मिडियाकाे अस्वीकृत एउटा लेख ((सवैखाले मिडियाका पाठक,श्राेता र द्रस्टा जस्लार्इ मिडियाबजारमा उपभाेक्ता मात्र भनिन्छ,उनैलार्इ)
NARENDRA JUNG PETER•TUESDAY, 19 JULY 201667 reads सोच्दछ, दिमागले, दुःख पाँउछ शरीरले विकाउ एउटा लेख लेखिदेउन् भनेर एक चालु अनलाईनका मालिक,संपादकले आग्रह गरे.। ‘मेरो जीवन, मूल्य,मान्यता र सामिप्यता बुझ्नै भएको छ, । सीमा, समस्या पनि बुझ्नै भएको छ । आवद्दता छिपेको पनि छैन् । के, कस्तो लेख चाहानु भएकोको नी ! हो.... मित्र । तपाईलाई थाहा नै छ...मेरो लेखन भनेको लहड वा रहर हैन् समयको चिच्याहट हो, श्रम र संर्घष हो क्यार’ सेन्सरहीन खुलस्त मनका कुरा राख्दै उनले भने...‘ म असफल आर्दशका गितभन्दा बरु सफलताका कर्कसा स्वर भए पनि सुन्न रुचाउने, मान्छे । म विशुद्ध ब्यबसायी हुँ । चाहे कसाही होस् वा आर्दशका ब्यापारी.... दुबै ब्यबसायले नाफानै खोज्छन् । ब्यबसायमा आर्दशका कहानीको कुनै अर्थ रहँदैन् । अनलाईन वालाका मर्म बुझेकै हौला । चाहिँने सामाग्री भनेको भावना, विचार, संवेदना, समाजको सुन्दर चित्रसंगभन्दा बजारमा बिक्ने विकाउ उम्दा माल चाहिन्छ । विचार,निर्माता, आन्दोलन निर्माता भनेर कहिल्यै अाफूलार्इ दावी गरेका छैनौँ । हाम्रा पोर्टलमा धेरै लाईक र सेयर चाहिएको मात्र छ, एलेक्साको रेटिङ्ग चाहिएको छ । बिज्ञापनदाता र अरु अदृस्य मालिकहरु पनि हुन्छन् उनिहरु खुशी हुँनु पर्यो । सनसनी बनाउन तिमी कुनै पनि राजनीतिक वा आर्थिकशक्तिलाई गाली गरेर अर्कापक्षको गुलामी गर्न पनि छुट छ । त्यसमा धेरै फाईदा हुन्छ । शक्तिको नजरमा पर्ने बौद्धिक चाकरहरुकोलागी यो उम्दा समय हो । चाकरी घृणित पेशा हुँदैहैन्, चार्तुयको खेल वा कला भने हो, जो कोहीले गर्नै सक्दैनन् । शक्तिको मनोभावलाई वाणी दिएर उनिहरुको नजरमा पर्नु चानचुने खेल हो र ! शक्ति जहिले पनि गुलामी चाहान्छ र आफ्ना दुश्मन, प्रतिस्पर्धी वा विरोधीको दोहोलो काढेको हेर्न चाहान्छ । त्यो गर्यौ भने जति ठूलोको वौद्धिक चाकरी बर्जाने छौ त्यतिकै ठूलो बक्सिस पनि पाउँने छौ । त्यो तिमीलाई मात्र कहाँ हो र ! हाम्रालागी पनि बरदान सावित हुँनेछ । हाम्रो मिडियावाट कसैको हुर्मत काढ्न सक्छौ, अपराधको महिमामन्डन गर्न सक्छौ, नग्न–सेक्स पस्कन सक्छौ । मात्र लेख र समाचारले सनसनी फैलाउन भने सक्नु पर्यो । हाम्रा केही अदृस्यशक्तिसंग संबन्ध छ, यो कुनै निस्पक्ष धन्दा हुँदैहैन् । कुनैपनि धन्दा स्वार्थरहित हुँदैहुँदैनन्, बुझ्यो ! धन्दाका आआफनै मर्म, संबन्ध, लगाव र उदेश्य हुन्छन् । त्यसमा म अछुतो छु भन्दै आर्दश गित गाँउने पराणी हैन् क्या । कुनै दिन तिम्रा लेखनले हाम्रा उदेश्यमै प्रहार गर्न खोज्यो भने त्यसवेला सेन्सर हुँन सक्छ, नछापिन पनि सक्छ, त्यसको ज्याला भने पाँउने छौ । लेख, रचनामा प्राज्ञिक जिन्दगीका गुलामी आर्दश छाँटन पनि सक्छौ तर त्यो त्यती विक्नेवाला भने छैन् । मिडियालाई राम्रो उपयोग र उपभोग गर्न सक्यौ भने शक्तिको पछुवा बनेर यहलोक र परलोक सुधारौला पनि । सर्पले सर्पको खुट देख्नु पर्ने हो । के ‘सफल’ पत्रकारको अर्को अध्यारो निजीजिन्दगी र संर्पक नियालेका त छौ ! विचार, आर्दश, सक्रियतावादी अब उहिलेका कुरा खुईले. भईसके । ख्याल राख्....कसैले गम्दैन्, सुन्दैन् र पढ्दैन् । सिद्धान्तवादी राजनीति पार्टी, नेता र कार्यकर्ताका हविगत हेर् त । आफ्नै पनि ऐना हेरेका त छौ ! अब ती फुर्सदका गफ, लाचार वा असर्मथका प्रलाप मात्र हुँन् ... छोडौँ यि कुरा । हामी तिम्रा लेखको मूल्य तिछौँ..जे गरेर भए पनि हाम्रो रेटिङ्ग भने बढाउनु पर्छ ।’ उनको कुरा सुनेर अहिले मिडियाको अवस्था, त्यसमा पनि अधिकासं अनलाईन मिडियाको हविगत, मिडिया कारोवारीलाई गम्दै थिँए । बजारमा मोलतोल हुँदैगरेको लिलाम चढेको आर्दश । त्यही बेला हो.... अर्का एक संपादकसंग कफीगफ भयो । उनले सहयात्राको निम्ता गरे । उनलाई मेरा सीमा, समस्या, संग्लनता, राजनीतिक आवद्दता, ‘बहुलापना’ र संस्कृति थाहा नभएको हैन् । उनले भने ....‘तिमी जे लेख्छौ तिम्रो सूचना, विश्लेषण, ज्ञान र विवेकका सीमाभीत्रका कुरा हुँन् । सामाजिक, राजनीतिक र कानुनी दायित्व... तिम्रो । हामी हाम्रा स्वार्थमा शब्दकैँची चलाउदैनाैँ मात्रै हैन् तिमी संगसंगै हिडने पनि छौँ । पेटले अर्को विद्रोह नगरोस् भन्ने पनि ख्याल गछौँ’ भनेपछि म जोडिँई । हा हा....... ‘पेटले अर्को विद्रोह नगरोस् भनेर ख्याल पनि गर्नेछौँ !’, ् यो पेट सानु पनि हुन्छ, ठूलो पनि । महा इलास्टिक । भोकको कुनै सीमा हुन्न्, अनेकोँ प्रकारका भोक हुन्छन्, आजसम्म संसारमा कसैले कसैको भोक र प्यास मेटाउनै सकेको छ ? सोली हो....भोक, कहिल्यै भरिँदैन, चुहिँदै मात्र रहन्छ । भोकको नियन्त्रण र निर्देशन कसैले पनि गर्नै सकेका छैनन् । मेरो पेट, मेरो भोक र उनको स्वार्थिय अवस्था जवसम्म एकाकार रहन्छ तवसम्म हाम्रो सहयात्रा हुँनेछ । आगे ओली–प्रचण्ड सहयात्रा जस्तै भयो भने अन्यथा मान्नु हुँदैन । विश्वासमा सहयात्रा, स्वार्थ मिलिन्जेल सहयात्रा । जव विश्वास टुट्छ तब आआफ्ना बाटा खुला हुन्छन नै । प्राज्ञिक क्षेत्रमा पनि यो लागु हुन्छ रहुँनु पर्छ पनि । कोही पनि श्रम त गर्छ तर कहीँ कतै विवेक भने ऊ बन्धकी राख्दैन्, चाहे त्यो संग्लग्न राजनीतिक पार्टीमा होस् वा श्रम बेच्ने सस्थामा होस् । कुनै श्रमिकले मालिक सामू वा मानवले शक्ति सामु कहीँकतै विवेक बन्धकी राखेको हुन्छ ! आवस्यकताले संवन्ध स्थापित गरेको मात्रै त हुन्छ ..... हाम्रा हली, कमैया, हरुवाले कहिल्यै विवेक बन्धकी राखे र ? जव पार्टी कार्यकर्ताहरुले विवेक बन्धकी राखे तव राजनीतिक नेताहरु मालिकमा फेरिए र अहिलेको नेपालको अवस्थामा देश फेरियो । अन्तमाः मित्रजी .... नवयात्रामा के लेखौँ ? शक्तिशाली नेताहरुले राज्यलाई आफ्नी आमाको प्यावा र आफ्नै बाउको अंश जहाँ सोचिराखेका हुन्छन्, ठूला समाचारले साना समाचार चपाई दिईरहेको छ, समाचारहरु अल्पायु मै स्वर्गेवास हुँदैछन् । बिचारले न आक्रोस पैदा गर्न सक्छ, न भावना जागृतिनै गर्नै सक्छ, त्यस्तो वेला के लेखौँ र ? हजुर । । जताततै आक्रोस छ तर कहीँकतै बिद्रोह भने छैन् । मान्छे तात्तातो, भयानक र विभत्स ठूलो समाचारको पर्खाईमा हुन्छ, अब समाचारले कसैलाई डस्दैन, ब्याकूल बनाउदैन् बरु अहिले क्षिणभरको लागी रिल्याक्यस मात्र दिन्छ र अर्को विभत्स समाचारको पर्खाइमा हुन्छ मान्छे । बिज्ञानचेतका अगुवा गुगलब्याईको महिमा गाँउछन्, अभद्रहरुबीच भद्रता खोजिन्छ, राष्ट्रको ढुकुटीका पहरेदारहरु स्वय सन्दुस् खोलेर माहादानी दधिची बन्छन्, विचार मरेको छ, राजनीतिको संस्कृतिसंग संबन्ध टुटेको छ । इजीमनी जिन्दगीको चालकशक्ति बनेको छ । अरुलाई गाली गरेर तनाव र दवावबाट मुक्त हुँन सामाजिक संजालमा अस्लिलतामा रमाउन थालेको छ, मान्छे । सोच्ने काम अरुको हो भनेर रमाउन थालेको छ, मान्छे । अपराध, यौन, विभत्सता, अन्धविश्वास नै बिकाउ समाचार सामाग्री बनेका छन् । भन्नुस त सरजी..... के लेखौँ ? के विक्छ ? तपाईको मिडियामा ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home