स्वामित्वबाट त्यो आशा गर्न सकौँला ?........। सकरात्मक आशा गरौँ तर यसको लागी भविस्य भने कुर्नै पर्ने हुन्छ । जनादेश,वर्ष २३,अंक २, चैत २५ २०७०
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home