अब अच्छेदिन आँउनेछन्
हिजो बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितीमा प्रधानमन्त्री केपी सर्मा ओलीको ऐतिहासिक प्रस्ताव र निर्णयको अगुवाई गरे । पार्टी र देशनै अन्यौलता र असहजताबीच छक्क पार्ने प्रधानमन्त्रीको सो प्रश्ताव अर्थपुर्ण थियो । समाजवाद उन्मुख परिकल्पना सार्थक पार्न त्यो युगान्तकारी रह्यो । पारित प्रस्ताव अध्यक्ष एवं प्रधानमन्त्री ओलीले टेवुल गरेका हुँन् । सर्वसम्मतले पारित गरेर हिजै अपानी (अन्तरपार्टी निर्देशिका) पनि जारी भयो । भिन्न मत नराखे पनि केही सदस्यले भने घनघोर युद्द चर्किरहेको र सिपाही मोर्चामै भिडरहेको वेला कमाण्डर मैदानबाट पछि हटनु हुँदैन् भन्ने आवाज समेत उठाए । तर नोअडी (नोट अफ डिसिजन) भने लेखिएन् । अध्यक्षले सहयोगीका ती कुरा नसुनेको मात्रै हैन् नीजि स्वार्थकालागी आएका गुटिय तर्क भनेर हप्काए पनि । तपाई उनलाइ प्रेम गर्नुस वा घृणा तर वेवास्ता त गर्नै सक्नुहुन्न् । त्यस ऐतिहासक प्रस्ताव र निर्णयवारे विश्वस्त सुत्रले दिएको जानकारी छोटकरीमै जानकारी गराँउछु । .............. प्रधानमन्त्रीको प्रस्ताव आगे कमरेड अध्यक्ष– सरकार चलाउने पार्टी भएकाले यस्का राष्ट्रिय, अन्तराष्ट्रिय आयाम हुन्छन् । विगतमा सीमा समस्या भएकै हुँन् । सरकार र पार्टीको मुख्य नेतृत्व भएका नाताले यस्को मूख्य जस र अपजस मलाई नै जान्छ । टिम लिडरका कारण सरकार र पार्टीले गरेका कामकारवाहीको जिम्मालिन्छु । त्यो जिम्मेवारी तहगत पार्टी सदस्यसम्ममा पुग्छ । म केही युगान्तकारी विषय यस संमानित स्थायी समिति सामु निर्णयार्थ पेस गर्छु । क) क्म्युनिष्ट पार्टीको आधारभूत संस्कार, संस्कृति र संरचनामा हुर्केको÷रहेको र चाल, चरित्र र चेहेरा ठिक भएको कमरेडलाई पार्टी र सरकारको भावी कार्यकारी नेतृत्व हस्तान्तरण गर्दै आफू अभिभावक मात्र बन्ने । नामको प्रस्ताव पछि गरिनेछ । यो निर्णय आन्तरिक र वाहिय कुनै दवावले नभै आफ्नो गिर्दो स्वास्थ र भविश्यको देश र कम्युनिष्ट आन्दोलनको चिन्ता र अवस्थाले लिईएको हो । ख) १) भ्रष्टाचार आर्थिकमात्र हुँदैन् आचार, विचार र ब्यबहारमा पनि हुन्छ । मस्तिकमा फैलिएको भ्रष्टाचार ब्यबहारमा देखिएपछि मात्र त्यो अरुले थाहा पाउने हुँन् । परिस्थिति जटिल छ । हामीले इतिहासलाई जवाफ दिनु पर्छ । यो अवस्था ल्याउन हामी नै जिम्मेवार हौँ । राम्राको हकवाल भएपछि कमीकमजोरीको पनि दायित्व लिनै पर्छ । लुकाँउ भनेर लुकाँउन नसक्ने, छिपाँउ भनेर छिपाउन नसक्ने भनेको तथ्य हो । भ्रष्टाचार त हाम्रो सस्कृति पो बनिसकेछ । हामीले भन्या कुरा कसैले पो विश्वास नगर्ने भैसकेछन् । विश्वासको अन्त भनेको संकटको सुरुवात हो । अदालत भ्रष्टाचारको धोबीघाट र अर्धन्यायिक निकाय टक्सारमा फेरिए । भ्रष्टाचार शून्य सहनशीलता आफ्नो प्रमुख लक्ष भएकाले ०४८देखी नै नीतिगत वा ब्यक्तिगत भ्रष्टाचारको अध्ययन अनुसन्धान गर्दै कानुनको घेरामा ल्याउने । ०६३ पछिका घटनाहरूलाई केन्द्रमा राखेर तत्काल फाष्ट ट्रयाक अभियान थाल्ने । त्यो म आफनै जीवनकालमा देख्न चाहान्छु । आफ्नो टाउकोमा आफैँ राँको झोस्ने, नसके सहकर्मीले सहयोग गर्ने तर टाउकोमा कसैले हेल्मेट लगाएर आगो लगाँउन सक्छन् त्यसको निगरानी सर्वशक्तिमान आयोगले गर्ने छ । पहिलो परिक्षामा म नै उत्रिनेछु । भ्रष्टतन्त्रले गाँजिएको यो महाअभियान बमबार्ड द हेडक्वाटर हो । यसकालागी प्रत्यक्ष वा परोक्ष भ्रष्टाचारमा मुछिएका नेतृत्वलाई स्वच्क्षाले पदबाट राजिनामा दिएर छानविनमा पार्टी र सरकारलाई सहयोग पुर्याउने छन् । पहिला अनुरोध गर्ने, नटेरे पार्टी र सरकारले नै कारवाही गर्ने । त्यसको घेरामा पहिला आफू, त्यसपछि पार्टी, सरकारी नियुक्ति, प्रमुख ब्यरोक्रेट, न्यायिक सेवा, सेना, प्रहरी र अन्य सरोकारवाला पनि पर्नेछन् । त्यसमा बाहालवाला र रिटायर्डहरु सामेल गरिनेछ । २) विषय किटानः घुष खाने र खुवाउने त देशकै दुश्मन र अपराधी हुँन । तर यहाँ त नीति नियममै झेली गरेर वैधानिक भ्रष्टाचार भए । अव धमिजा काण्डदेखी नै फाइल खोलिने छन् । राष्ट्रिय महत्वका सन्धी सम्झौताको पुनर समीक्षा गरिनेछ । टनकपुर र माहाकाली सन्धी मात्रै हैन के कारणले अरुण तेस्रो योजना क्यान्शील भयो, निर्मम समीक्षा हुँनेछ । भ्याट बिल प्रकरण, चुडामणी काण्ड, आयल निगम जग्गा प्रकरण, वाइडबडी विषय, बालुवाटार जग्गा प्रकरण र माहासचिव कमरेड पौडयालको संग्लग्नता आरोप, यनसेल प्रकरण, आलम प्रकरणको सिण्डकेट, ओम्नी प्रकरण, कोरोना प्रकरण, यती सिन्डकेट संस्करण प्रमुख जाँजका घेरामा रहनेछन् । सेना देशको गौरव हो, अव सेनालाई राष्टिय सुरषको दायित्व वेगर अन्य कार्यमा प्रयोग गरिनेछैन् । ३) सर्वोच्च अंगको नेतृत्व गरेर (पूर्व सेनापित रबिन्द्र क्षेत्री र पूर्व अख्तियार प्रमुख लोकमान सिह कार्कीलगायत) पलायन हुँने राष्ट्र सेवकलाइ रेड कर्नर नोटिस जारीगरी देश भित्रयाउने र कानुनको सामना गर्न बाध्य पार्ने । अन्यदेशको नागरिकता लिएको भएपनि कुटनीतिक सकृयता देखाएर नेपाल प्रत्यारोपन गराउने । अझ राजदुत नै पनि विदेशमा पलायन भनेको देशकै बेइज्जत भयो । ४) सुरक्षाको कारण देखाएर विदेशी नागरिकता यसयलयम भिसावालाको सत्यतथ्य प्रष्टयाउन संवन्धित देशको सरकारसंग सहकार्य गर्ने । ५) विदेश पलायन भएर पनि नेपालबाट तलब भत्ता खाँने, राष्ट्रको सम्पतिमा पढेर त्यतै भासिनेसंग राष्ट्रले गरेको खर्च असुल गर्ने । ६) मन्त्री, सांसद र जिम्मेवार निकायले सरकारी स्कूलमै आफ्ना सन्तान पढाउन पर्ने र स्वास्थलाभ सार्जनिक वा सामुदायिक अस्पतालबाट लिन अनिवार्य गराउने । विदेशमा सरकारी खर्चमा उपचार अव हुँनेछैन् । यसले शिक्षा र स्वास्थको अवस्था सुधार गर्ने छ । नीति निमार्णथलोमा रहेकाले कुनैपनि निजी स्कूल, अस्पताल, यनजीयो÷आइयनजियोको संग्लग्नता हुँन पाइनेछैन् । शिर्षस्थपदबाट अवकासप्राप्तीको ५वर्षसम्म कसैले पनि संवैधानिक प्रमुख, राजदुत वा कुनै दात्रीनिकायको जागिरमा प्रतिबन्ध लगाइने छ । ग) पार्टी संगठन संबन्धमाः १) पार्टी कम्युनिष्ट विचार, सिदान्त र आदर्शले चल्नै पर्छ । यसलाइ अश्वीकार गर्नेले स्वच्क्षासाथ पार्टीबाट बिदा लिनुपर्छ । चिनिया राष्ट्रपतिको भनाई अहिले याद गर्छु – धनी बन्न चाहानेले राजनीति हैन् ब्यापार गरून’ । हामीले पनि सिक्नै पर्छ । निजीसम्पति राख्ने कम्युनिष्ट बन्नै सक्दैनन् । मैले पनि आप्mनो सवै सम्पति राष्ट्रको नाममा गरिसकेको छु । जीवन राष्ट्रका लागी, पार्टीकालागी र मानव समुदायकालागी समर्पपण गरेको कमरेडहरुलाई थाहा नै छ । ट्रेडमार्किया कम्युनिष्टमा अब पार्टी चलाइने छैन् । २) कम्युनिष्ट भनेको उस्का दृष्टिकोण र मान्यता द्वान्दात्मक ऐतिहासिक भौतिकवादले निदेर्शन गर्नेहुँदा बैज्ञानिक सोच अनिवार्य हुन्छ । यस्को अर्थ उ अदृस्य, परभौतिक शक्तिमाथी विश्वास गर्दैन भन्ने हो । त्यसै अनुसार जीवनपद्दति बनाँउछ । जस्ले पालन गर्न सक्दैन् ऊ ज्वतिष शरण गए हुन्छ वा घण्ट बजाए हुन्छ । ३) सामुहिक निर्णय, ब्यक्तिगत जिम्मेवारीका सिद्दान्तमा अव पार्टी चल्ने छ । पार्टी सदस्य र अध्यक्षको भूमिका फरक होला तर कम्युनिष्ट पार्टीका हरेक सदस्यको हैसियत भने बरावर हुन्छ । पार्टीका सवै तहका नेता, र्कायकर्ता नामकाजी नभै कामकाजी हुनेछन् । मानार्थ सदस्य क.पा.मा हुँदैन् । अव छिटै केन्द्रिय कमिटीको वैठक बस्ने छ । यसलाइ भिड–थलोभन्दा कार्यकारी बनाउने हो । त्यत्रो विशाल देश, ठूलो पार्टी चीनकै केन्द्रिय कमिटी र पोलिट ब्यूरो हेरौ त ! ४) वर्गिय र पेशागत समस्या उठान र संर्घषको हतियार जनवर्गिय संगठन बन्न नसकेकाले अब जवसको खारेजी गर्ने । ५) नेताहरू गुटवाज, चाकड र चम्चाबाट पुरै सम्बन्ध विच्छेद गर्ने, गर्न नसक्नेलाई पार्टीबाट बिदाई गर्ने । म आजैका दिनदेखी मेरो गुट अन्त गरेको घोषणा गर्दछु । म समग्र पार्टी र देशको नेता बन्ने प्रतिवद्दता ब्यक्त गर्छु । अन्य कमरेडसंग पनि त्यस्तै अपेक्षा राख्छु । पार्टीका आफनै कार्यालय छन् । अव बालुवाटार पार्टी बैठक बस्ने छैन् । त्यो देशको प्रमुख कार्यकारीको हो, पार्टीअध्यक्षको हैन् । हरेक तहका कमिटी अव कार्यकारिणी हुँनेछन् । घ) सरकार र पार्टीको संबन्धः १) सरकार राज्यको ब्यबस्थापक हैन् अभिभावक हो । २) पार्टीले सरकार चलाउने हो, सरकारले पार्टी चलाउने हैन् । पुच्छरले शरीर हल्लाउने चलन आजैदेखी तोडिए । ३) सरकार र पार्टी एकै हैन् । सरकार समग्र देशको हो । हाम्रा पार्टी सदस्य नभएकाहरुको पनि हो । हाम कमरेडहरु सिहदरवार र बालुवाटार र सितलनिवासलाई पार्टी कार्यालय र एकलौटी सोच्छन । अझ गुटियारहरु त आमाको प्यावा र बाउको अंशै सोच्छन । यस्ता सोच आजैदेखी त्यागौँ । हेक्का रहोस् –मभन्दा पहिला पनि यहाँ धेरै बसी सके, पछिपनि बस्नेछन् । ४) राजनीतिमा सिण्डकेट र नीतिगत भ्षटाचारको अन्त गर्ने । माफियाको सिहदरवार, बालुवाटार, मन्त्रीक्वाटर र नेतानिवासमा प्रतिवन्ध लगाउने । नेताहरुका खोपी पुग्ने कसैलाई पनि मूल्यांकनमा तल राख्ने । कुनै पनि आवरणका दलालको पहुँच निषेध गरिनेछ । ५) यनजीयो र आइयनजियोकर्मीलाइ सगठनमा प्रतिबन्ध लगाउने । समाजकल्याण परिषदमा सवै सूचना, कार्यक्रम र बजेट पारदर्शी गर्ने । आइयनजियो आवरणमा धर्म परिवर्तन गराउने वा नीतिगत हस्तक्षप गर्ने संस्थालाइ देशनिकाला गर्ने । ६) कोरोनाले ठूला शक्तिराष्ट्र त त्राहीमाम भए । विदेशिएका जनशक्ति फर्कदै छ । त्यो भयावह हुँनेछ । त्यसको ब्यबस्था चुनौति हो । विदेशमा कडा शारीरिकश्रम गर्नेहरू पनि देश फर्केपछि भने श्रमगर्न लजाँउछन । हाम्रो समाजमा विहानको चिया पसल र साँझको भट्टीमा राजनीतिक गफ चुटने बानी पिरसक्या छ । यस्ता सोच फेर्नु दर्शनढुङा चपाउझै हुनेछ । ७) नेपाललाई आधार बनाएर मित्रराष्ट्र भारत र चीन विरोधी अभियानलाइ निषेध गर्ने । त्यस्ता संघ संस्थासंग जोडिएका पार्टी कार्यकर्ताको पार्टी सदस्यता खारेज गर्ने र नागरिकको हकमा भने सचेत गराउने । हामी पनि कहिलेकहीँ कुटनीतिक विषयलाई हल्का, आवेग र आक्रोसमा ब्यक्त गर्छौ । त्यसले अन्धास्थालाई त बुरुकबुरुक पार्ला समस्याको हल भने निकाल्दैन । त्यसैले गम्भीर कुटनीति आवस्यकतावोध भएको छ । समस्या खडाभन्दा समाधान प्रमुख कुरा रहेछ । ८) कुनै पनि राजदुतहरुले कुनै नेता वा मन्त्री, प्रधानमन्त्रीलाई भेटनुछ भने परराष्ट्र मन्त्रालय मार्फत भेटने छन् । पार्टीका वरिष्ठ नेतालाई भेटदा विदेश विभागका सदस्य सामेल हुँनेछन् । ९) हामी आलोचना सुन्नै नसक्ने भएछौँ । आलोचना गर्नेलाई दुश्मनको कोटीमा राख्ने भएछौँ । यसैपनि संसारकै सवै शक्ति बुद्दिजीवी, लेखक कबि कलाकार र पत्रकारलाई सहन्नन् । गाइजात्रा आउन थाल्यो । कलाकारले अव केके भन्ने हुँन् । कस्ता रमिता देखाँउने हुँन् । त्यसलाई सहनु र शिक्षा लिनुपर्छ । शक्तिको भक्ति नगर्दै हिम्मतसाथ भन्ने र गर्नेहरु कहिल्यै दुश्मन हुँदैनन् बरु भक्तिराम र चाकर दुष्ट हुन्छन् । बालुवाटार भित्र बाहिर के भा छ, कसरी थाहा हुन्छ ? साच्चैका आलोचक त शक्तिकालागी तेस्रो नेत्र हुँन भने दुश्मन र विरोधी के कसो गर्दैछन् भन्ने उनका भनाईमा वास्तविक सूचना पनि पाइन्छ । नेता वा शक्ति के भने कसरी खुशी हुन्छन् भन्ने देखी सवै नेता कमरेडहरु होसियार हुँनुस् । त्यस्ताले आखाँमा पट्टी र दिमागमा गोवर भरिदिएका हुन्छन् । पहिला हामी असहिष्णु बनेकै हो, अव त्यो सोच त्यागिने छ । हामी सूचनाको हकमा सवर्साधारणको पहुँच ब्यवस्थित गर्ने छौँ । अन्तमाः हामी अन्तराष्ट्रवादी हौँ । गुरुहरुले हाम्रा आचार, विचार र ब्यबहार मात्रै नभै वर्ग पक्षधारिताको दिशा निर्देशन पनि गरेका छन् । परिस्थिति, भूराजनीति, आन्दोलनको अवस्था हेरेर हामी चल्नुपर्छ । त्यो कुनै कितावमा लेखिएको हुँदैन् । नेतृत्वका पनि सीमा, समस्या हुन्छन् । हामी कुनै अलौकिक प्राणी त हैनौँ । यही समाज, राजनीतिक संस्कृति र आन्दोलनले नेतृत्व तयार गर्छ भन्ने कुरा पार्टी पंग्तीले बुझ्न र बुझाउन सक्नु पर्छ । कम्युनिष्ट भनेको फरक धातुले बनेको राजनीतिक हिरावल दस्ता हो । कम्युनिष्टले संसिदय ब्यस्था र आचरणको रक्षा गर्नु पर्ने ... . शक्तिपृथकीकरण सिद्दान्तको रक्षामा समस्या आएकै हुँन् । स्वीकार्छु । अव त्यसो हुँने छैन् । मलाइ मन लाग्या थियो र ? –आफ्नै कुलबन्धुको पार्टी प्रतिवन्ध गर्नु पर्ने .. गुटियारले गरेका सवैकामलाइ शिरोधार्य गर्नु पर्ने रक्षा गर्नु पर्ने ... उफ । समयले कस्लाइ कहाँकहाँ पुर्याउने रहेछ .. । अव भने समय र आवस्यकता अनुसार देश र पार्टीहीतमा संगठात्मक विधी र प्रकृया अनुसार, कमरेडहरुको स्वत्वको रक्षा गर्दै आफनो दायित्व पुरा गर्नेछु । हेर्नुस् ...म पनि यसै समाजको उपज हुँ..स्वत्वको टकराहट भएपछि..होक्काँ गर्नै पर्ने, सिङ्ग जुधाउनै पर्ने । भो अब... इतिहासलाई जन्तर लगाउने हैन्, शिक्षा लिने पो हो । हिजो, हिजो थिए अब नौलो बनौँ । मेरो तर्फबाट यो प्रतिवद्दता भयो, भोलीका दिनमा ब्यबहारमा देख्न सक्नुहुन्छ । यो कथा र सपना हैन् पार्टी एकढिक्का भएर जोश र जाँगर लगाए हामीले गर्न सक्छौँ । हामीले नगरे कस्ले गर्ने ? ढुक्क हुँनुस् अब अच्छे दिन अाँउनेछन् । त्यसको स्वागतको लागी यसै बैठकले दृढ संकल्प लियौँ । सवै कमरेडहरुमा लालसलाम, अभिवादन । (मैले विस्वस्तसुत्रबाट पाएको भनिएको ड्राप्mट र सूचना पूर्णरूपमा फर्जी रहेछ । पार्टीको भरपर्दो सुत्र भन्छ– यस्तो न प्रस्ताव आयो, प्रस्तावनै नभएपछि केको निर्णय, के को परिपत्र ? यो षडयन्त्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिरोधीले चलाएका हल्ला मात्र हुन्न् ।) शनिबार २७ असार, २०७७ १८:३८:०० मा प्रकाशित Read more at: https://samachardainik.com/news-details/48352/2020-07-11
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home