Thursday, May 14, 2020

टिष्टा पुग्न नपाँउदाको थक्थकी -

टिष्टा पुग्न नपाँउदाको थक्थकी मात्रृपर्वमा पनि बुढीआमा कहाँ जान भ्याईन पाँइन्ा । ढोगसम्मानगर्न बिहानै फोन गरीँ । सन्तानका लागी सबैका आमा राम्रा हुन्छन र सन्तानसगं कुनै आशा र अपेक्षाले स्नेह गर्दैनन उनिहरु । इलाम बजार बिहानैदेखी चहलपहल छ । आमालाई मिठो ख्वाउने र राम्रो कपडा लगिदिनेहरुको भिडै लागेको छ । त्यसैले यहाँको प्रख्यात मिठाई बम्बैसान र ललिपप सखारै बजारबाट सकिएछ । चाख्ने धोकोले धोका पायो । पत्रकार महाँसघको कार्यक्रम सकिनासाथ सुरेसजीसगैं इलाम यफयमतिर लाग्यौे । न्यूनतम पारिश्रमिकबारे मेरो अद्ययन सामान्यै छ त्यसबारे सुरेसलाई राम्रोमात्रै हैन उनि कोही रिसाउलानकि खुसाउलान भन्ने सोच्दै नसोची हाकाहाकी बोलीदिन सक्छन । श्रमविबी र मालिक छुटयाउन नसकिने नेपाली मीडिया क्षेत्रमा अझ सरकारी प्रतिनिधी बनेर बोल्नु त आ बैल मुझेमार भन्नु बराबर हो । झण्डै आधाबर्ष सन्चार मन्त्रालयमा बसेर माइक्रोस्कोपले हेर्दा त कति कुरुपता देखिादोँ रहेछ भन्नै सकिदैन अहिले । नागोंपना ज्यादै भद्धाकुरुप र घिनलाग्दो पो हुदोँरहेछ । हाकाहाकी त्यस कुरुपतालाई जो कोहीले हेर्नपनि सक्दैन । हरेक साझँले पात्रलाई प्रबृतिसगं जोडिदिन्छ । जोजे छ कमै मानिस आफनो मौलिक चहेरा लुकाउन सक्छन । उनिहरु आफनै बाटोमा लम्कन्छन । इलाम मस्त छ सिरसिर बसन्तिलो हावा मनमोहक बनेको छ । सनिबार भएकोले अपरान्हदेखीनै बजार त्यतिको चहलपहल छैन । केही साथी सिक्किमे र इलामे अदुवा चाख्न खुसुक्क लस्किएछनआफु छलिएछ ।आधुनिक नभै प्रगतिशील देखिनेहरु आडम्बरमा बाच्न अभ्यस्त हुन्छन र दोहोरो जीवनशैली मन पराउछन । भन्ने एउटा गर्ने एउटा देखिने एउटा र हुने एउटाले वर्तमान समय घायल भएकोछ । सामन्तवादको केन्द्रिय प्रतिनिधीलाई परास्त गर्न सकेपनि सष्क्रितिमा भने त्यसैलाई निरन्तरता दिदाँ आफु नक्कली आदर्शवादी गनिन अभ्यस्त हुदैछ हाम्रो समाज । यो दोहोरो मानकले कायलनै छ परिबेस । आर्दश र नैेतिकताको अर्थपनि सामाजिक अबस्था र सम्बन्धले तय गर्दो रहेछ । राजनीतिमा त्यस्तै देखिन्छ । इलामेली यो साँझमापनि म यस्तै सोच्छु । चाखहरु फरक छन तर हाम्रो टिम आडम्बरी छैन । तितो यर्थात स्वीकार्न सक्छ । दोैतँरीको खुसीमा सहभागिता जनाउदै रमाउन सक्छ । लामोदिन देखीनै किशोरको पत्रकारितादेखी नजदिकिन म आतङ्कित भएको थिँए । ऊ घगडान पत्रकार हो । छिद्र पत्ता लगाउन माहिर छ र सुत्रको भरपुर प्रयोग गर्दै समाचारसगँ खेल्नसक्ने महाखेलाडीनै हॊ । सक्रंमनको अत्यन्तै नाजुक यस घडीमा म ऊसगं नजिक पनि हुन चाहेको छैन टाढा हुन पनि मनले मानेको छैन । मेरेा सूचनाको श्रोत एकतर्फी छ र आग्रह मिसिएको पनि हुन सक्छ । तर ऊ भने चौतर्फी फेरो मार्छ । एउटा शक्तिशाली सपादक कसरी सूचना पाँउछ केलाउछखेलाउछ भनेर नियालि राखेको हुन्छु । मेरो असहजतालाई ऊ सहज बनाईदिन्छ । सुर्यतापबाट इलामले ननहुवाउदै हामीे पर्यटन थलो माई पोखरी जाने सुर कस्यौ । त्यहुको समग्र बताईदिने साथीको अभाब खटकिएकै थियो । नाङ्गां आखाले प्राकि्रतिक सौन्दर्यपान त गर्न सकिन्थ्यो तर इलामगाथा पढन भने हुति थिएन । साथीहरु सिक्किम र टिष्टा नदी पुगेर मनभारी पार्दै फर्केका थिए । माने भन्ज्यागंका पिडा पोखेका थिए । सो बृतान्त सुनाउदाँ म भने कठमाण्डौकेै हबिगतघाईते भुगोल र अनेकौ रुपरङ्गंका नयाँ लेण्डुपलाई सम्झिराखेको थिएँु । हुपको तत्कालिन कथाब्यथा बारबराले सुनाएको झलझल्ती याद आउँदै राजधानीका लाउकेहरुको नागो तस्बिर सामने अउँछ । थुईक्क थुकिदिन्छु तिनिहरुको नाम र कामलाई । पारी पटटीको इन्तु डाँडा पहिलो पहरको सुर्यादय नियाल्न निम्त्याई रहेको थियो । हामीभन्दा सय मिटर माथी नेपालकै पहिलो ककि्रट घर र छेवैको पहिलो उद्योगले बोल्नेको पिठो बिक्ने र नबोल्नको चामल पनि नबिक्ने भनेर सुबिधाका ब्याख्याता र सहज इतिहासकारलाई गिज्याई रहेको छ । जतिपुर नहमीका काले दमाईले बनाईदिएको पुवा खोला दमाईपुलले जातीबादी र जातिय अहकारीलाई जिस्क्याई रहेको छ । अर्थाेडक्स चियाको सुर्काे तानेपछि नागबेली बाटो समातेर खेमले चुचुरो छुन गाडी हुईक्याए । पिच छोडेर गेगि्रनपथबाट जानुपर्ने । केहीबेर अलमलियौ । बाटो खोज्नु पर्छ निकास जहाँपनि पाईन्छनै । पहाडको चुचुरोमा रहेको यो राममसार सरक्षण सुचिको उच्च सिमसार हो । यहाँ अनेको प्रजातीका दुर्लभ बनस्पती र जलकुकुरको बासस्थान । जल कुकुर भने जेठ पहिलो हप्ता देखी भदौ पहिलो हप्ता भित्रमात्र बाहिर आउँछ । नजान्नु पनि कस्तो दुर्भाग्य झयाउले पोखरी ढाक्यो भनेर निकालेको त उही झयाउनै जलाधारको दुर्लभ बनस्पती पो रहेछ । अब भोफसाद ! त्यही पो सरक्षण गर्नु पर्ने । माईपाखरीका नौ कुना एउटा कुनोबाट अकेर्ा नदेखिने । प्रकि्रतिपुजक बौद्य र हिन्दुहरुको पावन थली । आआफनै मान्यता अनुसारको आस्थाकेन्द्र । अनेकौ भाकल गर्नेहरु टाढाटाढाबाट आउँछन । आस्थापनि कस्तो अनौठो चिज हो त्यो तर्कको कसौटीमा जाच्न कहिल्यैपनि उक्स्याउदैन । ९४बर्ष पार गरेकी बताउने बुढीबजै माई पोखरी मन्दिरमा छिन । पोखरीको बिर्धीले सत डगाई दिएपछी रातमा सुनिने एकनासकोस्वर अब हरायो भन्छिन । भगावानको थलीमापनि पैसा तिरेर आउनु परेपछी भगवानले बास सारे अरॆ । एकाएक रातो र सेतो गुरास देखेपछि देबी क्षेत्री दुलालसगं सोधीँ…।sे यो बिषालु हुन्छ हो भने । दुबै गुराँसका रुख र पातहरु उस्तैउस्तै हुन्छन । जुम्ला कालिकोट बिचमा ठडिएको माछालेकमा यस्तै बिषालु सेतो गुँरासबारे जनदिशा सम्पादक दिपेन्द्र रोकायाले बताएका थिए । त्यता सेतो गुराँसलाई चिमालो भनिन्छ । जताततै राम्रोका साथ नराम्रो पनि हुन्छ । बिष र अमृत सगंसगै हुर्किराखेका हुन्छन । क्रान्ति र प्तिक्रान्तिपनि साथसाथै बढेको हुन्छ । बिषालु गुरुसपनि फुलेपछि मात्रै सेतो र रातो बनेर छुटिन्छ भने परिणाममा प्रष्टिएपछी मात्रै सामान्यजनले त्यो भिन्नता थाहा पाउँछन । पर्यटनको अकुत सम्बाभना रहेको माईपोखरी क्षेत्रले सबैलाई लोभ्यायो । त्यहाँ रोपनीको २०देखी २५हजार मोल पर्ने जमीन पाईन्छ भने हरेक डाँडाकुढा चिया बगानमा फेरिएकाछन । किसोर र गोबिन्द गम्भिर भए । प्यूठाने गोबिन्द र प्रदुसनयूक्त काठमाण्डौबासी किसोर किन इलामसगं नलोभिनु । यहााबाट १५कोष उत्तरमा सम्बतपुर पर्यटन क्षेत्र पर्छ । यो सिक्किमदाजृलिगं पाचथर र इलामको सगंम हो । सुर्यादयको आभा पहिलो पटक यहीँबाट देख्न सिकिन्छ । २०१८सालमा महेन्द्रशाही ब्यबस्था बिरुद्धका योद्धालाई साही सेनाले नजिकैको सातखाल्डेमा ७जनाको।एउटै चिहान पारेको थियो । नत त्यहाँ शिर निहुराउन पुग्न सकियो नत इभान जगंल रत्न बान्तवा सहादत थलोमा । बरु टिकट बेच्दै रहकी बालिका नोर्बु छेवा सेर्पाको नस्रबन्ने धोको अभाबका बिचमा पनि बुनिने सपना गम्दै तलतिर झरियो । इलामे आधुनिककरणको श्रेय बडाहाकिम गजराज सिह।थापालाई जान्न्छ । बिसं १९२०देखी चिया खेती सुरु भएको इलाममा ३५ देखी कारखानामा पेल्न सुर भएर भने ६७ देखी राष्टिय आम्दानीमा बाधिन थालिन्छ । बिसं १९७६मा पसुपतिनगर बागबीरे गाँउका हेमकर्ण पाण्डेलाइृ अलैची बेर्नाल्याएको आरोपमा पक्राउ पर्छन । त्यो सुनेपछी लेप्चाहरुले पहिल्यैदेखी लगाई राखेका अलैचीँबोट मास्छन । उनै पाण्डेनै अलैचीका इलामेलि पिता हुन । सुगौली सन्धी पहिला दाजलिगंतिरको नागरगढी जिल्लाको सलरमुकाम हुन्छ भने त्यसपछी सारिएर करथोक । राजनीतिक जागरणको सम्मान झापामा बिस्तरामा परेका मुक्ति सेनाका अगुवा नरेन्द्र बास्तोलालाई जान्छ । सामाजिक नायकमा फाल्गुनानन्द पर्छन भने शेैक्षिक जागरणमा सम्मानले लिईने नाम भनेको पदम बहादुर देवान माया देबी र सरस्वती राई रहेछन । २००६ साल तिरै क।पुस्पलालले नामसालीगंमा कम्युनिष्ट पार्टीको प्रारम्भिक समिति गठन गरी तरकारीका बिउ दिदै १० गह्ाको ब्यबसायिक खेती उन्पुख गराउदै त्यस मद्य १ गह्राको आम्दानी पार्टीलाई लेबी तय गरेका रहेछन । बुद्धिमान तामागं ज्ञानिराम भटटराई र अन्नापुर्णा दुलाल्नी बज्यै सो कमिटीका सदस्य रहेछन । पहिलो पटक सिक्किमबाट अलैचिबेर्ना ल्याउदा पक्राउ परेपनि अर्काे पटक ल्याएर अलैचि खेती सुरु गरेछन॥पाण्डेले । अहिले ६ अ अदुवाअलैचि ओलान आलु अथोडक्स चिया र अमि्रसो इलामको बरदानेै हुन भने हरियाली इलाम बचाउन बाँसको कम भूमिका छैन । यसले जगंललाई जोगाएको छ । किसानका लागी काठको दैेनिक आबस्यकता पुरा गरेको छ । अरु सहर जान्छन बिदेश भासिन्छन तर ब्यक्तिबाट ब्यक्तित्वमा फेरिई सकेका गणेश रसिकलाई भने इलामलेनै तानेछफर्काएछ । फिक्कल झापा ओर्लने र पसुपतिनगर लाग्ने दोबाटो । उनि फिक्कलमा रेडियो चलाएर बसेकाछन । घाएल चहर्याएको राष्टबाद माने भन्ज्यागं मात्र १० किलो मिटर पूर्वमा छ । इलाम आउने तर चिया बगान हेरेर चिया कारखाना नहर्ने हुनै सक्दैनथ्यो । मेरो आग्रह मन्जुर भयो चिया प्रोसेसिगं हेरियो । बिहानको खाना यहीँखानँे निधो भयो । भोकको खाना आफनै प्रकारको हुन्छ जमेर तोँद भरियो । अगाडि कन्याम लोभलाग्दो चिया बगान पर्छ । चियाका मुना टिप्न पनि राधिका गिरी र उमिर्ला चौलागाईले सिकाईदिनु भयो । काठमाण्डौ छिनछिनमै नयाँ नयँु सूचना बनेर आईरहेको थियो सूचनाका धनी किसोर हामीसगैं थिए । अर्काेतर्फ खाना खान जनमुक्ति सेनाको चुलाचुली ब्यारेक जाने पनि योजना थियो । तर बदलिदो अबस्था र सैन्य सबेदनशीलतालाई ख्याल गर्दे त्यता नलाग्ने मेरो एकल निर्णयलाई दौतरीहरुले असहज मानेझैं लाग्यो । जेहोस् । एकसरो बाटो छिनछिनका घुम्टी । इलामपथका सामने बाईरोड त बबुरो हुन्छ । हो साच्चैनै त्यस्ता पाहाडी बाटोमा डाइबरले अर्कोपटक गल्तीगर्न बाकीँनै रहदैनन । इलाम र झापाबारे छलफल हुनु भन्दापनि काठमाडैलनैे तानेको थियो सबैलाई । साझँ बिराट नगर पुगियो । स्व। नर बहादुरको होटल । दिबगंत ब्याक्ति को काम र जस अहिलेपनि सन्तानलाई आधार बनेको छ । टेडमार्क बनेको छ । बसाई आलिसानको होटल तर ब्यबस्थापनमा अत्यन्तै फितलो । काठमाण्डौको राजनीतिक सरगर्मी बिराटनगरको हपहपी गर्मी । दुबैलाई पचाउदै रात काटियो । बिहानै किसोरले हामीलाई बाईबाई भन्दै राजधानी लाग्ने जोहो गरे । नारायन गुरुजी सुरेसजी गोबिन्दजी र श्रि धरजी पत्रकारहरुसगं अन्तरकि्रयामा जानु भो म भने बर्षाैदेखी नभटिएकी बिध्या दिदीलाई प्रणाम गर्न नहर पारी लागेँ ।जनआसथा साप्ताहिक २०६६साल बैसाख ३० बुधबार पूर्बि पहाडतिरको पहिलो पाईलो राप र चापले राजधानी तातेको थियो । सबै शक्ति र पक्ष्य आआफना दाउ खुलेरै खेल्दै थिए । कोही पनि पर्दामा थिएनन । त्यसै बेला इलाम जाने निम्तो आयो । एकातर्फ काठमाण्डौको सरगर्मी अर्कातर्फ जातिय आग्रहको बन्दको बिच यात्रा कति सुखद हुने हो ! भन्ने थियो भने अर्कोतर्फ पूर्बेली हरियाली बगैंचे जिल्लाले आकसर्ित गरिराखेको थियो मोह पनि त्यतिकै जागाईरहेको थियो । तराई बन्द थियो । जातिय उन्मादलाई ब्यबस्थापन गर्नै राजनीतिक नेतृत्वनै आग्रही भएपछि यो अबस्था हुनु स्वभाबिकै हुन्थ्यो । आर्दश र पहिचानका नाममा थालिएका उकासिएका र प्रायोजीत गरिएका सकि्रयताबाट पिडित तराई र यस्कॊ नागों वास्तबिकता र नेतृत्वका अन्तरआत्मा कुरा बुझदा पनि जसरी आम नेपाली प्रतिक्रया बिहिन छन म पनि एउटा लाचार ब्यक्तिभन्दा फरक थिइँन । सहभागी साथी अनुसार पनि यात्राका योजना बन्ने गर्छन । दोमनकै बिचमा थालियो । अरु साथीहरु अधिल्लै दिन त्यता लागिसकेका थिए । श्रि धर जी र मैले हबाई जहाज समयको अन्तिम क्षणतिर मात्रै तय गर्योँै । बिमानस्थलमा पत्रकार नेत्र केसी भेटिए । कर्म थलो र मेरो बिष्व बिध्यालय नेपालगन्जबारे कुराकानी भए । नेत्र नेपालको ब्यबसायिक पत्रकारितामा मह्त्वपूर्ण नाम हो । कास .....उ पनि यही माहैलमा फस्दो हो त आग्रह रहित पत्रकारिता गर्न सक्थ्यो कि सक्दैनथ्यो होला सोच्दछु । यात्रा कति सुखद हने हो ३० मिनटको उडानपूर्बिय हिम श्रिखलांको स्वाद लिदै तातो तातो र गर्मिकॊ बिचको बिराट नगर उत्रिँयौ । राजधानीमा rajnitiको चर्काै सरगर्मी छ । बिराट नगर गर्मीले पाकिरहेको छ । o!… बिराट नगर ४वटा प्रध्1नमन्त्री जन्माईसकेको सहर । त.....आधुनिक नेपाली इतिहासको प्रमुख थलो बनेको छस । मजदुर आन्दोलन, सशस्त्र सर्घषमा बिदेशी मित्रहरु फणेसवर रेणुको सहभागिता र डा. कुलदिप झाको कुसाघाट मोर्चामै शहादत र चक्रवतिबन्धुहरुको बम बनाउदैको शहादत । सघर्षमा अन्तराष्टय ऐक्यबद्धताको अनुपम मिसाल । उद्योगब्यबसायको केन्द्र । राष्टको मुल धमनी । यहीँ मुक्ति सेनाले आफनो पौेरख देखाएर राणाहरुको हेकडी छोडाइदिएको फत्ते बहादुर नेपालीले पहिलो तोप र टयाङ्कंर बनाए । प्रयोगको थलो । यही बिमान स्थल नेपालकै एकमात्रै बिमान अपहरण राजनैतिक उदेस्यले भएको । सलाम …।नायक दुर्गा सुबेदी । बिचार प्रतिको प्रतिबद्धताआग्रहहिन आर्दशको लागी । हाम्रो टिममा अरु २ जना साथीहरु पनि थपिनु भयो । बन्दबाट छलिदै रङ्गेली हुलाकी बाटो हुदै पुर्ब हुइकियौ । खिम कोईरालालााई पूर्बबारे राम्रो अनुभब छ । यसभन्दा पहिले पनि म उिनंसगं यात्रा गरिसकेको छु । सुखानीका जगंल र प्रकास समशेरको हबेली अब जिल्ला प्रशासन कार्यालय बनेको छ घुमेको छु । अनुभबी ड्राइभर हुन उनि । उर्लाबारीबाट पूर्बतिर हाकिदैजादाँ जताततै तुजुगमय ठडिएका चिहान र निर्दललाई जिताउन महाँपन्च शुबथाले फडानी गरेको जगंलले बिगत र वर्तमान सोच्न बाध्य बनायो । हामी नेपाली जनलाई छिटट्ै बिर्षने रोग लागेको छ । हालसालैको राजनैतिक सरगर्मीपनि त त्यसैको उदाहरण हो । हामी चार आलीबाट उकालो लाग्योै । शब्दको अर्थ पनि ठाँउ अनुसारका । आफु त किसानपुत्र । चारआलीलाई ४ गह्राको डिल भन्या त चौेबाटो पो रहेछ । कतैत अर्थको अनर्थ लागेर दुख पनि पाइन्छ । पस्चिमको याद आयो । जुम्लामा टाउको र बैतडीमा कडी अपशब्द हुन्छन भने खाटीँ प्यूठाने चिनिँन अन्यन्त्र अपशब्द मानिने गाँ…। थेगो नै बनेको हुन्छ । हाट बजार लाग्ने दिनले ठाँउका नामहरु जुरेका छन । आईतबार देखी शनिस्चरे सम्म । एउटै जिल्लामा कति हो कति कहिल्यै खेता गह्रा खाली नहुने झापाको बुधबारे तिन तले खेती सुपारीको बोटमा मरिचको लहरा मझेरी लिप्या झै भूइँ जमिन मुनी बेसार खेती र चारबाली लाग्ने ठाँउ । साच्चैनै पोैरखी हातहरुले खेतलाई काबु पारेर रत्याएर आफुलाई सम्पन्न बनाएका छन । झापा बिदैाेहको शखंनाद भएको थलो अहिले कृषिको आधुनिककरणको नमुना । आफु इलाम लागेको बिद्युतिय चौतारीमा के टाग्याथ्ािँ तुरुन्तै बल्जियमबासी धराने कबि कृष्ण बजगाईले सुझाब दिए … इलाम र ६ अ [अदुवा, ओलान- दुधका परिकार,अमि्रसो,आलु .अलैंची र अर्थाडक्स चिया ]नछुटाउनुस भनेर । जिल्ला प्रबेस गर्नै थाल्दा हरियाली प्राकि्रतिक बगैचा झम्के साझँको पछयोरी ओडदै थियो । त्यहाँको मसिनो जानकारी राख्ने मोहन हामीलाई शब्दमा चिनाउदै थिए । फिक्कल पुग्दा त साझःँ रातमा फेरिने तरखर गरिसकेको थियो । निम्तारुलाई खबर भैसकेको हुदाँ गास र बासको चिन्ता थिएन । नागबेली सडक छिचोल्ोर फिक्कल दोबाटोमा पुग्दा नपुग्दै अघिल्ला दिननै आएका साथीहरुले फोन सम्पर्ग गरे । त्यो टिम भारतको दार्जलिग र सिक्कमबाट माने भन्ज्याग हुदै फर्केको थियो । दलमा ८०बर्षे यूवा नारायन सर्मा अद्यक्ष प्रेश काउ_िन्सल, सुरेश आर्चाय अध्यक्ष न्यूनतम पारिश्रमिक आयोग ,गोबिन्द आर्चाय उप सभापति नेपाल पत्रकार महासघ, किशोर श्रेष्ट सदस्य प्रेस काउिन्सल तथा सापताहिक जन आस्थाका सपंदक थिए । यातायात सुबिधाले झण्डै ५ घण्टामा हामी काठमाण्डौँबाट इलाम बजारमा पुग्योैँ । सन्चार सुबिधाले देश देशान्तरसगं जिवन्त सम्पर्क हुदै थियो । राजधानीको हरेक पलपलका खबरबाट अपडेट हुईदै गईयो । थाकेको सरिर बिस्तारामा थन्क्याउदै सोच्न थाँली अहो..... इलाम त इलामनै पो रहेछ ! साथहिरुसगं परिचय त पुरानै हो तर घुलमेल हुन पाएको भने थिएन । बर्षाै पुरानो परिचय भन्दापनि छोटो सहयात्राले एक अर्कालाई चिन्न र बुझन अझ मददत गर्छ र हादिर्कता बढछ । सोच्दासोचदै लुटुक्क निदाईएछ । बिहानै होटलको छतबाट नियाल्दा -क्या सुन्दर जिल्ला ! एकाबिहानेै रबिकिरणसगै डाडाकाडमा फैलिएको इलामले आफनो मौलिक परिचय दिदैं मुग्ध पार्छ । कोरीबाटी गरेका हरियाली डाडाँ आफनै बसन्तिलो बैसमा मात्तिएझै लाग्छन । जगंल हेाकी खेती छुटयाउनै सकिदैन । बाझोँ कहीँ छैन परमपरागत खेती बिरलै देख्न पाईन्छ । पस्चिमेली उराठलाग्दा डाडाँ काढाँ चाहारेको मान्छे ,अलग्गै धरतीमा आएको पो की भान हुन्छ । मन्द मन्द हावा, कोलाहाल बिहिन परिबेश । माहौल पनि बसन्तिलो तर काठमाण्डुको तातो राजनिितक माहौलका चतुर तिन खेलाडी एसै वडाका राज प्रतिनिधी । एमाले अध्यक्ष झलनाथ खनाल सबिधान सभाका अध्यक्ष सुभाष नेम्बागं र नेपाली काग्रेसका महामन्त्री के बि गरुगको घर यसै वडामा पर्दछ । कान्ला मुन्तिर बसपार्क छ । त्यहीँ पुबृे्रली चम्किलो रातो तारा शहीद रत्न बान्तवाको सालिक छ । जातिय आन्दोलनको भटिटमा आफना रोटी सेकाउने हुन या बिबर्गिय साठँगाठमा आफना आग्रह पुष्टि गर्नेलाई यो नाम र उन्को काम भिल्लका देशमा कौडी बराबर हुनसक्छ । छतले मन मानेन घुम्न निक्लिएँ । दार्जलिग भन्दापनि अनुपम सुन्दर । कास यहाँ पुर्बाधार र यथोचित प्रचार भएमा यो पर्यटकहरुको गन्तब्य थलो बन्नसक्छ । फुलेका कटटुसले बासनामात्रै हैेन त्यस बासनामा कामुकतापनि छरिराखेको छ भने काडाँका बिचमा लटरम्म ऐँसेलुले जगंलनै बगैचामा फेरेको छ । पत्रकार महासघको कार्यक्रम दिन भरी चल्यो । समग्र इलामको प्रतिनिधीत्व मात्र त्यस्ले गरेको थिएन । कोशी र मेचीका माईण्ड मेनेजरहरुको पनि त्यहाँ उपस्थीति थियो । इलाम घोषणपत्र जारी गदै समापन भयो । उपरोक्त हरफहरु सेनापति बिबादको पटाक्षप हुनु भन्दा पहिलाका हुन । अहिले राष्टिय रगंमन्चमा सबैका लिगं छुटिटए । कित्ताबन्दी भयो । कोही पर्दामा रहन सकेन पाएन । आग्रहले धारणा बनाउनेहरुको हबिगत देखियो । सम्मानित राष्टपति महोदय सबेैधानिक मर्यादामै हुनुहुन्थयो भने राजनतिक शक्तिहरुको अराजनितिक पस्चगामी र बिदेसी दबाब र प्रभाब यति ज्यादा होला भन्ने नेपाली जनले कल्पना समेत गर्न पाउने थिएनन । पहिला त्यस्तो भद्धा चरित्र देखिसकेको पनि थिएन । नागरिक सर्बाेच्चताको बिषयल यति ठुलो प्रताडित भैसक्नु परेको थिएन । । आग्रह र स्र्वाथले बिषयबस्तु हेरिन्छ बुझिन्छ र ब्यबहार गरिन्छ भने इतिहास कसरी घायल हुदोरहेछ प्रतक्ष यो लोकले बुझन पाईसकेको थिएन । तर त्यस्को पूर्बाभास भने इलाम यात्रापूर्बनै भैसकेको थियो . यस लेखको सपादित अशं बैसाख २३को जन आश्था साप्ताहिकमा प्रकासित

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home