Thursday, May 14, 2020

विकललाई मैलेपनि चिनेको थिएँ

विकललाई मैलेपनि चिनेको थिएँ बिकल निधनको अनायस पिडादायी खबर तिलकजीले सुनाए । लामो दिनदेखि अस्वस्थ भएको सुनेको थिएँ । निर्मम मृत्यु, यति छिटो आउलाझँै लागेको थिएन । सवयात्रामा सहभागी हुन नपाए तापनि गोकर्णघाटतिर हुँईकियौँ । त्यहाँ समाजका हरेकक्षेत्रका ब्यक्तित्वको जमघट भैसकेको रहेछ । झम्केसाँझ । घाट निस्लट् अँध्यारो । मात्रै दन्केको चिताको उज्यालोले अरूको अनुहार नियाल्नुपर्ने । लाग्दथ्यो, विकल चम्किरहेका छन् र उनकै चमकमा अरूहरू एकआपसमा चिनारी गर्नसक्छन््, गरिरहेका छन् र चिन्ािन्छन्झँै । जँा पाल सात्र भन्छन्् "डैथ डिफाईन्स् द लाईफ" हो..... Û, हरेक मृत्यले जीवनको परिभाषित गर्दछ । विकलको हकमा पनि सो कुरा लागुहुन्छ । हरेक मृत्युले लगाउने परिभाषा, गर्ने समीक्षा र दिने सन्देशले कतिलाई आशातित, कतिपयलाई बाँकी जीवन जिउने प्रेरणा मिल्छ भने मरेर बाँचेका र लतारेका जिन्दगीलाई भने आतङ्कति गराउँछपनि । विकलको मृत्युपनि त्यस्तै हो र सन्देशपनि त्यस्तै । संयोग त्यसको झण्डै ६ महिनापछि काभ्रे म्ाण्डनबाट सिपाघाटतिर लाग्दै थियौंँ । देउराली भञ्ज्याङ्ग काटेपछि मिठाराम भाईले फाँटमा रहेका माझीहरूका बस्तीको एउटा छाप्रो देखाँउदै भने — दाई, रमेश विकलले त्यही घरमा बसेर अबिरल बग्छ इन्द्रवती लेखेका हुन" । वारी माझीहरूको बस्ती, पारी भिमटार फाँट । थापा काजीहरूको सभ्रान्त देखिने गाँउ र बगैँचा । बिचमा बगिरहेको नदी र खिइर्ंदै गएका माझीबस्ती । सिरानतिर काठमाडौँको प्यास मेटने मेलम्ची खानीपानी योजना । काकाकुलको चिच्याहट । योजनाका नाममा स्वार्थ खेती गर्ने भिन्नै जातका मनुवाहरूको भव्य गाडीहरूले उडाईरहेको कुईरीमण्डल धुलो । देशी विदेशी अगस्तीहरूको चर्तिकला । क्रसर उद्योगले चिरेको इन्द्रावतीको छाती । गिट्टी, माटो र छारो बनिरहेका चट्ानी पथ्थरहरू । सहरलाई आधुनिक बनाउन गाउँबस्तीले उठाउन परिरहेको सास्ती । इन्द्रावतीको पानी र गिट्टीहरूले आधुनिक सहर बन्न थालेको छ, मञ्जुश्रकिो खाल्डो । उसको तिष्णा मेटाई दिनपर्ने छ, यस्ले ...... आˆनै छाती सुकाएर अरूको घाँटी रसाई दिनुपर्ने । अब अबिरल बग्नुपर्ने छ, इन्द्रावतीले पाइप भएर सहरतिर । हो सिपाघाटमा एकैचोटी अनेकाँै बिषय र प्रसङ्ग देख्न र भोग्न पाइन्छन्् । अझ जागेका बस्ती, फेरिएका अर्थ, ब्यँुझेका मान्छेको जात । आउने बिद्रेाहका गाथा र कथाले भरिएको इन्द्रावती फाँटका आख्यानहरूका उदघोष गर्ने विकल अब अक्षरमा, सम्झनामा मात्रै । फेरिएको इन्द्रावतीको भाषा र सुस्केरालाई पुनः उनैको संवेदनात्मक क्षमतामा लेखिन पाएको भए.... बाणी दिन पाएको भए......Û मैले सन्देश सुनाइदिएँ —कास्, इन्द्रावती...... तेरा गाथा, पौरख र देखेका सपना लेख्ने दिल, दिमाग र संवेदना अब चिरकालको लागी आरामस्थल गइसक्यो । इन्द्रावती फँाट । माझीहरूका कथा, व्यथा र काजीहरूका जगजगी । हेलम्बुतिरका शेर्पा र तामाङ्गहरूका झण्डै ९० बर्ष पहिलाका सुने, देखे, बुझेका कुराहरू बाबा शिवशकंर सुनाउँदै जान्छन् । पुराना दिन जादाँ रहेछन््, नयाँ दिन आउँदा रहेछन्् । हिञ्चे बुढा भन्दै थिए यस्तादिन आउँदा रहेछन् भनेर काजी खलकलाई के को पत्तो Û । बुढालाई अबिरल बग्छ इन्द्रावती भन्ने किताबमा यो दिनपक्कै आउँछ भनेर पहिल्यै एउटा आख्यानकारले भनेको कुरा सुनाउँदा उदेग लाग्छ । उदेगमान्दै भन्छन् ति ता कस्ता ज्योतिष पो रैछन् हैनत Û बाह्रबर्ष पहिलाको कुरा अहिले झल्झल्ती याद आउँदछ । यो अवधिमा धेरै पानी इन्द्रावतीमा बगिसके । तत्कालिन चलन चल्तीका शब्द, अर्थ र मर्म बदलिसके । राजनीतिक परिभाषा बदलिसक्यो । सुन्दरता र कुरूपताका अर्थ फेरिइसके । नेपालगञ्जमा २०५४ मसिंर १ गते प्रेम प्रकाश मल्ल अभिनन्दन समिति र मध्यपश्चिमाञ्चल साहित्य संस्कृति कला प्रतिष्ठानको अगुवाईमा कवि, गायक प्रेम प्रकाश मल्लको अभिनन्दन गर्ने उल्लासमय कार्यक्रम भएको थियो । ३ दिन साहित्यमय भएको नेपालगञ्जका स्थानिय श्रष्टाहरू र राजधानीका वरिष्टहरू बिच अन्तरघुलनमात्रै भएन, आफन्तिलोपना पनि साटासाट भयो । त्यस कार्यक्रममा राजधानीबाट रमेश विकलकासाथै धु््रवचन्द्र गौतम, परसु प्रधान, उत्तम नेपाली, धु्रव सापकोटा, दिवंगत विनय रावल सहितको टोली आएको थियो । सो कार्यक्रम नेपालगञ्जको साहित्यको आफैँ सस्था बनिसक्नु भएका सनत रेग्मी र समाजसेवी नर्वदा शर्माको बिशेष अगुवाई र भूमिका थियो भने बहुभाषिक साहित्य, कला र संस्कृतिको सङ्गम बनेको थियो त्यो । मल्ल अभिनन्दनको मञ्चमा विकलको कथा साहित्यमा बेजोड अभिव्यक्तिले सरल र सहज ब्यतित्वको छाप छोड्यो । सुत्रमा नबाँधिएका प्रगतिशील लेखकको भाषणमा सुनिएको व्यक्तित्व थियो त्यो पहिलोपटक, मञ्चमा । सरल तर गम्भिर अभिब्यक्ति । यो पंक्तिकारले त्यसै बखत हो, आख्यानकार बिकलसँगको सामिप्यता पाएको, हिमचिम बढेको र कयौँ बिषयमा पहिलो पटक अनौपचारिकतामा बात मारेको । त्यसबेलासम्म महान् परिवर्तनको मध्यपश्चिमाञ्चल आन्दोलनको केन्द्र र ज्वालामुखी प्रदेश बनिसकेको थियो । मान्छेहरू जागेका थिए, निमुखाहरूले मुख खोलिसकेका थिए । निदाएका, सुस्ताएका र हेपिएका जागिसकेका थिए । नेपालगञ्ज त्यस्को फेदी र प्रवेशद्धार थियो । सामाजिक हलचल र अनौठा गतिविधीले संवेदनशील मानिसहरूलाई नछुने र प्रभाव नपार्ने कुरै थिएन । विकलजस्तो आग्रहहीन लेखकहरूलाई त्यसले छुन्थ्योनै । परिवर्तनको आशावादी र स्वप्नद्रष्टा विकल त्यसबाट अछुतो रहने कुरै भएन । त्यहँा जनयुद्धसँगको मेरो नजदिकता नलुकेकाले पनि खुला रहेर भूमिगत हुनु र पानीमा माछा हराएझै जनसागरमा छिप्नु र पौडिनु पर्दथ्यो । यस्तो सक्रियता भनेको तरवारको धारमा रहेर भुमिका निभाउनुु हुथ्यो । प्रगतिशील साहित्यमा मौलिक छाप छोडने एउटा मुर्धन्य व्यक्तित्वसँग त्यसै थलोलाई कर्मभुमि बनाएर सक्रिय रहेको यस पङ्क्तिकारले परिवर्तनका बिषयमा भलाकुसारी भएको र आशावादी रहेकोमात्रै हैन जनयुद्धले पारगर्दै गएको अवस्था र खडा गर्दै गएको किर्तिमान बारे पनि उहाँलाई बताउने औसर पाएको आजैझैँ लाग्छ । त्यो साझँपनि राम्रै जमघट भयो, कथाकार डा. अमर शाहको घरमा । तेश्रो पहरसम्म रसमय भयो वातावरण । आफ्नै पारामा बितेका त्यो रात विकल सात्विकनै रहेपनि जमघटमा रसभर्न भने चुकेनन । तन्नेरीनै रहे । कसैलाई खलेन । उहाँका श्रजिनामा पछाडि जनयुद्धले कस्तो प्रभाब पार्‍यो, पारेन Û त्यस्ले छाप छोडयो छोडेन ÛÛ अझै अध्ययन गर्न भ्याईएको छैन । अहिलेपनि नेपालगञ्जको प्रयास साहित्यिक अभियान र त्यसमा सहभागी अनेकौँ व्यक्तित्वको याद आई रहन्छ । दिन बित्दै गए । परिवेश जटिल बन्दै गयो । सहरिया लेखक र मीडियाका विषयबस्तुमा कयौ नयँा खाले प्रायोजीत खेलपनि देखिँदै गए । लेखनी कतिपयलाई द्वन्द्व उद्योग बन्दैगयो । जनयुद्धले अस्तित्व धरापमा पर्दै गएकाहरूका हबिगत देखिँदै गयो । बाँचेर बाँच्न सकिने अवस्था नरहेपछि पंक्तिकारलाई आस्थाको मुल्य भुक्तान गर्न सार्वजनिक जीवन त्याग्नैपर्ने अवस्था आयो । ज्वालामुखी प्रदेशको यात्री बन्न लम्किएपछि नेपालगञ्जको साहित्यिक वातावरण र प्रयास अभियानको अभियान्ताबाट टाढिदा कयांै मान्यजनसँग बिछोडको पिडापनि आफैँसँग सुदुरबस्तीमा फगत याद बन्दै गए । सहरिया सिर्जनाहरू त्यहाँ पनि पुग्थे । अझ नेपाली साहित्यकारहरूको द्वन्द्व अवस्थाको हविगत कथाकार नयनराज पाण्डेको निदाए जगदम्बे पुगेपछि सहर साहित्य पढ्ने सूचि पत्रै तयार भयो । राजनीतिक उथलपुथल र सामाजिक हलचलको एउटा चरण पार गरेर सार्वजनिक जीवनमा फेरी र्फकंदा आफैँलाई नौैलो लाग्ने र मित्रहरू विमित्रहरू पनि फरक, फरकै लाग्ने । साँध लागेको जस्तो । धेरै कुरा फेरिएका । तर, केही भने फेरिन नचाहेका । विचार फेर्न सक्नेहरू पनि आदात फेर्न हिच्किचाईरहेका । केही नगर्दा र उछित्तो काढ्दापनि परिवर्तन आईलागेकाहरू नयाँ खेल र अस्तित्वका खोजीमा छटपछिरहेका । युद्ध र शान्ति भित्रको नाफाको जिन्दगी बिताइरहेको यो पंक्तिकारले देख्दै भोग्दै अभ्यस्त हुदै आयो । समय बित्दै गएको पत्तो नपाउदै एक साँझ तिलक डाँगीले दुखदायी खबर दिए, विकल रहेनन् भनेर । जिम्मेवारीको कारण आवश्यक ठाँउमा तत्काल खबर गरेर हामी अन्तिम दर्शन गर्न घाटतिर लाग्यौँ । दिन बित्दै गए । उहाँका साहित्यकार, पत्रकार बिजय चालिसेसँगको एकदिनको भेटमा बिकलको योगदानलाई राज्यले कदर गर्न हुलाक टिकट र मधुपर्कको विषेशाङ्क निकाल्नपर्ला भन्नेबारे चर्चा भए । आफैँ सम्पादक रहेको पत्रिकामा बाबाको विषेषाङ्क Û अरूले के भन्लान् ÛÛ भनेर उहाँले आनाकानी गर्नु भो । मेरो तर्क थियो विकल स्वयं अब संस्था र प्रगतिवादी आन्दोलनको आˆनै खाले प्रतिक बनेको हुँदा उहाँकाबारे बिभिन्न खाले समीक्षा हुन् सक्लान् र हुनपर्छ पनि । समग्र मुल्याङ्कनका लागी आवश्यक पनि छ । सात्रकै भनाईझँै विकलको देहान्तपछिको विकलले अझ जीवनको परिभाषा देला । अनुघाटित पक्ष र सन्देश दिनसक्ला । हरेकका जिन्दगी स्वयंमा एउटा महाकाव्य हुने गर्छन् । अझ विकलको प्रेरणादायी जीवन र जीवनशैली सार्वजनीक सम्पती बनिसकेको यस अवस्थामा हामी कसले, के भन्ला Û भनेर हिचकिचाउन पर्ने बिषयनै यो हैन र छैन । अझ उहाँले निजात्मक जिन्दगीलाई पनि सामाजिककरण गरिसकेेको अवस्थामा उहाँलाई सामाजिक सम्पति मान्न कसैले पनि अन्यथा मान्नै पर्दैन । उहाँँ त्यसको अधिकार राख्नुहुन्छ । मेरो भनाईलाई बिजयजीले स्वीकार्नु भयो । हामी सो अभियानमा जुट्यौँ पनि । सञ्चार मन्त्रालयको हुलाक टिकटको लागि पहिल्यै सुची बन्नुपर्ने नियम रहेछ । तर, आवश्यकताले नै नियम बन्ने र भत्कने गर्छन् । नयाँ बनाउन पर्दछ पनि भन्ने मान्यताले सो कार्य थालनी गरिएको थियो । त्यसलेे अहिले मुर्तरूप पाएछ । मधुपर्कको विषेशाङ्क निस्किसकेछ । तर, जुनस्तरको हुनुपर्ने हो, विविधतालाई सगेटनु पर्ने हो, त्यती ओजिलो बन्न समयको चापले भ्याएन होला । जे भयो अधुरो कामले पुर्णता पाएकोमा जो, जसले त्यस्को श्रेय पाउन पर्ने हो अहिले त्यस्लाई साधुवाद नदिइरहन सकिँदैन । ल्ोखकिय तस्बिरहरू भनेका श्रििजत अक्षरको बकपत्र हो । अहो Û आज बर्षदिन पो भैसकेछ.......... जीवनका समीक्षा र सकंलित सन्देश युगलाई सुम्पिदै अनेकौँ बकपत्र छोडेर विकलपनि दिवगंत भएको । रमेश विकल एउटा बहुआयामिक व्यतित्व । सानसगं जिएर सानसँगै बित्ोको आख्यानकार । जीवनको महाकाव्य छोडेर बित्ोको बहुआयामिक साहित्यकार । सलाम विकल, फेरीपनि सलाम.... http://gorkhapatra.org.np/detail.php?article_id=28362&cat_id=22

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home