Sunday, May 10, 2020

स्वतन्त्रता,प्रतिबद्धता र बुद्धिजिवी

18 January 2013 at 12:31 शमर शेष है, नहीँ पाप का भागी केवल व्याध, जो तटस्थ है, समय लिखेगा, उस्का भी अपराध । पृय दीपक, म आज एक हिन्दीको कविताबाट तटस्थता, स्वतन्त्रता, प्रतिबद्धताबारे छलफल सुरु गर्दैछु । कतारका कयौँ प्रष्न र जिज्ञाशाहरुबाट म ओझिलिन सक्दैनथेँ। हामीले संक्षिप्तै भए पनि विगतका पत्रमा त्यहाँको नेपाली सकृयता, आदिवासी जनजातीको आन्दोलन,प्रवाशी नेपाली साहित्य र नेपाली नियोग र प्रवासी नेपालीहरुको नियोगसंगको आपसी संबन्धमाथि चर्चा गरेँउ । विषय,प्रसंग र सन्र्दभ मात्रै कतार बनेको थियो तर, हाम्रा छलफलले सार्वभौम चरित्र ग्रहण गरेकै थिए । विषयको त्यो उठान मात्रै थियो, दीपक । एकल विषयमै केन्द्रित रहेर अन्य स्थानमा विस्तृत चर्चा गर्ने नै छु । गर्नु पर्छ पनि । अझ श्रममैत्री नीति र विधी कसरी निमार्ण गर्ने र अन्य राजनीतिक पार्टीका विदेशनीति निमार्णमा भूमिका खेल्ने मित्रहरुसंग पनि यसविषयमा व्यापक छलफल गरेर जनमत स्रिजना मात्रै हैन् वैधानिक उपाय र विदेश मन्त्रालयका सोचमा पनि क्रमभंग गर्न आवस्यक छ नै । आजको छलफलको चुरो भनेको तपाईले उठाउनु भएको अर्को गंभिर विषय र मलाई छोएको प्रसंग हो । त्यो के भने “तपाईहरु जस्तो बौद्धिक व्यक्तित्वहरु पार्टीको लौह–अनुशासनमा बस्दा आलोचनात्मक क्षमता गुम्न जाँने र पार्टीका हरेक कृयाकलापलाई समर्थन गर्नुपर्ने बाध्यता हुँदा पार्टीले तेस्रो आँखा गुमाँउँछ । बौद्धिक पहरेदार गुमाउदैँ कतिपय पार्टीहरु मैमत्त बन्न पुग्दा युगिन सैद्धान्तिक विषयमा विचलन हुँने, जनसरोकारबाट टाढा हुँने, विमैत्री वर्गसंबन्ध हुँने भएकाले पार्टीका सर्वमान्य सिद्धान्त र सपना ध्वस्त भईरहेका कुरा अन्य शुभचिन्तकहरुले टुलुटुलु हेरिरहनु पर्ने वा समय गुज्रिएपछि मात्र थाहा पाउने हुन सक्छन्् । नेताहरु मालिकमा फेरिन सक्छन्, लोकपृय पार्टी फसिस्टमा फेरिन सक्छ । नेतृत्व सकरात्मक र ध्वसात्मक आलोचना, सुझाव र सल्लाहा सुन्न नसक्ने र गुटमा रमाउने एवं भजन मण्डलीको घेरामा रमाउने हुँन सक्छ । त्यसो हुँदा पार्टी अल्पकालिन शासन सत्तामा पुगे पनि सत्ताको कालो चस्माले यर्थातबोधबाट टाढिन्छ् । त्यसो हुँनबाट जोगाउन पार्टी राजनीति र ततकालिन सत्ता राजनीतिको आलोचनामक क्षमता राख्ने सकरात्मक सोच भएका बौद्धिक समूह पार्टीकरण हुँनवाट टाढै रहनु उचित हुँदैन र !” तपाईले अति संवेदनात्मक जिज्ञाशा राख्नु भएको थियो । यो नेपालको संन्दर्भमा त लागु हुन्छ नै अझ संसारमै बौद्धिक तप्काले आफना भूमिका विर्सेपछि त्यो शिक्षत र सत्ताको हित अनुसारको सल्लाहाकार मात्र बनेको पनि पाईन्छ । अहिले अतिदक्षिणपन्थी अमेरिकी रिपब्लिकनका सल्लाहाकारहरु कुनै दिन वामपन्थीहरु रहेको र नेपाली काग्रेसकै पनि कतिपय सल्लाहाकार, सौर्दन्यचिन्तक र मिडियाकर्मीहरु वामपन्थी पृष्टभूमिकै रहेका तपाईलाई थाहा नै छ । अझ मित्र, मुखमा सुविधाको कस्मेटिक प्mलेवर लागेपछि त वर्ग सिफट हुँनु र आफनै वर्गलाई धोका दिएर नक्कली कूलिन बन्न चाहाँनु नेपाली आधुनिक शिक्षितहरुको परिचय नै बनेको छ । शिक्षित र बौद्धिकतामा फरक भएको कुरा बारम्वार तपाई दोहोर्याउनु हुन्थ्यो नै । समयको अभावले यस विषयमा लामो छलफल हुँन नसके पनि यदी सेन्सरहीन कुरा गर्ने चेत पार्टीमा रहँदैन भने त्यो भजन मण्डलीमा फेरिन्छ भन्ने विषयसंग भने म सहमत छु । म अहिले साहित्य स्रिजना, पूस्तकमा भूमिका लेखन, विमोचनमा सरोकारहीनहरुको उपस्थिति, पुरस्कार घोषणा, दाता र दान थाप्नेहरुको त्यस्ता कार्यक्रममा सरोकारहीन र संवेदनाहीन मान्छेहरुलाई प्रमुख अतिथी बनाँउदा तपाईले भनेजस्तै सत्ताको त्यो कलामय र भद्र दलालीभन्दा अरु देख्न पाँउदिन । त्यो कुरुप पक्ष हो नै । अव कुरा गरौँ... स्वतन्त्रता,तटस्थता र प्रतिबद्धताको । यो बहस संसारमै बुद्धिजिवीहरु बीचमा चल्दै आएको हो । याँन मिर्डल स्विडेनका त्यस्ता बामपन्थी बुद्धिजिवी हुँन संसारमै जहाँ सर्घष हुन्छ त्यहाँ उनी अग्र गंग्तीमा देखिन्छन, सहभागी हुन्छन । उनी आफैँ भन्छन....स्वतन्त्र तर प्रतिवद्ध माओवादी हुँन भनेर । तपाईलाई थाहा नै होला । हालै उनी भारतको सर्घषमय क्षेत्रमा पुगेर फर्कदा लामो आख्यान जुहारलाल युनिभर्सिटीमा दिए । उत्तरपूर्व भारत र कश्मिरमा एक्यवद्धता जनाए । तब विष्वको ठूलो प्रजातन्त्रले उनको भिसा खारेज गरिदियो । बोल्नुको अर्थ र मूल्य युगिन अभियन्ता जुलियन ऐसेगेले बेलायती धम्की कसरी खप्न परिरहेको छ ? । नोम चोम्स्की ,एडवार्डो गिलियानोको बारे मैले तपाईसंग धेरै चर्चा गरिरहनु परोइन । तर मेरो पार्टीप्रतिको प्रतिबद्धता र आलोचनात्मक चेतलाई नियाल्न स्वयं मेरो भूमिका अध्ययन गर्न आग्रह पनि गर्दछु । गुटमा रमाएको पार्टीसत्ताले दिएको जिम्वेवारी र गरेको अपेक्षा नियाले पनि हुन्छ । मलाई पार्टीमा भन्दा पनि आन्दोलनको मान्छे हुँ भनेर सोचिदिन अनुरोध छ है । गुटमा रमाउन नसक्दाको पार्टीसत्ताको कोपभाजनलाई यहाँ उल्लेख गर्दिन, अझ गुटको हास्यास्पद उपहार त सजाएकै छु । मेरो आबद्धताका किन त भन्ने प्रष्न जोड्दार तरिकाले उठाउँनु भयो । त्यसबारे मेरो भनाई यतिमात्र हो.... अग्रगमनको कार्यकारी शक्तिलाई आफैँले गरेका प्रतिबद्धता,देखाएका सपना र सपनालाई गरिएको नेतृत्वबाट च्यूत हुँनु हुँदैन र गतिशीलतामा चुक्नु हुँदैन भनेर दिइने आन्तरिक खवरदारी र दवाव पनि हो । हरेक सत्तालाई आलोचना र क्रिटिक सुझाब मन पर्देन । चाहे सरकारमा होस् अथवा पार्टीसत्ता वा अन्य कुनै सत्तालाई । विद्धान राजा बनाउन तम्सेको ल्पेटोको हविगत दासमण्डीमा बेचिनु परेको कुरा तपाईलाई थाहा नै छ । यो कुरा हाम्रो पार्टी मात्रै हैन नेपाली काग्रेसमे पनि दिवंगत भिम बहादुर तामागं, दिवगंत जगनाथ आचार्य लगायत दुर्गा सुवेदी, रामहरी जोशी र नरहरी आचाईलाई कार्यकारी नेतृत्वले दिएको भूमिका र गरेको व्यबहारबाट प्रष्टिन्छ नै । यो सत्ता सस्कृतिको नेपाली निरन्तरता नै मानिदा हुन्छ । बौद्धिकहरु हरेक पार्टीमा सल्लाहाकारको भूमिकामा हुँनु पर्दथ्यो । त्यसै अनुसारको भूमिका निर्वाहा गरिनु पनि पर्दथ्यो । तर, तपाईले भनेको कुरा मार्मिक कहाँ छ भने यहाँ भजनमण्डली तयार गरेर नपुंगसक चेत निमार्ण गर्ने र लालदाश तयार गर्ने सत्ता सस्कृतिको निरन्तरता नै प्रगतिशील शक्तिहरुले पनि अपनाएको पिडादायी पक्ष । हामीले जनयुद्धकै बेला सर र दाई सस्कृति हुर्कायौँ । कमरेड बन्न र बनाउन सकेनौँ । वर्ग विभेद त्यहीबाट सुरुभयो । यसलाई हुर्कायौँ, मलजल ग¥योँ र निरन्तरतामा क्रमभंग गर्नै भने सकेनौँ । मैले एकपटक समकालिन राजनीतिक मित्र र अहिलेका मेरा नेतालाई सर नसोचेर कमरेड जस्तो ब्यबहार गर्दा अनेकौ मानसिक पिडा र भूमिकाबाट बन्चित समेत हुँनु परेको गौरवता अझै सम्झन मन लाग्छ दीपक जी । चिन्ता र आस्चर्यको विषय भनेको यही हो । काग्रेशका बीच प्रजातान्त्रक हुँनु र कम्युनिष्ट बीच द्धन्दवादी हुँनु भनेको नेपाली बोीद्धकहरुमा अत्यन्तै जोखिम उठाउनु हुन्छ नै । तर, कार्यकारीहरुलाई नैतिक दवाव दिन पार्टी प्रतिबद्धता भएपछि मात्र नैतिक साहस मिल्छ न की रमिते,तमासे र पेटी किनारामा बसेर उपदेशक बन्दा । पण्डित बन्दा । कम्युनिष्टहरुमा यो अवस्था तिसको दशकमै एण्टिनियो गम्स्कीले देखेका थिए । आशा र भरोशाको केन्द्र बनेको सोभियत रुसमा वर्ग सिफ्टर अभियान खुब चलेको थियो । नेता कार्यकर्ताहरु बीच विभेद पैदा भई सकेको थियो । त्यसैमा टेकेर वर्गवैरीहरु प्रतिक्रान्तिकारी खेल खेल्दै थिए । निम्युन क्लातुराको जगजगी थियो । तब ग्राम्स्कीले लेखेको प्रिजन नोट बुक अहिले पनि तपाई हामीले यो कार्य, कारण र परिणाम बुभ्mन आग्रहहीन अध्ययन गर्नै पर्छ । अझ कहिल्यै भूमिका प्रकाशित नभएको जार्ज अरवेलको एनिमल फर्मल त छुटाउनै हुँदैन । हरेक आन्दोलनले आन्दोलनकै बौद्धिकतप्का र मनोदशा निमार्णकर्मीहरु जन्माउनु पर्छ भनेर ग्राम्स्कीले त्यसै भनेका कहाँ हो र ! अझ उनले सचेत गराएको पक्ष भनेको आन्दोलनमा जन्मेका बुद्धिजिवीहरुमा मुखमा सुविधाको कस्मेटिक फेल्वर लागेपछि स्वंयको विगत भूमिकालाई बन्धकी राख्दै कूलिन कहलिने मोह हुन्छ । वर्ग सिफ्प्ट गर्दै विगतलाई धारेहात लगाँउदै सभ्य कहलिन खोज्छन । जैविक बुद्धिजिवी र वर्चस्वको प्रष्न त्यतिकै उठाएका विषय हैनन् उनले.... मित्र । अहिलेको जटिल संक्रमणकालमा सबभन्दा प्रगतिशील पार्टी रोज्नु र त्यहाँ सक्रियता देखाउनु आफूलाई रमिते, तमासे नबनी आन्दोलनमा जोडिनु हो भन्ने मेरो ठहर हो । अझ यो विषयले छलफलको माग गर्छ । अहिले नेपाली वौद्धिकहरुले खेलिरहेका भूमिकाबारे पनि छलफल गरिनु पर्छ ....दीपक । अहिलेलाई भने बिदा है । तपाईको नरेन्द्र jan aawhan 18 jan 2013

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home