Sunday, May 10, 2020

सूचना र प्रोपोरगण्डा

सूचना शक्ति हो तर प्रोपोगन्डा भने सामाजिक एड्स रोग हो । हामीहरुमा मिडिया साक्षरता अत्यन्तै न्यून छ । हाम्रा सोच, मान्यता र धारणा निर्माता मिडियामा आएका सूचना र प्रोपोगन्डा बुुझ्न केही गम्भीर प्रश्नको उत्तर खोज्नु पर्ने हुन्छ । के हाम्रा सोच आफ्नै मौलिक नै हुँन ? के हामीले प्राप्त गरिरहेका ज्ञान र सूचनाहरु स्रिजनात्मक त छन् ? आईरहेका समाचार र विचारहरु कतै प्रोपोगन्डा वा छम्द युद्द त हैन् ? किन नकरात्मक र उत्तेजित समाचारको पर्खाईमा नै उपभोक्ता कुरिरहेका हुन्छन् । किन अल्पायूमै समाचारहरु मर्छन, जीवनलाई प्रभावित बन्न सक्दैनन् ? किन संवेदना जागृत गराएर परिवर्तनको आवाज भूलिदिन्छन् ? समाचार कसरी उत्पादन हुन्छ र समाचारको स्वामित्व कसले, कसरी राखिरहेको हुन्छ ? स्वामित्व स्वामित्व बुझेर मात्र त्यसैका आधारमा मिडियाका सामाग्री र पक्षधारिता बुझन सकिन्छ । किन ठूला उध्यमीहरुले अर्को एउटा उध्यम मिडिया हाउस पनि खडा गर्छन ? एउटा ब्रोडसिट पत्रिका तयार हुँन झण्डै ४५ रुपिया लाग्छ तर उपभोक्ताले मात्र १० मा पाँउछन् । संसारभरी नै लागत मूल्यभन्दा अत्यन्तै सस्तोमा पाईने वस्तुु भनेको शायद पत्रिका मात्रै हो । नेपाली मिडिया कसरी चलेका छन् ? त्यस्तो मिडिया कुन हित साध्ने कस्को हतियार बनिरहेको छ ? बुझ्न कठिन हुँदैन् । अख्तियार प्रमुख लोकमान र डा. गोविन्द केशीको पक्ष र विपक्षमा बाडिएका नेपाली मुख्य मिडिया हाउस नियाले पुग्छ । मिडियाको अन्तरकथा नियाल्न राज्यका उच्चपदमा नियुक्ति समयमा को, कस्केा कसरी लविग गरिरहेको हुन्छ भनेर जान्नुपर्ने हुन्छ । प्रसिद्द पत्रकार जाँन पिल्गरको भनाई छ– १९८३ सम्म विश्वकै प्रमुख मिडियाका मालिक ५० थिए, जस्का अधिकासं अमेरिकी करपोरेट हाउस थिए । त्यो शख्या २००२ मा घटेर सिर्फ ९ रहन गयो । २००९मा सो घटेर झण्डै ५ रहन गएकोछ । मिडियाका छत्रपति महाराज रुपर्ट मर्डोकको भनाई छ – आँउदो समयमा त्यो अझ घटेर ३ मा पुुग्ने छ र त्यसमध्य १ म नै हुँनेछुु’ । भारतको स्थिति पनि भिन्न छैन् । भारतको सवभन्दा ठूलो मिडिया ग्रुपका मालिक रिलायन्स ग्रुपका अध्यक्ष मुकेश आम्वानी हुँन । प्रसिद्द पत्रकार पी सायनाथको भनाई छ–पत्रकारितामा टिकिरह्यौ भने ५ वर्षमा हामी सवैको मालिक उनै हुँनेछन् । नरेन्द्र मोदीको विजयको आवेग तयार गर्न र छवि निमार्ण गर्न अम्वानीको भूमिका कसैबाट छिपेको छैन् । ढिलो न चाँडो त्यसको असर नेपालमा पनि नपर्ला भन्न सकिँदैन । मिडियाको स्वामित्व अनुसार नै मिडिया सामाग्री चयन र समाचारको कोण पनि निर्धारण हुँने गर्छ । त्यसैले के सोच्नुपर्छ भन्ने जनमतको सोचको निर्धारण पनि उनीहरुकै आक्रमक, कलामय र मनोवैज्ञानिक हस्तक्षपद्वारा मिडिया गर्छन । विकल्परहित संसार त हुँदैन् । त्यसलाई चुनौती बढ्दो सामाजिक सन्जालले दिईरहेको पनि छ । प्रेश काउन्सिल राज्यसत्ताको चरित्रनै फेरिएको मुलुकमा संन्चार नीति के कस्तो हुँन पर्छ ? भूूसंवेदनशील देशमा मिडियाबाट भईरहेका ट्याक टु डिप्लोमेसीको काउण्टर योजना के–कस्तो हुँनु पर्छ ? लेखेको कुरालाई ब्रह्म वाक्य र वोलेको कुरालाई देववाणी सोच्ने एउटा समाज छ भने अर्कातर्फ छिनछिनमै अभ्यागत प्रविधि पहुँच समूह पनि रहेको छ । अहिले आग्रहको छम्द युुद्द प्रोपोगन्डा सिण्डिकेटमा सक्रिय छ । गम्भीर विशेषलाई सामान्यीकरण र सामान्यलाई बिशेषीकरण गर्ने अभियान छ तर राज्यसंग त्यसलाई चिर्ने कुनै चिन्तन छैन् । प्रेश काउन्शीलको अवस्था दयनियता र बबुरो छ । काउन्सिलकै संरचनामाथी पनि बहस आवस्यक छ । राज्यको संरचना चरित्र संघात्मकतामा गईसक्यो । अहिलेकै जस्तो काउन्सिलले आफ्नो कर्म र धर्मको औकात र क्षमता त राख्छ ? के उसलाई कानुनी अधिकार सम्पन्न राज्यले गरेको छ ? अर्को पक्ष छ, उस्को नैतिकपूजीँ नियाल्न काउन्सिलकै वर्तमान र पूर्व पदाधिकारीद्धारा सम्पादित मिडिया नियाले पनि पुुुुग्छ । राज्यको संचार नीति काउन्सिल गठनको तस्विरले पनि छर्लग हुन्छ । मिडियालाई नियमन, निर्देशन र आर्दश सिकाउने प्रेश काउन्सिल नै हो । अर्कोतर्फ जोसंग स्वयम आर्दशको नैतिक पुँजी हुँदैन् उसले अन्यपक्षलाई न नैतिक पाठ सिकाउन सक्छ न कानुनी घेरामा ल्याउँछ । काउन्सिल जुुझारु बन्न नसक्नुमा कानुनी हतियारको कमजोरी हो । चाहेर पनि कुनैपनि आर्दशवादी काउन्सिल नेतृत्वले भारतीय प्रेस काउन्सिलका पूर्व अध्यक्ष मारकन्डेय कटाजु जस्तो बन्नै सक्दैन् । हाम्रो पत्रकारिता राम्रो पत्रकारिताले समाजको भित्र संवाद तयार गर्छ, नयाँ र उन्नत बहस स्रिजना गर्छ र चेतनशील प्रतिपक्ष जन्माउछ । सूचना र वौद्धिक खुराख दिन्छ । राष्ट्रको समान धारणा विकास गर्छ र समान विदेशनीतिको भाव तयार गर्छ । आलोचनात्मक र वैज्ञानिक चेत निमार्ण गर्छ । तर अहिले निगमीकरणको अभ्यासमा बामे सर्दै गएको ‘व्यबसायिक पत्रकारिता’ र त्यसलाई पनि पछ्याउन नसकेको आग्रही पत्रकारिताले कस्तो समाज निमार्ण गर्दैछ ? यनजियोकरण र आग्रहपीडित मिडिया बन्यो भने समाजको सोच र राजनीति कता तिर लाने प्रयत्न होला भनेर नियाल्न प्रोपोगण्डा सिण्डिकेट नियाल्नुपर्छ । मिडियामा अहिले एउटा खतरनाक प्रबृत्ति विकास भईरहेको पनि छ । त्यो हो– मिडियालाई राज्य र आफुलाई शासक सोच्ने । तर मिडिया हाउस र त्यस्तो पत्रकार यो सोच्दैन कि ऊ शब्द कोरल्न सक्छ, छाप्न वा प्रशारण पनि गर्न सक्छ, दाताका भजन गाँउन र कसैलाई नायक वा खलनायक सावित गर्ने प्रोपोगन्डा पनि मच्चाउन सक्छ तर ऊ के सोच्दैन् भने उसले उत्पादन गरेका समाचार र विचारलाई जनमतले आँखा चिम्लेर विश्वासनै गर्छन् भन्ने विश्वास छैन् । त्यस्ता छम्द अभ्यास चिर्ने समाजिक संजाल र इन्टर नेट पत्रिकाले अहिले कुरातिर भने ऊ ध्यान दिँदैन् । किन मान्छे केही मिडियादेखी आतंकित हुन्छ ? अभिभावक सोच्नै सक्दैनन ? त्यस्ता मिडियासंग न नजिक हुँन चाहान्छ् न टाढा । आखिर यो अवस्था किन र कसरी उब्जियो त ? अब सूचनाको ब्यापार र खेलो गरेर समाचारमाथीको हैकम कायम गर्न नसक्ने अवस्था आयो । अन्तमा मिडिया बुझनु भनेको आफ्नो सोचको आफैँ मालिक बन्नु हो भने सोचका अपहरणकारीबाट उम्कन र आलोचनात्मक चेतको रक्षा गर्नु पनि हो । प्रोपोगण्ण्डा हाम्रो जीवनलाई तीब्रताकै साथ प्रभावित गरिरहेको छ । जाँन पिल्गरकै शब्द सापटी लिँदा यतिमात्रै हैन् –प्रोपोगन्डा आज एउटा अदृस्य सत्ताको प्रतिनिधीत्व पनि गर्छ । जनअस्था असैाज ५ गतेबुधवार

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home