सामाजिक संजाल र फेसबुके समाज
मिडिया सामाजिक संजाल र फेसबुके समाज 13 July 2012 at 16:44 फेसबुके समाज र फेसबुके कुरा फस्फूसे कुरा भने हैनन् है । फेसबुके साथी र वास्तविक साथीहरुमा भने फरक हुनसक्छ । फेसबुके साथी आत्मिय साथीमा फेरिन पनि सक्छन् । अहिले सामाजिक संजालको रुपमा एउटा नयाँ वर्चुअल समाज क्रमसः अव विकास हुँदैछ । त्यसले राज्य र राष्ट्रका सिमा छिचोलेर विश्व मानवमा पनि क्रमसः फेदैछ । हामीहरु कहाँ पनि फास्टफूड कल्चर, नेग्लिस सोसाइटी (अंगे्रजी ज्यादा र नेपाली मिस्कट भाषा) बोल्नेहरुले यस्लाई फेसनका रुपमा स्वीकारीसकेका छन । यो अझै हनम्रेा सन्दर्भमा आन्दोलन बन्न भने सकेको छैन् । अन्यन्त्र आम मजदुर किसानमा भन्दा पनि सहर, सहरउन्मुख वस्ती र सूचना–संचारको पहुँच भएको समाजमा कहिलेकाहीँ आन्दोलन पनि बनिदिएको छ । जो जस्तो छ ,त्यस्तै सामाग्री र संगत पाउँन सक्छ । ज्ञान,सूचना, साहित्य, विचार,संगत र आन्दोलनको अथाहा सागर हो । सामाजिक संजालबाट फाइदै उठाउन सकेको छु । सामाजिक संजालका साथीहरुसंग भएका वाद, विवाद र संवादले राज्यका सिमा नाघेका छन र विश्वका आन्दोलनसंग जोडिन पाएको पनि छु । अझ भाषाको समस्यालाई पनि अनेकौ विधी र उपायवाट हल गर्न सकिँदो रहेछ । सदा जिज्ञाशु र विध्यार्थी बन्न हौँस्याएको पनि छ, यसले । मान्छेलाई बोल्नका लागी, भावना व्यक्त गर्नका लागी सर्घष गर्छ । मान्छेलाई बोल्न र भन्न दिनुपर्छ । मान्छे कसैगरी कुनै उपायबाट पनि व्यक्तिन्छ नै । नत्र पागल (मनोरोगी) बन्छ । सपना, योजना, भावना,क्षमता, कुण्ठा, लालसा, महत्वकाक्षा, अपेक्षा, अनेकौँ प्रस्ताव सबै राख्ने अनुकुलता र परिवेश खोजिरहन्छ् । जब पाँउदैन तब उपाय खोज्दछ । मान्छे आफूलाई अरुले सुनिदिओस भन्ने चाहान्छ । जब त्यो वातवरण पाँउदैन तब डिप्रेस बन्दै जान्छ । मनका कुरा खोल्ने र सुनिदिने परिस्थति बनाउन चाहान्छ । जैविक आवस्यकता नभएपनि बुढौलीमा पनि मानिसले बिहा गर्नका कारण यही हो । मान्छेले मनका कुरा सुनाउन पाएन भने गुम्सिन्छ, तडपिन्छ, मानसिक दवाब र तनाबमा उल्झिन्छ । अव सामाजिक संजालहरु त्यसका निकास बनेका छन र फेसबुक पनि त्यसको एउटा माध्याम बनेको छ । कृया, प्रतिकृया र आफनो पहिचान र भूमिका बोध गराउने । मान्छे अनुसारकै सोच र कुरा हुने नै भए । साथ, संगत, पनि त्यस्तै । फेसबुके साथीहरु पनि अधिकांस त्यस्तै । अझ राजनीतिको क्षेत्रमा वाद, विवाद, सवांद, सपना र सोचको आदन प्रदान हुन्छ । आफैँलाई सम्बृद्ध र सुसंस्कृत बनाउन र अर्जाप्न पनि सक्छ । रिचार्ज हुन सक्छ । तर राजनीतिक संस्कारहीन मुलुकमा त अझ कुरुप र आफ्ना कुण्ठालाई सहज तरिकाले यस्ता माध्यमबाट व्यक्तिन्छन । मान्छे अत्यनै उर्जाशील प्राणी र कम्लिकेटेड जात हो । सहज तरिकाले चिन्न र बुझन नसकिने । मान्छेमा रहेको अन्तरनिहीत क्षमताको कसैले पनि लेखाजोखा नै गर्न सक्दैन । आफूसंग भएको उर्जालाई सकरात्मक कति प्रयोग गर्न सकेको छ वा छैन ? हुन्छ या हुन्न भन्नेमात्र कुरा हो । अहिले म केही कुण्ठाग्रष्त मान्छेहरु सामाजिक संजालमा देख्छु । उनीहरु आफना मनोरोगहरु फेसबुके भित्तामा वान्ता गरिरहेका हुन्छन । आफना डिप्रेसहरु अरुलाई गाली गलौच गरेर उर्जा खर्च गरिहेका छन । त्यसमा आर्दशको अपेक्षा गर्ने यूवाहरुको जमात पनि ठूलो छ । अझ भूतपूर्व आर्दशबादीहरुको जमात त अझ धेरै देख्छु । आर्दश, नैतिकता अरुमा हुँनु पर्ने आफूले अपेक्षा गरेर रमिते मात्र भए पुग्ने । मेरा फेसबुके साथीहरुमा धेरैको संख्या स्रिजनशील, सामाजिक जिम्वेवार र आफना अभिव्यक्ति प्रतिको जिबेंवारी लिनेहरुकै छ तर कयौँ भने आफूलाई नग्याँएर चौवाटोमा बसेर अरुलाई बेइजत गर्नेहरु पनि देखिन्छन – भद्धा, अश्लिल, कुरुपहरु । कतिलाई छाँटने गरेको छु भने कयौलाई हेर्दै .....मान्छे कति तलसम्म गिर्न पनि सक्दो रहेछ भनेर विना टिकटको रमिता, तमाशा र मानविय नकारचरित्रको अध्ययन सामाग्री बनाउन साँची पनि राखेको छु । त्यस्ता पात्र र प्रबृतिहरुमा आफना लालसा पुरा गर्न आफनो क्षमताको विकास गर्न मिहनेत गर्नु भन्दा पनि अरुलाई सरापेर भाग्य “छप्पर फाडेर” पुग्छ भन्ने मनोविज्ञान पलाएको देखिन्छ । आखिर मान्छेको अन्तरमनमा जे खेलिरहेको हुन्छ फेसबुके भित्तोमा त्यही टाँगिन्छ । कतै विज्ञापन, कतै आक्रोस, कतै मनोकामना, कतै अपेक्षा, कतै आक्रोस । कतै नयाँ दुनियाका मावताबादी सोच, अभियान र प्रतिवद्धता । जो जे छ त्यस्तै यो अथाहा सागरमा खोजेपछि पाँइने रहेछ । खोज्न, ग्रहण गर्न, त्यसलाई चिन्न, सदुपयोग गर्न र त्यसबाट पाएका विषयहरुलाई मानव समाजको हितमा कति उपयोग गर्न सक्छौँ भन्नेमा भर पर्नेरहेछ । सामाजिक संजालले धेरै शक्तिशालीहरुको निदहराम गरिदिएको छ । क्षत्रपति महाराज अमेरिकाको निदहराम गराउने जुलियस एसेगेँ हुँन वा आक्रमणकारी दस्ता बनाइएर उत्पिडनलाई पठाईएका सम्राज्यवादी मुलुकका सैनिकहरुले तत देशमा गरिएका बर्बतालाई दुनिया सामु ल्याउने मिडिया बनेको छ, वर्चुअल मिडिया । इराक, गोन्टानाव वे को घटना होस् या अफगानिस्तानमा भएका वर्वरता हुँन छिपाउन सकेका छैनन् । कतिपय विश्लेषकहरुको भनाईमा आँउदो महायुद्ध साइवर युद्ध हुनेछ भने ह्याकरहरुले शक्तिको औकात हरेकसंग एउटा सिमासंग मात्र हुन्छ भनेर शक्तिको मदहोस् नहुँन चुनौति दिएका छन । यो संसारमा केही पनि विषय गोप्य हुँन सक्दैन भन्ने बोध पनि गराएका छन । एउटा सामाजिक सरोकार र राष्ट्रिय महत्वका समाचार, विचारहरुले संपादन कक्षको फलामेढोका मात्र हैन् ब्यबस्थापकिए स्टिलद्धार पनि छिचोल्नु पर्छ । ठूला मिडियाका ठूला स्वार्थ हुन्छन । हाम्राजस्तो देशमा सकार र नकार उदाहरण भारतिय सन्र्दभ ज्यादै मिल्तीजुल्ती हुन्छ । स्वतन्त्रता र प्रजातन्त्रको ठेकेदारी गर्ने भारतमा सत चरित्र करपोरेट हाउस, राजनीतिक कर्मी र मिडिाको लगन गाँठोँ कस्तो हुँदो रहे भन्नेकुरा राडिया–मिडिया प्रकरणले बतायो भने अविसेक सिन्धुवीले यौन–उपहार लिएरै न्यायाधिस बनाईदिने कर्तुत पनि वर्चुअल मिडियाले नै पोल खोलिदियो । वरिष्ट पत्रारहरु पनि जब आफना कोलमहरु आफ्ना मिडियाले प्रकाशन गर्देन तब सामाजिक संजालकै साहारा लिन्छन । द हिन्दु की वैजन्ती नैननले आफनै प्रख्यात कोलममा राडिया–मिडिया नछापिएपछि ब्लगको साहारा लिइन । पत्रकारिताको उपदेश दिएर नथाक्ने मिडियाका नयाँ टि.यन. शेषन जस्टिस मारकण्डेय कटाजु (अध्यक्ष,प्रेस काउन्शिल अफ इण्डिया)समेत सिन्धुवी केसमा वैकल्पिक मिडियामा विकास भएका सामाजिक संजालमाथी खनिएर सार्वजनिक वौद्धिकरुपले पाएको संमान बचाउन सकेनन् । सत्ता कति सामाजिक संजाल र वैकल्पिक मिडियाबाट आंतंकित छ भनेर बुझे हुन्छ । जब आफनै पुरपुरोमा बर्जिन्छ तब मान्छेले तीनतीन लोक चौधभूवन देख्न थाल्छ । सामाजिक संजाल अहिले शक्तिशालीहरुलाई त्यस्तै भएको छ । हतियार कसैको हुँदैन चलाउन जान्नेको हुन्छ । विश्व वजारको प्रधान बन्न अश्वमेघमा हिडेकाले अग्रजी, स्पेनिस, फ्रान्सेली र अरवी भाषा जहाँजहाँ लगे त्यहाँ उत्पिडनमा परेकाले अन्यन्त्रसंग पनि सपना, भावना र कार्यक्रम साटने माध्यम बन्यो । त्यस्तै सामाजिक संजाल र वैकल्पिक मिडिया पनि आँउदा समयमा नयाँ आन्दोलनकारीहरुको सशक्त हतियार बन्ने लक्षण देखिइसकेको छ । अखिर सेन्सरहीन सूचनाक्रान्तिको यस समाजिक संजाललाई कस्ले, कसरी प्रयोग गर्छ भन्ने कुरा ऊ कस्तो छ ? कस्तो धरातलमा टेकेर सपना देख्छ र उपयोग गर्छ भन्ने कुरा नै हो । चिने श्रिखण्ड नचिने खुर्पा विँड...... पाडरी है पाडरी । अन्तमा..... मेरो नियमित स्तंभमा केही हप्ता पहिला प्रेम, यौन र विवाहा वारे शोभा, हस्मिन र वेल्जियमको प्रसंग उठाँउदै विर्मश थालनी गरेको थिँए । त्यसलाई फेसबुके भित्तो र पत्रिकाले समाजिक संजालमा पनि राखी दिएपछि जनयुद्धको मैदानबाट उछिटिएर बेलायती लाहुरे बन्नु भएका एकजना फेसबुके मित्रले टाँगनपत्रीमा सोधेछन – के तपाई शोभा र हस्मिन जस्तै प्रकास दाहालकोवारे पनि सार्वजनिक लेख लेख्नु होला ? । लालदाश नबनेको यो स्तंभकारको प्रेम, विवाहा र यौनबारे पूर्ववर्ती धारणा नै निरन्तरता राख्छ । अझ त्यसलाई गभिंर विर्मशकेा विषय बनाउनु पर्छ भन्ने मान्यता राख्छु । अझ प्रकाशले परिवर्तनको केन्द्रमा रहेर नेतृत्वलाई गभिंर धोका दिएको र यो संगिन घडीमा नेतृत्वले मानसिक दवाव झेल्नु परेको पनि मेरो ठम्याई रहेको छ । उस्को यो कुकृत्यलाई भर्त्सना गर्ने मसंग शव्द छैनन्, आक्रोस भने छ । जन अाव्हान २०६९ असार २९
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home