शब्द, रंग र रातोपाटी
शब्द, रंग र रातोपाटी सपांदकज्यू तपाईले आप्mनो महापथको (ग्रेट वे अनलाइन) अर्को न्वारन रातो पाटी भनेर गर्नु भएछ । जन–आव्हान , ग्रेट वे र रातो पाटीको संपादकलाई यो पत्र । यसमा बधाई र चुनौति दुबै छन् । शब्द अक्षरहरुको संगठन मात्र हैन् । यो सन्देश, भावना, प्रतिबद्धता, सपना, आशा, विश्वास, संवेदना र विश्वासका चित्रकारी पनि हुँन । म मान्न तयार छैन– शब्दको अन्त, सिद्धान्तको अन्त, भावनाको अन्त, सपनाको अन्त, इतिहाँसको अन्त, क्रान्ति र संर्घषको अन्त । अन्तका शौन्दय शास्त्री उत्तर आधुनिकतावादीहरु हुँन । अन्तको बुर्की हसुर्न उनीहरुलाई नै दिँउ । प्रोफेसर मेनेजर पाण्डेको शब्द सापट लिने हो भने –सबै चिजको अन्त भयो भने अन्तको विमर्श गर्ने तिम्रो चाही अन्त भएन र ! अन्तः भन्ने तिमी थाक्यौ हौला । तर, थाकेको छैन, जिँउदो छ र हुँनेछ सपना । शब्द लक्ष र मार्गचित्रको उदघोष ।” हो, प्रो. पाण्डे ....पक्कै हो । अनी .रातो पाटी प्रकाशनमा बधाई र चुनौति दुबै स्वीकार्न सक्ने संपादकज्यू तपाईको विगत हो । तर, विगतलाई पोलेर खाँने हाम्रो समाजमा अनेकौँ नायकहरु छन् जो खलनायकमा फेरिइ सकेका । त्यसलाई तपाईले ध्यान दिनै भएको छ । नायकत्व बचाएर प्रेरक बनीरहन सक्नु भनेको कस्तो चुनौति हुन्छ भन्ने कुरा ऐना सामुने उभिने भावुक मनुवालाई मात्र थाहा हुन्छ । आगतका दिनमा अरुलाई जस्तै तपाईलाई पनि अहिलेको आप्mनै भूमिकाले कठघरामा नउभ्याउला भन्न भने सकिदैन् । आझ तपाई लेखक मात्र कहाँ हो र ! हरेक अक्षरहरु लेख बनेर पाठकहरु सामु पुग्न पनि तपाईको पहरेदारीबाट बाटो छिचोल्नु पर्दछ । संपादकज्यू पत्रकारिता एउटा व्यबसाय हो कि ! उदेस्यको बाहक ? यदि व्यबसाय हो भने व्यबसायका आप्mनै मान्यता हुन्छन् । फाईदा त्यसको पहिलो कर्म । त्यस कर्ममा सबै कुरा जायज हुन्छन् । छम्य हुन्छन । तर शब्द र रंगको चयन जसरी तपाईले गर्नु भएको छ त्यसतै रातो पाटी र महापथबाट भिन्न अपेक्षा हुन्छ नै । अरुलाई बोलिदिए पुग्छ तर एउटा लेखकलाई आफनै लेख, रचना र कृति प्रति न्याय गर्न सकेन भने लखेटिरहेको हुन्छ । लेखकले त्यसै लेखिदिँदा आफनै शब्दहरु बौलाएको रागोँले हान्न लखटे झै लखटदछ पो । हामीले कयौँ लेखकलाई देख्दछौ उनीहरु आप्mना आग्रहलाई कृति बनाउन खोज्दा बाउन्ने बनेका र मनोरोगले सताएका । लतारिरहेका । आग्रहलाई पूष्टि गर्न खोज्दा स्वयं भासी रहेका देख्न पनि सक्छौँ । एउटा शक्तिशाली नेपाली कलममा प्रदिप नेपालको थियो । वर्ग सर्घषको भट्ीमा खारिएको दुख र पिडाले तिखारिएको, मानविय सपनाले चित्रमय अक्षर सपना वाढन सक्दथ्यो । तपाईले देउमार्ईको किनारमा, सुर्यमानको बाल्यकाल, मुक्त आकासको खोजीमा पढनै भएको छ । जब एउटा लेखक माथी राजनीतिक अग्रह सवार भयो, आग्रहलाई शब्दवाणी दिन उनले कलम समाए– लेखियो, “आकास गंगाका तिरैतिर” । उनले अग्रगमनकारी माओवादी जनयुद्धलाई विभत्स ग्रन्थ बनाईदिए । नकरात्मक र प्रतिकृयाको साहित्य रचनाले मनोभाव छुन्छ भन्ने मिथ्याचेतले उनलाई डो¥यायो । त्यसको अन्यपक्षमा समेत देखा पर्दा आप्mनै कुनैदिनको नेता बामदेब गौतमलार्ई संसारकै महाभ्रष्ट लेखिदिए । सार्वजनिक दण्ड टुडिखेलमा दिन भनेर कुर्लिए । कस्तो विडबंना ती नै गौतमलाई कमरेड नेपालले अहिले नेता मान्नु परेको छ । राजशाहीको दवदवा कालमा सशक्त कथाकार नयन राज पाण्डेको “निदाए जगदम्बे” नामक कथा संग्रहको “निदाए जगदम्बे” भन्ने कथा पढन विषेश आग्रह गर्दछु । जसरी निकोलाई गगोल बारे अलेक्स जेण्डर हर्जेनको सानु चिठीमा छ त्यस्तै लेखकहरु बारे नयनका कथाहरुमा छ । अझ भिन्न चिन्तन र कित्ताबाट आएको साहित्यक कर्मी हो नयन । उस्ले कहिले पनि लाल सलाम भनेन । दन्दात्मक भौतिकबादको व्याख्या गरेन । यो नै प्रगतिशील लेखनको पहिचान हो । शब्द सामथ्र्य हो । यूगको आवाज कुर्लिन कुनै पार्टीको परिचय पनि आवस्यक हुँदैन । नयन पाण्डेले अन्य लेखन जस्तै लु उपन्यासमा राष्टवाद घन्काए, आपतकालमा प्रतिकको मार्फत सबभन्दा ज्यादा शब्द सामथ्र्य र वाणी दिए । तर, जीवनमा कहिले पनि मुठ्ी कसेर लाल सलाम भनेनन्, मैना चलचित्रका पटकथा लेखकले । निदाए जगदम्बे कथा सग्रहमा कसरी समयको गति र खलनायकहरुका विभत्सता भन्नेवारे पढन पाईन्छ । हामी हाम्रा आग्रह र आवेगमा छिटै बात लगाउन पुग्दछौ । कालान्तरमा लेखकलाई त्यसले टोक्छ । मेटन सकिँदैन आफनै भनाई । तब या त पछुताउनु पर्छ या त त्यही मिथ्या चेतले लतारिरहनु पर्छ । आवेगको दुश्मिनी विवेकमा पछुतो बन्छ मान्छे । खुलस्त स्वीकार्न उस्को दम्भले दिदैन । जनयुद्धकालमा क्रान्तिकारी बन्न कयौँ कमरेडहरुले डा. भट्राईलाई खेध्न थाल्दा यस कलमकारले जुनीको ओडारमा सुनाएको कबिताको हेक्का राख्नुस त सम्पादकज्यू वशिर बद्रको कबिता । यो कबिता ततकालिन बाचनमा म अहिले गर्वित हौँ कि पछुताँउ ! दुश्मनी जमकर करो, मगर यह गुंजायस रहे अगर कभी हम दोश्त बन जाए तो सर्मिन्दा न हो । राजनीति भावनाले चल्दो रहेनछ, स्वतन्त्र चेत स्वीकारिँदो रहेनछ । सामान्ती सस्कृति जहिले पनि पछुवा खोज्दोरहेछ । सेन्सरहीन आवाज काउसो बन्दो रहेछ शक्तिलाई । अहिले लालसाको चास्नी वेगरको हृदय आवाज माथी बर्सिएका भालाहरु र रक्ताम्मे भएका कलमको पिडा संपादकले अझ बुझेको हुँनु पर्दछ । शब्दले मात्रै हैन् रंगले पनि पक्षधारिता लिन्छ । जनमत संग्रह ताका पहेलो रंगलाई पंचायत अर्थात यथास्थितिको प्रतिक बनाईयो भने निलोलाई परिवर्तन अर्थात बहुदलको । तपाईले रोज्नु भएको समग्र परिवर्तनको भाव क्रान्तिको पृय रंग रातो । सहादतको स्मरण सहिदी रंगलाई परिवर्तनको भाव पोख्ने रातो पाटी नामाकरण गरेको हुँनुपर्दछ । रातो झण्डा उठाएर क्रान्तिकै विरुद्ध उभिने र सेतो झण्डा उठाएर शान्तिकै विरुद्ध खडा हुँने नेपालमा एउटा सिण्डिक नै तयार भएको छ । सेतो अर्थात शान्तिको प्रतिक । जब यथास्थितिको शौन्र्दकरण गर्न, अग्रगमनको विभत्सता गर्नु र दोहोलो काढनु शान्तिको प्रतिक सेतो झण्डा उठे तब त्यसको प्रतिकृया रातोमा दिएको हुँनु पर्दछ । जब निर्णायक क्षणले संघारको वार पार हुन्छ तब कोही पनि शून्य समयमा उभिन सक्दैन । सबै पहेँलो पर्दाथ सुन नभए झै हरेक सेतो शान्तिको प्रतिक पनि हुँन सक्दैन् । कस्ले कुन झण्डा उठाएको छ, कस्ले शुन्दर आर्दश वाणी बोलिरहेको छ र त्यसभित्रका उदेश्य पनि नियाल्नु पर्दोरहेछ । बेसासनमा बस्नेहरु सबै पण्डित हुँन सक्दैनन् । हरेक बाईबलका ब्याख्याताहरु पादरी हुँदैनन् । सायद सेतो पाटी शान्तिको पक्ष नभएको ठहर र जवाफ रातो पाटी हुँन सक्ला । त्यसलाई सुक्ष्म आाखाले मात्र ठम्याउन सकिन्छ । तपाईको त्यो आउँने र निरनतरताको भूमिकाले प्रष्ट्याउला । तर आग्रह र प्रतिकृया नै कसैको चालक शक्ति हुन्छ भने निन्दारस उस्को क्षणिक सन्तुष्टिको साधन हुन सक्छन है । सचेतताको पक्ष हो यो । तपाईको शब्द र रंग छनौट आफैँमा अर्थपूर्ण सन्देश र प्रतिबद्धताका उदघोष हुँन । त्यसका मर्म चिरस्थिाई बनाउने चुनौति मै तपाइलाई शुभकामना र बधाई दिन सकिन्छ । तर, कुनैदिनका बधाई कतिपयलाई कुनै दिन घाँडो पनि बनेको छ । त्यसबाट भने तपाई जोगिनु हुँनेछ विश्वस्त छु । यो विश्वासलाई धोका हुँने छैन, संपादकज्यू । मैले गोगल र हार्जेन पढेको छु । http://www.ratopati.com/2013/06/14/71027.html
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home