Thursday, May 21, 2020

डाक्टर र टाउको

डाक्टर र टाउको 24 August 2012 at 05:16 अरुलाइ के गर्छ थाहा छैन् मलाई भने मेरा लेखले टोक्ने र चिर्थोने गरेका छन् । डायरीका पाना आतंक बन्छन् । हिजो हिडेको बाटो भूत बनेर उभिन्छ । त्यहाँ मेरा विगत र सपनाका चित्र कोरिएका भेटिन्छन । डोब अझै छन् । तिनीहरु सवै रक्ताम्मे परेको शरीररमा लतपतिदै, कटकटिदै पाप्राहरु लाग्छन् । कतै घाउहरु सइन पो हुँने हो कि भनेर आत्तिन्छु पनि । दुइहप्ता पहिलाको यसै पातोको लेख पढेर सात महिना देखी भेट नभएकी मिनु दुलाल हुरदुराउदै छोरो विशाल लिएर आई पुगिन् । “समय, संकट र डिभोर्सको” परिभाषित गर्न ललकारिन् । जीवनका तीन दशकको लौ हिसाब, किताब गरौँ भनेर बहिखाता निकाल्न चुनौती दिईन् । ९० काटेका बाउ र चौरासी गरिसकेकी आमाले सुनेछन् । हकारे । उतरार्ध तिर बढिरहेको उनीहरुको जीवन त्यस भेकमा परेवा जोडी भनेर चिनिन्छ । दाई किन छचनायो भनेर मिठारामले दौँतरीसंग खोजी–निधी गरेछ । दौँतरीहरु पनि किन यसको दिमाग सड्क्यो भनेर लख काटन सकेनछन् । हल्ला फैलियो । यस्ता कुरा किन यति छिटो फैलिदा हुँन् ! मेरो निजी जीवन म स्वयम् मालिक हुँन नपाउने ! हे रुसो........समाजिक बन्धन यति दह्रो ! गएको दुई हप्ता देखी आफ्नै लेखले टोकिरहेको वेला एक्कासी सात समुन्द्र पारीवाट डा. हरी तिमल्सीनाले– पिटर सर, तपाईको टाउको साइज कति हो ?” भन्ने प्रष्न गरेर रन्थनाइदिए । किन मलाई मात्र यस्तो पर्छ भनेर भुटभुटँई । यो पत्रको पृष्टभूमि यही हो । पृय डां हरी तिम्रा प्रष्नले मलाई आज पनि रन्थनायो । म केहीदिन देखी भावनामय भएको छु । भावनाले नै त मलाई विचारमा हाम फाल्न हौँस्यायो । हो,...... जीवन जीवनजस्तो विताउने भनेकै भावना र विचारका दुईटा पाटालाई सन्तुलन मिलाउनु हो । एउटाको अभावबाट अर्को परिपूर्ण हुँदैन् । सुन्दर र ओजिलो बन्नै सक्दैन् । तिमीले भन्यौ ......भावुक बनेर कविता लेख्न सकिन्छ् तर जीवनका चुनौती झेल्न भने सकिँदैन । कविता सपना हो । यर्थातलाई सन्दुरतामा फेर्न ललकार्छ तर, तत्कालिन क्रुरः यर्थात सामना गर्न त तर्क–तागत चाहिन्छ । जटिलताका गाँठो फूकाउने उपाय कवितामा हैन् विचारमा खोजिनु पर्छ । तिम्रा कुरामा मलाई अमेरिकी विचारक एवं अभियन्ता नोम चोम्स्की र जापानी नोबेल साहित्यकार कान्जेरुवा वुका छलफलमा उठेका विषय पाँउछु । म पनि कहाँ र भावनामै बगेर निर्णय लिनु पर्छ, भन्छु र ! तर भावना रहित विचार व्यापार हो । त्यो नाफाको लागी मात्र लतारिन्छ । त्यहाँ आर्दश भन्ने विषय स्यालको सिंग हुन्छ भन्ने मलाई लाग्छ, हरी । छलफलमा उठेका विषयमा भावना र विचार, जीवन र कविताबारे यति नै भनौ । मेरो धारणा विश्वास र विश्वासले तय गरेका जीवन यात्रा यही हुँन डा.हरी । भन त.....तिमीले किन मेरो टाउको साइज सोधेको हँ .....। सिधा र स्पष्ट कुरा...... म कसैलाई पनि दिन्न, मेरो टाउकोको नाप । सबै मेरा शरीरको नाप दिन सक्छु तर मेरो टाउको साइज भने दिन सक्दिन् । चाहान्न । इमान्दारितापूर्वक भनौँभने म स्वयंलाई पनि थाहा छैन् । नाप्ने कोसिस गरेको पनि छैन् । तिमी स्वयं जनयुद्ध विषयमा बेलायती पियचडी हौँ । तिम्रा अध्ययनले के भन्छ – लौ त् भन...... किन मान्छे जनयुद्धमा होमिए ? के तिनीहरु आत्महत्या गर्न गएका थिए ? वेयर दे सुसाईडर ? के चे ग्वेभारा आत्महन्ता हो ? के तिमीले मारिएका जनयोद्धाका टाउकामा के, के सोच थियो ? कति साइजको थियो र के कस्ता कुरा उनका मन र मस्तिकमा खेलेका थिए भनेर अध्ययन, अनुसन्धान गरेउ ? के यो कुरा संसारकै ठूलो मध्य एक तिम्रो विश्वबिध्यालय र तिम्रा जाँचकिले पूनरप्रष्न गरे ? अहिले नाफाका जिन्दगी लिएर हल्लिरहेका मान्छेका टाउको नापेका छौ ! र, मेरो टाउको साइज खोज्छौ ? म दिन्न । किमार्थ दिन्न । मेरा सपना सजाउने टाउको नाप तिमीलाई दिँदै दिन्नँ । कति लाक्षणिक कुरा गर्यौ । नेपाल आँउदा साइज अनुसारको ह्याट ल्याइदिन्छु रे । वाह.....मेरो टाउकोमा साइज अनुसारको बेलायती ह्याट लगाइदिने तिम्रो यो कस्तो सदासयता हो– बिलायतिले जस्ता सोचोस् भन्ने कामना वा खुइलिदै गएको मेरो तालुको सुरक्षा ... के हो ! बुझ्न सकिनँ । नेपाली टाउकाले विदेशी ह्याट लगाएर धेरै समयदेखी लाहुरेचिन्तन सजाँउदै आफूलाई अग्लो देखिने यहाँ बर्गेल्ती पाइन्छन् । विश्वविद्यालयका कक्षा र सेलेबस, मिडिया, राजनीतिक नेता, प्राज्ञिक । कस्लाई देख्दैनौ र ? तिनीहरु ढ्वास्ढवास्ती गनाईरहेको वेला किन मेरो मित्र.......तिमी मलाई बेलायती ह्याट लगाइदिन खोज्यौ, हे जनयुद्धका पश्चिमा विश्वविध्यालयका एकमात्र पियचडीधारक । छलफलमा उठेका दुइटा प्रसंग यहाँ फेरी जोडन चाहान्छु । दोस्रो विश्वयुद्धपछिको अमेरिकी राष्ट्रपति रुजवेल्टले एकपटक भनेका थिए – मानिससंग असिमित क्षमता हुन्छ् तर उसले कति प्रयोग गर्न सक्छ भन्ने कुरा उसैमा निर्भर रहन्छ । मैले त मेरो क्षमताको १० प्रतिशत पनि उपयोग र उपभोग गर्न सकेकोे छैन कि” अव अर्को प्रसंग तिमी अध्ययन गरिरहेको सहरमै तीनजना असिमित क्षमताका टाउकाका मालिक छन् । स्टेफिन हकिँक्स, पिटर हेँग्स र आधुनिक चे ग्वेभारा जुलियन एसाँगे । उनीहरु जिउँदा मान्छे हुन् । संसारलाई फेर्ने नौला क्रान्तिकारी । एउटै मान्छेले विश्व महाशक्तिसंग पंगा लिईरहने जुलियन अझै इक्वेडेरियन राजदुतावास लण्डनमा आश्रय लिइरहेको छ र तिमी बसेको देश, प्रजातन्त्रको जननी भनिदै उसमाथिको व्यबहार दुनियाकै सग्ला मान्छेहरु आक्रोस सजाउदै बिनाटिकटको वेलायती तमासा नियाल्दैछन । ती सबै टाउकाको नाप लिएका छौ ? । दुनियालाइ प्रजातन्त्रको जननी बेलायत लण्डन–ओलंपिक सकेर एसाजे–तमासा देखाउदै छ । के जुलियन अघोषित बन्दी बनेको क्षेत्रमा गएर एकपटक पनि उसको टाउको नियालेका मात्र पनि छौ ? मेरा दिमागमा अनेकौ कुरा खेल्छ । टाउको भनन्न रिगाँउछ । रन्थनाँउछ । जे जस्तो भन डाक्टर..... म, मेरो टाउको साइज भने बताउने छैन र तिम्रो बेलायती ह्याट लगाउने पनि छैन् । मित्र.... हो.... खुइलिदै गएको टाउको छोप्न ढाका टोपी नै मलाई पर्याप्छ छ । तिम्रो नरेन्द्र जनअाव्हान साप्ताहिक भदैा ८ पेज ७( २६ अगस्त २०१२)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home