कथा,टिङ्ग्रेहरूका
केही पहिला टिंग्रेटिंग्रीका कथा लेखेको थिएँ । सोच निर्माण र व्यक्तित्वको भूमिका चयन गर्नमा पेटीकोट र अन्डरप्यानको भूमिका के हुन्छ ! भन्दापनि अझ चम्चा र चतुरेको घालमेल भयो भने राजनीतिमा टिंग्रे संस्कृति हावी हुन्छ । महत्वाकांक्षी पार्टनरद्वारा अन्ध आवेग हौंस्याइदिएर सोही आवेगले नै शक्तिशालीका विवेक नियन्त्रण गर्दै मनोकामना पूरा गर्छ । कुनै शक्तिशालीसँग काम पट्याएर शक्तिकेन्द्रमा खेल्नु छ भने उसको श्रीमती, प्रेमीप्रेमिका वा पिय पात्रको महत्वाकांक्षा बढाइदिनु पर्छ वा साखुल्ले दरवारी बन्नु पर्छ । तब शक्तिको शयनकक्ष सदाको लागि खुला मात्रै हुँदैनन् कान्छी औंलाले नचाउन पनि सकिन्छ । औकात, पृष्ठभूमि र भूमिका नै नभएकाहरु अहिले जुन शीर्षासनमा छन्, उनीहरु स्वहैसियतले नभई टिंग्रेका कारण हुन् । वैदिककालदेखि नै टिगे्रहरुले कर्तालाई प्रभाव पारेर\परेर सत्ताखेलमा महत्वपूर्ण भूमिका खेले । इतिहास नै मोडेको नजिर पनि छ । माओवादी जनयुद्धका मोड र भूमिका सुक्ष्म अध्येयतालाई पनि केही टिग्रे र टिग्रींकथा बडो रोमाञ्चक लाग्न सक्छ् । साँस्कृतिक सामन्तवाद या त चाकर खोज्छ या सेक्स पार्टनरका कुरा काट्न सक्दैन । गन्थन नगरी विषयमै नै केन्द्रित हौं । यौन जैविक आवश्यकता हो भने मान्छे यौनको मामलामा मोनोगामी नभई पोलीगामी पनि हो । यो सम्बन्ध विवाहमा मात्रै वा एक गिलास पानी प्यासमा मात्र सीमित हुँदैन । भावना र भूमिकालाई पनि प्रभाव पार्छ । तर, समाजको डरले भने ऊ आदर्शवान कहलिन खोज्छ । धेरैको विचार भूमिकालाई यौन आशक्तिले प्रभावित पारेको छ । वैदिक इतिहासदेखि नै शक्ति र टिंग्रेहरुका कथा यसैसँग जोडिएका पनि छन् । समयले कोल्टे फेर्ने बेला त यो अझ विभत्सरुपमा देखा पर्छ । यसका रुप र चरित्र फेरिए पनि सामन्तवादी समाज, पूँजीवादी समाज र कम्युनिष्ट आन्दोलनमा भिन्न रुप र चरित्रमा देखा परे । शक्तिकेन्द्र नियालौं । सम्पत्ति आर्जन, सन्तान र सम्बन्धप्रति नेताहरुका आशक्ति नियालौं । धेरै कुरा छरपष्ट हुन्छन् । भन्ने, गर्ने, हुने र देखिने चित्र र चरित्रको मिहीन अध्ययन गरौं । सदन नियालौं, अन्यन्त्र झाँकौं त ! यहाँ चाकडीका नयाँनयाँ आविष्कार देखिन्छन् । अझ सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, वाट्सएप खगोल्न आवश्यक छ । त्यहाँ त अनेकौ रुप र रंगमा चाकर र चतुरेहरुले ख्वामितका स्तुतिगानमा आचीका बखानमात्रै हैन दुश्मनको उछित्तो काढ्ने टिंग्रेटिंग्रीका देख्न पाइन्छ । युग र अवस्था अनुसार रुप फरक–फरक हुने गर्छन् । हरेकखाल युगका टिंग्रेहरुको विशेषता भने एकै हुन्छ । मूल विशेषता भनेकै स्वविवेकभन्दा विशेष संबन्धका कारणले गम्भीर निर्णय लिनु हो । त्यो आशक्तिका स्तरमा भर पर्छ । यी अनेक प्रकारका हुन्छन् । त्यसमध्य जोइटिंगे्र, पोइटिंग्रे, प्रेमीटिंग्रे र नेताटिंग्रे विशेष प्रकारका धातुले बनेका हुन्छन् । उनीहरु यति लम्पट हुन्छन् कि आफ्नो नैतिक दायित्व, कर्तव्य र निर्णयमा आफ्नै बुद्धि, विवेकको प्रयोग नगरी वा नभई पार्टनरको खुशीमा निर्णय समर्पण गर्छन् । त्यसको परिणाम भने सम्बन्धित भूगोल, काल र आन्दोलनले व्यहोर्नु पर्ने हुन्छ । महत्वकांक्षा स्वयं पूरा गर्न नसक्ने तर पार्टनरलाई टिंग्रे बनाएपछि सम्पन्न गर्न सक्ने शक्तिप्यासाको कुरुप–इतिहास हरेक भूगोल र कालखण्डमा पाइन्छ । शक्ति बौलाएपछि अहंकारमा फेरिन्छ । लडाईका कारण बन्छन् । टिंगे्रहरु आप्mना प्रेमी वा प्रियसीलाई खुशी पार्न भयानक युद्ध गर्न पनि हिच्किचाउँदैनन् । विभीषणलाई सरमाले लंकाधिपति बन्न उत्तेजित पारिन् । वैभवशाली लंकाधिपति रावणको बौद्धिकता र सुरवीरताले यो भूभागलाई नै कायल गरेको बेला जोइटिंग्रे विभीषणको आवेग, सत्ताभोक, लालच बढाइएपछि लंकाली राजसिंहासनले उसलाई यति आतुर र मोहित बनायो कि दाजुमात्र हैन वंश र राष्ट्र नै खतम पारेर रामचरणमा स्वाभिमान सुम्पियो । जोइटिग्रे बन्दै रामटिंग्रे बनेर श्रीपेच ढल्काउँदा युद्ध जितेको ‘बहादुर’ कुम्भकर्ण भार्या बज्रज्वाला सामने टिक्न सकेन । सभास्थल छोड्न विवश भयो । तर, त्यही इसा मसिहीकी उत्पे्ररकमा भने मेण्डेलिन थिइन् । क्लियोपात्राको सिजरमात्रै हैन, एन्थोनीसँगको सहवास सत्ताको प्यास छिपेको छैन । दुनियाँ जित्न तरवार खैचिने सिजर क्लियोपात्रा टिंग्रे बन्दा आफ्नै मित्र एन्थोनीले शिर नै छेदन गरिदियो । आखिर एन्थोनी पनि सत्ताप्यासी मिश्री महारानी क्लियोपात्राकै टिंग्रे नै थियो । कार्ल माक्र्सको जेनी मात्रै हैन गुप्तप्रेमिका हेलेन डिमुथ पनि थिइन् । गोपनीयता बचाउन फ्रेडरिक एंगेल्सले उनीबाट जन्मेको छोरोलाई आफ्नै नाम दिएर हेनरी फ्रेडरिक डिमुथ माक्र्स बनाए । हेलेन पनि जेनीजस्तै त्यागी बनिन् । माक्र्स आप्mना मिसनमा टिकिरहे, त्यसको भनक जेनीलाई समेत भएन । तिरहुत ब्राम्हणी कान्तिवतीको मोहपासमा परेका रणबहादुरले ब्राम्हणीपुत्रलाई नै राजगद्धी सुम्पने सहवासपूर्व नै वाचा कवोल गरे । तबमात्र शाह परम्परा मिचेर गिर्वाण राजा बन्न पाएका हुन् । खुब नचाइन् राजेन्द्रलाई, राजेन्द्रलक्ष्मीले । शक्तिप्यासा राजेन्द्रलक्ष्मी राजेन्द्रलाई मात्र हैन शक्तिशाली भारदार गगन सिंहलाई अर्को टिंग्रे बनाएकी थिइन् । जब गगनको हत्याराको पत्ता लगाउन प्रेमीटिंगे्र राजेन्द्रलक्ष्मीले बोलाएको भेला कोतपर्वमा फेरियो तब राणाकाल नेपाली इतिहासको श्रीगणेश रक्तआहालमा लेखिँदै गयो । उनी क्लियोपत्रा नेपाली अनुहार थिइन् । हुप कुक र एलिजा मारियाका टिंग्रे बनेका सिक्किमेली टिंगे्रद्वय चोग्याल र लेण्डुपले प्रेयसीहरुको महत्वाकांक्षा टकराहट र सत्ताका प्यासाहरुको खेलमा स्वतन्त्र राष्ट्र सिक्किम विश्व मानचित्रबाट हराएर भारतीय गणराज्यमा फेरियो । राजनीति सिद्धान्तका कुरा मात्र रहेनछन् मनोवैज्ञानिक पाटा, पक्ष पनि महत्व हुँदो रहेछ् । १७ साल पहिला महेन्द्र, वीपी र तुलसी गिरीलाई किशोरी गिरीले खुब खेलाइन्, नचाइन् । विचरा नेबबहादुर मल्ल पुतलीबाग पिकनिकमा झुक्किएर पुग्दा महेन्द्र र वीपीको कोपभाजन बने । सबै ..चुप्के ..चुप्के । तर अहिले पर्दाभित्र र बाहिरका खेल, त्यसले पारेका प्रभाव नियाल्दा टिंग्रेटिंग्री कति शक्तिशाली छन् माथापच्ची गर्नै पर्दैन । २७ सय जोर जुत्तामात्रै राख्ने फिलिपिनो इमिल्डा मार्कोसले फर्डिनाड मार्कोसलाई जोइटिंगे्र बनाइन् । कम्युनिष्ट विरोध गर्नेको नाममा अमेरिकी सत्ताका प्रिय पात्र बन्दा पनि मार्कोस जनप्रतिरोधमा टिक्न सकेनन् । रुमानियाका कम्युनिष्ट शासक चाउसेस्कु अपवाद रहेनन् । इलिनासँगै भीडले नै हत्या गरिदियो । वास्तविकता जे भए पनि रुपमा शाहवंशको अन्त प्रेमीटिंग्रेबाट भयो । समाजलाई चुनौति दिनेहरु लिभिङ टुगेदर, लेस्वियन र गे बनेका हुन्छन् । लिभिङ टुगेदरका आर्दश पात्रमा जाँ पाल सात्र र सिमोन द वोवा हुन् । अरुन्धती रोय हुन् । नेपालमै विशिष्टताका कयौं उदाहरण छन् । लिभिङ टुगेदर, लेस्वियन हुनु र टिंग्रे हुनु फरक हो । नेपाली टिंग्रेटिंग्रीहरु यति छन् कि उनीहरुले राष्ट्रिय राजनीतिलाई प्रभाव मात्रै पारेका छैनन््, उच्चासन कब्जा गर्न वा कार्यकारीलाई दिशानिर्देश दिने हैसियत समेत राख्छन् । आज धेरै नेताहरु टिंग्रे बनिदिँदा उनीहरु भ्रष्ट बन्न विवश छन् । हिजोका नायकहरु आज आशक्तिका पुतली बन्न पुग्दा परिवार, प्रेमी र सन्तानमोहले टिंग्रे बन्दै गएका हुन् । नैतिक अपिल गर्ने पूँजीको धरहरा गल्र्यामगुर्लुम्म ढलेर जनता र कार्यकर्ताबाट विश्वासहीन र तिरस्कृत बन्दै गएका छन् । टिंग्रे सँस्कृतिमा एक–अर्कालाई मानमर्दन गर्नु र विशेष सम्बन्धका कारण पार्टनरलाई आवेगमा ल्याउनु, सत्ता प्राप्तिको लागि हौस्याउनु र पार्टनरको छविमा रजाई गरेर सत्तामा हालीमुहाली गर्नु, कार्यकर्तालाई आश र त्रासमा राख्नु आदि पर्छन् । भारी सभामा अन्धाको छोरो अन्धै हुन्छ भनेर दुर्योधनलाई न हेपेको भए महाभारत कहाँ हुन्थ्यो र ! पाँच पाण्डवलाई टिंग्रे बनाएपछि नै द्रोपदीलाई त्यो अहंकार पैदा भएको थियो । राजनीतिक पार्टीमा जब टिंग्रेहरु भाग्य निर्माता हुन्छन् तब त्यहाँ आलोचनात्मक चेत भएका कार्यकर्ता या त लालदासमा फेरिनु पर्छ या त विवेक बन्धकी राखेर गुटीय भरियामा दरिनु पर्दछ । माओवादी जनयुद्धमा पनि टिंगे्रहरुका कथाव्यथाका नउघ्रिएका अनेकौं पाटापक्ष छन् । रोचक कथा छन् । गुटका फुर्को समातेर औचित्य देखाउने र सत्ताका भ¥याङ चढेर अग्लो देखिनेको कौशलता अन्य पार्टीभन्दा माओवादीमा बढी देखियो । यसले आन्दोलनलाई प्रभाव मात्र पारेन, पार्टी फुटको लागि उकास्यो पनि । त्यसै निरन्तरताले आन्दोलनको कुरै छोडौं, पार्टीको नामै समेत विलीन भयो । न इतिहास बोक्न सक्नु, न त्याग्न सक्नु … विडम्वना बन्यो । गुटका टिंग्रे हुन् वा जोइटिंग्रे र पोईटिंग्रेका कुरा हुन्, कथा विभत्स रहे । शान्ति युद्धकालमा अझ यो मौलायो । अन्तमाः अर्को पाटो पनि छ– मानिसको जात, श्रम बेच्छ तर सबैले विवेक भने बेच्दैनन् । आफनो मालिक बन्ने लालपूर्जा ख्वामितलाई सुम्पिदैनन् पनि । राज्यमा हुने विद्रोह र मजदुर आन्दोलन क्रान्तिकारी आन्दोलनको जन्मले त्यस्तै सन्देश दिइरहेको हुन्छ । कुरा चन्द्र शमशेरको अत्यन्तै भित्रिया राममणि आदीले पनि स्वसेन्सरसीप गर्न नसकेका कुराहरु कुटभाषामा बनाएको नोटबुक उनका छोरा शान्तमणि दीक्षितको पुस्तकालयमा अन्वेषकहरुले अझै पढ्न पाउँछन् भने स्पेनी फासिष्ट फ्राँकोको अनन्यभक्त कामिलो जोसे सेला आत्मिक टिंग्रे नबन्नुकै कारण कालान्तरमा नोवल पुरस्कार विजेता समेत बने । टिंगे्र सँस्कृतिको अपवाद नरहेको हैन । युनानी दार्शनिक सुकरात जान थेप्पेको जोइटिंग्रे बनेनन् । बुर्जुवा क्रान्ति नायक नेल्सन मण्डेलाले आफैँजस्तो आदर्शमा टिक्न नसकेको भन्दै विन्नी मण्डेलालाई ४ दशकको वैवाहिक सम्बन्ध पार गर्दा पारपाचुके गरेर ग्रासा मिसेलसँंग विवाह गरे । निजी सम्बन्ध भनेको टिंग्रे बन्न हैन भावनाको कुरा हो । सार्वजनिक महत्व र आदर्शका धरोहरहरुले या त पार्टनर जस्तो अर्को पार्टनर बन्न सक्नुपर्छ नत्र भने सम्बन्ध पनि निरन्तरता दिने भ्रष्ट, चरित्रहीन मूल्यहीनसँग नारिने हुन जान्छ । यो आफैँसँग भद्दा ठट्टा हो । सार्वजनिक जीवन बिताई रहेकालाई भूतपूर्व आदर्शवादी भनेर मात्र पछ्याउन युगले सक्दैन । कुनै दिनका नायक खलनायकमा फेरिएको स्वयं उनीहरुले नै चाल पाउँदैनन् । टिंग्रेलेभन्दा सार्वजनिक जीवन बिताइरहेकाले ध्यान पु¥याउनै पर्ने अहम् विषय भनेको एलिना, एमेल्डा, विन्नी, हुप, कुक, एलिजाजस्तालाई नकाराञत्मक प्रतीकका रुपमा लिँदा कल्याण हुन्छ । शक्ति अति चञ्चल हुन्छ, कुनै दिनका शासक, मतियार र टिंग्रेहरुलाई इतिहासले दण्ड दिएका, दुत्कारेका संसारमा अनेकौ नजीरहरु छन् । चेतना भया !
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home