जनयुद्दः फर्केर हेर्दा
लिखत इतिहासमा भएको पहिलो दास विद्रोहका नायक ग्लाडियटर स्पार्टाकससँग सहयोद्धा डेभिडले सुलीमा टाङ्गिएकै अवस्थामा सोध्दछन्– “पिता, हामी कसरी पराजय भयौँ ! ।” अर्कातर्फ कुलीन रोमन मनोरञ्जनमा ग्याडिएटरहरुको के, कति हिच्कामा प्राणपखेरुे उड्छ भनेर कपुवाका सडकमा बाजी लगाइरहेका हुन्थे । तब, सुली चढाइएका ग्लाडियटर घृणाले रोमनहरूलाई थुकिदिन्थे । जब युद्धरत पक्षमा घृणा र प्रेम हुँदैन्, तब आफ्ना मान्यता र इतिहासको हकवाला पनि बन्न सक्दैनन् । अहिले माओवादीको फुट, आपसका गाली गलौच, भिडन्त र उपभोक्तावादमा चुर्लुम्म डुब्दै बुजुर्वाहरुलाई पनि उछिन्दा नेपालका कुलीन र क्रान्तिविरोधीहरु त्यस्तै तरिकाले खितखिताइरहेका छन्् । वास्तविक जनयोद्दा र माओवादीहरू भने चिन्तित छन्् । यो अनपेक्षित अवस्था कसरी भयो ! अव केहीदिनमै जनयुद्ध थालनीको २५ वर्षमा प्रवेश गर्दै छ । एउटा वच्चा लोर्के भैसक्यो । माओवादीभित्र एकीकृत अवस्थामै जनयुद्दको समीक्षा हुँन सकेन् । आँउदा समयमा अनेकौँँ कोणबाट समीक्षा हुँनेछन् । आग्रह आआफना हुँनसक्ला तर, नेपाली इतिहासको यो क्रमभंगकाललाई कसैले पनि नजरअन्दाज भने गर्नै सक्दैन् । जनयुद्दले एम्बुस त छिचोल्यो तर मनोयुद्दको धराप छिचोल्न सकेन् । मुक्ति वा मृत्यूु संकल्पलिएर आप्mना लागी आफैँले घारो र कात्रो बोकेर रणभूमिमा हामफालेकाले फेरिएको समय र सन्र्दभमा कयांैले आप्mनैै नाम र कामका बोझ उठाउन सकेनन् । उनीहरुलाई साहादत ब्यापार बन्यो भने जनयुद्द सत्ता र सुविधाका सिँडी । आखिर यो किन र कसरी भयो ? किन भूतपूर्व योद्दाहरु आप्mनै इतिहास पोली खान्छन ? के क्रान्ति र विद्रोहको युग समाप्त भएकै हो ? यो विकराल अवस्था मेरै युगमा किन आँउनु पर्ने ? मेरो हिस्साको भूमिका मैले भुक्तान त गरीँ ? के मानवता र समानताका नारा अव फुर्सतका गफ मात्र हुँन ? किन युवातप्का सामाजिक र राजनीतिक आन्दोलनमा सरिक नभै या उदासिन छ, या त पलायन हुन्छ ? के यस्को दोष केही ब्यक्तिलाई मात्र दिएर पुग्छ ? कि सम्राज्यवादका फेरिएका रुपका साथै पुजीँ, प्रविधी, सञ्चारका वैश्विक अवस्थामा पनि खोज्नुपर्छ ? हाम्रा छलफलमाःद्वन्द्व र शान्तिका अभ्यासमा विद्रोही आदर्श स्खलनहुँदै बजारसंस्कृति हावीहुँदा आफ्नै सुन्दर सपनाको बोझ स्वयम्लाई ग¥हुङ्गोे हुने, मित्र विमित्रमा फेरिने र दुश्मनहरू साखुल्ले बनेर कोखमा छुरी प्रहार गर्दै आन्दोलनका भाव, मर्म, भावना र सन्देशलाई कसरी अन्यन्त्र मोड्छन् ? शान्तियुद्धका जटिलतामा विद्रोहलाई विधिमा टेक्दै विधि भत्काउँदै विधि निर्माणमा शान्तियुद्धमा वर्गसङ्घर्षका जटिलता र सहयात्रीबीचका भ्रम र त्यसका परिणामबारे हो । जनयुद्द,मनोयुद्द र साइलेन्ट कु बारे हो । परिवर्तन, क्रान्ति र बिद्रोहबारे हो । दर्शनमा रहेको राजनीतिलाई सामाजिक परिवर्तनको ज्यावल बनाउन चाहिने योग्यता, क्षमता, पहल, कला र जोखिम उठाउन कुनै गणितीय सूत्रमा नभएर त्यसै समाजको ऐतिहासिक विकासक्रम, सांस्कृतिक सम्बन्ध, अर्थसंस्कृतिको प्रभावसँग जोडिएकाले युगका सपना मान्छेका भाग्यसँग जोडिएका हुन्छन् । जब एकाध मान्छेले देखेका सपना ह्वात्तै एकै समयमा समाजले देख्न थाल्छ, तब त्यो सपना मात्र नभै विद्रोह बन्छ, आन्दोलन बन्छ र क्रान्तिमा फेरिन्छ । अनि शान्तियुद्ध बन्दै स्वप्नद्रष्टा र त्यसलाई ध्वस्त बनाउनेबीच टसल चल्छन् । नेपालको सन्दर्भमा माओवादी एउटा पार्टीको नाम मात्र नभई सनातनी राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक हस्तक्षेपले पैदा गरेको नयाँ जागरणको शङ्खघोष थियो । उत्पीडित र आवाजरहितका लागि त्यो शब्द तागत, सत्ता, आशा, भरोसा र सपना थियो । हरेकखाले उत्पीडकका लागि भने आतङ्क, सनातनसँग विद्रोह थियो । सशक्त हस्तक्षेपले केन्द्रदेखि सबै प्रकारका स्थानीय सत्तामा प्रहार भए । हस्तक्षेपले सुषुप्त वस्ती र चेतनासमेत खजमजियो । निर्धा र सुदूरवस्तीले आफ्नो शक्ति चिन्यो । तब, हरेक क्षेत्रमा महत्वकाङ्क्षा र पहिचानको भोक जागृत भए । जनयुद्ध र जनआन्दोलनको सहमतीय यात्रामा राजनीतिक सामन्तवादको प्रतीक राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना, बहुजातीय, बहुसांस्कृतिक समाजको हुङ्कार थियो । एकले अर्कालाई निषेध गरेर नभई शक्ति सन्तुलनको अनिवार्य विश्राम सहमतीय राजनीतिले सामन्तवादबाट सम्बन्ध विच्छेद गर्दै समाज अगाडि बढ्ने कडी बन्यो । तब वर्गहरू, चिन्तनहरू, सम्बन्धका टकराहट रूपमा फेरिए । जनयुद्ध निरन्तर चल्न सक्थ्यो, सक्दैनथ्यो त्यो भिन्नै बहसको विषय हो । भूसंवेदनशील देशमा संसारलाईनै चकित पार्ने जनयुद्द तिब्र तरिकाले अगाडि बढदा दुई माहाशक्ति बीचको भूभागमा चुनौति बनेको थियो । विकसित घटनाले विश्वका क्रान्तिकारी जनतालाई उत्साहा र आत्मावल बढेको थियो । शान्तियुद्दसंगै फेरिएका वर्गसङ्घर्षलाई मनोयुद्द भनिएको हो । यो अझ निर्मम हुन्छ । एकथोपा रगत नबग्ने, एउटै गोली नपड्कने, एउटै लास नढल्ने तर घनघोर युद्ध भने चल्ने । आफैँँँले पैदा गरेका धेरै, अरूले थोपरेका कम समस्या झेल्दै मनोयुद्धको चक्रव्यूह कसिदैगयो । बजारसंस्कृति, उपभोक्तावाद र अहङ्कारले सो चक्रव्यूह तोड्न सकेन । विचारले पैदा गरेको आदर्श र इच्छाशक्तिका अस्त्र क्रमशः दुश्मनले कब्जा गरेको पत्तै पाएन । सत्रु खोज्न अन्त हैन्, आपस नै पर्याप्त भए । स्वत्व टक्राएर सैद्धान्तिकीकरण गरियो । अहम्को व्यवस्थापन हुँन सकेन । मनोयुद्धको धरापमा माओवादी एकैदिन फसेको थिएन । सत्ता र सरकार भिन्न हुन्् भन्ने कुरा बुभ्mन सकेन् । परिवर्तनको मूल एजेन्डावाहक शक्ति पहिला फुट्दा जनमत निराशामा धकेलिँदै गयो । सीमा समस्या बढ्दै गए । आफ्नै गौरवताका बोझ थाम्न नसकेपछि दुश्मनहरू काँध हालेर प्रशंसा गर्दै अन्तरघुलनगर्दै ध्वस्त गर्दै गए । वर्चश्वशाली आक्रामक सम्राज्यवाद भने सिद्धान्तको अन्त भयो भनेर दुन्दुभि पिटदै बिना–रक्तपात ध्वस्त गर्न चाहन्थ्यो । पुँजीवादी समाजवादी अभ्यास त पचाउन नसक्ने ‘उदारवादी’ कम्युनिस्टको फोविया मात्र थिएन्, अझ बलपूर्वक सत्ता कब्जा गर्ने र सांस्कृतिक क्रान्तिका अनुयायी भएकाले केन्द्रीय सत्तामा लोकप्रिय अभिमतद्वारा पुगेको हेर्नै सक्दैनथे । नयाँ मार्गचित्र अनुसार सह्य पनि थिएन । युद्धकालीन सीमा, समस्या, आग्रह र प्रहारलाई एकीकृत गर्दै शक्ति सञ्चय गरेको दुश्मनवर्ग कलामय तरिकाले विचारमाथि धावा बोलिरहेकोे थियो । धार्मिक रुढीवादी आस्था र संस्कृति, कर्पाेरेट मिडिया, एनजिओ, कुलीन र सत्ता–बुद्धिजीविहरूको सिन्डिकेट बनेको थियो । दुश्मनको समय घर्काउने र नयाँ चाल बुझ्न सकेन् । सङ्क्रमणकाल लम्विदै गयो, विद्रोहको राप र ताप कम गर्ने, उपभोक्तावाद र परिवारवादमा फसाएर जनतामा नैतिक अपिलको हतियार छिन्ने नयाँ युद्धनीतिको चाल थियो । सङ्घर्षको चरित्रअनुसार सङ्गठनको स्वरूप, भूमिका र सांस्कृतिक चरित्रको माग गर्दछ । त्यसले नेता, कार्यकर्तामा नैतिक अपिल गर्न सक्ने इच्छाशक्ति भएर जनताको दिलदिमागमा रहेपछि सामाजिक तागतमा फेरिन्छ । यस्तो शक्तिलाई कुनै प्रपञ्च र षड्यन्त्रले धरापमा पार्न सक्दैन् । पार्टीले युद्दको तिब्रतासंगै राजनीतिक संस्कृतिको विकास गर्न सकेन् । अझ त्यो ‘शान्तिकालमा’ छ्याङ्गछ्याङ्ती देखाप¥यो । दुश्मनको मोर्चामा पड्किनेहरू बजारमा ढल्नु पछाडि क्रान्तिको क्षतिपूर्ति खोज्ने र भाडाको सेनाको चरित्रभन्दा माथि उठ्न नसक्नुमा राजनीतिक संस्कृति विकास गर्नमा उदासीनताले गर्दा हो । युद्दको तिब्रताले क्रान्तिकारी संस्कृतिमा पार्टीले ध्यान दिन सकेन भने मध्यमवर्गवाट विकसित नेतृत्वले अवसर पाँउने वित्तिकै आफनो वर्ग चरित्रमा ढल्नु स्वभाविकै थियो । सूचना सञ्चारको विकाससँगै २१ औँ सदीमा बर्चश्ववादी सम्राज्याज्वाद र उसको मनोदशा सिर्जना गर्ने उपभोक्तावादसँग कलामय प्रतिकार, नयाँ समाजवादी आदर्श र संस्कृतिमा विशेष जोड दिए मात्र विघटनबाट बच्न सक्थ्यो । विकसित परिवेशमा वर्गसङ्घर्षका नयाँ आयाम पक्रनु र त्यसलाई नेतृत्व दिनु पर्ने हुन्थ्यो । जसोजसो पर्दैजाला त्यसैत्यसै गरौला भन्ने आसयको ‘शान्तियुद्द’ तयारी वेगरको यात्रा थियो । तव मनोयुद्धको धरापमा फस्दैजाँदा आपसमा भ्रम, अन्यौलता, अकर्मन्यता र प्रतिक्रिया विकास गए । ती क्रमशः छरपष्ट हुँदै गए । मन र मस्तिकमा रहेका आचार, विचार र ब्यबहार भूमिकामा देखिँदैगए । जनयुद्दथालनी, शान्तिबार्ता, जनआन्दोलनसँगको समायोजन, शक्तिहरूका चलखेल, सरकार नेतृत्व, पार्टीमा पैदा भएको असहज परिस्थिति, पार्टी विभाजन, गाली संस्कृति, बिद्रोह र आत्मासमर्पण, मौलाएको उपभोक्तावाद, निरासताका कारणबारे नेतृत्वले चिसो दिमागले सोचेनन् । यो किन, कसरी भयो ? त्यसका आधार कसरी तयार हुँदै गए ? त्यसले के परिणाम दियो ? विद्रोह, क्रान्ति र विश्व कम्युनिस्ट आन्दोलनमा यसले पारेको असर र नेपाली समाजमा हस्तक्षेपले दिएको सन्देश, हरेक क्षेत्रमा आग्रहहीन अनिवार्य अध्ययनको आवश्यकता थियो । हुँन सकेन । अन्तत के भयौ त ? कतिपय आवेगात्मक भनाई बाहिर आए भने कैयौँ चिन्तत । कोही मर्माहतसमेत भए । जो शान्तिपूर्ण क्रान्तिको आशा, विश्वास गरेकाहरू चिन्तत छन भने, मर्माहत ती छन्् जसले माओवादी ब्यानरमा सत्तायात्रा गर्दै राज्यसत्ताको अंशियार हुन् पाइएन वा सिंहदरबारमा स्यालुट खान पाइने भएन भन्नेहरू । वर्गसङ्घर्ष शान्तिपूर्ण होस् या सशस्त्र, अत्यन्तै भयानक हुन्छ । जहिले पनि अभिजातहरूको भद्रता कूरूप तरिका र षड्यन्त्रमै व्यक्तिन्छ । जनमतलाई लम्पटमा फेर्ने वा दिग्भ्रमित पारेर आवेगमा ल्याउने कलामय खेल हुन्छन् । क्रान्तिकारीहरूका लागि हरेक प्रतिकूलता चुनौती मात्र हुँदैन्, अवसर पनि लिएर आएको हुन्छ । प्रश्न विरोधीहरूले खेलेनन् भन्ने हैन् । त्यसका लागि खाली मैदान माओवादी स्वयम्ले कति दिए भन्ने हो । कुरा गरौँ इतिहासको । इतिहासको शिक्षा र अनुभव क्रान्तिकारी र प्रतिक्रान्तिकारी सबैले लिनुपर्छ । सरकार फेर्ने चुनाउ निरन्तरता हुने गर्छन् तर सत्ताचरित्र नै हेरफेर गर्ने चुनाउ भने शासकवर्गलाई कहिल्यै पाच्य हुँदैन । उन्नाइसौँ शदी माक्र्सको भूतले अभिजातहरू, आक्रामक पुँजीवाद, धर्मभिरु, शासकवर्ग र संस्कृतिलाई आतङ्क बनेको थियो भने माक्र्सीय ‘भूतले’ उनीहरुको सपनी आतङ्कमय हुन्थ्यो । त्यसैले आफ्ना मत–मतान्तर भुलेर परिवर्तनविरुद्ध एक हुन्थे । कुरा सत्ताको भएकाले साहुजी, पण्डितजी, राजामहाराजा, उनीहरूका आसेपासे, भरौटेहरू अस्तित्व रक्षाका लागि एकजुट हुन्थे । लम्पटहरू विवेक बन्धकी राखेर मालिकको जी–हजुरीमा अर्पित हुन्थे । राजदरबारी, तर्कशास्त्री र सौन्दर्यशास्त्री परिवर्तनको आतङ्कीकरण गरेर दोहोलो काढ्दै विवेकशील चिन्तनलाई बोधो बनाउन ज्ञान, बुद्धि र कला सबै प्रयोग गर्थे । त्यसैलाई ख्याल गरेर इटालियन दार्शनिक र सक्रियतावादी एन्टेनियो ग्राम्स्कीले हरेक परिवर्तनको टिकाउ र निरन्तरताका लागि जैविक बुद्धिजीविको आवश्यकता औँल्याएको । अझ कम्युनिस्ट विद्रोहबाट राज्यसत्ताको केन्द्रमा पुग्दा वर्गविरोधीहरूलाई पाच्य हुँदैन् । शक्तिसन्तुलन हेरफेरको अवधिमा केहीपछि हटे जस्तो, मत्थर भएजस्तो हुन् सक्छ । शक्ति सञ्चयको अवधि वर्गदुश्मनहरू थाकेको, हारेको, परिवर्तनका एजेन्डा स्वीकारेको जस्तो पनि देखिन सक्छन् । तर त्यस अवधिमा हजारौँ वर्षदेखिको सत्ताअभ्यासलाई कलामय भद्र तरिकाले लडिरहेका हुन्छन् । विद्रोहपश्चात् समय घर्काउँदै पहिला विद्रोहका राप र ताप मलीन पार्दै शिथिल बनाइन्छ । आशालाई निराशा र आक्रोशमा कसरी फेरिन्छ भनेर विद्रोहीशक्तिका मानवीय कमजोरीमा छामिन्छन् । सामाजिक परिवर्तनको मर्म, ओजन र सन्देशलाई विभत्सीकरण गरिन्छ । परिवर्तनका एजेन्डाको मूल चरित्रमाथि धावा बोलिन्छ । विचारभन्दा भावनामा खेलिन्छ । एजेन्डा बहसहीन या विषयान्तर बनाइन्छ वा न्यूनीकरण गरिन्छ । आपसी अविश्वास, भ्रम र मनोमालिन्य गराएर विद्रोही शक्तिलाई विभाजित गरिन्छ । आपसी घृणा बढाइदिँदै यदुवंशी तयार गरिन्छ । विद्रोही शक्तिलाई आदर्शबाट च्यूत गराएर एजेन्डाको हकदावीको नैतिकपुँजी ¥हास गराएपछि जनमतलाई भ्रमित गर्न सजिलो हुन्छ । विभत्स सुन्दरताका गाथा रचिन्छन्, छिद्रमा खेलिन्छ । कैयौँ परिस्थितिमा भूतपूर्व विद्रोहीका अहङ्कार, घमण्ड, निजी विषय र बजारसंस्कृतिका दास बन्दा अथवा आलोचनात्मक चेत निषेध गरिएको नेता कार्यकर्ता भएर खबरदारी गर्ने, सचेत पार्ने र नियन्त्रण गर्ने अङ्ग शिथिल हुन् पुग्दा विद्रोहीहरूले नै मनोयुद्दको शीर्षक दिन्छन् । तब अंंशमा खेलेर समग्रमा प्रहार हुन्छ । भिन्न परिस्थितिमा आएको विद्रोही शक्तिका तोडिएका सम्बन्ध जोडिएपछि वासनाका ग्रन्थी रसाउँछन् । जब सामूहिक जीवनबाट निजी चिन्ता, वर्गबाट पारिवारिक माया मोह बढ्छ, तब दुश्मनको चाहना र बजारसंस्कृतिको धरापमा फस्न जान्छन् विद्रोहीहरू । एकातर्फ वर्गसिफ्ट हुन्छ भने अर्काेतर्फ परिवर्तनलाई सौन्दर्यकरण गर्ने बौद्धिकतप्का गुलियो चटानपछि आश र त्रासमा विवेक अर्पित गर्न पुग्छन् । शक्तिलाई आलोचनात्मक चेत मन पर्दैन । क्रमशः विद्रोहीचेत निजी सरोकारमा फेरिदै गएपछि क्रान्तिकारी नैतिकपुँजी गुमाइरहेको हुन्छ । हिजो जुन विषय, संस्कृतिको विरोधी हुन्छ, फेरिएको अवस्थामा त्यसैको अनुयायी हुन् पुग्छ । त्यो कुरा मिहीनपाराले वर्गदुश्मन नियालिरहेका हुन्छन् । तब पनि यस्ता एम्बुसबाट विद्रोही शक्ति छल्दै उद्देश्यमा पुग्न खोजे भने त्यहाँ सैन्य कू हुने गर्छन् । सबभन्दा ठूलो नजिर बनेको दक्षिण अमेरिकी मुलुक निकारागुवाको सान्डानिस्टा आन्दोलनलाई दबाउन कोन्ट्रा विद्रोह र त्यहाँको लोकप्रिय पत्रिका ‘ला प्रेस्ता’ लाई लिन सकिन्छ । जहाँ वर्गकै शान्तिपूर्ण युद्ध अभ्यास हुन्छ, त्यहाँ उदारता घातक हुन्छ । मनोयुद्दको अर्का रुप प्रतिक्रान्तिका साइलेन्ट कू हो । यसका अभ्यासहरू संसारमै भिन्नभिन्न र उन्नत विधिबाट भएका भए । हरेक देशमा भएका विद्रोहहरू कोही जनताको असन्तोषको परिणाम र परिवर्तनको योजनावद्ध चाहना थियो भने कतिपय प्रायोजित । शीतयुद्धकालमा साइलेन्ट कूका धेरै अभ्यास भए पनि पछिल्लो कालमा इराक, लिविया र सिरिया, युक्रेन त्यसका नजीर बने । साइलेन्ट कूलाई व्यावहारिक रूप दिन नसकेपछि त्यहाँ सैन्य हस्तक्षेप भयो । साइलेन्ट कूका लागि सामूहिक विवेकलाई घृणास्पद उत्तेजनामा ल्याइन्छ । त्यस्तै विद्रोही एजेन्डाकै विभत्सीकरण गरेर सामाजिक मनोदशा तयार गरिन्छ । कुनै पनि षड्यन्त्र ढोल पिटेर आँउदैन् । विद्रोहबाट शान्तियुद्धमा आएको शक्ति स्वयम् चनाखो हुनु, जोगिनु, आन्दोलनलाई धराप छिचोल्दै बढाउनु, त्यसका लागि नेता र कार्यकर्तामा नैतिक पुँजी र इच्छााशक्ति जोगाउनु अनिवार्य शर्त हुन्छ । वर्गसङ्घर्षका रूप फेरिँदा झन् निर्मम हुन्छ । हारेको शक्ति आफ्ना कमजोरी सुधार्दै विपक्षको कमजोरीलाई हल्लाखल्लाबेगर अवसरको रूपमा लिइरहेको हुन्छ । त्यहाँ प्रविधिक विषयमा मात्र नभई खेलभित्रका झेल हुन्छन् । कहीँ पनि दुश्मनले गोलपोस्ट चुनौतीरहित छोडिदिएको हुँदैन्, त्यसलाई कलामय छिचोल्नुपर्दछ । सपनीको पनि एक्सरे भइरहेको अवस्था र सूचना सञ्चारको तीव्र विकास भइरहेको समयमा दुश्मनको चाल थाहा नहुने छुट कसैलाई पनि हुँदैन । त्यो त शिक्षा बन्न मात्र सक्छ । त्यसैले माओवादीलगायत राज्यसत्ताको रूप र चरित्र नै फेर्ने अभियानमा लाग्ने पार्टीहरूले समस्या बाहिर कति हो ? भित्र कति हो ? भनेर खोतल्दै, समीक्षा गर्नुपर्ने हुन्छ । अगग्रमनका एजेन्डा भएर मात्र पुग्दैन, जनताकै भाषा र लयमा त्यो कति बुझाउन सकियो र त्यसलाई कति निष्ठापूर्वक आत्मासात् गरियो, राजनीतिलाई समाजिकीकरण कति गर्न सकियो, त्यसका प्रतिक्रियामा बढाइने तर्क र अभियानप्रति कति चासो रहे ? त्यसलाई छिमोल्न के, कस्ता उपाय रचिए ? विचारमाथि सुविधाको सिद्धान्तको व्याख्या कम्युनिस्टहरूले गर्दै गएका त कतै हैनन् ? वर्गसङ्घर्ष यदि कम्युनिस्टको राजनीतिक आत्मा हो भने त्यसको स्वामित्व कसरी लिने ? वर्गसङ्घर्षको मातहत कसरी वर्णसङ्घर्षलाई तालमेल दिने र आफैँँले पैदा गरेका एजेन्डाको विभत्सीकरण चिर्न कुन उपाय रच्ने ? समस्या समाधान गर्न र सही उपचार खोज्न समस्या अन्यन्त्र घर्काएर हैन्, स्वयम् आफैँँले पैदा गरेका समस्याले त कतै मनोयुद्दको वातावरण तयार गरेन् निर्मम आत्मसमीक्षा गर्नुपर्छ । आवेग हैन् विवेक प्रदर्शन गर्दै चुनौती सामना गर्न तयार हुनुपर्दछ । समर्थन गरेको जनमतको कदर गरिँदै भ्रमित जनमतलाई विश्वासमा लिनुपर्दछ । कहिल्यै पनि दुश्मनबाट सकारात्मक अपेक्षा गरिनुहुन्न । सचेत र सजग रहँदै अग्रगमन पक्षधरसँग आग्रहहीन सहकार्य समयको माग हो ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home