Sunday, October 31, 2021

जातका नाममा ‘हत्या’ कहिलेसम्म ?

वि.सं २०७८ कार्तिक १४ आइतबार Sunday, 31 October, 2021 पञ्चायती कालमा चितवनलाई ७६औँ जिल्ला भनिन्थ्यो । राजनीतिक चेतना, यातायातको सुविधा, परिवर्तनवादी मानसिकता, सत्ताप्रतिरोधी भूमिका, शिक्षामा पहुँचका कारण चितवन देशैभर नयाँ चेतको नमुना बन्यो । कांग्रेस र वामपन्थी विचार र सिद्धान्तमा प्रतिबद्ध र जुझारु हुन्थे । दुवैलाई आपसमा भिडाउन सत्ता सक्रिय हुन्थ्यो । ‘उच्च कुलका’ वामपन्थी पनि रूपलाल विश्वकर्मालाई (माने) नेता मान्थे, भान्सा चढाउँथे । आज त्यही चितवनमा वर्चस्वशाली तप्काबाट दलित भीमबहादुर विश्वकर्माको हत्या भयो । हत्यासँगै अनेकौँ तर्क उडिरहेका छन् । विषयलाई बुझेर धारणा बनाउन तथ्य र तर्कभन्दा अहिले आस्थाले धेरै काम गर्दै छ । परिणामलाई हेरेर मात्र घटनालाई कारण नहेरी अथ्र्याउन थालिँँदै छ । ‘दारु पिएका थिए, अलि मनलाग्दी बोले, सम्झाएको मानेनन्, गालामा चड्कन दिएको, पुर्लुक्कै ढले, मरेछन् । हिर्काउनेहरू असाध्य भलादमी र असल मान्छे हुन् । उनीहरूले नै अस्पताल लगे’ यस्ता कुरा आउँदै छन् । सहज तरिकाले नियाल्दा घटना सामान्यजस्तो लागेर मृतक नै दोषी देखिन सक्छ । तर, विषय त्यस्तो होइन । जति घुमाउन खोजे पनि घटना जातकै कारण भएको हो । दलित निषेधित मन्दिरमा विकले बोको चढाउन पाउनुपर्ने माग गर्दै आएका थिए । त्यस दिन पनि जवाफ नकारात्मक आएपछि ‘ठूला’ जातलाई गाली गर्दै हिँडे । ‘सानो जात’ले ‘ठूलो पल्टेर’ चुनौती दिएको उनीहरूलाई सहिनसक्नु भयो । दलित उत्पीडनमा अन्यन्त्रका घटनालाई जसरी सरलीकरण गर्न खोजियो, चितवन घटनाको नियति पनि त्यस्तै हुँदै छ । दलित स्वाभिमान र अपाच्यता : भीम विश्वकर्माले ‘विष्टकुल’सँग झगडा गर्नुका कारण के थिए त ? एकाबिहानै उनलाई कुन तत्वले गाली गर्न उकास्यो ? ‘भीमेहरू’ किन रक्सी खाएर ‘विष्टहरू’लाई गाली गर्छन् ? किन ‘भीमेहरू’ धर्म फेर्छन् ? किन ‘विष्ट’विरुद्ध बोल्ने आँट आएको छ ? किन मन्दिर पस्न खोज्छन् ? किन छोराछोरी पढाउँछन् ? किन हाकिम बन्छन् ? किन यिनीहरूलाई आरक्षण दिने ? किन खलो सोहर्न र सिनु उठाउन ‘भीमेहरू’ अब आउँदैनन् ? यी प्रश्नको उत्तर नखोजी भीमबहादुर विश्वकर्माको हत्याका कारण बुझ्न सकिँदैन । अझ ‘भद्र समाजको’ तर्कभित्रका आशय बुझ्न झनै सकिँदैन । व्यवस्था फेरियो, शासनको चित्र फेरिए पनि सत्ताको चरित्र फेरिएन । १० जेठ ०६८ मा संसद्ले जातीय विभेदलाई सजाय गर्ने कानुन पास गर्‍यो, तर दलितका हत्या, बलात्कार र उत्पीडनका घटना भने घटेनन् । घटनाको लामो सूची छ, तर न्यायिक उपचार, अपराधीलाई दण्ड र जागरुक समाजको सक्रियता भने अत्यन्तै कम छ । वर्चस्वशाली तप्का घटनालाई अत्यन्तै सरल तरिकाले व्याख्या गर्छ र पीडककै पक्षमा तर्क कोरल्दै जनमत तयार गर्छ । जब वर्चस्वशाली तप्काको मर्ममा धक्का लाग्छ, तब मृतक नै अपराधी ठहरिन्छ । हरेक भीमबहादुरको हत्या रक्सीले गर्छ । उसले टाउको उठाएर बोल्नु अपराध बन्छ । मान्छेको हत्या सामान्य कुटपिट र भवितव्यमा फेरिन्छ। कानुन पास भएपछि पनि जातका आधारमा गरिने विभेदमा १९ जनाले ज्यान गुमाए । कुटपिटको त संख्या गन्नै सकिन्न । मुसहर पुरुषोत्तम सदा २४ असोजमा पिटाइबाट गम्भीर घाइते भए, भीम विश्वकर्मा बन्न भने परेन । कोहीले अन्तर्जातीय प्रेम र विवाहका कारण त कोहीले पानी र चुलो छोएको निहुँमा, कोही मन्दिर पसेका कारण हत्या भए । तर, हरेक घटनालाई भेदभाव नभई या त सामान्य अपराध अथवा पीडितलाई नै आफ्नो हत्याको दोषी बनाउने गरिएको छ । जातीय विभेदलाई दण्डित गर्ने कानुन बने पनि प्रहरीले यस्ता उजुरी दर्ता नै गर्न अस्वीकार गर्दै आएको छ भने अदालतमा आवाज कमजोर हुने र आरोपीको पहुँच बलियो हुने हुनाले मिलापत्रमा मुद्दा टुंग्याउने गरिएको छ । मुद्दा चलाइहाले पनि प्रमाण कमजोर बनाउने गरिएको छ । त्यसैले प्रहरीबाट अदालतसम्म पुगे पनि अधिकांश मुद्दामा पीडकले सफाइ पाउँदै आएका छन् । जनयुद्धको पश्चिमको केन्द्र, कालिकोटमा कुनैवेला छुवाछुतको सुइँकोसम्म सुन्न पाइँदैनथ्यो, त्यही नरहरिनाथ–९ की जनप्रतिनिधि मना सार्कीको फेरिएको अवस्थामा धारो छोएको ‘अपराध’मा हत्या भयो । भेरीमा चिच्याइरहेका नवराज विकहरूको कथाव्यथा पुरानो भएको छैन । गन्दै जाँदा यस्तो सूची कति छन् कति ! सांस्कृतिक निरन्तरता र वर्चस्वशाली अहंकार : हरेक उत्पीडन, हत्या र बलत्कारलाई शक्तिशाली तप्काले हल्का तरिकाले, अथवा समान्यीकरण गर्न चाह्यो भने दलित आन्दोलन र नागरिक समाजले पनि विषयको मूल कारण खोतल्न चाहेनन् । अझ राजनीतिक क्षेत्र र समाजशास्त्रीको बहसको विषय नै बनेन । कारणलाई भन्दा पनि मिडियाले वर्चस्वशाली प्रतिनिधित्वका कारण घटनालाई सतही रूपमा लियो । दलित मुक्तिका नाममा धेरै संगठन बनेका छन्, तर तिनको पनि मूल संगठनको राजनीतिक सोचभन्दा फरक हुन सकेन । विषयलाई गम्भीर तरिकाले उठाउने बौद्धिक समाजको अभाव स्पष्ट देखिन्छ । जसले गम्भीर तरिकाले उठाउन चाहन्छन्, त्यसलई वर्चस्वशाली तप्का युरो, डलर, ख्रिस्तानीका अरोपमा खेद्छन् । तर, एनजिओवादीलाई यस्ता विषय राम्रै उद्यम बनेका हुन्छन् । दाम्लोले बाँधिएपछि ‘स्पष्टवादीहरू’ पनि सेल्फ सेन्सरसिपमा हुन्छन् । लोकप्रियतावादीहरू भिड र दाताले के भन्लान् भनेर, पार्टी ‘कायकर्ता’हरू नेताले के भन्लान् भनेर अदृश्य दाम्लामा बाँधिएका हुँदा सामान्यजनले थाहा पाउने भनेको उनीहरूको निर्णय लिने, देखिने र उभिने वेलामा मात्र हो । हाम्रो समाज अझै पनि अन्धविश्वासमा छ, विभेदको संस्कृति मान्छ । ती मनस्थिति तोड्न कानुन बनाएर मात्रै पुग्दैन । समाजको सोच बदल्नु जरुरी हुन्छ । वर्चस्वशाली समूहले नबुझेका विषय : क) मनुस्मृतिले हाम्रो दिमागको हार्डवेयरमा उँच–नीच जाति भनेर जबर्जस्ती लादिदिएको छ । तब उच्च जातिले दलितलाई हेप्नु, दबाउनु, बलात्कार गर्नुमा विशेष अधिकार ठान्छ भने सामान्य प्रतिकार पनि हत्यामा फेरिन्छ । ख) दलित,उत्पीडित समूहमा आएको चेतना र प्रतिरोधी भावना, आर्थिक सम्पन्नता, शिक्षा र सूचनामा पहुँच, स्वाभिमानको अवस्था ‘विष्टकुल’ बुझ्नै सक्दैन । वर्चस्वशाली तप्कामा रहेको अहंकारले नयाँ झडप निम्त्याएको हो । ग) पहिला हत्या, बलात्कार, उत्पीडन, दबाइन्थे । आवाज पाउँदैनथ्यो, आन्दोलन बन्न पाउँदैनथ्यो । अझ बलात्कारका घटना त पारिवारिक इज्जतसँग जोडिन्थे । अब हातहातमा मोबाइल र भिडियोको सुविधाले घटना तुरुन्त सार्वजनिक हुन थाले । मिडिया शक्ति र सत्ताको नियन्त्रणबाहिर पुग्यो । घ) दलित चेतना र क्षमता बढेसँगै सत्ता वर्चस्वशालीकै नियन्त्रणमा रहे पनि जनदबाब थेग्न नसक्ने अवस्था पुग्यो । ङ) वर्चस्वशाली समूहभित्रकै उदार र क्रान्तिकारी तप्काले उल्पीडित र दलित आन्दोलनमा साहानुभूति मात्रै होइन, प्रत्यक्ष संर्घषमा सहभागी हुन थाले । यसले हिम्मत, संघर्ष, सहनशीलता र सरोकारको जनपक्षीय नयाँ तर्क निर्माण भए । दलित आत्मबल : बेलायतको रडिङ विश्वविद्यालयबाट द्वन्द्वमा विध्यावारिधि गरेका डा. हरि तिमल्सिना भन्छन्– माओवादी जनयुद्धले सामाजिक हस्तक्षेप गरी महिला, दलित, जनजाति, सबैमा चेतना मात्रै होइन, प्रतिरोधी भाव, पहिचान र स्वभिमान पनि जगाइदियो । हरेक मानिसका सुषुप्त र जागृत चेतना हुन्छन्, सुषुप्त चेतनाले जागृत रूप लिएपछि त्यो स्वाभिमानमा व्यक्तिन्छ । त्यसपछि कारण खोज्न थाल्छ । ती कारण धर्म,समाज,राजनीति वा आर्थिक अवस्थामा खोजिन्छन् । खोजेपछि जे पनि पाइन्छ । अर्काेतर्फ ज्ञान र सूचनाको क्षेत्रफल फैलिँदा भारतमा भएका दलित आन्दोलनका महान् पुरुष रामास्वामी पेरियार, संविधान निर्माता अम्बेडकर, काशीरामजस्ताको प्रेरणाले थप यहाँ पनि आत्मबल बढेर मनुवादको समाजमा पारेको असर र त्यसलाई वर्चस्वशाली तप्काले सहन नगरेको उनको ठम्याइ छ । दलित मुक्ति र स्वाभिमान कायम गर्ने उपायमा दैलेखका विनोद नेपालीको विचारमा दलितले शिक्षामा पहुँच र आर्थिक उन्नतिमै जोड दिएर समाजमा स्थान बनाउनुपर्ने हुन्छ । त्यसका लागि दलित समुदायबाट विशिष्ट स्थानमा पुगेकाहरू प्रेरणाका स्रोत बन्न सक्छन् भने ‘मानव’ बनेका ‘विष्टकुल’काले पनि उत्प्रेरणा र अभिभावकत्व दिन सक्छन् । तर, त्यहाँ दया नभई वर्षौंदेखि पुर्खाले गरेका अपराधको क्षतिपूर्ति भाव भने हुन आवश्यक हुन्छ । अहिले दलित दया नभई अधिकारका लागि प्रेरणा, उत्प्रेरक र अभिभावकत्व खोजिरहेका छन् । तराई मधेसका दलित अभियन्ता एव स्तम्भकार राजेश विद्रोही पनि दलितको पीडा पहाड, मधेस सबैतिर एकैनासे हो, त्यो सांस्कृतिक उच्चताबोध र हीनताबोधको सोचमा आधारित छ भन्छन् । अन्तमा, जहाँतहीँ दलित उत्पीडन र हत्या हेपेरै गरेको देखिन्छ । त्यो सामाजिक उत्पीडक र उत्पीडित वर्गबीचको दोहोरो मनोवैज्ञानिक द्वन्द्वका रूपमा देखिएको छ । जब स्वाभिमान आन्दोलन बनेर कुर्लन्छ, तब मर्यादाका बाँध भत्कन्छन् । मरेका भीमले बाँचेका भीमलाई प्रश्न छोडे– अब अर्को पालो कहाँको, कुन भीमबहादुरको हो ?’ भीम जातिकै कारणले हत्या हुनेको पछिल्ला कडी हुन् ! पाखण्डी समाजमा हितअनुसार सुविधाका तर्क हुन्छन् । जब वर्चस्वशाली तप्काको मर्ममा धक्का लाग्छ, तब मृतक नै अपराधी ठहरिन्छ । हरेक भीमबहादुरको हत्या रक्सीले गर्छ । उसले टाउको उठाएर बोल्नु अपराध बन्छ । मान्छेको हत्या सामान्य कुटपिट र भवितव्यमा फेरिन्छ । आरोपीका दयाका कथ्य प्रचार गरिन्छन् । त्यसलाई सत्ताका हरेक अंग मिडिया, पुलिस, न्याय र भद्रभलादमीको एउटा सिन्डिकेट तयार भएर हत्यालाई मृत्युमा फेर्ने तर्क गढिन्छन् । तर, एउटै घटनाले धेरैलाई निर्वस्त्र गरिदिन्छ । हाम्रो समाजमा आज पनि जातीय विभेद छँदै छ । तर, जातीय कारणले त्यो घटना भएको होइन भने त्यसलाई जे हो, त्यही रूपमा बुझ्ने इमान र हिम्मत हुनुपर्छ । परिणामलाई हेरेर मात्र सत्यमा पुग्न सकिँदैन । त्यसका पृष्ठभूमि कारक पक्ष हुन्छन् । दलित मन्दिर पस्न पाउनुर्पछ भन्दा किन मारिन्छन् ? बनाउँदा शिल्पी चाहिने उसैले पूजा गर्न खोज्दा मारिनुपर्ने किन हुन्छ ?

उदारवादमा संकट

राजनीतिमा आएको गञ्जागोल र चौतर्फी विश्वासको सङ्कटसँगै संविधानको रक्षक को हो भन्ने प्रश्न फेरि उठेको छ । अदालत अन्तिम व्याख्याता हुन्थ्यो, ऊ आफैँ अहिले बहसको केन्द्रमा छ । जनयुद्ध र जनआन्दोलनको संयुक्त अभ्यासको परिणाम ०६२÷६३ को आन्दोलनले सरकार मात्रै फेरेन, सत्ताको मूलभूत चरित्र नै फेरिदियो । जसरी सत्ताचरित्र फेर्ने सङ्कल्पमा नयाँ संविधानले प्रतिबद्धता ग¥यो, त्यसैअनुसार शासकीय संस्कृति भने फेर्न नसकेपछि फेरि समस्या उब्जिएका हुन् । विश्व राजनीतिक इतिहासमा विद्रोही र संसद्वादी शक्तिबीच सहकार्यको यस्तो परिणाम अन्यन्त्र थिएन । परिवर्तनले निर्मित र दिशा निर्देश गरेको संविधानले मूलतः चार कुरालाई दिशा निर्देश ग-यो । सार्वभौमशक्ति जनतामा समर्पित संविधानका लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष राज्य, सत्तामा समानुपातिक प्रतिनिधित्व हुन समावेशी र समानुपातिक निर्वाचन प्रणाली, सङ्घीय शासन व्यवस्था आधारभूत सर्तका रूपमा रहे । यो नै राजनीतिमा उदारवादको सुन्दर चित्र थियो । यद्यपि आन्दोलनको रापचाप मत्थर हुँदै जाँदा, विचारलाई व्यवहारमा उतार्ने नेतृत्व तहको आदर्श स्खलन र इच्छाशक्ति खिइँदै गएर सिद्धान्तको राजनीतिक सुविधाको राजनीतिमा फेरिँदै जाँदा घोषित उद्देश्यमा शङ्का–उपशङ्का थपिँदै गए । संविधान निर्माण र अभ्यास कसैले नहारेको सम्झौताको दस्तावेज (विनविन सिद्धान्त) थियो । सहमतिका अभ्यास त भए तर मूलमर्मलाई निरन्तरता दिन भने सकेनन् । न मूल विषयको यथोचित प्रचार नै हुन सक्यो । अनुदारवादको बिगबिगी जब उदारवादी शक्तिले परिवर्तनलाई यथोचित नेतृत्व दिन सक्दैनन् तब अन्धराष्ट्रियता, अन्धधर्म र अन्धजातिको चुनौती झेल्दै अनुदारवाद राजनीतिमा हावी हुन्छ । मानव सभ्यताको विकास क्रममा धर्मनिरपेक्षता प्रवोधनकालको उपलब्धि र आधुनिक इतिहासको दिशा फेरिदिने फ्रान्सेली क्रान्तिको (१७८९–१७९९) सन्देश हो । आधुनिकता, प्रविधि र ज्ञानका विभिन्न शाखाको विकास हुँदै जाँदा वर्चस्वशाली तप्का, निगमीकृत पुँजी र राजनीतिको गठजोडले उदारवादमाथि प्रहार हुँदै गयो । संसारमै अनुदारवादी वर्चस्वशाली चाल, चरित्र र चेहरा विभिन्न अनुहारमा सक्रिय र अभ्यासरत थिए, छन् । मलिला फाँट धेरै पहिलादेखि नै तयार थिए । एक ठाउँका घटनाले अन्यन्त्रलाई पनि प्रभाव पार्छ । कतै धर्मका नाममा, कतै जाति र वर्णका नाममा, कतै आप्रवासीका नाममा, कतै भाषा र संस्कृतिका नाममा । यो तर्क तथ्य, आधार, जिज्ञासाभन्दा पनि आवेगी भीडमा आफ्ना श्रेष्ठतामा मन्त्रमुग्ध हुँदै नक्कली शत्रु जन्माएर आवेगी अल्पमतमाथि बज्रने गर्छ । पहिलो विश्वयुद्ध समाप्तिसँगै उपनिवेशवादविरुद्ध एकातर्फ उदार लोकतान्त्रिक राष्ट्रवादी, वर्चस्वशाली राष्ट्रवादी अभियान जोडसँग चल्यो, अर्कातर्फ कम्युनिस्ट आन्दोलन । आर्थिक महामन्दीसँगै अभाव, तनाव र निराशा व्याप्त रहेको समाजमा अनुदारवादले वाणी पाउँदै गयो । इटालियन शासक मोसोलिनीको पार्टीको शब्द फाँसीवादले अनुदारवादको चरित्रको प्रतिनिधित्व गर्दै गयो भने हिटलरको आर्यरक्त श्रेष्ठताले नाजीवादी घृणाका ज्वालामा पेट्रोल छर्कंदै अघि बढ्यो । इसाई फासिज्म ख्रिस्तान रूढिवाद फैलाउन अनुदारवादी चर्च र कलेजहरू अहिले विश्वव्यापी मानवतावादी अनुहारमा सक्रिय छन् । भारतीय उपमहाद्वीपमा वर्चस्वशाली तप्काको दुई धर्मका अगुवा राष्ट्रिय स्वयंसेवक सङ्घ (हिन्दु महासभा) र मुस्लिम लिगले गरे तापनि स्वतन्त्र भारतमा भने परिवर्तित अवस्थाको नेतृत्व उदार लोकतन्त्रवादी राष्ट्रवादी शक्ति कङ्ग्रेसले ग-यो । अफगानिस्तानमा तालिवान फेरि सत्तामा आएसँगै शासनमा धर्मसत्ता हावी भयो । ९/११ को घटनाले अमेरिकाले आङ्तकवादविरोधी अभियानका नाममा चालेको धु्रवीकरणको उच्चतम रूप राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालले अनुदारवादको विश्व अभिभावकत्व ग-यो । यसले विश्वव्यापी रूपमा मुसलमानप्रति घृणा फैलाउने काम ग-यो । अहिले ख्रिस्तान, इस्लामिक, हिन्दु, बौद्ध, यहुदी संस्करण देखापर्दै गए । जो जहाँ शक्ति र सङ्ख्याले बहुमतमा छ, त्यसले अल्पसङ्ख्यकमाथि घृणा थोपरेर जाइलाग्दै छ । यहुदी धर्मग्रन्थ तनखले संसारका धार्मिक वा राजनीतिक सबै प्रकारका अनुदारवादीको मार्गनिर्देशन गर्दै गयो, ‘या त तिमी हामीसँग, या दुश्मनसँग ।’ बीचमा कोही हुन सक्दैन, पाउँदैन भन्ने हो । सभ्यताको इतिहासमा मानव अवचेतन मस्तिष्कको हार्डवेयरमा धर्म रह्यो । त्यसले भूगोलअनुसार संस्कृतिको चरित्र ग्रहण गर्दै गयो । पछिल्लो कालमा अझ पुँजी र प्रविधिको मिश्रणले राजनीतिक शक्ति कब्जा गर्ने औजार धर्म बन्न जाँदा सत्ताको आवेगी आधुनिक हतियार बन्न पुग्यो । तब तालिबानका विश्वव्यापी संस्करण देखापर्दै गए । भयको राजनीति यसको आधार हो । अमेरिकामा कुक्लक्स क्लान्सजस्ता गोरा अहङ्कारीहरूलाई वेस्ली स्विफ्टलगायत एन्टिसेमिटिक राजनीतिज्ञहरूबाट उत्साहजनक समर्थन प्राप्त थियो भने रिपब्लिकन पार्टीभित्रको द टी पार्टी त गोरा अतिवादको अभियानकर्ता नै हो । युरोपमा आप्रवासीविरुद्धका शृङ्खलाबद्ध आक्रमण र नवनाजीवाद, नवफासिस्ट सङ्गठन उग्रराष्ट्रवादीका रूपमा लोकप्रिय हुँदैछन् । नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी आङसान सुकीको देशमा भिक्षु आसिन बिरुथु स्वयंलाई बौद्धिस्ट ओसमाविन लादेन भन्छन् । उनको ९६९ यु एन्ड के नामक सङ्गठन धार्मिक दुर्भावना फैलाउन कुख्यात छ । बङ्गलादेशमा बल्गरहरूको हत्या र हिन्दु मन्दिरको तोडफोडका घटना, चर्चित एवं प्रभावशाली फोटो पत्रकार शाहिदुल आलमको गिरफ्तारीले धेरै कुरा देखिन्छ । पाकिस्तानको बहुसङ्ख्यकवाद अहमदिया समूहप्रतिको व्यवहार र हिन्दुमाथिको उत्पीडन बुझ्न सकिन्छ । अथवा जातीय उन्मादको भुटानले नेपालीभाषीलाई खेदेको जगजाहेर छ । श्रीलङ्कामा भिक्षु गालागोदा ऐथे गनानसराको बोडुवाला सेना (बौद्ध शक्ति दललाई) सरकारको अप्रत्यक्ष सहयोग छ । बोडुवाला सेना हिन्दु, ख्रिस्तान र इस्लामका लागि आतङ्क बनेका छन् । यस महाद्वीपमा फैलिँदै गएको धार्मिक अतिवादले उदारवादमाथि प्रहार गर्दा क्षेत्रीय असर पा¥यो । भारतमा अत्पसङ्ख्यकमाथि भएका प्रहारको प्रतिकार बङ्गलादेश र पाकिस्तानका अल्पमत हिन्दुमाथि आक्रमणमा देखापरे भने श्रीलङ्कामा अतिवादी बौद्धिष्टबाट । घृणाको वैचारिक आधार तयार गर्ने स्यामुअल पी हेमिङ्गटनको सभ्यताबीचको टकरावटले (क्ल्यासेस अफ सिभ्लाइजेसन एन्ड रिमेकिङ अफ न्यु वल्र्ड अर्डर–१९९६) पुरातनपन्थीको सैद्धान्तिक ऊर्जा बन्यो । हेमिङ्गटनको चिन्तन साँच्चै सही हो त भनेर संयुक्त राष्ट्रसङ्घका महासचिव कोफी अन्नानले (२००५÷६) एउटा प्राज्ञिक अध्ययन दल बनाएथे । त्यो सभ्यताबीचको सहकार्य युएनएओसीको (अलायन्स अफ सिभ्लाइजेसन)का रूपमा सक्रिय छ । नेपालमा धर्मनिरपेक्षता नेपालको संविधान–२०१९ मा देशलाई हिन्दु राष्ट्र भनिएको हो । नेपाली काँग्रेसको धर्म निरपेक्षताविरुद्धको जनमतलाई आफ्नो पक्षमा ढाल्न काँग्रेसबाट पञ्चायतका व्याख्याता बनेका डा. तुल्सी गिरीको सोच थियो । वर्चस्वशाली जनमतलाई पञ्चायतीकरण गर्ने मानसिक औजारका रूपमा हिन्दु राष्ट्रले भीडलाई एकीकरण गरिने प्रयास थियो । बीपी कोइरालाले २०३६ साउन ४ मा (जुलाई २०, १९७९) ‘विक्ली मिरर’ पत्रिकालाई दिएको लिखित अन्तर्वार्तामा नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउन चाहने व्यक्तिका रूपमा तपाईंलाई लिइन्छ नि ? भन्ने प्रश्नको जवाफमा भनेका छन्, “नेपाल हिन्दु राज्य हुँदै होइन । कसैले हो भन्छ भने त्यो झेली मात्र हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो । धर्मनिरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ । तसर्थ मन्दिर वा प्रार्थनास्थल कुन हो भनेर छुट्याउनुपर्ने प्रश्नै उठ्दैन । नेपाल हिजो पनि हिन्दु राज्य थिएन, भोलि पनि हिन्दु राज्य रहन्न, नेपाल धर्मनिरपेक्ष मुलुक हो । जहाँसम्म पशुपतिनाथलगायतका मठ–मन्दिर, गुम्बा तथा मस्जिदको कुरा छ, ती त समुदायका सम्पत्ति हुन्, राज्यले हस्तक्षेप गर्ने कुरै आउँदैन ।” बीपीको सोच र जीवन व्यवहार धर्मनिरपेक्ष थियो, आडम्बरी थिएन । त्यसो त नेपाली काँग्रेसले २०१२ माघ १० र ११ गते वीरगञ्जमा सुवर्णशमशेरको अध्यक्षतामा भएको छैटौँ महाधिवेशनले नै समाजवादी र धर्मनिरपेक्षता नीतिसहित १८ वटा प्रस्ताव पारित गरेको थियो । हालै प्रकाशित बीपी कोइरालाको डायरीमा तनहुँ भिमादको भाषणमा धर्मनिरपेक्षताको प्रसङ्ग छ । भिमादमा उनले पाँच मुद्दामा आफ्नो भाषण केन्द्रित गरेका थिए । जसमा तेस्रो मुद्दा थियो– धर्मनिरपेक्षता । उदारवाद र धर्मनिरपेक्षता समाजको एक यस्तो शासन जहाँ धार्मिक मामलामा सत्ता तटस्थ रहन्छ, आफ्ना सबै नागरिकलाई समान व्यवहार गर्छ । चाहे उसको धार्मिक विश्वास जेसुकै होस्, या ऊ नास्तिक किन नहोस् ! मान्छेको धर्म हुन पनि सक्छ, नहुन पनि सक्छ तर राज्य सबै नागिरकको भावना, विश्वास र मान्यताको अभिभावक हुन्छ । नेपालमा हिन्दु, बौद्ध, इस्लाम, किराँत, क्रिस्चियन, प्रकृति, बोन, जैन, बहाई, शिख र भौतिकवादीहरू छन् । ज्ञानको क्षेत्रफल फैलिँदै जाँदा, सूचनाको पहुँच बढ्दै जाँदा, सन्दर्भ सामग्रीको उपलब्धता हुँदै जाँदा धर्म र संस्कृतिको पनि जानकारी बढ्दै जान्छ । अझ हाम्रा प्राज्ञिक चेतका ऋषिमुनिहरूले प्रमाणवाद, अनिश्वरवाद, भौतिकवादबारे गम्भीर विर्मश गरे । लोकायतवादका मनिषीहरू जीवन र जगत् अनिश्वरवादी हुन् भने बुद्ध आदर्श भौतिकवादी रहे । संसारमै छद्मराष्ट्रवाद, जातीय र धार्मिक घृणा उदारवादका शत्रु हुने गर्छन् । इतिहासको गौरव नै वर्तमानका ऊर्जा हुन् । त्यसलाई बुझ्न, समाज फेर्न र आजका समस्याको हल गर्ने माध्यम शिक्षा बन्नुपर्छ, न कि घृणालाई मलजल गर्ने नजिर । अप्रिय तथ्यलाई पनि कलमबाट बचाएर निक्लन दिन हुँदैन । हामीले विचार परिवर्तन गर्न सक्यौँ तर चिन्तनशैली परिवर्तन गर्न सकेनौँ । भारतीय संविधान निर्माता डा. बीआर अम्बेडकरको भनाइ यहाँ सान्दर्भिक हुन्छ, “सविधान कस्तो बन्योभन्दा पनि प्रयोगकर्ता कस्ता हुन्छन् ? त्यसैमा निर्भर रहन्छ ।” हरेक परिवर्तनले व्यक्ति, समाज र राष्ट्रमै चरम् महìवाकाङ्क्षा पैदा गर्छ । नयाँ नेतृत्वको चुनौती त्यस महìवाकाङ्क्षाको कुशल व्यवस्थापन गर्ने कला, प्रतिबद्धताका लागि विश्वासपूर्ण जगेर्ना हो । नागरिकमा नफेरिइसकेको भीड आवेगमा लतारिन्छ र उदारवादबाट झस्किन्छ । अहिले फेरि उदारवादमाथि आक्रमण हुन थालेको छ र पहिलो प्रहार धर्मनिरपेक्षतामाथि भएको छ । त्यो वर्चस्वशाली तप्काको विश्व अभ्यासको नेपाली संस्करण मात्र हो । https://gorkhapatraonline.com/opinion/2021-10-31-49657?fbclid=IwAR1qI1KLoggFJKjpwX-bgWJjlW80FxEdr7fCcxme3WvzR2s8esLHn7B6aYQ

मधुशाला शिक्षालय बनेको दिन

व्यापारी विग्रिएको र फर्सी कुहिएको पछि मात्रै थाहा हुन्छ । बुढो सिहको अवस्था घाँस त खाँदैन, मुखमा आईपुगेका झिँगा र मुसो भने छोडदैन् । जिन्दगीका उत्तरार्धमा जल्लाद र कसाही पनि पेशाको मागको कर्म भनेर मनसुख हुन्छन भने हत्याराहरु पश्चतापमा । हरेक कर्मी र कुकर्मीसंग आप्mनो औचित्य सावित गर्ने तर्क हुन्छन । वलत्कारीसंग पनि आप्mनो कुकृत्यलाई सुकृत्य सोचेन भने उस्को शारीरिक अंगले साथ दिदैन । समाज र कानुनले दण्डदिने हरेककाम गर्न पहिला मानसिक तयार हुँन पर्छ । निर्मम समीक्षा गरेर आत्माआलोचित हुँन र सत्यसंग टकराउन मान्छेलाई फलामको च्यूरा चपाएझै हुन्छ । त्यसैले आत्माबृतान्त सवै लेख्दैनन्, लेखेपनि अंशमा मात्रै । पाल्सीकुरा लेखिएको पुस्तक त्यो आत्माबृतान्त कदापी हुँदैन । आफुलाई चिन्ने पहिलो र अन्तिम व्यक्ति आफैँ हुईन्छ । खोल र जलफ कसरी लगाएको हुन्छ भन्ने नागोसत्य स्वयंलाई मात्र थाहा हुन्छ । त्यसैले कतिपयमानिस सपनामै हृदयघात भएर जीवनलिला समाप्त पार्छन । नेपालमा ठूलो आधीँबेहरीको संकेत २०४८मै आएको थियो । यथास्थिति र अग्रगमनको टकराहट बुझन आग्रहले नभै समाजविकासको नाडी पक्रिएर मात्रै सकिन्छ । सत्ता अहंकारले मात्तिदा त्यस्ता आधीबेहरीको छनक शक्तिशालीले पाउन सक्दैनथे । थाहा नपाँउनु नहुँन हुदैनथ्यो । म ज्वालामुखीको फेदी र क्रान्तिप्रवेश द्धारमा रहेर खुलारुपमा भूमिगत सक्रिय थिँए । आवेग, आर्दश र सोचले कुत्कुत्याएपछि संकटमा सुन्दरता खोजिन्छ । सापेक्षतामा ठूलै ब्यापारी हुँनुका आफनै मर्म थिए । ब्यापार आफैँमा वैधानिक चोरी पेशा हो । नाफा र पैसा बाहेक ब्यापारमा अरु कुनै धर्म र नैतिकता हुँदैन् । एउटा व्यापारी असल साझेदार त हुँन सक्छ तर असल साथी बन्न भने सक्दैन । नाफानै आर्दशको सिद्दान्त हुँनेहुँदा त्यहाँ मित्रता, आफन्तपना, आर्दश र राजनीतिको कुनै अर्थ पनि रहँदैन । विश्वास आर्थिक कारोवारमा त हुन्छ नै तर घात र प्रतिघातको रेस्लिंगमा सहभागी भएरै सफलताका सिढीँ चढिन्छन । हरेक सफतापछि विभत्स कथा छिपेका हुन्छन । नेपालियन द ग्रेट बन्न लाखौँ मानिसको हत्या भएको थियो । हजारौ सैनिकको चिहानमा एउटा माहन सेनापति जन्मिन्छ । इतिहास योद्दाको नभै सेनापतिका लेखिन्छन । मान्छेलाई सक्रियपार्ने आन्तरिक शक्ति (डाइभिंग फोर्स) के हो । जीवनको सवभन्दा उच्च स्तरको सुख के हो ? सवभन्दा मज्जा मानिसलाई कुन वेला आँउछ ? हामीसंग पलपल सवभन्दा नजिक रहँने कुन तत्व हो ? प्रेम र वासनामा फरक के छन र रुप के, के हुन्छन् ? हाम्रा सोच, सपना, कल्पना र चाहानावारे संवाद खुला गर्न सक्छौ वा त्यस्ता पात्र भेटिन्छन ? हाम्रा अवचेतनमन कुन वेला भूमिकामा प्रस्ट देखापर्छ ? सोच्दछ, दिमागले दुःख पाँउछ शरीरले । लेख त्यता केन्द्रित नहौँ । मेरो स्तंभ हो –मेरा सहरका कथा । कहिलेकही लाग्छ किन र कस्लाइ लेख्ने ? लेखेर के हुन्छ ? मनका बह र कुण्ठा व्यक्त गर्नमात्रै लेखकलाई छुट हुन्छ ? माथीका भनाई मेरालेखका पृष्टभूमि मात्र हुँन । अव मूल लेखमा प्रवेश गर्छु । खुला रहेर सत्ताविरुद्धको सशस्त्र संर्घषको भूमिगत कार्यकर्ता हुँनु दुईधारे तरवारमा यात्रा गर्नु हुन्थ्यो । विश्वास र अविस्वास सहयात्रामा थिए । हरेक विषय, व्यक्ति, अवस्था र समयमा शंका गर्नु, तर शंकाबादमा नफस्नु नै सुरक्षा कवच हुन्थे । अकल्पिनय धोका त आफन्तबाटै खाँनु प¥यो । धोका दिएर सफलता चुम्नु व्यापारमा कला भनिन्छ भने अन्धवश्विासी भएर खाल्डोमा खस्नु स्वयका कमजोरी, अज्ञानता बन्छन् । मेरो कम्मरको खुकुरी कुन हुस्सुले थुत्यो भनेजस्तै पछि समयसंग विलौनाको कुनै अर्थ रहँदैन । समय शक्तिलाई सलाम ठोक्छ । गोली नभएको बन्दुक, रुप हराएकी युवती, संपती खस्केको व्यापारी, पदहीन राजनीतिक कर्मीलाई कसैले वास्ता गर्दैन । खस्कदो व्यवसाय, आफन्तको धोकामा मर्माहत अवस्था, फैलदो बिद्रोहको रापचाप, सत्ताको पश्चिमीकेन्द्रको सुरक्षा दवावले एकैपटक तिनवटा आंतकको दवावमा थिँए । तर, त्यसको प्रकटीकरणबाट जोगिँदा मात्र सुरक्षित हुँईन्थ्यो । १) खुला रहेर भूमिगत सक्रियताको कुनैवेला गिरफतार हुँने अवस्था २) एकैचोटी दुइृमोर्चा अर्थात राजनीति र व्यापारमा सकृय हुँन नसक्नु, साहुले घेर्नु र आसामी तर्कनु ,ग्राहक भडकनु ३) पार्टीका साथीहरु कसरी पिटर सुरक्षित हुन सक्या छ ? भनेर शंका गर्नुको आतंकबीचमा रहेको थिँए । दवाव र तनावले हरेक साँझ रसपान र जाम टकराउनु नियति बनिरहेको थियो । आफैलाई लुकाएर सहज देखिनु आवस्यकता थियो । त्यसैवेला हरेक साँझ मेरो टेबुल छेउमै शाहीबाबा जस्तो मुन्द्रे कपालमा नैनासुतको टलक्कटल्कने सेतो कुर्ता सुरवालमा मगमग वास्नावाला अधेड व्यक्ति एक्लै चुस्सचुस्सको चुस्की लिइरहन्थे । उनको पृय रस अतयन्तै महंगो हुन्थ्यो । स्न्याक्स पनि रवाफिलो । म भने पीडालाई गिलाससंग साटन पुग्थे र विजुलीपानीको बर्को ओढेर घर फर्कन्थे । आफनै भूमिकाले गर्दा सन्केको वेला पनि मौन रहँन !परिस्थितिले सधैँ होसियार बनाइरहन्थ्यो । तर, उच्चकोटीको खानपान गर्ने मधुशालाको सो अपरिचित मित्र मेरो कौतहुलताको विषय बन्दै गए । धम्बोझी चोक पश्चिमको केन्द्र । नयाँ र पुरानो नेपालगंजको साँध । नयाँ र नौलामान्छेको जमघट र २४ जिल्लाको सास्कृतिक झल्को एकै थलोमा । हावाको गन्ध सुंघ्न वा उजाडिएको दुगानबाट उम्कन चोक मेरो वाहाना बनिसक्या थियो । साहित्य र पत्रकारिताले मानसिक शान्ति र व्यस्तताले चोक शान्तिथलो बनेको थियो । मधुशालाका भिन्न टेवुलका चुस्कीवालावारेको जिज्ञाशाले मलाई कौतुहलता थिप्दै गएको थियो । त्योदिन पनि उनलाई सफा आइरन गरेको सेता कुर्ता सुरुवाल, महंगो जुत्ता, मगमग वास्ना, घुँगरितो कपालले भिडबाट व्यक्तित्व प्रश्टै अलग छुटिएको थियो । उनी सरासर अघी बढे । भेटिएका परिचितलाई काजु किसमसि,बदाम दिन्थे । दुगानमा बसेर ५५५ चुरोट सल्काएर दुगानदारलाई पनि दिए । अझ कौतुहलता बढदै गयो । केहीदिनदेखी छेउको टेबुबुलमा भ्याट ६९ र्फोने, तन्काउने, यत्रो सानसंग हिडने मान्छे को र के होला ! भन्ने भयो । मस्जिदबाट अजानको माइक घन्कियो । उनीपनि पुष्पलाल चोक तिर लागे । पसलका परिचित साहुजीसंंग सोधीँ ? उनी को हुँन ? के गर्छन् ? भनेर । –उनी राइस मिलका मालिक रहेछन्, व्यबसाय विग्रिएको छ । वैकले लिलामीको ताकेता गरिरहेको रहेछ । साहुले घेर्दा रहेछन । सायद कारोवार सम्हाल्दै भएर त यस्तो मनमौजी भएका भने । अभाव र तनावमा पनि यस्तो मस्तराम हुँन सक्ने बिआरकेलाई देखेर अचम्म लाग्यो.। आफुपनि त्यस्तै आफैँले रोग निम्त्याएका मनुवा । साँझपनि हाम्रो साविक थलोमै सोही अवस्थामा भेट भो । मनको खुलदुली रोक्न सकिन । औपचारकितापछि उनको वारे सोधीँ । यसैपनि संसारमा सवभन्दा ज्यादा झुट अदालत र सवभन्दा सत्यवादीहरु मयखानामा हुन्छन । विआरके खुल्दै गए । टाढाबाट मेरो तिनपुस्ते सवै थाहा रहेछ । बिआरके –म पाहाडबाट उच्च मनोबल र सपनाबोकेर झरीँ । समयलाई सिकार गर्दै ब्यापार फस्टायो मात्रै हैन, दौड्यो पनि । ग्राहक, साहु र वैकले पत्याए । वैकमा राख्नभन्दा मलाई सुरक्षित सोचेर गाँउलेले पैसा जम्मा गर्थे । मंसिरमा धान जम्मागरेर बैशाख,जेठमा भाउ कटाँउथे । मनोबल बढदै गयो, ब्यापार थपिँदै गयो .... तर समय र शक्ति सधै एकनास नहुँने । सत्रु र आगो साँनु हुँदो रहेनछ । दुर्घटना कर्णाल फुकेर आँउदो रहेनछ । कुन बेला आफन्त पराई भएको पत्तै नपाइने । आफनै विश्वास आत्माघाती कसरी बन्दो रहेछ, परिणाम आएपछि मात्र थाहा हुँने’ ... उनले मधसुरमा भनेका मात्र थिएनन् मन, मस्तिक र पेट खोलेर आफना बह पनि शान्त गरेका थिए । त्यो कथाब्यथा उनको मात्र थिएन मेरै अवस्था र चित्र पनि थियो । हरेक चुस्कीसंग हामी आफ्नै व्यथा पिइरहेका थियौँ । कारण भिन्न भए पनि रोग एउटै थियो । –अनी तपाई यत्रो संकटमा हुँनुहुन्छ तर पनि यति प्रफुल्ल कसरी देखिन सक्नुहुन्छ, ? – हेर्नुस,.... जव तपाई आफना दुःख सवैलाई देखाउनुहुन्छ तव तपाईका साहुले घेर्नेछन्, आफन्त निरास हुँनेछन् । दिनुपर्नेले तिर्नेछैन्, लिनेलाई तिर्छ भन्ने विश्वास हुँनेछैन । खाइस् नी भन्दै सत्रु तिघ्रा ठटाँउदै खितखिताउनेछन् । मित्रहरु दुःखी बन्नेछन । मेरा दुःख मैले विलौना गरेर हिँडदैमा मेरो आपतविपत टर्नेवाला छैन । तर, समाजमा खुशी देखिएर हिँडदा समस्या टुंग्याउनभन्दा टंग्याएर समय घर्काउन सकिन्छ । त्यसवेलासम्म उपाय निक्लन्छन । आशावादी हुँनुपर्छ । विआरकेले आफनाकथा र मर्ममात्रै भनिरहेका थिएनन, मलाई उपदेश पनि दिइरहेका थिए । जीवन जिउने कला सिकाईरहेका थिए । उनका अनुहारमा भावका सुमन्द्रिक छाल आउथ्यो, विलाउथ्यो । उम्दा कलाकारहरु मन र मस्तिकका कुरा चित्रमा उर्ताछन । अझ समयसंगै दीलपेट त लिन्छन, तर घर्कन वित्तकिै चुसेको उखुका छोक्राझै प्यालिदिन्छिन । संवेदना, प्रेम र नजिकता उनलाइ मेला (बजारका) वस्तु बनिदिन्छन । आफु विक्रीका उम्दा माल सोचेपछि अरु छु मतलव ? तर उनीहरु शक्ति,रुप र धन अत्यन्तै चंचल हुन्छ, कुनबेला उछिटिन्छ भन्ने ख्याल गर्दैनन् । तर ब्यापारी नबनेको घायल मान्छे भने सदा ख्याल गरिरहन्छ । हिस्टोरिकल मोडमा आएका पात्र र प्रबृति सदा घायल सामु आईरहन्छन, विर्सन भने सक्दैन । इतहिास घायलका कथाहरु पनि हुँन । शक्ति, रुप र धनले उन्लाई वास्ता गर्दैन, सकिएपछि भने ख्याल गर्छ । तव उड गई चिढया । –र्हेनुस समयलाई रत्याउन र सत्रुलाई हराउँन, आफन्तलाई आत्माबल दिन आफना दुःख कसैलाई नदेखाएनुस्, मनका बह कसैसंग नखोल्नुस । आखिर सतपात्र नपाँउदा तपाई जे भन्नु हुन्छ अरुलाई रमिता र तमाशा बन्छ । दुश्मनलाई सही सल्लाहा दिनुस्, सत्रुले दिएको गलत सल्लाहा भनेर ऊ स्वयम भडखारोमा परेर चेत खुलेपछि तपाईको भरोसेमन्द मित्र र सहयोगी बन्न सक्छ । समय घर्कदै गयो, हामे भेट भएन । उनी माओवादी थिएनन, रहेनन तर जनयुद्ध सकिएपछि उनको व्यवहार सप्रिएछ, समस्या सुल्टाएछन । बिआरके मेरा एउटा असल गुरु र मधुशालाको त्योदिन मेरो ठूलो दीक्षा ग्रहणको दिन बन्यो ।

Saturday, October 30, 2021

विद्वान मित्र (सालिकराम सापकोटा)नेपाल बार एसोसियसनका केन्द्रिय उपाध्यक्ष(पूर्व) तपाइलाइ बार र बेन्च, सुप्रिमकोटका न्यायाधिसको बेन्च बहिस्कार, अदालत परिषदमा भएका रेस्लिङले न्याय संपादनका अाएका समस्याबारे गम्भीर विमर्श गर्नुपर्ने लाग्दैन ? के सत्ता र व्यवस्थाकाे संकट वारभित्रको रेस्लिङवारे के सोच्नुहुन्छ ? भागवण्डाको राजनीति र सर्वोच्चकाे नेतृत्व के सोच्नु हुन्छ ? विश्व त वैश्विकरण भै सक्यो, नेपाली अदालतबारे संसार र मुल्यांकनकर्ताले के सोचेका होलान ? विद्वान महोदय... हामीले बुझ्ने भाषामा भनिदिनुस न

उम्दा कलाकारहरु मन र मस्तिकका कुरा चित्रमा उर्ताछन । अझ समयसंगै दीलपेट त लिन्छन, तर घर्कन वित्तिकिै चुसेको उखुका छोक्राझै फ्यालिदिन्छिन । संवेदना, प्रेम र नजिकता उनलाइ मेला (बजारका) वस्तु बनिदिन्छ ।पात्र विक्रीका उम्दा माल सोचेपछि अरु छु मतलव ? तर उनीहरु शक्ति,रुप र धन अत्यन्तै चंंचल हुन्छ, कुनबेला उछििटन्छ भन्ने ख्याल भने गर्दैनन् । तर ब्यापारी नबनेको घायल मान्छे भने हरेक कुरा सदा ख्याल गरिरहन्छ । हिस्टोरिकल मोडमा आएका पात्र र प्रबृति सदा घायल सामु आइरहन्छन, तर उ विर्सन भने सक्दैन । घायल कथाहरू साहित्यमा सजिन्छन । कसैलाइ वास्ता गर्दैन। तव उड गई चिढया

Friday, June 18, 2021

अदालत, विश्व अभ्यास र विश्वास

सरकारमाथि अविश्वास भए आन्दोलन जन्मिन्छ भने अदालतमाथि अविश्वास भए निराशा, अराजकता र द्वन्द्व फैलिन्छ विश्वासको संकट महासंकट हो । सरकारमाथि अविश्वास भए जनता सडकमा उत्रिन्छन् र आन्दोलन, विद्रोह तथा क्रान्ति जन्मिन्छन्, तर अदालतमाथि नै अविश्वास पैदा भए निराशा, अराजकता र द्वन्द्व फैलिन्छ । ढिलो न्याय दिनु, पेसी चढ्नु तर बहस नहुनु भनेको टुंग्याउनुको बदला टंग्याउनु हो । राजनीतिक विषयमा अदालत फसेर गन्जागोल बनाउन थालियो भने अदालतप्रति आशंका बढ्छन् । फैसलाको समय घर्काउनु रणनीतिको हिस्सा बन्छ । अदालतको गरिमा नै जनविश्वास हो । युगवाणी बनेर जनविश्वास बढाउने फैसलाले समाजलाई ऊर्जा दिन्छ । न्यायाधीश व्यक्ति नभएर च्याम्बरमा बसेपछि संस्था मानिन्छ । यदि पदासीन त्यस्ता कुनै व्यक्तिको भूमिका, आचरणको समय र समाजमा प्रश्न उठ्छन् भने संस्थाको मर्यादामाथि प्रश्न उठ्छ । संस्था सम्मानित भएर मात्रै पुग्दैन, त्यहाँका कार्यकारी पात्रको गरिमा पनि संस्थाको अपेक्षित आदर्शअनुकूल हुन आवश्यक हुन्छ । यदि व्यक्तिले संस्थाको औकात धान्न सक्दैन भने संस्थाको गरिमा त घट्छ नै, त्यसले समग्र व्यवस्था र समाजले नै कष्ट भोग्नुपर्छ । तब गरिमामय संस्थामा अयोग्य व्यक्ति पु¥याउने, पदासीन गराउने र सल्लाह दिने व्यक्ति पनि विवेकशील समाज र इतिहासमा दोषी ठहरिन्छन् । निर्णयको मसी सुक्न नपाउँदै बारम्बार निर्णय फिर्ता लिन बाध्य हुने अवस्था सिर्जना हुन्छ भने नैतिक रूपमा त्यहाँ टिकिरहन हुँदैन । अदालतका मान र मानहानिका विषय खोतल्दा भारतीय सर्वोच्च अदालतका वरिष्ठ वकिल प्रशान्त भूषणको भनाइ सान्दर्भिक हुन्छ– मान हुनेको पो मान राख्ने, निर्लज्जको के मान राख्नु ? सेवानिवृत्त हुनेबित्तिकै कुनै आयोग या मालदार ठाउँमा पाइने सम्भावित नियुक्तिले फैसलालाई प्रभाव पार्छ भने हामीले होइन, स्वयंले आप्mनै मानहानि गरिरहेको ठहरिन्छ। कोरोनाकालमा अझ संसारभरि न्यायाधीश र उनीहरूका भूमिकामाथि प्रश्न उठे । जुन देशमा न्यायिक–अर्धन्यायिक संस्था कमजोर हुन्छन्, त्यहाँ उनीहरू सरकारका गलत सोचलाई वैधानिकता दिने वा शासकका गल्ती, कमजोरी धोइदिने ‘ड्राई क्लिनर्स’ बनेका अनेकौँ उदाहरण छन् । कोरोनाकालमा कैयौँ शासकले अदालतलाई प्रभावमा पारेर सत्ता सुरक्षित गरे । शक्तिले सदन र न्यायिक संस्था प्रयोग गर्‍यो । तर, दुनियाँका केही न्यायमूर्तिले भने आफ्नै गरिमा उच्चासनमा पुर्‍याए । ब्राजिलको साओ पाउलो प्रान्तीय सरकारले राष्ट्रपति जैर बोल्सोनारोलाई कोरोना मापदण्ड उल्लंघनमा १०८ अमेरिकी डलर जरिवाना गर्‍यो । रिपब्लिकन नियुक्त बहुमत न्यायाधीशले (अमेरिकी सर्वोच्च अदालतका नौमध्ये ६ जना न्यायाधीश रिपब्लिकन पार्टीका राष्ट्रपतिले नियुक्त गरेका थिए, तीमध्ये झन् तीन त स्वयं ट्रम्पले) अमेरिकी राष्ट्रपति ट्रम्पको चुनाव उल्ट्याउने प्रयास खारेज गरिदिए । २८ जनवरीमा पाकिस्तानको इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीश अतहर मुनिल्हाले राजनीतिक बन्दी प्रत्यक्षीकरण मुद्दाको फैसला दिँदै सरकारलाई भने– यो पाकिस्तानी अदालत हो, भारत होइन । उनको सो उक्ति विश्वचर्चित बन्यो । परवेज मुसरफ सैनिक तानाशाह बन्दा कैयाैँ गल्ती भए होलान्, तर पाकिस्तानमाथि नै गद्दारी नै गरेनन् होला । उनलाई सरकारी ‘प्रायोजन’मा इस्लामावाद विशेष अदालतमा ६ वर्ष चलेका मुद्दामा फाँसीको सजाय मात्र होइन, विदेशमै मरे पनि लासलाई फाँसी दिने अदालती फैसला भयो । तर, उक्त फैसलालाई गत वर्ष लाहोर हाईकोर्टले असंवैधानिक भन्दै उल्टाइदियो । प्रसंग भारतीय अदालतको : भारतीय सर्वोच्च अदालतका बहालवाला वरिष्ठ न्यायाधीशहरू जे. चेलमेश्वर, रंजन गोगोई, मदन बी. लोकुर र कुरियन जोसेफले १८ जनवरी २०१८ मा अदालतको भयावह चित्रण गर्दै संयुक्त पत्रकार सम्मेलन गरे । गम्भीर मुद्दामा सरकारी तजबिजमा फैसला हुनुमा मुद्दाको बेन्च तोक्न प्रधानन्यायाधीशको नियत र खेल देखिन्छ, भनियो । त्यस्तो संसारकै पहिलो पत्रकार सम्मेलनमा न्यायसम्पादनभित्रका खेल र झेलका रहस्य बहालवाला न्यायाधीशले नै खोले । चर्चित व्यंग्य कलाकार कुणाल काम्राले सरकार समर्थित पत्रकार अर्नव गोस्वामीको मुद्दामा अदालती तुरुन्तातुरुन्तैको फैसलामा प्रतिक्रिया दिँदै भने– अब भारतीय जनता पार्टीको बोर्ड सर्वोच्च अदालतमा टाँगिदिए भयो । उनको ट्विटर स्ट्याटस र व्यंग्यचित्रमा मानहानि मुद्दा चलाइँदा वकिल पनि नराख्ने, जरिवाना पनि नतिर्ने, मुद्दाको बहस सशरीर उपस्थित भएर आफैँ गर्ने भनियो । तर, अझै मागअनुसार मुद्दा चलेको भने छैन । वरिष्ठ वकिल प्रशान्त भूषणको न्यायिक ट्रायलजस्तो सामाजिक ट्रायलमा फेरिने आशंकाले कुणाललाई बन्द खाममा शपथ पत्र (एफिडेविट) पेसको आदेश भयो । न्यायिक अभियन्ता भूषणले पछिल्लो समयका क्रमशः रिटायर्ड चार पूर्वप्रधानन्यायाधीश भ्रष्ट थिए भन्दा उनलाई अदालतको मनहानिमा माफी माग्न भनियो । सो बहुचर्चित मुद्दा न्यायक्षेत्रमा अदालत, न्यायसम्पादन र न्यायाधीशका भूमिकाबारे देश, देशान्तरमा व्यापक चर्चा भयो । उनले माफी अस्वीकार गरेपछि हैरान भएको अदालतले एक रुपैयाँ दण्ड सजाय गर्‍यो । यदि दण्ड नतिरे तीन वर्ष वकालत गर्न नपाइने फैसला भएपछि सो रकम भूषणका मित्रले तिरे । राष्ट्रिय मानवअधिकार आयोगको रिक्त अध्यक्ष पद ६ महिना खाली राखेर त्यसमा प्रधानन्यायाधीश नियुक्त गरिने पहिलेको नियम फेरेर सरकारको अनुकूल फैसला दिने न्यायाधीशलाई सेवानिवृत्त हुनेबित्तिकै नियुक्त गरियो । सरकारअनुकूल हरेक फैसला दिने वा बेन्च तय गर्ने प्रधानन्यायाधीश रिटायर्ड हुनेबित्तिकै राज्यसभामा मनोनीत भए । सर्वोच्च अदालतको नेतृत्व फेरिनेबित्तिकै भने भारतीय अदालतको भूमिका फेरिएको न्याय क्षेत्रमा चर्चा छ । मुद्दा चलेको (२८ डिसेम्बर २००१) २० वर्षपछि १२७ जना सिमी कार्यकर्ता बेकसुर साबित भएर जेलमुक्त भए । पाँचजनाको जेलमै मृत्यु भयो । बाँचेका जेलमुक्तहरूको त जिन्दगी ध्वस्त भयो नै, मृत्यु भएकाले आफूलाई अदालतले निरपराध मानेको पत्तै पाएनन् । अहिले भने राजद्रोह र ‘गाई–गौगुन्डा’ मुद्दामा अदालत संवेदनशील देखिएको छ । अन्यन्त्र गाईले दूध, मासु र छाला दिन्छ तर भारतको ‘गौ–बेल्ट’ (उत्तर प्रदेश, विहार, महाराष्ट्र र गुजरात) र नेपालमा भने राजनीतिको भर्‍याङ बन्छ । जुन देशमा न्यायिक–अर्धन्यायिक संस्था कमजोर हुन्छन्, त्यहाँ उनीहरू सरकारका गलत सोचलाई वैधानिकता दिने सहयोगी वा शासकका गल्ती, कमजोरी धोइदिने ‘ड्राई क्लिनर्स’ बनेका अनेकौँ उदाहरण छन् के भारतीय न्यायालय आफ्नै लयमा फर्कियो ? विमतिका स्वर दबाउन राज्यविरुद्धको अपराधलाई नयाँ तर्क दिएर खारेज गरे पनि भिमा कोरेगाउँ मुद्दाका अनेकौँ प्राध्यापक, मानवअधिकारकर्मी, लेखक, बुद्धिजीवी, साहित्यकार, पत्रकार, दलित सक्रियतावादी वकिल र विद्यार्थीका मुद्दा अझै ज्युकात्युँ छन् । प्रख्यात विद्वान् नोम चोम्स्कीलगायत अनेकौँ नोवेल पुरस्कार विजेता र विश्वप्रसिद्ध विद्वान्को सार्वजनिक अपिल पनि सरकारले मात्रै होइन, अदालतले पनि अझै सुनेकोे छैन । इतिहास फेरिदिने फैसला : १) भारतकै इलाहावाद हाईकोर्टका न्यायाधीश जगमोहन सिन्हाको १४ जुन १९७५ को फैसला न्यायिक इतिहासमा संसारकै अद्भूत निर्णय थियो । राजनारायण भर्सेस प्रधानमन्त्री इन्दिरा गान्धी मुद्दामा रायबरेली चुनावमा गान्धीले सरकारी संयन्त्र प्रयोग गरेर चुनावी आचारसंहिता तोडेको कसुर अदालतले ठह¥यायो । जस्टिस सिन्हालाई अनुकूल फैसला दिन अनेकाैँ प्रलोभन र दबाब दिइएको भन्ने कुरा पूर्वकानुनमन्त्री अर्थात् राजनारायणका वकिल शान्ति भूषणले उल्लेख गरेका छन् । बहालवाला सरकार प्रमुखविरुद्ध अदालतबाट त्यस्तो फैसला अन्यन्त्र भएका छैनन् । पाकिस्तान टुक्य्राएर बंगलादेश बनाउने र सिक्किमलाई भारतीय संघमा गाभ्ने काम गरेर नायिका बनेकी प्रधानमन्त्री गान्धीलाई सडकले चुनौती दिँदा उनका रबर स्ट्याम्प राष्ट्रपति फकरुद्दिन अली अहमदले २५ जुन रातको पौने १२ मा संकटकाल घोषणाको अध्यादेशमा हस्ताक्षर गरे । २१ महिना भारतमा घोषित संकटकाल रह्यो । अहंकारग्रसित शासकहरू आफूमाथि परेको संकटलाई देशैमाथिको संकट भन्ने गर्छन् । २) लाल भयको आतंक : सिनेटर जोसेफ म्याकार्थीको योजनामा लाल आतंकको काल्पनिक भयदोहन गरेर अमेरिकी समाजमा समर्थन लिने सत्ता अभ्यासलाई त्यहाँँको सर्वोच्च अदालतका चौधौँ प्रधानन्यायाधीश अर्ल वारेनले एकपछि अर्को फैसला गर्दै शीतयुद्धको त्यो मूर्खतापूर्ण अभियानलाई अन्त्य गरिदिए । म्याकार्थीको सत्ताआतंक घुसपैठ सिद्धान्तको चपेटामा अल्बर्ट आइन्स्टाइन, जोसफ निधम, बर्टोल्ट ब्रेख्त, एलन गिन्सबर्ग, चार्ली च्याप्लिन, आर्थर मिलर, हावर्ड फास्ट, थोमस मान, ओट्टो क्लेम्पेरेरजस्ता अनेकौँ वैज्ञानिक, कलाकार, लेखक, नाटककार, संगीतकारसमेत प्रताडित भए । कैयौँ सरकारी र कर्पोरेट कर्मचारी सो अभियोग आयोगसामु उभ्याइए र नोकरीबाट निष्कासन गरिए । यातना र जेल सामान्य विषय बन्यो । आक्रमणको प्रमुख निसाना हलिउड, बौद्धिक जगत्, ट्रेड युनियन, विद्यार्थी आन्दोलन, युद्धविरोधी सक्रियतावादी बने । एउटा व्यक्तिको पूर्वाग्रह सत्ता चेत बन्दाको परिणाम म्याकर्थीको धङधङी रहिन्जेल अर्थात् न्यायमूर्ति वारेनको फैसला आउनुपहिले नै सत्तासँग भिन्न मत राख्ने हजारौँ अमेरिकी सत्ताको सिकार बनिसकेका थिए । जसरी हिटलरको नाजीकाल विवेकशील जर्मनीको इतिहासमै लाजमर्दो समय बन्यो, त्यस्तै शीतयुद्धकाल विवेकशील अमेरिकीलाई घरेलु विषयमा म्याकार्थीकाललाई लाजमर्दो अवस्था सोच्ने गर्छन् । अन्त्यमा : हराएको विश्वास फेरि पाउन परिणाममा देखिनुपर्छ । जसका पूर्वकर्मले आशंका जगाउँछ, गरिमा पुनर्स्थापना गर्ने नयाँ भूमिकामा देखिने पनि उसैको परीक्षा हो । इतिहासले व्यक्तिलाई नायक वा खलनायक के बन्छौ ? भूमिकामा नै देखाऊ भनेर उर्दी दिइरहेको हुन्छ । राजाका बाजा बजेपछि अहंकारका धरहरा ढल्छन् । हरेक सन्धि, सम्झौता र सेटिङलाई कमजोर शक्ति तंग्रिने मौका ठानिन्छ । नत्र, अस्त्रमा खिया लागेपछि मान्छे पछुतोको ऐना हेर्न थाल्छ । विश्वासको धरहरा ठडिन लामो अभ्यासको आवश्यकता हुन्छ । जुन मान्छेको दिल र दिमागमा तुस रहेर बदलाभाव जमेको हुन्छ, उसका कोखामा पनि दाह्रा हुन्छन् । उसले अन्त्यसम्म त्यसलाई धारिलो पारिरहन्छ । हिमाल चढ्न जति मुस्किल परे पनि गुल्टन भने बेर लाग्दैन । नक्कली आफन्तहरू कोटरीबाट सबभन्दा पहिला भाग्छन् । उछित्तो खन्न भने सबभन्दा अगाडि तिनै हुन्छन् । आफैँले बनाएको खाडलमा आफैँ फसिन्छ । चिलीका राष्ट्रपति सल्भाडोर एलेन्डेले नियुक्त गरेका प्रधानसेनापति जनरल अगस्तो पेनेचेले सैन्य कु गरेर उनकै हत्या गरे । जुल्फिकर अली भुट्टोले जियाउल हकलाई प्रधानसेनापति बनाए, हकले नै सत्ता मात्र पल्टाएनन्, भुट्टोलाई फाँसीसमेत दिए । नेपालमा पनि यदि संवैधानिक आयोगका निर्णय र उसले गरेका नियुक्तिलाई अदालतले उल्ट्यायो भने यस अवधिमा सरकार, आयोग र अर्धन्यायिक निकायले गरेका दीर्घकालीन असर पार्ने निर्णयको भविष्य के होला ?

Saturday, June 12, 2021

दिदीको घरमा भाइ पुग्दा...

विमलले मलाई दिदीको घरमा पुर्‍याइदिए । मलाई दिदीको गाँउ नौलो लाग्यो घर चिन्नै गाह्रो भो । आँगनपुग्ने बाटोभरी दुवो उम्रिएको । मूलबाटोको छेवैमा रहेको घाँसेबाटोले त्यहाँ थोरैमान्छे मात्र जान्छन भन्ने जनाउ दिईरहेको थियो । म धेरै वर्ष पछि त्यो घरमा पुगेको । त्यो विरानो बाटाले नै घर र घरमुलीका कथाव्यथा कहिरेका थिए । मनले सोचेको भएको कुरो , आज तिहार लिएर दिदीको पाहुना बन्दैछु । बुढीदिदीको प्रथम पुस्ताको म माइती । हुक्सेली दुलालका हामी चार सन्तान सानी दिदीले धर्र्ती छोडेको एक दशक पुग्न लागेको भाइ अमेरिका नेपालमा हामी दिदीभाइ । आँगन नपुग्दै गम्न थालेँ । घर अगाडि बडेमाका आँपका रुख हुन्थे । जामुन, अम्वा लटरम्म, भुईकटहर मगमग वास्ना, लोर्खकेको चिरिबिरी, गोठमा गाईभैँसी । खोरभरी बाख्रा, आँगनमा पाठापाठीको छुनुमुनु । भाञ्जाभाञ्जीको खिलखिलाहट । आँगना डिलमा झुल्ने जाई, मखमली र सयपत्रीका फूल । आँखाले सबै खोज्छ, केही भेटिन्न । यताउता नियाल्छु...निरास हुँदै आँगनतिर सुस्ताउदै खुट्टा बढछन्् । शिर कुल्चेर जन्मेकी हुक्सेलीकी छोरी कहाँ होलिन् ! कस्ती भईन होला ! एकाएक आँगनमा टुप्लुक जेठोलाई देखेपछि के सोच्दि हुँन ! के प्रतिकृया दिन्दी हुन् ! एकनास सोचिरहेको छ, झसँग बिँउतिन्छु । घरभित्र खासखुस सुन्छु । के वात मार्दै होलान ? यो बृद्दजोडीको दिन कसरी कट्छ होला ? अझ चाँडपर्व यो घरमा कसरी भित्रिदो हो ? के सपना देख्दा हुँन ? कसरी रुँदा हुँन्, कसरी हाँस्दा हुँन ! सोच्दैछु । एक्कसी दिदी भनेपछि त.......। दिदीभाइ मिलन विमल चलाख र व्यवहारिक छ । मैले थाहै नदिए पनि उस्ले खुसुक्क भन्या हुँनुपर्छ । छक्क पार्न खोज्या थिँए । म पुगेपछि दिदीको घरमा तिहार पुग्यो अरे । जेठो आँउने विश्वास थिएन, म बाँउठ्या मान्छे अरे । दिदी बलिन्द्रधारा भईन् । यमराज र जमूना सम्झिइन अरे । घर सुनसान, धुमधुम्ती बुढाबुढी मात्र । छोराका कुरागर्दै खुशी बेचेर सुख किन्न अम्रिका गा छ भने । दिदी हे, निष्ठुरी...तँ यो घरमा ५६ वर्षपछि तिहारमा पाइलो टेकिस् । सान्दिदी बितिहाली, म कति दिनकी हुँ र ! बाउआमा बितेपछि त पहिलो माइती तैँ होस् क्यार । यमराजले मलाई कहिले लानी हुँन् ! भिनाजुको ८४ पुजाको धोको पुगेको छैन् । उनको एकमात्र छोरा (मेरो भाञ्जा ) बिगार्ने (अधर्मी, बिधर्मी र राजनीतिकचेतको नसा पियाउने ) मै हुँ भन्ने ठहर उनीहरूमा अझै छ । लामो कथाब्यथा सुनाए । भिनाजुले सोधे— बाबु.... एकदिन राजने आउँछ नि है ! मैले उस्को, उस्ले मेरो अनुहार देख्न त पाउला नि हैन् ! भनिदेउन... बाबु, कुन पापीले मेरो टेक्ने लौरो चोर्‍यो ! कुन अपराधीले मेरो खुशी लुट्यो ! छोरो पक्कै आउँने छ उस्को मतिफेर्न पलाञ्चोक भगवतीको भाकल गरेका छौँ । भनन बाबु .....तेरो त भाञ्जासँग सधैँ कुरा हुन्छ । सञ्चै त छ !’ मसँग कुनै जवाफ थिएन । मौन, मौन र सन्नाटा... उफ ! उहाँहरु कुरा भन्दापनि अनुहारका भावहरु टटोलदै थिँए । अनुहारमा मेघ आँउछन, जान्छन् । कहिले साउने भेलको झिँगु र डाँफे बनेर सुस्कुराँउछन र फेरी एक्कासी हिँउदे खहरे बन्छन् । मान्छेको आत्मावल आशा र विश्वास हो । विश्वासका आधार त आ-आफ्ना हुन्छन नै । दिदीले तिहारमा भाइ आँउछ भन्ने ढुक्क भएर मसला ल्याउनु भा रेछ । सेल पकाएर मखमली माला उनेर राख्नु भा रहेछ । बाबु साइतमै टिका लाउनुपर्छ । सवै तयार भयो । धेरैदिनपछि आज त तेल लाउनुपर्छ । जिउमा लाउन पर्दैन भनी तालुमा तेल ठोकिदिइन्, कानमा तेल हालिदिईन्, ढाका टोपी लगाइदिईन् । तेलको घेरोहालेर यमराजबाट जोगाइन् । जेजे थाहा थियो, त्योसवै कर्म गरिन् । जानेजति आशिष दिइन् । आशिषलाग्नेमा उनी ढुक्क थिइन् । भाइको सोच र विश्वाससँग कुनै अर्थ र महत्व त्यहाँ थिएन । भावामय क्षणमा उनको भातृ प्रेममा दख्खल दिन चाहिँन । हुँदैन थियो । भावना एउटा शक्ति हो । दिदी आज भाइटिका मनाउन पाँउदा मख्ख थिईन, उनको मख्खताले मपनि खुशी थिँए । गफ सुरु भए । पूर्खाका कुरा मलाईभन्दा दिदीलाइ धेरै थाहा थियो । स्वभाव वासँग ठ्याक्कै मिल्ने । म यि दुवैका स्वाभिमान रअहंकार कहिलेकहीँ छुटयाउनै सक्दिन । गरिवीमा हुर्केको जिन्दगी र अपमानित त्यही समाजलाई धेरैकुरा उनलाई देखाँउनु छ । झरिझट्ट गहाना सँधै लगाइरहन्छिन् । कुनबेला डाँका र गुण्डाले लुट्ने हुँन चिन्तत हुन्छु । आममान्छेजस्तै उनमा पनि जमिन र पैसाप्रति अति लोभ छ । हुँनपनि बृद्दकालको इन्सुरेन्स यो हो नै । सरकारमा भरपर्ने ठाँउ पनि छैन । परदेशी छोरोको भर छैन । भिनाजुको ८४को चिन्ता छ । ८४ धार्मिक चाहानाभन्दा हेपिएको समाजलाई तुजुग देखाउनु र पाटामा भोजगर्नु मूख्य चाहाना हो । समाज पढन श्रुति साहित्य र इतिहास दरविलो सन्दर्भ सामाग्री हो । दुलालवंश र लुईटेलवंशका कुरा चले । भमरकोट, बौवा, हुक्से र फेरी दुलालथोकको हुक्सेली दुलालका कथा सुनाईन् । त्यसमा उनका र मेरा बा, आमा कथाब्यथा इतिहासमात्रै थिएनन् ती हाम्रा समयका इतिहास पनि थिए। हुक्सेलीजेठाले कतीघाटका पानी खाए ? कति अपमानका हन्डर खाए ? कति चुलाका खाना खाए ? बाले सुनाउनु भएका कुरा सर्लक्क राखिन् । लुँइटेलकथा भिनाजुलेभन्दापनि दुलालपुत्रीले नै धेरै थाहा रहेछ, भनिन् । समय घर्केको पत्तै पाइएन । विमल लिन आइपुगे । ढोगीँ, फर्कीँ । मोटरसाईकल ओझेल नपर्दासम्म दुईजोडी निरास आँखाले हामीलाई नियाली रहेका थिए ।