डायरीको पानामा माघ १९को सम्झना
डायरीको पानामा माघ १९को सम्झना धेरै दिनपछि आज डायरीको पाना खोलेको छु । अहिले घना जगलंको छवैमा हाम्रो बसाईछ । सरकारी सेनाकालागी हर्रे छिन्चु सम्शेरगाज सुर्खेत र सल्यानको समदूरी तीन घण्टाकोमात्रैे फरक छ । एउटा आखाँ खुलै राखेर आफनै चौकसी गर्नुपर्ने बेला । युद्ध घनिभूत रुपमा चलिरहेको छ भने पार्टीको अन्दरुनी कलहले पनि भावानामा त्यतिकै चोट पुगिरहेको छ । बालुवाको मिटिगंमा क। अथक र क। बजिरसगंको छलफललेपनि चित्त बुझैको छैन । आखिर के हो यो ! भन्ने कौतुहलता जागेको छ । मृत्यु वा मुक्ति भनेर जनयुद्धमा हेलिएका निजी र पुजीँलाई समाज अधिन बनाउछु भनेर महासमरमा ओईरिएकाहरुमा यस्तो के भएको हो ! भन्ने लाग्दैछ । जहिलेपनि आर्दशको मुहान नेतृत्व हुन्छ मुहाननै धमिलो भएपछि खोलो कसरी सफा होला र !! उफ् यो ब्यक्तित्वको टकराहट हो की ! जुगाँको लडाँई । म गम्भिर बिषयलाई अरुमार्फत मात्र सुन्न सक्छु । त्यसैले धारणा बनाउन परेको छ । ऐतिहासिक सन्दर्भ विचारको लडाई र तर्कको तागत । आस्था र बिस्वासको दिल र दिमागमाथी परेको छाप । अनेकौ तर्कना आउँछन । मेघझै मडारिन्छन । सामुन्द्रिक छालझै आउँछन हराउछन । मनका कुरा सबै भनौ या लेखौ भने पार्टी सदस्य नभईएला कि भनेर हरेक पार्टीका सदस्यले झै म पनि अहिले आत्मसेन्सर गर्छु । सगंठन शक्ति हो अराजक बन्ने अनुमति कसैलाईपनि हुँदैन । अर्काेतर्फ मान्छे मिसिनपनि हैन नी ! आर्दश र सपनाको भारी बोकेर महासमर यात्रामा छु त्यस्ौले पनि लेख्न पर्छ भन्ठान्छु । दिमाग छ अनेकौ तर्कनाहरु प्ाुत्त फुत्त आईदिहाल्छन । दिमाग हो सोचिदिहाल्छ । सोच्दछ दिमागले भूमिकामा उर्ताछ । दुख पाउँछ यो हाडछाला भएको शरीरले । नसोचेको भए सपनाले टोक्दैनथ्यो । मस्त तोँद फुलाएर गजधम्म परेर ढल्दथँे । एक मन लाग्छ भो नलेखौ । अर्काे मन भन्छ बाचिँने हो कि मरिने हो ! फर्केर बिचार सार्बजनिक गर्न पाईने हो कि हैन थाहा छैन । यो नाफाको जिन्दगीलाई अहिले केही निराशा छाएको छ । भर्खरमात्रै सेती महाकाली भेरी र कर्णालीका अगुवा कार्यकर्ताहरुको भेला जाजरकोटको दह गाबिसको जुर्का निपानेमा सम्पन्न भएर फर्केको यो मान्छे । भक्तपुर जिल्ला भन्दा भूगोलमा ठुलो दह गाबिसको जुर्का निपानेलाई हामिहरु जुनी भन्दछौ । मगरहरुको त्यो सानु बस्तीमा मात्रै जन्ती र रोपाईमा गरेर दुई दर्जन भन्दा धेरैको हत्या भएको थियो । बचेकाहरु सगोलमै जीवन अभ्यस्त गर्दै छन । त्यस्लाई कम्युनको अभ्यास थलोको रुपमा लिईएको छ । त्यो भेलामा जुनी जानु मेरोलागी दोश्रो अबसर बन्यॊ । त्यो सहिद बस्तीलाई हामी तिर्थथलोको रुपमा लिन्छयौ । त्यो क्षिण अहिले सिनेमाको रिलझै घुमिरहेको छ । जुनीमा प्रत्याक्रमणको दोश्रो अभियान उदघाटन कमरेड दिवाकरले फायरिगंबाट गर्नुभयो । सैन्य हेलिक्याप्टरहरु शिकारी बाज घुमेझै आकासमा चक्कर मार्दै थिए । सुरक्षाको कास्रन कमाण्डर जीत गर्दै हुनुहुन्थ्यो । कति चोटी उहाँलाई लक्षितगरेर अईटी वान र यसयमजी दाग्यो खुलामा छन जीत बम गोलीलाई जितेका । हो उनैले मलाई लहा दहमा कम्ब्याक्ट लगाईदिएका । अघिल्लेै दिन जासुसी बिमानले रेकी गरिसकेकोले त्यहाँ जमघटको लख् काटन उसलाई गाह्रो परेन । घना जगंलका बिचमा सयौं जना अटने त्यहाँ प्राकि्रतिक ओडारहरु छन । एकैछिनमा जगंल र ओडारमा सयौकौ फौज पानीमा माछा हराएझै भयो । आकासबाट बमगोला ऊ बसा्रउने धरतिबाट जनमुक्तिसेनाको शक्तिसाली फायरिगंले उस्ालाई हायल कायलपार्ने । कभर लिन पहिलोपटक कमाण्डर सुदिपले मलाई त्यहीँ हो सिकाएकॊ । यसैबिच ओडारमै सयुक्त क्षेत्रिय मिटिगं र प्रशिक्षण सम्पन्न भयो । त्यहाँ कमरेड जेबीलाई सख्त आलोचना नगरे त् क्रान्तिकारीनै हुईदैन की भन्ने होडै चल्यो । किन हो कोनी क। शुरेसको अभाव मलाई खडकिरहेको थियो । जुन तरिकाले जेबीको बालको खाल उखाल्ने काम भयो त्यो शोभनिय कुनै अर्थमा थिएन । तब एउटा कबिता सुनाउने अनुमति माग्ाीँ र सुनाई । कबिता भारतिय उर्दुकबि वसिरबद्रको थियो- दुश्मनी जमकर करो मगर यह गुाजायस रहे ! अगर कभी हम दोस्त बन जाए तो सर्मिन्दा न हो । आज केही दिन बितिसक्यो । हामीहरु आज अथार्त २०६१ म्ााघ १९ गते अहिले हामी प्ास्चिमी सल्यानको टाकुरामा छौं । एउटा आखाँले लमतन्न परेका तराईका फाँटहरु झलमल भएका शहरहरु देखिन्छन भने अर्काे आखाँले गगनचुम्बी हिमाल उत्तरतिर कान्लैकान्ला बनेर पत्रैपत्र देखिने गर्बिला पहाडहरु ठडिएका । अहिलेपनि जुनी पार्टीको आन्तरिक कलह बाहिरी मिडियामा छताछुल्ल भएका आन्तरिक समस्या सबैलाई गम्दै आफनो औकात सम्झन्छु । जहिलेपनि जतासुकै साना मान्छेका भै कुराहरुले खासै महत्व रहँदैन कसैले राख्दैन । त्यस्मापनि यो महाँयुद्धकाल हो । त्यस्ले बाहिर र भित्र पार्ने प्रभाब बारे अनेकौ कुरा आईरहेका छन । हिजोसम्म टाकुरामा मोबाईलले काम गथ्र्यो्र । देश बिदेशका साथीसगं धितमारेर बात हुदाँ बाहिरका साथीहरु प्ाार्टी आन्तिरक जीवनबारे नै कुरा उठुउछन । पाल्सी कुरा गर्दापनि आफैंलाई छक्याउन कहाँ सकिन्थ्यो र ! एकाबिहानै क। कासी बराल बिराटलॆ खबर सुनाउनु भयो - शेर बहादुर देउवालाई असक्षम भन्दै निर्वाचित सरकार अपदस्थ गरेर राजा आफै सकि्रय भएकोबारॆ । क। बिराट क। दिनेश क। कल्पना क। यूवा क। किर्तिमान लगायतको हाम्रो टिम छ । खवरले मलाई खुशी र उत्तेजीत पार्छ । मोवायल बन्द भएकोले बाहिरी जगत्सगं खबर टुटिसकेकॊ छ । पुष्टि गर्न सचांरपोष्टमा क।अभिष्ट सगं सम्पर्ग गर्छु । यसैपनि हामीहरुलाई रेडियो नेपालले दिने समाचारहरु ओल्टाउदै पल्टाउदै सत्य तत्थ्यको नजिक पुग्ने बानी परिसकेको छ । क।अभिष्टले सबै कुरा सचांरसेट बाट दिएपछि यसै खुसीयालीमा कुखुरा खाने प्रस्ताब गर्छु म । बिसेष अबसर बाहेक कुखुराको परिकार खाईदैनथ्यो । सहयोद्धा साथीहरुले आस्चर्यमान्दै अझ राजा सकि्रय भएको राजतन्त्र प्रतक्ष्य र सकि्रय भएकोमा अझ हामीले खुसी मनाउने ! भन्ने तर्क राखे । टिमको अगुवा र प्रौढ भएकाले पनि सबै साथीहरुको हार्दिकता प्रेम र समांन आफुले पाएको थिएँु । मैले आफना तर्क सार्दै बिस्लेषण सुनाई ू हरेकलाई परिस्थितिको सबेंदनशीलता र आबस्यकताले एकता गराउँछ । त्यो भाबनात्मकमा फेरिनपनि सक्छ । सबाभित हाम्रो पार्टी बिभाजनलाई यस्ले रोकिदियो । पार्टी फुटोस् भनेर धुपबत्ती गरेकाहरुको भाकल पुरा हुने भएन । अर्काेतफ ससंदिय पार्टीहरु र हामी बिच एकता अब अनिवार्य भयॊ । त्यस्को महसुस दुबैपक्षले गर्ने नै छ । आधारभूमि तयार भयो । यो दुबै परिस्थिति राजाले तयार गरिदिएर जनयुद्धलाई नकरात्मकै भएपनि उन्ले गुनै लगाए ।ू साथीहरु मेरो कुरामा सहमत भए । सिरसिर हिउँ बोकेर ल्याएको बतासमा आज जमेर कुखुराको मासु उडाईउने भईयो । साकिनेको मासु झोल र भात तोदँ फुलाएर खाईयो । आज मैले धेरै दिन पछि साप्रो चपाएँँ सुचना नै जीवन बनेको बेला दैनिक मोबायल सम्पर्ग गर्न टाकुराको चुलीमा जान पथ्र्यो । अब त्यो नियमित कामपनि बन्द भयो । अब जे दिन्थ्यो सचांरपोष्टले क।अभिष्टकै भरपर्नु पर्ने भयो । फेरी मलाई आज याद आउँदैछ- जुनी त्यहाँका मान्छेहरु कम्युन बसिर बद्रको कबिता सामान्य मान्छे मारेर प्रमोसन खोज्ने हवल्दार । ूआतकंकारीू मारेपछि प्रोमसन गर्ने सरकारी नीति र प्रलोभनमा एउटै हवल्दारले मात्रै त्यस सानोबस्ती लगाएत जाजरकोटको बिभिन्न ठाउँमा किलो सेरा टु को बेला २ शिक्षक सहित ३३ जना ग्रामिणकॊ कानुनीहत्या गरेको । पछि ढेढ बर्षमै ऊ इन्स्पेक्टर । आफु ०५८ पूर्ब स्वतन्त्र पत्रकारको हैसियतमा सकि्रय हुदाँ सयोंगले बाकेँको बघौडा क्षेत्रमा उसैकोमा बासबस्न पुग्नु । त्यो जानकारीको आभास नत उस्लाई नत पत्रकारमित्र यज्ञ बिक्रम शाहीलाई नै गराएको अबस्था । जनयूद्धकालमा पत्रकारिता र मानब अधिकार द्धन्दरत दुबै पक्षलाई सुरक्षाकवच बन्थ्यो । अनेकौ सरकारी कन्सुत्लेहरुपनि त्यही आबरणमा सकि्रए रहेको देखे भोगेको । २०६१ म्ाघ १९ साझँ डागीँ कटेरो सल्यान टाकुरा । annapurna post shaniwar 23 magh 2066
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home