एक थिए रुप सिहं अर्काथिए थिए कल्लु सिहं
October 24, 2009 at 9:27 AM सातसाल पहिला पस्चिमलाई नयाँमुलुक भनिन्थ्यो र त्यसको केन्द्र थियो नेपालगाज । बाकँे बर्दिया कैलाली काचनपुर र दाङ्गको केन्द्र बनेको पस्चिमेली सहर नेपालगाज प्रशासनिक मात्रै हैन शिक्षा ब्यापार र राजनीतिको केन्द्रनै थियो । नयाँमुलुकको नयाँ सहर बनाउने जगं बहादुरको उर्दीलाई सुब्बा पदम नाथले पुरा गरेका थिए लखनउको जस्तै सहर बनाउने सपना देखॆर । सुब्बा साहबले नाप नक्सा र कलामात्रै लखनउको भित्रयाएनन् त्यहाँका रैथाने ब्यापारी र कस्तकारलाई पनि निम्त्याउदै नेपालगाजलाई नयाँतरिकाले आबाद गरे । अहिलेपनि लखनउको झझल्को नेपालगाजका पुराना बस्ती र घरको बनोटले दिन्छ । कम्पनी सरकारलाई सहयोग गरेर फर्केका राणाजीले सुगौली सन्धीबाट गुमेको भूभागको एक हिस्सामात्रै फिर्ता ल्याएनन क्रान्ति दबाउन गएको सेनासगैं क्रान्तिकारी बिचारपनि भित्रिएको पत्तै पाएनन । गदर उत्तरतिर हाँनिदै यहीबाटोबाट नेपाली भूभागमा आश्रय लिए भने जगं बहादुरको मातहतमा बिद्रोही दबाउन गएका लखन थापा आफै बिद्रोही बनेर फर्किए । त्यसपछि बिद्रोही चेतना आर्दशका अनुयायी मुल्यको भुक्तान र सर्मपणको निरन्तरताको गाथा बोक्यो पस्चिमले । शर्बश्रेष्ट नायकमा दरिए सहिद दशरथ चन्द । त्यसपछि उन्को बाटो अनेकौ नायकहरुले पच्छयाए । अनेकौ बिद्रोहका गाथाहरु त्याग र बलिदानका कथाहरुले निरन्तरता पाउँदै गयो । तर तीनिहरु मद्य कतिलेभनॆ बाणी पाउन नसकेर अझै बिस्मुतिका गर्भमा रहेका छन । नायक र गाथाहरु बन्दै जनश्रुतिमै सिमित छन । त्यसैमद्यका एक हुन कमाण्डर रुप सिहं सिजापति र अर्का हुन कुबर कल्लु सिह । राणा शासन बिरुद्धमात्रै नभै प्रजातन्त्र र किसान आन्दोलनमा सिहंबन्धुहरुले खुब जमेर लडे र अनेकौ कृतिमान खडा गरे । दशरथचन्द आश्रमबाट क्रान्तिकारी भाबना र सस्कुतिको फैलाओट भयो । लोकाभार आन्दोलनको दुन्दुभी बजाए । आधारभूत किसान नेतुत्व मुलायम बेहना राधाकुष्न थारु उत्तम राम थारु पाचुँ गोडियाजस्ता अनेकोै योद्धा तयार पारे । शत्ताका स्थानिय मतियार जिम्दारहरुका नौनाडी गलाईदिए । जनश्रुतिका नायकमा दरिदै हरेक न्यायप्रेमीहरुका दिल र दिमागमा सजिए । जस्तो आर्दश बोके त्यस्तै सानसगं बाचेँ जसरी गौरबशाली मान्छेहरु यस् ससांरमा बाच्ने गर्छन । दागरहीत जीवन बिताएर दिबगंत बने । दुबैजना साच्चैनै सिहं झै नै् थिए । झुकेनन टुटेनन । सिनु र रछयान कहिल्यै खाएनन । बनौ भनेर कोहीपनि नायक बन्न सक्दैन । त्यो त् सिनिमा र नाटकमामात्रै हुन्छ र बन्छ । उनिहरु तिलस्मी कथा बने । पहिलो माओबादी गुरिल्ला नेता रुकुमका कामी बुढा मगर हुन् या पहिलो पटक जगेंलाई चुनौति दिने आछामी बाकेबीर । ति दुबैको सरकारी हत्या हुदाँपनि उनिहरुको गाथा रोक्न कसैले नसके झैं पस्चिममा सिहंबन्धुहरुको गौरबतापनि कसैले मेटन सकेको छैन । उनिहरुले आजका नेताहरुलेझै आफन्तलाई केही जोहो गरेनन । बिचारको मोलतोल गरेनन । सुबिधाको लागी शिद्धान्तको सौदाबाजीपनि गरेनन । एक थिए कम्युनिष्ट अर्का थिए काग्रेस । एक थिए पाहाडे अर्काथिए मधिसे । जातीको राजनीतलाई पिच्च थुक्ने उनिहरु राणाहरु जिम्दारहरु उनिहरुका आसे पासे भरौटे र जुठोपुरोमा जिन्दगी लतार्नेहरु बाहेक सबैका आखाँका नानी बने । उनिहरुको सुरबीरता प्रतिबद्धता र आर्दशदेखी आतङ्कित हुनेहरुभने उनिहरुको खाईरो खन्थे । उनिहरुलाई होच्याएर आफु अग्लो देखिन चाहने भूतपुर्ब आर्दशबादीहरुको कमी थिएन । पस्चिमका पहिलो कम्युनिष्ट रुप सिह जनमुक्ति सेनाको सुदुर पस्चिमको नेतुत्व र राणाशासन ढाल्ने सैनिक कमाण्डर थिए । भिमदत्त पन्तकापनि नेता थिए । अझै त्यता रुपसिहं सिजापतिका नाममा कयौ लोक कथा गित र देउडा पाईन्छ । कुबर कल्लु सिह मगंल प्रसाद स्कूलका माडसाब बनेर बाबुकुष्णसगै पस्चिममा आन्दोलनको श्रिगणेश गरे । भूतनाथ बनेर राणाका हेकडी छुटाउने तिलस्मी नायकमात्रै बनेनन एकिकृत काग्रेसको पहिलो मधेसबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य समेत बने । त्यस्ता थिए शिहंबन्ध्हरु । दिन बिते आन्दोलनको रुप फेरियो । हिजोको योग्यता क्षमता र आर्दश बदलिएको अबस्थामा काम लागेन । परिवर्तित सन्दर्भमा हिजाका अभियानहरु समेत बाधक बन्न पुगे । हरेक आन्दोलनपछि यस्तैयस्तै हुनेगर्छ । योग्यता दक्षता र आबस्यकताका तर्कले को कहाँ उछिटिन्छ को कहाँ सेट हुन्छ भन्नै सकिदैन । हिसाब किताब समेत रहदैन । आफन्त र बैरीहरुको बहिखाता हराउछ । अर्थ फेरिन्छ । लोकाभार आन्दोलन काग्रेसलाई घाँडो बन्नु स्वभाबिकै थियो । जिम्दार मन्त्री भरतमणिले भोका किसानको के पो सबोंधन गर्न सक्थे र ! आन्दोलनमा भूमिका बिहिन चतुरेहरुनै आन्दोलनपछिको तरमार्ने भएझै भरतमणि पनि सोही दर्जामा परेका थिए । आन्दोलनकारीको बलमा सत्तामा पुगेपनि आखिर जिम्दार त् जिम्दारनै हुन्छ । हरेकले आफनै बर्गको पक्ष लिने नै भयो । ०७ सालको काग्रेस जिम्वाल बिर्तावालहरुको बिरोधी थियो । रुढिबाद बिरोधी प्रगतिशील देखिन्थ्यो । गरिब निमुखाहरुको अर्थात जनपक्षधर कहलिन्थ्यो । ऊ सत्तामा पुगेपछि काम नभएका ठाडामा किसानहरु दरिए । क्रमसः उस्ले जनपक्षधारिता गुमाएपछी जो जोतेगा सो खाएगा भन्ने किसानहरु उस्लाई कम्युनिष्ट झै लाग्न थाल्यो । कम्युनिष्ट फोबिया ग्रसित जिम्दारको बलबुतामा बनेको नयाँचेहराको सरकारलाई आन्दोलन भनेपछि काउसोको माला हुने भयोनै । आखिर नेपाल र भारतका भूमिपतिहरुको उक्साहटमा भारतिय सेना र नेपालका शासकबर्गले आन्दोलनमाथी सिकार खेले । नेता कार्यकर्ता गिरफतार बने । कुवर कल्लु सिहं टिबी ग्रसित हुनुहुन्थ्यो । त्यस किसान आन्दोलनका सोचनिर्माता समेत । उहाँलाई कम्युनिष्ट भनेर नेपाली काग्रेसको जनकपुर अधिबेसनमा सहभागी गराईएनमात्रै हैन गिरफतार समेत गराईयो । आर्दश र ब्यबहारमा फरक भएपछि बिद्रोहीनेता कुवर कल्लु सिहंले नेपाली काग्रेस त्यागेका कुवंरको ०१४मा टिबीको उपचार गर्न नसकेर मृत्यु भयो । यसरी एउटा बिद्रही नेता जस्को नामसुन्दा राणाशाहीको पस्चिम किल्ला काप्थ्यो जिम्दारहरु ओछयान मुत्थे गरिब किसान साहारा सोच्दथ्यो क्रान्तिकारीहरु आफना पुजनिय आर्दश नायक सोच्दथे ऊ निसन्तान थियो समग्र राष्ट्रनै परिबार सोच्दथ्यो । नायक बित्यो गुमनाम भएर । टिबीले खायर । घरवारी टोलमा रगत छादेर । उस्का नाममा चौक थियो रे ! कुवा पनि अनुयायिहरुले सम्झनामा राखेका थिएरे …॥ सदरलाईनमा कतै । अर्का सिह थिए रुप सिहं सिजापति । सुदुर पस्चिमको युद्धबाट फर्किए । काग्रेससगं मोह भगं भयो । जागरिला जोसिला लडाका र स्वप्नद्रष्टाहरुलाई सगंठित गर्दै पस्चिमको पहिलो कम्युनिष्ट पार्टीको साखा खोले नेपालगाजमा । मुलायम बेहना पुर्णमान आजाद बि। बिकास चन्दु बागबान रामकुष्ण मानन्धरलाईं सगठित पारे । तीसबै ०७ सालको आन्दोलनमा नरम दल र गरम दलमा सामेल थिएनै । दशरथ चन्द आश्रमका उपज र सहभागी । किसान आन्दोलन र मुलायम बाबा एक अर्काको पुरक नाम । भलादमी ठालु र जिम्दारले कम्युनिष्टलाई पाचमबर्गको अछुत झैं मान्ने । अगुवामा रुप सिह र घोडीवाले मुलायम बाबा । ०१५सालको आम चुनाबमा कम्युनिष्ट पार्टीको उमेदबार बनेर बिर्तावाल मौजावाल र जिम्दारहरुको जगजगी चलेको ठाँउमा आन्दोलनको बहस र औचित्यता साबित गरे । लोकाभार आन्दोलन दबाउन स्वदेशी बिदेशी सेना परेड खेलेको ठाँउमा कर्णाल फुके । १७ साल महेन्द्रशाही सैन्य कुमा कहलिएका सबै हस्ती गले । दस्तखत ठोकेर बाहिरिए तर झुक्नेको नाम सिह हुदैन कागज नगर्ने रुप सिह मात्र दरिए । जिन्दगी कष्टकर बन्यो । लेखनदास बनेर गुजारे । कसैको आसे बनेनन । महान सिहहरु मद्य कुँवर बितिसकेका कुवर लिखित नयाँ मुलुकका इतिहासको पाण्डुलिपी मुक्तिसेनाका गणेश कर्माचार्य र दिबगत गोपाल मल्लले यो पग्तिकारलाई प्रकासमा ल्याउन सुम्पनु भएको छ थिए भने सिजापतिसगं झण्डै सात बर्षसम्म यो पग्तिकारले भेटमुलाकात हुदैँरहयो । पछिल्लोपटक कमरेड निर्मल लामालाई भेटाउन पुग्दा गगनगाजमा उनको अन्तिम दर्शन पाएको थिँए । आफना पुराना सहयोद्धा लामालाई सिहले चिन्नभने सकेनन । क्यान्सरबाट थलिएका एउटा योद्धालाई मुक्तिसेनाका अर्का योद्धा क। लामाको भाबपुर्ण सम्मानले ०७ सालको जिबन्त सबेंदना त्यँहा झल्काउथ्यो । सिहको सिहाँई र औकातको मर्मबोध समेत त्यो भेटले गराउथ्यो । क्यान्सरबाट ५०मा रुपसिह दिबगंत हुनुभयो भने उहाँकी जीवन सिगंनी हरीदेबीको पनि क्यान्सरबाटै मृत्यु भएछ । पस्चिमका क्रान्तिकारी आन्दोलन र आर्दश बिकासमा जसरी गदर बाकेँबीर दशरथचन्द लोकाभार किसान आन्दोलन भिमदत्त पन्त र कामी ब्ढा मगरको नायकत्व जोडिएको छ त्यस्तै बिभिन्न चरणमा भएका आन्दोलन र बिद्रोहमा सिहंबन्धुहरुको बिद्रोही आर्दश सस्कारको निरन्तरता पाईन्छ । आयाम सस्कृति पछिल्लो त्यसैकडीको ऐतिहासिक निरन्तरता हो ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home