मिडिया र फर्जीखवर
मिडियाबारे चर्चागर्दा कार्ल मार्क्सले जर्मन विचारधारामा उल्लेखित प्रसंग उल्लेख गर्नु आवस्यक देख्छु – हरेक युगका शासक वर्गसंग शासक विचार हुन्छन् । अर्थात जुन वर्ग समाजको शासक वर्ग हो, त्यो नै त्यस समाजको शासयिक वौद्दिकं शक्ति पनि हुन्छ । जुन वर्गसंग भौतिक साधन हुन्छ उ नै मानसिक उत्पादनकोे साधनमाथी पनि नियन्त्रण गर्छ ंजस्को परिणाम अवस्था अर्थात..... जुन वर्गसंग मानसिक उत्पादनका साधन हुँदैनन् ऊ शासक वर्गको अधिन हुन्छन् ।’ थप अर्का पक्ष इटलीका चिन्तक र सकृयतावादी एन्टिनियो ग्राम्स्की आप्mनो बन्दी नोट बुकमा लेख्छनः हरेक समूहसंग आप्mना वौद्दिक अभियन्ता हुनु पर्छ जस्ले वर्चश्वशाली समूहको नभै भुईमान्छेको विचार, आन्दोलन र संस्कृतिको वकालत र सौन्दर्ययता गरोस् । तर, समयक्रमसंगै वर्गहरु रुपान्तर भएर तत वर्गकै नरहने अवस्था हुन्छ, त्यो भयावह अवस्था हो (भार्वाथ)’ वर्गशिप्m्रट क्रान्तिवाट आएका बुद्दिजिविको समस्या हो । बेलायती राजनीतिज्ञ एडमन्ड ब्रुकले ग्यालरीमा बसेका पत्रकारहरुलाई देखाँउदै सन् १७८७ मा हाउस अफ कमन्समा भनेका थिए –यहाँ राज्यका तीन अंग छन् । उता रिपोर्टर ग्यालरीमा चौथो अंग पनि बसेको छ, जुन बाँकी अंगका लागि महत्वशाली छ ।’ वास्तविक चौथोअंग बन्न मिडियाकर्मीहरुले त्याग, वलिदान, उर्जा र उमेर धेरै खर्च गरेर त्यो हैसियत पाएका हुँन् । तर, अहिले मिडियाको अवस्था त्यही छ त ! पत्रकारिता र पक्षकारिता फरक विषय हुँन् । यस आलेखमा भने मूलत मिडियामा फेक न्यूजबारे नै (फर्जी खवर) नै केन्द्रित रहने छ । अमेरिकी लेखक मार्क ट्वेनको भनाई छ –जवसम्म सत्य जुत्ता लगाईरहेको हुन्छ तवसम्म झुट संसार चाहारेर फर्किसकेको हुन्छ’ । भनिरहनै परेन–प्रविधीको विकाससंगै सूचना क्षेत्रमा सूचना, कूसूचना, भ्रमित, सूचना प्रयोजीत सूचना एकआपसमा अहिले भिडिरहेका छन् भने फेक न्यूजले राजनीति, समाज, अर्थतन्त्र र संस्कृतिमा समेत असाध्यै प्रभाव पारेर तत्कालीन आवेग ल्याईदिँदा जातिय द्धन्दलाई मलजल त पुग्ने नै भयो, त्यसभन्दा पनि युद्दको वातावरण समेत तयार गरिदिन्छ । फेकन्यूजको केन्द्र शक्ति हो, जव उ निर्धालाइ शासन गर्न सक्दैन् फर्जी कुराको हल्ला मच्चाएर जनताको दिमाग कब्जा गर्नु चाहान्छ । फेक न्यूज र्अथात मिथ्या समाचार भनेको मूलतः झुटो, गलत, भ्रमपूर्ण वा अनर्थ रूपमा घटना, अभिव्यक्ति, तथ्याङ्क र तर्क प्रयोगगर्दै आमसञ्चारका माध्यम वा इन्टरनेटका फैलाईने सामग्री हुँन् । यसले मानिसको दिमाग ब्यबस्थापन गर्दै शक्तिहितमा जनमत प्रभावित पार्छ । पूर्वाग्रह स्वाभाविक रूपमा आम मानवमाथी सवारी गर्छ । सवै मान्छे कुनै न कुनै तरिकाले पक्षपाती हुन्छन् । मौलिक विचार र दृष्टिकोण विश्वास र ब्यक्तिगत विश्व साक्षत्कारले बनाँउछ । दृढ़ताले निर्मित विश्वास पनि परिवेश र ब्यक्तिगत अनुभवका कारण तोडिन्छन र बन्छन् । झुटलाई साँचो बनाउने र भ्रभ फैलाउदै जनमतको सोच फेर्दै भूमिकामा सत्ता र शक्तिले उतार्छ । फेक न्यूजबारे जति गम्भीर अध्ययन गर्दैजाँदा दाल कालो मात्रै हैन् सवै कचौरानै कालो त भएको छैन् ! भन्ने पर्न पनि हुँनसक्छ । अहिले विश्व मिडियामा समस्याका मात्रै नभै मानिसले सोच्ने तरिकामै फेक न्यूजले प्रभाव पार्दै छ । यस्कै कारण फेसबुकले ५४० करोड खाता निरस्त गर्यो भने टयूटरले सत्ता संचालित इजिप्ट र साउदी अरवका २७३ खाता निरस्त ग¥यो । जजस्ले फर्जी सूचना र प्रचार गरिरहेका संसारकै १० हजार खाता पनि निरस्त गरिसक्यो । १ न्यूज मेकरहरु राज्यका नेतृत्व वा ‘ठुलामान्छेले’ भनेका कुरा सामान्यजनले सहज पत्याउछन् भन्ने हुन्छ । तर, अहिले सत्यतथ्य जाँजका अनेकौ फयाक्ट चेकर टुल्स पनि छन् । सियनयनका प्रस्तोता डन लेमोनको भनाई अनुसार– अमेरिकी राष्ट्रपति डोनाल्स ट्रम्सले अहिलेसम्म ७ हजार ६८८ पटक झुट बोले । भारतीय संचारमन्त्री प्रकाश जावेडकर भन्छन् –पेड न्यूजभन्दा पनि फेक न्यूज खतरा छ’ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही २२ डिसेम्बर रामलिला मैदानको भाषण अत्यन्तै बिवादित बन्न पुग्यो । उनले नागरिकता कानुनबारे प्रष्टिकरणदिँदै विरोधीलाई आक्रमण गर्नेक्रममा –भारतभरी कहीँकतै ‘डिटेन्सन क्याम्प’ छैनन्, यो अर्वन नक्सलको प्रोपोगण्डा हो, नागरिकता रजिस्टरीबारे कहीँकतै कुरै भएको छैन् भन्ने भनाई त्यहाँको मिडियाले आसाम र अन्यन्त्र १०बटा डिटेन्सन क्याम्प रहेको सप्रमाण खण्डन गरे, संसदको अभिलेख अगाडिसार्दा विश्वासको समस्या खडा ग¥यो । कश्मिरमा भारतीय ंसंविधानको धारा ३७० निरस्तसंगै एक यनजीयो प्रयोजीत कश्मिर भ्रमणको योजनालाई बेलायती लिवरल पार्टीका सांसद क्रिस डेविसले अश्विीकार गरेपछि छताछुल्ल भयो । राज्य र शक्ति स्वयम् फेकन्यूज उत्पादन वा समाचारलाई नै सहिद कसरी बनाउछन भन्ने कुरा २ उदाहरण नियालौ । १)यक्सनुयमयक्सले कुवेतीवाला नायराको झुटो खवरले पहिलो इराकयुद्दको पृष्ठभूमि तयार ग¥यो । अक्टुवर १९९०मा १५ वर्षिय कुवेतीवालाले काग्रेस मानवअधिकार ककसमा एउटा गवाहीदिएर कसरी इराकले कुबेतमाथी इराकी सेनाले इन्कुवेटर हटाएर बच्चाहरु मर्नकालागी छोडिदिँदा ज्यान गयो भन्ने गवाही दिईन । त्यो नाटकिय रहेको एमनेष्टी इन्टर नेसनल र न्यूयोक्र्स टायमले १९९२मा भण्डाफोर गरे । (२) भने न्यूयोर्क टायम्सकी पुत्लिजर पुरस्कार संमानित जुडीथ मिलरको सद्दाम हुसेनसंग परमाणु बम छ भन्ने निरन्तरताका लेखले आगोमा पेट्रोल छर्कने कारण बन्यो । (३) लिविया प्रसगं भूल्नै सक्दैनौ । फर्जी राज्य प्रायोजीत खवर चर्चा गर्दा अझ भियतनामी प्रतिरोधी आन्दोलन र माइलाई नरसंहार मिडिया रिर्पोटिग विर्सनै सकिदैन् । १६ मार्च १९६८को दिन मायलाय नरसंहारहुँदा ६४९ रिर्पोटर थिए, कसैले पनि त्यस्को रिपोटिग गरेनन । (४) फेकन्यूज प्रोपोगण्डा, पेड न्यूजको कुरै छोडौँ । कुन समचार हो, कुन विज्ञापन र कुन वास्तविकता हो ? छुटयाउने सामान्यजनलाई फुर्सदै छैन् । ‘अहिले संसारमै टिभीको पहँुचले मान्छे अति प्रभावित र विश्वस्त देखिन्छन् । हरेकखाले सत्ता जनमतलाइ आफ्नो प्रभावमा राख्न लालयित छ । अधिकांश व्यक्ति मिडियाबाटै पहिलो धारणा बनाएर भूमिकामा उत्रनेहुँदा विचार प्रवाहका लागि मात्र नभै प्रतिक्रियाको लागि पनि टिभी शक्तिशाली माध्याम हो । द्रुत प्रविधीसंगै एक्काइसौं सदी तीव्रताको शताब्दी भएकाले कार्य, कारण र परिणामबारे घोत्लिने समय सबैसँग हुँदैन् । अर्काेतर्फ नेपाली समाज भनेको इसाको उनाइसौं, वीसौँ र एक्काईसौं सदीको रिमिक्स सँस्कृति र चिन्तनको घालमेले समाज हो । अहिले पनि छापेका कुरा दैवीआदेश, रेडियोका कुरा देवताका बोली र टिभीका कुरा साक्षात भगवानका भनाई मान्नेहरु धेरै छन् । भर्चुअल मिडियाको सर्वसाधारणमा सहज पहुँच नभएर प्रभाव र प्रतिकृया अझसम्म नगन्य नै छ । दुनिया धेरै अगाडि बढिसक्यो । छापा, रेडियो, टिभी मात्रै हैन् सम्पादनरहित, सीमारहित पछिल्ला प्रयोग पनि भै सके । अझ इण्न्टरनेट ह्याकरयाकर्मीको रुपमा विकास भएपछि त कानुनी घेराबाट समेत मिडिया उम्किए । नैतिकता र अनैतिकताका मिडिया मानक भत्किए । वैधानिकता र अवैधानिकताका कुरा रहेनन् । यसलाई पछ्याउन नसक्नेहरु रिसाइंक्लिन–विनमा पर्ने नै भए । कोही, कहीँ पनि सूचनाको पहँुच र गोपनीयताबाट सुरक्षित छु भनेर नसोचे भईसक्यो । छत्रपति बनेको अमेरिकाको गोपनीय सुरक्षातन्त्रमा इकिलिक्स र जुलियस असाञ्ज ह्याकरको पहुँचबाट जोगिन सकेन । दुनियाँमै अमेरिकी सरकारको नांगा करतुत जगजाहेर भएपछि मिडियाको महत्व र नियन्त्रण, गोपनीयता, वास्तविकता र नांगांवास्तविकता प्रष्ट भयो । त्यसैले मिडिया साक्षरताका अनुभव र तागतको अर्थ अझ संवेदनशील बन्यो । सूचनाका वादशाह रुपक मोर्डोक बन्ने धुनमा दुनियाकै धनकुवेर लागे । सरकारलाई प्रयोग गरेर वा सरोकार निकायहितमा प्रयोग भएर मोर्डोक बन्ने धूनमा रहे । त्यसमा हाम्रो मुलुक र हाम्रा मिडिया उद्यमी कती लागेका छन् अध्ययन विषय हो ।’ (५) बिना कुनै आधार कुनै काम हुँदैन् । मिडियाको स्वरूप ब्यापकतासंगै षडयन्त्रको सिद्दान्तले जनमानस तयार गर्ने औजार फर्जीखवरको कारखाना बनाँउदै गयो । भ्रम, अतिरंजना, नक्कली र तथ्यहीन समाचार सम्प्रेषण, मोलमोलाई र बिक्रीका समाचार, तोडमरोड र नियोजित उद्देश्यजस्ता मिडिया अभ्यास हुँदैगए । अझ इनटरनेटको विस्तारसंगै लक्षित वर्ग शिकार बन्यो । समाज वा समूहमा आलोचनात्मक चेत ध्वस्त भएपछि तथ्यको जाँचपडताल र विज्ञानसंग मान्छेको साईनु रहँदैन् । जान्नुको अर्थ बुझनु हो । तर, मान्छेको दील र दिमाग कब्जा गर्न आस र त्रास फैलाउदै दिनहुँ नयाँनया कुरा फयाँकिदिएपछि फेकन्यूजले ओथारा कोर्नेनै भयो । विश्वास त कुनैपनि क्षण टुट्न सक्छ तर हजारौँवर्षदेखी अन्धविश्वास टुट्दो रहनछ । वर्चश्वशाली वर्ग र समूह अन्धविश्वास फैलाउदै, भयदोहनगर्दैे तार्किक क्षमतासंगै खोज, अनुसन्धान र बिज्ञानको विकासलाई कम्जोर बनाउँदा फर्जी खवरले उर्वराभूमि पाँउछ । उत्पादित समाचारलेकों हल्ला मचाउनुपछाडि दुश्मनको मनोबल तोडनु र गम्भीर विषयलाइ निरूस्तसाहित वा विषयान्तर गर्नु हुन्छ । हल्लाको आधार शक्ति भनेको भ्रमलाई समाचारको रूपमा प्रस्तुत गर्नु हो । फेक न्यूजलाइ सामान्यजन किन विश्वास गर्छन् ? तथ्यमा किन भर पर्दैन ? किन आप्mनै परंपरागत सोच मात्र विश्वास पछर्न ? भनेर अध्ययन गर्ने हो भने आलोचनात्मक विवेक नबढनु नै फेक न्यूजका आधार हुन् । अतितको महानतामा रमाउदै बहुशंख्यकवादमा रमाएर मिथ्थकलाई इतिहासको रुपमा प्रस्तुत गर्छ । त्यसलाई तोड्न ताकिर्कतासाथ तथ्ययुक्ति जिज्ञाशा आवस्यकता हुन्छ । सामाजिक विमर्शका कब्जागर्दै सोच्ने समझने, विचारनै नियन्त्रण गर्ने झुटका शक्ति मात्रै हैन् धन्दा पनि हुन्छ । यसले राज्यकत्त नीति निर्धारणमा समेत प्रभाव पारिरहेका छ । सामाजिक अनुशासन टुटिरहेका छन् । यसले ब्याक्तित्व ध्वत र प्रचार, ड्रयामेज कन्ट्रोल गर्न सकेन भने अंशमा टेकेर समग्रमा आक्रमण गर्न पुग्छ । मानिस जो हुन्छ त्यस्तै देख्न र सुन्न चाहान्छ् । नयाँ विषय तर्क, तथ्य, अभ्यास काउसो बन्ने हुँदा नै फेकन्यूजको उनीहरु शिकार बन्न पुग्छन् । एलिजावेथ कोल्र्वटको भनाई छ– हामीहरु अक्सर कुनै टिप्पणी वा तर्कलाई यसैकारण मात्र स्वीकाछौ कि किनकी त्यो हामे पंरपरा अनुरुप हुन्छ । यसो गर्नपछाडि न त हामी यसपछाडिका तर्कलाइ वास्ता गछौँ न प्रमाणिकता जाँच्ने कष्ट नै उठाँउछौ ।’ फेकन्यूजबारे थप चर्चा गर्दा प्रोपोगण्डा, जनसम्र्पक उध्यम र प्रचारयुद्दबारे चर्चा गर्नु आवस्यक हुन्छ । प्रथमदृष्टि मूलत यसमा मिडिया चेतको आवस्यक हुन्छ । ‘प्रायोजित सूचना भनेको प्रोपोगण्डा हुन् । त्यस्ले सामूहिक विवेकलाई शक्तिशाली वर्ग वा सत्ता अनुकुल डो¥याउने प्रयास गर्नेहुँदा ऐतिहासिक पृष्ठभूमि नियाल्न आवस्यक हुन्छ । ‘एडवर्ड लुईस वार्नेसलाई जनसम्र्पक विषयका भीष्म पितामह मानिन्छ् । पहिलो विश्वयुद्धमा अमेरिकी जनताको अवचेतनालाई युद्धोन्माद बनाउने जिम्मा तीनै वार्नेसलाई सुम्पियो । उनी भीड मनोबृतिलाई प्रोपोगण्डाको मातहत काबु राख्नु नै अहम् विषय मान्थे । जान–अन्जानमै करपोरेट मिडियाको आधार पनि तयार पार्दै थिए । उनले आफ्नो आत्मकथा १९६५मा प्रकासित गर्दै हिटिलरी जर्मनीको प्रचार मन्त्री गोयवलसले कार्ल विगंदलाई आफ्नो पुस्तकालयमा विगंदको पुस्तक क्रिस्टलाइजिगं पब्लीक ओपिनियनले प्रेरणा पाएको भन्थे अरे । वार्नेसलाई अमेरिकी करपोरेट राजनीतिज्ञहरु आफ्ना समयका यंंग माईकावेली भन्थे । अर्थात सामान्य मान्छेले कसरी सोच्नु पर्छ ? कसरी मनोदशा तयार गरिन्छ ? भन्ने कुरा वार्नेसले पहिलो विश्व युद्धताकै सैद्धान्तिकरण गरिसकेका थिए । आधुनिक मिडियाबारेमा अर्थात मिडियाचालित समाजमा छवि निमार्ण र ध्वस्त गर्न उद्योग नै चलेका हुन्छन् । कयौ कन्सलटेन्सीले योजनाबद्ध भूमिका पनि निभाइरहेका हुन्छन् । ती वार्नेसका नयाँ अनुहारहरु हुन । त्यसैको पछिल्लो भारतीय उदाहरण हो –राडियामिडिया काण्ड । त्यसैलाई द हिन्दु कि स्तम्भकार वैजन्ती नैननले आधुनिक जनसम्पर्क उद्योगले कसरी करपोेट जगत, राजनीति र मिडियाको सिण्डिकेट बनेर नयाँ राज्यसत्ताको चरित्र निमार्ण गरिहेको छ भन्ने प्रष्ट पारेकी छन् । उनको नियमित स्तम्भमा सो लेख प्रकाशित हुँन नसकेपछि आफ्नै ‘द हुट’ नामक ब्लकमा प्रकासित हुनुप¥यो । मिडिया र जनसम्पर्ककासेैद्धान्तिक पुस्तक र विश्व विद्यालयका कोठामा अध्ययन नगराइने नाङ्गो तथ्य राडियामिडिया प्रकरणले अझ जग जाहेर गरायो । टाटा र रिलायन्स घरानाको जनसमपर्क गर्ने नीरा राडिया कसरी राज्य संयन्त्रलाई औँलाले नचाउथिन ? कुन मन्त्रालयमा कस्लाई मन्त्री बनाउथिन र कस्को छवि कसरी निमार्ण गर्ने र ध्वस्त गर्ने भनेर मिडिया कन्टेन्ट निर्धारण गर्थिन भन्ने कुरा बुभ्mन सो प्रकरणमा भारतका नामी मिडिया ब्यक्तित्वहरुको संगलग्नता बुझे हुन्छ । कुनै बेला पत्रिका तोप बनेको थियो, भूईमान्छेको आवाज भनिने हुँदा यसलाई एडमन्ड ब्रुककै भाषमा राज्यको चौथोअंग पनि भनिन्थ्यो । निर्धाको आवाज र स्वप्नद्रष्टाको मार्ग्चित्र पनि भनिथ्यो । राज्यसंग पुलिस र न्यायालय हुन्थे भने जनतासंग पत्रिका हुन्थे । पत्रकारहरु तोपविहिन कलमका सिपाही भएकाले राज्यब्यबस्था हल्लिन्थ्यो । एउटै समाचार वा आलेखको धेरै समयसम्म आवाज गुञ्जयमान भईरहन्थ्यो, एउटै समाचारको असरले समाजमा ठूलो प्रभाव परिरहन्थ्यो । अहिले एउटा समाचारको आयु कति लामो हुन्छ ? सोचौँ त ! आवाजविहीनको आवाज अर्थात शक्ति हुन्थ्यो, मिडिया । तर, अहिले त्यही चौथोअंग मिडिया उद्योग बनेको छ । त्यसैलाई मिडियाको करपोरेट कल्चर भन्न थालिएको हो । उध्योगको मूलधर्म भनेको नाफा हो । हरेक उध्योग वा ब्यापार त्यसैमा टिकेको हुन्छ । तव विर्मश सुरु हुन्छ,‘.के उद्योग बनेको मिडियाले युगको आवाज, भुइँमान्छेका कुरा, समयको आक्रोश र विद्रोहलाई सार्वजनिक स्वर त दिन्छ ? एउटै उद्यमीका अनेकौ उध्योगहरु हुन्छन् । सवैको मूल मर्म नाफा कमाउनु हो । चाहे जग्गा कारोवार, हाउजिङ वा रक्सी उध्योग होस् या मिडिया उध्योग । त्यसले कुनै फरक पार्दैन । मिडिया साक्षरता अत्यन्तै न्यून भएकाले हामी कार्य, कारण र परिणाम खोतल्ने न हामीँलाई जाँगर छ न आवस्यकता नै ठान्दछौँ । बजार हामीमाथी हैकम गर्दै के सोच्नु पर्छ कस्तो भूमिका निवार्हा गर्नु पर्छ निर्देशन गर्छ । बजार अहिले हाम्रो समूहिक विवेक निमार्ण गर्ने र डो¥याउने काम गरिरहेको छ जस्लाई करपोरेट संस्कृति पनि भनिन्छ । अर्कोपक्ष पनि त्यतीकै हावी छ ‘.हामीकाहाँ बहसको सृजना अहिले विश्वविद्यालय, प्राज्ञिक समाज र गम्भीर मिडियाकर्मले नभै प्रायजसो दात्रीपोषित यनजियोले गर्दैछन् । कतिपय मिडियाकर्मी भने आफ्ना मिडियालाई राज्य र आफूलाई त्यस्को शासक पनि सोच्छन् । तर, आफ्नैकर्मलाई अंकुश लगाउने ब्यबस्थापकीय कक्षको तरवार सम्पादकीय कक्षमाथि कति धारिलो भएर बजन्र्छ भन्ने कुरा सार्वजनिक स्वीकार्न भने सक्दैनन् । के विज्ञापनले, ब्यबस्थापकीय राजनीतिक सामिप्यताले सूचना र विचारलाई कति प्रभाव पारिरहेको हुन्छ र आम जनताले के कस्तो मनोदशा तयार गर्नु पर्छ भनेर निर्देशन गर्ने पक्षलाई हामीले कहिल्यै नियाल्ने कोशिस गरेका छौ ! जति ठूला मिडिया हुन्छन् त्यस्का सम्पादक त्यतिनै ठूलो दवावमा रहन्छन्, एउटा ठूलो विज्ञापन आँउने वित्तिकै एउटा महत्वपूर्ण समाचार सहिद हुनुपर्छ । अझ विज्ञापनले खाली भएको ठाँउमा मात्र समाचारले स्थान पाउँछन् भन्ने कुरा सामान्य मिडिया उपभोक्तालाई पत्तै हुँदैन् । मिडिया अध्ययनको सिद्धान्तमा कसरी अहिले मिडिया राजनीति चलाउँछ भन्ने विषय भनेको अजेण्डा सेटिङ सिद्धान्तले कम महत्वको विषयलाई पनि सबभन्दा महत्वको विषय बनाइदिने शक्ति राख्छ तर मिडिया टाईजेसनले भने राजनीतिको दिशा र दशा दुवै मोडिदिने भएकोले हाम्रा सोँच र धारणा हाम्रा मौलिक नहुँन पनि सक्छन् ।‘६) आचार सहँिता हामीले एजेण्डा सेटिग र फेक न्यूजबारे चर्चा गर्दा थप अध्ययन गर्न १)बिज्ञापन २)हत्या भएका सहिद–समाचार र न्यूज म्यानेज ३) न्यूज टेर्डस ४) पुँजी र प्रविधीले निर्मित सत्ता ५) आधुनिकता, प्रविधीले जन्माइरहेको अन्धविश्वास ६)विषयको चैन र पक्षधारिता ७) सामाजिक संंजालले मूलधार मिडिया दिएको चुनौति र खतरा ८)सूचना शक्तिको स्रोत ९)समाचार श्रोत र विश्वसनियता १०) मिडियामा लगानी ख्याल गर्नुपछर्् । भारतवाट सकरात्मक शिक्षा लिन कोब्रा पोष्टले गरेको स्टिग अप्ेशन हरेक मिडियाकर्मीले अध्ययन सामाग्री बनाउन पर्छ । म त अझ १९४१मा अर्सन वेल्सी निर्देसित सिटिजन केन फिल्म र न्यूर्योकर जेन अलुटाको सिटिजन जैनले अहिलेको करपोरेट मिडिया भित्रका खेल र झेल बुझन सहज हुँनेछ । (७) पढन पनि प्रोत्साहित गर्छु । अधिकांस मिडियामा सूचना गाएव भएका छन । थिम, थ्योरी र कन्टेन्ट छैन् । राज्यमिश्रित शक्ति योजनावद्द झुट फैलाउदो छ । अझ हामीकहाँ पत्रकार पक्षकार छुट्याउनै मुस्किल परिरहेको छ । जतिजति वर्चश्वशाली समूह वहुशंख्यकवादको कथ्य तयार गर्दैछ, त्यतिनै दक्षिणपंथ झूठले अल्पज्ञानमा रजाँई गर्दो छ । सत्य र ज्ञानको सामना गर्न नसकेपछि भक्तहरुलाई वास्तविक सूचना र ज्ञानबाट टाढा राख्न चाहान्छ । ज्ञानमाथीको रजाई गर्न अधकल्चो सूचनाका साहारा बन्छन् । चेतनाका अन्त नै अन्धास्थावाट सुरुहुन्छ । लोकतन्त्रको प्रहरीबन्ने राज्यको चौथोअंग पनि पूँजिपतिहरुको रखैल बनेर अन्धआस्था र फेकन्यूज फैलाउने साधन बन्छ भनेर ब्रुकले कहिल्यै सोचेनन् होला । मिसन प्रोफेशन बनेपछि चिन्ता र चिन्तन पनि अपहरणमा पर्लान भनेर सोचेनन् होला । फेकन्यूज एजेण सेटिगले फैलाएका छुतका रोगबाट बच्ने उपाय भनेको आलोचनात्मक चेत राख्नु, र्काय र परिणम पछाडि कारकपक्ष नियाल्नु, प्रविधीले आविश्कार गरेका फयाक्ट चेकरलाई प्रयोग गर्नु आवस्यक हुन्छ । अन्तमा भारतीय टिभीका एक प्रख्यात एंकर रविस कुमार ः एउटा डरपोक पत्रकार लोकतन्त्रमा मरेको नागरिक जन्माउछ । !_ https://hindi.gujaratexclusive.in/facebook-closes-540-million-fake-accounts-spreading-fake-news/ 2 https://citizentruth.org/fake-news-1990-that-ignited-gulf-war-sympathy/ 3 http://www.anunad.com/2008/12/ 4] http://www.anunad.com/2008/12/ 5] g/]Gb|h+u lk6/M lxdfnog l6eLdf k|sflzt n]v . 6] g/]Gb|h+u lk6/Mcfrf/ ;+xltf, k|]z sfpGzLn g]kfn 7]https://www.newyorker.com/magazine/2012/10/08/citizens-jain narenjp@gmail.com
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home