Sunday, May 10, 2020

हाम्रो युगको चे ग्वेभारा र विष कन्या

हाम्रो युगको चे ग्वेभारा र विष कन्या जुलियन पाँल एसांजे अहिले सामाजिक परिवर्तनको चासो राख्नेहरु र युद्ध विरोधीहरुलाई मात्रै हैन् जुनसुकै कित्ताका भए पनि संसारकै राजनीतिक कार्यकर्र्ता र मिडियाकर्मीहरुको चासोको विषय बनेका छन् । दुनिया असांजेको पक्षमा र विपक्षमा बाँडिएको छ । एउटै ब्यक्तिको विषयमा यति सरोकार यसभन्दा पहिला संसारले कहिल्यै राखेको थिएन् । अहिले उनको जीवन असुरिक्षित छ । दुनियाँको महाशक्ति र संसारै भरी छरिएका उसका मतियारहरु एसाँजे पछाडि लागेका छन् । आजसम्म ऊ सुरक्षित छ भने हरेक देशका लोकपृय र न्यायप्रेमी जनमत उसको पछाडि रहेकाले हो । आखिर यो विषय के हो ? र उस्को महत्व के हो भन्ने कौतुहलता जाग्नु स्वभाविकै हो । जैविक वाउको उनलाई धेरैदिनसम्म थाहा भएन । ३ जुलाई १९७१मा अष्ट्रेलियाको टाउन्स मिल्समा आमा कृष्टिना एन एसाँजेका कोखबाट जन्मिएका जुलियानले २५वर्षसम्म आफना जैविक वाबु जोहन सिम्टनलाई भेटन सकेका थिएनन् । वकिलिक्सका संस्थापक हँुनुभन्दा पहिला उनी कम्युटर प्रोग्रामर र ह्याकर थिए । विकिलिक्सले इराक आक्रमणवारे अमेरिका, वेलायत र नाटो संबन्धी ४ लाख दश्तावेजहरु अकाटय प्रमाण सहित सार्वजनिक ग¥यो । यसले नाटो सेनालाई युद्ध अपराधमा सावित गराउन सकिन्थ्यो । उनलाई सन २००८मा इकोनोमिक्स अवार्ड र २०१०मा एडम्स अवार्ड र एमनेष्टि अवार्ड मात्रै हैन् अमेरिकाकै प्रसिद्ध पत्रिका टायम्सले पनि म्यान अफ दी अवार्ड घोषणा गरिसककेो छ । त्यसै सर्वेक्षणमा अमेरिकी राष्ट्रपति वाराक ओवामा भने छैठौँ नंबरमा थिए । हरेक शक्ति राष्ट्र स्वतन्त्र प्रेशमाथी कसरी प्रतक्ष र परोक्ष अकुंसलगाँउछन् र करपोरेटर शक्तिको मिडियामा खेल र मनोदशा तयार गर्ने साधन जनसंचरलाई बनाँउछन र हित अनुकुल नचाउँछन् भनेर अनेकौेँ व्याख्यान दिने जुलियन वैकल्पिक मिडियाका सशक्त पक्षधर र सूचनाशक्तिको पहिचान गर्ने नयाँ योद्धा हुँन । एसांजेलाई स्वीडेनका दुई युवतीलाई यौन उत्पिडनको आरोपमा स्विेडेनमा मुद्धा चलाईएको थियो र अहिले बेलायतवाट स्विेडेन प्रतयारोपण गरिने प्रयास गरिँदैछ । उनलाई स्विेडनले कानुनी नाटक गरेर मृत्युदण्ड दिन सक्ने वा युद्ध अपराधमा अमेरिका सुम्पिन सक्ने विश्लेषक र उनका समर्थकहरुको भनाई छ । उनले नाटो र महाशक्ति अमेरिकाको छवि ध्वस्त गरेर अन्तराष्ट्रिय युद्ध अपराधमा उभ्याउने अकाट्य प्रमाण सार्वजनिक गरिसकेकाले आक्रमक सम्राज्यवादी शक्तिहरु उनको विराधी बने । एउटा व्यक्ति विरुद्ध यत्रो शक्ति खनियो । अहिले उनलाई दक्षिण अमेरिकी देश इक्वेडरले जीवन रक्षाकालागी राजनीतिक शरण दिएर आप्mनो दुतावास लण्डनमा आश्रय दिइरहेको छ । तर, वेलायतले भने भियना सन्धीको खिलाफ गएर कुटनैतिक मर्यदा तोडेर पनि दुतावास भित्रै उनलाई गिरप्mतार गरिने घोणणा गरिसकेको छ । दक्षिणी अमेरिकी देशहरुको क्षेत्रिय संगठन युयनएयसआरले बेलायती त्यो कृयाकलाफाई अझै उपनिवेशवादी मानसिकता हो भनेर इक्वेडरको पक्षमा लामबन्दी भएका छन । दुनियाका मानवअधिकारवादी एवं युद्ध विरोधीहरु क्रमसः उनको पक्षमा लामबन्द हुँदैछन् । जुलियन पाँल एसांजे मान्छेसंग रहेको असिमित अन्तरनिहीत क्षमतालाई प्रयोग गरेर सम्राज्यवादी शक्तिहरु, करपोरेट दुनिया र भ्रष्टाचार गरेर अकुत संपति विदेशी व्याँकमा थुपार्ने शासकहरुकोे रातीको निन्द्रा र दिउसोको चैन छिनिदिने एक्लो व्यक्ति हो । उसले इराक आक्रमणको मात्रै हैन् विकिलिक्सले एउटा आप्mनो वेभमा यस्तो ड्रप वक्स बनाएको थियो जहाँ सूचना पठाउनेहरुको पहिचान सुरक्षित हुन्थ्यो । संपादकहरुले जाँच पडताल गर्दथे र त्यसलाई वैकल्पिक मिडयामार्फत सार्वजनिक गर्दथे । त्यो रहस्यको गुफामा संसारभरीकै अपराधको विरोध गर्ने सूचनादाताहरुले सत्य र तथ्य सहित जानकारी गराँउदथे । विकिलिक्स तीनीहरुलाई हरेक चुनौती मोलेर अध्ययन पछाडि सार्वजनिक गर्दथ्यो । एसांजेले मिडियाको क्षमता र परिभाषा बदलिदिए । सफेदपोसका फिप्थ कोलम (विभिन्न आवरणमा रहेर दुश्मन देशको सेवा गर्नेहरु)को कट्ु खोलिदिए । अन्याय पूर्ण युद्धका कर्तुत खोलिदिएर युद्धविरोधी अगुवा दरिए । भ्रष्ट शासक, वैक र करपोरेटरहरुको गठजोडलाई नांगेझार पारिदिए । शासकवर्ग र करपोरेटरले आफनो हितमा मिडिया प्रयोग गरि मिथ्या जनमत बनाउने षडयन्त्रलाई वैकल्पिक मिडियाको माध्यम कुकृत्यको पर्दाफासको नयाँ मानक तयार गरिदिए । संसारमा कुनैपनि विषय गोप्य छैनन् ,हुन सक्दैनन् र जानकारी लुकाएर कोही पनि वैभवशाली बनिरहन सक्दैन भनेर नयाँ चुनौती खडा गरिदिए । विज्ञानको आविश्कारलाई मानवहित विरुद्ध कसैले पनि प्रयोग गर्न सक्दैन् भन्ने नजीर कायम गराउने व्यक्तिको नाम हो –४१ व्र्षिय जुलियन पाँल एसांजे । संसारमै शक्तिसंग एउटै मात्रै मानिसले लडेको र चुनौती व्यहोरेको अहिलेसम्म कसैले छ भने एक्लो एसाँजे हो । त्यसैले संसारभरीका सम्राज्यवादी, विस्तारवादी शक्तिहरु र उनीहरुका मतियारहरु, करपोरेटर, बैंक शाह र अधिकांस करपोरेट मिडियाहरु र सुकिला आवरणमा दुश्मन देशका एजेण्टहरु एसांजेको विरुद्ध एक भएका छन भने यो प्रबृत्ति विरोधीहरु उनको समर्थनमा देखिँदा दुनिया दुई खेमामा बाँडिएको छ । एसांजेको भूमिका नियाल्दा र परिणामलाई खोतल्दा अनेकौ विषयहरुले विर्मशको माग गर्दछ । इतिहासका निरन्तरका प्रबृतिहरुको आकंलनको पनि माग हुन्छ । महाशक्ति विरुद्ध जेहाद छेडेर नयाँ संभावनाको सपना देखाउने एसांजे हाम्रो युगको जिवित स्पार्टाकस र नयाँ चेग्वेभारा हो । जस्ले प्रविधीलाई उपयोग गरेर संसारका संग्ला मान्छेसम्म हरेक कुकृत्यको सूचना पु¥यायो । उसले बाकीँ जीवन कसरी विताउँछ भिन्नै कुरा हो । भौतिक जीवन रक्षा हुन सक्छ् कि सक्दैन ? चासो र चिन्ताको विषय हो । फेरीपनि सूचना शक्ति हो र कहिल्यै पनि शक्ति सूचनाको मालिक बन्न सक्दैन भन्ने कुरा करपोरेट मिडियालाई वोध गराँउदै एकासौ सदीको मिडिया भनेको वैकल्पिक मिडिया हो भन्ने यहसास् गरायो । सूचनादेखी आतंकित मैला मान्छे र शक्तिहरु उसको भौतिक शरिर विरुद्ध खनिएका छन । त्यसको अगुवा नाटो बनेकोे छ । स्विेडेन र वेलायत कानुनी नाटकको थलो बनेका छन् । परापूर्वकालदेखी नै शक्तिशाली दुश्मनलाई पराजय गर्न नसेकेपछि वा गोपनियता भंग गर्न नसकेपछि विष कन्या प्रयोग गरिने चलनमा दुई स्विेडनीवाला प्रयोग भएर उनलाई यौन अपराधमा फसाउने प्रयास भईरहेको छ । शक्ति आफनो छवि बनाईराख्न जे पनि गर्न सक्छ् । महाशक्तिको छवि ध्वस्त गरिदिने जुलियनलाई जेपनि गर्न सक्छ् । विश्वका क्रान्तिकारी आर्दश चे ग्वेभारालाई हिस्ट्री च्यानलले खुँखार आतंकवादी करार दियो भने माईकल मुरको हलिउडको प्रख्यात सिनेमा “सिको” फिल्म संपादन गरेर एउटा अमेरिकी च्यानलले संसारको उत्तम स्वास्थ सेवा भएको क्यूवा भन्ने निस्कर्ष नै विषयान्तर गरिदियो । छवि ध्वस्त र निमार्णमा एकलौटी अधिकार राखेको महाशक्तिहरु र उनीहरुको अनुयायीलाई एसांजेले वैकल्पिक मिडिया प्रयोग गरेर जवाफ दिए । अहिले असांजेलाई अधिकांस करपोरेट मिडियाहरु उनले गरेको योगदानको कुनै चर्चा नगरी विषकन्याको कर्तुत यौन अपराधी सावित गर्न लागिपरेका छन् । शक्तिको जुन भूमिका हुन्छ त्यो हरेक मिडियाबाट प्रस्टिन्छ नै । प्रख्यात मेनेजमेण्ट गुरु अरिविन्दो चौधरीको एसाँजेको सन्दर्भको भनाई अनुसारः मान्छेहरुलाई लाग्छ कि उनीहरुसंग दिमाग छ, तर उनीहरुको दिमाग नाफा कमाउन चलिरहेका मिडियाले आप्mनो कब्जामा लिईरहेका छन् । लेखहरुका चाँगहरुमा उल्झिएपछि तपाई जुन विषय एकिन गर्नु हुन्छ त्यो जरुरी छैन कि सो साँचो होस् ।” आधुनिक चेले नयाँ तरिकाले युद्धमोर्चा खोल्यो र महाशक्तिहरुको छवि ध्वस्त भयो । अरु करपोरेट र भ्रष्ट थैलीशाहहरुका बैंक एकाउण्ट सार्वजनिक हुँन थाले । हरेक देशमा रहेका महाशक्तिहरुका दुतहरुको नकाव च्यातिन थाल्यो । तब एसांजेका विरुद्ध लामबन्दीमा लागे । अहिले आधुनिक चेले नयाँ युद्धको आर्कको चुनौती एक्वेडरको लण्डनस्थित इक्वेडोरियन राज दुतावासमा प्रतिकार गरिरहेको छ । जिँउदा मान्छे हरेक युगमा अन्यायका विरुद्ध जमेर लेडे । मरेर पनि जिँउदा लासहरुलाई सपना देखाँउदै ललकारे पछि कृतिम चिहानबाट जुरुक्क उठेर मान्छेहरु भूमिकामा उत्रिए । सुतेका जागे, जागेका कर्तव्यपथमा बढ्दै गए । युग अनुसारको लडाईका तरिका भने फेरिँदै गयो । त्यसैमध्यका आधुनिक प्रविधी प्रयोग गर्ने एसांजे हुँन । आधुनिक चे ग्वेभारा बनेर एसांजेले नयाँ युद्ध आर्क खोलेका छन । चुनौती झेलिरहेका छन ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home