माओवादीका चुनौती
माओवादीका चुनौती माओवादी अब के र कसरी जाला भनेर अनेकौँ लख काटिइरहेको बेला यही फागुन ५ र ६ गते भक्तपुरको खरिपाटीमा पार्टीका ‘फिल्ड कमाण्डर' अर्थात् अगुवा कार्यकर्ताको प्रशिक्षण भेला हुँदैछ। विद्रोहीबाट सत्तामा पुगेर बाहिरिएको देशको सबभन्दा ठूलो पार्टी र प्रमुख प्रतिपक्षदलका अगुवा कार्यकर्ताको प्रशिक्षणमा सबैको ध्यान जानु स्वाभाविकै हो। एकातर्फ माओवादी आन्दोलन अर्काे चरणमा जानु, अर्काेतर्फ संविधानसभाको म्याद सकिँदैजाँदा समयमै संविधान बन्न नसने उत्पन्न हुने विषय परिस्थितिअगाडि हुनथालेको यस भेलाको विशेष अर्थ रहन्छ नै। सकरात्मक होस् या नकरात्मक, मााओवादी मार्गचित्रमै अहिले अन्य शक्ति पनि हिँडिरहेका छन्, खेलिरहेका छन्। अर्कातर्फ स्वयं माओवादीपनि सिद्धान्त, आदर्श, देखाइएका सपना, सांस्कृतिक स्तर, कोरेको लक्ष्य तथा खेलिरहेको भूमिकाका कारण इतिहासको अर्काे कटघरामा उभिएर समीक्षाको विषय बनेको छ। माओवादी हुनु भनेकै आफनो लडाइँ आफँै लड्न प्रतिकूलतालाई अनुकूलतामा फेर्दै आफैँ भूमिकामा उत्रनुहुन्थ्यो। त्यसैले सदा आशावादी, उत्साही र जागरुक गराएर जीवन र जगत नियाल्ने तथा सोहीअनुसार आचरण गर्ने नौलो मान्छे मानिन्थ्यो। अहिले भनाइ र गराइमा एकरूपता नआउ"दा, के हामी हिजैका माओवादी हौ त भन्ने अन्योल आन्तरिक पंक्तिमै पैदा भएको छ। आन्दोलनलेे सीमांकन गरेको मित्र र वैरीको रेखा, किटान गरेको आर्दश र लक्ष्य, थालेको अभियान, बनाएको मार्गचित्रमा माओवादी अडेको, बढेको र प्रतिबद्ध रहेको छ कि छैन भन्ने जिज्ञाशा, आशंका र प्रश्न पनि त्यत्तिकै जन्मिइरहेका छन्। मूल्य र आदर्शको राजनीतिमा, योजना र समर्पणमा, हेराइ, बुझाइ र गराइमा हुने गरेका आवेग र संवेदना अहिले छन कि छैनन्? भए व्यवहारमा कह"ा र कसरी देखिइरहेका छन्? छैनन् भने किन स्खलित भएका हुन्? यस्ता अनेकौँ प्रश्नमा दोश्रो खरिपाटी भेलासम्म आइपुग्दा पार्टी पंक्तिलाई नै आश्वस्त र विश्वस्त बनाउनुपर्ने अवस्था उत्पन्न भएको छ। पार्टीको भावि दिशा के हुने भन्ने सबाल नै यस भेलाको महत्वपूर्ण विषय हो। विगत खरिपाटी भेलाले पार्टीमा भावनात्मक एकता कायम गर्न सकेन। पार्टी सरकारमा थियो। विद्रोही हो कि, सरकारको नेतृत्वमा जस्ता भ्रम सिर्जना भए। त्यस्को असर चारैतर्फ देखियो। आन्तरिक जीवनमा अन्योल पैदा भयो। धाँजा फाट्दै आधारभूमिमा समेत पुग्यो। पहिलो खरिपाटीले वैचारिक स्पष्टता दिन सकेन। पार्टी ‘पाटी' बन्यो। मञ्चमा कसम खाएका मात्रिका यादब बाहिरिए भने अनेकौँ नौला अनुहार भित्रिए। त्यसपछि रोसी, कोसी र कर्णालीमा धेरै पानी बगिसक्यो। अहिले अनेकाँै धार, प्रवृत्ति र समूह तथा व्यक्तित्वको जमघट हुँदा मौलिक चरित्रै गुमाएर संयुक्त मोर्चा बन्न लागेको त छैन भन्ने आशंका पनि हुन थाल्यो । प्रतिकूल अवस्थाका प्रतिबद्धता अनुकूलताको छा"यामा पर्दा त्याग र सर्मपणको अर्थ पनि बदलिँदै गएको आभास हँुदैछ। विशालकाय कमिटीहरूमा योग्यता, क्षमता र पृष्टभूमि भन्दापनि समूह र गुटको अहं बढ्दा आधारभूत कार्यकर्ताले विगतको गम्भीर समीक्षा गर्न थालेका छन्। सिंगो माओवादी अभियानलाई नै कुनैदिन धारे हात लगाउनेको विश्लेषणमा जनयुद्धको व्याख्या टिक्नुपर्दा इतिहासले आफँैलाई गिज्याएजस्तो भएको छ। ससंदीय पार्टीलाई लगाउने गरिएका कयौ" आरोप आफँैतिर फर्केको पार्टी नेतृत्वले चालै पाएन। पार्टीको सिद्धान्त, व्यवहार, मूल्यमान्यता, संगठनात्मक रूप, शैली र संरचना अरूको भन्दा बेग्लै कसरी गराउने भन्नेमा अन्योल देखापर्यो। खरिपाटीको यस जमघट र प्रशिक्षणले थाती रहेका अनेकाँैं आशंकालाई मेट्न सकेन भने त्यो थप पीडादायी हुनेछ। माओवादी विद्रोह १५ वर्षमा लाग्दा अहिलेसम्म्ा यसले अनैकौँ मोड, आरोह अवरोह पार गरिसकेको छ। समाजमा प्रभुत्व राख्ने वर्गको हितविरुद्धको दर्शन बनेर हस्तक्षपको भाषामा कुर्लँदै विगतमा यो गाउ", बस्ती, देहात, कस्वामा पुग्दा सामान्य जनता र सुदूरबस्ती जाग्न थाले। मानवीय महत्वकांक्षा जाग्यो। पार्टीलाई समर्थन नगरेपनि यसका एजेण्डाका पक्षमा जनताको लाम लाग्यो। धेरै कुरा हेर्दाहेर्दै फेरिएझैँ लाग्नसक्छ तर, त्यसका लागि समकालीन नेपाली समाजले ठूलो मूल्य चुक्ता गरिसकेको छ। अहिले यस्ले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अनेकौ बहस सिर्जना गरेर समाजलाई हेर्ने, बुझ्ने र कर्ममा उत्रनेको सोच र भूमिकै बदलिदिएको छ। परिस्थितिसँग बदलिन नसक्नेहरू अहिले छटपटाएर अस्तित्वको लडाइँ गर्दैछन्। त्यो अनेकौ रूप, रंग र समूहमा देखा परेको छ। पहिला राजधानीका विशेष व्यक्तिमा सीमित र केन्द्रित राष्ट्रिय बहस सुदूर बस्तीमा हुन थालेपछि सबै क्षेत्रमा महत्वकांक्षा बढेको हो। त्यो महत्वकांक्षा र बहसले सकारात्मक दिशामात्रै पक्रेको छैन, जातीय अहंकार र हीनताबोध पनि प्रकट गरेको छ। कयाँै बहसलाई सकारात्मक मोड दिने र व्यवस्थापन गर्ने दायित्व माओवादीको थियो तर विगत बुझाइमा एकरूपता ल्याउन नसक्दा जातिवादी विद्रोहका उग्रदक्षिणपन्थी समूहका कार्यकर्ता पनि पार्र्टीमै पैदा भएकाछन्। डेढ दशकसम्मको जातीय र रगतको सबन्धभन्दा वर्गीय नाता गाढा र ठूलो हुन्छ भन्ने अर्थ आज फेरिँदै गएको देखिएको छ। यसैले अहिले माओवादी आन्तरिक र वाह्य दुवै क्षेत्रका परीक्षामा छ। त्यसैको केन्द्र बन्दैछ - दोस्रो खरीपाटी भेला। हुन त यो भेला नभएर प्रशिक्षणमात्रै हो तर सामान्य अवस्थामा हँुदैछैन। पाएका उपलब्धिलाई संस्थागत गर्न सक्छ कि सत्तैन? बुझाइ र गराइमा एकरूपता ल्याएर राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्लाई सन्देश के दिन्छ? त्यसैमा माओवादी आन्दोलनका साथै अग्रगमन, शान्ति र संविधानको भविष्य निर्भर रहनेछ। http://nagariknews.com/opinions/98-opinion/10474-2010-02-18-05-02-14.htm
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home