Monday, June 22, 2020

जिन्दिगी कति गाह्रो छ जिउन

आमजनमतलाई सरकार विश्वास दिलाँउछ कि अर्कोदेशले आक्रमण गर्ने खतरा छ, या आफैँ बीचका दुश्मनहरु सल्वलालाउदै छन् । यस खतराबाट बच्ने एउटै मात्र उपाय भनेको जनताले कमाराले जस्तै आप्mनो सरकारको आज्ञा पालन गर्नु हो – लियो टाल्स्टाय सत्ताचरित्रनै असहिष्णु हुँने हुँदा सहमतिमा हिम्मत र विमतिमा विवेक प्रयोग गर्न औधी गाह्रो भई मूल्य तिर्नपर्ने हुन्छ । ‘क्रान्तिकारीता’ लाई सत्ताले पचाईदिदो रहेछ । अविश्वास बढिरहेको, जनमत निरास बनिरहेको बेला वैधानिक भ्रष्टाचारबारे नेपालीसमाज अहिले मौन छ । निर्वाचनबाट लाईसेन्स प्राप्त शासकलाई नयाँ माहाराज बनाउने र वैधानिक भ्रष्टाचार गर्ने अनुमति त थिएन् तर प्रजा नभएको नागरिक किन बोल्न सक्दैन् त ! यस्तो चुप्पी र भय त मैले महेन्द्रकालमा पनि देखिनँ् । कुनै समयको एउटा क्रान्तिकारी तथ्य, प्रमाण, नियति र परिणााम देखिईसकेपछि पनि मुख नखोल्ने मात्रै हैन् मतियारसमेत किन बन्छ त ? राजतन्त्रको कराहीबाट उम्केर गणतन्त्र आएको भनिए पनि हामी करपोरेट राजनीतिको भुंग्रो झेलिरहेका छौँ । अभ्यस्त हुँदैछौ । भ्याट बिल प्रकरण, यनसेल र यति प्रकरण यस्का ज्वलन्त उदाहरण हुँन् । राजनीतिमा करपोरेटतन्त्र हावी भएर सत्ता बनाउने, पल्टाउने, मन्त्री बनाउने वा फेर्ने, सचिवको सरुवा बढुवा गर्ने, राजनीतिक नियुक्ति गर्ने, राजदुत, सांसद बनाउने, राज्यका अंगलाई हित अनुकुल पार्ने र न्यायलयलाई भ्रष्टाचारको धोबीघाट बनाउने समेत हैसियत राख्न थाल्यो । दलहरु करपोरेटका शेयर होल्डर बन्न पुगे । राज्यका अंगहरु शाक्षी किनारामा सदरको हैसियतमा पुगे । सिहदरवार बबुरो बन्यो । यो कतै एउटा अदृस्य तथा भूमिगत गिरोह त हावी भैरहेको छैन् ? माहान तथा गौरवशालीहरु, त्याग बलिदान र दशकौँ बन्दीगृहबस्दा नगलेका स्वप्नद्रष्टाहरु आखिर यसरी किन गले ? हरेक विषयमा हाम्रो समाज जाग्राम बस्थ्यो । अन्याय, अत्याचार विरुद्द सडकमा उत्रिन्थ्यो । पञ्चायतकालमा समेत एउटै रुपचन्दले सदन हल्लाउथे । तरुण, मशाल, वर्गसंर्घष, मुक्तिमोर्चा नामक भूमिगत पत्रिकाहरुले चेतनाका ज्वाला दन्काउथे । युगलाई, कविलाई ललकाथ्र्यो । मान्छेहरु आर्दशकालागी आपूmलाई खर्च गर्थे । जवानी खर्चेका ती मान्छे अहिले पनि ज्यूदै छन्, सक्रिय छन् ... सिहंदरवारिया पनि बनेका छन् तर आत्मा मरेको, आर्दश र सपनी रित्तिएको, भूमिका फेरिएको अवस्थामा । ‘आतंककारी’ ‘अराष्ट्रियतत्वबाट’ स्वंय शासक बन्न पुग्दा पनि अव ती गलत विरूद्द लड्न नसक्ने मात्रै हैन् बोल्नै नसक्ने वा मतियार भईदिएका छन् । सत्ता–संस्कृतिले ती धरतिका असाध्यै राम्रा मान्छेलाई सिधै पचाइदियो । त्यो अवस्थामा हामी किन पुग्छौँ ? अपमान, तिरस्कार, प्राप्त सौन्दर्यको ध्वस्त स्वीकार्न कुन तत्वले बाध्य पार्छ ? धारिला चेतमा खिया लगाउने कुन तत्व हो ? किन मान्छे यस्ता विषयमा बोल्न, सुन्न र लेख्न सक्दैन् । प्रख्यात बलिउड लेखक जावेद अख्तर भन्छन्– तँ त्यही लेख् जो धेरै मान्छे भन्न र सुन्न पनि डराउँछन् । युगवाणी तँं लेख् । लेख् त लेख्...त्यही लेख् ।’ म यी हरफ ‘जनआस्था साप्ताहिकमा’ लेख्दैछु । ‘यति’ हिमलोकबाट मत्र्यलोकमा झरिसक्यो तर, रागदरवारी बनेपछि कलमका निप भाँचिएका हाम्रा कयौँ लेखक, कबि, कलाकार र पत्रकार मौन छन् । आस्थाका मूल्य तिरेका बिद्रोह ओकल्ने मनुवाहरु मौन भए । जव देश जलिरहेको हुन्छ, अन्याय मौलाइरहेको हुन्छ, त्यस्तो वेला प्रजा नबनेका मान्छेलाई समयले प्रश्न गर्छ्– त्यस्तोबेला तिमी कहाँथ्यौ ? के गरीरहेका थियौ ? मेरो युगले भन्नेछ– जव उनी केही थिएनन् तव सवै कुरा थिए तर आज उनीहरुसंग सवै कुरा छ तव केही पनि (आत्मा) वाँकी रहेन् । भयानक सेल्फसेन्सरशिप लागेको छ । कृतिम भयले मान्छे आप्mनै छाँयादेखी तर्सिरहेको छ । करपोरेटको यस्तो विगविगी भएको, भ्रष्टाचार मौलाएको, निर्वाचित अधिकारलाई शासक बनाउदै करपोरेट लुट मच्चिरहेका बेला नत्र नागरिक किन मौन बस्थ्यो ? प्रजा र रैतिबाट नागरिक बनेको हामीले गणतान्त्रिक संविधान बनायाँै, उपभोग गरिरहेका पनि छौँ । एकपटक भारतीय संविधान निर्माता बाबासाहव डा.भीमराव अम्ेडकरलाई सोधीएछ– संविधान कस्तो बन्यो ? –औधी राम्रो... –केही सीमा, समस्या ? –असल नियतका मानिसले राजनीतिक नेतृत्व लिए– मानवतावादी । समग्र देश, समाज र मानवहीतमा । यदि भ्रष्ट, तानाशाह र फासिष्टहले शासन लिए–घोर अप्रजतान्त्रिक । फासीवादी नियतले कसैले नेतृत्वलिन कहिल्यै पुग्छ भने –देश र युगलेनै कष्ट भोग्न पर्छ । महाफासिष्ट जन्मन पनि सक्छ ।’ हाम्रैै समयका चरित्रनायकहरु अहिले सत्ताका कारिन्दा छन् तर हाम्रो युग उनै बाबासाहवको स्मरण गर्न पुग्छ । मान्छेभित्र धेरै मान्छे हुन्छन् । सुन्दरताका पनि पक्षधारिता हुन्छ । कुनैबेलाका नायक कुनैवेला खलनायकमा फेरिएको स्वयंले चाल पाँउदैन् । संकेतले चेत्ने मान्छे, परिणमले चेत्ने पशु हुन्छ । वातावरण, संबन्ध र स्वार्थले उस्लाई नर्कतिर घिसारेको ऊ वा उस्का पछुवाहरुले पत्तै पाँउदैनन् । क्रान्ति वा विद्रोहका उत्तराधिकारी कोही पनि हुँदैनन् । अंश र वंशका त हुँन सक्छन्, नागरिकता र पुखर्याैली हुँन सक्ला तर भावना, संवेदना मूल्य, मान्यता र आदर्शका हुँदैहुँदैनन् । सजिलो छ आप्mनै मलामी जान तर गाह्रो छ– जिन्दगी धान्न, तान्न, लतार्न र घिसार्न र संग्लोरुपमा आर्यघाटमा विसाउन । जापाटिष्टा विचारक जाँन हाँलवेले ‘क्रान्ति उत्तर हैन् प्रश्न बनेर उभिन्छ’ त्यसै भनेका हैनन् । भुपुहरुसंग संंपत्ति, पद र सुविधा सवै छ । तर, त्यस्ले क्रुर यथास्थितिसंग लड्ने, सोच्ने आँट पलाँउदैन्, दिँदैनन् बरू डरपोक बनाइदिन्छ । पद, प्रतिष्ठा र संपति गुम्लाकी भन्ने सदा आतंकमा रहेर अन्यायको विरूद्द सिधा उभिन नसक्नका कारण बन्छ । हरेक चिजको मूल्य तिर्नुपर्ने हुँदा आलोचनात्मक चेतले पनि मूल्य तिर्नेपर्छ । जति महत्वपूर्ण वस्तु हुन्छ त्यसको मूल्य त्यतिनै धेरै हुन्छ । सित्तै पाएको चिजको मह्त्व नै प्रापकले बुझेको हुँदैन् । ती चुप्पी रहने मनोआतंकका कारण बन्छन् । छिमेकीकै थप कुरा कुरा गरौँ । मुसोलाइ बाघभन्दा बिरालोसंग होसियार हुँनुपर्छ । आज हिन्दमहासागरिय क्षेत्र अर्थात सार्कको अवस्था यही छ । भारत... क्षेत्रिय दादा हो । अझ सास्कृतिक फासिवादी राष्ट्रियता हावी भएपछि धार्मिक आवरणमा ऊ फासिज्ममा फेरिँदैछ । अल्पमतप्रतिको घृणा र कमजोर छिमेकीप्रति उस्का दादागिरी सोच यसैकारण हो । आन्तरिक समस्या ग्रसित उस्को राष्ट्रवाद वाह्य दादागिरी कमजोर राष्ट्र र जिम्वेवारीरहित नेपालीको लिम्पियाधुरा एक हो । तर ‘मौषमी राष्ट्रवाद’ यसमा कम दोषी छैन् । हामी गम्भीर कुटनीतिभन्दा हल्कामा रमाएर राष्ट्रियताका खेती गर्छौ भने यस भूसंवेदनशील राष्ट्रमा कुन भनाई पत्याउने ? टाढाको देवता भन्दा नजिकको पिसाचसंग संबन्ध जोडिनुपर्छ भनिन्छ । महाशक्तिको विश्वरणनीतिमा हामी किन फस्ने ? एकातर्फ यमसीसी इण्डो–प्यासाफिकअन्तरगत हो भनेर अमेरिकी रक्षा साहायक मन्त्री रेडल जी स्काईभर भन्छन् अर्कातर्फ हाम्रा परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली यमसीसी इण्डो–प्यासाफिक अन्तरगत हैन् भन्छन् । प्रधानमन्त्री नया सभामुख आएपछि यमसीसी विधेयक सदनले पास गर्छ भन्छन् । ?श्रीलंकाले यमसीसी अश्वीकार गर्यो, के हामीले यमसीसी धान्न सक्छौ ?

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home