Sunday, May 10, 2020

जनयुद्ध,छम्दयुद्ध,मनोयुद्ध र शान्तियुद्ध

जनयुद्ध,छम्दयुद्ध,मनोयुद्ध र शान्तियुद्ध 25 January 2013 at 12:28 उत्खनन् गर्दै उठाउनु पर्ने असरल्ल विषयहरु यत्रतत्र छरपष्ट छन् । परिवर्तनविरोधी शक्तिले खुकुरीमा धार लगाईसके । उनीहरुको चेत अझै फर्केन् । ०४८मा अब्दुल रइस खाँको काँध चढेर काग्रेसले प्रजातन्त्रको अभ्यास रोल्पामा गर्यो, एमाले उस्को वैशाखी बन्यो । त्यसैले जनयुद्धको आधार तयार गर्यो । अहिले फेरी विभिन्न अनुहारमा शान्तिका दुश्मनहरु यत्रतत्र कोकोहोलो गर्दैछन् । द्धन्दको खेतीमा असिना परेपछि मर्माहत भएका डलरवादीहरु आफनेा पौरख देखाउन फेरी पुच्छर ठाडो पार्दै डुक्रिन लागीसके । उनीहरुको अहिले शक्तिशाली सिण्डकेट बनेको छ । आमूल परिवर्तन बिरुद्ध वर्चस्वशाली वर्गले फेरी आफनो समग्र शक्ति खर्चीरहेको बेला हो, यो । उसले घनिभूत रुपमा शान्तियुद्ध छेडिसक्यो । शीतयुद्धताका आक्रमक सम्राज्यवादले विकास गरेको मनोदशा तयार गर्ने हतियार, छम्दयुद्धलाई सामारिक विश्लेषकहरुले मनोयुद्ध नाम दिएका थिए । खुला आँखाले देखिन नसकिने । तब कम्युनिष्टहरु विरुद्ध चलाईएको यो छम्दयुद्धले मिथ्या मनोदशा तयार गर्ने काम गर्यो । यसको चपेटामा कम्युनिष्टहरु मात्र परेनन् लोकपृय आन्दोलनलाई रक्तपातपूर्ण तरिकाले दवाउने काम समेत गर्यो, सम्राज्यवादले । त्यसमा लोकपृय मतद्धारा निर्वाचित दक्षिण अमेरिकी मुलुक चिलीका सल्भाडोर एलेण्डे र इण्डोनेसियाका सुर्कानो समेत त्यो घानमा परे । क्रुर सम्राज्यवादले अहिले करपोरेटी वैश्विक जगत बनाईरहेको छ र उसका प्यादाहरु हरेक देशमा लोकपृय आवरणमा हरेउजस्तै छिपेर अंश उराल्दै समग्रमा खेल्ने प्रयास गर्छन् । दुश्मन फेरिन चाँहादैन, ऊ आमुल परिवर्तनकारीलाई आफनै एजेण्डामा रिगाँउन चाहान्छ । अहिले नेपालमा पनि त्यस्तै भईरहेको छ । सम्राज्यवादीहरुले इतिहासको अन्त र सभ्यता बीचको टकराहट भनेर कोकोहोलो मचाईरहेको वेला नेपाली जनयुद्धले संसारमै विचार र भूमिकाको क्षेत्रमा सपना कहिल्यै मर्दैेनन् भनेर नयाँ सन्देश दियो । दुश्मनवर्गले पहिला पत्तै पाएनन्, पत्याएनन् जुनवेला यस्को ओजन,मर्म र सन्देश थाहा पाए त्यसवेला उनीहरुको नियन्त्रणभन्दा बाहिर परिस्थिति गईसकेको थियो । आन्दोलन पुरानै तरिकाले जान सक्दैनथ्यो,दुश्मन नयाँ रणनीतिबाट आएको थियो । तिमी तिम्रो तरिकाले लड् हामी हाम्रो तरिकाले भनेर दुश्मनपंग्ती बीचको अन्तरविरोधलाई आफनो हितमा प्रयोग गर्दै नयाँ अभ्यास गर्नै पर्दथ्यो, माओवादीले ग¥यो । द्धन्दरत पक्ष आवस्यकता र अनिवार्यताका कारण शान्ति सम्झौतामा पुगे । अहिले भने भ्रमित यर्थातबाट मुक्त भएर इतिहासको समीक्षा हुनैँ बाकीँ छ । दुर्भाग्यको विषय भनेको त्यही जनयुद्धको पहलकर्ता एवं संचालक शक्ति स्वयम् मनोयुद्धको सामना गर्न चुक्यो, दुश्मनको पासोमा पर्यो । फूट्यो । एउटाले महाधिवेशन गर्यो अर्को महाधिवेशनको संघारमा उभिएको छ । एउटाले पत्यारिदो जवाफ दिन सकेन, अर्को मार्गचित्र सहितको नयाँ जवाफ दिने चुनौतिको कठघरामा छ । अहिलेको नेपालको राजनीतिको चुरो कुरा यही हो । समग्र परिवर्तनको युद्ध अहिले फेरी पेचिलो बन्दै छ । नीति र विधीमा विकास नगरी आएका चुनौति सामना गर्न र संवाभनालाई चुम्न सकिने छैन् । पुरानै तरिकाले नयाँ लडाई लड्न पनि सकिदैन् । त्यसकोलागी इतिहासको निर्मम समीक्षा नगरी विगतबाट पाठ सिक्न सकिनेछैन् भने आगतका योजना बन्न पनि सक्नेछैन् । स्तंभकारले विगतमा भनेझै नवमाओवादीले मेलालाई भेला भन्दै महाधिवेशनको नाम दिैदै कुम्भमेला (यूवा नेता लेखनाथ न्यौपानेको भनाई) गरेर संपन्न गर्यो । कार्यनीति, कार्यदिशामा न विकास गर्न सक्यो न हलको मनोबिज्ञान अनुसार नेतृत्व ने चयन गर्नै सक्यो । नीति कस्तो बन्यो भन्दा नी त्यसलाई कार्यन्वयनको औजार संगठनले त्यसको ओजन र मर्म दिने हो । त्यो रुप र गुणमै फरक भएन । टालटुल पार्नु, आवेग भर्नु र लोकपृयतामा सामान्य कार्यकर्तालाई पार्नु, गंभिर विषयबाट उम्कनु, जुनभावले पूmटेको थियो त्यसको औचित्य सावित गर्न नसक्नु र सबै राम्रा समेटनेका नाममा बौद्धमा भएको राष्ट्रिय भेलाभन्दा एककदम पनि अगाडि बढन नसक्नु नै नवमाओवादीको महाधिवेशनका मूलकुरा रहे । बहस संचालन गर्ने नीति र विधीलाई हेर्दा अझै जिल्ला र राज्य संवेलनको निरन्तरता नै छ । जिल्ला र राज्यमा नेतृत्व चयन हुँन सकेको छैन । अब केन्द्रित हौँ सरकारको नेतृतव गरेको र जनयुद्ध हाँकेको माओवादीको महाधिवेशनवारे अव भने एकीकृत माओवादीको महाधिवेशनलाई लोकले नियाल्दैछन् । यो के महाधिवेशनको गरिमा,मर्म धान्दै नयाँ मार्गदिशा तय गर्न सक्ला की फेरी सम्झौताको अर्को अभ्यास थालनी गर्ला ! यसको यथोचित उत्तर दिन सकेन भने त्यो पनि मेला, भेला र सम्झैताको अर्को थलो मात्रै माधिवेशन बन्ने छ । डिजुरेबाट डिफयाक्टो महाधिवेशन हुँन चुनौति झेल्छ कि सम्झौता टुग्याउँछ त्यो हेर्न महिना कुर्नू पर्दैन नै । बुजुर्वाहरुका राष्ट्रिय संवेलन जस्तो नभई कम्युनिष्टहरुको महाधिवेशनहरु निस्चित एजेण्डामा केन्द्रित रहेर आयोजना गरिन्छ । त्यो नीति, विधी कार्यक्रम, कार्यनीति, कार्यदिशा कुन समात्ने कसरी विकास गर्ने भन्ने मुख्य विषयमा नै केन्द्रित हुन्छ । विकसित परिस्थिति त्यसलाई सामना गर्ने र पहल लिने विषयमा केन्द्रित हुन्छ । बहसका विषयहरु भनेका अहिलेको राष्ट्रिय राजनीति र वर्ग सर्घषको अवस्था के छ ? आन्दोलनको हिरावल दस्ता कुन हो ? राष्ट्रियता र जनतन्त्रका मित्र र वैरीहरु को को हुँन ? सर्घषका रुप र विधी के कस्तो हुँने ? त्यसको लागी सर्घषका कुन मोडल छान्ने ? हिजोको बाटोवाट कति नाफा घाटा भयो र अव केलाई निरन्तरता दिने, केलाई सुधार्ने वा अर्को क्रमभंग गर्ने छलफलका विषय हुन्छन् । कम्युनिष्ट आन्दोलन, राष्ट्रवादी आन्दोलन र जनतन्त्रका लडाईको विषयमा बहसको केन्द्रमा अहिले पनि माओवादी नै भएकाले उसले देश र दुनियालाई पत्यारिदो जवाफ दिन आवस्यक हुन्छ । इतिहासको निर्मम समीक्षा हुनु पर्नेछ । अझ जातिय आन्दोलनको मातहत वर्गिय आन्दोलनकी वर्ग सर्घषको अधिनमा जातिय आन्दोलन भन्ने सैद्धान्तिक प्रष्नको जवाफ नदिई उम्कन पाँउने छैन् । त्यसलाई टालटुल पारेर हुँदैन । ठोस र मुर्तिकरण गरेर उपलब्धी र दोषको जिम्मेवारी बहन गरिनु पर्दछ । अझ निरपेक्ष रुपमा भएको एकता र त्यसले पारेको अन्तरपार्टी प्रभाबबारे मौन हुँन सकिँदैन् भने जनवादको अभ्यासका नाममा भएका गुटको अस्तित्वबारे अझ संवेदनशील हुनु पर्ने छ । आन्दोलन कहाँ छ ? र त्यस्को रुप के कस्तो छ र हुँनेछ ? वर्गसंघषलाई कसरी अगाडि बढाउने र विष्व कम्युनिष्ट आन्दोलनमा अहिलेको नेपालको अवस्था के हो ? प्रष्ट हुँनु पर्नेछ नै । जनयुद्धकालमा आर्दश र आक्रोसलाई राजनीतिक करण गर्न भ्याइएन । त्यसले क्रान्तिकारी तप्काको सास्कृतिक करण हुँन सकेन । विगतप्रतिको गौरवता महसुस नगरे जनयुद्धको भाव मर्म थेथ्न सकिदैन र सन्देश दिन चुकिन्छ । उपलब्त्रीको रक्षा हुँन सक्दैन । जनयुद्धले सामाजिक हस्तक्षप त गर्याे तर त्यो सास्कृतिक करण गर्न भने भ्याएन । त्यसका कचरा देखिने नै भए । जनयुद्धको संमग्र सस्लेषण नै हुँन नपाई पार्टीमा पूmट आयो । अर्कालाई दोष दिएर उम्कनु नभई गतिशील यर्थातमा टेकेर समीक्षा हुँनुपर्छ । अझ नेतृत्वमा आप्mनै मान्यताप्रतिको उदासिनता र बजारवादको प्रभाव र एकातर्फ वर्ग उथ्थान हुँनु अर्कातर्फ क्रान्तिको क्षतिपूर्तिको मनोभाव आम कार्यकर्ता र प्रभावितहरुमा पुग्दा भाडाको मनोभाव पन्पियो । भाडाका सेना र क्रान्तिकारीहरु बीचमा रेखांकन हुन कतै चुकेनौ भन्ने पनि अर्को संवेदनात्मक प्रष्न हो । ०६३साल बैशास १२ गतेसम्म सबै माओवादी जनयोद्धा थिए,चाहे ती कम्ब्याक्टधारी हुँन वा ननकम्व्याक्टका । ति दुबै बीचको भिन्नता पार्न सकिदैन हुदैनथ्यो । भिन्न समयमा,भिनन भूमिकामा । त्रान्तिको क्षतिपूर्ति मनोभावले भावी क्रान्तिको हिरावल दस्ता तयार गर्न आँउदो समयमा समस्या पर्नेछ । छौटौ महाधिवेशनका बेला भर्खर जन्मेका शिसुहरु अहिले महाधिवेशनका प्रतिनिधी र नेतृत्वको उम्मेदवार बनिसकेको अवस्था हो यो । यस अवधीमा नेपालको मात्रै नभई विष्वशक्ति सन्तुलनमा हेरफेर आईसक्यो । नेपालको राजनीतिक घटनाक्रम यति तिब्र तरिकाले फेरवदल हुँदै वर्ग सर्घषका कयौँ रुपहरु समेत बदलिए । मित्र र विमत्रमा फेरवदल आयो । बहसका रुप र गुणहरु नै बदलिए । के त्यस्को संवोधन आसन्न एकीकृत माओवादीको महाधिवेशनले गर्छ र बहस त्यता केन्द्रित गर्छ की नवमाओवादीले जस्तै टालटुल र प्राविकि रुपमा हल गरेर फेरी अर्को सम्झौतामा टुगिँन्छ त्यो अहिले चासोको विषय हो । अझ मनोयुद्धको चक्रव्यूह त तोड्नै छ नै । यदी माओवादीले जनयुद्ध,छम्दयुद्ध,मनोयुद्ध र शान्तियुद्धका चरण र अवस्थालाई आम नेता कार्यकर्तार्ला बोध गराउन सकेन भने एकताको माहाधिवेशन रुपमा त सकिएला एकताको राथ रुपान्तरणको वास्तवमै माहाधिवेशन भने हुँन सक्ने छैन्

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home