तिम्रो दिमागमा के खेलिराखेको छ
तिम्रो दिमागमा के खेलिराखेको छ March 18, 2009 at 3:44 PM आज एकाबिहानै बिद्यूतिय चौतारीमा पुगेको त सुरमै त्यहाँ एउटा प्रष्न टािगंएको रहेछ तिम्रो दिमागमा के खेलिराखेको छ what's on your mind ? यो आफैमा मेरालागी एउटा गम्भिर भयकंर र सबेदनशील प्रष्न बन्यॊ । प्रष्न सरल थियो र तर जबाफ अत्यन्तै जटिल । यो प्रष्न देख्दा आनतोनियो ग्राम्स्कीको याद आयो जस्लाई उनको दिमागनै खतरा छ र सोच्न नसकोस भनेर फासीवादीहरले जेलमै सडाएपनि त्यहीँ लेखिएको कि्रती उनिहरुको चिहान बन्ने औजार बन्यो । हाम्रै मुलुकमा पनि थाहा आन्दोलनका प्रतिक रुपचन्द बिष्ट सामु एकजना उपबुज्रुकले थाहाको ब्याख्या गरिदिन भन्दा -तेरो दिमागमा प्रदुसन र बिलाशिता भएको कुरा जब थाहा पाउँछस् तब थाहाको अर्थ थाहा पाउँछस उहाँले भनेको सुनेको आजै जस्तो लाग्छ । दिमागमा खेल्ने कुरा अणु पनि हुन र परमाणु पनि । यो श्रिजना पनि हो र ध्वस्तको कारण पनि । उर्जा पनि हो प्रलयकारी नापाकबम पनि । यस्तै प्रष्न आफैले महान यात्रा क्रममा सहयात्रीलाई सोधेको थिएँ । सोध्न सजिलो छ तर जबाफ दिन र सामना गर्न अत्यन्तै गाह्रो । मनमा लागेको कुरा कति बताउन सक्नु हुन्छ भन्दा केही नक्कली मान्छेले सोच्याजति सक्छु भनेका थिए भने कतिपयले पचास प्रतिसत भन्दा माथी भन्न सकिदैन की ! भनेका थिए । हुनपनि सोचेका सबै कुरा ब्यक्त गर्न यात पागलै हुनु पर्छ यात साम्सारिक मायाजालबाट उम्केको मनुवा । उनिहरु सगंपनि दिल र दिमागलाईनै छताछुल्ल पार्न भने शब्द र अभिब्यक्ति क्षमताकॊ अभाब हुन्छ नै । देहभाषाका पारखीहरुलाई भने यो बुझन गाहो पर्दैन होला । मानिस कतिपय अबस्थामा स्वयंलाई चिन्न सक्दैन । उसको औकात अरुले सम्झाईदिन पर्छ । मान्छे अरुलाईत ढाटन सक्छ तर आफैं देखी भने छिप्न सक्दैन । आफैंलाई झुक्याउन सक्दैन । प्रायजसो नाङ्गांे शत्यको हाकाहाकी सामना गर्न पनि सक्दैन । चौतारीमा यो प्रष्न टािगंएको छ । देश बिदेशका गरेर बिभिन्न उमेर जाती लिगं भाषा भाषी र पेशासगं जोडिएका १ हजार २ सय भन्दामाथीको यस मेरो मित्र मण्डलीले हरेक दिन अनेकौ बहस उठाउने गर्छन । तर्क बिर्तक गरेर आफनो औकातभूमिका र दायित्व किटान गरिराखेको हुन्छ । तर्कपूर्ण सहमति र आग्रह बिहिन बिमति जनाउने जागरुक र सबेंदनशील ब्यातित्वको कमी छैन यहाँ । चामलमा बियाँ केही हुनु अर्काे कुरा हो । कसैको नजरमा कोही उचाई थप्दै हुन्छ भने कोही बाउन्ने बन्दै गएको देखिन्छ । यि अभिब्यक्ति आस्था र भूमिकाका आधारमा हुने कुरा भए । सबैले रुचि भावना र चाहाना पेशा ब्यबसाय भूमिका र निभाईरहेका दायित्वका आधारमा आस्था र आग्रहजोस र उमङ्ग। सपना र यर्थातलाइृ कलामय तरिकाले राख्ने गरेको पाईन्छ तर पनि ३ दिन देखी यो सरल तर निमर्म प्रष्नको कसले यथोचित सामना गरेको छ भनेर नियाल्ने गरेको छु तर पनि सिधा तरिकाले सामना गरेको भने पाईएको छैन । स्वयको पनि क्षमता बाहिरको कुरा हो । अर्काे प्रसग हो बिद्यूतिय चौतारीको चर्चा हो मीडिया पहुँच र त्यस्को उपदेयिताको । अझ बिद्यूतिय चौतारी बिष्व भरी छरिएर रहेका वा परदेशिएकाका लागी मन साटने थलो बनेको छ भने सेन्सरबाट गुजि्रन पर्ने लेखकहरुकालागी स्वतन्त्रमात्रै हैन स्वछन्द अभिब्यक्ति माध्याम पनि बनेकॊे छ । ब्यक्तिगत रुपमा यसले अन्तर मिलन अन्तर घुलन र अन्तर सवांद कायम गरेको छ भने सामाजिक रुपमा अर्काे भूमण्डिलिकरण र नयाँ साष्क्रितिक थालनी पनि गरेको छ । मीडिया अब कसैको नियन्त्रणमा रहने छैेन भन्नेपनि यो उदाहरण बनिसक्यो । यसले आफनो शक्ति पस्चिमा राजकिय नियन्त्रित मीडिया मिसनको धज्जी उडाएर एकाधिकार सूचना सम्राज्य बिरुद्ध बल्ग मीडिया बन्दै इराकमा भूमिका निभाई सक्यो । बिद्यूतिय चौतारी अब क्षमताको प्रर्दसन दक्ष जनशक्तिको खुला बजारअन्तर जाती र अन्तरसष्क्रितिको अन्तरघुलन पनि बनिसकेको छ । अब यसले क्रमस जीवनको एउटा हिस्सापनि ओगटदैछ । केही हप्ता पहिला यसै पत्रिकामा प्रवासीहरुको भूमिका देशले पर्खिराखेको बारे एउटा आलेख छापिएकेा थियो । पत्रिकाको पहुँचसगैं पाठकसामु मेरो ठेगाना पनि पुगेकाले दशकौदेखी बिछोड भएका पढिएका र सुनिएका तर सम्र्पक नभएका कयौं मित्र र शुभचिन्तकहरुको पस्चिमा मुलुकबाट बिद्यूतिय पत्रहरुको ओहिरोनैे लाग्यो । त्यसमद्य पनि अष्टेलियाबाट भरत नेपाल अमेरिकाबाट गिरिस पाख्रेलबेलायतबाट बसन्त सिलवाल बेल्जियमबाट दामोदर आचार्य र जापानबाट कृष्ण प्रसाद दुलालबाट आएका पत्र भने अझ बिषेस उलेलख्यनै रहे । झन् भरत नेपालसगंको टेलिसबांद जागरुक नेपालीहरुका साथै देशको नीति निर्माताहरुलाई समेत बिसेष महत्व राख्दथ्यो । अष्ट्रेलियायी सरकारको स्वस्थ सेवामा कार्यरत नेपाल भन्छन…।ू सिडनीको ५० बर्षपछाडिको स्वस्थ अबस्था कस्तो बनाउनु पर्ला भनेर त्यहाँको नीति निर्माता टिमको सदस्यबन्दा आफनै मुलुकको भोलीकोबारे सोच्न नपाउनुनसक्नु र परिवेस नमिल्नु अथबा आफनो योग्यताक्षमता र दक्षता प्रर्दसन गर्न नपाउनु कस्तो बिडम्बना भनेर आत्मा ग्लानी भएको र केही गर्ने औसरको पर्खाईमा रहेको सुनाए । ू यो उउटा एउटा यस्तो तितो सत्य थियो एकातर्फ तेस्रो मुलुकका दक्ष जनशक्तिलाई अनुकुलता र परिवेश मिलाइदिएर बिकसित देशहरुले सम्बृद्धि हासिल गरिराखेका छन भने अर्का तर्फ अबिकसित मुलुकहरु आफनै दक्ष जनशक्तिलाई उचित परिचालन योग्यता र क्षमताको कदर गर्न नसक्दा नजान्दाको हबिगत प्रष्टयाँउथ्यो । बिषेसज्ञ भनेका बिदेसी त्यसमा पनि गोरा छालामात्र हुन भनने मानसिकतालाई झापड दिईराखेको थियो । अहिले उपयूक्त भूमिकाको खोजीमा ब्रेन ड्र्रेन भैराखेकोबारे अनेकौं बिद्यूतिय फोरमहरुमा भेटिने नेपालीहरुलाई नियाल्दा देख्न सकिन्छ । अब बिदेशिएका बारेको सामाजिक मनोबिज्ञान र धारणापनि सघारं काटिसकेको जो सुकैलेपनि अनुभूतिगर्न सक्छ । नेपालबाट प्रकासित २ वटा आलेख गत हप्ता बिद्यूतिय चौतारीमा राखेको थिएँ । पहिलो थियो …सिब कगांलको बहानामा समयलाई नियाल्दा दोस्रो …।सुखानी एउटा ठाँउको नाम मात्रै हैन । पहिलोमा आर्दश प्रतिक नेपाली काग्रेसका सशष्त्र सर्घषका जिउँदा नायक कगांलको नालिबेली अबस्था धारणा र पार्टीले गरेको उनिप्रतिको ब्यबहार प्रष्टयाईएको थियो । अस्वस्थ र अभाबमा रहेका कगांल प्रति चौतारीका मित्रहरुले देखाईएको सदभाबले अझै आर्दशलाई सम्मान गर्नेहरुको कमि यस दुनियामा छैन भन्ने देखाउथ्यो भने आर्चायले गरेको सहयोगले अझ बिषेस अर्थ राख्थ्यो । दोश्रो थियो नेपाली धरतीमा भएका गरेका ज्ञात बिद्रोह आधार र सन्देश । अथवा अहिलेको नेकपा एमालेको उदगम शिर्षक । बिद्यूतिय चोतारीकै कुरा गर्दा समयको अन्तरालसगै धेरैकुराको अर्थ फेरिदैछन । मुल्य मर्म भावनाका ओजन र सन्देश बदलिदैछन । सामाजिक गतिबिधी र त्यसले मानबिय जीबनमा पार्ने असर र परिणामपनि त्यतिनै बेगमय अबस्थामा छन । सचांरक्षेत्रको तिब्र बिकासले सत्ताधारी मानसिकतालाई अचम्म तरिकाले खजबज्याएको छ । नियन्त्रणवादी सोच एकाधिकार र सरक्षणबादी धारणा भताभूगं हुदैछन । राजनीतिक सिमा धेरै हदसम्म नियन्त्रण बिहिन अबस्थामा पुगिसकेको छ । क्रमस मानिस बिस्व नागरिकमा फेरिदैछ । भावना बिनिमय र बहसको थलो अनेकौ मन्चहरु बिकास हुदैछन । बिष्व यति साघुरिईसकेको छ की एक ठाँउको घटनाबाट अर्काे थलो प्रभाब मुक्त हुनै सक्दैन । सकार र नकार कृया र प्रतिकृया भै हाल्छ । परिबर्तनका अध्यताहरुको अध्ययन र प्रयोगशाला अहिले नेपाल बनेको छ । अनेको बिदेशी र धेरै दिन देश बाहिर रहेका मित्रहरुका अनेकौ जिज्ञाशा आउने गरेका छन । राजनीतिक शास्त्रका बिध्ाार्थी र अभियन्ताहरुको त अझ बाढी नै लागेको छ । त्यस मद्यका प्रतिकनै हुन चौतारी मित्र बेन पेन्टासन । यदी कसैलेपनि तिनबर्षदेखि एकदम समान धारणा रादख्छ भने यस्ले यो साबित गर्छ की उसले तिन बर्ष देखी कहित्यै बास्तकिताको सामना गरेन वैष्विक हलचलबाट आफुलाई अलग थलग राख्यो भनेर बुझे हुन्छ । तर बर्म गए कर्मसगैं नेपाल गए कपालसगैं भनेजस्तै बिचारफेर्न जति सजिलो हुन्छ त्यतिकै गाह्रो सस्कार फेर्न हुन्छ । नेपाललाईनै हर्ने र बुझने सम्बन्धमा अहिले प्रवासिएका कयौं मित्रहरु यात आग्रहबाट सताईनु भएको छ यात आफुलाई अपडेट गर्नु भएको छैन । राजनीतिक परिवर्तन नाङ्गों आखुले देखिन सक्छ तर सामाजिक परिवर्तानको ठम्याई त्यसरी हुदैन । धेरैे नेपालीहरु बिगत दशकमा बिष्वका अनेकौं भूभागमा पुगे । कारणबहाना र अबस्था जे सुकै भएतापनि जुन अबस्था रहेतापनि उनिहरुको भावनात्मक सम्बन्ध आफनो उदगम थलोसगं रहनु स्ाभाबिकनै हुन्छ । मानिस जहाँ जान्छ उसगं उसको बिगतपनि परिचयपनि साथै जान्छ । रेसिडेण्टल भिसा र गि्रन कार्डले भावना र सबेंदनालाई असर पार्दैन । अहिलेको बिद्यूतिय चौतारी मीडियाको ब्यापकता र पहुँचले भौतिक रुपको दुरि अझ अत्यन्तै साघुर्याईदिएको छ । हाम्रो भावना साटनेैका लागी डोल्पाको धो र हुम्लाको दिनहँु पाचँ पटक शुर्योदयहुने ठाउँ नेप्का चौतारीमित्रहरु भन्दा टाढा भएको छ । …॥र अन्तमा बिद्यूतिय चौतारीमै सिरानमै राखिएको प्रष्नले मलाई अझै जिज्ञासु बनाईरहन्छ । के मान्छेले सोचेको सबै कुरा जस्ताको त्यस्तै ब्यक्त गर्न सक्छ गर्ने गर्छ मानिसले आधुनिकतालाई सहज रुपलेत स्वीकार त गर्यो तर पुरातनलाई च्याटट्ै छोडेर हैन साथै साथ अङ्गांलेर लान अभ्यस्तपनि त्यतिनै हुदै गयो । यस चौेतारीमा देखिएका पात्र र प्रबि्रतिपनि यसबाट अछुतो भने छैनन जस्तो लाग्छ । what's on your mind ! dear. (प्रस्तुत लेखको समपादित अशं युरोपबाट प्रकासित हुने नेपाली पत्रको १८ मार्च 2009 अर्थात ५ चैत २०६५मा , साभार)
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home