मिडियाबारे (डायरीका पानाबाट)
सबैभन्दा नजिककाहरु र सबै भन्दा साना कुराहरुबाट नै हाम्रो जीवनमा खतरा छ, कारण हामीलाई सिकार बनाउने सम्बन्ध र परिस्थितिहरु पहिला दिमाग कब्जा गर्छन् अनि हामीलाई सिध्याउछ्न ! सिकारीहरुदेखी सावधान मित्रहरु !! ++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++= मिडिया चेत समाजमा जुन वर्गको पकड् हुन्छ, हैकम चल्छ त्यसैलाई मूलधार भनिन्छ । त्यहाँ संख्या र प्रतिशतको कुनै अर्थ रहँदैन । त्यसकारण पनि मूल धारका भनिने मिडियाले बहुजनको प्रतिनिधित्व गर्छन् भन्न सकिँदैन । जति ठूलो मिडिया छ उस्को पहुँच, सम्पर्क र स्वार्थ पनि त्यतिकै ठूलो हुन्छ । 27 May 2017 • तिमी भन्थेउनीः लेख्नका लागी लड्, लडनकालागी लेख । पृय सेन... मेरा कलमका निप भाँचिएका छन्, बन्दुकमा खिया लागेका छन, टेप टासिएका छन् मुखमा.... गाउन शक्तिन..... गितहरू। अब मसंग कुर्लिदैनन् नारा । गित र कबिता लेख्न अक्षर कोर्छुः बनिदिन्छन भजनहरू । झुक्किएर तिम्रा हिजाका दाैँतरीलार्इ ख्वामित भन्नुपर्नेमा कमरेड भनिदिएछु । हो, तव नै फेरिएछ, सवैथोक । माफ गर इच्छुकः अाज म तिम्रो फेरी अर्को सराद्दे गर्न गर्इरहेकाे छु,श्रद्दान्जली भन्दै हुने खेल सहज ज्ञानले मात्र समाचार, समाचारजनित विचार आग्रहका खेल बुझ्न र खुट्याउन सकिँदैन। त्यसका लागि हाम्रै परिवेशमा भएका सकार र नकार खेल, खेलभित्रको झेल बुझ्नु नै मिडिया साक्षरता हो। तबमात्र मिडिया उपभोक्ता मिडियाले थोपरेका सोचभन्दा मौलिक चिन्तन र भूमिकामा उभिन सक्छन्। 12 July 2017 • साच्चैका पत्रकार मित्र र मिडिया सरोकारजन यो http://dcnepal.com/-11476.html vdo n ado हेर्नुस र सुन्नुस । प्रस्न उठाउनुस । टिम र पार्टी भनेको को हो ? सम्पादक को हो ? माथी को हो ? तल को हो ? प्रस्न किन आवस्यक्ता छ भने मिडियाको विस्वस्नियतामाथी प्रश्न उठेको छ । आचार्य, पत्रकार मात्र नभै उहाँ पत्रकारको ccm र आउने चुनाबमा माहासचिबको प्रत्यासी समेत हुनुहुन्छ । जजस्को नाम सन्केत उहाले सन्केत गर्नु भो ...सिधा र स्पष्ट भाशामा सार्वजनिक वक्तब्य आओस । 5 July 2017 • बीबीसीका बाहानामा मिडियाबारे भर्खर वहस सुरु भयो ।स्वागत ।भ्रम नपरे हुन्छ... कर्पोरेट मिडिया उदयपूर्व नै , बिबिसी तत्कालीन विश्व माहाशक्ती बेलायतको बिदेशबिभाग मातहत उपनिवेसवाद्को रछ्या र समाजवादी खेमा बिरुद्द मनोयुद्द्को हतियार थियो ।बिसको दशक झन आफ्नै लेबर पार्टीका समाचार सेन्सर हुन्थे ।बीपी कोइरालासङ लिइसकेको अन्तरवार्ता समेत बजेन ।यादब खरेललाइ सोधे भयो । हाम्रा नेताहरु भने बिदेशी मिडिया र आइयन्जियो भनेपछि हुरुक्क हुने र कुन धरापमा कस्ले,कहाँ फसाउन चाहेको छ? बुझ्ने झन्झट गर्दैनन । सार्वजनिक कसरी प्रस्तुत हुने वास्ता नै गर्दैनन । pm सचिवालय मिडियाको भूमिका पनि शून्य हुन्छ । वास्ता रख्दैन । प्राधनमन्त्री स्वयम्ले पनि ओहोदाको ख्याल राखनुपर्छ । शेर बहादुर देउवा, अहिले उनी एक ब्याक्ति मात्र नभै देशका मूल कार्यकरी हुन,आलोचकले पनि मर्यादा राख्नुपर्छ ......सरलभासामा पनि गम्भीर असहमती जनाउन सकिन्छ भनेर । 12 July 2017 • १. न्यायिक कामकार्बाहीमा सहयोगको नाममा दातृ संस्थाहरू प्रवेश गर्दैछ्न। जसरी हिजो गैरसरकारी संस्थाले स्थानीय निकायलाई पङ्गु बनाए अहिले फेरि तेहि प्रयास हुदैछ। अब फेरि स्थानीय तहका पधाधिकरीको बिदेश यात्रा सुरु हुन्छ। सुसासनका नाममा बिदेशी घुसपैठ सुरु हुनेछ। निर्वाचित प्रतिनिधिलाई लम्पसाबादि बनाइने छ। २. अब फेरि गाउँ गाउँमा जातीय बिभाजनको खेती सुरु हुनेछ। एउटा अन्तरास्ट्रिय संस्था ठूलो रकम लिएर आको छ अरे। ३. हिजो बाम्पन्थीहरुलाई यिनै गैरसरकारी संस्थाले सिध्याए। ............................................................................................................................यो विचार मेरो नभै एमालेको सिफारिस्का पूर्वमाहान्याय्धिवक्ता युवराज सङ्रौलाको हो । मनन गर देशवाशी,नीति निर्माता र राजनीतिक जिम्दारहरु । 3 July 2017 • गम्भीर विसयलाइ सरलिकृत गर्ने वा बहसहीन बनाउने वा त्यो वहसथलो कब्जा गरिदिने खतरनाक खेल भैरहेछन ।आफ्ना गम्भीरगल्तिको ध्यान अन्त मोडन तैले पनि त त्यो गल्ती गरेको थिस भनेर चोरीजूहारी चल्दैछ।आफ्नाले गरेका अपराधलाइ बचाउने कोसिस भैरहेछन ।यो समाजको मौनताको दुर्भाग्यपूर्ण समय हो ।आफैं समस्यामा नपरे छु मतलम भन्ने समाज तीब्र गतिमा टुटदै गएको निसान हो । 14 July 2017 • सन्दर्भ पत्रकरितामा नैतिकताका प्रश्न:गुरिल्लापत्रकारहरुको यो मौनअवधी हो,जस्लाइ ऐनादेखी आतंक हुन्छ,जस्ले अरुको खलनायकी जन्मपत्री सङालेका हुन्छन अथवा फर्जिसमाचार खेतिको सिन्डिकेट राजनीतिक छाहरीमा चलिरहेको छ । 14 September 2017 • किशोर नेपाल अर्थात सूचना,संवेदना,दृस्टिकोण र समयकाे नाडी छाम्न सक्ने नेपाली मिडियाको एउटा सशक्त स्कूल ।एउटा स्कूल जस्ले अाधा दशकका नेपाल र छिमेकका राजनीतिक,सामाजिक सास्कृतिक परिवर्तनकाे लार्इभ डकुमेन्ट्री अाफना दिमागमा सजाएकाे छ । अाफनै कर्मले अशंख्य मित्र,शुभचिन्तक, बिध्यार्थी जन्माएकाे पनि छ । एउटा ससक्त सामाजिक हस्तक्षेप गर्ने मान्छेकाे सान्दर्भिकता उस्ले कमाएका मित्र मात्रै हेनन् अमित्र,बिरोधी र दुश्मनका हैसियतले पनि उस्लाइ नाप्न सकिन्छ । किशाेरका दुवै छन् । अाजको गुड मर्निग भयाे,किशोर दादा । मान्छेबाट मानव बनिसकेको र ब्यक्तिबाट ब्यक्तित्व बनिसकेको एउटा भिन्न चित्र र चरित्रकोबारे बोल्नु अफैँमा चुनैती हो । त्यसै मध्यमा बिस्मृतका गर्भमा रहनु भएका रूद्रपतिलाल कर्ण एक नेपालगंजका अमुल्य गहना हुँन,जस्को संमान गरेर स्वय भेरी साहित्य समूह अफै सन्मानित हुँने गैरवता पाएको छ । मेरो नमन कर्ण सरलाइ, धन्यवाद संमानगर्ने सस्थालाइ । अब म बोल्छु र बोल्नैपर्छ । नेपालगंजको दोस्रोदशकको शिक्षा र नारायण शिक्षा अभियानको अवस्था, डिबी सिंह,मिस्रजी र संचालक कृषणगोपाल टंणडन जी ... यसक्षेत्रका शिक्षा माहारथी मंगल प्रसाद माडसाव र अवतारदिन चैधरार्इनबारे नबोले नेपालगंजको शिक्षाको इतिहास अपुरो हुन्छ । मलाइ माफ गर्नु होला, केही तिताकुरा पनि गर्नै पर्छ । इतिहास निर्मम भएर भविश्यको बाटो देखाउने हैसियत राख्छ । 13 September 2017 • मिडिया सराेकारवालाज्यू ...किन समाचारको अायु अति छोटो हुन्छ ? र हुँदैछ ? किन समाचारले संवेदना जागृत गर्न सक्दैन ? किन अाजका समाचारहरू अान्दाेलन बन्न सकिरहेका छैनन् ? किन समाचारहरू भ्रषटहरूलार्इ, 'पापीहरूलार्इ',अन्यायीहरूलार्इ अातंक बन्न सक्दैनन् ? किन सराेकारवालाले समाचारलार्इ गम्भिर रूपमा लिँदैनन् ? ए हुजुर.... लाैन, बतार्इदिनुस न ....।. 9 September 2017 • चुनावः भीडलार्इ साेच्न नदेउ प्यारे, अावेगमात्रै भर,भर्दै गर,अावेगी वेलुन फुक्दै रह ।अावेगकाे नसामा लठ्याउ। विवेकी बन्याे भने उ जनता बन्छ । साेच्न थाल्छ । कार्य, कारिणी र परिणाामकाे लेखाजाेखा गर्न थाल्छ । साेचलार्इ हुकुमले बन्धकी राख्नै सक्दैन् त्यसैले अावेग भर। घृणा भर । लाेभ र लालचा देखाउ ... नत्र भने भीड जनतामा फेरिन सक्छ । हाेसियार हाै...अावेगकाे नसा पियाउन नछाेड । हड्डी भित्र लुकेका स्वार्थ ग्रन्थीहरूलार्इ जागृत गरार्इदेउ, असुरक्षाा फैलाँउदै अातंकित बनाउ .... भीडलार्इ,पार्टीलार्इ साेच्न भने नदेउ प्यारे... 7 September 2017 • कंडा हागे (जस्ताे मैले देखेँ) गौरी लंकेशकाे कॉलम ।दृषटिकाेणरहित दृषटि अर्थहीन हुन्छ।कंडा हागे सामने अनेकाै थरी अास र त्रासका चस्माले मन र मस्तिकलार्इ नियन्त्रण र निर्देशन गर्छ । त्यही चस्मा फुकालेकी रहिछन,त्यसैले अजंगकाे पर्खाल भत्काउन सकेकी रहिछन । साहासकी नायिका,कलमबिरंगना गाैरी लंकेस ...सलाम । Narendra Jung Peter 6 September 2017 • मिडियामा अहिले ठूलाे खेल र झेल भैरहेकाे छ । हाम्रा साेच र,बिचार बनाउने मिडयाकाे छमद अाक्रमण बुझन पेड न्यूज र फेक न्यूज मात्रै हैन् अहिले कलामय प्रयाेग भर्इरहेका पोषटट्रथबारे पनि मिडियाकर्मी र मिडिया उपभोक्तालार्इ अवस्यक हुन्छ । प्रस्तुत लेख पोस्ट ट्रुथबारेमा केन्द्रित रहेकाे छ । 27 August 2017 • समाचारको मूल्यः सन 2000मा रामचंद्र छत्रपतिले वक़ालत छोड़र "पूरा सच" नामक पत्रिका प्रकाशन सुरू गरे । भारतनै हल्लाउने एकधार्मिक पाखणडी रामरहिम सिहबारे पूरा सचले सत्य खुलासा गर्यो । त्यसको मूल्य छत्रपतिमाथी सन २00२को २४अक्टूबर राती स्वनिवासमै गोली हानियो र २१ नेभेम्वरमा उनको मृत्यु भयो। वैकल्पिक राजनीति र मिडियाको भूमिकाबारे अभियान चलाउने वकालत छोडेर पत्रकार बनेका छत्रपतिलार्इ सलाम। अन्धविश्वासमा भीडको मनेविज्ञानमा राज गर्ने र धार्मिक उन्मादको राजनीतिक अाशिर्वाद र सरक्षाणकर्ताले समाजलार्इ कहाँ पुर्याउँदा रहेछन भन्ने कुरा भारत हरियाणाको एउटा शहरबाट फैलिएर ६ प्रदेशलार्इ पारेको असर उदाहरण र शिक्षा बन्न सक्छ । मिडिया, कानुन, अदालती फैसला, धार्मिक अतिवादमा भविस्य देख्ने राजनिति र भीडकाे मनोबिज्ञानका नेपाली अध्यार्थिलार्इ भारत हरियाणाके रामरहिम सिंह विषय गम्भीर सामाग्री बन्न सक्छ। सलाम ...कलमबहादुर छत्रपति, सलाम जस्ले प्रकूलतालार्इ सहेर कानुनी लडार्इलड्ने बालत्कृतबिरंगना, सलाम राजनतिक दवाव नसहने पंचकुला अदालत । 26 August 2017 • अधिकांस भ्रषट पत्रकारकाे उत्पादन कारखाना लाेककल्याणकारी बिज्ञापन बनेकाे छ । त्याे सिणडकेटझारा संचालित छ । काउन्शील, महासंघ र सूचना विभाग पनि प्रभावित छन् । हुँनता बजार र करपाेरेटीमिडिया हावी भएकेा बेला राज्यकाे चाैथाे अंग बन्नुपर्ने र्संस्थालार्इ चुत्थाेअंग भन्ने अाराेपीलार्इ बल मिलिरहेकाे पनि छ । समग्र संचारनीतिकै समीक्षा र पुनरावलाेकनकाे अभियान चलाउनु पर्ने बेला महासंघकाे दाेब्बर लाेक कल्याणाकारी बिज्ञापन अभियानले मालिक पत्रकारलार्इ सुखद खवर र लाेकपृयताकाे खेल भएता पनि 'ब्यबसाियक' पत्रकारलार्इ भने अर्थहीन विषय हाे । यसले मिडयालार्इ अझ मयार्दित बनाउन सक्छ भन्ने विश्वास गर्ने ठाँउ भने रहँदैन् । 25 August 2017 • प्रशंग भारतीय हरियाणा धार्मिक दंगाः जे राेपिन्छ,त्यस्तै फसल हुन्छ । धार्मिक अतिवादले भीडलार्इ सत्ताप्राप्तीकाे अाैजार त बनाँउछ तर त्यसले जन्माउने भनेकाे सास्कृतिक फासीवाद नै हाे ।त्यस खेतीकाे ब्याड नागपुरमा राखिन्छ । अनि घृणााकाे राजनििति सवैतिर छरिन्छ । अाज अाफैदेखी लाचार बनेकाे भाजपा सरकार सास्कृतिक फासिवाद उन्मुख हाे जस्काे प्रभाव सार्क मुलुकमा पर्दैछ भने नेपालकाे धर्मनिरपेक्षता पहिलाे शिकार बन्ने छ । Narendra Jung Peter 23 August 2017 • तिर्थ जीको पत्रकार माहासङमा पराजयका कारणमा # 1sT नेपालमा चुनावी रणनीतिको माहारथ एमाले हो । तर,यस्पटक क्याल्कुलेटरले काम भने नगरेकै हो । 2nD चौतारी उम्मेद्वार र स्वतन्त्र उम्मेद्वार उहाँकै शुभचिन्तकले पनि पत्याएनन । 3rd निरवर्तवान कमिटीको दोसको शिकर पनि उहाँ बन्नु भयो ।4rth एमाले भित्रको गुटको टकराहटको साझा एमाले उम्मेदवार भए पनि ह्यविवेट चौतारी नेताहरुको दीलैदेखी उहाँलाई सपोर्ट हुन सकेन । ५th स्टिण्ग अप्रेसन र ngo\ingo पत्रकारिताको स्पष्ट धारणा उहाबात आउन सकेन । 6Th प्रतिपक्षलाई राजनीतिक पार्टीको भन्दै उग्र प्रचार गरिदा प्रतिकृयामा चौतारी एमालेवाट स्वंअन्त्र भन्नेकुरा जगले पय्याउने कुरै भएन । 7th स्वयम तिर्थजी, मन,वचन र कर्मले नै धर्म निरपेपेछ्यता, सङ्गघात्मक,गणतन्त्र लगाएत समाबेशी समानुपतिक चुनवलाइ आत्मासात गर्नु भएको देखिदैन । अत्यन्तै भद्र,शालिन र पाको पत्रकारको पराजयमा भने सहानुभूति छ । Narendra Jung Peter 21 August 2017 • विचारसहितको पत्रकारिता र विचारहीन@ ngo\ingo पत्रकरिता कुन ठिक होला ? आज पत्रकारहरुको चुनाबमा गम्न थालेको छु । 19 August 2017 • कुरा पत्रकारहरुको# नामको सम्बेलन भए पनी यो राष्ट्रिय चुनाव मात्र हो ।चुनाव पनि हैन,विवेकको प्रयोग नभै आदेशमा ठप्पा लगाइन्छ ।नेपाली समाजको अतेन्तै ठूलो हिस्स्सा सोच्ने ठेक्का अरुलाइ दिन्छ र आग्यापलक बन्दा हाइसन्चो मान्छ । मालिक बन्ने लाइसन अरुलाइ सुम्पेकाहरुले पोस्ट त्रुथको खेती गर्दै सत्यविस्थापन गर्न नयासत्य कोरल्छ्न । त्यस्ल्ले एउटा फर्जि मनोबिग्यान बनाएर भिड तयार गर्दै शक्ति खेल हुन्छ। पोस्टत्रुथले सत्य विबेकको हत्या गरेर पुतलाको मान्छे तयार गर्नु हो,जो एन्टि करेन्ट यात्रा गर्न सक्दैन, उस्लाइ मालिक चाहिन्छ । Narendra Jung Peter 17 August 2017 • पत्रकार महासंघको चुनाव: इतिहास छोडौँ भन्दा नी नछोडिने रहेछ । कहिले सम्पती बन्ने, कहिले खेदने। अहिले तिर्थजीलाई त्यस्तै भएको होला । उहाँका विगतका टवीट, फेसबुकका स्टयाटसहरुले परिवर्तनलाई (संघात्मक, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी चुनावी प्रकृयालाई) उहाँले आत्मासात गरेको देखिँदैन् । मैले सयौँ टवीट र फेसबुक स्टयाटस खँगाल्दा त्यही पाँई । उहाँ राजनीति नगर्ने भन्दाभन्दै पनि भिन्न खाले राजनीति गरिरहेको बुझिरहेको थिँए । राजाको सरकारबाट सहयोग लिएको वा थाहामा श्रमजिवी पत्रकारको नियुक्तिको उहाँ बाधक हो भन्ने कुरा मलाई भने थाहा छैन् । 16 August 2017 • हिजो एक संवेदनशील पत्रकारले महासंघको चुनाव प्रति सवैसवैको चाहाना/म्याराथुनका कारण के होला ? भनेर सोधे,तर आज त्यो उनको विषय भने बनेन ।मेरो प्रतिकृया यस्तो थियो -1] पत्रकार स्वयम आवाजहीनको आवाज, कमजोरहरुको अभिभावक हो र स्थायीसत्ताको सदा प्रतिपक्षी नेता र प्रतिनिधी पनि हो । त्यसलै ऊ सामाजिक सम्मानको हकदार हो । युद्दमा हतियारमात्र भएर हुँदैन हतियारकालागी गोलाबारुद पनि चाहिनेजस्तै हरेक राजनीति, आन्दोलन र अभियानको ऊ प्रवक्ता र पहिलो पग्तीको योद्दा पनि हो । त्यसैले यो आर्दश संस्थाको सिपाही मात्रै नभै कमाण्डर पनि बनेर आफनो समकालीन दायित्व पुरागर्न जाने हरेकलाई इक्षा जाग्नु स्वभाविकै हो । 2] अर्कोपाटो पनि हेरौँ...बजारशास्त्रले सर्वत्र विकृति ल्याउदा मिडिया पनि अछतो रहेन । त्यसैले मिडियालाई राज्य र आफुलाई शासक सोच्ने मनोभाव पैदा हुँनु अस्वभाविक पनि थिएन । करपोरेट मिडियाको दवदवासंगै मिडिया चौथोअंगको हैसियतबाट गिर्दै चुथ्थो अंगमा फेरिँदैजाँदा यो दायित्वभन्दा शक्ति र अर्थ आर्जनको माध्याम पनि बन्दै गएकाले नेतृत्वतहमै पुग्ने लालसा बढनु स्वभाविकै हो । शक्तिको भक्ति गर्ने वा आग्रहको तुष्टिकरण गर्नथाल्दा मिडियामा कन्टेन्टमै खेल्न थालिए । पहिला एबीसीको अर्थ एक्युरेसी, ब्यालेन्स र क्रेडिटीबिलिटी हुन्थ्यो, किन र कसरीका उत्तर खोजिँदा समाचारको आयु पनि लामो हुन्थ्यो अव भने एबीसीका अर्थ फेरिए । फस्ट एटेक, सेकेन्ड बार्गनिग र थर्ड कलेक्सन हुँदा त्यसको राजनीतिक सुरक्षाछाता महासंघ बन्ने देखेर पनि त्यहा यस्तातत्व पुग्न लालयित हुँन सक्छन । मिडियाका रुप र चरित्रमा आँउने फेरबदलसंगै महासंघमा पुग्ने वा बित्रिष्णाका दौड् पनि संपादकदेखी सामान्य पत्रकारको मनोविज्ञानमा देख्न सकिन्छ । अर्कोपक्ष पहिचानको खोजी पनि भन्न सकिन्छ . 15 August 2017 • सन्दर्भ प्रत्रकार महासंघको चुनावः सरोकारवालासंग प्रश्न गर्नु र प्रश्नको सिधा एवं स्पष्ट उत्तर जनसमक्ष पु¥याउनु पत्रकारहरुको पहिलो काम हो । महासंघ अहिले स्वय प्रश्नहरुको बीचमा छ । आफनै चुनाव हुँदैछ । चुनावी एजेण्डा के, के हुँन ? समग्र राष्ट्रिय संचारनीतिलाई समयानकूल बनाउने के, के एजेण्डा छन् ? विगत प्रतिको समीक्षा र आँउदा योजना के हुँन ? संघ– टे«ड युनियन हो की यनजीयो ? नेपाली मिडिया अभ्यासका चुनौति र आगामी मार्गचित्र के हुँन ? संघ— राजनीतिक पार्टीका भात्री संगठन हो कि पेशागत संगठन हो ? भावी नेतृत्वको अपेक्षा र योजनाको मोडल र मोरल कस्तो पत्रकार हो ? हालै स्टिग अप्रेसनको आरोप र संघको भूमिकामा प्रतिस्प्रधीहरुको भनाई के छ ? नेतृत्वकै मूल प्रतिस्प्रधीमा अझै धर्म निरपेक्षता, गणतन्त्र, राज्यको संघात्मक स्वरुप, समानुपातिक र समावेशी चुनावी प्रकृयाबारे स्पष्टता छैन्.... त्यसबारे फेरी केही बोल्न आवस्यक छ कि छैन ? 12 August 2017 • सयौं शुभचिन्तक,आफन्तहरुबीच चोरलाई चौतारी र साधुलाइ सुलिका लेखक बरिस्ठ पत्रकार एब्म कालापनी टिन्करका पहिलो जनगणक ९0वर्सिय यूवा भैरव रिसालले आफ्नु ९०वा जन्मदिन स्वनिवास अनामनगर,काठमाडौमा आज मनाए । स्मरण रहोस रिसाल दम्पतीले मृत्युपस्चात आफ्नु शरीर चिकित्शाछेत्र अध्यताहरुलाइ अध्यन,अनुसन्धान र प्रयोगका लागि कानुनी दान गरिसकेकाछन । Narendra Jung Peter 8 August 2017 • पत्रकार महासंघको निर्णय टिप्पणी मलाई चित्त बुझेन । हामी भ्रष्ट सिण्डकेटको छाहारीमा छौँ । त्यसको मूलरक्षा केन्द्रिय सत्ता हो । औजार राजनीतिक पार्टी हुँन, छाँया भातृसंगठनमा परिहाल्छ । त्यसको रस झर्दैजाँदा trickle-down theory तिर्खा मेटाउनेहरु भिन्न विचार भए पनि सिण्डकेटमा सहमति जनाँउछन् । 25 July 2017 • अन्नापूर्णपोष्टका प्रधान संपादक युवराज घिमिरेकोे ‘राजिनामा’ अरु संपादकजस्तै नेपाली मिडियामा गम्भीरचर्चाको विषय बनेन् । उनका मूल्य, मान्यता, जीवनदृष्टिकोण, मिडिया पक्षधारिता आफनै प्रकारका थिए । तर, घिमिरे नेपाली मिडियास्कूलका एउटाधाराका अगुवा प्रतिनिधी भने हुँन । नेपाली मिडियामा एउटा वरिष्ठ सम्पादक एवं र्माइन्ड मेनेजरको 'राजिनामा' चर्चाको विषय बन्नु पथ्र्यो, जसरी इकोनोमिक एण्ड पोलिटिकल विक्लीका संपादक प्रंजाय गुहा ठाकुरताले 'राजिनामाको' विषय अहिले भारतीय वौद्दिकक्षेत्रमा चर्चाको विषयNarendra Jung Peter updated his status. 7 November 2016 • देख भाइ देख नेपाली मिडिया का तमसा,यहि हो मनोयुद्द, यहि हो भर्म स्रीजना गरेर विवेकलाई उत्तेजना ल्याउने खेल ।लौ न महतो जी खन्ड्न गर्नुस ,लौ ठुला र ब्यब्सायिक मिडियाहरु आफ्ना समचार्को पुस्टि गर्नुस।अगिकृत नागरिकलाई संवैधानिक सर्वोच्चपदबारे योजनाबद्द चलाईका प्रोपोगन्डाको जवाफ उपेन्द्र यादवका निजी सचिब महेश चौरासियाको र्सावजनिक फेस्बुक स्ट्याटस्ले केही घैटामा घाम लाग्ला की ! समयमै यर्थात जान्कारी पियमओ कार्यालयले गराएको भए भ्रम खेल्न अरुले पाउदैनथ्यो भन्ने कुरा प्रधानमन्त्रीको निजी सचिवालयले शिक्षा लेला की ? https://www.facebook.com/yamchaurasiya?fref=ts मस्यौदाको खेस्रा अनौपचारिक ढंगले हेर्छु भनेर माग्ने र दुई बुँदा थपथाप गरी सद्भावना पार्टीका एक जना नेताले हतार हतारमा मिडियामा सार्वजनिक गरेको बुझियो । स्रोतका अनुसार सरकारका एक जना मन्त्रीले अनौपचारिक रुपमा हेर्न मस्यौदाको चार बुँदे त्यो खेस्रा तपलोपा नेता हृदयेश त्रिपाठी, सद्भावना पार्टीका नेता लक्ष्मण लाल कर्ण र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई पठाएका रहेछन् । तर, कसैसँग छलफल नै नगरी अंगिकृत नागरिकलाई संवैधानिक पदको सुनिश्चिता सहित दुई बुँदा थप गर्दै लक्ष्मणलाल कर्णको सहमतिमा सद्भावना पार्टीका एक नेताले सो खेस्रा मिडियालाई पठाए । जसको न कुनै अर्थ रहेन । दिनभर चर्चामा रहेको मस्यौदालाई सरकार र मोर्चा दुवैले खण्डन गरिसकेका छन् । विगत झैं सद्भावना पार्टीका नेताहरुले गर्दै आएको तिकडम, बितण्डा, स्टन्ट र नौटंकीको यो एउटा ताजा नमूना मात्रै हो । यस्तो कार्यले प्रष्ट छ, सरकारमा जान कति हतार रहेछ । पानी बिनाको माछो, गच्छदारको गोतियार जस्तै । November 2016 • शक्तिको चाकरी नगर्ने अझै केही पत्रकार भएकाले पत्रकारिताको सान, मान, इज्जत, प्रतिषठा पनि रहेको हो । रामनाथ गोयनका पुरस्कार पत्रकारिताको क्षेत्रमा दिर्इने भारतकै प्रतिष्ठित पुरस्कार हो । इंडियन एक्सप्रेस समूहका संस्थापक रामनाथ गोयनकाको सम्झनामा दिइने यो पुरस्कार समारोहको अध्यक्षता प्रधानमंत्री, उपराष्ट्रपति, राष्ट्रपति या प्रधानन्यायाधीश गर्छन । अमेरिकामा पुत्लिजर पुरस्कार जस्तै भारतमा रामनाथ गाएनका पुरस्कारको संमान छ। यसवर्ष टाइम्स ऑफ़ इंडियाका पत्रकार अक्षय मुकुलले यो प्रतिष्ठित सम्मान हासिल गरे । तर अवार्ड स्वयम लिन भने नगर्इ अफनो एकमित्रलार्इ पठाए । कारण थियो..... प्रधानमंत्री नरेंद्र मोदीको हातबाट पुरस्कार स्वीकार गर्न नसक्नु । कतिपयले यसलार्इ “कम्युनल पोलराईज़ेशन”को अगुवार्इ प्रधानमन्त्री मोदीबाट भएकोले पत्रकार अक्षयले उनको हातबाट पुरस्कार ग्रहण नगरेको भनार्इ छ । बधार्इ अक्षय मुकुल....। 22 October 2016 • अाफ्नै विरूद्द छम्दअतंकवादी तयार गर्नु, युद्दोन्माद जनमत तयार गर्न अाफैँ विरूद्द अाक्रमण गराउनु, छम्द क्रान्तिकारी तयारगरेर स्वविरूद्द जनमतको नाडी छामेर मूलकुरा विषयान्तर गर्नु सम्राज्यवाद र विस्तारवादको खेल नै हो । अमेरिका लगाएत नेटो अहिले सम्राज्यवादको नेतृत्व र अपराधको अगुवार्इ गर्छन भने बृक्सहरू क्षेत्रियदादा नै हुँन । प्रचन्ड सरकार कु अभियानको शिकार स्वयम कार्की नै बने । मुसालार्इ त बाघभन्दा पनि बिरालो नै खतरा हुन्छ । छम्दयुद्द अध्ययन गर्ने अध्यतालार्इ नेपालको लोकमान कार्की केसको गम्भीर अध्ययन र अपरेसन गरे सन्दर्भ सामाग्री बन्न सक्छ । भावनामा बगेर र चालु राजनीतिमा निकास भने पाँर्इदैन । पार्टी पिठ्ठु बनेर त झन बुझ्नै सकिँदैन् । Narendra Jung Peter updated his status. 18 October 2016 • फेसबुक स्टयाटसका कारण भारतीय सुप्रिम कोर्टले आफनै पूर्वन्यायाधिस एवं भारतीय प्रेश काउन्शीलका पूर्वअध्यक्ष मारकंडेय कटाजुलाई ११ नोभेम्वरमा अदालतमा हाजिर हुँने आदेश दिएको छ । आफनै पूर्वन्याधिसलाई सुप्रिमकोटले हाजिरहुँन दिएको आदेश, यो पहिलो घटना हो । मैले फेसबुक चलाउन थालेको ८बर्स भएछ । मेरा भाव, मान्यता, विचार सबै नोट बुकजस्ताे लेख्दो रहेछु। रास्ट्रिय राजनीतिक, सामजिक र साँस्कृतिक आफ्नै सरोकारको राजनीति सबै राख्दो रहेछु। धेरै राम्रा गुरुजनसगं जोडियो। आफ्नै कारणले राम्रामान्छेलाई दुस्मन बनाइयो पनि । यो समयमा भन्नै पर्यो,, फेसबुकमा एकैपटक खुशिका दुखःका, घृणाका, आस्चर्यका,बहसका, सरोकारका निजि र सार्बजनिक बिषय एकैछिनमा आँउदा उ स्वयम् भने के हुने ? अनेकौ बिषय एकै पटक आँउछन, तब मान्छेको संवेदना चकनाचुर हुदोँरहेछ। यो मिडियाको खतरा खेल हो, मानवबाट बिमानब बनाउने । होसियार। मैले फेसबुक चलाउन थालेको ८बर्स भएछ । मेरा भाव, मान्यता, विचार सबै नोट बुकजस्ताे लेख्दो रहेछु। रास्ट्रिय राजनीतिक, सामजिक र साँस्कृतिक आफ्नै सरोकारको राजनीति सबै राख्दो रहेछु। धेरै राम्रा गुरुजनसगं जोडियो। आफ्नै कारणले राम्रामान्छेलाई दुस्मन बनाइयो पनि । यो समयमा भन्नै पर्यो,, फेसबुकमा एकैपटक खुशिका दुखःका, घृणाका, आस्चर्यका,बहसका, सरोकारका निजि र सार्बजनिक बिषय एकैछिनमा आँउदा उ स्वयम् भने के हुने ? अनेकौ बिषय एकै पटक आँउछन, तब मान्छेको संवेदना चकनाचुर हुदोँरहेछ। यो मिडियाको खतरा खेल हो, मानवबाट बिमानब बनाउने । होसियार। October 2016 • नेपाली पत्रकारितामा माअाेवादीको हस्तक्षपवारे विमर्श हुँने नै भए । सरकारकाे कुरा मात्र थिएन, सत्ताका थिए । स्वयम माअोवादी मिडिया पर्सन कति यसवारे संवेदनशील भए, मैले बुझन भने सकिन । सिक्रेटरियट सदस्यले पार्टी विभाजनकालमा गाली माैलाएकाेवेलमा मिरमिरे यफयम समस्या...र भनेर हनुमानढाेकामा उजुरी दिएका महासचिव भए । के त्याे फच्चे भयो ? सेक्रेटरियट, पिवियम र केन्द्रिय सदस्यले काग्रेस, एमाले ,बैध्य माअाेवादी र विप्लव् माअाैवादीका साधारण सदस्यसंग अर्थात प्रेश युनियन र चाैतारी लगायतसंग समकक्षी बन्नु पर्न भयाे । त्यसैले जनादेश स्कूल अफ मिडियावारे लेख्ने चुनाैती दियाे । यसै पनि साइको वार इन मिडिया पुस्तकमा जुटेकै छु । Narendra Jung Peter updated his status. 2 October 2016 • अाफैँ प्राविधिक कारणले पुग्न नपाए पनि प्रेश सेन्टर नेपालको पदाधिकारीमा रहेका ३४ जना मध्ये ३३ जना हाम्रो गाैरवशाली पार्टी नेपाल कम्युनिषट पार्टी् माअाेवादी केन्द्का श्रद्देय र अादरणिय कमरेडहरू सचिवालय सदस्य, पाेलीट ब्यूराे र केन्द्रिय समिति सदस्यहरूलार्इ निवार्चित गर्ने क्रान्तिकारी प्रतिनिधी पत्रकारहरू, त्यसकाे सवर्मान्य वातावरण तयार गर्ने प्रचार विभाग र नेतृत्वपग्तिलार्इ अाभार ब्यक्त गर्दछु भने नवनिवार्चित पदाधिकारी र अन्य केन्द्रिय सदस्यज्यूहरूलार्इ बधार्इ एबं कार्यकालकाे शुभकामना । ३0 September 2016 • युद्दकाे व्यापार भारतीय र पाकिस्थानी करपोरेट मिडिया त जमेर गर्दाे छन् नै । नेपाली मिडिया पनि त्यसैमा च्याँखेदाउ किन नहान्ने र? भएका छन् । भारतीय सेना सिमा पर भन्छ तर भारतीय मिडिया भने सिमा पार भन्छ । परलार्इ पार बनार्इ दिन्छ । नेपाली मिडया त्यसैलार्इ पछयाउछन् ।सवैलार्इ युद्द चाहिएकाे छ.....यहाँ, उहाँ र सर्बत्र । Narendra Jung Peter updated his status. 24 September 2016 • पहिला याेजनावद्द हल्ला चलाउनु,सामाजिक नाडी छाम्नु र योजना कार्यन्वयनको निर्णयमा पुग्नु मनाेयुद्दकाे हिस्सा नै हाे। मिडियाद्वारा चलाइने हल्ला र पछि माफी माग्नु छम्दयुद्दको हिस्सा हाे,प्राेक्सी वार हाे।पहिले ब्रितानी र अमेरिकी मिडियाले सद्दाम हुसेन र कर्णेल गद्दाफी बिरूद्द हल्ला चलाए,। छविध्वस्त अभlयानै चलाए। इराक र लिविया,दुवै राषट्र ध्वस्त गरे।अहिले त्यहाँकाे मिडिया माफी माग्दैछन्।मिडियाबाट चलार्इने प्राेपोन्गडा भनेकाे युद्दमा युद्दाेन्माद जनमत तयार गर्नु हाे । अहिले भारतीय र पाकिस्थानी मिडियाकाे हविगत नियाले हुन्छ।अन्धराषट्रवाद कस्ताे अावेग तयार गर्छ भनेर ती शिक्षालय बन्न सक्छन् । Narendra Jung Peter updated his status. 23 September 2016 • कुरा धेरै आउछन् प्रचारमा, केही समाचार हुन्छन् केही हल्लाहरु। हल्लामा बग्ने मेरा आफन्त मूर्खबन्धु देखेर दुख लाग्छ नि । प्रसङ आज हिन्दीबारे चलाइएको हल्ला र उदेस्य न बुझ्ने मेरो र तपाईं को समाज। thanx bhupi यो हल्लै हल्ला को देश हो। कुन मिडियाले पिमओ कर्यालय कोड गर्यो ? अल्छी र अग्यानी पियमयो कार्यालय.. समय मै बिषयको सम्बेदनशीलता हेरेर धारणा किन राखेन् । हा... हा, नेपाली पत्रकारीता । दुःख लाग्छ नि हौ .... प्रोपोगंडादेखि ओलिटीक्ससम्म। rendra Jung Peter updated his status. 22 September 2016 • क्रान्ति र बिद्रोहकाे कुनै क्षतिपूर्ती कहिल्यै पनि हुँनै सक्दैन।माअोवादी र मधेशवादीले सोचे हुन्छ।०७ सालका काग्रेसीलार्इ टंकप्रशाद अाचार्यले पंचायतकालमा जग्गा बाँढे ।०४६ पूर्वको पंचायत बिरोधीलार्इ कृषणप्रशाद भ्रट्ररार्इकाे रातो कितावले दक्षिणा बाढ्याे।६३पछिकाे अन्तरिम सरकारदेखी अहिलेसम्म अान्दोलनमा मारिएकाकाे १०लाख पैशो दिँदैछ। शहिद,वेपोत्ता र जनयोेद्दाकाे कुनै क्षतिपूर्ति कहिल्यै पनि हुँनै सक्दैन।यदि कसैले माग्छ र दिन्छ भने त्याे शहादतकाे लासकाे ब्यबसाय हाे।काेही पनि भाडाका क्रान्तिकारी हुँनै सक्दैनन् ।योग्य र अयोग्य जनयोद्दा हुँनै सक्दैनन्।त्याे पैशाकाे माेलमाेलार्इ गर्नेहरू भाडाका सेना साेच्नेहरूमात्र हुँन।कसैले कसैलार्इ जवरजस्ती युद्दमा हाेमेकाे थिएन, मलार्इ पनि थिएन।मेरोलागी म अाफैँले काँधमा घारो वोकेकाे थिँए र टाउकाेमा कात्राे।हाे..अहिले क्रान्ति र बिद्रोह कहाँ र कता गयाे भनेर विवेचन भने गराैँ..साेचाैँ र केही गराैँ पनि । Narendra Jung Peter updated his status. 21 September 2016 • सन्दर्भ, चीनिया विदेश विभागकाे भनार्इ .... कुटनीतिक भाषामा भनेकाे र भन्न खाेजिएका कुरा भिन्नाभिन्नै हुन्छन्। जुन कुरा भन्नै अावस्यकता हुँदैन् तर भनिन्छ भने त्यसले अझ विशेष सन्देश दिर्इरहेकाे हुन्छ। जुनकुरा टंग्याए मात्र पनि पुग्छ टुंग्याउन पर्दैन् समय घर्कदैजाँदा समस्या स्वतह टरिसक्न सक्छ् त्याे बाेल्नु नै अावस्यक हुँदैन्। सफल कुटनीतिमा चिच्यार्इदैन् संकेतले सन्देश दिर्इरहेकाे हुन्छ । ........................................................................................................... अझ ट्रयाक टु डिप्लोमेसीमा चीनीया पक्ष ग्लोबल टाइम्स र भारतीय पक्ष टाइम्स ऑफ इंडिया र जनसत्ताका मार्फत नेपाललार्इ रणक्षेत्र बनाँउदैछन् । हामी भने हरेक चिनियामा माअोत्सेतुग देख्दैछाै भने भारतीय अनुहारमा पटेल मात्र देख्दैछाै । हामी हाम्रै संवेदनाभन्दा कसरी, कस्लार्इ खुइल्याएर अाफना कुन्ठा पुरा गर्न सकिन्छ कै ध्याउन्नमा हुन्छाैँ । सोचको कारखाना तिर नियालैाँ, त... एकफेर बनेको छ । 19 September 2016 • नेपाली वैचारिक पत्रकारिताका एउटा स्तम्भ थिए, सिके प्रसार्इ र अग्नीशीखा । प्रथम भेटमै मैले अग्नीशिखालार्इ सोधेको थिँए... तपार्इ विश्वका क्रान्ति र बिद्रोहबारे त गम्भीर लेख्नु हुन्छ तर देशमै भएकाे त्यत्राे माअोवादी विद्रोहवारे चुँसम्म समर्थन वा विरोधमा किन लेख्नु भएन नी ? नयाँ पत्रिकाकाे पुरानाे वानेश्वरस्थित कार्यलयमा उनले भने.. म एमालेको संगठित कार्यकर्ता । मैले अन्तका साैन्र्दर्यगाथा कहेर देशलार्इ विद्रोहको मानशिक उर्जा र्दिर्इरहेकाे थिँए । अनुशासनले बाँधिएकाे पनि त थिँए र छु नी । कम्युनिषटकाे अनुशासन पनि अचम्मैकाे हुन्छ । अाज म अाफैँलार्इ साेच्छु ..हे अग्नीशिखा,.. तिमी त मरिसक्याै ..मनाेयुद्द झेलिरहेकाे यस मुलुकमा अहिले भने म के गराैँ ? मेरो पत्रकारिय लेखकिय भूभिका के कसाे हुँनुपर्ने हाे ? कसो हुनुपर्छ ? अग्नीशिखा । Narendra Jung Peter updated his status. 17 September 2016 • म युरोप, अमेरिका,अषट्रेलिया, दक्षिण काेरिया, अहिलेकाे चीन र जापानलार्इ स्वर्गियद्वार साेचिन र हैन् पनि । छिमेकी देशकाे भारतकाे दिल्ली, बम्वै, कोलकत्ताभन्दा चारू मजुमदारकाे नक्सलबाडी, महिसाशुरलार्इ नायक मान्ने जलपार्इगुडी र झारखन्ड, इराेम सर्मिलाकाे मणीपुर, अग्नीज्वालाकाे कश्मिर, प्राे.अालोक सागरकाे मध्यप्रदेश, प्रो.यम.यम. कुलवर्गीकाे हैदरावाद, कबि पासकाे पंजाव, र नरेन्द्र दावेलकरकाे महाराषट्र पछयाउन खोज्ने । मेरो परिवेश भने त्यो नचहाँने, अनुमति नदिने । हाय, हाम्रो अवस्था.....र सुविधा । जहाँ कुरा गर्छु, सवै स्वसेन्सरिप । सवै अातंकित। काेही यान मार्डल, अनिल चमडिया र अरन्धती रोयको पछुवा बन्नै नचाँहाने । म तेस्रो विश्वकाे अक्षारकार हुँ नी ... जहाँ यान मार्डलवंशकाे हुँन चाहाँनु कत्रो पीडाकाे कुरा ..... September 2016 • अन्यन्त्र लागेकाे चाेटभन्दा दिमागी चाेटरूपी स्वार्थमाथि बज्रेकाे चाेटले अत्यन्तै मर्माहित हुन्छ ...मान्छे । तब चाेट विर्साउन उ तर्क काेरल्न थाल्छ,नक्कलि दुश्मन तयार गर्छ,अादर्शकाे पछेउरीमा अाफूलार्इ छिपाँउछ । हित अनुकुलका जनमत तयार गर्न कतै, कसैले केही लेखिदिएका छन् कि भनेर सन्दर्भग्रन्थ खाेज्न भाैतारिन्छ,गुगल टार्इप गर्छ । कहीँ नपाएपछि अाखिर चाेटकाे उपचार त गर्नै पर्याे ...तव उ कथा कुथ्छ र त्यसलार्इ समाचार भनेर लाउकेबाट प्रचारित, प्रशारित गराँउछ । भ्रम एउटा मनाेवैज्ञानिक ठूला हतियार हाे,त्याे कलापूर्ण स्रिजना गरे जनमत बर्गाल्न र अावेगमा ल्याउन सकिन्छ नै । त्यसले उत्तेजित भएका र वनार्इएकाहरू अाफ्नै दुश्मनमाथी स्रिजित भ्रमलार्इअचुक प्रहारक गान्डिव धनुनै साेच्न थाल्छन् । सरकार परिवर्तनसंगै लागेकाे चाेट र मर्माहत मनाेविज्ञान अहिले यसैगरी केही मिडियामा छताछुल्ल भर्इरहेका छन् । 1 September 2016 • प्रविधीकाे दाश भएपछि मानवले अाफ्नाे प्राकृतिक क्षमता गुमाउन पुग्दाे रहेछ । धेरैजसाे फाेन नंवर कन्ठस्थ छैनन् । अंकगुणे(पहाडा) विर्सि सकियाे । एक पाना खररर लेख्न कम्युटर नै चाहिने भयाे । रेफ्रेन्स बुक गुगलमा खाेज्न थालियाे । माउसमा अडकिएकाे ..... हे, जिन्दगानी । हे.... प्रविधी साच्चै मानवमालिक तँ पाे बन्न गर्इस । साेचयुक्त राेवट अायाे । त्यसमा संवेदाना पाे कसरि भर्लान..... वैज्ञानिकहरूले । जस्काे सम्पति, उसैकाे प्रविधिमाथी हैकम, जसकाे प्रविधीमाथी हैकम्,त्यसैकाेे चेतना र मानविय क्षमता माथिकाे पनि रजाँइ । हाय ... गरिवदेशका संवेदनशील मनुवाहरू.... न प्रविधीमाथि तिम्राे पहुँच छ,पाएकाे सिमितप्रविधीले निचाेरेका तिम्रा क्षमताहरू...। के तिमीले साेचेका साेच त तिम्राे हाे ? (कम्युटर ध्वस्त भएपछिकाे कम्युटरबाटै एउटा छाेटाे अनुभूति) 26 August 2016 • अमेरिकी सत्ताको सवभन्दा अान्तरिक वाैद्दिक चुनैाती अफ्नै नागरिक प्रोफेशर नोम चोस्की हुँन । उनी अमेरिकी र विश्व जनमतलार्इ मानवतावादी बनाउन तर्क उत्पादन गर्छन् र वैकल्पिक सत्ता बनेको करपोरेट चिन्तनले बनाउने अमेरिकी मनोदशाको खिल्ली उडाउछन् । नामधारी हैनन् साच्चैका उनि प्रोफेसर हुँन । नेपालबाट पत्र ब्यबहार गर्ने अग्नी शिखा मात्रै थिए। बिते। एकपटक नोवेल साहित्यविजेता जापानी साहित्यकार केन्ज़ाबुरो ओएले( १९९४) चेम्स्कीलार्इ सोधेछन.... तपार्इको यती धारिलो चिन्तन साहित्यमा किन अाँउदैन् ? प्रो.चोम्स्कीको जवाफ रहेछ..... वर्तमान करपाेरेट समाज सोचलार्इ नै नियन्त्रण गर्ने अभियान जियलपीले (ग्लोँवलाइजेसन,लिवरलार्इजेसन र प्राइभेटजार्इसन) अक्रान्त छ । थेचरार्इजेसनले (मार्गेट थ्याचर र रेगन ) अक्रान्त छ । करपोरेट मिडियाले उसैको तावेदारी गर्दैछ । त्यसैलार्इ नांगेझार पार्नु मात्रै हैन् त्यसकालागी तर्क अविस्कार गर्नु त्यतीकैअवस्यक छ। त्यही उर्जा्ले अभियन्ताहरूकाे मानसिक खुराक तयार भएर उनिहरू लडन र भिडन सक्छन । त्यसैले म साहित्यभन्दा समकालीन समाजवारे नै अाफ्ना भूमिका केन्द्रित गर्छु भनेछन् । त्यो प्रशंग नेपालको अहिले कति प्रासंगिक हुन्छ ? Narendra Jung Peter 2 August 2016 • जव सामाजिक संजालमा पुग्छु ....अाफना पृय स्टयाटस लेखकहरूका लेखार्इ खाेतल्छु । साे काेटीमा देश र विदेशका गरेर झन्डै १०जना पर्नु हुन्छ, सामनेमा परिएका अरू मध्यमदर्जाका पनि नहेरिने भने हैन् । कहिलेकही नचिनेका, नसुनेका महामानव पनि एकाएक नजरमा परि हाल्नुहुन्छ । अनलाइन गुरिल्लाहरूले भने सित्तैकाे मनाेरन्जन दिन्छन । उनीहरूकाे अश्लिलशब्द, ब्यक्त गर्ने तरिका र हैसियत, गाली गरेर खुशीहुँने मनाेरोग पनि गजबकै हुन्छ । केही अनलार्इन गुरिल्लाहरू त अाकास नै अाफैँले धानेकाे छु कि ? मैले नै ख्वामितकाे रक्षा गरिरहेकाे र उहाँकाे दुश्मनलार्इ एक्ले फाैजले नै सकिदिन्छु भनेकाे पनि देखिन्छ । अनुभव र अभ्यासले भन्छ.....अाखिर सामाजिक संजाल पनि एउटा उम्दा विश्वविध्यालय नै पाे रहेछ हाे....।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home