Wednesday, September 30, 2020

टर्निङ प्वाइन्ट

टर्निङ प्वाइन्ट – नमस्ते सर । काहाँ हुनुहुन्छ ? केही प्रश्न थिए, केही जिज्ञाशा थिए । केही सुझाव माग्ना थिए । अनुभवका अनुभूति चाख थिए । अन्यथा मान्नु हुन्न भने केही समय दिनुहुन्छ कि ? – धन्यवाद, ज्ञान सूचना र अनुभूति त अाँउदो पुस्तालाइ सुम्पनै पर्छ । नदी त बगिरहँदो रहेछ, उही नहुँने,बगिसक्ने । फेरि तपाइ कबिहरू, युगसंग संवाद गर्न विम्व र प्रितक सजाएर सपनी देखाँउदै समय र सन्दर्भ ललकार्नु हुन्छ । तपाइको गर्बिलो कबिता संग्रह पढेर तपाइप्रति धारणा बनेका छन । अहिले त लेखक र पाठकको सिधा संवाद प्रविधीले सहज बनायो । स्वागत छ, यहाँलाइ । – सर, कस्तोलाग्यो मेरा कबिता ? – हेर्नुस कबिजी म समीक्षक हैन्, सुन्दर कबिताको एउटा उम्दा पाठक भने हुँ । म फुर्क्याउन जान्दिन । तितोबोलेर धेरै मित्रलाइ बिमित्र बनाँए । हाम्रातिर कुरा खस्रा मिठा, रोटी चिल्ला मिठा भन्छन् । तपाइका पहिलापहिलाका संवादमा पनि ज्ञान प्राप्तिको अथाहा भोक देखेको थिँए । यसमा पनि सो देख्छु । एउटा पाठकले कृतिलाइ कसरी हेर्यो त्योबारे यस सम्क्षिप्त कुराकानीमा संभव नहोली की । – ल सुन्दर । हो, सर । म यहाँको सोचलाइ शिरोधार्य गर्ने पक्कै जिज्ञाशु हुँ । पक्कै हो, मीठो बोल्नेहरुको भर हुदैन । हरेक कुरामा सहमति जँनाउने त या अज्ञानी हुँन,या उनका कुनै स्वार्थ छिपेको हुन्छ वा मुर्ख भीड । हवस भन्ने तर केही नगर्ने नसक्ने । च्याट संवादमै एउटासंग मैले खरो विमित राखेँ भन्यो– छाती चिर्न सक्दिन् । के मैले तपाइलाइ ब्याकमेल गर्ला कहिल्यै सोच्नुहुन्छ ? कस्ताकस्ता मान्छे भेटिन्छन्, सर । माहान सोच्यो, सिक्न पाइएला र अझ संपन्न हैाँला सोच्यो । ठयाक्कै राष्ट्रिय ढुसको फेला परिने । छाति चिरेर देखाँउने अरे, त्यो त कथामा मात्र हो । परिआउदा नङ चिर्न नसक्नेका डिङ हाक्यादेख्दा त टवाँ पो परिन्छ, सर । त्यस्ता त अरुलाई ब्ल्याकमेल के हुती राख्थे परिआउदा चाहिँ सामान्यपरिचय सम्म छैन् भन्न बेर गर्दैनन् । – यो कुरा सार्वभाैम हो । ठिक भन्नु भो हरेकले जीवनमा अाउने परिक्षा ब्यबहारमै दिनुपर्छ । स्कूल कलेजका परिक्षा एउटाकक्षामा एकै पटक दिएपुग्छ तर जीवनमा त्यस्ता परिक्षा भने बारम्वार पास गर्नैपर्छ । तपाइले उनलाइ ठिक भन्नु भएछ । उन्ले पनि यस्ता सार्वभाैम कुरा स्वीकार्नु पर्थ्यो । तर, कबिजी मान्छेका अहंकारले सहजै स्वीकार्न कहा दिन्छ र ? हरेकका छाँयाभन्दा पनि टासिँएर उस्का परिचय, अाैकात र संस्कारसंगै हुन्छन नी । – उस्ले त अाफूलाइ जनयुद्द लडेको सिपाही पो भन्यो । हो, हरेक युद्द कठिन हुन्छन्, युगान्तकारी पनि हुँन सक्छन् तर जनयुद्दभन्दा अाफैभित्रको युद्द धेरैले लडनु पर्ने रहेछ नी, सर । मेरा कबितामा हजुरले पाँउनुहुन्छ । जिन्दगीका सपना र भोगाइ शब्दमा उतार्न कठिन रहेछ, सर । अहिलेको अवस्था, हिजाका नेता कमान्डरलाइ अहिले नियाल्दा के ती उनै हुँन् जस्तो लागेर फेरी हिजो र अाज जोडेर सोच्न र लेख्न मन लाग्न थाल्यो । जनयुद्ध त जनताका छोरा छोरिले लडे नि । उस्ले भन्यो – ती जनतामध्य एक म पनि थिँए । तर तिमीले त मेरो कबिता लेखिनाैनी । सरले पढदा ख्याल राख्या भए कागजमा खेस्रा गर्नेहरु सधै उभो हुन्छन् भन्ने ती निर्दोष बन्दुक बोक्नेहरुलाई के थाहा ? भन्ने अंश पाँउनु भयो होला नै । मैले साठितिर लेख्या थेँ । –तपाइको अाजको उम्दा छोटो कबिता फेसबुकमा पढयाथीँ । चिनेका लेखकका लेखले तानी हाल्छ । कहिले लेखकले, कहिले शिर्षकले, कहिले समीक्षकले पठनमा तान्ने रहेछन्र । सुन्दर लेख्नु भा रहेछ । कसरी कबिता लेख्न थाल्नु भो ? किन रोज्न भो, यो विधा ? – सर, जिन्दगीका अशख्य अारोहअवरोह छन् । पूर्वेली राइपुत्री हुँ । मेरा पनि चरम अाकांक्षा थिए । अाेरीपरी या लाहुरे हुन्थे, या पढेलेका दैातरी । म पनि केही हुँ, नयाँ केही गर्न सक्छु भन्ने हिम्मत अायो । परिवारकी जेठी, हामी दुइ वैना मात्र सन्तानमा । अामाबाबाका पुल्पुल्याएर हुर्काएकी मायालु छोरी, घरमा अपुग थिएन । अपुग थियो भने केही हुँने लालसा । अचम्म खाले सपना । हाम्रा गाँउवस्तीमा पनि जनयुद्द पुग्यो । अाफैँ सामेल नभएपनि साक्षी किनारामा बसेर नियालिरहेकी थिँए । कोमल मनका के, कसो भन्ने प्रश्नले घचघच्याउदै गयो । कथा लामा छन, ब्यथा ठूलो छ । कँहने शब्द छैनन् । कोशीमा पानी धेरै बगे । जिन्दगीका यात्रामा एक्कासी उनलाइ भेटेँ । मन मिल्यो, मलाइ बुझ्ने एउटा नायक सामने थियो । मलाइ साहित्य, कला र जनतासंग जीवन जोडन हाैस्याए । सहकार्य र सहयात्रा हुँदै गए । त्यो जीवनमा फेरियो । एकदिन उनलाइ सोधीँ -ममा त्यस्तो केछ ? फिस्सक हास्दै मोहनीशब्दमा –समाजसंग पाैठाजोरी खेलेर मान्छे बन्ने तिमीमा उत्साहा, जोखिम मोल्ने साहस, प्रेम गर्ने हृदय, समाजसंग भिज्ने सामाजिक चेत छ भनेर च्याप्प हात समात्दै अाैला सुम्सुम्ाए । हामी कलाक्षेत्रका सहयात्री । अहिले चाैतर्फी नियाल्छु, अान्दोलित मनले अनेकाै कुरा सोच्छ । ती सोचले रन्थन्याइदिन्छ, भावनामय बनाइदिन्छ । त्यसैले आजकाल लेख लेख्नै सक्दिन । सर, कबिता कोर्नेका अनेकाै कारण छन् । दुख, खुशी, सपना, संवेदना पोख्ने पनि चैातारी त चाहियो नी, सर । यस्ताकुराले हजुरको ब्यस्त चिन्तनको समय मैले डिस्ट्व पो गरीँ कि, सरी । –हरेकमान्छे अाफैमा एउटा गम्भीर उपन्यास हो । त्यसले हरेक पाठकलाइ अनुभवले सम्बृद्द गर्छ । त्यस समाजको इतिहास, संवेदना, संस्कार, संस्कृति र संघर्षसंग परिचय गराँउछ । नवयुवा सर्जकसंग सोच र संवेदना लेनदन गर्दा अाफैँ ताजा र युवा भइन्छ, हुइन्छ नी । फ्रेस हुइन्छ, सोच्नुस न । – हो सर, यहँका अमूल्य समय र संवादकालागी नमन गर्छु । प्यास अथाहा छ, गगरी सानु । कतिपय जिज्ञाशा राख्दा झर्को नमानीदिन यो बालिकेको अनुरोध बुझ्दिन, होला सर । पात्र नं २ सन्तोष राम सरसंगको संवाद सकिन नपाँउदै लामोदिनदेखीको साहित्यिक मित्र विराजसगंको संवाद पनि रोचकनै भए । अाफूसंग जिज्ञाशा, चेत र चिन्तन भए यो भवसागर सामाजिक सञ्जालमा अाफैजस्ता वा गुरूहैसियतका मित्र भेटिँदैजान्छन् । केहीभने छुद्रस्तर देखाइहाल्छन् । अनी तीप्रति अाक्रोस र दया लाग्नु स्वभाविकै हो । उपनामले पनि मलाइ समस्या थपेको छ । यस उपनामले मेरो सेवा गरेको र परिचय दिएको धेरै दिन भै सक्यो । अब त यससंग लभै पर्या छ, जे होस् । योगी जीवनका बिराज महोदय सडकका माअाेवादी भन्न रूचाउने सजर्क हुँन् । डोरी जलीसक्यो तर गाँठो अझै खरानी नभा । संसारमा अनेकाै प्रकारका पागललाइ बुझ्नै गाहो । कहिलेकहीँ माैका छोप्न नसक्ने विराजहरू जस्तालाइ देख्दा सोच्दछु – यिनीहरूको क्षमता नभएर की !, सम्पर्क नभएर की ! काखी च्याप्ने कोही नभएर कि ! मुखर्ता वा अहंकारले कि ! किन होला यस्ता वैराग्यकाहरू भनेर । मेरो टाउको दुखाइको विषय यो हैन् क्या । वैरागी मान्छे पनि खुला कुरा गर्न रूचाँउछन् । युनिफर्म स्वभावका सवै मान्छे कहाँ हुन्छन र ! म पनि कतिपय संवादमा किरातीपना देखाइदिन्छु । हामी अादीवासीहरू स्पष्टवादी हुन्छैा । अाज भने उनी गम्भीर देखिए । अभिव्यक्तिका कला र क्षमताका बारे संवाद रोचकनै रह्यो । – ठटयाैली पाराले कुरा सुरू गरीँ । हजुरलाइ सर भनाै की कमरेड ! – मान्छेका नाम र संवोधन त भीडबाट अल्ग्याउने माध्याम त हो । जेमा यहाँलाइ सरल, सहज र मप्रति यथोचित न्यायोचित प्रतिक शब्द हुन्छ, सुविधा अनुसार त्यसै भन्नुस, केही छैन् । तपाइ कबिहरू यस्ता विम्ब र प्रतिक छान्न र प्रयोग गर्न माहिर हुँनुहुन्छ नै । – (बिराज कमरेड अाज गम्भीर छन् यस्ता मान्छेलाइ ठूला कुराका अपमानलाइ कहिल्यै वास्ता गर्दैनन् सोच्दैनन् तर सासाना कुराले भने छुन्छ । कोटयाउन चाहिन । यसै पनि योगीहरू न प्रसंसाले फुल्छन न अपमानले तिरस्कृत सोच्छन । अाखिर सन्तोषराम त बिराज कमरेडको पो नाम हुँनुपर्ने ) मान्छेले चाहेको वा सोच्या कुरा कति प्रतिसत बोल्न वा लेख्न सक्ला ? सर । –समग्रभाव शब्दमा भन्नै सकिँदैन् । देहभाषा वा मुद्रामा भने पोखिन्छ । देहभाषा र मुद्राको सहयोगले समग्रमा भने मान्छे ब्यक्तिन सक्छ । कतिपय लुकाउन चाहेको वा झुट बोलेको संकेत शब्दमा भेटिदैन् । कुटनितिज्ञहरू भनेकोभन्दा भन्न खोजेको कुरा देहभाषा र मुद्राबाट थाहा पाँउछन । खोज्छन, नियाल्छन् । देहभाषा शब्दभन्दा धेरै माथी र शक्तिशाली हुन्छ, सामान्यजनलाइ शब्दमा त १० प्रतिशत ब्यक्तिन पनि कठिन होला । साहित्यकार र कबिहरूलाइ केही सहज होला तर पनि पूर्णाता पाँउदैन् । त्यसैले साहित्य अध्ययन नगर्ने मनुवाले अभिब्यक्तिका सामान्य शब्द समेत पाँउदैन भने हरेक मनोवैज्ञानिकहरू देहभाषा र मुद्रा,पहिरन रङको छनोट, कपाल वा दाह्री जुंगा वा अाखीँभाै. नेत्रभाषा नियालेर धारणाा बनाउछन् । तपाइको बसाइ, प्रस्तुति हाउभाउले ब्यक्तित्व झल्कीरहेका हुन्छ । चित्रकला, मुर्तिकलाका त अझ अभिब्यक्ति उचोँ हुन्छ । पिकासो, लियो नार्दो द भेन्सी, लैनसिह वाग्देलबारे त तपाइलाइ भन्नै परेन । प्राचीन मुर्तीकलाका भाषा बुझ्न त क्षमतामा भर पर्छ । संसारमै कला र संगितका भाषा समान हुन्छन् । उम्दा कोटीका हुन्छन् । कबिका प्रतिक र विम्वलाइ कसरी शब्दले ब्यक्तिन नसक्ने यथार्त चित्रण गर्छन, है । त्यो कबिहरूको क्षेत्रगत विषय हो, म भने कबिताको रस पिँउने पाठक मात्रै हुँ । –म त अभ्यासरत कवि हुँ, हजुर ....लेखक हैन् । मेरो कवितामा किन कमेन्ट न गर्या ? हजुरहरूले सावर्जनिक प्रतिकृयादिँदा त हैाषला बढथ्यो, थप सिक्न पाँउँथे नी । – म गम्भीर रचनाका प्रतिकृया फेसबुकमा गर्दिन । तपाइहरू शब्दमा भन्दा विम्म र प्रतिकमा धेरै सन्देश राख्न सक्नुहुन्छ । लेख्छु । तपाइसंग भेटन पहिला लेख्न खोजीराख्या पनि छु । एटेचमेन्ट भएपछि अालोचनात्मक भाव नभै लेख भावना प्रधान हुन्छ । हो, एउटा मान्छे कबि बन्न धेरै कुराले प्रभाव पार्छ । परिवेश, संबन्ध, एतिहासिकता, संघर्ष, पारिवारिक र सास्कृतिक पृष्टभूमि, सामाजिक सरोकार र अन्तरविरोध, राजनीतिक अवस्था यी सवै जोडिन्छन् । – हजुर, धेरै पहिले मेरो दाईले मेरी वहिनी लेखेरै मात्र पनि बाच्न सक्नेमान्छे हुन भन्नू हुन्थ्यो । तर म सस्तो लोकप्रियता रुचाउदिन, प्रेम प्रीतिका साधन बनाउदिन साहित्यलाई । आजकाल के भयो लेख्न थाले प्रेमिल कथा कविता ....राजा छक्क छन् । –म समीक्षक नभै कबिताको गम्भीर पाठक भने हुँ । कबिता र कबि प्रतिको न्याय विवेकसम्मत हुँन पर्छ । त्यो परिचित वा अाफन्तले निर्धारण गरिनु हुँदैन । अझ प्रंससाका पुलहरू या त चाकरी हुन्छ या शब्दको हुर्मत काढेर मुर्खता प्रदर्शन । हरेक लेख वा कबिता समयका हस्ताक्षर भएकाले अहिले कबिता लेखका रूप फेरिएका हुँन सक्छन । –तर आलोचनात्मक चेतलाई हेर्ने दृस्टि औलामा गन्ने मात्र छन् नि त । सबैले प्रचार हेर्छन् हैन, र ! सर ! समीक्षकले के भन्ला भनेर कबि कबिता लैख्दैनन् । कबिता र लेख, साहित्य पछिपछि मात्र समीक्षक रहन्छन्र । प्रचार त सस्तो र कमजोर नटिक्नेका गरिन्छ । –हाम्रो समाज त उपभोक्तबादमा गै सक्यो । त्यो त हो, म कविता त तिन्को लेख्छु तर पढुन भन्छु बिद्दोत बर्गले, जस्को खातिर कविता लेख्छु तिन्ले त पढ्नै पाउदैनन् । – हो, यो बजारले रजाँइ गरिरहेको समयमा बिज्ञापनले मान्छेका दिमाग नियन्त्रण गर्ने भएकाले प्रचारमा उपयोगिता हेर्न थालिएको मात्र हो । अहिले पठन संस्कृति कम छ । कतिपय शिक्षित अरूको पढदैनन्, सर्टकट रिफ्रेन्स हेर्छन् । गुगल वा सर्च इन्जिनमा भर पर्छन् । तर जिज्ञाशुजन वा वैाद्दिकहरू भने कस्ले के लेख्या रहेछ भनेर नियालीरहेका, खोजिरहेका हुन्छन् । उनका नजरमा पठनिय सामाग्रीभने समीक्षक भएर पनि पुग्ने गर्छ, पुर्याउने गर्छ । मेरो बुझाइमा कबि समयको, सन्दर्भको चेतनाको वाणी हो । कस्ले पढला, कस्ले कति प्रशंसा गर्ला भनेर कहिल्यै लेख्दैन् । तर युगको अावाज भने घन्काइरहन्छ । कहिलेकही सोच्ने पनि गर्छु – यो वैश्य युगमा कबिता वा साहित्य नभएको भए मानवहृदय कतै संवेदनारहित बन्जर मरूभूमि त बन्दैनथ्यो । –कवि र कविता बिचको पुल तिनै हुन जस्मा चढेर असङ्ख्य कवि भए तर ती पुल सदै पुल नै रहे दुख्ख एस्मा छ । उनीहरूकोमा या त पुग्दैन्, पुग्ने सक्दैन् अथवा ती संवोधित पात्रलाइ कबितासंग सरोकार हुँदैन्, भोकसंग, रोगसंग सरोकार हुन्छ । –त्यहित, – नफेरिएको नीति । –हाम्रो सास्कृतिक चेत र वर्चश्वशाली समूहको राजकियसोच हाम्रा पठन संस्कृतिमा देखिन्छ । हामी हरेकले एकअर्कासंग सिक्न सक्छाै, प्यास कति छ ? जिज्ञाशा कति छ भर त्यसैमा पर्छ । –कैयौं भानुभक्त जन्माउने घासिहरु अझै पर्खिरहेछन परिवर्तन । भानुहरु पुज्य भए तर फेरिएन घासिको फाटेको कमिज । –पक्कै हो । फर्केर हेर्नुस र अाफैँलाइ समीक्षा गर्नुस् । कसरि कबिता लेख्न थालियो ? कसरी प्रतिरोधी चेत पलाए ? कसरी चुलोचाैकाबाट देश र दुनिया नियाल्ने क्षितिज चाैडा भए ? कसरि ठाकुरेसंग पाैठाजोरी खेल्ने हिम्मत बढयो ? चश्मा फेरिए, संसार अर्को देखिन सुरू भए । कला,गला र क्षमता विकास भए ? अाफैलाइ नियाल्नुस त । सोच्नुस त । त्यो अवस्था, परिवेश । – मेरि आमा ! ओ –एक कम्पिट मान्छे बन्न खाएका हण्डर, तुहिएका सपना, मारिएका अाक्इक्षा सवैको एउटा माला गास्नुस त । प्रकृतिका हरेक उपजले भोक र प्यास त मेटेकै हुन्छन् तवमात्र हाम्रा मित्रताका अर्थ रहलान, नत्र फेसबुकियाभन्दा हाम्रो हैसियतमा के फरक होला र ? संवेदनशील र चेतनशील प्राणी बीचको फरक के हो ? अझ सामाजिक जिम्मेवारको भूमिका, दायित्व र अवस्थामा अाफूलाइ राखेर सवै रिलेसनसिपको स्वसमीक्षा गर्नुस त । यि ठट्टा र समय कटाउने बाहाना हैनन्, बन्न पनि हुँदैन् । जवरजस्ति लेख्दै नलेख्नुस, जव लेख्नुस् दील र दिमाग छताछुल्ल पारेर लेख्नुस् । मन बहलाउन नभै जीम्मेवारी वहनकालागी लेख्नुस् । संघार काटियोस, पर्खाल छिचोलियोस, दुश्मनको छाती चरचर चिरियोस । भुत्ते कर्दले न रेटेझै बोधो कलम उठाँउदै नउठाउनु । उपदेश हैन यो । –साथिलाई चेतावनी ! – नो नो ...चेतावनी भनेर बुझ्दा ममाथी अन्याय हुन्छ । म को हुँ, चेतावनी तपाइलाइ दिने ? के हक छ ? के ठेक्का लिएको छु र ? यस्लाइ मित्रवत सल्लाहा मात्र मान्नुस्र वा भन्नुस् । –मत चेतावनी नै मान्छु । (अाज विराज र सन्तोषराम सर पुरापुर लयमा रहेछन् । अन्यदिनकोभन्दा फरक । अविरल बग्ने हिमनदी झै बग्दै गए । त्यसमा सल्लाहा थिए, सुझाव थियो, परिपक्कताका झलक देखिन्थे । सोचीँ –समुन्द्रले सवैलाइ सजाएको छ मणिलाइ पनि, गन्दकीलाइ पनि । छान्ने क्षमतामा भरपर्ने हो नी )

Tuesday, September 29, 2020

दुइ अकबिता

जव गैडाछापेहरूलाइ छुदैन, मेरो युग र वैंसले तिरेको मोल ख्याल हुँदैन् तव भत्काउनुपर्छ शालीनताका पर्खालहरू, चिच्याउनु पर्छ सहिदले चिहानबाट, बमबार्ड गर्न सक्नु पर्छ अालिसानका दरवार । पृययतमा, यदी तिमी गर्न सक्दिनाै भने तिम्रा हिजाका दिन पाल्सी हुनेछन, त तिम्रा प्रेम बेश्या गमन हुनेछ चिच्याउ.... फोरिदेउ ती पर्खाल सालिनताका । ००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००० हे विरंगना, म एक यस यूगको अभ्रद्र मान्छेसंग अादर्शका माग नराख जो सच्चा माग र सुन्दर संकल्प हुन् पछि बुझ्ने छैा । न माग मसंग शलिनताका शब्द, मलाइ चिच्याउन देउ म एक सभ्य समाजको परित्यक्त मनुवा तीमी कबिताकी खानी , म त फगत, एउटा कलम ।

कोरोना

अगर यह मेरी मा होती अाँचल में छिपाकर, लोहोरी सुनाती भुखे रहकर पी, रोटी खिलाती अगर अब्बा होते सर पे एक मजवुत छत होता अगर मेरा भाइ होता, मै चट्टानी पाहाडो से टक्कर लेता अगर यह महबुवा होती अपने गरम काख मे लेकर, एक लम्मा चुम्मा देती मगर यह करोना है, करूणा नही न यह रोना देता, न हस्ना देता ।

सावधान, सावधान सावधान.

सावधान, सावधान सावधान. .................................... सम्झना कामीका चित्कार सुँन् सावधान...... छोरीका बाउअामा, नातिनि हुँने हजुरवा, हजुरअामाहरू, दाजुभाइ, मामाहरू, श्रीमानहरू, ब्यइफ्रेन्डहरू, सावधान, अझ तिमी गरिव असक्त र समाजमा पाैठाजोरी खेल्न असक्षमहरू अझ दलित बाउअामाहरू तिम्रा अाफन्त बलत्कृत मात्रै हुँनेछैनन्, मारिने पनि छन् । विष्टहरू मख्ख नपर निमर्लाहरू वल्त्कृतमात्रै हुँदैनन् , मारिन्छन् । धनाढय सुन्दरीहरू, मख्ख र सुरक्षित नसोच कोही कामुक नरपसु पिछा गर्दै सिसीमा तेजाव लिएर सडकमा हल्लिरहेको हुँन सक्छ । हो, अाफु सुरक्षित छ, अर्काबारे किन बोल्ने भन्नेहरू तिम्रा माैनता, तिम्रो दुदर्सा निम्त्याइरहेको हुनेछ तिम्रा कलिला मुनाहरू फेरी निभोठिने छन् लक्ष्मी चँदारा, दुतिया रसाइली,,आकृती राई। किशोरी माया बिक अंगिरा पासी बनेर । विष्टहरू, सरकारज्यू प्रतिदिन ६ को बलात्कार (बिबिसी भनाइ)हुँने देशमा तिमी भने सुरक्षित हाैला ?

उज्यालोलाइ जोगाँउदा

बत्ति र अध्याराबीच माहादुश्मनी हुन्छ । अध्याराका मतियार उज्यालोलाइ तोप हान्न कस्सिन्छन । सधै अाैशीँको रातको भाकल गर्नेहरू उज्यालोदेखी तर्सन्छन, फिलुङ्गा होस् या दन्केको राँको, टुकी होस् या लाल्टेन वा विजुली दिनको उज्यालो वा पुर्णीमाका रातसंग। ती चम्किला अाँखा र उज्वल मुहारसंग पनि अातिन्छन । सवैखाले उज्यालोसंग अातिन्छन । अध्यारोले पनि मोहनी लगाँउदो रहेछ, हो, कुनैदिन ज्वाला उकेल्ने पनि फेरिएपछि मशाल निँभाउछन । हो, पहिलो पटक उज्यालोको साहारामा ममतामयी अामालाइ देखीँ। प्यारले गाला समसुम्याउने पुत्रमोही पितालाइ देखीँ । कागजमा लेखिएका शुन्दर शब्दहरू यही टुकीकै उज्यालोमा पढ्रदैजाँदा चेतनाले अन्धविश्वास लघार्दै गयाे । त्यही पुल्ठी हो, जस्ले जिन्दगीका हरेक अध्यारोलाइ छिचोल्दै उज्यालोतिर लम्किने दिशावोध गरायो । पुर्खाले अागोको खेती पहिलो अाविस्कार गरे । कसैले सुर्यदेव, अग्नीदेव नाम दिए । हाम्रा पुखार्ले गरेको पहिलो वैज्ञानिक अावस्कार नै अागो थियो । समभ्यताकी जननी। जिन्दगीका उज्याला माथी अाक्रण हुँदै गएपछि मेरा उज्यालो खोस्ने कोशिस भए । मैले अागो लुकाँउदै, अागोको खेती गरीँ । हरेक पल्ट टुकी निभाउने कोशिसलाइ कहिले छक्याँइ, कहिले अगुल्टो ठोसेँ, दिँउसै मशालका भाकामा उज्यालोका गित गाँए । कहिल मैले अागोलाइ भकारीभित्र लुकाँए । फिलुंगोको शक्ति चिनेपछि अागो लुकाउन सकिन्छ । हावाले निभाइएको टुकी, फेरी बाल्न सक्नुपर्छ । मस्तिकका अागो र उज्यालो सजाएपछि कुनै माइकालालले अध्यारोमा राख्नै सक्दैनन् । त्यसले बरू उनकै डडेलो लगाइदिन्छ । मैले चकमक पार्न जाँनेको छु। मैले भकिमिलो काठ घोटन जानेको छु । निभेको टुकी फेरी बाल्न सकेको छु । मेरो टुकी.............................................. मैले उज्यालो खोज्दाका पुतलीको मृत्यू र अर्कालाइ ज्वती छदाछर्दै पग्लनी मैनबत्तिका शिखा पनि लेखिन । बरू डडेलो लगाइदिने फिलुङ्गका गित गाँए । अंगारको विषय न लेखेँ, न चिस्यान पर्दा अाैकात गुमाउने अभागी फिलुंङ्गाका कै गित गाँए

मित्र संवाद ४

(पाँचदशकदेखीका अाफन्त, कमरेड,साथी, चेला र गुरू । लडछाै, रून्छाै हास्छाै,ठुस्सिन्छाै गुम्सिन्छाै । देश र दुनियावारे गम्भिर छलफल हुन्छ । उनीसंग ४ दिनदेखीका गुडमर्निङ यसरी भए ।) -छोरा सम्येकले कम्युनिस्ट घोषणापत्र को रिभ्यु लेखेछ । यस पुस्तक समीक्षा गर्न गाह्रो छ। यो मेरो दृष्टिकोण हो । मैले कसैलाई अपमान गर्न चाहेको छैन। म सहमत छु कि मानिसहरू बीच वर्ग संघर्ष छ। पूंजीपति वर्ग र सर्वहारा वर्गको केवल दुई वर्गमा मानिसहरूलाई विभाजन गर्नु राम्रो मोडलको साथ शुरू गर्नुपर्दैन। मलाई लाग्छ मानव समाज जटिल छ र पूँजीपति वर्ग सर्वहारा वर्गमा विभाजित हुन सक्दैन र हुनु हुँदैन। पुस्तकले बुर्जुवा वर्गलाई दुष्ट वर्ग र सर्वहारा वर्गको रूपमा धर्मीको रूपमा चित्रण गर्दछ तर यो सत्य होइन। यो सत्य होइन । बुर्जुवा वर्गले पनि आफ्नो सम्पती सही काममा प्रयोग गरेको हुन सक्छ । "कम्युनिष्ट जस्तो धनी नभएसम्म"। भनेर जोक गरिएको यस पुस्तकले समाजमा समस्यालाई प्रकाश पार्छ जुन समाधान गर्न आवश्यक छ तर ती समस्याहरू समाधान गर्न सही बाटाहरू होइन। सर्वहारा पनि सम्पति र अवसर पाउँदा अवसरवादी हुन सक्छ र बुर्जुवाले पनि सम्पतिलाई मानब भलाईमा प्रयोग गर्न सक्छ । मैले भन्न चाहेको कुरा भनेको मानिसहरुको आर्थिक र वित्तीय अवस्था अनुसार सम्पूर्ण मानव सभ्यता धेरै जटिल छ लेबल गर्न सकिदैन। जबकि यो सत्य हो कि सामाजिक अन्याय र धन असमानता एक गम्भीर समस्या हो जुन समाधान गर्नु आवश्यक छ तर म यस पुस्तकले प्रस्ताव गरेको समाधानसँग सहमत छैन। मैले पुस्तक पढे पछि त्यही पुस्तकको तल टिप्पणी गर्न अनुरोध गरे पछि । पढ्न मात्र होइन लेख्न थालेको छ । तपाईं पनि छ्लफल गर्नुस् । (अाैचित्यहीन माहाधिवेसन लेखको मेरो स्तम्भमा प्रतिकृयादिदै भने) तपाँइको लेखमा प्रतिगमनको कुरा आएन । कर्मकाण्डी र यथास्थितिको कुरा लेख्नु भो तर महाधिवेशनको गलत निर्णयले ऎतिहासिक पार्टी प्रजापरिषद र २०१५ सालमा प्रमुख प्रतिपक्षी बनेको गोर्खादलको अस्तित्व नामेट भयो । दुनियाँका ठुलो शत्तिशाली पार्टी विघटन भएको त्यसमा पनि माओवादी केन्द्र हेटौंडा महाधिवेशनले भुत्ते पार्टी बनेको । यता ओली आए पछि अहम्कारले केन्द्रिय समितिको मिटिङ्ग्ग पटक पटक सरेको । सत्ता स्वार्थले बाम एकता भएको कुरा जादै गएन । बिषय गहन भए पनि लेख दमदार किन भएन ? भारतको काङ्ग्रेस आइ को कुरै आएन ।एकता केन्द्रबाट माओवादी बनेको कुरा आएन =सन १९२८को चीनी कम्युनिष्टको माहाधिवेशन वाङमिग प्रसंग पनि अाएको छैन ।गान्धीले काग्रेस विघटन प्रस्तावबारे अन्यन्त्र बोलेको छु । केपीजीले बिजयकुमारलाइ बालकोटमा दिएको अन्तरवार्ता सगेटनुपर्छ । फरक अाएका छन,अरूले उठाउने भन्दा पक्कै पनि फरक।उठाउने छु पनि ।म स्वसेन्सरका केही कारण भने छन ।जो बोल्न नदिने ।मैले बामदेवको ध्वस्त ,अदालती भूमिका, प्रचण्ण र केपीले तिर्घा ठटाएका । अब नयाँ चाल अदालत र अख्तियार बन्ने ।प्रचण्डलाइ मर्न पनि नदिने, बाच्न पनि नदिने प्रसंग सविस्तार गरेको छैन् । -नयाँ पुस्ता टुप्पी कसेर पढ्दै छ । त्यो पनि अनलाइन भित्र पसेर । उदाहरण सम्येक हो । उसका कलेजका धेरै साथीहरू छ्न रे =यनजियो जस्तै हुँन शास्त्रिय अध्ययन ।अध्ययन सामाजिक भूमिकामा उत्रिनुपर्छ । तनाव र महत्वकाक्षालाइ सामाजिक अान्दोलनमा खोजिनु पर्छ । सवभन्दा ठूलोकुरा यूवाहरूले राजनीतिक हस्तक्षेप गरेन । जहाँ हस्तक्षेप देख्दैछु, त्यो दक्षिणधारामा बढदै छ । अाखिर दक्षिणधाराले पहिचान त खोज्छ, त्यसकोलागी घृणा अाधार हो र फासीवादको जनक हो । त्यो कहीँ धर्म, संस्कृति, जाति,भाषा,रंग, प्रवासी प्रति घृणा र नक्कलमा सत्रु खोज्दैछ । -हेर्नुस् ओलीको शरण नपरे अब प्रचण्ड महाधिवेशनबाट सिध्याइन्छ । उसले जान्ने हो भने बामदेव माधवलाइ लिएर पार्टी फोर्नु पर्छ । बिप्लब र किरणसङै मिल्दा अर्को उत्शाह आउँछ ।त्यो खेलको लागि भुमिका खेल्नुस तपाईं ।आजै देखि लाग्नुस ।यसरी हुन्न ।आखिर तपाईंको जिन्दगी कम्युनिस्ट पार्टीमा बित्यो,अझै प्रचण्डकोबारे आलोचनात्मक प्र उठाउनुस्र । लेख्नुस । संघर्षको एउटा बास्तविकतालाइ जहिल्यै अपमान गर्ने त्यत्रो बलिदान र आहुतीको अवमूल्यन भएकोदेख्दा कसरी चित्त बुझ्छ, प्रचण्ड ? भनेर प्रश्न गर्नुस् । महाभारत सत्यको युद्ध थियो भाइ भाइको । =ठिक बोल्नु भो । साथी र गुरू भएर ।स्वागत । अाजको लेखबारे सुन्दर कुरा राख्नु भो । -तपाईंलाइको खानपानलाइ ध्यान दिनुस । त्यसले ब्यक्तित्वमा असर पार्छ । १२ मसला एक पोटी लसुनले स्वाह पारेको तपाईंलाइ भन्नै पर्दैन । ब्याक्तित्वलाइ अझै समय छ । सूत्रबद्ध रूपमा सुत्रधार बन्नुस । बेला यही हो । एक शब्दमा लेख्नुस जस्ले महरालाइ फसायो आज बामदेवलाइ फसायो । बाम एकताको श्रेय जाने बामदेव र नारायणकाजी हराउने तत्त्व पनि त्यही हो । भन्नुस सबैलाइ हातलिदै भेट्दै गर्नुस् ।कुरा यहि हो ।गर्ने नगर्ने तपाईंको कुरा ।ल गीत सुन्नुस =म सत्तादाैडमा अब लाग्दिन । मैले प्राज्ञिक काममा समर्पण हुनुपर्छ । चाकर, चतुरे बनेर नभै मैले समयको गित लेख्नुपर्छ ।दुखः त हुन्छ तर सन्तुष्ट हुइन्छ । -होइन होइन =म ज्यादादेखी ज्यादा मन्त्री बनाैला तर मैले त धेरै प्रधानमनी नै देख्या छु -तपाईं लाग्ने होइन त्याग गर्नुस, अर्को कोर्ष थाल्नुस । के त्याग गरेको छु र ।बाम एकता अर्को पनि यसरी हुन्छ भनेर । =बाम नै नभएका मेरो अन्तरमनको विश्वास कसरी बाम एकताको अभ्यास गराै ।हो,तपाइले भनेका बाम छैनन्, फर्कननसक्ने ठाँउमा पुगी सके । -ए खेल सकिइगो नि =ए खेल सकिइगो नि ।म खेलाडी नभाले खेलको सुरू वा अन्त वा सकियो थाहा पाँउदिन । त्यो या रेफ्रीले या खेलाडीले थाहा पाउने कुरा हो । म जेकोलागी जन्मिएको हुँ त्यो कर्म निभाउदै छु ।मलाइ थाहा छ, मृत्यू संघार मा छ, गर्नु पर्ने धेरै छ । । तव कसैको अँाड किन मल्नु ? मरकसबाबालाइ मुद्दा किन नदिने । यो फिराद पत्र हेर्नुस . केशर बाैलाहा बन्नका कारण । सावधान, सावधान सावधान. .................................... सम्झना कामीका चित्कार सुँन् सावधान छोरीका बाउअामा, नातिनि हुँने हजुरवा, हजुरअामाहरू, दाजुभाइ, मामामाइजुहरू, श्रीमानहरू, ब्यइफ्रेन्डहरू, सावधान, अझ तिमी गरिव असक्त र समाजमा पाैठाजोरी खेल्न असक्षमहरू अझ दलित बाउअामाहरू तिम्रा अाफन्त बलत्कृत मात्रै हुँनेछैनन्, मारिने पनि छन् । विष्टहरू मख्ख नपर निमर्लाहरू वल्त्कृतमात्रै हुँदैनन् , मारिन्छन् । धनाढय सुन्दरीहरू, मख्ख र सुरक्षित नसोच कोही कामुक नरपसु पिछा गर्दै सिसीमा तेजाव लिएर सडकमा हल्लिरहेको हुँनसक्छ ।्र हो, अाफु सुरक्षित छु, अर्काबारे किन बोल्ने भन्नेहरू तिम्रा माैनता, तिम्रो दुदर्सा निम्त्याइरहेको हुनेछ तिम्रा कलिला मुनाहरू फेरी निभोठिने छन् लक्ष्मी चँदारा, दुतिया रसाइली,, आकृती राई किशोरी माया बिक अंगिरा पासी बनेर । विष्टहरू, सरकारज्यू प्रतिदिन ६ को बलात्कार (बिबिसी भनाइ)हुँने देशमा तिमी भने सुरक्षित हाैला ? -भावनात्मकले रचेको शब्द संयोजन =सावधान छोरीका बाउअामा, नातिनि हुँने हजुरवा, -नातिनी देखेर हो । नत्र त्यति भावनात्मक होइन । =पक्कै हो ।हो, सम्झनाका हजुरवाले परदेशमा रहेको वाउअामालाइ खवर दिए, अाँउदैछन । -हजुर । -तपाइ यो वा भ्रष्टनेता नङगा छन भन्ने लेख्नुहुन्छ । कारणबारे लेख्नुस । कारकपक्ष खुटयाएर प्रतिकारमा अाफना पाठकलाइ भूमिकमा उतार्नुस । म यस्ता बिस्न्या कुण्ठाकुरा सधै तपाइबाट नअाअावस भन्ने चाहान्छु । यसमा तपाइको मनोविज्ञान बोलेको हुन्छ । उठनुस् माथी । उठनुस् ।खेल खतम भएको छैन । हुँन दिन पनि हुँदैन । जानकारी राख्दा राम्रो होला भनेर -तपाक्इ यिनैको चाकरीमा हाैस्याउदै हुनुहुन्थ्यो । बोलेरो गाडि नै ४३छ हैन ? -म मेरो अडानमा छु । कुरा तपाईंको बुझे तर अहिले को कस्तो अवस्थामा छ्न मलाई थाहा छैन। म भिमार्जुन को कुरामा सहमत ।आलोक प्रवृत्ति बल्ल शुरूवात भएको छ । -हो, मलाइ थाहा छ, मृत्यू एकदम नजिक छ । मलाइ मेरो म ले कसैको चाकरी नगर भन्छ । त सिकन्दर बन्नेवाला छैनस् । इतिहासको अपेक्षा नगर । धन्यवाद कोरोना, दृष्टिपटल तैले खोलिस् ।अहंकार, तुजुग कुन्ठाका अर्थ बुझाइस -बुझे,धेरै कुरा बुझेको छु ।जस्तो लाग्छ तपाईंबारे -बुझाएर माहापन्डित मलाइ बन्नु छैन । -यो गर्नु पर्छ र ? -उनिहरूले मेरो मार्गनिर्देशन अब गर्दैनन । उनीहरू मेरा अब नाइके र मालिक हैनन् -पागल,मेरा त न थिए न छ्न ।सास्कृतिक रूपमा जुन दिन चोरीका गाडी चढे । सकियो को थियो माओवादी । गाडी नम्बर २०५२ पहिलो गाडी हाहा । हाहा । - मिस्टर डिके झन्डै एक्सिडेन्ट् रे -केहिदिन पहिला ? आज फ़ेरि । -अज हैन होला । अहिले मान्छेहरू कतिले सम्झे बिर्से भनेर गन्न पनि फेसबुक साहारा लिन्छ । प्रतिवद्दताहीन स्टयाटस लेख्छन । कुन्ठा र कामना छादछन । सत्रु खुइल्याइ, इस भन्दै पनि लेख्छन । यो मनोरोगको उम्दा उपचार बन्या छ । -हेहे, सबै कुण्ठा पोखिन्छ्न यहाँ। -डिभोर्षपछिको एकल जीवमा निराशाका अोषती खोजिन्छन । जव बढि भएको,छचल्किएका चिज पोखिन्छन तव मान्छेले शान्त हुँन पाँउछ पक्कै खोजिरहेका हुँनसक्छन ।त्यो पनि हुनसक्छ हामी किसानपुत्रले खेतका गरामा समा राखेको देखेका, भोगेका छाै । अाली नढल्न समा राख्नेकुरा र अाली नढल्ने । प्रोफायल फोटो टास्नुपछि त्यो कसैवाट माया र प्रेमको अपेक्षा पनि हुन सक्ला । लाइक र कमेन्ट अपेक्षा मनोविज्ञानमा अाफनु सामाजिक हैसियत खोज्ने मानिस त देख्छाै नी । डा बाबुराम भटटराइ र रबिन्द्र मिश्र, रबिलामीछानेका फलोअर निजी जिन्दगीमा पार्टी हैसियत नियालाै त । -होला -सम्झे, है अाफन्ती -हिजो त कुरै भएन त ? -खै, के भो ।अनि काममा जाँने हैन ? -आज बिदा हो । सोमबारे ब्रत । सोमबारे वाहा -सके लेखेर -मैले लेख्या छैन, पैसा लिन गा, एकाउन्ट बन्द छ भन्यो । म तपाइकालेखमा केही थप भन्न चाहान्छु । -हजुर मर्जिहोस -१) माहाभारत अत्यन्तै गम्भीर वैदिक साहित्य हो, यो धर्म, भगवान जस्ता प्रतिकबाट तपाइ पनि मुक्त हुँनु भएन । २) वैदिकसाहित्यलाइ इतिहास झै मान्नु भो । ३) अन्धविश्वासलाइ लेखबाट अाैचित्य प्रदान गर्दैहुनुहुन्छ । ४) कृष्णलाइ ब्यासले दार्शनिकका भूमिकामा, युद्द ब्यहुरचनाकारका रूपमा उभ्याए, तर भगवान इश्वरको रूपमा तपाइ अझ ब्याख्या गर्दैहुँनुहुन्छ ।सम्बभ छ ? ५)मिडिया र लेखकहरू तर्क, कारक र कारण परिणामप्रति अालोचनात्मक चेत राख्न प्रेरित गर्नुभन्दा अन्धविश्वास फैलाउन तपाइको कलम प्रयोग हुँनुहुँदैन् । ६)तपाइ र अरूमा यही फरक छ । हुँनुपर्छ । ६)सामान्ति समाज र साहित्यमा पञ्चकन्या यथार्तमा बेश्या थिए ।तर वर्चश्वशाली तप्काबाट अाएकाले नायिका भनियो, वैदिक लेखकहरूले । -मैले भगवान । इस्वर । देवता । भनिएका भनेको छु । ऊनीहरुको सम्वादलाइ उतारेको छु । मैले खुद भनेको छैन । -एकपटक अाफ्नै लेख फेरी पढनुस ।तपाइ विचार र अभिब्यक्तिको दन्दको बीचमा फस्नु भा छ । कृष्णलाइ भगवान,अरूलाइ माहाराजा र कुन्तिको सैान्दर्यचिन्तन -पाठकलाइ रोचकताको लागि कथा पनि उतारेको छु । -रोचकतामा अन्धविश्वास र अवैज्ञानिकता छ । लोकपृयताले कलम डोरिनु हुँदैन । तन्त्रमन्त्र, मोहनी, स्राप,अाशिस र वरदानको महिमामन्डन गरिनुहुँदैन । उफ ।सुनको थालीमा अाचीको थुप्रो नपस्काै -मैले धेरै सजकता अप्नाएको छु । तपाईंको सुझाव र सल्लाहलाइ झन् आत्मसात पक्कै गर्नेछु -वैदिक साहित्य र कृषी उत्पादनमा सामन्ती साैन्दर्यशास्त्रला हामी इतिहास र धर्म भन्छाै त्यही चिन्तनको गडबड हुन्छ ।सुनको थालीमा अाचीको थुप्रो नपस्काै -आहा । -हो नि हो,भनेको ।तपाइ ब्यक्ति नभै ब्यक्तित्व हो,जो कस्तुरीले बिना थाहा नपाएको सन्जिव उप्रेतीले बजारमा अर्को तरंग ल्याए । हो, पक्कै एकैपटक २ सिकार ।उनि उत्तरअाधुनिकवादका नेपाली प्रवक्ता । कम्युनिषट अावरणका ढोगीलाइ ध्वस्त गरे ।अर्को बजारमा अाफ्नु बिज्ञापन गरे । मेरी साथी निभाका असल साथी हुँन । - हजुर ।मान्छे योजना बनाएर बिज्ञापन गरे । किताब झन बिक्ने भो । मलाई उनको शैली मन पर्छ । -हजुर पक्कै हो ।२ सिकार ।हंशको विमोचनमा गा गा थिँए । तपाइको स्टयाटसले लेखायो । धन्यवाद , अाभार । -बत्ति र अध्याराबीच माहादुश्मनी हुन्छ । अध्याराका मतियार उज्यालोलाइ तोप हान्न कस्सिन्छन । सधै अाैशीँको रातको भाकल गर्नेहरू उज्यालोदेखी तर्सन्छन, फिलुङ्गा होस् या दन्केको राँको, टुकी होस् या लाल्टेन वा विजुली दिनको उज्यालो वा पुर्णीमाका रातसंग। ती चम्किला अाँखा र उज्वल मुहारसंग पनि अातिन्छन । सवैखाले उज्यालोसंग अातिन्छन । अध्यारोले पनि मोहनी लगाँउदो रहेछ, हो, कुनैदिन ज्वाला उकेल्ने पनि फेरिएपछि मशाल निँभाउछन । हो, पहिलो पटक उज्यालोको साहारामा ममतामयी अामालाइ देखीँ। प्यारले गाला समसुम्याउने पुत्रमोही पितालाइ देखीँ । कागजमा लेखिएका शुन्दर शब्दहरू यही टुकीकै उज्यालोमा पढ्रदैजाँदा चेतनाले अन्धविश्वास लघार्दै गयाे । त्यही पुल्ठी हो, जस्ले जिन्दगीका हरेक अध्यारोलाइ छिचोल्दै उज्यालोतिर लम्किने दिशावोध गरायो । पुर्खाले अागोको खेती पहिलो अाविस्कार गरे । कसैले सुर्यदेव, अग्नीदेव नाम दिए । हाम्रा पुखार्ले गरेको पहिलो वैज्ञानिक अावस्कार नै अागो थियो । समभ्यताकी जननी। जिन्दगीका उज्याला माथी अाक्रण हुँदै गएपछि मेरा उज्यालो खोस्ने कोशिस भए । मैले अागो लुकाँउदै, अागोको खेती गरीँ । हरेक पल्ट टुकी निभाउने कोशिसलाइ कहिले छक्याँइ, कहिले अगुल्टो ठोसेँ, दिँउसै मशालका भाकामा उज्यालोका गित गाँए । कहिल मैले अागोलाइ भकारीभित्र लुकाँए । फिलुंगोको शक्ति चिनेपछि अागो लुकाउन सकिन्छ । हावाले निभाइएको टुकी, फेरी बाल्न सक्नुपर्छ । मस्तिकका अागो र उज्यालो सजाएपछि कुनै माइकालालले अध्यारोमा राख्नै सक्दैनन् । त्यसले बरू उनकै डडेलो लगाइदिन्छ । मैले चकमक पार्न जाँनेको छु। मैले भकिमिलो काठ घोटन जानेको छु । निभेको टुकी फेरी बाल्न सकेको छु । मेरो टुकी.............................................. मैले उज्यालो खोज्दाका पुतलीको मृत्यू र अर्कालाइ ज्वती छदाछर्दै पग्लनी मैनबत्तिका शिखा पनि लेखिन । बरू डडेलो लगाइदिने फिलुङ्गका गित गाँए । अंगारको विषय न लेखेँ, न चिस्यान पर्दा अाैकात गुमाउने अभागी फिलुंङ्गाका कै गित गाँए । बत्ति र अध्याराबीच माहादुश्मनी हुन्छ । अध्याराका मतियार उज्यालोलाइ तोप हान्न कस्सिन्छन । सधै अाैशीँको रातको भाकल गर्नेहरू उज्यालोदेखी तर्सन्छन, फिलुङ्गा होस् या दन्केको राँको, टुकी होस् या लाल्टेन वा विजुली दिनको उज्यालो वा पुर्णीमाका रातसंग। ती चम्किला अाँखा र उज्वल मुहारसंग पनि अातिन्छन । सवैखाले उज्यालोसंग अातिन्छन । अध्यारोले पनि मोहनी लगाँउदो रहेछ, हो, कुनैदिन ज्वाला उकेल्ने पनि फेरिएपछि मशाल निँभाउछन । हो, पहिलो पटक उज्यालोको साहारामा ममतामयी अामालाइ देखीँ। प्यारले गाला समसुम्याउने पुत्रमोही पितालाइ देखीँ । कागजमा लेखिएका शुन्दर शब्दहरू यही टुकीकै उज्यालोमा पढ्रदैजाँदा चेतनाले अन्धविश्वास लघार्दै गयाे । त्यही पुल्ठी हो, जस्ले जिन्दगीका हरेक अध्यारोलाइ छिचोल्दै उज्यालोतिर लम्किने दिशावोध गरायो । पुर्खाले अागोको खेती पहिलो अाविस्कार गरे । कसैले सुर्यदेव, अग्नीदेव नाम दिए । हाम्रा पुखार्ले गरेको पहिलो वैज्ञानिक अावस्कार नै अागो थियो । समभ्यताकी जननी। जिन्दगीका उज्याला माथी अाक्रण हुँदै गएपछि मेरा उज्यालो खोस्ने कोशिस भए । मैले अागो लुकाँउदै, अागोको खेती गरीँ । हरेक पल्ट टुकी निभाउने कोशिसलाइ कहिले छक्याँइ, कहिले अगुल्टो ठोसेँ, दिँउसै मशालका भाकामा उज्यालोका गित गाँए । कहिल मैले अागोलाइ भकारीभित्र लुकाँए । फिलुंगोको शक्ति चिनेपछि अागो लुकाउन सकिन्छ । हावाले निभाइएको टुकी, फेरी बाल्न सक्नुपर्छ । मस्तिकका अागो र उज्यालो सजाएपछि कुनै माइकालालले अध्यारोमा राख्नै सक्दैनन् । त्यसले बरू उनकै डडेलो लगाइदिन्छ । मैले चकमक पार्न जाँनेको छु। मैले भकिमिलो काठ घोटन जानेको छु । निभेको टुकी फेरी बाल्न सकेको छु । मेरो टुकी.............................................. मैले उज्यालो खोज्दाका पुतलीको मृत्यू र अर्कालाइ ज्वती छदाछर्दै पग्लनी मैनबत्तिका शिखा पनि लेखिन । बरू डडेलो लगाइदिने फिलुङ्गका गित गाँए । अंगारको विषय न लेखेँ, न चिस्यान पर्दा अाैकात गुमाउने अभागी फिलुंङ्गाका कै गित गाँए । -धन्यवाद , तपाइको अाजको टुकी स्टयाटस । उफ , मेरीअाफन्ती त्यसै फलामबाट स्पात बनेकी हैनन्, अपमानबाट अहंकारी बनेकी हैनन्, एक्लै पनि बाच्न सक्छु भन्ने हिम्मति तयसै भएकी हैनन उनले खल्ली खाइन स्वभिमानी अामा बनेर छरिन, सन्तनालाइ स्नेह तर.........। -म हिजो टुकी देखेर आश्रुधारै भो । मैले लुकेर सबैलाइ तिम्रो बिगत के छ सोधे । म बिगत कथामा लेख्ने भए । -निभेको टुकीमा कस्ता कथा लेखिएला । फेरी बाल्नुसन टुकी (पुल्ठी) -टुकीलाइ पनि घर अनुसार औकातको हुन्थ्यो म नमर्दै देशमा अाउनुस न भान्जो । मलाइ हिजो हर्ट दुख्यो । धन्य एस्पृन रहेछ पिल्ज । के भएको ? छाती अचाक्ली दुख्यो। कतै सुर पाइन । रक्सी केहीदिनदेखी खा थिन । एकाएक एस्पृन याद अायो । खाँइ । सुतीँ । । बिकासको सासुको दिदी बितेकाले पाटन अस्पताल गा थिए ।२ बजे अाए । अहिले कस्तो छ? अहिले ठिक छ । कमजोर फिल भा छ । टुकीले उज्यालो छर्यो, भान्जो देखाउनु भो ? । अाज जाँन सक्दिन ।भोली जान्छु मुटुको कुरा सुल जस्तो होइन क्या । यही कुरामा हामी पछि छौ ? कमसेकम प्रेसर चाल त हेर्नुपर्छ । हुन त हजुर मेडिकल चलाउनु भएको हो नि होइन ?

मित्र संवाद ३

(४ दशक हो, हाम्रो चिनजान । उनी सशक्त कलमका धनी हुँन । कबिहरू ज्यादा भावनामय हुन्छन् । भावना छल्कने परिवेस बन्छ, परिस्थितले मान्छेलाइ अावेगमय बनाँउछ । ती कबिता,निवन्ध, कथा,उपन्यास भएर पोखिन्छन् । कहिलेकही व्यक्तिगत संवादमा पनि झल्कन्छ । पात्र कुन अवस्थावाट गुज्रिरहेका वेलाका तरंगित भाव हुँन्, त्यो ननियाली उस्लाइ चिन्न गाह्रो हुन्छ । अाजको गुडमर्निङ पनि त्यस्तै भयो ।) जीवन,आयाम र ब्योम, ,आफ्नो आँखा र अर्को आंखाको परिभाषित तात्पर्य खोज्नु पर्ने रहेछ । हजुर, अाँखासंग जव दृस्यमान्यतासंग जोडिएपछि नयाँ चश्माले दृष्टिकोण पैदागर्ला । तब धारणा बन्लान ।धारणा बन्नमा समय, अवस्थाले महत्वपूर्ण भूमिका खेल्ला । कतिपय अवस्थामा ती धारणाहरू यर्थार्तवोध नहुँदा गलत निस्कर्ष पनि निक्लेलान् ।तपाइको जीवनअभ्यास भनिराछ, अाक्रोसित हुँन स्वभाविक हो । तर त्यसले उनिहरूलाइ फरक पर्दैन, हामी त्यति अाक्रोसित हुँनुहुँदैन । अर्को कुन अवस्थामा छ भनेर पनि सोच्न पर्ला । जीवन अभ्यासै सहि , चाहिएन । कुनै....,जो थिए तिनै रहेछन । तपाइको विश्वास हो, थप के भनाै र ?म त्यसको अारोप लगाउने निधोमा अझै पुगेको छैन । नत्र उनिले के पाउनु थियो र ?हामी सडकमा छाै, हामीले उनीहरूलाइ केही दिन सक्दैनाै । तर पनि सरोकार राखे ।हामी नपुगी अनुरोध नगरी इन्सुरेन्स गरे ।अाश्वासन दिन पनि विवस थिएनन ।कसैको दवाव थिएन । कानुनी घेरामा रहेनन ।

मित्र संवाद २

मित्र संवाद २ तपाइ दुखःमा पनि मुस्कुराउन सक्नु हुन्छ । अँासुलाइ पिएर कबिता बनाउन सक्नुहुन्छ । पथ्थरलाइ पगाल्न र पानीमा अागो लगाउन सक्नु हुन्छ । एक योग्य मानवसंग सम्बन्धको अपार सुखक्षण तपाइको सामिप्यमा भोगेर धन्य मान्छु ।म कमजोर छु । पीडा पचाउन अाफुमाथी बज्रने अाक्रमणबाट भने तिलमिलाउछु । माैनताका बाँध फुटन थाल्छन, तव म केही पिँउछु । कोही नभएकाले कोही पाएपछि फुर्कन्छन, मात्तिन्छन, पात्तिन्छन । कुरकुरे वैश पलाएको छ । त्यो कहिलेकही छचल्कन्छ, अाफन्तका स्वच्छ तलाउमा । विचार खस्रो हुन्छ, त्यसले यो कमजोरी कहिले कहीँ कबिता र साहित्य बनेर निकाल्छु । प्रेमवहिन संबन्ध वजारमा हुन्छ, ब्यापारीको हुन्छ । कुटीतिक खेल हो । राजनितिका दाउपेच बन्ने गर्छन ।मानविय संवन्धमा भावनात्म सम्बन्धले जीवनका अर्थ निधार्रण गर्छ । विश्वास पहिलो अाविश्कार हो, शक्ति,सुरक्षा र यात्राका । विश्वासले नै प्रतिवद्दता किटन ,लक्ष निर्धारण गर्छ । संंवन्ध कागजमा लेखिएका कबिता हैनन, बन्दैनन ।किन मान्छे भावनामय हुन्छ ?बिर्सने वा सम्झने सामान्य खेल हैन् ।केही टुसाउन थालेको मुना कुनै मालिले ध्वस्त गर्दैन ।माली फूल टिप्दा पनि रून्छ होला ।

मित्र संवाद.. १

मित्र संवाद.. १ हामी झगडा गर्थेउ, मिलाप हुन्थो । फेरी खसखस । यसैगरी हामी नारदचश्मा लगाएर पश्चिमकेन्द्रमा टहलिन्थ्यो । म भूमिगत पार्टीर्को खुला गुरिल्ला, उनी ब्रेकिङ न्यूजको खोजीमा । उनी सरू खोज्दै गाँउगाँउ भाैतारिन्थे । मसंग थोत्रो मोटरसाइकल थियो । मन पेट साटथ्यैाँ । गोप्यकुरा नभनेर समाचार बनाउन नपाएको कहिलेकही खुव चिढिन्थे । समय गुज्रियो । भेरीमा पानी धेरै बगे । हामी परिपक्क भयाै कि ? बुढयाैली लाग्यो ? न कहुँ । एकाविहानै मिस्टर जेपीसंग यसरी गुडमर्निङ भए ।................................................................................................................................... –जति उमेर थपिदै गयो त्यति नै बेथिति, मूल्यहीन समाज र राजनीति, अभाव र तनावका जिनदगी सवै देखिँदै गइयो । सुन्दर देख्ने अपेक्षा फोहरमा विलाउने अवस्था छ । – काठमान्डु अपराधीको सहर हो । त्यस समाजमा त लाशहरू छन केही मान्छे भीडबाट निर्देशित हुन्छन । खमानव खोज्दा भेटदिन तर छ। के छ ? अाखिर , भाैतिक शरीरसंग भेटन सकिँदैन। शब्दमा हुँदैन। तमासा नै ज्यादा विक्छ त्यही त । –त्यसमध्य २ जना म र तपाइको पनि छ । –मैले त सकेजति गरी रा छु । एक्लै भए पनि । म पनि त माैन छैनन नी । –तर हाम्रा चित्कार कस्ले सुन्नै ? –सवैले अाअाफना हिस्सा उठाए समाज त जिँउदो हुन्थ्यो । –हुँदैन मित्र, समाजमा राम्रा भन्दा नराम्राको बहुमत छ –त्यो त हरेक युगमा थियो, त्यसलाइ कुल्चदै समाज बढय्रो । अहिले त उल्टो दिशा किन हिडयो ? –मानिस ब्यभिचारी भए , देखिन्छ एउटा हुन्छ अर्कै । –उफ ।मान्छे भित्र अनेकाै मान्छे हुन्छन, मित्रवर –पहिला तपाइ भएको ठाँउमा अहिले भैदिएको भए धेरैलाइ गोली हान्थे होला मैले । मारिनु पर्ने बाँचे, बाच्नु पर्ने मारिए । । त्यो वेला ।

Friday, September 25, 2020

समकालीन राजनीति इतिहासपथबाट गुज्रिन्छ

साउन ६ र ७ गते बीपी (सान्दाजु) र पुष्पलाल (माइल्दाजु) जयन्ती। बीसौं शताब्दीको नेपाली राजनीतिमा सर्वाधिक महत्व राख्ने बीपी कोइराला, पुष्पलाल र महेन्द्र शाह नै हुन्। अब भने कांग्रेस कांगे्रस रहेन। न कम्युनिस्ट कम्युनिस्ट नै रहे। ट्रेडमार्कीय राजनीतिमा अब कोइराला र पीएलको सान्दर्भिकताभन्दा पनि याद ‘सराद्धे’ मात्र हुन पुगे पनि नयाँ फन्डा फ्याँकेर बहसको दिशा मोडिरहिएका बेला बीपी र पीएलको बहस आवश्यकता अहिले अझ बढेको हो। annapurna post इतिहासको पुनर्पाठ भइरहन्छ। इतिहासकार रामचन्द्र गुहा भन्छन्- वर्तमानको राजनीति बुझ्नु छ भने इतिहास पढ्न र बुझ्न आवश्यक हुन्छ।’ इतिहासका सन्देश र मर्म इतिहास चेतसहित अध्ययनको माग गर्छ। नत्र घटना, नाम, तिथिमिति, ठाउँबाहेक व्याख्याताको के-कता ढल्को छ भन्नेले धेरै अर्थ र महत्व राख्छ। तत्कालीन राजनीतिक अवस्था, विश्व परिस्थिति, छिमेकीको आपसी सम्बन्ध, सामाजिक मनोदशा, आर्थिक अवस्था र सम्बन्ध, चेतना र राजनीतिक संस्कृतिको स्तर, शक्तिबीच आपसी टसल आदि नियालिनुपर्छ। इतिहास निर्मम हुने भएकाले नायक र खलनायकका चिहान खोतलिन्छन्। आजको चेतना र अवस्थाले तत्कालीन अवस्था बुझिँदैन। नायक ‘देवता’ हैनन्। उनका पनि सीमा र समस्या हुन्छन्। ‘महामानव’ त भक्तिशास्त्र मात्रै हो। सत्ता राजनीतिभित्र त्यसबेला असली द्वन्द्व बीपी र महेन्द्रबीच थियो। अस्तु ल्याइएका पुष्पलालको त लाससमेत ल्याउन प्रतिबन्ध लाग्यो। बीपी र महेन्द्र दुवैको द्वन्द्वमा समकालीन राजनीति मात्रै हैन, क्षेत्रीय शक्ति सन्तुलनका साथै शीतयुद्धको झझल्को, रडाको र असरसमेत देखा परे। बीपी, पीएल र महेन्द्र तीनैजनाका समान गुण भनेका आआफ्ना सिद्धान्त, संस्कृति, मान्यता र आदर्शअनुरूप राजनीतिक अभ्यास हो। उनीहरू तीन वर्गका प्रतिनिधि थिए। आआफ्नै विश्व दृष्टिकोण र बुझाइ थियो। अहिले सबभन्दा खट्किएको विषय भनेकै उनीहरूका अनुयायी मौलिक सिद्धान्तमा टिक्न नसक्दा पनि पार्टीको नाम र झन्डा छाड्न नसक्नु हो। चिन्तन, दर्शनभन्दा जब राजनीति व्यवसाय हुन्छ तब विवेकले नभई आवश्यकताले भूमिका निर्धारण गर्छ। गम्भीर मोडमै आफ्नै गौरवताको बोझ धान्न नसकेकाले पनि इतिहास र नायक याद गर्छन्। सिद्धान्तहीन राजनीतिले भने विषय, व्यक्तित्व, इतिहास र संवेदनशील घटनालाई सरल तरिकाले बुझ्ने माग गर्छ। इतिहास र राजनीतिका टेढामेडा विषय बुझ्न भने सरल तरिकाले कठिन हुन्छ। बीपीले सत्ता र संघर्ष दुवै मोर्चाको अभ्यास गरे। पुष्पलालले नेपाली समाजको वर्ग विश्लेषण, नेपाली इतिहासको भौतिकवादी अध्ययन, सिद्धान्त, संस्कृति, आचरण, प्रतिबद्धता, संगठन र संघर्षमै जीवन बिताए। महेन्द्र त राजा थिए नै, उनलाई शीतयुद्धकाल वरदान र चीन-भारतको टसल राजनीतिक उपहार बन्यो। ‘कमजोरले आँखा तरे उसको औकात देखाइदिनुपर्छ। शक्तिशालीले चुटे बुद्धिले काम लिनुपर्छ। तुरुन्त जवाफ दिँदा लिनुको दिनु पर्न सक्छ’ भन्ने उनको चतुर राजनीतिक अभ्यास रह्यो। बीपी पार्टीको प्रत्यक्ष वा परोक्ष वैचारिक र संगठनात्मक सदावहार केन्द्रमै रहे। प्रजातान्त्रिक कांग्रेसको अगुवामा सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्याय भूमिकामै देखिए पनि कालान्तरमा ती ओझेल परे। सत्ताबाट बाहिरै रहँदा पनि देशको राजनीतिक केन्द्रमै रहे। उनको टकराहट एकातर्फ महेन्द्रवादी सत्तासँग थियो भने अर्कातर्फ शीतयुद्धको चरमकालमा कम्युनिस्टविरुद्वको उग्र चिन्तन। सत्ता संरचनालाई ध्यान नदिए वर्गीय समाजमा सोचजस्तै इतिहास पनि वर्गीय हुन्छ भन्ने बुझ्न सकिँदैन। महेन्द्र आधुनिककालको सामन्ती सक्रिय राजतन्त्रात्मक सिद्धान्त अभ्यास गर्थे। बीपीको सामाजिक प्रजातन्त्र अभ्यास थियो र पुष्पलालको कम्युनिस्ट। महेन्द्र प्रजातन्त्र र राष्ट्रियताका नाममा एकअर्काका अन्तरविरोधमा खुब खेल्थे। आदर्शले पार्टी चल्ने, आन्दोलन बन्ने र अन्तर्राष्ट्रिय द्वन्द्व पनि सिद्धान्तकै कारणले प्रयोग भएको यस भूसंवेदनशील क्षेत्रमा ती सामाजिक, राजनीतिक सांस्कृतिक द्वन्द्व बनेर देखा पर्थे। द्वन्द्व कतिपय सन्दर्भमा विपरीत सिद्धान्तबीच कार्यनीतिक एकतामा पनि देखिन्थ्यो भने मूलतः संघर्षमा। बीपीबारे चर्चा गर्दा समयको नाडी छामेर कार्यनीतिमा फेरबदल गरिरहन नेताका रूपमा हेर्नुपर्छ। त्यसै आधारमा एउटा कार्यनीति असफल हुने लक्षण देख्नेबित्तिकै अर्को तरिका अपनाउनु र शत्रु पक्षसँग कलामय तरिकाले संघर्षरत गर्नु, दुई शत्रुबीच छान्नुपर्दा देशभक्तिलाई प्रधानता दिनु, आन्दोलनको राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्बन्धको भरपूर उपयोग गरेको देखिन्छ। त्यो बुझ्न राजा र भारतप्रतिको दृष्टिकोणलाई सुक्ष्म नियाल्नुपर्छ। सात सालको सशस्त्र संघर्ष, मातृका, महेन्द्र र उनीबीचको द्वन्द्व, पहिलो निर्वाचित सरकार, १७ सालको कू, जेल जीवन र संघर्ष, १८ साल र ओखलढुंगा सशस्त्र संघर्ष, राष्ट्रिय मेलमिलाप, जनमत संघर्षजस्ता विषयमा उनको रणनीतिमातहत कार्यनीतिलाई जोडेका देखिन्छन्। अझ सिक्किम र बंगलादेश घटनापछि भारत प्रवास त्यागेर राष्ट्रिय मेलमिलाप नीति दिँदै देश फर्कनु एउटा गम्भीर निर्णय थियो। बीपी पार्टीको प्रत्यक्ष वा परोक्ष वैचारिक र संगठनात्मक सदावहार केन्द्रमै रहे। प्रजातान्त्रिक कांग्रेसको अगुवामा सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्याय भूमिकामै देखिए पनि कालान्तरमा ती ओझेल परे। सत्ताबाट बाहिरै रहँदा पनि देशको राजनीतिक केन्द्रमै रहे। उनको टकराहट एकातर्फ महेन्द्रवादी सत्तासँग थियो भने अर्कातर्फ शीतयुद्धको चरमकालमा कम्युनिस्टविरुद्वको उग्र चिन्तन। सोभियत रूससमर्थित भारतीय हेपाहा शक्तिको विपक्षमा रहँदा अर्को महाशक्ति अमेरिकाको सहयोगी बन्न पुर्‍यायो। त्यसैले उनी एसियामै इजरायललाई पहिलो समर्थन दिन पुगे भने इन्डोनेसियाको सैनिक कू र तानाशाह सुहार्तोलाई समर्थन दिन डीएन अडिट (दीपा नुसान्तारा अडिट नोभेम्बर २२, १९६५ मा सैन्य कुमा हत्या) अर्थात् कम्युनिस्टको हाउगुजीमा अडिटवाद खडा गर्दा सोसल डेमोक्रेट छविमा असर पुर्‍यायो। आफ्नो औचित्य सावित गर्न नयाँ सिद्धान्त बनाउनुपर्छ भने भयसिर्जित गर्दै समर्थन लिनु राजनीतिक खेलै हो। अडिट फर्मुला पनि त्यस्तै रह्यो। उनले इन्डोनेसियाका सोसलिस्ट सुकार्नो र चिलेका एलेन्डे सरकारको अमेरिकी प्रायोजित सैनिक कुको विरोध गरेनन्। त्यसले प्रजातान्त्रिक अन्तर्राष्ट्रिय पक्षधारितामा बात लाग्ने मौका दिए। अब पुष्पलालको चर्चा गरौं। प्रजातान्त्रिक कांग्रेसबाट राजनीति सुरु गरेका सहिद गंगालालका भाइ पुष्पलाल नेपाली कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपाली इतिहासको भौतिकवादी धारका पहिलो विश्लेषक हुन्। नेपाली समाजको वर्ग विश्लेषण, अन्तरविरोध र शत्रु एवं मित्र किटान गर्दै संघर्षको दिशा निर्धारक अग्रणी नेता। समय गुज्रँदै जाँदा पार्टीमा स्वत्वका टकराहट बढेर सत्ता संघर्षमा हुत्याइँदै गए पनि आन्दोलनबाट कटाउन भने नसकिएका र राजतन्त्रसँगको संघर्षप्रधान मान्ने पुष्पलाल राजतन्त्रप्रति नरम धारणा राख्ने साड्दाजु मनमोहन अधिकारीसँग जीवनपर्यन्त मेल खाएन। प्रजातान्त्रिक आन्दोलन कांग्रेस र कम्युनिस्ट सहकार्यमा मात्रै राजनीतिले कोल्टे फेर्छ भन्ने धारणा रहिरह्यो। १७ सालको महेन्द्रशाही ‘कू’ पछाडि त अझ दृढ रहे। आफन्तबाट प्रताडित हुँदै जाँदा मोहनविक्रमबाट ‘गद्धार पुष्पलाल’ भनिए। त्यसलाई सहयात्री जीवराज आ िश्रत, मोदनाथ प्र िश्रत, मदन भण्डारी र वामदेव गौतमले मुक्ति मोर्चा समूह बनाएर निरन्तरता दिए। बीपी राष्ट्रिय मेलमिलाप नीति लिएर फर्किएपछि पीएललाई पनि राजाको राष्ट्रवादी अभियानमा सहयोग पुर्‍याउन सन्देश लिएर बनारस पुगेका टंकप्रसाद आचार्यको प्रस्ताव स्विकारेनन्। पीएलले प्रजातान्त्रिक आन्दोलनमा कांग्रेस-कम्युनिस्ट सहकार्य गर्नुपर्छ भन्ने आफ्नो विचारको सफलता जीवनकालमै देख्न भने पाएनन्। यी दुवै राजनीति सिद्धान्त निर्देशित आचरण, आदर्शलाई जनताले स्पष्ट अनुभूति गर्न पाए। त्यसैले निरन्तरता दिएरै सार्वजनिक अपिल गर्ने नैतिक हक बन्यो। गाली गरेर नथाक्नेले समेत कालान्तरमा उनीहरूलाई पछ्याउनु वा प्रशंसा गर्नुपर्‍यो। अन्त्यमा, १. बीपीले सत्ताअभ्यास गरे तर पुष्पलालले गर्न पाएनन्। २. शीतयुद्धको प्रभावबाट ग्रसित तीनैजनाको सम्बन्ध र राजनीति अभ्यासमा देखिन्छ। ३. भीड नायकको खोजीमा हुन्छ। इतिहास कहिलेकाहीं महाठट्टा पनि गर्छ। फेरिएको अवस्थामा गाली पण्डितहरू आफैंलाई हकवाला सावित गर्ने कोसिस पनि गर्छन्। ४. संगतले कता लागिन्छ भन्ने धेरै निधो गर्छ। वातावरण तयार गर्छ। पार्टीभित्रका सदावहार विरोधी चुनाव हारेका सूर्यप्रसाद उपाध्यायलाई बीपीले गृहमन्त्री त बनाए तर अत्यन्तै विश्वास पात्र डा. तुलसी गिरी र विश्वबन्धु थापाका भूमिका र चालबाट सचेत हुन भने सकेनन्। ५. बीपीका राजनीतिक अगुवा जयप्रकाश नारायणसँग निरन्तरता रहे पनि घघडान सोसल डेमोक्रेट चिन्तक र नेता डा. रामनारायण लोहियासँग भने बीपीको उत्तरार्धमा सम्बन्ध चिसियो। यसका कारण र परिणाम अध्ययनका विषय हुन्। ६. अमेरिकी लबीमा बीपीको राजनीतिक अभ्यास, इजरायलको मान्यताले जवाहरलाल नेहरू र माओत्से तुङलाई मन परेन। यस भूसंवेदनशील देशबाट अमेरिकी सक्रियतादेखि उनीहरू होसियार थिए। १७ सालको महेन्द्र ‘कु’ मा महत्व राख्छ। किन चीन र भारतको महेन्द्रलाई मौन सर्मथन भयो ? सन् १९५४ मा चीनप्रति अमेरिकाको फेरिएको दृष्टिकोण, नेपाललाई आधार बनाएर तिब्बतमाथि अमेरिकी सक्रियताबारे अरफेन अफ कोल्ड वार (शीतयुद्धका टुहरा) केनेथ नसले अझ विस्तारमा व्याख्या गरेका छन्। ७. पुष्पलालको संयुक्त मोर्चाको प्रस्ताव बीपीकालमा कांग्रेसले स्विकारेन। बीपी र पुष्पलालको मृत्युपछि मात्र गणेशमान सिंहको अगुवाइमा ०४६ सालमा स्विकारियो। ०६२/६३ बीपीभ्राता गिरिजाप्रसादले त्यसलाई निरन्तरता दिए। जीवनकालमा पुष्पलालको उछितो खन्ने माले, मनमोहन र चौथो महाधिवेशनका कम्युनिस्टहरू उनको मृत्युपछि भने अनुयायी बने।

दक्षिणपन्थीको नेतृत्वमा वामपन्थी

क्रान्ति उत्तर हैन प्रश्न बनिदिन्छ : जान हाल्वे पोस्ट् कोरोना, ध्वस्त आर्थिक अवस्था, बढ्दो आत्महत्या, गहिरिँदो निराशा, माघमा फर्कंदै गरेका ३० लाख आप्रवासी जनशक्तिको व्यवस्थापन र संवैधानिक अंगका नेतृत्वमाथि ठडिएका औंला, सिन्डिकेट भ्रष्टाचार, अल्छी र गैरजिम्मेवार प्रतिपक्ष, गैरकानुनी हत्या हुनुपर्नेमा सरकारी पार्टीको अन्तरद्वन्द्वमा रुमल्लियो। महाशक्तिबीचको द्वन्द्व एमसीसी (अमेरिका) र बीआरआईको (चीन) भिडन्त सतहमै देखिए। अन्तरद्वन्द्व नियाल्दा अझ अनेकौं दृश्य सतहमा देखिँदै छन्। राजनीतिक संघर्ष टुंगिएको भनिए पनि जब्बर तरिकाले फेरि उठे। प्रश्न उठे– वामपन्थी शक्ति किन उग्र दक्षिणपन्थी सोचको नेतृत्व गर्न पुग्छ ? ०६३ मा माओवादीका हरेक माग पूरा गर्दै गएको देखेर कांग्रेसीहरूले गिरिजाबाबुलाई त्यसो नगर्न दबाब दिँदै सोधेछन्– तपाईंले किन माओवादीलाई सित्तै ८३ सांसद बनाउनुभयो ? अझ एक सय ३५ गाडी पनि बिनाराजस्व दर्ता। यसले त कांग्रेस मात्रै हैन, प्रजातन्त्र नै उनले कब्जा गर्ने भए।’ तब गिरिजाबाबुले भनेछन्– जति छिटो माओवादी भ्रष्ट हुनेछन्, आदर्श र सिद्धान्तबाट गलाएर, चिप्ल्याएर आपसमा भिडाउन सकिन्छ, त्यत्तिकै हामीलाई फाइदा हुन्छ। मागेभन्दा धेरै देऊ, तब कति छिनाझप्टी हुन्छन् ? अनि तमासा हेरौंला। म त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र राजा भोगेको मान्छे। सत्ताचरित्र राम्रै थाहा छ। कति हाम्रा सिद्धान्तनिष्ठ साथीलाई दरबारले पचायो ! विश्वबन्धु, तुलसी गिरी, सूर्यप्रसाद उपाध्याय र श्रीभद्र खनाल मात्रै हैन, सान्दाजुले भावी प्रधानमन्त्री भन्नुभएका परशुनारायण चौधरीसमेत दरबारको पोल्टोमा परे। आदर्शमा रहेको शक्तिलाई दमन गरेर सकिँदैन। गलाऊ, थकाऊ र भ्रष्ट पार र पारिवारिक मोहजालमा फसाऊ... अनि देख रमिता।’ सामन्त टुट्न सक्छन्, झुक्न सक्दैनन्। ज्ञानेन्द्र शाह र गिरिजा कोइरालाको सामन्ती अहंकार टकराहटले माओवादी युद्धसँग घालमेल भएपछि नेपालमा गणतन्त्र आयो। गणतन्त्रको मूल वाहक माओवादीले भने मनोयुद्धको धराप छिचोल्न नसकेर बुर्जुवा आदर्शसमेत जोगाउन सकेन। व्यवस्था फेरिए पनि शक्तिबीच नयाँ टकराहट बढ्दै गए। सात सालको परिवर्तन सहरियाले नपत्याउँदै आएजस्तै ०६३ सालमा पनि अभिजात वर्गले कल्पनै नगरेको गणतन्त्र पत्तै नपाई ह्वात्तै आइदिँदा संघात्मक, धर्मनिरपेक्ष, गणतन्त्र उनीहरू सुन्नै तयार थिएनन्। सुरुदेखि नै संसदीय शक्ति विद्रोही शक्तिलाई पचाइदिने रणनीतिमा थियो। छिचोल्न नसकेको एम्बुस उनी न माओवादी हुन्, न त प्रचण्ड। श्रेय र कमजोरीको हिस्सा अरूले लिनुपरे पनि देश र दुनियाँ, समर्थक वा विरोधी सबैले माओवादी भन्नेबित्तिकै पहिलो व्यक्तिको नाम पुष्पकमल दाहाल नै हो। उनलाई मैले विश्वास, निर्माण र प्रचण्डका रूपमा चिनें। एउटा मान्छेभित्र अनेकौं मान्छे भए झैं नेपाली राजनीतिको उनको अभ्यास र प्रयोगका ‘नेपाली क्रन्तिका समस्याबारे’ चार भागलगायत आठ कृतिपछि मेरा हातमा ‘गणतन्त्रको पहिलो दशक’ छ। सबै संकलन हुन्। अन्धसर्मथक वा कार्यकर्ता बनेर नभई आलोचनात्मक चेतसहित अध्ययन गर्नु फरक हुन्छ नै। सुरुमै उनले ‘हामी एउटा नयाँ युग निर्माण प्रक्रियामा छौं’ भनेका छन्। ०७ सालको राणाविरोधी आन्दोलनको श्रेय बीपी कोइरालालाई जान्छ भने ४६÷४७ को पञ्चायतविरोधी संयुक्त आन्दोलनको श्रेय गणेशमान सिंहलाई। त्यसैगरी गणतन्त्रको प्रमुख श्रेय प्रचण्डलाई नै जान्छ। इतिहास निर्मम हुन्छ। देशकै इतिहास त माओवादीले फेरिदियो तर आफ्नै इतिहास रक्षा गर्न भने सकेनन्। कोरोनापछिको व्यवस्थापन र माघमा फर्कंदै गएको ३० लाख प्रबासी जनशक्ति समयमै व्यवस्थापन हुन नसके अराजकता भट्किने छ। आफ्नै विवादमा फसेकेका सरकारी पार्टी के त्यसका लागि सचेत छ ? मनोयुद्धको धरापबाट उम्कन नसक्ने लक्षण जनयुद्धकै बेला देखिइसकिएका थिए। शान्तियुद्धमा प्रवेशसँगै मोर्चा फेरिएपछि अग्रिम दस्ता फेरिनु आवश्यक थियो, भएन। आपसमै बल्छी हानिरहेको नेतृत्व योजनाहीन शान्ति प्रक्रियामा एक्कासि प्रवेशले त्यता ध्यान दिएन। विश्वासले मूल्य खोज्छ, सत्ता भने हुकुममा चल्ने आदेश दिन्छ। समय घर्कंदै गए, जोस् र सपना सेलाउँदै गए। युद्धको राप र ताप शिथिल हुँदै जाँदा मैमत्त समूह उपभोक्तावादी भुमरीमा फस्दै गयो। टुटेका सम्बन्ध, आकांक्षा र चरित्र पुरानैसँग जोडिन पुगे। आफ्नै गौरवता आत्मसात नगरेपछि जे, जसको विरुद्ध जीवन होमेको थियो, त्यसले नै गाँज्दै गयो। आग्रह र कुण्ठाले लतारिएर तर्क कोरल्दै भिन्न कित्ता रोज्न थालेपछि जन्मसिद्धभन्दा अंगीकृत पार्टीमा हावी हुँदै गए। राजनीतिलाई संस्कृतीकरण गर्न चुक्दा परिवारवाद र अर्थउपार्जनमा फस्दै गएर नारा अपहरणमा परे। आत्मासमीक्षा नभै पार्टी टुक्राटुक्रा भयो। वर्ग रूपान्तरण हुँदै गए। सिद्धान्त र आदर्श रहेसम्म मात्र पार्टी पनि स्वअनुशासन चल्छ। सिद्धान्तमा टिकेन भने प्रतिरोधको आत्मिक शक्ति पनि रहँदैन। समाजमा सेकुवा हसुर्ने तर रगत देख्न नचाहने तप्का तथ्यको अंशमा टेकेर वीभत्स चित्रणका तर्क खेल खेल्दै जान्छ। यदुवंशी जन्मेपछि कलाहीन, गतिविधि र पुरानो ह्याङओभर देखिँदै गए। भीषण टकराहटमा अभिजात वर्ग मौन बसेन। मारक औजार दिमाग व्यवस्थापकहरू सुविधाअनुसारका भूमिकामा देखिँदै गए। विद्रोह भएर मात्रै पुग्दैन विद्रोह, सुधार र क्रान्ति फरक हुन्। प्रतिक्रिया र असंगठित शक्तिका विद्रोह टिक्न सक्दैनथे। विद्रोहले सामान्य हलचल त ल्याउँछ तर सत्ताको मूल चरित्र फेर्न भने सक्दैन। आउँदै गरेको संकटको भेउ सत्ताले नपाए पनि संकट समाधानको कला भने ऊसँग रहन्छ। विद्रोहीकै नारा अपहरण गरेर गौरवताको स्वामित्व लिन्छ। कतिपय अवस्थामा विद्रोहीलाई नै पचाइदिन्छ। क्रान्ति कहिलेकहीं आफ्नै अभिभावक फ्रान्सेली क्रान्तिका नायक राब्स पेयरेलाई झैं सिकार पनि खेल्छ। ७० को दशक संसारभर असन्तुष्टि सडकमा पोखिए। अमेरिकी बौद्धिक जगत् म्याकार्थीकालमा निशाना परेर अल्बर्ट आइस्टाइन, जोसफ निधम, बर्टोल्ट ब्रेख्त, एलन गिंसवर्ग, चार्ली चपलिन, आर्थर मिलर, हावर्ड फास्ट, थामस मान, ओट्टो क्लेम्पेरेरजस्ता वैज्ञानिक, कलाकार, लेखक, नाटककार, संगीतकारजस्ता व्यक्तित्वमाथि बज्रियो। थिलथिलो अमेरिकी प्रतिरोधी चेत भियतनाममाथि आक्रमणविरुद्ध भने आफ्नै सरकारविरुद्ध कुर्लियो। सन् १९६८ को फ्रान्सेली विद्यार्थी आन्दोलन विश्वकै विद्रोही युवाको प्रतीक बन्यो। जाँ पाल सात्र, सिमोन द बोबाजस्ता बौद्धिक हस्ती सडकमा पर्चासमेत बाँड्न थाले। अन्यायी वर्चश्वशाली वर्गलाई सशस्त्र क्रान्तिले मात्र तह लगाउन सक्छ भन्दै चारु मुजिम्दार, कानु सन्यालहरूले भारतमा नक्सलवादको बिगुल फुके। सशस्त्र संघर्ष र जनआन्दोलनको मिलाप गर्न नसक्दा सत्ताले अफिसियल कम्युनिस्टमार्फत दमन ग¥यो। ५ जुन १९७४ मा जयप्रकाश नारायणले बुर्जुवा वर्गलाई सम्पूर्ण क्रान्तिका लागि लल्कारे। भारतका बिहार, उत्तरप्रदेश, गुजरातजस्ता किङमेकर प्रान्तका युवा विद्यार्र्थीले विद्रोहको मसाल जलाए। सम्पूर्ण क्रान्तिको परिभाषामा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, बौद्धिक, शैक्षणिक र आध्यात्मिक सात विषयमा केन्द्रित रह्यो। पटना गान्धी मैदानमा जातपात, तीलक, दहेज र भेदभाव छेड्ने सार्वजनिक शपथ ख्वाइयो। दबाब थेग्न र थाम्न नसकेपछि इन्दिरा गान्धीले आपत्काल लगाइन्। प्रतिक्रियामा देखिएको गैरकांग्रेस एकताको जनता पार्टी सत्ता प्राप्ति महŒवाकांक्षाको आपसी टकराहटले तीन वर्ष पनि टिक्न सकेन। झ¥यापझुरुप भयो। विद्रोहीहरू सत्ता त प्राप्त गर्न सक्ने तर चलाउन भने नसक्ने। नेपालमा पनि कांग्रेसको सशस्त्र संघर्ष र झापामा किसान विद्रोह विस्फोट भयो। पाकिस्तानमा भुट्टोको कानुनी हत्याविरुद्ध नेपालमा पनि ०३५÷३६ विद्यार्थी आन्दोलन भयो। सत्तरीको दशक विश्व हलचलको दशक त बन्यो, तर राज्यसत्ताको चरित्र भने फेर्न सकेन। असंगठित आन्दोलन वा विद्रोहले राज्यसत्तालाई तत्काल प्रभाव पारे पनि दीर्घकालिक असर भने परेन। छाप छाड्यो। भुल्का उठे र फुटे। जब अदालत न्यायिक हुन्छ कमजोरहरूको अभिभावक अदालत बन्नुपर्छ। उद्दण्ड सरकारलाई नियन्त्रण उसैले गर्नुपर्छ। अदालतप्रति अविश्वास हुँदा अराजकता र विद्रोहको अवस्था बन्छ। अहिले न्यायिक नेतृत्वप्रति औंला उठे। शान्ति प्रक्रिया अझै टुंगिएको छैन। रात रहे अग्राख पलाउँछ। द्वन्द्वकालीन मुद्दा संक्रमणकालीन न्याय व्यवस्थाबाट र्हेने कि नियमित अदालतले ! व्यावहारिक किटान भएको छैन। द्वन्द्वकालीन नेतृत्व सिंहदरबारमा कार्यकर्ता कारागारमा। अदालतले छाडेका विद्रोही अदालतकै ढोकामा गिरफ्तार। अपराधको ड्राइक्लिनर्स अदालत बन्न मिल्दैन। अन्य देशका केही प्रसंग। भारतीय प्रधानन्यायाधीशको कार्यकालमा सरकारीअनुकूल अनेकौं विवादास्पद फैसला भए। अवकाशको केही दिनमै रञ्जन गोंगोई राष्ट्रिय सभामा नियुक्ति भए। के इतिहासलाई नै प्रभाव पार्नेखाले सरकारी आदेशलाई चुनौती दिने पनि न्यायाधीश छन् ? हो, छन्। म्यार्काथीकालको दुष्ट अभियानलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश अर्लवारेनले सिलसिलेवार खारेज गर्दै धज्जी उडाइदिए। स्वतन्त्र सिक्किम भारतमा गाभ्न र बंगलादेशलाई पाकिस्तानबाट टुक्र्याउने शक्तिशाली भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई इलाहाबाद हाइकोर्टका न्यायाधीश जगमोहन सिन्हाले राजनारायण सिंहको रायबरेली चुनावी मुद्दामा हराइदिए। तब गान्धीले आपत्काल लगाइन्। शत्रु साधनाका लागि अदालत पनि तयार गरिन्छ। दुर्गानन्द झालाई फाँसी दिन कानुन नै फेरिएजस्तै पाकिस्तानमा प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई फाँसी दिन मात्रै जिया उल हकले लाहौर हाइकोर्टको चिफ जस्टिसमा मौलवी मुस्ताक हुसेनको नियुक्त गरियो। तर त्यही सात सदस्यीय बेन्चमा पनि एक्लो न्यायाधीश दोराब पटेलले भने– फाँसीको विपक्षमा राय बजाए। अन्त्यमा परिवर्तनका स्वामित्व सत्ताले लिन नसके पनि समाजमा विप्लवी चेत भने रहिरहन्छ। स्वतन्त्रता खत्तम हुने वा बन्धकी रहने भनेको सत्ताको नाकसँग स्वत्व ठोस्सिन पुगेपछि हो। अहिले खराब नेतृत्वका कारण गणतन्त्रको साख गिरे पनि विकल्प राजतन्त्र हुनै सक्दैन। विचारसहित समयको नाडी छाम्ने असल र आदर्श नेता, पार्टी र असल कार्यकर्ता मात्रले सक्छन्। कोरोनापछिको व्यवस्थापन र माघमा फर्कंदै गएको ३० लाख प्रबासी जनशक्ति समयमै व्यवस्थापन हुन नसके अराजकता भड्किने छ। आफ्नै विवादमा फसेका सरकारी पार्टी के त्यसका लागि सचेत छ ? भूसंवेदनशील भूगोलमा अनेकौं जटिलता हुन्छन्। शक्तिको स्वभाव पनि समयसँगै फेरिँदै जाने गर्छ। आदर्शसँग सम्झौता सधैं खतरनाक हुन्छ। दृष्टिकोण नभएको पार्टी ऊर्जा निभेको भट्टीजस्तै हो। न त्यसमा तेज हुन्छ न शक्ति। क्रान्तिबाट बिरक्तिएका पिढी आक्रोसित, अधैर्य र कुण्ठित हुन्छन्। धरहरा ढलिरहेको देखे पनि ठड्याउन कोसिस गर्दैनन्। नेपालका कम्युनिस्ट पुँजीवादलाई मात्रै हैन, उग्र अनुदारवादलाई पनि सहज छन्। तब इतिहासको नकार नजिर बन्छ– किन एउटा वामपन्थी शक्ति उग्र दक्षिणपन्थी सोचको नेतृत्व गर्न पुग्छ ?

नागरिक उदासीनता

प्रधानमन्त्री केपी ओलीले भानु जयन्तीमा राम जन्मथलोको उठाएको प्रसंग उहाँको विशिष्ट शैलीको ठट्यौली अभिव्यक्ति मात्र सोचेको थिएँ। यसै पनि हामीसँग पुराण र वैदिक साहित्यमा उल्लिखित अनेकौं नामका गाउँ, बस्ती, थलो र देवस्थल छन् नै। के हामी त्यस थलो मन्दिर वा गुम्बा बनाउँदै त हिँड्दैनौं ? आस्थाअनुसार हरेक समयमा मन्दिर, मस्जिद, गुम्बा वा चर्चहरू संसारभर बन्ने गरेका छन्। आस्थागत कथा जोडिँदै जान्छन्। समय गुज्रिँदै जाँदा अयोध्यापुरी, माडीका जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले भव्य मन्दिर बनाउन आह्वान गरे। साथ दिने र साथमा देखिने फरक मनोविज्ञान हो। सरकारी बुद्धिजीवीहरू औचित्य सावित गर्न हामफाले भने उत्खनन, ‘अनुसन्धान’ गर्ने चर्चा चल्यो। भारतमा विवादित थलोमा प्रधानमन्त्रीले भूमिपुजनसँंगै उठेको बहसलाई यहाँ पनि राष्ट्रियतासँग जोड्ने प्रयास भए। संकट झेलिरहेका प्रधानमन्त्रीको त्यो ठट्टा मात्र नभएर विश्वव्यापी कोरोना महामारी झेल्न कमजोर शासकहरूको उग्र दक्षिणपन्थी अभियानको एउटा हिस्सा थियो भने पार्टीभित्र शक्ति संघर्षमा प्रतिद्वन्द्वी पुष्पकमल दाहालको निर्वाचन क्षेत्रलाई मनोवैज्ञानिक दबाबमा राख्नु। जनता हिसाब र निसाफ माग्न खोज्छन्। इतिहासका कठघरामा उभ्याएर ऐना देखाउन थाल्छन् तब शासकहरू र धर्म र ‘राष्ट्रियता’ घालमेल गर्दै मूल मुद्दाको ध्यान मोडेर बहसमाथि नै हस्तक्षेप गर्न थाल्छन्। यो आपूm असुरक्षित रहेको सन्देश हो। समस्याको हल गर्न नसकिएपछि जनतालाई भीडमा फेर्न धार्मिक पुस्तक र इतिहासका पाना पल्टाएर आफ्ना अहंकारको तुष्टि खोज्न कसैलाई दुस्मन बनाउन आवश्यक पर्छ। राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालका ‘बुद्ध र रामको जन्मस्थल तुलना गर्ने कुरै होइन। बुद्ध यही लोकमा थिए। राम अलौकिक, पौराणिक। पुराणको भूगोलमा राष्ट्रवाद पागल वा मध्यकालीन मूर्खले मात्र खाज्ने कुरा हो’ भन्ने भनाइ यहाँ अझ सान्दर्भिक हुन्छ। प्रतीकबीचको भिडन्त र शासकीय मनोविज्ञान भावना र यथार्थ फरक हुन्। धर्म र पुण्यलाई फरक अर्थमा बुझ्नुपर्छ। कट्टरपन्थले आफ्नो समुदायमा सत्यको अमूर्त र आकारहीन रूप बनाउँदै धार्मिक आस्थालाई राजनीतिक झुकावको हिसाबले आकृति गढ्दो छ। एकातर्फ भारतमा राष्ट्रिय स्वयंसेवक संघ र भारतीय जनता पार्टी अयोध्या र श्रीराम नैया खियाउँदै वेगवान् राजनीतिक नदी तर्दै छ भने त्यहीं किङ मेकर उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री अखलेश यादवले प्रदेशको हरेक ठाउँमा परशुराम मूर्ति स्थापना गर्ने घोषणा गरे। क्षेत्रीले राम कब्जा, ब्राह्मणले परशुराम अनि कैयन् यादवहरूले कृष्णलाई कब्जा गरेर प्रतीकका भिडन्त गर्दैछन्। बुद्ध, इब्राहिम, मुसा, महावीर, ईशा, मुहम्मद, नानक देव साँच्चैका अतिउम्दा मानव थिए। उनका शिक्षा कसरी धर्म बने ! जब शिक्षा धर्म बन्यो र राजनीतिमा घुस्यो तब गडबडी हुन थाल्यो। धर्म जहिले पनि समाज विघटन गरेर कट्टरपन्थ पोस्न इतिहासलाई सुम्पिँदै स्वतन्त्र चिन्तन गर्न नदिने मात्रै होइन, बाँच्न पनि दिँदैन। भगवान्विनाको धर्म हँुदैन भन्ने कुरा बुद्ध दर्शनले भन्छ। बुद्ध स्वयंले ईश्वर छैन भने तर उनका अनुयायीले उनलाई नै ईश्वर बनाइदिए। इतिहास हेर्ने हो भने धर्मका नाममा सबभन्दा बढी रगत दयालाई प्रधानता दिने इसाईले बगाए। हिन्दु धर्मका त झन् ईश्वर हिंस्रक हुन्छन्। पीर, पैगम्बर, औलिया, मसिहा, एन्जल, गाड्स, गाडेसेज, महात्मा, पीठाधीश, मठाधीशहरू प्रतीकलाई सोचमा फेर्ने कारिन्दा हुन् भने दक्षिणपन्थका भरसिलो सहयोगी। संसारका शासकहरू धार्मिक र सांस्कृतिक प्रतीकलाई आपसमा भिडाएर आफूलाई सुरिक्षत बनाउँदै छन्। जेरुसेलम (इजरायल) को एउटै भवनलाई धार्मिक प्रतीक होली ट्याम्पल, अलअक्स मस्जिद र सेनेगागमा सयौं वर्ष यहुदी, इसाई र मुसलमानबीच क्रुसेड र जेहादको भिडन्त गरायो। अहिले त्यस्तै टर्कीको हागिया सोफियाले इतिहासको ठट्टा बेहोर्नु परिरहेको छ। ५३२ मा रोमन सम्राट् जटिनियनले बनाएको चर्चले १४५३ मा बाइजेन्टायन साम्राज्यको अन्त्यसँंगै सुल्तान मुहम्मद द्वितीयले मस्जिदमा फेरे। महासुधारक कमाल पासाले १९३४ मा त्यसलाई चर्च वा मस्जिदको बदला संग्रहालयमा फेरेर संसारकै इस्लामबाहुल्य देशमा धर्मनिरपेक्षताको प्रतीक बनाए। कोरानोकालमै यर्दोगानले अयोध्याजस्तै अदालती आदेशमा मस्जिदमा फेरि फेरे। अहमद नसिमले अन्धास्ता, धर्म र ईश्वरमाथि प्रश्न उठाउँदा पाकिस्तानी अदालतभित्रै मारिए। उनको अपराध ईश्वरप्रतिको अनास्था थियो। आफैंमाथि अविश्वास बढिरहेको अवस्थामा संसारकै वर्चश्वशाली शासकहरू जनतालाई भीडमा फेर्न धार्मिक प्रतीकबीच भिडन्त गराउने वा मिथक, पुराण वा वैदिक साहित्यका पात्र वा प्रसंगलाई उरालेर मुख्य बहसलाई कब्जा गर्दैछन्। अदालत उनको सहयोगी बनेको छ। चाहे टर्की भारत वा पाकिस्तान। तर बोल्ने खतरा हरेक युगमा मान्छेले उठाउँदै आएका छन्। भारत त भिन्न मतलाई या त लिन्चिग गरिन्छ अथवा आलोचनात्मक चेतका बुद्धिजीवीलाई खुला जेल बनेको छ। भिमाकोरे गाउँ त्यसको उदाहरणै बन्यो। दक्षिणपन्थ र विश्व कुनै पनि देशको वर्चश्वशाली समूहकोे मनोकामना र शासनको विशेषता भनेको त्यो देशको अवस्था, सांस्कृतिक चेत, सत्ता प्रतिष्ठानको बहुसंख्यक नागरिक दृष्टिकोणमा झल्किन्छ। विश्वव्यापी अनुदारवाद मौलाइरहेका बेला शक्तिमा उनीहरू पुग्दा संसारकै राजनीतिलाई प्रभाव पार्दैछन्। सन् २०२० सँगै २० वटा उदार लोकतान्त्रिक देशमा दक्षिणपन्थीहरूले चुनावकै माध्यमबाट सत्ता कब्जा गरे। बेलायतमा बोरिस जोनसन, अमेरिकामा डोनाल्ड ट्रम्प, फ्रान्समा राष्ट्रपति इमानुयल म्याक्रों, रूसमा भ्लादिमिर पुटिन, भारतमा नरेन्द्र मोदी, ब्राजिलमा जायर बोल्सोनारो, टर्कीमा उर्दोगान र हंगेरी, इजरायल, जापान, अस्ट्रेलिया सत्तामा नभए पनि अन्य १३ देशमा प्रभाव पार्छन्। पन्ध्रौं शदीदेखि अनुदारवादमाथि तर्क, विज्ञान, उदारवादी राजनीति, दर्शन र साहित्यले विजय हासिल गर्दै गए पनि उग्र दक्षिणपन्थले बहुसंख्यक जनमतलाई भय, असुरक्षा र पहिचानको आवेग बढाउँदै गए। अल्पकालका लागि नाजी, फाँसीवादी उत्तेजनाले विश्वयुद्ध निम्त्यायो। तर पराजित भयो पनि। विभिन्न रूपमा फेरि त्यही मैमत्त हुँदै छ। वामपन्थीहरू विद्यमान अवस्था परिवर्तन गर्न र दक्षिणपन्थी त्यसलाई नै कायम गर्न चाहन्छन्। अझ विभिन्न रूपका उग्र दक्षिणपन्थलाई धर्म र ‘राष्ट्रवाद’ भर्‍याङ बन्न पुग्छ। उदारवादी सरकार रोजगार, सद्भाव र शान्तिको मोर्चामा सफल हुन्थ्यो भने उग्र दक्षिणपन्थले खुट्टा पसार्ने ठाउँ पाउँदैनथ्यो। कोरोनाको आडमा कोरोना त अन्धो छ। कसैलाई भेदभाव नगरी पे्रमिल मिलापको आतुर छ। कोरोना महामारी पहिला यो घातक राष्ट्रवादको हावा चलिरहेको थियो। तर महामारीले संसारको समस्या एउटै बनाइदिँदै उग्र दक्षिणपन्थी शासकहरूलाई नंग्याइदियो। एकअर्काप्रति भर पर्न, बहस र चिन्ता एउटै बनाइदियो। आउँदो समय महाडिप्रेसनले ल्याउने सामाजिक विघटन समस्या बन्ने छ नै। शासक मात्रै हैन, पादरी, पण्डित र मुल्लाहरू पनि कहिले भ्याक्सिन बन्ला भनेर वैज्ञानिकतिर नजर लगाउँदैछन्। एकातर्फ महाचिन्ता अर्कातर्फ सत्ताको हविगत। अस्पताल र वैज्ञानिक चेत फैलाउनुको बदला मन्दिर, मस्जिद, चर्च बनाउनेको हविगत त देखियो नै। कोरोनाकै आडमा संविधान फेर्ने, अध्यादेश ल्याएर सुरक्षित हुने, भ्रष्टाचार मौलाउने र लासको गोजीमा पनि केही छ कि भनेर खोतल्ने काम भयो। सत्ता भोक र मूर्खताको कुनै सीमा नभएकाले अन्धविश्वासलाई योजनाबद्ध फैलाउने कोसिससमेत भए। अन्त्यमा, विश्वमा भइरहेका घटना, सोच र अभ्यासबाट हामी मुक्त हुनै सक्दैनौं। करोनाले आफैंलाई अविश्वास गर्न लगाएकै थियो। अहिले त थप सम्पूर्ण राजनीतिक संस्कृतिले विश्वासमाथि नै धावा बोल्यो। आँखा चिम्लेर विश्वास गरिनेहरूले नै अक्सर आँखा खोलिदिने गर्छन्। तर यहाँ त शक्तिको झूटो प्रशंसा यति धेरै भए कि नाँगो हिँडेको वादशाह स्वयंले पनि थाहा पाएनन्। घमन्ड र अहंकार पचाए पनि उद्दण्डता भने दुनियाँलाई पच्दैन। डेढ दशकको सिन्डिकेट राजनीतिले आदर्श, सिद्धान्त र दायित्वलाई पचाइदियो। अंशमा गरिने विरोध र असन्तुष्टि सेयर सदस्यता नपाउँदा हो या यसबारे उदासीनताले हो ! सिन्डिकेटको हात धेरै लामो र शक्तिशाली छ कि यो माफिया रूपमा सक्रिय छ। स्वयंको भ्रष्टता र परिवारवादको औचित्य कायम गर्न समान शक्तिलाई पहिला उसलाई पनि भ्रष्ट र परिवारवादमा फसाएर मात्रै आफना कुकृत्य छिप्छन्। ०६२/६३ पछि नीति, विधिभन्दा संक्रमणकाल भन्दै झन्डै १५ जनाको राजनीतिक क्लबले चिन्ता, चासो र भूमिकामा खेल्दा अन्य सबै कुरा निल्यो। पार्टी र सदन रूपमा सीमित भएर ठप्पबाज समूह बने। दोहोर्‍याउनै परेन– अपराधको ड्राइक्लिनर्स अदालत बन्यो। सेना र अदालतप्रति औंला ठडिनु भनेको अनिष्ट सुरु हुनु हो। ठाकुरेहरूको रजगजमा संगठन र मूल्य ध्वस्त भए। भिन्न झन्डा र नाम भए पनि वैधानिक भ्रष्टाचार राजनीतिको केन्द्रमा पुग्यो। आग्रह, कुण्ठाका निमित्त तर्कले बहसलाई विषयान्तर गरिदियो। विकासका मानकमा गेट, धार्मिकस्थल, भ्युटावर बने भने पर्यावरण ध्वस्त गर्ने दारे अभियान (डोजरले प्रकृति र पर्यावरण ध्वस्त बनायो) चले। नेताको औकात गाडी र गार्ड बन्न पुगे। सामानको हैसियतअनुसार उसको महत्व रहन्छ र ग्राहक लोभिन्छन्। गिरोहको रक्षा गरेर शक्ति सुरक्षित गर्न गिरोहपति लाग्दा हर्ष ट्रेडिङ हुन थाले। भ्रष्ट महासिन्डिकेट नेपाली राज्यसत्ताको मूल चरित्र बन्दा नीतिगत भ्रष्टता सुरु भएर सत्ताका सबै अंगमा क्यान्सर फैलिए। सिद्धान्त, न्याय, मिडिया, ‘नागरिक समाज’ ‘मानव अधिकारवादी’ ‘एक्टिभिस्ट’ र सुरक्षातन्त्र सबैलाई सेयर होल्डर बनायो। पार्टीबीचका आपसी कलह जब भ्रष्ट महासिन्डिकेटको हुजुरीमा पुग्छन् तब सहमति खेल मञ्चन सुरु हुन्छ। अंशमा गरिने विरोध र असन्तुष्टि सेयर सदस्यता नपाउँदा हो या यसबारे उदासीनताले हो ! सिन्डिकेटको हात धेरै लामो र शक्तिशाली छ कि यो माफिया रूपमा सक्रिय छ। अहिले अंकगणितको खेल पार्टी राजनीति बन्दै छ भने परेवाले आँखा चिम्लनेबित्तिकै बिरालो खाइदिन्छ। के नेपाली राजनीतिमा अर्को चमत्कार हुन्छ, जसले अग्रगमनसहितको स्थिरता र सुशासन दिन पुगोस् ? नागरिकको उदासीनता बढ्दै जाँदा यस भूसंवेदनशील देशका लागि गम्भीर चुनौती बन्दै छ। त्यसैले मन्टेस्क्युका विचार अहिले सान्दर्भिक हुन्छन् : कुलिन वा राजतन्त्रमा राजकुमारका अत्याचार त्यति खतरनाक हुँदैनन् जति लोकतन्त्रमा नागरिक उदासीनता। यो उदासीनताबाट दिक्क भएर एक बेलायती गोर्खा सैनिक लेख्छन् ः मान्छे पुग्यो जुनमा, गोर्खे आफ्नै धुनमा !

‘मार्क्सलाई मुद्दा’

धोका भएको ठान्छु म, तिमीलाई आफ्नै समर्थकहरुका हातबाट केवल तिम्रा दुश्मन, सही रहे, सधैँ जस्ता -हान्ज माग्नस एन्जेन्स बर्गर (आज मे ५अर्थात कार्ल मार्क्सको जन्म जयन्ती । कोरोना कहर छ । संसारभर कसैले यसदिनलाई सराद्देका रुपमा मनाउदै छन् कतिपयले सम्राज्यवादीकै पैसोमा आलिसान होटलमा एनजिओ वहस, अन्तरकृया गरेर हजारौंलाई माक्र्सवादी ‘ज्ञान र शिक्षा’ दिदैँ होलान् । हो, रुपमा नयाँ तरिकाको वर्ग सर्घंष छेडिए । धर्म छुट्रटी बसेको र बिज्ञान ड्युटी रहेकोबेला संकटमा पनि थैलीशाह अझ कोरोनाका चाँदी काटी रहेका छन । अनुदारवादी शासनलाई संकट र माहामारी पनि दशै नै बन्दो रहेछ । उनीहरु सत्तांर्घषको भट्टीमा आर्दशका पछौरी ओड्दै तरवारमा पाईन लगाँउदैछन् । माक्र्सका दुश्मनहरु भने माक्र्ससंगै सिक्दै पुँजीवादको रक्षा उपाय रच्दैछन् । आजको दिन रिसाउने, गाली गर्ने वा मान्ने, धान्ने, सराद्दे गर्ने..... जे गरे पनि भो, मरकसकै नाममा यो चौंथो फिरादपत्र हो । पहिलो नेपालमा जनयुद्ध चल्दैगर्दा थियो, दोस्रो घनघोर मनोयुद्धकालमा, तेस्रो ‘अगुवाहरुले’ कम्युनिष्ट घोषणपत्र र पुँजीलाई पोल्दै सत्ताको राप तापिरहेको बेला बिना टिकटको रमिताकाल थियो । चौथो फिरादपत्रमा आइपुग्दा त उन्कै चेलाबन्दै उनकैै घोषणापत्रमा आचीगर्दै त्यसै गन्धलाई माक्र्सिय वास्ना पो भन्दैछन् । कस्तो बुटी ख्वाएछन् ? हाम्रा लालेका कर्तुत त अझ सही नसक्ना भए । जवजव मे ५ आँउछ, तव मेरा दिमाग सड्किन्छ । सुख र दुखःका दिन झल्झल्ती याद आउन थाल्छन् । अनि उत्तेजीत हुन्छु ।) म सगरमाथाको चुचुरोबाट मरकसबाबालाई फेरि नालिस ठोक्दैछु । एउटामात्रै हैन् मुद्दाका कारण धेरै छन् । मरकस–पिसाच लागेपछि दुनियाँमा भाँडभैलो मच्चियो । मुन्छेका मन र मस्तिक अझ झन बिग्रिंदै गए । समाज नै खजबजियो । संस्कार भाँडियो । राजा वेगरको देश कहीं हुन्छ र ? हजुर । हिजो कजाईएका अहिले काजी बने । एउटै हुकुममा मर्न र मार्न तम्सनेहरु जिम्वाललाई नै टेर्न छोडे । मुन्छे दिँउनै सपनादेख्दै बौलायो । कसैलाई कसैले नि नगन्ने, नटेर्ने, कसैलाई नपुच्छ्ने भए । न मालिकको डर, न धर्मकर्म न यहलोक, न परलोककै डर । कलियुगले ढपक्क ढाक्यो । पशुपतिनाथले रक्षा गर्नै सकेनन् । कस्तो वेथिती ...दलित– जागे । मधिसे– कुर्ले । जुम्ली हुम्ली मान्ठा –चिच्याउन थाले । रूद्रघण्टी नहुने फरियिनी हुक्राँ गर्न थाले । आइमाई मलामी –जान थाले, किरिया बस्न थाले, जन्ती जान थाले, हलो जोत्न थाले, घरधुरी छाउन थाले, मार हान्न थाले । समाज भाँडने अनेकौ रूपधारी देखिँदैछन् । कतै राक्षस र दानव, कतै शैतान, कतै काफिर बनेर घुमिरहेका छन् । बैतनीँ कसरी तर्नी ख्याल गरेन, रौरव नर्कले समेत मान्छे आत्तिएन । संसारको कुनै कुनाकाप्चा नै छोडेन् । यो रोग हो, मरकस–पिसाचको । दुनियाँ बचाउन र पिसाचलाई सदाको लागि मन्सिनु प¥यो ... हजुर । यो दुई शताब्दीमा हुँनु÷नहुँनु भयो । त्यसैले मरकसबाबा माथीको यो चौथो मुद्दा दर्ता होस् । यो पिसाच लागेपछि सद्देमान्छे पनि बौलाउँदो रहेछ । आफ्नै लागि, सन्तानका लागि पनि नसोच्ने दिलहीन बैगुनी बन्दो रहेछ । रोगले सताउँदै गएपछि धर्मकर्म भन्ने चिजै हराउँने । समाज भाँडिँदै जाँदा कहाँ के, के न हुँने हो ? उत्पातै हुन थाल्यो । त्यसैले लोककल्याणका लागि यो चौथो फिरादपत्र लिएर हाजिर भएको हुँ । यो छुतको रोग मेरो देशलाई मात्र नसोचियोस्, संसारभरिकै नै लागिसक्यो । शान्ति र अमनचैनको दुश्मन, सभ्यताको शत्रुले संसारभरि नै समस्या पा¥या छ । त्यसैले सभ्य बन्न चाहनेलाई न्याय मिलोस् । यो पिसाच फैलाउनेको अब तिनपुस्ते र वतन खुलासा गर्छु । उनको जन्मको नाम कार्ल हेनरिक माक्र्स । जर्मनीको (त्रेवेस, प्रशा) राइन नदीका किनारमा (५ मई १८१८ जन्मेर १४ मार्च १८८३मा बेलायतमा मेरेको । प्रौढतामा तालु खुइलिएको, धेरैजसो बेलायती पुस्तकालयमा भेटिने पढन्ता, लेखन्ता, सधैँ झम्म दाह्री पाल्दै युरोपका गल्ली–गल्ली भौतारिँदै हिड्ने हुलिया हो । बेलायत लण्डनमा इहलिलासक्दै हाईगेटमा चिहान भएको । सोचको अन्तर्राष्ट्रिय ‘‘अपराधी’’ । पुर्खा यहुदी भए पनि १८२४ देखि उनका बाउ–आमा ईसाई । उनको खास मतियार भनेको फेडरिक एंगेल्स सुनेको छु । ऊ मति बिग्रिएको धनाढ्य । पढेलेखेका र धनाढयको मति नबिग्रिने हो र ! सत्य सत्य धरोर्धम....मरकसिय काँचो पिसाच अहिले दुनियाँभरी नै अहिले भडकिरहेको छ । धेरै पढेलेखेर बैलाएको र बैलाहाबुटी तयार गरेर पिसाच फैलाउने ऊ ‘‘अपराधी’’ नै हो । उनका बाउआमा धर्मात्मा थिए । ऊ भने अधर्मी भएर विज्ञानवादी कहिन थाल्यो । धर्मलाई अफिमभन्दा कडा भन्ने मर्नुपर्छ भनेर नसोच्ने कस्तो माहामुर्ख होला ! कस्तो मापाको ? संसारका सबै प्रश्नको उत्तर विज्ञानमै छ अरे । स्वर्गवाट मान्छेको इतिहास थुतेर मानवलाइ सुम्पनेरे ...। संसारकै श्रमजीवी एक हौँ भनेर उनको चिहानमै लेखिएको छ । साँच्चै सोच्ने तरिकैमा हस्तक्षेप गरिदियो । त्यो कसले पो सहन्थ्यो र ! अझ सभ्यको देशमा पिचास फैलाउने मरकस शालिक किन सहन्थे ? वेलावेलामा बिरोध भइरहन्छ । सन १९७० मा त बमै प्रहार भो । १९८१ मा नष्ट गर्ने प्रयत्नै भो । मुद्दा चलाउनुका कारण र प्रमाण यथेष्ट छन् । अन्तराष्ट्रिय अदालतमा मुद्दा लाग्ने ठूलो प्रमाण भनेकै सबै प्रकारका सत्ता हल्लाउँदै, भत्काउँदै सिधासादा मान्छेका मन र मस्तिकलाई सभ्य समाज विरूद्ध भडकाउँदै नयाँ सोच्न ललकार्नु नै हो । नयाँ सोचले निर्धा दरविलो हुँदो रहेछन् । पाजीहरु, काजी बन्न खोज्ने । भूईमान्छे जुरुक्क उठेर प्रभुका सिंहासनै भत्काइदिँने । भूइमान्छे बौलाएपछि त संसारमै के, के भयो के, के ? । दुईसय वर्षको इतिहास साक्षी छ । आस्तिक र नास्तिकका अर्थ फेरिए । धर्मात्मा र पापीका मर्म फेरियो । राजक र अराजकका सीमा टुटे । वाइवल, तौरिद, कुरान, वेदका देववाणीमा अनास्था फैलाउँदै, धार्मिक आस्थावान र विश्वासी मान्छेलाई नास्तिक बनाउँदै गयो । चर्च, मस्जिद, मन्दिर, सेनेगाल र मठमाथी भ्रम पैदा गरेर पादरी, पण्डित, मौलाना, लामा र भिक्षुप्रति अनादर फैलाउने अपराध बढदै गयो । कस्तो इर्साईपुत्र हो ! यो आफ्नै महापोपप्रति पनि घृणा फैलाउने ! एकै पटक सबै धर्म सङ्कटमा पर्न गए । तर्क पनि कस्तो धारिलो दिने ! मुन्छे बौलाहा नै बनाउने । संसारकै सुखीहरुका चैन छिन्दै, राजा–महाराजा सभ्रान्त, कुलीन, धर्मात्मा, धनाढ्यका दिउसोका चैन र रातिका निन्द्रा हराम गराउदै गद्दी उल्टाइ दिदैँगयो । सनातनी राजधर्म विप्लव गराउँदै सोझा, सिधा र कर्महरा कामदारलाई भाग्यका अर्थ र पुर्पुरोमा लेखिएको कर्मलाई चुनौती दिँदै गयो । खप्परेका खप्पर फोर्दै काले, गोरे, खैरे, भैरे, नाक चुच्चे, थेप्चे सातै समुन्द्र वारी–पारीका भुईमान्छेलाई आफ्नै मालिक र अन्नदाता विरुद्ध उचाल्दै गयो । स्व–इच्छाले आत्माघाती ओखती खुवाँउदै गयो । जाति र धर्मभन्दा पनि वर्गीय माया चोखो, न्यानो र दरविलो हुन्छ भन्ने फाल्तु कुरा सिकाउदै धनी र गरिव कसरी हुन्छन् भन्ने इख्याउँदै गयो । कर्मा लेखेको कुरालाई हाकाहाकी चुनौती दिने ऊ के महाभगवान हो ? यो के गरेको हे... पापीभन्दा त आँखा तरेर हाकाहाकी पो भन्छ– समानता र मानवताका सपना बाँडेको रे’ । सबैले पूर्वजुनीको कमाई खानुपर्छ नि । के समाज कुच्चाको मुख काट्याझैँ हुन्छ ! कस्तो ढिट् छ बाबै । उपदेशक नभई कर्ता बनेर हिड्नुपर्छ रे । मुक्तिको लडाई अरु कसैले लड्दैन् आफैले लडनुपर्छ रे भनेर कम्युनिस्ट मन्त्रको बुटी बाँधिदिएर पागल पो बनाउँदै छ, संसारलाई । म आफैँलाई यो छुतरोग लागेको बेलाको हविगत गम्छु । मेरो देश र मैरै कथा सुनाउँछु । मलाई कुनै दिन मरकस पिसाच लाग्याथ्यो । मालिक, धर्मा्धिकारीज्यू, ख्वामित–महाराज, अन्नदाता सबै प्रभू ज्यूू, कर्पोरेटपतिज्यू लहैलहैमा लागेर मति बिगार्दै पुर्पुरो चर्काएर कुनैदिन आँखा तर्ने मान्छे बनेँ । अहिले पनि सपनीमा त्यो पिचास आउँछ, झ्याप्प समात्छ । हिजोका वाचाबन्धन या त गल्ती थियो भन्, नत्र भने नयाँ जीवन किन लर्ताछस् भनेर हकार्छ । सपनादेखि भाग्न पनि सक्दिन । ऐना सामने घिच्याउँदै लान्छ । ओझलिन सक्दिन । आफ्नै अनुहारले आतङ्कित बनाउँछ । एकान्त त झन आतङ्क नै बन्छ, हजुर । सँगै हिडेका र चिहानमा गाडिएका सम्झाउँदै चिहान खोतल्छ । म चिहानमा गाडिएकाको चित्कार सुन्नै नसक्ने भाछु । झस्कन्छु । भूतले क¥याप्प समात्छ । इतिहासका किताब अव बिच्छु बन्छन् । चिहाने तिख्खर स्वरले ललकार्छन्, गिज्याउँछन् । हो प्रभू... मलाई र मजस्तालाई पनि सपनाबाट जोगाउने एउटै उपाय भनेको त्यसपिचासलाई यो संसारैबाट हटाइयोस् । माफ गर्नुस् हजुर । उनैले नै हो–हामीलाई सपना देखाएको नाङ्गो कुरा भन्नुपर्दा सखाप पारेको, बिगारेको । म एउटा निर्धाे गरिवा छोरोले नत्र कसरी प्रभूसँग हाकाहाकी नजर लडाउन सक्थे र ! बौलाएरै थियो । अब त माफ माग्छु.... हजुर । लेखेका चिच्याएका, आँखा तरेका, जुलुस लगाएका, बन्दुक पड्काएका, सभ्य समाजलाई हेपेका कुरा अब फच्चे भनिदिनुस् । के गरौँ लोर्के उमेरको थिएँ । ओठमाथि भरखर रौ आउन थालेका पठ्ठो बेला थियो । तब बौलाएर घरवार छोडीँ । भौतारिँए । त्यसै बौलाएका कहाँ हो र ! सोच्न भर्खर आँखा खुलेका थिए, मरकसबुटी खाएर पछुवा बनिसकेर बौलाइसकेपछि जे हुनुथ्यो, भयो..हजुर । बुढेसकालका बाउआमाका सहारा हुने गरिवपुत्र गाउँबाट एक्कासी अल्पियो, ख्वामित । मलाई बौलाहा बनाउने त्यही दडियल मरकसबाबा नै हो । अव देशकै कुरा गराैँ–कति सुन्दर, कति शान्त थियो । हिउँजस्तै चिसो । भूँईमान्छे खुरुखुरु हिँड्थे, लुरुलुरु मान्थे । एकदम सन्तोषी थिए । कहिल्यै प्रभूको अहित चिताएनन् । अग्रेजले भन्थे नि– नुनका सोझो गर्ने जाति । जब मरकसबाबाले नेपाली शासक जंगबहादुर राणालाई अग्रेजका पाल्तुकुत्ता भनेदेखि काँचो पिसाच हाम्रो देशमा काँचोवायु बनेर सल्क्यो । त्यो पिसाचले कुनै जाति, क्षेत्र, भेष, भाषा र राष्ट्रियता अछुतो नराख्ने । त्यो बुटीखाँदा आज न त घरको, न त घाटको भइयो । जसले यो नशा त्यागे ती नयाँ बनेर यहलोक र परलोक सपारे । यो पिसाच कोरोनाभन्दा पनि ठूलो माहामारी हो । यो रोगी काफिरले, सैतानले, पापीले धर्मकर्म नै पोली खान्छ भने अरु के पो बाँकी राख्छ र ? म आफैँ बौलाएर चेत खुल्न थालेको मनुवा भएकाले यी सबै कुरा देखेकोे, भोगेको, जानेको, बुझेकोले फिराद गर्न सक्ने औकातमा अव पुगेको हुँ । हाम्रै देशमा एउटा कथन थियो, हजुर ‘२५ वर्षसम्म मरकसलाई गुरू नभन्ने मानवनै हैनन् २५ वर्षपछि मरकस रोग उपचार नगर्ने भनेको महामूर्खै नै हुन् ।’ मरकस–पिसाच लागेर बौलाएका धेरै मुन्छे छन् । बौलाएका मान्छेले के, के गरेनन् र ? यो पिचासको बल अचम्मै रैछ् । यो छुतको रोग उतारे संसारमा म जस्तै सद्दे मान्छेमा फेरिन्थे कि ! त्यसैले उनको लण्डन हाईगेटको चिहानमा गाडिएको लास उधिनेर हेग अदालतमा उभ्याए पिसाच जरुर उत्रिने छ । प्रभू .....जनि गरियोस् । मरकस–पिचासलाई न्यायका कठघरामा नउभ्याउने हो भने अरु कतिलाई त्यो विचारले डस्ने छ,... हजुर । यो प्रेतात्माले फेरि कसैलाई सपना नदेखाओस्, नडसोस् र हरेक प्रकारका प्रभूलाई आइन्दा चुनौती दिने हिम्मत फेरि कहिल्यै नगरोस् । मरकसले यस दुनियाँमा गर्नु÷नगर्नु ग¥यो । आजको जस्तो सूचना प्रविधि भएको भए अझ के, के उधुम मचाउथ्यो कोन्नि ! मरेर पनि उनका अपराध भने राष्ट्रिय सीमा छिचलेर विश्व ब्रम्हाण्डमै फैलाए । हेर्नुस् त –‘कस्तो ‘अपराधी’ ! जीवन र जगतलाई विज्ञानको आँखीझ्यालबाट नियाल्नु पर्छ रे‘ । उज्यालो चाहनेले आफै जल्न तयार हुनुपर्छ रे । कस्तो बकम्फुसे कुरा ! उनको विरुद्ध हामीसँग को र के छैन ? पुँजी र प्रविधि छ । धनपति, कर्पोरेटपति, हतियारपति, युद्धपति, प्रोपगन्डापति सबै हामीसँगै छन् । संसारकै थैलीशाह, बादशाह, पण्डितजी, मुल्ला, हाजी, पादरी, लामा र एनजीयो÷आइयनजियोहरु सवैलाई एकगठ पार्न सक्छौ । हुन सक्छौ । भगवान, गड र अल्लाहा त साथै छन् । मरकस–पिसाच लागेका भुतपूर्व कमनिस पनि साथै हुनेछन् । उनीहरु त अझ अब्बलदर्जाका तर्क कोरल्न सक्छन् । ती त लाले हुँन् नी लाले । त्यसैले नारा लगाँउ – मार्क्ससविरुद्ध संसारभरीकै.... प्रेतपीडित– एक हौँ ! एक हौँ !!

सभ्य समाजमाथिको प्रहार

मनवीरे सुनार (कालिकोट), सेते दमाईं (दैलेख), मना सार्की (कालिकोट), शिवशंकर दास (सप्तरी), लक्ष्मी परियार (काभ्रे), राजेश नेपाली (पर्वत), श्रेया सुनार (कास्की), रूपमती दास (मोरङ), रेश्मा रसाइली (धनुषा), माया विक (कैलाली), अस्मिता तोलामी सार्की (झापा), संगीता परियार (तनहुँ), झुमा विक (ताप्लेजुङ) ले ज्यान गुमाए। अन्तरजातीय प्रेमका सिकार काभ्रेका अजित मिजारको शव दाहसंस्कार लागि न्यायिक संघर्ष ४ वर्षदेखि शिक्षण अस्पतालमा जारी छ। नवराज विकहरूका चीत्कार भेरीका सुसेली बने। हिरासत नै बधशाला बनेको शम्भु सदा र विजयरामको न्यायिक चिच्याहट सभ्य समाजको कानमा परेन। कालिकोटका पखं विकलाई मन्दिरमा धार्मिक गुन्डाबाट भगवान्ले रक्षा गरेनन्। रोशन माझीको चीत्कार होस् या रौतहटका निरञ्जन रामको; कैलालीका विकास विकहरू गम्भीर आक्रमणमा पर्नु दलित कोखमा जन्म हुनु थियो। अहिले प्रदेश २ का मुख्यमन्त्री मुसलमान र प्रदेश प्रमुख दलित छन् तर दलितको हत्या र उत्पीडन तथा प्रतिरोधी आन्दोलनको केन्द्र पनि जनकपुर नै। उत्पीडनका रूप फरक–फरक छन्। अन्तरनिहित मूल पक्ष धार्मिक र जातीय अहंकार हो। इतिहासका पानामा मनुवादी वर्ण व्यवस्था हिन्दु समाजको महाकलंक हो। ती कलंक अपराध बन्दै आए। वर्चश्वशली समूह त्यसलाई तोड्नुको साटो अहंकारग्रसित बन्दै गयो। धर्मनिरपेक्ष, कम्युनिस्ट वा उदारवादी पनि आधुनिकतासँगै जातीय अहंकारमा फस्दै अपराध कर्मलाई नैसर्गिक अधिकार मान्न थल्दा एकतर्फ धर्म परिवर्तन बढ्न थाल्यो भने अर्कातर्फ अपराधले वर्चश्वशाली तप्काको संरक्षण पनि पाउँदै गयो। लोकायतवादीहरूले धार्मिक पाखण्डबारे गम्भीर विवेचना गरेका हुन्। अन्यायपूर्ण इतिहासको क्रूरतालाई आधुनिक र सभ्य समाजले साङ्लो छिनाल्न भने सकेन। दलितले छाता ओढ्न तथा गहना र जुत्ता लगाउनु त प्रतिबन्ध नै थियो। बाटामा थुक पर्ला भनेर घाँटीमा घैंटो झुन्ड्यएार हिँड्नुपर्ने थियो। केरलाको त्रावणकोरमा दलितले (एझवा) स्तन ढाक्ने कपडा लाउनुपथ्र्यो ‘स्तन कर’ तिर्नुपथ्र्यो। सन् १८०३ मा सानर नायर नंगेलीले आफ्नो स्तन काटेर ‘लौ यही हो कर’ भन्दै प्राणत्याग गरिन् र उनका पतिले आत्महत्या गरे। यो परिघटना दलित प्रतिरोधको प्रतिनिधि घटना बन्यो। हजारांै वर्षदेखिको उत्पीडन ‘विष्ट’ समूहलाई सामान्य ठानिए। ज्ञान र उत्पादनका साधन–स्रोतमाथि उनैको कब्जा कायम रहँदा दलित सामाजिक समूह मात्रै नभई आर्थिक वर्ग पनि बन्न पुग्यो। दलित–उत्पीडितमाथिका उत्पीडनविरुद्धको आवाज दलित वा लोकप्रियताका व्यवसायी एनजीओले मात्रै उठाउनुपर्छ ? राजनीतिक दल, मिडिया र विष्ट सन्तानका सरोकारका विषय किन बन्दैनन् ? वर्ग निर्माणका आधार र चरित्र युरोप र यस उपमहाद्वीपमा फरक रहन गए। जुन बेला माक्र्स–एंगेल्स कम्युनिस्ट घोषणापत्र (सन् १८४८) तयार गर्दै थिए, कालामाथि भएको बर्बरताका कहानी हेरियट बुजर स्टो ‘अंकल टम्स क्याबिन’ (सन् १८५१) लेख्दै थिइन्, जसलाई राष्ट्रपति अब्राहम लिंकनले काला जातिको बाइबल भने। अंग्रेज उपनिवेश, बर्बरता र उनका मतियारबारे त माक्र्सले सुन्दर व्याख्या गरे तर भारतको जातीय बर्बरता, समाजको श्रेणीगत अवस्थाबारे गम्भीर विवेचन गर्न भ्याएनन्। पछिल्लाकालमा भारतमा भने ज्योति वा फुले, रामा स्वामी पेरियार, भीमराव अम्बेडकर र काशीरामले सामाजिक जागरण र दलित मुक्तिको अभियानमा सामेल गराएर वैचारिक आन्दोलनको प्रवक्ता बने। अझ वैचारिक कार्य र चिरफार राहुल सांकृत्यायनले गर्न पुगे। कम्युनिस्टले जातीय कुरा नभई वर्गीय कुरा मात्र उठाउँदा दलित समूहमा पकड बनाउन सकेनन्। सामाजिक–सांस्कृतिक आन्दोलन हुन नसक्दा बरु लम्पट सर्वहारा दलित वर्गमै देखा पर्‍यो। आर्थिक वर्गप्रति मात्र जोड दिँदा वर्ण व्यवस्थाले वर्ग निर्माण गरेकामा ध्यान दिन सकेनन्। तीसको दशकमा अम्बेडकरले कम्युनिस्ट र पेरियारले कांग्रेस छाडे। दलित समूहबाट उच्च स्थानमा पुग्ने रूपलाल विश्वकर्माले पनि किन कम्युनिस्ट पार्टी छाडे ? के योग्यता, क्षमता र दक्षताको अभावले केन्द्रीय कार्यकारी नेतृत्वमा दलित, आदिवासी, जनजाति पुग्न नसकेका हुन् वा वर्चश्वशाली तप्काका कारण ? राजनीतिक पार्टीमा गम्भीर बहस हुुन सकेन न प्राज्ञिक जमातमा। जसरी भारतमा दलित प्रतिरोधी आन्दोलन भए र हुँदैछन्, त्यस्तो यहाँ हुन सकेन। दलित संगठन र एनजीओ हरेक पार्टीका जनवर्गीय संगठन त छन्, तर ती समूहका प्रवक्ता र अगुवा बन्नुभन्दा पनि आफ्नै पहिचान र आरक्षणका खोजीले दायित्व निर्वाह नगरी विष्टभक्तिमा रुमल्लिए। समानुपातिक शासकीय व्यवस्थाको परिकल्पना आरक्षणमार्फत स्वाभिमानको रक्षा र चेतनाको जगेर्ना गर्ने सोच थियो होला। तर, त्यसको बदला दलितमा आसे प्रवृत्तिको विकास गर्‍यो भने जनवर्गको प्रवक्ताभन्दा नेतृत्वको चाकरमा उनीहरूलाई फेरियो। समानुपातिकताको दया–याचनामा स्वन्तत्र चेत र विद्रोही आत्मा बन्धकी बन्न पुगे। उत्पीडित तप्काका विषय एनजीओलाई लोकप्रिय नारा र व्यवसायका मुद्दा त बन्छन् तर विद्रोह र प्रतिकारका विषय भने बन्दैन। बरु ‘पानी छर्कने’ काम भने गर्छ। भुक्न त सिकाँउछ तर टोक्न हौस्याउँदैन। जनयुद्ध, दलित र संसदीय नेतृत्व जनयुद्धले स्वाभिमान, आत्मसम्मानको सपना देखाउँदै आशा जगायो। मान्छे समान हो भन्ने विश्वास भर्‍यो। विद्रोह नापीजोखी कहीं पनि भद्रतामा हुँदैन, त्यो उग्रतामा पोखिँदा ‘दलित भर्सेस विष्ट’ भिडन्त कालिकोटमा देखियो पनि। अपमान र तिरस्कारले थिलथिलो भएको दलित समूह युद्धमा अग्रिम पंक्तिमा सामेल भयो। ज्यान गुमाउनेमा दलित, जनजाति र थारू सबभन्दा धेरै भए। विद्रोहले आत्मबल र वाणी पाएका समूहको स्वाभिमान र महŒवाकांक्षा त पलायो तर फेरिएको परिस्थितिमा वर्चश्वशाली तप्काबाट आएको नेतृत्व भने पुरानै सम्बन्ध र संस्कृतिमा फर्कंदा विचार र वर्ग पनि उसका फेरिए। राष्ट्रि«यसभामा ७ र प्रतिनिधिसभामा १९ सांसद गरेर २६ जना दलित सांसद हुँदा पनि दलित हत्या र उत्पीडन संसद्को विषय बन्न सकेन, बरु हत्याको तर्क पुष्टि गरिन थालिए। धर्म र दलित आफ्नै सीप, कला र क्षमताका धनी सिल्पी समूह आफ्नै ओकात थाहा नपाउँदा सुगन्ध थाहा नपाउने मृग झैं विष्टहरूबाट अपमानित भएको छ। अदृश्य भयले सदा सताइरह्यो। रामनामी कम्युनिस्टहरूले स्वाभिमानी दलित, जनजाति र आदिवासीलाई अन्य धर्मतिर वा धर्मान्धतातर्फ धकेल्दै गए। आफ्नै धार्मिक र सांस्कृतिक समूहहरू दलितमै समेत पनि अपमान, आक्रमण, बहिस्करणका कारण बने। हत्या, बलात्कार र आक्रमण भनेको सामूहिक मनोबल तोड्नु हो। भारतमा दलितहरू बुद्धमार्गमा लागे भने नेपालमा इसायतमा। जुन धर्मले तिम्रो स्वाभिमानको रक्षा गर्न सक्दैन, त्यसलाई ठोक र मार भनेर रामाश्वामी परियारले समाजलाई लल्कारेका थिए, तर रोग नचिनेका दलितलाई भने भगवान् र मन्दिरले लठ्यायो। भारतका संविधान निर्माता एवं पहिलो न्यायमन्त्री ज्ञान, शिक्षा र योग्यताका उम्दा भीम राव अम्बेडकरले आफ्ना सर्मथकसँगै सन् १९५६ को अक्टोबरमा बौद्ध धम्म ग्रहण गरे। धर्म परिवर्तन र दलित अहिले धर्म परिवर्तनको बाढी आएको छ। त्यसको मुख्य प्रभाव दलित, जनजाति र आदिवासीमा पर्‍यो, तर अधिकांश पास्चर भने विष्ट कूलका छन्। पश्चिमाहरूको भूसंवेदनशील देशको रणनीतिक उद्देश्य जोडिएको छ, तर प्रोत्साहित गर्ने र धकेल्ने मुख्य कारण हिन्दु धर्मको असहिष्णु मनुवादी व्यवस्था हो। शासन र न्यायिक चरित्र पनि सोहीअनुसार छ। दृष्टान्त नियालौं– मल्लो, तल्लो र बीच गाउँमा बाँडिएको विकापुरका कृष्ण परियार फस्र्ट बेन्चर विद्यार्थी थिए। ‘डुमपुत्र’ ले सबैलाई उछिनेकोमा विष्टहरूमा डाहा थियो नै। किशोर कृष्णको उमेर बढ्दै जाँदा छाती चौडा हुँदै थिए। पाखुरा बलिष्ठ, नजर फराकिलो, मस्तिष्कमा जिज्ञासा, कूतुहल र प्रश्न उब्जँदै गइरहेका थिए। असमानता, भेदभाव, तिरस्कार र सामाजिक अपमानका कारण पहिल्याउने भोक जाग्दै गयो। अझ सरस्वती पूजाका दिन स्कुलको चौर छोएर पूजा बिटुल्याएको आरोपमा सार्वजनिक बेइज्जत गर्दै ‘गुरु’ ले नै भगाएपछि त पीडा झन् थपियो। अर्का दिन सहपाठीका घरमा खाजा खाँदै गर्दा मित्रपिताले त्यहाँबाट पनि लखेटे। घरमा रुद्री गरेर तीन दिनपछि मात्र गृह प्रवेश गर्दै विष्टले ‘धर्म’ जोगाए। मान्छेका बीचको यो असमानता, भेदभाव, तिरस्कार र सामाजिक अपमानले घाइते कृष्ण अनेकौं प्रश्न र जिज्ञासा लिएर समानताका अभियन्ता तथा कम्युनिस्ट नेतृत्वसामु पुगे पनि उनीहरूको भनाइको आदर्श र व्यवहारबीच तालमेल नदेखेपछि बिरक्तिँदै इसाईहरूको संगतमा पुगे। तबसम्म उनमा कम्युनिस्टसँग मात्रै होइन, भगवान्सँग समेत मोहभंग भइसकेको थियो। आखिर चंख कृष्ण मण्डलीमा मात्र सामेल भएनन्, अवसरको सिँढी चढ्दै गएर राष्ट्रिय नेतृत्व तहमा पुग्न सके। पुराना अपमानका दिन सम्झँदै अहिले उनी भन्छन्– उनीहरूको भेदभाव अज्ञानताका कारण हो, माफ गरौं– त्यसबारे चर्चा नगरौं। अहिले पास्चर कृष्णजस्ता असंख्य अपमानितको धर्म परिवर्तनलाई प्रायोजित खेल, डलर र युरोको लगानी, पश्चिमाले धर्म र संस्कृति नष्ट गर्‍यो भन्नेहरू वर्चश्वशालीका व्यवहार र रामनामी कम्युनिस्टबारे भने चर्चा गर्दैनन्। यसै पनि ख्रिस्तानहरू पनि अन्धविश्वासबाट मुक्त छैनन् भने उनीहरूका रक्तरञ्जित हात अरूका भन्दा अझ फोहोरी छन्। किन झन् बढ्यो त उत्पीडन ? एकातर्फ शिक्षामा पहुँच, परिवर्तनसँगै जागृत स्वाभिमान, आत्मनिर्भर अर्थतन्त्रले हेपिएको नसहने चेत विकास भयो। हिजो दबाइएर रहेका सूचना र समाचार सामाजिक सञ्जालबाट विश्वव्यापी भए। आन्दोलन र विद्रोह एवं सामाजिक हस्तक्षेपले आत्मबल बढायो। नेताहरूको आदर्श सकिँदा र आन्दोलन नरहँदा पनि जनतामा विकास भएको प्रतिरोधी चेतनालाई विष्टहरूले बुझ्न नसक्दा पुरानै ऐंठनले आक्रामक मनोविज्ञान बढिरह्यो। अन्त्यमा, –उत्पीडनका साङ्ला अरू कसैले छिनाल्दैन, पीडित नै अगाडि बढ्न र नेतृत्व लिन आवश्यक हुन्छ। अन्य पक्ष सहयोगी, समर्थक र सहभागी हुने मात्र हुन्। शिक्षित हुन, संगठित हुनु, संघर्ष गर्नु, आफैंभित्रको भेदभाव तोड्नु र राजनीतिक पछुवा नबनी हस्तक्षेप गर्नु आवश्यक हुन्छ। –दलित–उत्पीडितमाथिका उत्पीडनविरुद्धको आवाज दलित वा लोकप्रियताका व्यवसायी एनजीओले मात्रै उठाउनुपर्छ ? यी किन राजनीतिक दल, मिडिया र विष्ट सन्तानका सरोकारका विषय बन्दैनन् ? चोटको मर्म त घाइतेलाई हुन्छ तर मलमपट्टी भने अरूले पनि लगाइदिन सक्छन्, लगाइदिनुपर्छ। अहिले उत्पीडनविरुद्ध संसारमै वर्ग वा समूह या उदारवादी, परिवर्तनवादी, क्रान्तिकारी सोचको हातेमालो हुँदैछ तर नेपालमा भने खट्किएकै छ।

आदर्शको पतन र मौनता

अनेकौं रूप र भूमिकामा रहेका अरिंगालदेखि डराएर सत्ता र शक्ति चिढिने कुनै विषय पनि अब लेख्दिनँ। आदर्शको पतन भएका बेला इतिहास लेख्दिनँ, पढ्दिनँ। क्रान्ति, विद्रोह र संघर्षका कथा चतुरेका सत्तासिँढी हुन् त्यो पनि भन्दै भन्दिनँ। हिजै कमरेड घोचुरामले आएर लल्कार्दै भन्यो, ‘भ्रष्ट र बेइमानलाई अब जय नेपाल र लालसलाम भन्नुभन्दा चटक्कै आफ्नै हात छिनालिदिन्छु। यिनीहरूले आदर्शका नाममा मलाई हत्यारा र लुटेरा बनाए। अब उनकै जीवनलीला छर्लंग भए, चर्तिकला देख्दा बुझ्दै छु। यिनका जेलबसाइ र संघर्षका गौरवशाली कौरवगाथा त नयाँ महाराज बन्न पो रहेछ। आफन्त सन्तान र गुटियार पोस्ने खेल पो रहेछ।’ हो, म त्यसो भन्ने घोचुरामका कथा अब लेख्दिनँ। क्लेप्टोक्रेसी (भ्रष्टतन्त्रमा) लेख्ने घटना चाङ लागेर कसले वाणी देला भनेर कुरिरहेका छन्। ट्रान्सपरेन्सी इन्टरनेसनलले अवस्था छर्लंग पा र्‍यो। कुनै बेलाका नायकनायिका फेरिएको सन्दर्भमा सोही सम्मानमा रहँदैनन्। म्यानमारकी आङसाङ सुकीले रोहिग्या मुसलमानप्रतिको उत्पीडन देखाइन्। सन् १९९१ मा नोबल पुरस्कार विजेता सुकीलाई अहिले सो सम्मानबाट पश्चिमा देशले समेत हटाए। भ्रष्टाचार र आफन्त परिवार मोह र नेतृत्व चर्चा गरेर कसैलाई व्यंग्य गर्ने नियत हुँदै हैन। सन् १९४३ मा स्टालिनले युद्धबन्दी छोरासँग जर्मन जर्नेलसँग साट्न अस्वीकार गरेपछि याकोबको हत्या नाजीले गरे। माओले कोरियायी युद्धमा मारिएका छोरा आन यिङको शव अन्य सेनाजस्तै त्यहीं दाहसंस्कार गर्न भने, चीन ल्याएनन्। आन्दोलनमा रहेका भीमदत्त पन्तले पनि छोराछोरी आन्दोलनकै क्रममा गुमाए। प्रेमराज, लीलाराज र छोरी रेवाको उपचार र अन्तिम संस्कारमा सहभागी हुन पाएनन्। मौन बसेर सत्य बोल्ने अधिकार गुमाएका भीडले वैकल्पिक सत्यको व्याख्या गरेर सत्ताको चाकरी गरिरहेको अवस्था हो। सत्ताको केन्द्रीकरण र संवैधानिक संस्थाको औचित्यहीनता बन्दै गरेको अवस्थामा सत्ता असहिष्णु बन्छ। भ्रष्टता र नेताको सादगी जिन्दगीबारे भारतका उपप्रधानमन्त्री एवं गृहमन्त्री सरदार बल्लभ भाई पटेलले ‘छोराछोरी मणिवेन पटेल र दयाभाइ पटेललाई गृहमन्त्री रहिञ्जेल दिल्ली नआउनु, परिवारवादको आरोप लाग्न सक्छ’ भने। पटेल बाँचुञ्जेल उनीहरू दिल्ली आएनन्। बरु उनको मृत्युपछि छोरी मणिवेनले प्रधानमन्त्री जवाहरलाल नेहरूलाई बहीखाताको किताबसँगै ३५ लाख बुझाइन्। प्रधानमन्त्री लालबहादुर शास्त्रीका छोरा इन्जिनियर हरिकृष्णलाई केही व्यापारीसँग संगत आरोप लागेपछि स्पष्ट नभइञ्जेल प्रधानमन्त्री निवास प्रवेश निषेध भयो। सन् १९७०–८० सम्म विद्रोही छापामार नेता उरुगेयन पूर्वराष्ट्रपति होसे अलबर्तो ‘पेपे’ मुहीका कोर्दानोको सहज र सरल स्वाभिमानी जिन्दगीलाई संसारका आदर्श नेता र सबभन्दा गरिब राष्ट्रप्रमुख भनिन्छन्। यी सबैको चर्चा गरेर आफ्नो नेतृत्वको हुर्मत काढ्ने मेरो कुनै उद्देश्य छैन। अदालती भ्रष्टाचारका विषयमा पनि लेख्दिनँ। भारतका प्रख्यात वकिल प्रशान्त भूषणले १३ पूर्वप्रधानन्यायाधीश भ्रष्ट छन् भने। भ्रष्टता पैसाको लेनदेनमा मात्रै हुँदैन भनेर प्रमाण पेस गरे। राज्यसत्ता नै नांगिने सो मुद्दामा सिलसिलेबार बहस भने भएन। प्रति मानहानिको दण्ड २० पैसा लगाइयो। नेपाली अदालतबारे विभिन्न चर्चा चलेका छन्। हेरौं, माननीय न्यायाधीश हरिकृष्ण कार्की आयोगले कति स्वच्छ र पारदर्शी अदालत बनाउँछ ? समय फेरियो, बहस फेरिए महान् क्रान्तिकारीहरू कसरी ढल्छन् ? कसरी वर्ग सिफ्ट हुन्छ ? बुद्धि र विवेक लिलामी गरेर दुस्मनका बफादार सेवक बन्छन् ? न्युमेन क्लातुराको (लाल मण्डले) जन्म र विकास निर्माण कसरी हुन्छ ? क्रान्ति कसरी प्रतिक्रान्तिमा फेरिन्छ ? अन्टिनियो गाम्स्कीलाई सम्झने किन ? कुरूपतालाई नंग्याउँदै निकोलाई गोगलको गद्दारी र पतनबारे छताछुल्ल पार्ने अलेक्जेन्डर हर्जेनको कथा हालेर ती सत्ता दलाल लेखक र पत्रकारलाई चिढ्याउँदै शत्रु कमाउन पनि चाहन्न। पक्कै पनि पुराना नायकका नयाँ पहेंलो छविमात्रै रहेको र सिद्धान्त, विचार, मूल्यको विघटन हुँदा अझै पाल्सी कुरा गरेको वा आफ्नो पुरानो हैसियत मक्किँदा पनि उही ह्याङओभर रहिरहेको र महाधिवेशनको चर्चा चलाइरहेको बारे पनि चर्चा गर्दिनँ। हिजोको शक्ति यसरी नांगिएको र नालायकी थिएन जति अहिले क्रान्ति, आदर्श र परिवर्तनको जगमा सत्ता नेतृत्वमा आएका भए। यिनीहरू मात्रै बदनाम भएनन्, हिजोका त्याग बलिदानका योद्धा पनि बदनाम भए। पराजित शक्तिले आफ्नो औचित्य प्रमाणित गर्ने यसलाई अवसर बनायो। क्रान्तिकारीहरू भाडाका सेना हुन् ? किन क्रान्तिको क्षतिपूर्ति खोजिन्छ ? महेन्द्रले क्रान्तिकारी निष्ठालाई आफ्ना समर्थक बनाउन ०७ सालका योद्धालाई जग्गा र पैसा टंकप्रसाद आयोगका नाममा दिए। जेलनेल, प्रवास र भूमिगत नाममा कृष्णप्रसाद भट्टराई आयोगले ०४८ मा रातो किताबको हविगत र निष्ठाको क्षतिपूर्ति त जगजाहेरै छ। अझ द्वन्द्वपीडित र सहिद, बेपत्ता र जनमुक्ति सेनाका नाममा क्रान्तिको क्षतिपूर्तिबारे यहाँ चर्चा गरेर दुस्मनी कमाउनै छैन। प्रतिकूलताका बेला बनेका आदर्श अनुकूलताका बेला कसरी ध्वस्त हुन्छन् र परीक्षा लिन्छ ? के आफ्नो भ्रष्टता जोगाउन अरूलाई पनि ध्वस्त गर्नुपर्ने हुन्छ ? एकपटक सांसद किनेर सत्ता पुग्ने खेलका कमान्डरसँग आदर्शहीन कार्यले असल काम भइहाले पनि कालान्तरमा दिगो हुन सक्दैन। यस्तो अनैतिक कामको कसरी नेतृत्व गर्नुभयो भनेर सोध्या थिएँ। उत्तर थियो— कसैगरी सत्ता कब्जा गर्नु क्रान्तिको उद्देश्य हुन्छ। तपाईंका कुरा आदर्श कविता लेखन र पुस्तकमा त सुन्दर हुन्छन् तर व्यावहारिक राजनीतिका लागि कुनै अर्थ राख्दैनन्। पदबेगर बाँच्न नसक्ने नेता, पदबेगर बाँच्न सक्ने नेतृत्वबारेमा लेख्नु छैन। जापानी प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिँदै अस्वस्थ मान्छेले गम्भीर निर्णय लिन सक्दैन भनेकै छन्। जब पद र पैसासँग मुद्दा र स्वतन्त्रता साटिनु वा किनबेच हुन्छन् भने त्यहाँभन्दा बढी पार्टी र व्यक्तित्व विघटन अरू के रहन्छ र ? तर पनि पछुवा पछि लागिरहन्छन्। भ्रममा बच्ने अभ्यस्त हुन्छन्। भय र अपेक्षाको घिडघिडो रहिरहन्छ। आफ्नै सपनीको दुर्दशा देखेर पनि मान्छे उदासीन, आक्रोशित, नयाँ योजना र नवीन मार्ग किन छान्दैन भने या त ऊ मूर्ख हो या चतुर व्यवसायी। जनयुद्धको समीक्षा नै नगरी माओवादी फुट्यो। चिराचिरा भयो। मूल कमान्डर नै जहाज छाडेर अलग्गिए। तब न विरोधीले लगाउने आरोपको यथोचित जवाफ दिइएन। पछिल्लो भेटमा डा. बाबुराम भट्टराईले जनयुद्धलाई ‘रेडिकल डेमोक्रेटिक मोभमेन्ट’ भने। उनी चालक सिटमा थिए, त्यही जहाजमा अन्य अभियन्ता सवार यात्री। त्यसबेला त के भने ! यी डाक्टरले भनेर अचम्म मानेको थिएँ। उनले कम्युनिस्ट पार्टी छाडेर नयाँ शक्ति सुरु गरे। त्यो कति नयाँ शक्ति बन्यो ! तर उनले नयाँ बहस भने छाडे। जुन मूल्य, आदर्श, सिद्धान्तका लागि संगठन बनेको हुन्छ, त्यही नरहेपछि वा फेरिएपछि सो संगठनको औचित्य पनि सकिन्छ। पार्टी त एक उद्देश्य प्राप्तिको हतियार मात्र हो। जब लक्षहीन, आदर्शहीन, शक्ति बन्छ तब पार्टी, पार्टी रहँदैन। अब कांग्रेस र सरकारी नेकपा दुवैले आफ्नो मौलिक चरित्र गुमाइसकेकाले विघटन भइसकेको पार्टीलाई ट्रेडमार्कका रूपमा चलाउनु आवश्यक छैन। महात्मा गन्धीले बेलायतबाट भारत स्वतन्त्रतासँगै भारतीय कांग्रेसको विघटन गरिदिए हुन्छ त्यसै भनेका हैनन्। अहिले देशैभरि आत्महत्या त बढेकै छ, मध्यम वर्ग त तहसनहस नै भयो। रुकुमपश्चिमको नवराज विकलगायतको हत्यापछि मात्रै मधेसमा आठ दलितको हत्या भयो। यसैबेला कोरानाले भोकमरी परेका कैलाली धनगढीका रोशन विक भदौ २२ चोरी मुद्दामा पक्राउ परेर २६ मा हिरासतमै भएको मृत्युलाई हत्या÷आत्माहत्या भनियो ?। अनर किलिङ (सम्मान रक्षाका लागि हत्या) यसै पनि ‘स्वाभिमान, जात र धर्मको रक्षा’ विष्ट कुलको मान्छेले दलित विषय किन उठाएर झन्झट बेहोर्ने ? भो, छाडिदिऊँ यो विषय पनि लेख्दिनँ। अन्त्यमा मौन बसेर सत्य बोल्ने अधिकार गुमाएका भीडले वैकल्पिक सत्यको व्याख्या गरेर सत्ताको चाकरी गरिरहेको अवस्था हो। सत्ताको केन्द्रीकरण र संवैधानिक संस्थाको औचित्यहीनता बन्दै गरेको अवस्थामा सत्ता असहिष्णु बन्छ। स्टेभिन लेभेन्स्की र डेनियल जेबेटले ‘कसरी प्रजातन्त्रको मृत्यु हुन्छ ? ’ भनेर लेखिसके। तब यहाँ लेखनको औचित्य र आलोचनात्मक चेत भनेको ‘आ बैल, मुझे मार’ हुन्छ नै। बाँधिएको आत्मा भनेको भीरमा तुन्द्रुंग झुन्डिएको कुभिन्डोजस्तै हो, पेन्डुलम झैं झुल्छ। पक्ष छान्ने सहास गर्दैन। पार्टीको आधारभूत सिद्धान्त, राट्रिय र अन्तर्राष्ट्रिय अभ्यास, संगठनका चरित्र, मित्र र शत्रुको किटान, लक्ष निर्धारणअनुसार नेता–कार्यकर्ता रहँदैन भने त्यो पार्टीको कुरै छाडौं, दबाब समूह पनि बन्ने हैसियत राख्दैन। त्यस्तो पार्टीको कार्यकर्ता बन्नु र ती नेतृत्वलाई सम्मान गर्नु भनेको जस्तै लेखनअनुसार लेखकका जीवन, मान्यता र आदर्श लेखकले राख्दैनन् भने त्यस्ता लेखनको पनि कुनै महŒव रहँदैन। किन लेख्ने ? कसका लागि लेख्ने ? लेखनको प्रायोजन के ?

महाधिवेशनका औचित्य र चुनौती

नेपाली कांग्रेस र सरकारी नेपाल कम्युनिस्ट पार्टीलाई अहिले महाधिवेशनको चटारो त परेको छ तर पार्टी–जीवनमा त्यस्तो रौनक भने अझै देखिँदैन। वर्षौंदेखिका तयारीले हरेक पार्टीका महाधिवेशन महोत्सव, वैचारिक घुम्ती, नयाँ नेतृत्वको उदय र चयन, नयाँ कार्यदिशा तय हुने गर्छन्। दुवै पार्टीमा अहिले न त्यस्तो तयारी देखिन्छ, न त उमंग नै। आखिर किन त ? के महाधिवेशन निर्धारित समयमा होला ? भए पनि त्यसले महाधिवेशनको मर्म धान्ला ? विगत महाधिवेशनका ऐतिहासिक पृष्ठभूमि केकस्ता रहे ? त्यसले नेपालको राजनीति र इतिहासमा केकस्तो प्रभाव पार्‍यो ? हुन लागेका महाधिवेशन नियमित कर्मकाण्डको सँघार छिचोलेर निवार्चन आयोगको कानुनी पर्वबाट माथि उठ्न सक्ला ? नयाँ सोच, विचार, नेतृत्व, मार्गचित्र र प्रतिबद्धता आउलान् ? अथवा के चिजको नयाँ अभ्यास होला ? अथवा एमसीसी (अमेरिका) भर्सेस बीआरआई (चीन) बन्ला ? कसरी राष्ट्रिय चिनतन र नेतृत्व तयार गरेर यस भूसंवेदनशील देश विश्व रणमैदानबाट जोगिएला ? समाजवादउन्मुख देश बनाउने मार्गचित्रका अल्पकालीन र दीर्घकालीन नीति र विधि पहिल्याउला ? annapurna post मर्म महाधिवेशनको जब पुरानै तरिकाले नयाँ लक्ष्य हासिल गर्न सकिँदैन तब नयाँ नीति, विधि, कला, इच्छाशक्ति र नैतिक सम्पत्ति भएको नयाँ नेतृत्व पार्र्टी र देशले अपेक्षा गरेका गर्छन्। नयाँ नेतृत्व भनेको व्यक्ति मात्रै फेरिँदैनन्; नयाँ सोच, मान्यता, लक्ष र प्रतिबद्धता पनि नयाँ आधारमा नयाँपनामा हुन्छ। जब पुरानै नेतृत्वले नयाँ चुनौती सामना गर्न सक्दैन र आशा जगाउन, आत्मबल बढाउन, सपना देखाउन, नयाँ चुनौती सामना गर्न सक्दैन तब नयाँ नेतृत्वको आवश्यकता हुन्छ। स्थापित नेतृत्वले पुरानै समूहबाट भूमिका निभाउन वाधा–अड्चन पुगेको वा अप्ठेरो लाग्न थाल्छ तब नयाँ जोसिलो र आफ्नो मार्गचित्रमा हाँकिने नयाँ समूह चयन गर्न पनि महाधिवेशन आवश्यक पर्छ। पुरानै नेतृत्वले नयाँ समयका नयाँ चुनौती निभाउन सक्दैन वा जिम्मेवारी र भूमिका पूरा गर्न सक्दैन भने पार्टीमा नयाँ नेतृत्व आवश्यक हुन्छ। त्यस्तो आवश्यकता बोध कार्यकर्ता पंक्ति र अवस्थाले गर्न पुग्छ। जुन उद्देश्यका लागि पार्टी बनेका हुन्छन्, त्यो प्राप्तिको हतियार संगठन हो। नयाँ सन्दर्भको नयाँ चुनौतीको सामूहिक चिन्तन र नयाँ महाधिवेशनको सामूहिक सोचले दिन्छ, त्यो संगठनको चित्र र चरित्रमा देखिन्छ। नजिर इतिहास इतिहासको यात्रा कहिलेकहीं लामालामा दस्ताबेज बनेर युग र देशकै तस्बिर फेरिदिने हुन्छन् भने कहिलेकहीं एक हरफमा शताब्दी सँगेटिएका हुन्छन्। फ्रान्सको राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, रूसको बोल्सेभिक क्रान्ति, चीनका अक्टोबर क्रान्तिले ती देशलाई मात्रै हैन, अन्यत्रका भूगोल, सामाजिक चेत, राजनीतिक परिवर्तनलाई पनि ठूलो प्रभाव छाड्यो। राजनीतिक उथलपुथल मात्रै भएन, चेतनामा हस्तक्षेप भएर ज्ञानका विविध क्षेत्रलाई गम्भीर प्रभाव छाड्यो। रूसमा लेनिनको बोल्सेभिक र उनका वैचारिक प्रतिद्वन्द्वी मार्तोभ र मार्तिनोभको संगठनात्मक सोचमा मेन्सेभिक भूमिकाले पार्टीमा विभाजन ल्यायो। अझ लियो त्रोस्की चिन्तन त विश्व कम्युनिस्ट आन्दोलनको महाविभाजनको त्रासदी नै। पहिलो विश्वयुद्धपछि एकातर्फ राष्ट्रवादी अभियान जोडसँग चल्यो, अर्कातर्फ कम्युनिस्ट आन्दोलन। भारतमा हिन्दु ‘राष्ट्रवादी’ संगठन राष्ट्रिय स्वयंसेवक सघं (आरएसएस) सन् १९२५ मा डा. केशव बलिराम हेगडेकरले गठन गरे। हिन्दु महासभा, जनसंंघ हुँदै भारतीय जनता पार्टीको (भाजपा) राजनीतिक पार्टी बन्दै गयो। कुनै समय दुई सिट मात्रै सदनमा रहेको पार्टी एकाएक प्रचण्ड बहुमतमा सहजै पुगेको हैन। भाजपाको गोबा सम्मेलनले पुराना नेता लालकृष्ण आडवाणी र मुरली मनोहर जोशीलाई पाखा लगाउँदै नयाँ नेतृत्वमा नरेन्द्र मोदीलाई ल्यायो। जोशी, आडवाणीले तयार गरेको राजनीतिक ऊर्जामय भूमि र अटल विहारी वाजपेयीले निरन्तरता दिएको आरएसएसको भूराजनीतिक अवस्थालाई ७५ वर्षदेखिको अभ्यासरत भावनात्मक वर्चस्वशाली विचारले नयाँ सन्दर्भमा नयाँ हस्तक्षेपकारी हिन्दुत्ववादी मोदी नेतृत्व एकै दिन तयार गरेको थिएन। आरएसएसभन्दा पाँच वर्षपहिला स्थापना भएको भारतीय कम्युनिस्टको अवस्था भने संघर्ष र सदनमा खुम्चिँदै गएर इतिहासकै सबभन्दा तल्लो सिँढीमा पुग्यो। कांग्रेसविरुद्ध एक भएको प्रतिपक्ष जनता पार्टी पनि वैचारिक र सदस्यताका कारण दुई वर्षमै विभाजित भयो। जब कन्जरभेटिभ पार्टीको दबदबालाई लेबरले चुनौती दिन सकेन तब हिप्पी स्वभावका लामा कपाल, एकान्तमा गीतारवादक टोनी ब्ल्ेयरलाई लेबर पार्टीले वेलायतमा आफ्नो नेता छान्यो। उनले पुराना लेबर संस्कृतिलाई पुनः व्याख्या र अभ्यास गरे। त्यसलाई नयाँ लेबर भन्न थालियो। उनी सन् १८८२ पछिका सबभन्दा कम उमेरका ब्लेयर लेबर नेता सन् १९९४ मा छानिए। तब कन्जरभेटिभको एकछत्रता तोडियो। सरकारी नेकपाको एकता टुंगिएको छैन, भागबन्डा मात्रै भएको छ। जनयुद्धको विरासतलाई इतिहासको हकवाला पूर्वएमाले बन्न सकेको छैन भने जबजलाई हार्दिक स्वीकार पूर्वमाओवादीले गर्न सकेको छैन। सात सालका डिक्टेटर मातृकाप्रसाद कोइरालालाई २००९ सालको जनकपुर सम्मेलनले हटाएर बीपी कोइरालालाई नेतृत्वमा ल्यायो। तर कम्युनिस्टले भने आफ्नै संस्थापक महासचिव पुष्पलाललाई जीवनभर खेदिरह्यो। बीपीको शान्तिपूर्ण वा सशस्त्र संघर्ष होस् पीएलको भूमिका। मदन भण्डारी र प्रचण्डले आफ्नै विरासत भत्काएका थिए। गण्ेशमानको वाम एकता र गिरिजाप्रसादको गणतन्त्रको स्वीकार पनि आफ्नै विरासतविरुद्ध समयको मागअनुसार चल्नु थियो। अन्य कर्मकाण्डी महाधिवेशन भनेको कानुनी रूपमा त बढे तर तिनीहरूले राष्ट्रिय राजनीति र इतिहासलाई खासै प्रभाव भने छाडेनन्। वाम वा दक्षिणजस्ता भए पनि हरेक पार्टीका महाधिवेशनहरूले सनातनसँग निरन्तरतामा सुधार वा क्रमभंग गरेका हुन्छन् तब मात्रै त्यसको औचित्य रहन्छ। कांग्रेसको बैरगनिया सम्मेलनको प्रजातन्त्रका लागि सशस्त्र संघर्षको घोषणा, जनकपुरको नेतृत्व परिवर्तन, वीरगन्ज सम्मेलनको समाजवाद घोषणा उल्लेखनीय थियो भने चाक्सीबारी भेला र गणेशमानको पहलले वाम एकताको महत्व र ढोका खोल्यो। गणतन्त्र त कल्पनालाई व्यवहारमा जनयुद्धको जगको जनआन्दोलनले सम्पन्न गरेर इतिहासलाई नै क्रमभंग गरिदियो। त्यसै पुष्पलालका नेपाल कम्युनिस्ट पार्टीको गठन, पहिलो महाधिवेशन र छलकपटबाट नेतृत्वको हेरफेर सम्मेलन वा महाधिवेशनकै नाममा भए। मदन भण्डारीको जनताको बहुदलीय जनवाद, प्रचण्डको जनयुद्धका भूमिका आदि महाधिवेशनले नै वैधानिकता र अभ्यास भए। ती संगठनको महायात्राका महाघुम्ती मात्र बनेनन्, देशको राजनीति मात्रै हैन, इतिहासलाई नै फेर्ने मोड बने। महाधिवेशनले नेतृत्व मात्रै फेर्दैन, पार्टीमा नयाँ जीवन पनि दिन्छ। न नेतृत्व न नीति दिन सक्ने भेला राजनीतिक कुम्भ मेला त बन्न सक्छन् तर महाधिवेशन भने बन्ने हैसियत राख्दैनन्। अन्योलताका जिज्ञासा दुवै पार्टीका मूल समस्या भनेकै पार्टीको मार्गदर्शक सिद्धान्त के हुने ? सिद्धान्त र गरिरहेको अभ्यासको तालमेल कसरी मिलाउने भन्ने हो। नेता र सिन्डिकेटमा रहेको संगठनलाई सांगठनिक चरित्रमा कसरी ढाल्ने र कमिटी शक्ति कसरी पुनस्र्थापना गर्ने भन्ने हो। इतिहासको हकवाला बन्दै अभ्यासरत राजनीतिक संस्कृतिलाई कसरी अन्तरघुलन गराउने भन्ने हो। दुवैको राजनीतिक चरित्रको छाया अर्थनीतिमा देखिन्छ। समाजवादी भने पनि निजीकरण प्राथमिकतामा पर्छन्। पार्टी फरक भए पनि आचारविचार र अभ्यास समान छन्। संविधानको रक्षामा उदासीनता र आफ्नै गौरवताका हकवाला बन्न सकिरहेका छैनन्। हिजोसम्म गुट र गिरोहले बुथ कमिटी र सेल कमिटीमा प्रभाव पाथ्र्यो अब आर्थिक चलखेल देखिने छ भने लेबी र सदस्यता नवीकरण पनि हैसियत हत्याउनेमा हुनेछ। सरकारी नेकपाका चुनौती सरकारी नेकपाको एकता टुंगिएको छैन, भागबन्डा मात्रै भएको छ। जनयुद्धको विरासतलाई इतिहासको हकवाला पूर्वएमाले बन्न सकेको छैन भने जबजलाई हार्दिक स्वीकार पूर्वमाओवादीले गर्न सकेको छैन। पार्टी एकता आफ्ना पुराना दुवैका विरासत स्वीकार गरेर नयाँ बन्नुपर्ने हुन्थ्यो। तर पच्ने र पचाइदिने खेल अझै चलेको छ। सार्वभौम नेतृत्व वा नयाँ चुनौती सामना गर्न नयाँ चेतना, सोच र मार्गचित्र भएको नेतृत्व तय गर्न अभ्यास देखिँदैन भने पुरानै पछ्याउने मानसिक वृद्ध नै युवापंक्ति देखिन्छ। हुने महाधिवेशन कतिऔं हो र त्यसले राष्ट्रिय र अन्तर्राष्ट्र्यि आत्मसमीक्षा गर्न केके विषय हुन् ? ती समीक्षा र अभ्यास कम्युनिस्ट धरातलबाट कि बुर्जुवा अभ्यासमा किटान गर्न अझै सकेको छैन। annapurna post