अर्थ-राजनीति र उपभोक्तावाद
आज आप\नै अनुभूतिबाट लेख सुरुवात गर्दैछु । म त्यस पुस्ताको मान्छे हुँ जो संसारलाई फर्ेन सकिन्छ र पहल लिनर्ुपर्छ भन्ने मान्यताले आर्दश-मुल्य तिर्न तम्स्ोको । मेरो पुस्ताले आप\नै परिवेशसंग व्रि्रोहगर्दै आन्दोलन पछ्याउदै पार्टर्ीीोज्यो । त्यसमा वर्गसंर्घष्ा, भावना, मानविय आर्दशले हाँकिएको थियो । यथास्थितिमा बस्न, रम्न चाहाँदैनथ्यो । सपनालाई फर्ने ज्यावल त संगठन र विँड समात्ने त नेता हुन्थे । नेताहरु सपनीका सारथीबन्दै आर्दशलाई व्यबहारमा फर्ेन अगुवाई गरिरहने संस्था हुन्थे । मालिकनभई अगुवा सगोत्री हुन्थे । हरेक स्पप्नद्रष्टा सामाजिक नेता हुन्थ्यो । हरेक सपनाका विचार, सिद्धान्त र त्यसै अनुरुप संगठन हुन्छ । त्यसै अनुरुप राजजीतिक र संगठात्मक पनि संस्कृति हुन्छ । त्यो नैतिक तागत बनेर जनविश्वास र जनआवेग तयार गर्दै भौतिकशक्तिमा फेरिन्छ । त्यस्तै थियो जनयुद्ध गर्दाको माओवादी पार्टर्ीी सिद्धान्त र आर्दशले अगुवाई गरिन्जेल माओवादी शब्द आफैँमा सत्ता बन्यो र दुश्मनलाई आतंक । जव उपभोक्तावाद सिद्धान्त, आर्दश र अभियानमा हावी हुँदै अर्थ-राजनीतिको दवदवा बढ्न थाल्यो तव आर्दश वोझ बन्न थाले, माओवादी शब्दले शक्ति गुमाउदै गयो । आन्दोलन बनिनरहँदा र्जाहीन शब्द टे्रडमार्कमा फेरिदै गयो । शान्तिप्रकृया क्रमशः उपभोक्तावादी मलिलो भूमि र आर्दशको चिहान बन्दै गयो । सपनाहरु क्रमशः भत्कान सुरु गरेपछि अनेकौँ प्रश्नले आफँैलाई चिथोरी रहेका । त्यसैवेला धरहराहरु ढल्दैजादाँ अग्रमोर्चाका योद्धामा आलोचनात्मक चेत हराउदै जाँनाले शुभसंकेत दिईरहेको थिएन । उग्रसम्राज्यवादले वर्लिन पर्खाल ढल्दैगर्दा सिद्धान्त, विचार, इतिहासको अन्त भनिरहँदा आर्दशको सिद्धान्त अंगाल्दै मेरो पुस्ता भने आप\mनोलागी आफैँले घारो र कात्रो वोकेर रणमैदानमा हाम फालेको थियो । त्यो कसैको विज्ञापन, आदेश र आतंकमा थिएन । उपभोक्तावादले कृतिम भोक जगाईदिन्छ । कृतिम आवस्यकता पुरागर्न थाल्दा जीवननै रित्तिएको पत्तै पाँउदैन । भोक अनुशासित बनाउने उत्तम साधन हो । न््यूनतम भरणपोषण भत्ता राज्यले उपलब्ध गराएपछि सम्राज्यवादी देशका सामान्यजन लुटको अंशमा भागिदारीबन्दै अन्यायमा सामेल हुन्छन् भने गरिव देशका पर्ूवआर्दशवादीहरु समेत आप\mनै मलामी जानुपछाडि भोक पपहलो कारण हो । विवेकलाई भोकले कुत्ता डोर्याएझै डोर्याउँछ । कतै भोको पेटलाई जता पनि सहजै घिच्याउन सकिन्छ भनेर भोकै राखिन्छ । किस्तावन्दीमा सुविधाको खोजी र किस्ता तिर्दातिर्दै रित्तिएका जिन्दगी हर्ेन सकिन्छ, जस्ले सांसारिक विषयमा कहिल्यै सोच्नै सक्दैन । यस्ता जिन्दगी नियाल्न महिनाको अन्तमा हुँने सडक दर्ुघटना, मदिरा विक्रीमा बढोत्तरी र आत्महत्या आंकडा नियाल्नु पर्ने हुन्छ । इज्जत, आर्दश, सपना, नैतिकमूल्य वेचेर विलासीभोकको भोक किन्दै उपभोग गरिरहेको उपभोक्तावादी संस्कृतिले रजार्ँइ गर्दा नित्य नयँा हुँने उपभोगको भोक जगाईदिन्छ । उपभोगको प्रतिस्प्रधी मनोभावले सोच्ने तरिका नै नित्यनयाँ उपभोग मात्र बन्न पुग्छ । बजार आर्दश र मानवियतामाथी कसरी हावी हुन्छ भनेर नियाल्न प्रख्यात अर्थशास्त्री प्रो गिरिस मिश्रको ः “वजार अतीत और वर्तमान” हालसालै प्रकासित पुस्तक सार्न्धभिक हुन्छ । उपभोक्तवादी सिद्धान्त जहिले पनि अन्तरनिहित तृष्णा र वास्ना जगाईदिएर मानविय दायित्वलाई समाजिक सरोकारहीन बनाईदिन्छ । तब राजनीतिको चालकशक्ति सिद्धान्त नभई सुविधाको सिद्धान्त बन्न पुग्छ । अर्थ-राजनीतिको सिद्धान्तले राजनीतिक चल्दा जीवन-आर्दश त्यही बन्छ । अनी किस्तावन्दीमा लतारिन्छ मान्छे । युद्ध र शान्तिका विश्व-अभियान अर्थ-राजनीतिले नै चलेका छन् । तव सुविधा अनुसार तर्क कोरल्न छुट हुन्छ, शक्ति आर्दशमाथी रजाँइ गर्न थाल्छ । अझ प्रतिकूलताका आर्दश, सपना, प्रतिवद्धता र सामुहिक अभियान थेग्न नसकेपछि विचारमा उपभोक्तावाद हावी मानवरित्तिएर मान्छेमा फेरिन्छ् । मानिस समूहसोचबाट टाढिर स्वअसुरक्षित सोच्नपुग्दा सानु झुण्डमा रमाउन पुग्छ । पार्टर्ीीदा गुट जन्मनुपछाडि सुरक्षा नदेख्नु हो । त्यसैले तिसको दशकमै एण्टिनियो ग्राम्स्कीले भनेका शब्दमा दोहोर्याउनु पर्ने हुन्छ ” बर्ुर्जुवा प्रजातन्त्रमा पूजीँ हाम्रो सामुहिक विवेकमाथी रजाई गरिरहेको हुन्छ” आधुनिक कालले धर्म र सामन्तको मिलि भगतमा चलेको सत्तालाई सिद्धान्तको राजजनीतिले चुनौती दियो । त्यसलाई विस्थापन गरेर लोक कल्याणकारी राज्य बन्दैगए । दया, आर्दश, दायित्व मानवतावाद जस्ता कारुणिक शब्दले सत्ता नेतृत्वमा भूमिका खेले । समानता, भातृत्व, विज्ञानपरक चेत, विश्वास माथी तर्कपर्ूण्ा यर्थातले सामाजिक नेतृत्वगर्न थाल्यो । त्यसै अनुकुल सिद्धान्तका राजनीति विकास भए । ज्ञानका विभिन्न शाखा विकासले आधुनिक कालको नेतृत्व गर्दै गयो । जव पुजिवादले आप\mनो प्रगतिशील चरित्र गुमाउदै गयो तव मानवतावादी समाजवादी चेत र सक्रियाता आन्दोलन बने । धर्म, सामन्तवाद र पुजीवादको लगन गाँठो कस्ािँदै सम्राव्यवाद र उपभोक्तवादमा फेरिदै गयो भने समाजवादी आन्दोलनभित्रै राजकिय पुजिवादको उदय भयो त्यसैलाई न्यूमेन क्लातुरा भन्न थालियो सोभियत रुसमा । बजार सधै थिए, किनवेच सदा हुन्थे । विनिमयका साधन र तरिका समाजविकासका चरणसंगै सत्ता चरित्र अनसार हुन्थे । सामन्तवादवाट औधोगिक क्रान्ति र पुजिवादले पुराना सत्तामा विजय हाँसिल गर्दा पनि राज्यको नियन्त्रणमा बजार हुन्थ्यो । सत्ताको नियन्त्रण, नियमन र निर्देशनमा बजार चल्थ्यो र बजारमा निम्नतम मानवियता हुँन अनिवार्य हुन्थ्यो । प्रो. मिश्रा भन्छनःनव्वेको दशकमा भूमण्डिलिकरण र उदारिकरणको संरचनागत समायोजनवाला आर्थिक नीति लागु भएपछि जुन तरिकाले बजारमा नयाँ-नयँा उपभोक्ता सामाग्रीको एक्कासी प्रवेश भयो र यसै आर्थिक व्यबस्थाका कारण जन्मिएको नयाँ मध्यमवर्गबीचमा उपभोक्तावाद जुन तरिकाले पाउ पसार्यो, त्यही वैकल्पिक व्यवस्थाको सपना देख्नेहरुका सामने आर्श्चयजनक परिस्थिति बन्यो ।” प्रो.मिश्रा अगाडिथप्छनः कयौँचोटी वामपन्थीहरु साधनहरुको वास्तविक बुझाईको कमजोरीले भावनात्मक पक्षधारिता मात्रले यस्तो सुत्रमा फेरिन्छन कि उनीहरु त्यही उदेश्यको विरुद्ध सक्रिय हुन्छन् जस्को पक्षधर उनीहरु आफूलाई दावी गर्छन् । वास्तवमा बजारको प्रभाव पुजिवादको आगमन साथै बढ्दै गएको हो । यस वेला बजार समजिक कृयाकलापमा सहयोगीको भूमिकाबाट बढेर यस्तो सत्तामा फेरिन्छ जो सम्पर्ूण्ा आर्थिक प्रणालीको नियन्त्रण, नियमन र निर्देशन गर्न थाल्छ । फाईदा एउटा मात्रै उदेश्य बन्न पुग्छ र बजारमाथी समाजको नियन्त्रण क्रमशः सकिँदैजान्छ । यो स्वचालित र स्वनियमित बजार मानवता सामु एउटा चुनौति जस्तो बनेर आँउछ । उत्पादन आवस्यकता पुरागर्न नभई बजारमा बेचिनको लागी आँउछ जस्को घोषित उदेश्य नै नाफा कमाउनु हुन्छ । । यहाँसम्म कि श्रम, भूमि र पैशा पनि फाईदाको उदेश्यले बस्तुको रुपमा फेरिन्छ । उनी पोलिन्यीको उदाहरण दिँदै भन्छनः श्रम, भूमि र बजारतन्त्रलाई सुम्पिनुको परिणाम समाजको लागी विध्वस्कारी हुँनेछ ” अहिले बजार र्सवर्त्र वर्चस्व कायम गर्दै गएको छ भने राज्य एउटा निरह संस्थामा फेरिदै गएको छ । बजार जहिले पनि हृययहीन र मस्तिक चालित हुन्छ् । करपोरेट सिद्धान्तमा आप\mना हरेक कारिन्दालाई प्रतिष्ठान आउनुपर्ूव विवेक घरमै थन्क्याएर आउने आदेश दिईन्छ् । बजार जे र जसो गरे पनि हुन्छ् भन्ने फाईदा-सिद्धान्तले चलेको हुन्छ । दर्ुइ व्यापारीहरु असल साझेदार हुँन सक्छन् तर हार्दिक मित्र भने कदापी हुँन सक्दैनन् । जहिले पनि पुजी प्रविधीको माध्यम विवेक माथी हैकम जमाँउछ । त्यसैले विवेकशील मनुवाहरु पनि पुजीँका तर्क कोरल्ने कारिन्दामा फेरिएर आन्दोलन विपक्षमा उभिन्छन । वर्चस्वशाली पुजीवादको थिंक टयांकहरु प्ार्ूवबामपन्थीहरु नै छन् । पुजी नियन्त्रित प्रविधी र विवेक नियाल्न राज्यसत्ता परिवर्तनको संघारमा रहेको नेपालमा चलिरहेका बहस स्रिजना गरिएका तर्क, तर्कवाज, करपोट मिडिया, बनाउन थालिएको मनोदशा र अनजियो गतिविधी नियाल्नु पर्दछ । के अव सवै सकियो, भत्कियो, र्सवनास भयो सपना तुहिए, आर्दश र भावना दायित्व बन्न सक्दैन त – अव केही पनि गर्न सकिँदैन त भन्ने प्रश्न उभिन्छन । त्यस्तोवेला महान ग्रिक फिल्मकार थियो एंजोलोपाँलस सम्झन पुग्दछु – यदी कुनै लेखक/कलाकार वर्तमानलाई बुभ\mने माथापच्ची गर्न चाहान्छ भने उसले विगतको अन्वेषण गर्नु र त्यहाँ कुनै न कुनै परिघटनाका कारण खोज्नु अपरिहार्य हुन्छ…” “म न त आशावादी हुँ न निराशावादी नै । आशावादी हुँनुको अर्थ हुन्छ् तथ्यलाई साफ-साफ नदेख्नु । केही-केही अर्थ यस्तो पनि लाग्न सक्छ् कि मान्छेले संसारको र्सार्थक परिवर्तनलाई हस्तक्षेप गर्न सक्दैन् । निराशावादी हुनुको अर्थ उन्नत संसारको सपनाहरुका संवाभना छोडिदिनु, विर्सिदिनु । दुवैले संकल्पमा गतिरोध आँउछ । व्यक्तिगत रुपमा म तर्कपर्ूण्ा सोच्ने र साफ-साफ देख्ने कोशिस गर्छर्ुुहो….मेरो पुस्ताका अशल मान्छेहरुले मानवताको सपना देखे र उपभोक्तवादी संस्कृति घृणा गरेर उम्दा जीवन जिउने उर्जा पाए । आप\mनालागी मात्र सोचेनन् उपभोक्तावादले रर्साईदिएको ग्रन्थीको सती गएनन् । तर, अहिले समय र सक्रियतावादीहरु प्ानि फेरिएर बोझपर्ूण्ा आत्मालाई कयौँले सुविधाका तर्क गढ्दै दोष अरुलाई दिँदै उम्कन प्रयत्न गर्न थाले । राजनीतिमा उपभोक्तावादको हावी भनेको अर्थ राजनीतिले सिद्धान्तको राजनीतिमा प्रभाव पार्नु हो । अहिले एमाओवादीलगायत नेपाली राजनीतिक दलहरुमा उपभोक्तावाद प्रचुरमात्रामा बढ्नजाँदा उपयोगवादी सिद्धान्त हावी हुँनपुग्यो त्यसले स्वआतंक पैदाहुँदा परिणाम गुटमा सुरक्षा देख्ने नेता कार्यकर्ता देखापरे । कयौँ नीति भावनामा बग्दा दिर्घकालीक आप\mनै कार्यक्रम र आर्दश विरुद्ध हुँन पुगे पनि । प्रो. मिश्रकै भनाई फेरपनि दोहोर्याउनु पर्दछ “कयौँचोटी वामपन्थीहरु साधनहरुको वास्तविक बुझाईको कमजोरीले भावनात्मक पक्षधारिता मात्रले यस्तो सुत्रमा फेरिन्छन कि उनीहरु त्यही उदेश्य विरुद्ध सक्रिय हुन्छन् जस्को पक्षधर उनीहरु आफूलाई दावी गर्छन् ।”
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home