च्याट.सबांदका.कुराहरु
च्याट.सबांदका.कुराहरु बहिनी लारा तपाईले उठाउनु भएझै मेरो एकजना फेसबुकको साथीसगं हिजो यस्तो बातचित भएको थियो । यस सबांदलाई जस्ताको तस्तै यहाँ राखेको छु । मलाई लाग्छ कुनै काल खण्डमा बिदेसिएका देशबन्धुहरुको त्यहाँ भ्ौतिक सुख सुबिधा पाउँदापनि आफनो पित्रिभुमिप्रतिको लगाब कति हुदाँे रहेछ जस्तो भन्नेाकुरा यो छलफलमा लाग्यो । तपाई युवा जोश जाग्ँर र चेतना सहित अहिले पराईदेशमा हुनुहुन्छ । सबंभत त्यहाँको नागरिकतापनि पाउनु र लिनुभयो होला । के कस्तो अनुभुति गर्नुभएको छ कोनी ! अब म उनिसङ्गभएको आफना कुराकानीको सुरुवात गर्छु । उस्ले मलाई देशको कहानी सोध्यो । ऊ मालदार प्रवासी हो । बिदेसिएको धेरै दिन भयोरे । आकलझुकल पित्रिभुमि आउने जानेपनि गर्छरे । यहाँभएका सुचनाबाट अपडेटभएपनि त्यसभित्रको मर्म सन्देश बुझन नेपाली मीडियाबाट गाह्रोभो अरे । अहिले बानेश्वरमा प्रचण्डले दिएका भाषणले पैदा गरेको तरङ्गलाई मुलधार भनिने मीडियाबाट अझ सन्तुष्ट हुननसकेको र समाचारभित्रको समाचार खोजिरहेको मान्छे आफुलाई भन्थ्यो । खण्डित सुचनाले जस्कोपनि मतिभ्रष्ट पार्छनै । समाचारको पक्षधारिता भनेकै त्यस्को मिनिफयाक्चरिगं हो । प्रचण्डको आसय लक्षित बिषयलाई कसरी खेल्ने प्रयास भयो तिमी आफै बुझछेउ । अन्धाले हात्ती छोएर बखान गर्याझै । ऊभने काम काम र फेरीपनि काममा रगेटिएको मान्छे । ऊ बदलदो नेपालबारे अध्ययन गर्न रुचाउने खाटीँ देशबन्धु । मैले यसो भन्दिए-ूपॄय मित्र म धेरै कुरा जान्दिन । मेरो जातीलाई बख्खु ओढेर निदाउदै हाईसन्चोको सपनादेख्ने बाँनी परेको छ । खबरराख्ने काम मेरो हैन । खबरले मलाई टाउको दुखुउछ । मेरो सुखचैन हरुउछ । अनाबस्यक चिन्ता बढाँउछ । सुख किन्न गएका छौ मख्ख पर…। बरु चिन्ता गर…… खाना र मैथुनको । के को यो छाडेरगएको देशको चिन्ता हँ ! गि्रन कार्ड पाईहाल्यौ होला । बिहे भाछैन भने लाहुरिनि बन्न तरुणीहरु मरिहत्ते गरिहाल्छनै । मेरो काम र ठेक्का देशको हिसाब किताब राख्ने हैन । राख्दिनपनि । ू मेरा ओठेजबाफले ऊ तिलमिलायो । अहंमा आक्रमण र स्वत्वमा प्रहार भएकाले रन्थनियॊ होला । हरेक मान्छेहरुका आर्दश जबसम्म आफैंलाईचोट लाग्दैन तबसम्म रहन्छन । जब स्वत्वमाथीनै प्रहारहुन्छ तब ऊ रन्थनाउछ । लिकमा हिडन अभ्यस्तमान्छे नयाँ कुरालाई पछयाउन सक्दैन । किन भयो भनेर सोच्न चाहुदैन । अरुले तयार गरेको मनादशामा हाकिँन अभ्यस्त भैसकेको कुरा आफैलेपनि थाहा पाउदैन । हिजोसम्म लामा लामा च्याटसबांदले आफन्तिलो बनेको देशबन्धु आज यो पराणीलाई के भयो भन्ठानेछ । त्यता आवत जावतको टिकट र अन्य ब्यबस्थापन गर्ने उस्ले मलाई निम्तो र आस्वासन दिईसकेको थियो । अनाबस्यक मैले बहसमा उस्लाई उल्झाँए । आएको शौभाग्यमा बाचरो चलाँए । नफेरिएको मेरो बानी ब्यहोराले आजित भएकी बुढी हबिगत देखेर झोक्किई । केलाई तितैभन्नु पर्या होला ! सफल हुने मान्छे कहिल्यै अनाबस्यक सत्रु कमाउदैनन । अझ डियल कानेर्गी पढेरनी सुद्धि नफिरेको ! गनगनगर्दै फन्किएर बाहिरतिर लागी । तबपनि ऊ च्याट गर्दै रहयो - तेरो प्रोफाइल हेरेको पढेको छु । तँ कुण्ठाग्रसित अभाबले तडपिएको मान्छे होस् । अर्काले गरेको र सोचेकॊ भलो पचाउन नसक्ने । आफुजस्तै कङ्गाल भएर अरुपनि त्यस्तै रहुनभन्ने चाहाना राखेर आर्दश छाटँने । टिप्न नसकेपछि हरेक चखेंस्याल अङ्गुर खट्ा हैू भन्छन । जहिलेपनि समयका गति पछयाउन नसक्ने हरेक असक्षम मान्छेहरु आर्दशका गित गाउँदै अरुलाई उपदेश झाडछन । तैँले नचाहेर नभै नसकेर त्यो नोहमत उठाउन पर्या हो …… अरु प्ाुेरिए तँ यात बौलाईस यात फेरिन सकिनस् । समयको गति अनुसार नफेरिने मान्छे डष्टविनमा जाकिन्छ । बुझिस् उत्तेजनामा ल्याउन भाबनामा बगाउन र सुमसुम्याउन उचाल्ने र पछार्ने गर्न थाल्यो । एकमन भयो- बेकारको झयाउलो मान्छेसगै अनाबस्यक समय खर्चिनु आफैबेकुफ बन्नु हो । उस्कोबाटो उस्कै छ आफनोबाटो आफैसगं । नदुखेको कपाल किन डोरीलगाएर दुखाउने भन्याझै नलाग्यापनि हैन । तरपनि अहंमा चोटहानॆपछि त्यसै हतियार बिसाउने त् अफुपनि कहाँ हो र ! उपनि जब्बरनै निक्लियो । यस्तो मान्छेसगं कहिल्यैनीे जम्काभेट भाथेन । ऊ कुरागर्दै गयो । उत्तेजनालाई मथ्थरपार्न अनेकौ बातमार्दै गयो । नत ऊ मेरो भाग्य बिधाता बन्न सक्थ्यो नत केही लछार्न । मुखको तितो आकल्नुभन्दा मपनि उसगं केनैपो गर्न सक्थिँर ! ूतँ तिँ छस् । तँलाई देशबारे थाहा नभए कस्लाई हुन्छ त् !ू ओठे जवाफ दिएँ ूथाहाको ठेक्दार रुपचन्द बिष्ट थियोू उस्ले रुपचन्दको ठेगाना माग्यो । ईमेल सोध्यो । फेसबुक र यस्तै टागँनपत्रीमा कतै जोडिएको छ की छैन भन्यो । थाहाको भोक मान्छेलाई कस्तो अच्चम्मको हुन्छ । थाहाको खोजीमा लम्कनुभनेको दुख पाउने मेसो हो । रहस्य खोजीमा मान्छे योगी भए । कबि दार्शनिक र साहित्यकार भए । बुद्ध भए । बैज्ञानिक भए । क्रान्तिकारी भए । सहिद भए । सानतनमा नरमाएर दुख पाए । यो भौतिक सुखमा डुबेको मानिस किन हँ थाहाको खोजीमा लागेको छ सबै कुरा थाहा पाउने तर थाहा अभियन्ता बिष्ट बितिसकेको भने थहा नपाउने कस्तो जानकार ! यस्तैसोच्दै रुपचन्द मरिसकेको कुरा तँलाई थाहा छैन भनेर हकारिदिँए । फेरी सोध्यो .....अहिले कहाँ छसू च्ाै बाटोमा के र्दैछस् तमाशा हेर्दै के को तमाशा नेसनल गेम नेसनल गेमपनि रङ्गशालामा हुन्छ की चौराहामा ! यहaको चलन अहिले यस्तै छ । तँ पताल भासिदा यस्तो थिएन र ! थिएन । मान्छे रमिता हेर्दैनथे । लुरुलुरु हिडथे । खुरुखुरु काम गर्थे । सोच्नेकाम गरेर मान्छे पग्लाउदैनथ्यो …। प्ाछुताउदैनथ्यो । । अँ टिकटदर नी ! देख् भाई देख्……। बिना टिकटका तमाशा ……रमिता त्यस्को भिडियो ल्किप पठाउन सक्छस् ! पारिश्रमिक मनिग्राममा पठाईदिउँला त्यो मेरो ठेक्का हो र ! पैसाले किन्छु भन्छस् । बडा…॥ धनीभाko आखिर तँ साच्चै सुधि्रनिभैनस् । आखिर किन यसरी रिसाउछस् हँ ! मैले बडेबडे लेखक कलाकार र पत्रकारलाई देखे भोगेको छु । मनमाफिक लेखाएको छु । योजना दिएर अनुकुलताको तथ्य र तर्क पुष्टिगर्दै कामफत्ते पारेको छु । त्यस्तै बक्न लगाएको छु । तँ कुन डयाङ्गको मुला होस् र…। तेरोपनि मुख र पेट छ । लालाबाला छन । आधुनिक बन्ने महत्वकाक्षा छ । जति ठुला बुद्धिजिबी त्यतिकै ठुला चाकरपनि बनेका हबिगत देखेको छु । उनिहरुको सफेदपोशी चाकर्याई तथ्यमा टिकेर कथ्नु र त्यसैमा टेकेर अग्लो र बिकाउमाल बन्दै दिल र दिमाग बन्दगी राख्ोको मिहिनपाराले हेर्ने कस्ले देखेका छैननर ! म बुद्धिजिबीलाई चाकर शब्द भनेको र मीडियालाई बिकाउ र प्रायोजन भनेको कसरी सहुँ र ! स्वतन्त्रमीडियामाथ्ाीको यो आक्रमण गर्नेमान्छे पक्कै लोकतन्त्रबादी हैन । मीडियाले स्वतन्त्रतामात्रै हैन स्वछन्दतापनि पाउनुपर्छ भन्ने मान्यताको बोकेको मान्छे हुँ । कहिल्यै गल्ती नगर्ने देबदुतनै भनेका पत्रकार हुन भन्ने ठम्याई मेरो छ । सबैलाई होच्याएको सहेपनि उस्को यो कुरा मलाई पटक्कै मन पर्दैन । उस्ले अनेकौ उदाहरण दियो । जति ठुलो बिदुषक उतिनै ज्यादा गनाएको र खरिदबिक्रीको माल । यनजियो आईयनजियो देखायो । द्धन्द उद्यमी देखायो । दाताको आज्ञा अनुसारको प्रपोजल लेखक देखायो । घोष्ट राइटरको सुची तेस्र्यायो । दुतावासका दुतहरुको लिष्ट दियो । त्यस्तोहुनुभन्दा बिदेशमा गएर पसिना बगाएका हौं दिल दिमाग धरौटी राखेका छैनौ । बिभिषण चलावी र करजाई बन्ने सुरपनि छैन भनेर अनेकौ दृष्टान्त्ा दियो । ठुलाठुला ब्युरोक्य्राटहरु देखायो । पेन्सनपछि बिदेशीहरुको तरफदारी र सल्लाहाकार बनेको उदाहरण पेश गर्यो । डिभीको लाईन बस्ने र फुस्रदको बेला सम्राज्यबाद मुर्दाबाद भन्नेहरुको लामो सुचिनै रहेछ ऊसगं । सबै बिक्रीका उम्दामाल भन्यो । यसरी हाम्रा बाचित चल्दैगए … लारा बहिनी । म निरास मान्छे हुदैहैन । अब म उस्लाई पर्गेल्न सक्दिनथेँ । ऊ आर्कषक बन्दै गएको थियो । परदेसिदाँ देशमा अनौठो शान्ति थियोरे । राजा देशका शाझा भनेर नथाक्नेहरुनै अहिलेका उम्दागणतन्त्रबादी नेता र शौन्दर्यशास्त्री बनेकाहरुका अबस्था दरवारमा स्वस्तीगर्दै बित्थ्यो अरे । राजा कहिले फुटाउने कहिले आपसमा भिडाउने । आफै रेfri बनेर अनी मिलाईदिन्थे पनिरे । कस्तो मापाका भन्दै ऊ भन्थ्यो- अहिले अचम्म भो देशै गणतन्त्रबादी । यि उपद्रो मच्चाउने कसरी कहाँबाट आए । रातारात कसरी चम्किए ! भन्दै देशको अहिलेको हालखवर सुनाउन फेरी आग्रह पो गर्योबा……। भन्यो बिदेशमा त अझ देशको माया हुन्छ । कुवाको भ्यागुतो होस् तिमिहरुलाई्र यहाँको मर्म के थाहा खाएका छन भुडीँ हल्लाएका छन । तोँद फुलाएपछि के को देशको वास्ता भनेर सोच्छौ होला । यसरीहाम्रा कुराकानी बढदै गए । उसले अनेकौ रहस्य बतायो । मुलधार भनिने नेता मीडिया ब्युरोक्रेसी नागरिक समाज द्धन्द उद्यमी बौधिक समुदाय सबैको आन्ध्राभँुडी थाहारहेछ । खोलिदियो । कहिलेकाँही थाहा पाउनुपनि कति पिडादायी कुरा हुन्छ अहो ! लारा । हुनपनि हो नैतिक पुजिँलेनै मान्छेलाई नैतिक तागत र इक्ष्याशक्ति दिन्छ । मान्छे अरुलाई ढाटनसकेपनि आफैँलाई कहाँ सक्छर हिजोसम्म नायक भनेकाहरु एकाएक खलनायकमा फेरिएपछि सम्मान अपमानमा बदलिदो रहेछ । लारा…॥ पात्र र प्रबृतिबारे हिजो नामैकिटेर धेरै सुकुलगुण्डाबारे च्याटसबांद भए । म आ बैल मुझे मार भनेझै उनिहरुको नाम भने अहिले लिन्न । उल्लेख गर्दिन । मैलेकुरा छोट्याउन थालीँ र देखॆको रमिता भनिदिएँ ू चौबाटोमा ठडिएको नागोंमान्छेलाई कतिले पगरी गुथाउदै थिए भने कतिले जयजयकार गर्दै थिए । खुट्ा अर्काको लगाको र दिमागमा यन्त्र जोडिएको त्यो मनुवा रमिता बनेको थियो । त्यसैका आडका हुडकेहरु हुडको बजाएका । टाढाबाट ठम्याउन सकिदैनथ्यो । मभने बादशाहको नयाँपोसाकको याद गर्दै थिँए । अब के र कसो हुनेँ हो ! भनेर केही लोभी पापी आसे पासे र भरौटेभने जोखना हेर्दैथिए । मगंलधुन बज्दै जादु उभने अझ नागिदै जान्थ्यो । गुप्तागं छोपिपिन निरर्थक प्रयासमा लागेका मान्छेहरुको जात्रा हेर्नैलायक थियो । मलाई एउटा राष्ट्रको शिर्षासनमा बसेको मान्छे पराईले हौस्याउदा यसरी नागैं बनेको देख्दा डर र वाकवाकी लाग्यो । आफनो कद थहा नभएको र लाउकेहरुले सुर्याएको उस्लाई देख्दा इतिहासले दिएको यो जुनीको शुन्दर उपहार गर्ब हैन कतै धिक्कार त् हुनेहैन गम्न थालीँ । उस्लाई नागों मान्छे हेर्ने हिम्मत छभने देशमा आएर हेर जहिलेपनि त्योरमिता बिना टिकटमा हर्नेपाईन्छ । मुर्दामान्छे र आधुनिक रुढिबादीहरुका अरु चर्तिकला त् तिमीले अनैको बेभसाईटबाट थहानै पायौ होला भन्दै च्याटसबांद अन्त गरीँ लारा बहिनी । urano . annapurnapost 12 paush
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home