Sunday, October 4, 2020

मित्र संवाद ७

एउटा कुरा याद छ ? पहिलो दिन स्कुल गएको ? पहिलो दिन त्यति थाहा नभए पनि अहिले केही झझल्को भने अायो । पहिलो दिन सरस्वती पुजाको दिन । बाले बोकेर लानु भो । गुरू रत्नप्रसाद पराजुली थिए । हामी ज्याम्देल भन्थिँउ । चन्दनीको डाँडोमा गणेश प्रावी अहिले त उच्चमावी भएछ । बाले भर्ना गरेर फकाउदै छोडेका । सरस्वती पुजाको प्रसाद, रंङगी विरंग अपरिचत केटाकेटी । अर्जुनदाइ, शान्त, बद्री, उपेन्द्र, केशर, शिवराम..... सवै सवै । अनगिन्ती नचिनेका मान्छे । रमाइलै लाग्यो । इँटाले बनेको लामो घर, बनोट अलगै थियो । त्यस्ताघर साहु टोला अधिकारीका पनि थिएनन । बाहिर पटटी कुर्सीमा बसेका गूरू, उनको पाउमा ढोगेका बुढापाका, तन्नेरी । कतिले हात जोडेर नमस्ते गरेका । पिपलको बुढो रूख, छेउमा ...पोखरी । काल्चाको पसल,. रेवतीका बाबाको अारण । अली माथी गएपछि पिल्लाबोट, सिमलका अजंङका रूख । कहिले बाले, कहिले दिदीले पुर्याउथे । पछि त बद्रीदाइले हात समातेर लान थाले । हामी पनि पहिलाको घर(तेजवहादुरको अहिलेको घर)बाट पर्ती फाँडेको तल झरिसक्याथियाै । जुठेसार्कीले घर बनाएका । हाम्रा टोलमाथी सासाना टोल थिए। पानी ढलो यता र उताका केटाकेटी कम चिनिन्थ्यो । स्कूल गएपछि अाखाँ त चाैडा पो भएछन,। कक्षामा अधिकारी, लुइटेल, गाैतम, बाोहरा, नेवार, दमाइ,कामी, अोहो संसार त सोच्या भन्दा फरक । विभिन्न कक्षा हुँदा रहेछन । अलीअली फरक पारेर बस्ने । घरबाट चकटी लगेर बस्ने । कति राम्रो चिटिक्कको चकटी अामैले बनेकी । सिलोट, बारखरीको किताव, खरी ढुङगो । सरहरु ? स्कुलको अवस्था ? सकूल जस्ताले छाएको थियो, पानी अाउदा गित बजाउने । हाम्रा माडसावहरूमा मुल त रत्न प्रसाद भै हाले । अरूमा कृष्ण प्रसाद पराजुली (साहित्यकार,भाषाविद) गोविन्द पराजुली (पूर्व न्यायाधिस) गोपाल प्रसाद पराजुली(साहित्यकार) श्रृसिराज सुवेदी, रामसरण लुइटेल, झिगु खोला जलाधारका चेतनापुञ्ज पुस्पराज ढुंगाना, बिदामा अाउने दीनानाथ ढुंगाना पनि रहे । अनि स्वयसेवा गरेर शिक्षादान गर्ने धेरैले पुन्यकर्म गर्ने हुन्थे । स्कूल चलाउन गाह्रो थियो मानामुठीले । शिक्षक खर्च धानिन्थ्यो । रत्नप्रसाद लामिछाने, पुष्पराज ढुंगाना, मानप्रसाद अधिकारी, बेदप्रसाद लुइटेल र ज्याम्देल परिवारको ठूलो योगदान थियो । अझ त्यहा भब्य पुस्तकालयमा नेपाली हिन्दी, अंग्रेजीका महत्वपूर्ण ग्रन्थ र पुस्तक हुन्थे । जागृत पुस्तकालयमा त्यो क्षेत्रकै पढनेको धुइरो लागथ्यो । मैले रबिन्द्रनाथ टैगोरको गोरा पहिलो पटक त्यहीँ देखेको हुँ । देशकै चर्चित पुस्तकालय खोल्ने पुषराज र रत्नको योगदानले त्यो क्षेत्र नै मगमगायो । सानु कदको अग्लो मान्छे रत्नको स्मृतिमा मैले लेख्या छु ..... फूलको वास्ना वरी परी, मान्छेको वास्ना डाँडा पारी । ५कक्षामा पुग्दानपुग्दै पुस्तकालयले मलाइ लोभ्याइसक्या थियो । ढाडे बिरालो आएछ भन्दा कस्तो लाग्यो ? थाहा पाउनु भएन छ जस्तो ? कति उचो प्रतिक ।खिस्स हासिदिन्थे । अामाका मुद्राभाषाले धेरै कुरा भन्थ्यो । छोराछोरी कस्लाइ धेरै माया गर्नुहुन्थ्यो, कसैलाइ पत्तै हुदैनथ्यो । अामासंग लामालामा कथा हुन्थे । थाकेर अाएपनि सुनाउनुहुन्थ्यो । कति धेरै प्यार,दोष बिरालो लाइ । त्यसमा पनि ढाडे बिरालो । बाबु सवै पढ् तर गिता नपढ, धुर्व । गितापढेपछि मान्छे वाैलाउछन रे, जोगी हुन्छन रे । तँ नजन्म्या भए मैले साैता पाँउथे काले । यसरी माया पोख्नुहुन्थ्यो । रोपारका खाजा च्यूरा अचार कहिल्यै अाफू नखाइ छोराछोरीलाइ ल्याइदिने । हो नि । मोह हुन्न केहीको ।काम क्रोध लोभ मोह ले नै हो पारिवारिक बन्धन । होला हक्की हुनुहुन्थ्यो हजुरबा । न ल्याउन के बेर । तर बुढाबुढी अति मिल्ने । हजुरआमाले मेरो आमाले बुवालाइ गरेजस्तो व्यबहार कहिले देखिन । मान्छेका अनेक प्रसङ्गका कुरा दुइ बुढाबुढी रातभर कुरा गर्थे । नमिल्ने भए रातभर कुरै हुन्न थियो । कसरी हात भाचिएको थियो ? भर्खर व्रतबन्ध भएको । जिम्वालको नातिसंग । फागुनको महिना थियो । फिस बुझाउने एक मोहर पैसा घरमा थिएन । तव त्यो दिन स्कूल जाँन सकिन । भोली जालास भनिन, कालीबुढीले । दिँउसो बाख्रा हेर्न सेतीमाटी गँइ । सुकेका बुटयानमा पात नभएका । तलतिर तहलहाउदा पालुवा देखेका बाख्रा हामफालेर भाग्न थाले । रोक्न सकिन । गाैबारीमा ठोसा थिए । रूदै छेक्न खोजीँ सकिँन । बारीका कान्लाबाट हामफाल्दै बाख्रासंग जाँदा नेपेदाइको बाह्रिकान्लाबाट फाल हाल्दा लडीँ, पधेरामा भिमसेन सापकोटाको श्रीमतिले देखिछन्र । घरमा खवर भो । अामाले रूदै बा दिदी भएका ठाँउमा लगे । बादिदीहरूखोड खन्ने कुल्ली काम गर्थे । सवैले चाइनाअस्पताल काफले डि लगे । चाइनिजले मायालु तरिकाले हातमा काम्रो बाँधे । पहिलाचोटी चिया र पाउरोटी त्यही खाएको । भोलीपल्ट काठमान्डु एक्सरे गर्न लानु पर्छ भनेछन् । घर फर्केर अाएपछि एक्सरेलाइ अप्रेसन चिर्ने भनेर बुझिएछ । अप्रेसन नगर्ने निधो भएछ । हामी जव क्याम्पमा गएनाै तव दोभाषे उपरसेठ बानियासंगै पो डक्टर घरमा अाए । मलाइ लुकाइयो । बद्रीदाइका बा जेठा सापकोटाले जडिबुटी ल्याएर काम्रो बाँधे । २१ दिनपछि खोलियो । हात बाङगो भयो । अझै कुम छुन सक्दिन । यसले मलाइ ठूलो शिक्षा दियो भने म्लेक्षको हातको चिया पाउरोटी खाएर मेरो पहिलो पटक जात गएको हो । घरमा अाएर सुनपानी छर्केर नयाँ जनै फेरेर जात फर्काको । त्यसपछि फ़ेरि जात गएको थाहा पाएकी पाएनन ? कति पल्ट गयो होला जात ? जात गएका कथाहरु आफ्नो मात्र होइन अरुका देखेका भोगेका सबैका जात गएका फर्किएका कथा भाका हारेर लेख्नुस । जात फालेर जातमा फर्केका धेरै जोडिदार अहिले देख्छु । उनीहरू कर्मकाण्डी बने – कोही अास्थाका नाममा, कोही संस्कृति र परपराका नाममा । सवैसंग अाफनो अाैचित्य पुष्ट गर्ने तर्क हुन्छन । तर्क र कुतर्क कोरलिन्छन । असहाय, पीडितको पक्षमा भगवान नबनेपछि जात फाल्नपछि ढुक्क भएको हुँ । या त भगवान छदैछैन, छ भने शक्तिशालीको पक्षमा भन्ने कुरा अाफ्नै पाखुराले तन्नमबाट उच्चमध्यमवर्गमा अग्लीएका हुक्सेलीलाइ शिकार खेल्ने देखेँ, भोगेँ र प्रतिकार गरेपछि हो । हुक्सेलीको उन्नतीमा कसैको एकथोपा रगत र एक थोपा अासुँ परेको थिएन । उनका गुहारले कसैको हृदय पग्लेन । जात त धर्म, भगवानको नियन्त्रणामा थियो, त्यसलाइ तोड्न मलाइ मुस्किल परेन । विरक्तिका कारक बने । जिन्दगीले माहाघुम्टी छिचोल्दै त्यस टर्निङ प्वाइन्टमा पुर्यायो, तव फेरिए सवै जिन्दगीका कथा । त्यसपछि म बाहुनबाट मान्छे क्रमश बन्दै गँए । मान्छे बन्नु र बाहुन बन्नुमा कुन गाह्रो ? हेर्नुस बाहुन बन्न कठिन छ, त्यहाँभन्दा पनि गाह्रो मानव न्नन । मानवबन्न धेरै संघांर छिचोल्नुपर्छ । हरेक कुराका कारण सोध्ने, सोच्ने जिज्ञाशा हुनुपर्छ । धर्म र मान्यता तोडनुपर्छ । अन्धविश्वासको संघार छिचोल्नु पर्छ । धरती नियाल्ने बाहुन चश्मा फालेपछि देखिने सुन्दरता र कुरूपताका मैदानमा पुगेर तपाइ अाफ्नै मस्तिक, अाफनै हृदय, अाफनै मनको मालिक बन्न सक्नुहुन्छ । वाहुन कुनै जात हैन् सोचको प्रबृति हो, ज्ञानका अहंकारमा रम्ने अमानव समूह हो । ज्ञानको सत्तामाथी कब्जा गर्न युक्ति र तर्क बहादुर हो । अहंकारमा जिउनु ज्ञानको पाखन्डमा रमाउनु, घृणा र द्वेसमा अस्तित्व खोज्नु हो, भने त्यसबाट मुक्ति खोज्दा पाउने कस्ट, तिरस्कार, बहिस्कार क्षेल्न सक्ने चेत अाफैँमा चुनाैती हुँन, मान्छे बन्न ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home