Sunday, June 21, 2020

सपनीका कथा र शक्तिको मुहान

सुनहेरी... म सपनामै राजा बनेपछि देशवासीलाई अन्तिमपत्र लेख्दै थिँए । उफ ....कस्तो सपना ! ब्युझेर गम्न थालीँ । सबैै सपना वा सोचेका सबैकुरा सबैले भन्नै सक्दैनन् । कहिलेकहीँ सपनाले कोपर्छ, चिथोर्छ, बौलाइदिन्छ, रक्तमुच्छेल पारिदिन्छ भने कहिलेकहीँ जिन्दगी नै त्यस्तै भईदिओस् भन्ने सुुु–सुप्तइक्षा जागृत भईदिन्छन् । मनोवैज्ञानिक मान्यता अनुसार अन्तरमनका चाहाना र कल्पना सपनामै देखिन्छन् भन्ने छ । अतृत्प कामनानै त यो सपनी हैन् ! के म अचेतमनमा लावन्यदेशको गोमापुत्र नवराजझै राजाबन्ने इच्छा राख्थेँ त ! यस्को विश्लेषण गरिदिने सिग्मेन फ्राईड अब छैनन् । के तपाईलाई पनि कहिलेकहीँ सपनाले अत्याएको, लाजमर्दो बनाको वा लोभ्याको त छैन् ! सुनहेरी ....ठट्टा गरेकै हैन् त्यसै सपना देख्या पनि हैन् । कोख छान्न सक्दैनथेँ । गरिबै भए पनि वर्चश्वशाली समूहमै जन्मेकोहुँदा कालान्तरमा शक्तिआर्जनको त्यो दर्विलो ज्यावल बन्यो । पखेरोमा जन्म्या हुँ, भूगोल रोज्नै सक्दैनथेँ । विल गेट्सको भनाई सम्झी–गरिव जन्मन पाईने तर गरिवीमै मर्ने छुट थिएन् । कसैको पनि औकात एकाएक बन्दैन् धमिलै पानीमा माछा मार्न जान्नुपर्छ । राष्ट्रिय भावना र आकांक्षामा खेल्न सक्नुपर्छ । सुनहेरी ....कोसिस गरे हार र श्रीपेच पहिरन सकिन्छ, तर खेल र युद्दमा हार्न पनि तयार हुँनुपर्छ । पुर्खाको नाम राख्नुथ्यो । हण्डर खाएको जिन्दगीको अर्थ खोज्नुथ्यो । हेप्नेलाई हेपेर पाइन देखाईदिनुथ्यो । ऐना सामु पुगीछु । ठाँटिएको थिँए । खुव सुहाएछ । अशक्त शरीर, ओषतीले टेको लगाको जिन्दगानी भएपनि आफैँलाई सिजर र नेपोलियनभन्दा कम सोच्दैनथेँ । विदुर, चाणक्य र सुञ्जुभन्दा चतुर ठान्थे । नपाएको त्याग्नु, पुग्नै नसकेको ठाँउका आर्दश गफ मार्ने माक्र्सलाई पटक्कै मन पराउन्न् भलै शक्तिको म्यारथुनमा किन नाम लिन नपरोस् ! बुद्दजस्तो मुर्ख.... माल पाएर चाल नपाउनेलाई कहिल्यै आर्दश सोचिन् । श्रीपेच ढल्काएपछि त मेरा आदेशमा हावा टक्क रोकिएको, पात समेत नहिल्लिएको मात्रै हैन् झयाँउकिरी पनि कराउन छोडेको, भुस्याहा कुकुर पनि भुक्न छोडेको देखेँ । अब भने सिधै सपनीमा श्रीपेचसंगको वकपत्र कहन्छु– सुनहेरी....म मौकामा चौका हानेर आफन्तीलाई छक्याउदै एकाएक राजा बन्या हुँ । कर्म छान्न सके पनि जति अशक्त भएपनि हे.प्यारे.... तँलाइ अन्तसम्म धारण गरिरहन्छु । हो... गोली बेगरको बन्दुक र शक्ति बेगरको श्रीपेचको कुनै महत्व हुँदैन् । शक्तिका रुप फेरिएसंगै धेरै कुरा पनि फेरिन्छन् । यसै कालखण्डमा धेरैका हविगत देखेँ । आफन्त र पराई फेरिए । भाष्य फेरिए । कयौले हिजो विर्से । आखिर हिजैलाई समातिरहने त माहामुर्खै हुँन् । तर छाँयाभन्दा पनि मान्छेकोसंगै उम्कनै नसकिने इतिहास हुँनेरहेछ । हिजो साथी थिए, आज भने चारेतर्फ झुम्मिने हुक्के, छाते, द्वारपाले, तमदलार, अमल्दार, हवल्दार, चाकर मात्रै हैन् राजकबि, दरवारीलालका नयाँ फौज एकाएक तयार भैसके । ओहो.... प्रसस्तीमा रचिएका कबिता र गित, नयाँ भाष्य.... कति लोभलाग्दा ! वाह ब्यानर न्यूज । यस्तै भएर तेरो महिमा बढेको हो त !’ हे श्रीपेच –तँ मणिमाणक्यले कुदिँएको एउटा कलामय टोपी मात्रै हैनस् ? क्या । शक्ति होस्, शक्तिको मुहान । तर, नविर्सी....शक्ति र मुकुटबीच नाभी जोडिएजस्ते आपसी संबन्ध र औकात जोडिएको हुन्छ । त्यसैले तँ हाईहाई भएको होस् । नत्र भने खियालाग्या बञ्चरो जस्तै संग्राहालयमा थन्किेको बहुमूल्य धातुभन्दा तेरो थप हैसियत हुँदैनथ्यो । पक्कै हो... शक्तिको उपासना र भक्ति नगर्ने या त सडकमा भौतारिन्छन्् । अनी त्यस्ता दुखियाराका कथाब्थथा सुरु हुन्छ । हेक्का राख्या छु –शक्ति जोगाउन टाढा रहेकाभन्दा नजिएकासंग होसियार हुँनुपर्छ । भित्रियाको चियोचर्चो गर्नुपर्छ । आफन्ती भेषमा दुश्मन मौलाउछन्, पत्तै नपाई कोखमा दाह्रा धस्छन् । म पनि सवैलाई विश्वास गरेझै देखिन्थेँ । सवैसंग शंका र डर लागिरहन्थ्यो । भावना र आर्दशले काम चल्दैन् यो सिढीँ चढ्न अनेकौँ काँढाघारी र भस्मे फाँडेको छु । भित्रियासंग कस्को, कहाँ, के कमजोरी छिपेको छ भनेर चर लगाँउदै मौका नगुमाई अक्करमा ठक्कर दिएर लत्रक्कै पारिदिन्थे । विरोधीको जरोकिलो उखेल्न पहिला हाँगाविगा छिमोल्दै जाँदैगँई । उत्ताउलो–जागरण चलाएर श्रीपेच ढल्काउनेका हविगत जगजाहेर छ । गोलीले ढाल्न नसकेकालाई लोभको पासोमा फसाँउदै घमण्डी शिंहलाई स्याल बनाईदिँए । त्रासमा फसाउन नसक्नेलाई हृदयमा छिपेको लोभमा खेल्दै मायाँजालको धरापमा फसाएपछि कस्तै आर्दशमुर्ती पनि गल्छन वा ढल्छन् । चकनाचुर हुन्छन् । लोभ्याउन, फसाउन, उचाल्न, पर्छान, फनफनी घुँमाउन युक्तिमा बुद्दी खियाउनु पर्छ । तव त आर्दश मनोरथ झर्यापझुरुप हुन्छन् मनोकामना पुरा नहुँनेका भने पिलन्धरे–विलाप मात्रै गरिरहन्छन् ।’ ‘बुद्दी भएर मात्र पुग्ने भए असल राजा बनाउन भौतारिने प्लेटो दासमण्डीमा बेचिनु पर्दैनथ्यो । बिदुर हस्तिनापुरीको राजा बन्थे । बापवैरी इषसाध्न चन्द्रगुप्तलाई चाणक्य आवस्यक पर्दैनथ्यो । इतिहासमा महाचीनको वादशाह सुन्जु नै लेखिन्थे । आधुनिक युरोपियन चाणक्य माइकावेली जेलमै सड्नु पर्दैनथ्यो । बुद्दी र साहसको मितेरीले नै श्रीपेचको साइत जुराँउछ । मेरा कारण तेरो, तेरा कारण मेरो हैसियत बढ्या हो । बुद्दी र सल्लाहा पछ्याउदै कर्मभूमिमा उत्रन त दुध र पानी खुट्याउने राजहंश नै हुँनुपर्छ’ । ‘भनी रहनै परेन –रुप, धन र शक्ति त अत्यन्तै चञ्चल हुन्छनै । सवभन्दा चञ्चल त तैँ श्रीपेच छेस् । थाहा छ–सवैको एक न एक दिन अन्तिमक्षण आँउछ । त्यसैले गोप्य खोपीमा भित्रियालाई बोलाएर अन्तिम इक्षा लिखतनामा लेखाँई– हे, मेरा आफन्ती, अन्तिम पत्र पढने प्यारा प्रजा .... मैले जेजति तिमीहरूका हितमा गर्न सकेँ.. गरीँ । सडकबाट उठाएर टोपीबाला बनाइदिँए । वैगुनी छैनौ । गुन तिम्ले तिर्नैपर्छ । एउटै मेरो चाहाना–अन्तिमक्षणसम्म, अन्तिम संस्कारसम्म लगाको श्रीपेच भने नफुकालदेउ । मरेपछि पनि यसलाई अरूलाई नदिई संग्राहालयमा सुरक्षित राखिदेउ, स्तम्भ बनाईदेउ । कसैले गर्न नसकको महानकार्य गरीँ भनेर शिलापत्रमा कुदीँदिन नभूल्नु । यो नभुल –एउटै सतकार्य र युगिन घटनाले लाखौँ मेरा अपराध फच्चे गरायो । योसतकार्यले रंगिन इतिहास बनाउने मेरो धोको छिपेको छ । पक्कै हो....इतिहास पानामा चित्र कोर्न छ भने अरुले गर्न नसकेका, नगरेका काम गर्नुपर्छ, भलै त्यसलाई टिकाउन नसकियोस् । समाजमा उन्माद जगाउनुपर्छ । त्यस्को मूल्य त भविस्यले तिर्ने हो । मरेपछिको कुनै चिन्ता छैन् । अरुले असम्भव भनेर थाँतीराखेका माहान कार्य गर्यो भनेर सम्झनैपर्ने काम ग¥याछु । मैले कमाएका आफन्तले त्यसका प्रसस्ती गाईदिए मात्र पुग्यो । अवस्य गर्लान् । सडकबाट उठाएर धरहरामा पु¥याएको गुन तिर्लान नै ।’ ‘आजका इष्ट, भोलीका दुष्ट हुँन् सक्छन् । इष त मैले विरोधी, दुश्मन र जोडिदारसंग साँध्दै आएको छु । मौका चुकाएकै छैन् । म मात्रै चतुर कहाँ भनेको छु र ! जस्ताका त्यस्तै उचाई, क्षमता, औकात र चालवाज सत्रु हुन्छन् । अरूले पनि त्यस्तो नगर्लान भन्ने कहा छ र ? शक्तिआर्जन खेलमा धेरै आफन्तलाई पराई र दुश्मन बनाएको रिण तिर्नै पर्छ । बाँचिन्जेल त सवैसंग लड्छु । सत्रुसंग त आफैं लडौँला, मित्रभेषी वैरीसंग जोगिन कठिन हुन्छ । इतिहासले धेरैका कथाब्यथा लेखेको छ । कहिलेकहीँ भने चिन्तित हुन्छु । दुश्मन त चुप रहन्नन् । उफ् इतिहास सम्झेपछि भननन् रिंगटा छुट्छ । जर्ज फलोण्डको कालोपिसाचले कोलम्वस, चर्चिल, गान्धीका मुर्तीले समेत सुख पाएनन् ’ सुनहेरी ...सखारै झल्यास् विँउझे । सपना देख्नै पनि हैसियत हुँनुपर्छ । त्यसै ठूले भएको हैन् क्या ..। कर्ज लिएर पनि फर्ज निभाएकै हुँ । जिते हस्तिनापुरीको राज मरे चपरिमनीको बास भनेर यस् भुक्तभोगी मान्छेका नाडी र गोलीगाँठाका दागलेनै बुभ्mन सक्छौ । मान्छेका मनमा धेरै कुरा गम्सीरहेका हुन्छन् । आक्रोस र मनका कुरा पोख्ने ठाँउ र सतपात्र चाहिन्छ । निकास पाएन भने पोखिन्छ । बाँध फुट्छन्, पहिरो जान्छ । सपनीमै वरबराँउछ या वौलाँउछ । सुनहेरी....नेहरुले भनेका यसो कुरा गम्न थाँले– ठूला मान्छे र पुडके साथसाथै यात्रा गर्नै सक्दैनन् । समयसंगै शक्तिको चित्रमात्र हैन् चरित्र र स्वभाव पनि फेरिँदैजान्छ । आखिर तथ्य तर्कले मेटिदैन् तथ्य नै हुन्छ । भित्ताका फोटो फेरिए पनि इतिहास फेरिन सक्दैन् । कथाभीत्र पनि अन्तरकुन्तरमा अनेकौँ कथा लुकेका हुन्छन् । खतरासंग खेल्ने र समाजलाई सपनी देखाएर पछुवा बनाउनेका पनि आप्mनै खाले अब्यक्त महत्वकाक्षा हुँदारहेछन् । आर्दशले समाजलाई उद्धेलित बनाउछ तर त्यही नागों–वास्तविकता फेरिएपछि भने आवेगले डोरिएका मनुवा पीडामय सत्यसंग आमनेसामने भएर भोग्नैपर्नेदण्ड भोग्छन् । चरी फुर्र उडेपछि ज्याहा भनेर के काम ! समय घर्केपछि पाएका ज्ञानले कुनै काम गर्दैन् । अर्काले गरेका अपराधको पनि भागी हुँनुपर्छ । सुनहेरी....त्यो मेरो सपनामय दिनको पीडादायी कथा यस्तै थियो । राजा बन्ने र गर्ने योजनामा अपुरो चाहाना र वासनाको खेल थियो । कानुनी जोडिदारले एकपटक भनेको सम्झन्छु – आगो र उज्यालो छुट्ट्याउन नसक्दा नै दीयोमा झुम्मिने बिचरा पुतलीहरु ब्यथ्र्यैमा ज्यान गुमाउन पुग्छन्’ । पक्कै हो,... अव त यहाँ राजनीतिले लाजको कट्टु खोलिसकेको वेला कसैले पनि जस्तोसुकै सम्झौता गर्न पुग्दारहेछन् । समय, मित्र र सत्रु खुट्याउने र सुँघ्ने राजनीतिमा अत्यन्तै तिब्र घ्राणशक्ति हुँनुपर्छ, नत्र पछारिन तयार हुँनुपर्दो रहेछ । सफलताकालागी बुद्दि, हृदय र संकल्पबीच बलियो रसायनले जोडेको हुँनुपर्छ तर झयाम्म् हामफाल्ने आँट कुनै कितावमा लेखिएको भने हुँदैन् । आर्दशकासाथ सम्झौता नगरे कबि, ज्वतिष र दार्शनिक त हुँन सक्ला, त्यसमा थप बौलाउने आँट हुँनुपर्छ नत्र श्यामकर्णे वायुपंखी घोडा चढन सकिँदैन् । सुनहेरी.... प्यारे, मैले सपनीमा श्रीपेचसंगै संवाद गर्या कुरा यिनै हुँन् । शनिबार ६ असार, २०७७ १२:१०:०० मा प्रकाशित Share to Facebook FacebookShare to Twitter TwitterShare to Messenger Messenger Read more at: https://samachardainik.com/news-details/47123/2020-06-20?fbclid=IwAR0M6YlawdiNpn_mQxI8g7QKN59NitVzdG-PPULYslB1pqSdgpjVYE-QQ7c#.Xu2wzoTE6NM.facebook

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home