महान जनयुद्द जिन्दावाद
“मात्रै त्यस इतिहासकारलाई हिजोको आशाको ज्वती जगाईरहने वरदानप्राप्त हुन्छ जो पुरै जोड् दिएर यसकुराको विश्वस्त हुन्छ् कि यदी दुश्मनले जित्यो भने हाम्रा मरिसकेका आफन्त पनि चिहानमा सुरक्षित बच्ने छैनन् ! र दुश्मन आत्मैदेखि उस्को वीरोधिको पत्तासाफ गर्ने योजनावाट पछि हटेका छैनन् भन्ने कुराको हेक्का राख्छ – जर्मन चिन्तक वाल्टर बेन्यामिन म जनयुद्दलाई भ¥याङ्ग बनाएर ठाकुरे र टाकुरे बन्नेका बात मार्दैछैन् । आज महान जनयुद्द जिन्दावादका नारा घन्काईरहँदा मेरा नेताहरु, कमाण्डरहरु, विचारकहरु, सौन्र्दयशास्त्रीहरु को, कता र के गरिरहेका होलान् ? सोच्दछु । कुन कित्तामा होलान ? उनीहरुका अहिलेका सोच र भूमिका के होला ? के उनीहरु यसदुनियाका माहार्मुख थिए ? किन उनीहरुले आफनैलागी घारो र कात्रो बोकेर झयाम्म जनयुद्दको माहासमरमा हाम फाले ? मैले आफैलाई पनि कति न्याय गरिरहेको छु ? हुँने, गर्ने देखिने र बोल्नेमा हामीभीत्रै के कति अन्तरविरोधात्क स्थिति छ ? के हामी विचारक नभै कतै कलाकार त हैनौँ ? आफैँसंग एकान्तका प्रश्न भयावह, जटिल र कठिन हुँदा रहेछन् । इतिहासका विध्यार्थी अन्वेसक र स्वप्नद्रष्टालाई यि गम्भीर स्वजिज्ञाशा हुँन् । हो, आजभन्दा २५वर्ष पहिला नेपाली इतिहासलाई नै क्रमभंगः गर्ने जनयुद्दको शंखनाद भयो । हुनता अढाईदशक इतिहासकालागी त्यती लामो समय हुँदैन् । तर कहिलेकहीँ एकैदिनको घटना, ब्याख्या विश्लेषण पनि लाखौ पानामा पनि लेखिसकिँदैन् । हो... कयौँ सताब्दी पनि तर एकै पानामा वित्ने पनि गर्छ । इतिहासको सौन्र्दयवोध नै यही हो । म आजको दिनबारे करपोरेट मिडिया मात्रै हैन् जनयुद्दका उत्पादन र व्यक्तिबाट ब्यक्तित्वमा फेरिएकाहरुका अभिव्यक्ति पनि सुक्ष्मरुपमा पढ्नेछु । मैले निरन्तर लेख्ने करपोरेट मिडियालाई यस सन्र्दभमा लेख्नेछु, आवस्यक भए भन्नुस भनेर खवर गरीँ । तर नो रिप्लाई । यो अरुभन्दा केही लामो लेख हुन्छ र अध्ययनलाई धर्यताको माग पनि गर्छ । यस अवधीमा अवस्था, परिस्थिति, बहस र अभ्यास धेरै फेरिए । मित्र र दुश्मनका परिभाषा फेरिए । क्रान्ति एकाध शूर, वीर, योद्धाहरूले मात्रै होइन्, कविता मात्रै होइन् भन्ने कुरा अभ्यासले देखाइदियो । एउटा गर्भे शिशु अहिले लोर्के भइसकेर हरेक क्षेत्रको नीतिनिर्माता तहमा पुगिसके । तर इतिहासका गर्भमा पुरिएका सबैका पुराना आग्रह भने पीडा थेग्रिएर सोच र भूमिकामा प्रभाव अझै पारिरहेका छन् । ०५२ प्ःmागुन १गतेको घटना नेपाली इतिहासकैलागी माहाविस्फोट थियो । यस माहाशंखनादलाई पहिला मान्छेले सुनेनन्, पत्याएन् । समय वित्दैजाँदा दवाउने र कुल्चिने प्रयास भए, कालान्तरमा स्वीर्कान विवस भयो । सनातनमा अभ्यस्त समाज र वर्चश्वशाली वर्गलाई त्यो माहाविश्फोट पचाउन र स्वीकार्न औधी मुस्किल प¥यो । बाध्यताले परिणाम स्वीकारेता पनि त्यसको आत्मालाई पचाउने खेल चालु भए । कति त्यस एम्बुसमा फसे, कति उम्कने कोशिस गरे । हो, शरीर बुढो भए पनि मस्तिक तरुणनै भएका अझै धेरै यूवा भने ज्यूदैछन् । वर्चस्वशाली तप्काको एउटा इतिहास, सोच, सौन्र्दय हुन्छ भने भुईमान्छेका (सवाल्ट्रन) भाष्यकार थोरै भए पनि त्यसका झिल्को सुरक्षित हुन्छन् र हुँनेछन । पात्रोमा तिथीमिती फेरिदै जान्छ तर कुनै दिन यस्तो पनि हुँदो रहेछ जस्ले पात्रोलाई नै फेरिदिएर त्यँहाबाट नयापात्रो बन्न ललर्कादो पनि रहेछ । पच्चिसवर्ष पहिलाको आजको दिन त्यस्तै थियो । जनयुद्द कसरी सुरु भो ? ०४५÷४६को जनआन्दोलनले ब्यवस्थाको रुप र शासक त फेरिए तर सत्ताचरित्र नफेरिदा परिवर्तनले ल्याएको बहुदलिय ब्यबस्थाप्रति आशा विश्वास क्रमशः टुटदै गयो । जनमोर्चा बाहुल्य ठाँउमा कम्युनिष्टप्रतिका धारणामा सत्ता अझ वर्वर हुँन थाल्यो । उस्का पुराना सोच फेरिएनन् । राप्तीका रुकुम, रोल्पा र जाजरकोटजस्ता जिल्लामा भयानक उत्पीडन र तिखो प्रतिवाद हुँन थाले । रोल्पामा एकजना अब्दुल रईस खाँ भन्ने सिडियो थिए, जनयुद्दका सरकारी आधारकर्ताका प्रथमपात्र । उनी त सत्तासंकृतिका प्रतिनिधी ब्यक्तिमात्रै थिए, तर उनका मार्फत ब्यक्त भूमिकाले एउटा नयाँ इतिहास रचिदै थियो । जव केही मानिसले देखेका सपनासंगै समाजले ह्वात्त एउटा अनौठो भविश्य देख्न थाल्छ, तव समयमै समयलाइ चिन्न र समझ बनाउन सक्ने विविध क्षमताको नेतृत्व केन्द्रिकरण हुँदैजाादो रहेछ । हामी सरकार फेर्न मात्रै हैन् यूग नै बदल्न तम्सेका हौँ भन्ने उनीहरुका कुरा कार्यकर्ताले सहजै आत्मासात गरेपछि समाजले पत्याएर आन्दोलन तयार भैरहेको हुँदोरहेछ । त्यस्तै लामो तयारी पछि जनयुद्दको शंखनाद भयो । नेतृत्व टिमको नैतिकपूजी, दुरदृष्टिले सामाजीक अपील गर्न सक्ने इक्षा शक्तियुक्त विचार र सपनालाई मान्छेको दिमागमा राख्न सफल भएर त्यस भेक ज्वालामुखी केन्द्र बन्यो । वर्गसंर्घषको ऐतिहासिक थलो त थियो नै । लोकाभार(वाँके), राजापुर किसान संर्घष (वर्दिया), कामी बुढा, भीमदत्त पन्त नेतृत्वका सशस्त्र संर्घष लगायत नारीकोट (प्यूठान) वेल्ल्वा–बन्जाडी (दांग), दशरथपुर(सुर्खेत)े किसान बिद्रोहका ऐतिहासिक आधारले अनौठो भोक जगाएकै थियो । लामो समयदेखी वैचारिक संगठात्मक तयारीले ती दमनको सशक्त प्रतिकार गरेर जनयुद्दको आधार क्षेत्र बन्यो । पछिल्लो कालमा सरकारी दमनदेख्दा तत्कालीन अवस्थाको चित्रण गर्दै सभामुख दमननाथ ढुगानाले भनेका थिए– यदि म रोल्पामा जन्मेको भए माओवादी बन्थे’ । विचारले सपना देखाँउछ, सपनाले प्रतिकार क्षमता जन्माउछ तव सत्ता यथास्थिति बचाउन चाहान्छ तर स्वप्नद्रष्टासंग विचारसहितको नेतृत्व पाएपछि त्यसको प्रतिकार गर्छन् । हो, जनयुद्दको थालनी त्यस्तै थियो । माओवादी पदावली कुनै पार्टीको मात्र नाम नभई सनातनी राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक हस्तक्षेपले पैदा गरेको नयाँ जागरण र आन्दोलन बन्दै गयो । यो उत्पीडित र आवाजरहित भुइँमान्छेका लागि शब्द शक्ति बन्यो । सनातनसँग विद्रोह थियो । सत्ता थियो । आशा, भरोसा र सपना थियो । हरेकखाले उत्पीडक र वर्चस्वशाली वर्ग र समुदायका लागि आतंक बन्न पुग्यो । विद्रोहको सशक्त हस्तक्षेपले केन्द्रदेखि सबै प्रकारका स्थानीय सत्तामा प्रहार गर्दा सामाजिक सौन्दर्यशास्त्रका मानक र सनातनी मूल्यमाथि प्रहार हुँदै गए । हस्तक्षेपले सुषुप्त बस्ती जागृत हुँदैजाँदा सनातनी चेतना खजमजिए । निर्धा र सुदूरबस्तीले आफ्ना शक्ति चिन्यो । हरेक क्षेत्रमा महत्वाकांक्षा र पहिचानको भोक जागे । ०६२÷६३ सम्म आइपुग्दा जनयुद्ध र जनआन्दोलनको सहमतीय यात्रा राजनीतिक सामन्तवादको प्रतीक राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना, केन्द्रीकृत राज्यसत्तालाई संघात्मक सोच, बहुजातीय बहुसांस्कृतिक समाजको राज्यमा समानुपातिक प्रतिनिधित्व र धर्म निरपेक्षताको हुँकार बन्न पुग्यो । छिचल्न नसकेको मनोयुद्ध २०६३ वैशाख १२ र १३ बीच धेरै भिन्नता थियो । अर्को लेखमा बृस्तित चर्चाको आवस्यकता छ । क्रमशः माओवादीका नारा अरुले अपहरण गरे, सिंह दरवारले क्रान्तिकारी नेतृत्व पचाँउदै गयो । नेतृत्वको सामाजिक अपील गर्ने नैतिकपुजी हजम गर्दै गयो । अन्यन्त्रका क्रान्ति र विद्रोहले एकअर्कालाई रक्तपात निषेध गर्थे । तर यहाँ त्यस्तो नभई शक्ति सन्तुलनको अनिवार्य विश्राम सहमतीय राजनीतिको सुरुवात भएर विकसित राजनीतिक घटनाक्रममा शास्त्रीय र सक्रिय सामन्तवादबाट सम्बन्ध विच्छेद गर्दै समाज अगाडि बढ्ने कडी बन्न पुग्यो । जनयुद्ध शान्तियुद्धमा फेरिए पनि सवभन्दा पहिला नेतृत्वलाई भ्रष्ट र परिवारवादमा फसाईदै गईयो भने जनमुक्तिसेनालाई भाडाको सेनाको हैसियतमा झारियो । शहीद, वेपत्ता परिवारलाई आर्थिक प्रलोभनबाट मौन गराइने कोशिस भए । क्रान्तिको क्षतिपुर्तिका तलवी बनेका जनमुक्तिसेनाले क्रान्तिको रक्षा र अपील गर्ने नैतिकपुजी बचाउन सकेका थिएनन् । यो आफू भ्रष्टहुँदा पनि अन्यले प्रश्न गर्ने हैसियत नरहोस् भन्ने योजनावद्द अन्यलाई प्रलोभनले भ्रष्ट पार्ने नीति थियो । यसमा प्रचण्ड, बाबुराम, किरण, बादल र विप्लवको समान धारणा देखिन्छ । विमतिको नोट अफ मिसिजन मैले सुनिन । युद्ध निरन्तर चल्न सक्थ्यो, सक्दैनथ्यो त्यो भिन्नै बहसको विषय हुँन् । ऐतिहासिक घटनाहरु माहावहसमा जाने गर्छन् तर तीनले दिने सन्देश भने कसैले पनि खारेज गर्न सक्दैन् । हो, मैले पनि आजैको दिन सत्ताको पश्चिमी केन्द्र नेपालगञ्जको मुटु धम्बुझीदेखी खजुरा रोडमा पश्चिम गणेशपुरसम्म कम. बिष्णु पोखरेलसंगै पोष्टर टासेर इनिसेसनको सहभागी बनेको थिँए । सलाम, शहीद विष्णु पोखरेल । हरेक त्रान्तिको केन्द्रिय प्रश्न भनेको परिस्थिति अनुसार विचारलाई अनुकूल बनाँउदै लाँने की ! आप्mनो समग्रशक्ति परिस्थितिलाई विचार अनुल ढाल्ने ? हो । माओवादी युद्ध भन्नेबित्तिकै प्रचण्ड र बाबुरामको नाम अगाडि आउने गर्छ । तर दुवैलाई अब युद्धकालीन माओवादी न नामसँग, न कामसँग महत्व राख्छन् । सायद इतिहासलाई कसरी बुभ्mछन्, आत्मासात गर्छन् त्यो उनैकै विषय हो । बाबुराम भट्टराईसंगको पछिल्लो भेटमा त उनले जनयुद्द एउटा रेडिकल डेमोक्रेटिक मोभमेन्ट मात्रै थियो भने । तव बहस र छलफलकै विषय के रह्यो र ? कमान्डरहरूकै यो अवस्था भनेको विश्व इतिहासको भद्दा ठट्टा पनि थियो । माओवादी जनयुद्दको सैद्धान्तिक रूपमा मोहन वैद्य किरणहरू अझै सक्रिय भए पनि पार्टीलाई सामाजिक र व्यवहारीकरण गर्न सकेका छैनन् । ससक्त बनाएर भूमिकामा देखिन सकेका छैनन् विप्लवजीको एकीकृत जनक्रान्ति ६ वर्ष पुग्न थाल्दा पनि अझै विद्रोही सार्वभौम आकार ग्रहण गर्न सकिरहेको छैन् । आदेशले मात्रै समाज परिवर्तन हुँदैन् । क्रान्ति र क्रान्तिकारीहरु सामामाजिकीकरण पहिलो र अनिवार्य सर्त हो । माओवादी विरोधीले जे चाहन्थे, त्यो हुँदै गयो । बुर्जुवा आर्दशमा समेत टिक्न सकेन । पार्टी फुट्दै गए । स्वत्वका टकराहट सिद्धान्तका नाममा, व्यवहार र आचरणमा टसल बढ्दै गए । जे नारा र आर्दश थियो, समग्रमा युद्धको धरापबाट त उम्क्यो तर मनोयुद्धको धराप भने छिचल्न सकेन । समग्र माओवादी युद्धको समीक्षा नै नगरी पार्टी फुट्यो । अझै पनि विश्लेषण हुन नसकेको धोबीघाट भेलाका आयोजक त देखिए तर प्रायोजक भने देखिएनन् । सत्ताले पचाउन पहिला आर्दशवादको हत्यागर्न क्रान्तिकारीहरुलाई परिवारवादमा फसाउन, निजी सम्पतीको लोभी बनाउन र भ्रष्टाचारमा फसाउने औजार हुन्थ्यो । उस्ले एकै पटक १सय ३४ गाडीलाई वैधानिक गराएर अन्य जे जस्ता भ्रष्ट हुँने सम्भावना हुन्थे, आखाँ चिम्लिदियो । आज ती गाडीहरुमा संवभत ५ पनि सामाजिक स्वामित्व र नेतृत्वको प्रयोगमा छैनन् । मनोयुद्धको धरापमा फस्दै जाँदा आपसमा भ्रम, अन्योल, अकर्मण्यता र प्रतिक्रिया मौलाउँदै पार्टी फुट भए । आदर्श स्खलन हुँदै बजार संस्कृतिको हावी भएर आफ्नै सुन्दर सपनाको बोझ गह्ुँगोे हुने, मित्र विमित्रमा फेरिने र विरोधी एवं दुस्मन साखुल्ले बनेर कोखमा छुरी प्रहार गर्दै आन्दोलनका भाव, मर्म, भावना र सन्देशलाई अन्यन्त्र मोड्दै गए । दर्शनमा रहेको राजनीतिलाई सामाजिक परिवर्तनको ज्यावल बनाउन चाहिने योग्यता, क्षमता, पहल, कला र जोखिम उठाउन कुनै गणितीय सूत्र हुँदैनथ्यो । यसै समाजको ऐतिहासिक विकासक्रमः, सांस्कृतिक सम्बन्ध, अर्थसंस्कृतिको प्रभावसँग जोडिएकाले युगका सपना जोडिएका हुन्थे । मनोयुद्धको विश्वव्यापी अभ्यासको सशक्त प्रहार शान्तियुद्धको चोट झेल्न माओवादी भने बबुरोे बन्यो । मनोयुद्दको प्रभकारी खेल मानसिक ब्यबस्थापन र बिद्रोहको विद्रुपीकरणहुँदै गयो । २१वा सदीको सम्राज्यवाद शितयुद्दको ह्याग ओभरबाट मुक्त थिएन । उस्का असल सिपाही यनजीयो प्रायोजीत बौद्दिक समुदाय, आसे समाज र करपोरेट मिडिया थियो । नयाँ बहस स्रिजीत भैरहेका थिए, तर माओवादीले आफना जैविक बुद्दिजीवी, मिडियाकर्मी र सास्कृतिकक्षेत्रलाई कार्यकारी भूमिकामा उतार्न सकेन । जनमुक्ति सेनाको आर्कको भूमिका फेरिएर तर शान्तियुद्दका असाल्ट तयार गर्ने कुनै योजना नै रहेन् । एउटा उदाहरण नियालौँः जनयुद्दमा दुवैपक्षबाट मारिएकाहरू १४,६३७ हुँन । (१०, ११७ राज्यसत्ताबाट हत्यागरिएका र १,११५ बेपत्ता,यसमा माओवादी र माओवादी नाममा गरिएका हत्या छन ) । माओवादी तर्फबाट राज्यपक्ष वा अन्य ३,४०५ हुँन । जनयुद्द र राज्यसंग विमति हुँनसक्ला तर तथ्याङ्क मिथ्याङ्क हुँदैन् । आखिर यो तथ्याङ्कमा खेल किन हुन्छ ? यसै हप्ता जनयुद्दका सुप्रिमो प्रचण्डले एक निजी टिभी ज्यानलमा १७ हजार स्वीकारे । उफ, त्यो तथ्याङ्कको स्रोत के हो ? न प्रश्न कर्तासंग थियो, न सुप्रिमोसंग । नयाँ कुरा सोच्ने सोचले नै सनातन वा परम्परामा जिउने समाजमा आतंक बन्ने गर्छ । घाउ निको हुन्छ तर खाटा बसे पनि दाग भने रहिरहन्छ । विद्रोहकालीन समयमा भएका टसललाई राजनीतिक समाधान भए पनि भावनात्मक रूपमा भने हुन सक्दैन् । त्यसका खाटा धेरै समयसम्मै रहिरहन्छन् । सामाजिक सौहार्द र सहकार्यले मात्रै त्यसको उपचार हुन्छ । सत्ताका फेरिएका चरित्र र कार्यक्रमले नेतृत्व गर्नुपर्छ, तर त्यो अझै देखिँदैन । द्वन्द्वउद्यमी द्वन्द्व चर्काएर फसल काट्न व्यस्त छन् भने प्रतिगामी तत्व त्यसैमा खेल्न । इतिहास बिर्साउने खेल भित्रको झेल अहिले सेकुवा हर्सुन चाहाँने तर रगत देख्न नसक्ने वचश्र्वशाली समूह इतिहास खारेज गर्न जनयुद्दको इतिहासकै विद्रपीकरण गर्न चाहान्छ । इतिहास बनाउन सकिन्छ तर मेटाउन भने कदापी सकिँदैन् । जनयुद्दको उपलब्धीमा रजाँइ गर्ने तर त्यसको विभत्सताको वौद्दिक व्यपस्थापन गर्ने अभ्यास देखिन्छ । इतिहासका नजिर बनिसकेको जनयुद्दका मर्म, कबुल, सन्देश र सौन्र्दयबाट कोही टाढिए पनि त्यसले फेरेको ऐतिहासिक पात्रोलाई उल्ट्याउन सक्ने अवस्थामा भने हुँदैनन् । बगेको पानी फर्किदैन । महान फ्रेन्चक्रान्तिले नै (१७८९) विश्व राजनीतिमा नयाँ अध्याय खोल्यो । संक्रमणक्रमसंगै प्रतिक्रान्तिकारी माथिको दमनचक्र तीव्र पारियो । राजारानी गिलोटिनमा काटीए । प्रतिकान्तिकारी भनेर शंकास्पद हजारौं मारिए पनि । त्यसमध्य क्रान्तिका नायक रोब्स पियरेका प्रतिद्धन्दी अर्थात अर्का नायक जर्जेस ज्याक्स ड्याण्टन पनि थिए । पक्रेर मुद्धा चलाउदा ड्याण्टनले ललकार्दै प्रतिवाद गरे– शनिले जस्तै क्रान्तिले आफ्नै सन्तानको आहारा बनाएको छ्र’ । फासीमा चडाउने बलिभेदीमा लाँदैगर्दा राब्स पियरेको घर नजिकबाट गुज्रदै उनले भने – राब्स, तिम्रो गति पनि चाढै हाम्रै जस्तो हुनेछ, तिम्रो यो घर पनि गर्ल्याम गुर्लुम ढालिने छ,्र अनि तिम्रा पनि घाउमा नुन चुक दलिने छ्र । ड्याण्टनको भविष्यवाणी सत्य सावित भयो । पहिले गिरोण्डिनहरुको सफाय गरियो, दोश्रो शिकार ड्याण्टनहरु भए, अन्ततः राब्स पियरे र उनका अनुयायीहरुलाई पनि च्याखुराइयो । क्रान्तिका दुश्मनहरु कहिल्यै उदार हुँनै सक्दैनन् । यसरी क्रान्तिका संवाहकहरुको हुर्मत लिइयो । क्रान्तिका आहारामा गिरोण्डिनहरु मात्रै परेनन् क्रान्ति नायक पनि परे । त्यसै नौ महिनामा गिँडिएका गर्धन २हजार ६सय ३९ मध्य राब्सको पनि एक थियो । हो, कालान्तरमा नेपोलियनको उदय भयो र अमेरिकी स्वतन्त्र संग्रामका मस्ति कबनेका टम पेनले पनि देश छोडेर फेरी अमेरिका फर्कन विवस भए तर नेपोलिएनले भेटमाग्दा पनि अस्वीकार गरे। तर यती हुँदा पनि के फ्रान्सेली क्रान्तिले विश्व राजनीतिमा नयाँ अध्याय सुरु गरेन र ? जुन कारणले जनयुद्द विद्रोहको उद्घघोष भयो त्यसैले गणतन्त्र शब्द बहस, ब्यबहार र अभ्यास हुँदैछ तर परिवर्तन व्यवहारमा अझै पाउन सकिएको छैन् । अपूरो क्रान्तिका पनि ‘इतिहासबोध’ आवश्यक हुन्छ । इतिहास अणु पनि हो परमाणु पनि । वर्तमानको औचित्य सावित गर्ने र प्रतिकारको औजार समेत हो । पक्षधारिताकै आधारमा अहिले इतिहास बिर्साउने वा वीभत्सकरण गर्ने खेल मञ्चन हुँदैछन् । इतिँहासले दिएका सन्देश र परिणाम युगान्तर भैरहेका हुन्छन् । जनयुद्ध सम्झने वाध्यता माओवादीमै शहीद अर्काका घरमा जन्मियोस् र आन्दोलनको उपलब्धिको पहिलो हिस्साको हकवाला म नै हुँन पाऊँ भन्ने चरित्र देखिँदै गए । शहीदको जैविक हकवालाले आफ्नो सेयर पार्टीमा सबभन्दा ठूलो रहेको दाबी गर्दै पनि गए । योग्यता, दक्षता र आवश्यकताका परिभाषा फेरिए । युद्धले सत्ता दिलाएका र परिचय दिएकाहरूले त युद्धलाई नाटकै भए पनि सम्झन बाध्य भए भने जसका कारण वर्चस्वशाली वर्गबाट च्युत भएको स्वार्थ समूह छ, त्यो पनि यसलाई घृणा र षड्यन्त्रै गर्दा पनि त्यसैमार्फत सुखभोगका कारण पनि सम्झन बाध्य छन् । अब माओवादी युद्ध भने प्राज्ञिक अनुसन्धान, समाजशास्त्रीय अध्ययन, विद्रोही मनोविज्ञानको तत्कालीन राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाको उपज अध्ययन विषय बन्ने छन् । आआफ्ना आग्रहले तत्कालीन अवस्था, शब्द, अर्थ, कारक पक्ष कार्य, कारक र परिणामलाई व्याख्या गरेर स्वऔचित्य सावित गर्ने कोशिस पनि होला । त्यो भने एकांकी नै हुन सक्छ । कर्ता नै विचलन र सत्ता प्राप्ति खेलमा रुमलिँदा पनि विद्रोहले पैदा गरेका सामाजिक र आर्थिक हस्तक्षेपले राजनीतिक क्रमभंगता जे ग¥यो त्यो भने मेटिन सक्दो रहेनछ । सामाजिक अन्तरविरोधको कुशलतापूर्वक हल भनेको प्रगतिशील राजनीतिले दिने उपचार हो र दिनुपर्छ । दिन सकेन भने कस्तै शक्तिले पनि भविस्यका विद्रोह र क्रान्ति रोक्न भने सक्दैन् । छटपटिएको जनमतको विचार मात्रै हैन् दील, दिमाग र पेटको पनि ब्यबस्थापनको सुनिस्चितता क्रान्ति र विद्रोहको आत्मा हुन्छ भन्ने विश्वस्त थिए । पेटको आगो दिमागमा पुगेपछि दिलले प्रतिकृया दिएर भूमिकामा मान्छे उत्रिन्छ । देश समाजकोबारे भावुकताले सोच्ने कुनै निस्चित राजनीतिक पार्टी र नेताको मात्र बपौती सम्पति पनि हुँदैन् । तर, एउटा चरण पार गरेपछि भने क्रान्तिका सन्ताननै सत्ताधारी बन्न पुग्छन् तर जनताले भने कबोललाई विर्सेका हुँदैनन् । इतिहासले कसैलाई विर्सने छुट पनि दिँदैन् । नकारात्मक कामले पनि कहिलेकाहीँ सकारात्मक परिणाम दिन्छ । नकारात्मकलाई सकारात्मकतामा फेर्ने पहल र कला र विकसित अवस्थामा भरपर्छ । अहिले माओवादीको लागि पनि त्यस्तै भयो । जनयुद्धबाट शान्तियुद्धमा आएपछि माओवादीमा युद्धले समग्र देश, आप्mनै पार्टीिभत्र बढेका र बढाइएका महत्वकांक्षा व्यवस्थापन गर्न सकेन । अन्ध जातीवाद, अन्धधार्मिकता र अन्ध क्षेत्रियतावाद पनपिन थाले । अर्को पक्ष विकास भयो – आफ्नै वरीपरी समाज, राजनीति र घुमोेस् र मियोमा आपूm रहँु भन्ने ब्यक्तिकेन्द्रित मनोगतवादको । चर्चाको भोक त पहिचानको रोगसँगै लाग्ने छुतको महामारी हो नै । विधिमा टेकेर विधि भत्काउँदै, विधी निर्माण गर्दै आएको पार्टी भत्काउने र निर्माण बीचको समयको जटिलतालाई कुशल ब्यवस्थापन गर्न सकेन्, भ्याएन वा कला पुगेन । समस्या आउँछन् तर पुरानै विधीबाट हल गर्न सकिँदैन तर कमजोरी छिपाउन र औचित्य सावित गर्ने सवैसंग तर्क हुन्थे र त्यस्तै तर्क कोरलिए पनि । इतिहासवोधः इतिहासका नायक र खलनायकबारे धारणा अहिले बनाउँदा तत्कालीन राजनीति, सामाजिक, आर्थिक संबन्ध र अवस्था, विश्वपरिस्थिती, भौगोलिक राजनीतिक अवस्था, शासकहरूको महत्वकाक्षाको अध्ययन आवस्यक हुन्छ । आफ्ना विश्वासको औचित्य स्थापित गर्ने इतिहास दरविलो हतियार हो, त्यसै अनुसार इतिहासको सौन्दर्य वा कुरूपताको ब्यबस्थापन हुँने गर्छन् । शासकजातिको एउटा इतिहास हुन्छ भने सवाल्टर्नहरूको भिन्नै । तर इतिहासका क्रमभंगका पात्र, समय र अवस्था भने सवैले सकार वा नकार आत्मासात गर्छन् । जनयुद्धले उद्घघोष गरेका मर्म र सन्देश इतिहासका विषय बने । आखिर त्यत्रो उथलपुथलकारी विद्रोही शक्ति आफ्नै चारित्रिक आदर्शका बोझ धान्न नसकेर कसरी यो अवस्थामा पुग्दो रहेछ ? आफ्नै गौरवता नायकलाई नै किन गह्रांै बन्दो रहेछ ? राजनीतिक परिवर्तनको स्वामित्व अगुवालेनै स्वयं लिन किन चुक्दा रहेछन् ? सत्ता प्राप्ति नै राजनीतिको केन्द्रीय विषय हो । तर नयाँ सत्ता चरित्रले जन्माउने नयाँ मान्छे, नयाँ समाज, अवस्था कस्तो हुने ? सम्पूर्ण क्रान्तिसँगै जन्मने प्रश्न हुन् । जे छ त्यो भन्न नसक्नु, जे छ त्यो देखाउन नसक्नुको पछाडिका कारक तत्व के, के हुन् ? यो जनयुद्दको निर्मम समीक्षा हो ? यो समीक्षा एकीकृत अवस्थाको माओवादीले गर्न नसके पनि सर्वाल्र्टन इतिहासकारहरुले गरेर नयाँ क्रान्तिको वैचारिक आधार र आत्मावल तयार गर्न आवस्यक छ । आखिर नायकहरु खलनायकमा फेरिए पनि इतिहासका सौन्र्दयगाथाको महिमा ग्लाडिएटर स्पार्टाकस जस्तै गाईरहिनेछन् । – महान जनयुद्द जिन्दावाद, –वीर शहीदहरु जिन्दावाद । –चिहानबाट तिमीहरुले चिच्याईरहेका चित्कारहरु युगका वाणी बन्ने नै छन् ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home