रत्नःसानु कदको अग्लो मान्छे
फूलको वास्ना वरीपरी मान्छेको वास्ना डाँडापारी । मृत्यू मानिसको समग्र जीवन–समीक्षा हो । नायकप्रतिका समीक्षा वा धारणा द्रष्टा÷अध्यता कुन उचाई र दृष्टिकोणले नियाल्छ भन्ने कुराले तय गर्छ । इतिहास एउटा आग्रहको ब्यस्थापन पनि हो । ९४ वर्षिय जीवन सचेत र सकृय जीवनगाथा एउटा अलिखित माहाकाब्य पनि हो । जसले राणाकाल, उथुलपुथुलको पहिलो दशक, पञ्चायतको हुकुमीकाल, संसदिय ब्यबस्था, जनयुद्द र अहिलेको अवस्था सकृय तरिकाले देख्यो, भोग्यो मात्रै हैन् हरेक कालखण्डमा द्रष्टामात्र नबनेर कर्ता समेत बन्यो । त्यसैले बनिबनाएका कितावी सुत्रमा रत्नप्रसाद लामीछानेलाई पढन सकिँदैन् । उनी हाम्रो जमानाको पाँचखालका चरित्र–नायक हुँन । कृतिशेष रत्नलाई बुझन त्यसवेलाको अवस्थाको छोटो चर्चा गरौँ । निस्लटट अध्यारोमा राको बालेर यात्राको थालनी गर्नु चानचुने कुरै हैन् । त्यसवेला पेसामा उत्तम खेती, मद्यम ब्यबपार, चुत्थो नोकरी भनिन्थ्यो भने सामाजिक हैसियतको मापन जस्का छोरा त्यस्का धन, जस्का भैसी त्यसका बन भन्ने चलन थियो । राजनीति गर्नु भनेको सरकारको गाथगाथी ताक्नु वा वौलाएको भन्ने हुन्थ्यो । हो...त्यसैले रत्नलाईलाई अध्ययन गर्न त्यसबेलाको राजनीतिक परिस्थिति, सास्कृतिक र सामाजिक चेतना, आर्थिक संबन्ध नियाल्नु पर्ने हुन्छ । भमरकोटबाट साँगा भञ्ज्याग छिचोल्नु भनेको नेपाल जाँनु हुन्थ्यो । बनेपासम्म लहरी मोटर चल्थ्यो । जव उनी तन्नेरी थिए, सपना र इक्षाशक्ति सहित राजनीतिमा हेलिए । तव खहरेमा गर्जेको छाँगो बोहरेफेदीमा समेत सुनिन्थ्यिो । झिगु र डाफेँ खोला तर्न जगाँर खोज्न पथ्र्यो । खोलाका दुवै किनारामा लहरै घट्ट हुन्थे । दनुवार वस्ती खोलानजिक मैदानी भागमा हुन्थे भने तामाङ्गवस्ती थुम्कामा । अन्य जातजाति गाँउवेसी गर्थे । औलो दनुवारले पचाएका थिए, अन्यकालागी लागी आतंक । दिनभरी काम गरेर गाँउ फर्कन्थे । जाँहा डोब हान्यो, त्यो जमिन आप्mनो हुन्थ्यो । भमरकोटेहरु भक्तपुरका ज्यापुबारी साग बेडाएर बर्खाको तरकारी थान्थे । गोरस फलफूल वेचिदैनथ्यो । मित लगाउने चलन जीवनको अंग थियो । जारी चल्थ्यो । जिम्वाल, काजी र मुखियाको गाँउमा हैकम चल्यो । छोइछिटो चरम थियो । पाटामा खाने÷खुवाइने भतेरले जातिको श्रेणी छुटिन्थे । मनोरञ्जनमा जात्रा नै प्रमुख हुन्थ्यो । जात्रामा गाँउगाँउ बीचका ठूलठूला झगडा हुन्थे । असारे रोपाईमा गिदांगे र विहा ब्रतवन्धमा सिलोके र भजनेको मानमनितो हुन्थ्यो । साहुहरुका चिनारी घोडा हुन्थे भने तुजुग प्रर्दशन गहना हुन्थे । ठालुहरुका जुगाँका लडाईले समाज कित्तावन्दी हुन्थ्यो । उनीहरु लठैत पनि पाल्थे । विहामा मागेरसम्म गहना लगाइन्थ्यो । खेतीमा भारोपर्ममा चल्थे । जिम्वाल, पण्डितकोमा झारा समेत चल्थे । कति हल गोरु छन ? कति भैसी छन् ? हली कस्ता छन ? भनेर तुजुग छाटिन्थ्यो । यसै परिवेसमा एउटा लोर्के युवामा राजनीतिक चेतना पस्छ । मानवियताको हुटहुटी हुन्छ । अन्यायलाई पिच्च थुक्दै आफैँ अन्याय विरुद्द हेलिन्छ । रत्नकालागी एउटा पूर्ण मानव बन्न त्यही परिवेश निर्धारक हुन्छ । अरनिको राजमार्ग सन ६०को दशकमा सुरुभो, गाँउमा बाटो मात्रै गएन, गाडीमात्रै गएन आधुनिकता पनि गयो । राजनीतिक टायमलाइन –ठालूहरुको आपसी द्दन्द, एकले अर्कालाई ध्वस्त गर्न भाडाका लठैतको प्रयोग, किसानमाथीको अन्याय देखेका रत्नमा राजनीतिक चेतका आधार बन्छन् । –उनको पार्टीगत रानीतिक सुरुवात रत्नप्रसाद खरेलको अगुवाईमा प्रजापरिषद मार्फत २००७ साल पुषमा भयो । – सिहदरवार रक्षादल काण्डपछि रत्नप्साद खरेलको गिरप्mतारी, कम्युनिष्ट पार्टीमाथीको प्रतिवन्ध, प्रजापरिषद,कम्युनिष्ट पार्टीको सयुक्तमोर्चा, देशैभरीका किसान आन्दोलन, मोही भर्पाई आन्दोलन, खलो कब्जाआदीमा अग्रणी नेतृत्वदायी भूमिका । –२०१६मा नेपाली काग्रेसको सदस्यता । – २०२२ प्रधानपञ्चको उम्मेदवारी तर प्रतिपक्षको प्रचार –२०२७ नेपाल किसान संगठनको काभ्रेका निर्वाचित उपाध्यक्ष । –२०२८ पञ्चायत विरुद्दको पर्चाकाण्ड र भूमिगत । यसले काभ्रेको राजनीतिक चेतना फडको मार्न महत्वपूर्ण भूमिका खेल्यो । यसमा सहभागी धेरैले आफना आस्था र संंगलग्नता फेरेपनि रत्नप्रसा दभने स्पात झै टिकी रहे । –सहकारी अभियन्ता बिद्रोही रत्न बिद्रोही चेतका रत्नप्रसादको हकी स्वभाव र सत्तासंग पौठाजोरी खेल्ने चेतका पछाडि रत्न प्रसाद खरेलजीको संसर्ग प्रजापरिषदको स्कुलिगनै हो नै हो । त्यसैले जीवनभर बिद्रोही खोज्दछ आँधी मानौ त्यहाँ शान्त छ झै उनका जीवनगाथा बन्दै गए । शिक्षाका अगुवा १)पाँचखाल उपत्यकामा पहिलो शिक्षाको ज्वती ठाँटीपाटी पाटीको स्वयमसेवी पाठसाला भयो भने चन्देनीको गणेश विध्यालय खोल्न उनले अगुवाई गरे । त्यसकालागी ४ पाससम्मका सहपाठी आर्यसमाजी पुस्पराज ढुंगाना रहे । २) जनजागृति पुस्तकालयको (२०१३) स्थापना उपत्यकामा ज्ञानको पहिलो संस्थागत हस्तक्षप हो । विभिन्न दुतावासबाट संकलित विश्व प्रशिद्द पुुस्तकहरु त्यहाँ थिए । यो पुस्तकालय काभ्रेमा मात्रै नभै देशकै महत्वपूर्ण पुस्तकालय मानिन्थ्यो । यसमा उनका बालसखा ढुंगाना र उनले बनेपासम्म लरीमा ल्याएर आफै बोक्दै र भरिया समेत लगाँउदै चन्देनी पु¥याएका थिए । गिता पढदा बौलाइन्छ भन्ने समयमा मेरो वाल मस्तिकमा गिता र सत्यार्थ प्रकाशन उहाँहरुकै प्रेरणाले अध्ययन मौका मिलेको थियो । किसान नेता, मोही आन्दोलन, भपाइ आन्दोलन, कुत पाँचखाल उपत्यकाको किसान आन्दोलनले सामाजिक उथुलपुथुल र राजनीतिक चेतमा ठूलो हस्तक्षप गरेको थियो । आशाकाजी श्रेष्ठ समेत जोडिएका थिए । स्थानिय मोही दनुवारको जागृतिमा उनको नेतृत्वको ठूलो भूमिका रहेको छ । यस संर्घषमा जमिनपति र मोही किसानको सिधा टक्कर भएको थियो भने रत्नले सहोदर आफन्तसंग पनि प्रतक्ष सत्रुता मोल्न परेको थियो । किसानहरु खलामा भपाई नलिई कुत बुझाउदैनथे भने जमिनपतिहरु भर्पाई दिन मान्दैनथे । तव आपसमा भिडन्तको नोहमत आइलाग्थ्यो, लठैतबाट जमिनपतिहरु किसानलाई आक्रमण गराँउदथे, त्यसमा किसाननेताको सहयोग साथ पाएका मोहीहरु प्रतिकारमा उत्रिन्थे । अधिकास मोही किसानहरु दनुवार थिए । सामाजिक अभियन्ता वाहुनकोखमा जन्मेका रत्न जहिलेपनि सामाजिक आन्दोलनमा सहभागी भए भने स्थानिय चुनावमा सदा वर्चस्वाशाली समूहको विरुद्दमा उभिए । दलितलाई शुर्यबहादुर दमाईलाई सधैँ अभिजाततप्काका विरुद्द प्रधानपञ्चको उम्मेदवार बनाउदै गए । मोही कूत संर्घषमा किसान दनुवार विद्रोहको पक्ष लिए र साथ दिए । काले थिग र कृष्ण बहादुर दनुवार उनका भिन्नकालखण्डका सहयोद्दा बने । कुखुरा छँुने वित्तिकै रुद्री लगाउनु पर्ने समय र समाजमा बाहुनको छोराले ब्यबसायिक कुखुरा पालन गरे । उनले जात फालेर आपूmलाई सामाजिकीकरण गरेका थिए । कुनैवेलाका असमान्य कुराहरु समयसंगै सामान्य र सहज मान्न सकिन्छ । त्यसवेला कुखुरा, वंगुर पाल्नु वा रक्सी, अण्डा खानु वा दलितको भान्सामा हाकाहाकी खाँनु सामाजिक बिद्रोह हुँन्थ्यो । अथक लोकतन्त्रवादी धेरै आशालाग्दा युवाहरुलाई सत्ताले पचाउदै गयो, सतीसालहरु ढल्दै गए । गले । थाके । लम्पसार परे । सत्ता सामु घिस्रे । सत्तामा मात्रै परिचय र पहिचान खोजे । संकटका बेला र अभाव ,तनावका वेलामा सत्ताले दपेडदा र जोरीपारीले तिघ्रा ठटाँउदा मान्छेले नायकत्वको परिचय दिन पर्ने हुन्छ । राजनीतिलाई ब्यबसाय सोच्नेहरु यस उपत्यकामा मात्रै हैन् काभ्रे र देशमै अहिले देख्न पाएका छौ । यस्तावेला सिद्दान्त, आर्दश र सामाजिक दायित्वका विषय बहस गर्नु या त मुर्खका काम हुन्छन् या त पानी आन्द्रेका प्रलाप । हेर्नुस् त कति कलकलाँउदा होनेहार युवाहरु चाकर, चाप्लुस र चम्चा बनेका ? आज जय नेपाल दाजु भन्ने वित्तिकै काग्रेस बन्न पाउने, लालसलाम कमरेड, अभिवादन कमरेड भन्ने वित्तिकै र नेतादवारमा हरेकदिन हाजिर लगाउनेहरु नेता बनिरहेको देखिरहँदा रत्नहरुमा कसरी खिया नलागी रत्न बनिरहन सके सामान्यजनलाई यो बुझन अत्यन्तै गाह्रो पर्छ । उध्यम मनोविज्ञानः नयाँ सोच राजनीतिमा मात्रै हैन् ब्यबसायमा पनि हुँनुपर्छ भने नित्य नयाँ अभ्यास गर्दै गए । कुखुरापालन र हुक्सेको चुनढुगा त्यसका उदाहरण हुँन् । चुन ढुंगा उध्यमले त एउटा खेत पनि खाइदयिो । निरन्तरताको सकृयता ः जिन्दगीमा एकदिन एकछिन एकाधवर्ष आर्दशका कफ छाँटनु सामान्य कुरा हो, जिन्दगीभरको निरन्तरता ,दागरहीत जीवन मुस्किलको कुरा । अझ राजनीतिलाई ब्यबसाय ठान्ने र शक्तिकेन्द्र पुग्नुनै सफलताको राज सोच्ने यो वैस्ययुगमा चानचुनै कुरै हैन् । उनले राजनीतिलाई ब्यसाय बनाएनन भने सरकारी कुनै सुविधा लिएनन पनि । अलविदा गुरु् कृतिशेष रत्न ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home