Wednesday, August 26, 2020

‘मी लर्ड, म फर्किन सक्दिनँ !’

मानहानिको आरोपमा भारतका वरिष्ठ वकिल प्रशान्त भूषणलाई सर्वोच्च अदालतले ‘दोषी’ ठहर्‍याउँदै सजाय सुनाउन २ दिन घर्काउँदै ‘माफी’माग्न र भनाइ फिर्ता लिन भनियो। मनले नमागएिको ‘माफी’ माफी नै हुँदैनथ्यो। न्यायालय ‘माफी’ दिन चाहन्छ तर भूषण माग्दिनँ भन्छन्। शब्द फिर्ता लिन अन्तरात्माको आवाज हुनुपर्छ। भूषणले पछिल्लो भनाइ पनि ‘मी लर्ड, म फर्किन सक्दिन् !’ अवस्था अनौठो टकराहटमा पुग्यो। जसले माफी माग्नुपर्ने हो, ऊ आपूmले उठाएका समग्र विषय सिलसिलेवार बहस होस् भन्ने माग गर्छ, ‘माफी’ दिने शक्ति भने विषयलाई समग्रमा नभई अंशमालिँदै ‘माफी’ दिन आतुर छ। ‘अभियुक्त’ ले ‘माफी नमाग्दा समग्र व्यवस्थामाथि नै प्रश्न उठे, संवैधानिक बेन्चको माग भयो। नेपाली राजनीतिका धेरै अग्ला मान्छे रूपचन्द विष्टलाई एकपटक राट्रिय पञ्चायत सदस्यलाई अपमान गरेको, ‘निर्विकल्प’ पञ्चायतको खिस्सी उडाएकोमा भनाइ फिर्ता लिन भनियो। मण्डले र पञ्चायतको घेराका विष्टले ‘शब्द फिर्ता लिएँ’ भने। झक्की स्वभाव परिचित पत्रकारले कारण सोध्दा विष्ट– सिकारलाई गोली हानीं, सिकार ढल्यो, मर्‍यो। जे भन्नु थियो, भनीं। जनतामा बहस पुगिसक्यो। अब मरेको सिकारबाट मैले चिसो गोली निकालेको मात्र हुँ’ भनें। भारतीय पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयी, यसै पनि तेजतर्रार सांसद थिए, उनले एक दिन सदनमा भने– कांग्रेसी आधा सांसद मूर्ख छन्।’ शब्द फिर्ता लिन होहल्ला भयो। तव वाजपेयीले भने– कांग्रेसका सांसद आधाजसो बुद्धिमान छैनन्।’तर भूषणले भने कूटनीतिक बाटो पछ्याएनन्। सडक र सदनमा लडिने संघर्ष भूषणले सर्वोच्च न्यायालयमा पुर्‍याए। नागरिक सरोकारका विषयमा ३० वर्षदेखि पैरवी गर्दै संघर्षरत भूषणका दुईवटा ट्वीटले व्यवस्था हल्लियो, तरंगित बनायोे। ११ वर्ष पहिलाको मुद्दा फेरि ब्युँझाइयो। अदालतले उनलाई ताने पनि विश्वव्यापी सत्ता, कर्पोरेट र न्यायालयको सम्बन्ध र प्रभावबारे गम्भीर बहस भने छेडिए। भूषणका दुई ट्वीट ‘नागपुरको राजभवनमा मास्क र हेलमेट नलगाई सीजेआई (प्रधानन्यायाधीश) ५० लाखको एउटा मोटरसाइकलमा सवार भइरहेका छन्, जो भाजपाका एक नेताको हो। त्यो पनि यस्तो समयमा जब उनले सुप्रिम कोर्टलाई लकडाउन मोडमा राखेका छन्, जसले नागरिक न्यायसम्म पुग्ने आधारभूत अधिकारदेखि वञ्चित छन्।’ ‘आपत्काल घोषित नगरे पनि भारतमा लोकतन्त्रलाई कसरी सखाप पारियो, यो थाहा पाउनका लागि भविष्यमा इतिहासकारले बितेका ६ वर्ष नियाल्नेछन् तब यस विनाशलाई सुप्रिम कोर्टको भूमिकाको मुख्यरूपमा रेखांकित गर्नेछन् र त्यसमा पनि महत्त्वपूर्ण पछिल्ला चारजना प्रधानन्यायाधीशहरूको भूमिकाको’ –उनको सन् २००९ मा तहल्का पत्रिकामा छापिएको अन्तरवार्तामा १६ प्रधानन्यायाधीशमध्ये आधा भ्रष्ट छन् भनेका थिए। २०१२ देखि सुनवाइ नभएको त्यो मुद्दा फेरि ब्युँझाइयो। अभिव्यक्तिका स्वतन्त्रता भर्सेस मानहानि ती ट्वीटको प्रसंगलाई एटर्नी जनरलको सल्लाहबेगर अदालतले स्वतः संज्ञा नलिँदै १५ अगस्तमा मानहानि मुद्दाको फैसलामा भूषणलाई ‘दोषी’ सावित गर्‍यो– विनासर्त ‘माफी’ मागे कुनै दण्डात्मक सजाय नहुने। भूषण टसमस नभएर पुरानै कुरा दोहोर्‍याउँदै गए। जहिले र जहाँ पनि अक्करमा ठक्कर पुगेपछि हरेक शक्ति तिल्मिलाएर बदला लिन अहंकारमा उत्रिन्छ। तर, समयको चयन, मुद्दाको प्रकृति, अदालतको भूमिका, भूषणको समर्थनमा उत्रिएको जनमतले विषयलाई भारत र विश्वव्यापी नै बहस सुरु गरायो। १२ जना पूर्वन्यायाधीशसहित एक सय ३१ प्रबुद्ध नागरिकले समर्थनमा लिखत बयान जारी गरे। हजारौं वकिल पक्षमा उभिए। जनसरोकारका मुद्दामा अदालती घेरा र सडकमा मात्र देखिने सक्रियतावादी अब भने न्यायिक स्वतन्त्रताका चर्चित प्रतीक बन्दै नांगो उदारवादको सिन्डिकेट अध्यक्षताका लागि दस्ताबेज बने। अदालतमा भूषण ः मैले गरेका ट्वीट एक नागरिकका रूपमा सत्यलाई सामने ल्याउने प्रयास हो। म यस्तो बेला पनि बोल्दिनँ भने आफ्नो जिम्मेवारी उठाउन असफल सावित हुनेछु। म यहाँ राष्ट्रपिता महात्मा गान्धीको एउटा भनाइ राख्न चाहन्छु, ‘म दया गर्नका लागि भन्दिनँ। म उदारता देखाउनका लागि भन्दिनँ। म अदालतले दिएको जस्तै सजाय पनि स्विकार्छु। यही एक नागरिकको पहलो कर्तव्य पनि हो।’ ‘अदालत मलाई थप समय दिन चाहन्छ भने म यसलाई स्वागत गर्छु, तर यसबाट केही फाइदा हुन्छ भन्ने मलाई लाग्दैन। यसले अदालतको समय मात्र बर्बाद हुन्छ। मैले आफ्नो बयान फेर्ने यसको ठूलो सम्भावना छैन ।’ ‘मलाई यो भरोसा गर्न मुस्किल छ कि मेरा दुई ट्वीटले भारतको लोकतन्त्रको यस महत्त्वपूर्ण अंगलाई अस्थिर गरिदियो। म यस कुरालाई दोहोर्‍याउन चाहन्छु कि मेरा दुवै ट्वीट् मेरा विचार व्यक्त गर्छन् र लोकतन्त्रमा विचार व्यक्त गर्नु अति आवश्यक हुन्छ। म मान्छु कि लोकतन्त्रमा कुनै पनि संस्थानको खुला आलोचना संवैधानिक स्थिति बनाइराख्न अति आवश्यक छ’ ‘न बोल्नु आफ्नो कर्तव्यलाई त्याग्नुजस्तै हो र त्यो पनि मजस्तो अदालतसँग जोडिएको व्यक्तिका लागि’ ‘म दयाको भीख माग्दिनँ। न उदारताको अपिल नै गर्छु। यस विषयमा जे सजाय दिइन्छ म यहाँ कस्तै प्रकारको सजाय पनि शिरोधार्य गर्न आएको छु। जेलाई अदालत ‘अपराध’ मान्छ, मेरो नजरमा त्यो गल्ती हैन। बरु नागरिकप्रतिको सर्वोच्च कर्तव्य हो। मलाई दुःख यसमा लागेको छ, अदालतको मानहानिको ‘दोषी’ ठहर्‍याइयो जसको महिमा मैले दरबारी र जयजयकारको रूपमा नभई बरु ३० वर्षसम्म संरक्षक बनाइरहन कोसिस गरें।’ ‘ लोकतन्त्रमा खुला आलोचना जरुरी छ। हामी यस्तो समयमा छौं जब संवैधानिक सिद्धान्त रक्षा व्यक्तिगत निश्चिन्तताभन्दा धेरै महत्त्वपूर्ण हुनुपर्छ। बोल्न असफल हुनु कर्तव्यको अपमान हुन्छ। यो मेरा लागि खराब हुनेछ कि मैले प्रामाणिक टिप्पणीका लागि ‘माफी’ मागिरहुँ।’ मानहानि र नेपाली अदालत नेपालमा मानहानि मुद्दाका उल्लेखनीय व्यक्तित्व छन्। अदालतमाथि औंला उठ्ने गरेका पनि छन्। पूर्वप्रधानमन्त्रीहरू डा. केआई सिंह, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइरालाले मानहानि मुद्दाको सामना गरे। वरिष्ठ वकिल कृष्णप्रसाद भण्डारीलाई (विश्वमै सबभन्दा बेन्चमै सक्रिय सम्भवतः बृद्ध वकिल, ९३ वर्ष) अदालती फैसलामा ‘उहाँले मानहानि नै गर्न सक्नुहुन्न’ भन्यो। वरिष्ठ पत्रकार हरिहर विरही एक दिन जेल बसे। लोकमान सिंह कार्कीलाई अदालतपरिसरमै मोसो दल्ने विप्लव नेतृत्व नेकपासम्बधित विद्यार्थी नेता प्रकाश शाही महिना दिन जेल बसे। सर्वोच्चका कैयन् फैसला विवादमा परेका छन्। पछिल्लो घटना प्रहरी पूर्वनायब निरीक्षक रञ्जन कोइराला र पृथ्वी मल्ल सन्दर्भ छताछुल्ल भयो। पार्टी कोटामा न्यायाधीश नियुक्त हुन थालेपछि बफादारी संविधानको रक्षक कि नियुक्त दिनेप्रति ? प्रश्न उठे। वरिष्ठ अधिवक्ता शम्भु थापाले टीभी अन्तर्वार्तामा ‘अदालत भ्रष्ट छ’, वकिल र बिचौलियाले घुस खुवाउँछन्’ भन्दा कसैलाई आश्चर्य लागेन। सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्ती ‘न्यायपालिकाको भविष्य जनआस्थाको सवालमा आउँदा दिन झन्झन् कष्टकर हुनेछन्’ भन्छन्। न्यायको अन्तिम भरोसा सर्वोच्च न्यायालय हो। विश्वासको संकट बढ्दै जाँदा–प्रहरी, अदालतसँग पंगा लिँदा कुनै पनि फर्जी मुद्दामा फसाइदिन सक्छ भन्ने जनमानसमा आतंक भयो। सत्ताको चासो रहन्छ भने अझ बन्दी प्रत्यक्षीकरणमा फैसला सरकार पालना गर्दैन भन्ने देखिन्छ। पूर्वडीआईजी महेशविक्रम शाह एउटा कथामा लेख्छन्, ‘पुलिस, वकिल, पत्रकार र नेता मिलेदेखि जस्तो मुद्दामा पनि अपराध सावित गर्न सकिन्छ।’ समस्या जब्बर छ भन्ने आत्मस्वीकृत सर्वोच्च अदालतले ३० साउनमा फेरि गर्‍यो। माननीय न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा आठ सदस्यीय समितिको कार्य ‘न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने प्रभावकारी उपायका सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न’ भन्ने कार्यादेशको पहिलो बुँदामा–यस सम्बन्धमा भएका पूर्वअध्ययन प्रतिवेदनका सुझावहरूसमेतको अध्ययन गरी न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवं बिचौलियाबाट हुन सक्ने क्रियाकलाप रोक्न कानुनी संरचनागतलगायत उपयुक्त र प्रभावकारी उपायसहितको प्रतिवेदन पेस गर्ने।’ अन्त्यमा, आलोचनात्मक चेत राख्ने बुद्धिजीवीहरूका लागि जेल बन्दै गएको भारतमा प्रशान्त भूषणको अर्थ आचरणले नैतिक पुँजी र भूमिकाले इच्छाशक्ति भएकाले मात्रै शक्तिसँग टकराउन सक्छ भन्ने हो। शक्तिसँगको डर पनि डराएर मुक्त भयो भने मात्र सत्ता, कर्पोरेट र क्लेप्टोक्रेसीसँग भिड्न सक्छ। केही जिउँदा मान्छे संसारमा अझै भएर मात्र प्रलय नआएको हो। पूरा समाज भ्रष्टीकरण भइसकेको छैन। सपना र दायित्व अझै तुहिएको छैन। धरतीका असल सन्तानका छातीमा धड्कन अझै सुनिन्छन्। यो अस्तव्यस्तता, महामारी, उग्र दक्षिणपन्थको धार्मिक र वर्चस्वशाली अभियानका बीचमा पनि मान्छेले नयाँ तरिकाले सोच्दैछन्। नयाँ समाज बन्नेछ, बनाउने जागृत समाज विश्वमै जाग्दैछ भन्ने सन्देश हो। ११ भदौ २०७७ ०८:१२:०० अन्नपूर्ण

अनेक अनिष्टका अकाट्य आशंका

‘संसार… खराब काम गर्नेहरूद्वारा नष्ट हुँदैन तर यो नष्ट हुनुको जिम्मेवारी उनीहरूमाथि हुनेछ जो यस्ता गलत क्रियाकलापलाई चुपचाप बसेर हेरिमात्र रहन्छन्, – अल्बर्ट आइन्स्टाइन । राजा नांगै छ भनेर कसैले न कसैले चिच्याउनै पथ्र्यो । प्राडा. गोविन्द केसी न्यायालयप्रति गम्भीर आरोप लगाउँदै अनशन थलोबाटै हिरासत गए । एउटा ‘सार्वभौम’ संस्थाको जनविश्वास घट्दो छ । डा. केसी ‘मरे हुन्छ’ भन्नेहरू सरकार बनाउँदै छन् । सार्वजनिक हरेक क्षेत्र माफियाको कब्जामा छ वा व्यापारीको । पोष्टरयुवाहरू हामीलाई केको सरोकार भनेर दायित्वहीन सोच्दै छन् । लिमिँग सिन्ड्रोमबाट ग्रसित राजनीतिक पार्टीहरू सिद्धान्तको सामुहिक आत्महत्यातर्फ बढ्दै छन् । कांग्रेस र कम्युनिष्ट ट्रेडमार्कमा खुम्चिए । सिद्धान्त अन्तको सार्वजनिक घोषणा गर्न पुगे । असन्तोष चौतर्फी छ तर विरोधको आवाज संगठित विद्रोह बन्न सकिराखेको भने छैन । सुस्ताउँदै छ या एनजिओ÷आइएनजिओको अंशमा परेको छ । जनयुद्ध र जनआन्दोलनको मर्म, उद्देश्य र सन्देश व्यक्ति र शब्द मात्र नभई राज्यसत्ताको चित्र र चरित्र नै फेर्ने थियो । तर, त्यो आचरण र संस्कृतिमा अनुभूत हुन सकेको छैन । परिवर्तनका चित्र र चरित्र त पार्टी र नेतृत्वका आचार, विचार र व्यवहारबाट देखिने कुरा हुन् । हरेक विद्रोह, क्रान्ति र आन्दोलनले सुषुप्त समाजलाई जागृत मात्र गराउँदैन त्यसले समाजलाई सुन्दर सपना देखाउँछ, महŒवाकांक्षा बढाउँछ, महत्वाकांक्षाको सकारात्मक व्यवस्थापन नेतृत्वको चातुर्यकला हुनुपर्नेमा त्यो देखा परेन । संक्रमणकाल अत्यन्तै छोटो समयमै टुंग्याउनुपथ्र्यो, त्यसो भएन । त्यसका बाइ–प्रोडक्ट जताततै विभिन्न आवरणमा सल्बलाउँदै छन् । हरेक निर्णयको केन्द्रमा भ्रष्टाचार देखिन्छ । नीतिगत भ्रष्टाचार महारोग बनेको छ । राज्यप्रति यस्तो अविश्वास भनेको या विद्रोह र क्रान्तिको संकेत हो या त अनिष्ट घटनाको । आधा वर्ष मधेस–तराईमा बिताउँदा अनेकांै प्रश्न उब्जिए । त्यहाँ लु चल्छ, शीतलहर चल्छ, बाढी र सुख्खा दुवै झेल्नुपर्छ । आवेगमा भीडलाई डो¥याएर सत्ताका खेल हुन्छन् । शिक्षा र चतु¥याइँका कारण मधेस–तराईकै नाममा ‘पहुनाहरूले’ शुभलाभ लिन्छन् र धेरैजसो तिनै अगुवा बन्छन् । मूल राजनीतिक दलले स्थानीय नेतृत्व फस्टाउने वातावरण तयार गर्दैन वा विस्थापित गर्छ । त्यसका प्रतिक्रियाले विकल्प खोज्न पुग्दा जातीय र क्षेत्रीय संगठन खुल्छन् । काठमाडौं मधेस–तराईलाई बुझ्नै चाहँदैन त्यसैले त्यहाँको आवेगले पनि काठमाडौंलाई शासक मात्र सोच्छ । कुनै दिन किसान आन्दोलनको उर्वरभूमि अहिले तिनै आन्दोलनकर्तालाई आवेगमा उतारिरहेको छ । आवेगको राजनीतिक बाली त्यसमा मौलाएको छ । अझ प्रदेश नम्बर १ र २ को भ्रमणमा जिज्ञाशा, प्रश्न, आश्चर्यता र कौतुहलताका विषय अनेकांै बने । मान्छे चिसोले मरिरहेको होइन, गरिबीले चिसो झेल्न सकेन । गरिबीले जात र थरको सीमा तोड्यो । गरिबीलाई न सरकार, न भगवान, न जातीय आवेग भर्नेहरू कसैले हेरेनन् न त करुणाका गीत गाइदिने मिडियाहरूले देखे–लेखे । ठूला लेखक, ठूला मिडिया र ठूला नेताहरूका समस्या र सम्बन्ध ठूलैसँग हुन्छ । दुःख, वेदना र सरोकारका विषय पनि ठूलैसँग जोडिएको हुन्छ । उनीहरूका नजरमा भुइँमान्छेहरू बोल्ने ज्यावल हुन् वा नेता छान्ने थोत्रो मिसिन । क्रान्ति र परिवर्तनले जगाएको आशा र देखाएको सपनालाई राजनीतिक नेतृत्वले पँुजीकरण गर्न चुक्दा निराशा र आक्रोश बढ्छ । जुन तरिकाले चुनावको अभ्यास भयो, त्यसले आमजनतालाई अराजनीतिकरण मात्रै गरेन भ्रष्टीकरणसमेत भयो । आवेग र विचारभन्दा समाजको तल्लो तप्कालाई नै भ्रष्टीकरण गरेर कांग्रेस, एमाले, माओवादी र मधेसवादीले एउटै चरित्र र चित्र जनमानसमा पु¥याए । नाराले, आवेगले, सपनाले र घोषणपत्रले कुनै काम गरेन, सुकृबिक्रीको बजारभाउ ह्वात्त बढ्यो, केही ठाउँमा जातिको भूमिका रहे पनि त्यहाँ पनि लक्ष्मीनारायण नै सक्रिय भए । सपना र महŒवाकांक्षाको सकारात्मक व्यवस्थापन हुन सके परिवर्तनले आशा जगाउँछ र देशले नयाँ मार्गचित्र पहिल्याउँछ नत्रभने त्यसैमा टेकेर अस्तव्यस्तताका खेल सुरु हुन्छन् । अझ सानु आकारका देश र संवेदनशीलताका भूगोलमा गडबड सुरु हुन्छ । सामाजिक परिवर्तनका महŒवाकांक्षा व्यक्ति र समूहको पहिचानमा मात्र सीमित हुँदा हिजैका ठालुको भिन्न नाममा रजाइँ हुन्छ, आदर्श मर्छ । हिजोका प्रतिबद्धता बिर्सिइन्छ । क्रान्तिको क्षतिपूर्ति खोज्ने भीड लाग्छ । कुनै पनि सन्दर्भमा, कस्तै परिस्थितिमा मरेका र मारिएकाहरूलाई सहिदको दर्जा खोजिन्छ र दिइन्छ । नीति, नियम, कानुन, संविधानको मर्मअनुसार राज्य सञ्चालन नहुँदा परिवर्तनको जोस एकातर्फ ठण्डा पर्दै जान्छ, अर्कातर्फ राज्यप्रति अविश्वास बढ्दै जान्छ । राजनीतिक दलको मुख्य भिडन्त सरकारको नेतृत्वमा सीमित हुन पुग्छ । सरकार त राज्यको एउटा अंग मात्र हो, पूरा संयन्त्रका अनेकौं शाखाप्रशाखा हुन्छन् । संसद्, न्यायालय, सेना, अख्तियार, महालेखा, निर्वाचन आयोग, सांस्कृतिक संस्थान, चालचलन र राष्ट्रिय मनोदशाहरू एकअर्काका पूरक हुन्, नियन्त्रण र वैधानिक निर्देशक पनि । सरकारद्वारा नियुक्ति भए पनि सरकारका अंग नभई तिनीहरू राज्यका अंग हुने गर्छन् । उनीहरूले संविधानको लेटर अफ स्पिरिटअनुसार विवेक प्रयोग गर्नु अनिवार्य हुन्छ । जब त्यसो हुँदैन, गरिँदैन तब राज्यप्रति जनताको विश्वास टुट्न पुग्छ । राज्यप्रति विश्वास टुट्नु या त देश गृहयुद्धमा फस्नु हो या असफल राष्ट्र बन्नु हो । त्यसबाट बचाउने शान्तिकालमा अदालत र विद्रोहकालमा सुरक्षातन्त्र हो । तर, विडम्बना यहाँ यस्तो महासिण्डिकेट भ्रष्टाचारको जालो भयो जसमा नीति–निर्मातादेखि राज्यका सबै अंग सिण्डिकेट सदस्य बन्दै छन् भने खबरदारी गर्ने मिडियाको ठूलो तप्का पनि त्यसैको हिस्सेदारी बन्दै छ । जन आस्था प्रकाशित मिति : 12 January, 2018 1:45 pm

​कालले घुस खान्छ र कमरेड !

हिम्मत से सच कहो तो बुरा मानते हैं लोग, रो– रो के बात कहने की आदत नहीं रही ! ( दुष्यन्तकुमार) भ्रष्टाचार अब बहस र आन्दोलनको विषय रहेन, राजकीय सर्वस्वीकार्य भइसक्यो । तर, कालले भने न भ्रष्टाचार गर्छ न घुस नै खान्छ । शक्ति र पैसाले सधँँै जीवन किन्न सकिँदो रहेनछ । माइकल ज्याक्सनले १ सय ५० वर्ष उमेरको लालसा राखेर मृत्युबाट जोगिन अक्सिजन कोठामै सुत्ने, १२ भन्दा ज्यादा निजी विशेषज्ञ डाक्टरलाई हरदम तयारी हालतमा राख्ने र आवश्यकतामा कृत्रिम अंग दिन तयार ‘दाता’ को उपस्थितिसँगै प्रयोगशालामा परीक्षण गरेपछि मात्र खाना खाने गरेका तमाम उपाय काम लागेनन्् । ५० वर्षमै मृत्यु भयो । पुराना साथीसंगाती मात्रै हैन, काला बाउ–आमासम्म फेरेर कानुनी रूपमा गोरा स्विकार्ने उनले जन्मजात कालो छालासमेत फेरेर गोरे बने । हरेकखाले विगतसँग सम्बन्ध छाडे । ती सबै जोगाडले उनलाई गिज्यायो । अंश र वंशका त उत्तराधिकारी हुन सक्छन्, नागरिकता र पुख्र्याैली पनि हुन सक्ला तर भावना, संवेदना मूल्य–मान्यता र आदर्शका भने कसैका पनि उत्तराधिकारी हुँदैनन् । जब सम्पत्ति, जमिन हैसियतका कुरा आउँछन् त्यसबेला हरेकलाई चिनिन्छ । वंशाणुगत श्रीपेच पनि त नारायणहिटीमा थन्क्याएर राजा ज्ञानेन्द्रले नागार्जुन वनबास जानुप¥यो । शक्तिको मैमत्तता र घृणाको बिगबिगी वर्चश्वशालीका प्रेरक हुन् । अल्पमतप्रतिको घृणासँगै बहुसंख्यकवादी सत्तामा पुग्छन् । शक्तिशालीका दास बनेर कमजोर र स्वाभिमानीमाथि रजाइँ गर्छन् । नेपाल अहिले प्रयोगशाला र रणभूमि हो । यहाँ बोइङ र एयरबसको लडाइँ वाइडबडी बन्छ । यहाँ एमसिसी र बिआरआईको लडाइँ महरा केस बन्छ । एकैपटक बिआरआई र एमसिसी सम्झौता गर्ने कूटनीतिक अभ्यास पनि गरिन्छ । सांसदको विवेक ह्विपले चल्छ तर एमसिसी पास गर्ने सभामुख अझै देशले पत्तो लगाउन सकेको छैन । न्याय पनि दुईथरी हुन्छन् । राजकीय इख अझ कडा हुन्छ । भारतकी फायर ब्राण्ड पत्रकार तवलिन सिंह कुनै समय उग्र मोदी समर्थक थिइन् । जब छोरा आतिस तासिरले मोदीबारे टाइम म्यागाजिनमा ‘डिभाइडर इन चिफ’ लेखे तब तासिरमाथि राजकीय इख साँध्न थालियो । अब भने तवलिन भन्न बाध्य भइन्– मलाई विश्वास नै लाग्दै छैन कि यस्तो प्रधानमन्त्री जसलाई मैले पूरै ५ वर्ष समर्थन गरेँ, उनकै सरकारले मेरो छोरालाई देश निर्वासन गरिदियो ।’ (इण्डियन एक्सप्रेस)। शक्तिको रथ चढेपछि कोषमा लुकाइएका दाह्रा बाहिर निक्लन्छन् । अनि त्यसले बदला लिन तम्सिन्छ । संवेदनशीलता आफैँ पीडित बनेपछि मात्र थाहा हुन्छ । जबसम्म सत्ता सहभागी हुँदैन तबसम्म किताबमा रहेका आदर्श र कानुन सक्रिय हुन्छन् । जब सत्ता लाग्छ, कानुन बबुरो बन्न पुग्छ । शक्तिका भाषाले कालोडण्डा चलाउन थालेपछि एउटै विषयका फरक मानक बन्न पुग्छन् । कालाकोटे जर्नेलहरू सत्ताका शान्तिकालीन पहरेदार र यथास्थितिका रक्षक हुन्छन् । सत्ताका अदृश्य हात र पहुँच बुझ्न नसक्नेहरूले क्रान्ति, विद्रोह, आन्दोलन मनोयुद्ध नबुझेका हुन्छन् । किन पद, पैसा र शिक्षितहरू, भूतपूर्व क्रान्तिकारी विवेकजन्य भूमिकामा हुँदैनन् त ! सहज उत्तर हो – सम्पत्ति, पद र सुविधाले हिम्मत दिँदैन, बरू डरपोक र भीडमा फेरिदिन्छ । पद, प्रतिष्ठा र सम्पत्ति गुम्ला कि भन्ने आतंकमा सदा रहेपछि ती यान्त्रिक मानव बन्न पुग्छन् । कोबाट कसरी चालित छु ? भन्ने कुरा रोबोटलाई पत्तै हुँदैन । हरेक चिजको मूल्य तिर्नुपर्ने हुँदा आलोचनात्मक चेत पनि निःशुल्क छैन । जति महŒवपूर्ण हुन्छ त्यसको मूल्य त्यति नै धेरै हुन्छ । सित्तै पाएको चिजको महŒव पाउनेले बुझेकै हुँदैन । भीड बनेको जनमत तमाशा मात्र हेर्छ । ती सबै इतिहास बन्छन् । पुस्तक फेरे पनि इतिहास फेरिँदैन । इतिहासको व्यवस्थापन अझ ठूलो खेलमा झेल बन्छ । वर्चश्वशाली र बहुसंख्यकवादीहरू आफ्ना समाजमा अहंकारवादी बनेर शक्तिशाली त बन्छन् तर मानवतावादी भने बन्न सक्दैनन् । भीडको हिस्सा बन्छन्, अल्पमतलाई घृणा गर्ने कुनै अवसर नछाडेर श्रेष्ठ दाबी गर्न इतिहास, संस्कृति र धर्मको सहारा लिन्छन् । त्यो समयसँगै पानीको फोकाजस्तै बन्न पुग्छ । समयसँगै प्रतिरोधी धारा कहिले सतहमा त कहिले अन्डर करेण्ट बगिरहेको हुन्छ । पीडा, सपना, आक्रोश र प्रतिरोध व्यक्त गर्ने आ–आफ्ना शैली हुन्छन् । संघर्षका मोर्चा पनि योद्धाका गुण र हैसियतअनुसार छानिन्छ । एउटा मान्छेभित्र धेरै मान्छे हुन्छन् । विवेक र भावनाले सँगसँगै यात्रा गर्छन् । तब सुख लेखिन्छ, दुःख लेखिन्छ, दर्शन र राजनीति लेखिन्छ, गतिशील इतिहास लेखिन्छ । पक्षकारिता त स्वाभाविकै हो । सवाल्ट्रनका गीत, कथा र सपना लेखिन्छन् । नांगिदै आफैँलाई गाली गरिन्छ । पछाडि फर्केर हिँँडेका बाटा लेखिन्छ । आफ्नै सपनाका तस्बिर कोरिन्छ । अनि ऐनासामु ठिंग उभिएर बेचैन बनाउने आफैँलाई प्रश्न गरिन्छ । तब प्रश्नहरू शब्द बन्ने गर्छन् । जब शब्द रित्तिन्छन् तब हाँसो, रुवाइ र आक्रोश बन्न पुग्छन् । ती सबै समयका चित्कार हुन् । विवेकलाई साङ्ला लगाउने धेरै तŒव भय र आशक्ति हुन् । सत्ताले (राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धर्म, प्रेम र भावना) यथास्थिति चाहन्छ, विवेकीजनले त्यसलाई तोड्न । तब विवेक र यथास्थितिबीच भयानक टकराहट हुन्छ । टकराहट बढ्दै जाँदा दोबाटोमा पुगेपछि या आत्मसमर्पण या त सम्बन्धविच्छेदको अवस्था आउँछ । मध्यमार्ग कतै हुँदैन, किनारा त लाग्नै पर्छ । जुन बाटो खतरा, एकलासको हुन्छ र थोरै मान्छे मात्र हिँड्ने गर्छन् त्यही बाटो विवेकीजनले छान्ने गर्छन् । यो दुनियाँकै रीत हो । तब सनातनीले उनीहरूलाई ‘मूर्ख’ र ‘बौलाहा’ भन्ने गर्छन् । लेखको बिट मार्नैै थाल्दा जाँदा दरवारीलाल ‘मित्रको’ ‘सफलताका’ सूत्र र ’सुखी’ हुने उपायको विद्युतीय पत्र आइपुग्यो । १) सक्छौ जित्नेको पछि लाग, सक्दैनौ चुप बस । तर, हार्नेको पछाडि भने लाग्दै नलाग । २) जाडो चम्कँदै छ, बलेको आगो ताप । मुढा जलाउने समय छैन, समय पर्खेमा स्वयं कठ्यांग्रिसकेका हुनेछौ । ३) बिर्सिदेऊ… ती यादलाई, जो कुनै दिन तिम्रा ऊर्जा बन्थे र सपनामै म्याराथन गराउँथे । ४) ‘मूर्खहरू’ सिद्धान्त र इतिहास खोतल्छन्, ‘चतुरहरू’ वर्तमानमा साँपसिँढी चढ्ने भ¥याङ बनाउँछन् । जनआस्था साप्ताहिकबाट

Tuesday, August 25, 2020

सवै कुरा पाँउन सकिन्छ,साथी

मृत्युले घेराबन्दी गरिरहेको अनिस्चित कालमा पनि साथी, यदी तमीलाइ सपनाले डोर्याउछ भने, तिमी खितखिताएर हास्न सक्छैा । पाहाड पनि थुम्को बन्छ, निस्लट्ट रातमा ताराले छरेका उज्यालामा बाटो पहिल्याउन सक्छैा । हरेक कठिनाइ उत्सव बन्छन् । तव सवैकुरा सहज र सरल बन्छ । सवै कुरा पाँउन सकिन्छ उत्साहा, जाँगर, जोस, संकल्प पनि

Thursday, August 20, 2020

पूर्वी चितवन पढदा

म भन्डरापुग्दा अभ्यासले शिक्षितभएपनि झोले डक्टर नै थिँए । क्वाक्स पनि भन्न सक्नु हुन्छ । तर जेगरीँ, त्यो दुइ मिस्टेक भएपनि भन्डारा,बिरेन्द्रनगर,कठार,खैरिनेपर्शा, लोथर,चण्डिभञ्न्याङमा पुर्याएको सेवाको गर्वित झु र त्यो शिक्षाले जीवनलाइ धन्य वनाएकै छ । समय र परिस्थितिले मलाइ भन्डारा चितवन पुर्याएको थियो ।भण्ढारा पुग्नु जिन्दगीको मेरो दाेस्रो हिस्टाेरिकल टर्निग प्वाइन्ट थियो । बोटे थिए,ठाकुर लोहनी । छत्योवेला छापडाँडे लोहनी पाँचभाइसंगै पहिचाानको भिडन्तमा थिए । ठाकुरले वेलेको पापढ नेपाली समाजको फेरिँदै गएको चरित्रको उम्दा कथा थियो र हो । थप मेरा जिन्दगीका कथामा अाँउनेछ नै । अर्कापात्र हुँन उनी अर्थात क्षेत्रकान्त मैनाली । मेरा जीवनका अनाैठो अनाैडा पात्र अार्, हरेकका जीवनकथामा अाँउछन। हरेक विहान भन्डाराका उनी मेरा कफी गफका मित्र थिए । उनैको सुझावमा मैले स्पार्टाकस पढेँ । कितावलिन गोरखपुर पुगीँ । पूवर्सिडियोले भनेः तिमी कस्तो कम्युनिष्ट ? कमयुनिषट मेनिफेस्टो र रेड बुक पढेर धारणा त बनाउछाै तर त्यही संस्कृतिका प्रतिरोधी साेच र ग्लेडियर र स्पार्टाकस पढया भने छैन । तव म म अावेगात्मक भएर अाफ्नै अध्ययनका सीमा र समस्या निर्मम समीक्षा गरीँ । अाज मेरा शिक्षक न मैनाली छन न हाकिम पाठक । पूर्वीचितवनको राजनीतिक र सामाजिक टकहराट बुझन मैानाली र पाठक कूलका भिडन्त अध्ययन गर्नु पर्छ, अरू थरी त तपशिल नै थिए ।

प्रलयको दिन अझै आएको छैन

प्रलयको दिन अझै आएको छैन हाम्रा सामने उत्तर खोजीरहेका अनगिन्ती प्रश्न ठिंग उभिएका छन् । कयौँ टुहुरा बनेका मुद्दाले अविभावक खोजी रहेका छन् । तर, हामी चुकिरहेका छौ, अदृष्य भयले स्वसेन्सरशिप हुँदैछौं । त्यो छाँया यति जबरजस्त र शक्तिशाली छ कि आफ्नै गौरवता धान्न दिँदैन् । आलोचनात्मक चेतको दुश्मन बन्छ । टुलुटुलु हेर्ने रमिते समाजको हिस्सा बनाँउछ… आखिर त्यो अदृष्य आतंक के हो ? तपशीलमा थन्केका अनेकौँ मुद्दा न्यायखोज्दै चिच्याइरहेका छन् तर, कलामय तरिकाले बहसहिन बनाईए । समाज, राजनीति, सिद्दान्त र व्यबहार, माहामारीका कारणले विश्वशक्तिमा उग्रदक्षिपन्थी जगमा मौलाउँदो फासीवाद थप मौलायो । हामी वास्ता गर्दैनैाँ । हामीले वेवास्ता गर्ने वित्तिकै समस्या नरहने हैनन्र परिणााम त भोग्नै पर्छ । युद्द र शान्ति, पर्यावरणको विनासका छताछुल्ल दुर्घटना माहाकाल बने । क्रान्ति, विद्रोह र परविर्तन, नायक र खलनायक, आर्दशका धरहरा ढल्दा जागरुक समाज मौन भो । के हामी अहिले समाजवाद उन्मुख राजनीतिक यात्रामा त छौं ! कि भ्रष्ट संस्कृतिमा (क्लेप्टोक्रेसी) ? के हाम्रो राजनीतिक अवस्था सामान्य छ र ? उत्तरको त कुरै छोडौँ हामीसंग प्रश्न गर्ने, जिज्ञाशा राख्ने हुति पनि छैन् । जिज्ञाशा र प्रश्न त्यसैले मात्रै गर्छ जस्लाई त्यो उठाउने नैतिक अधिकार राख्छ । मौसमविद्ले मौषमको संकेत पाउन सक्छन । धरतीका हलचल र ज्वालामुखी विश्फोटन भूगर्भविद्ले भने चाल पाँउदा रहेनछन् । इण्डियन प्लेट र टिवटियन प्लेटको टकराहट हिमालयन पर्वतश्रृखंलामा अनुसन्धान भइरहेपनि ठ्याक्कै भैंचालो कै तिथी र मिति भने खुट्याउन सक्दा रहेनछन। भूकम्प र कोरोनाले मान्छेलाई गम्भीर संकेत र सन्देश दियो । प्रकृति, इतिहास र युगिन साहित्यले संकेत दिइरहेका, प्रश्न गरिरहेका हुन्छन् । राजनीतिकशास्त्रीले सामाजिक नाडी छाम्न सक्छन् । समाजले नायक जन्माइरहेको पनि हुन्छ, सामान्यजन भने उदासिन हुन्छन् । कतिले बुझेर, कतिले नबुझेर वास्ता गर्दैनन् । शक्तिमा रहिन्जेल ऊ न इतिहासबाट सिक्छ, न पर्यावरणबाट । क्रान्ति र विद्रोहको भौतिक परिस्थिति तयार भएको कुरा नैतिक पुँजी संगेटेका इच्छाशक्तिले भरिएका राजनीतिककर्मीले मात्र वाणी दिन सक्छन् सपना देखाउछन् र कर्मभूमिमा उतार्छन् पनि । के सनातनी राजनीतिमा त्योदेखिन्छ ? शक्ति अन्धोबन्दा सिंहासन हल्लिदा पनि सुरक्षित छस् भन्ने कान्सुत्ले दरवारीलालको विश्वासमा पर्छन् । श्री ३ महाराज मोहन शमशेरको पालामा कनसुत्ले बाहेक सूचनाको भर भारतबाट आँउने पत्रिका, अलइण्डिया रेडियो र बिबिसी मात्रै हुन्थ्यो । कन्सुत्ले भन्थेः शक्तिशाली महाराजको सिंहासन सुरक्षित छ, केही भाडाका टट्टु, राजद्रोही र राष्ट्रद्रोहीले ड्यागडुंगका आवाज छिटफुट निगाँला पड्काका मात्र हुँन भन्थे । तर सवैतिरको हाल खबर रेडियोले भन्न थालेपछि श्री ३ ले श्रीपेचलाई लात्तिहान्दै ३ वटा रेडियो फोरेका थिएअरे । श्रीपेच फुक्लदा पनि अहंकार टुटेन ।२००७ सालपछिको क्याविनेटमा श्रीपेचहीन प्रधानमन्त्री मोहनलाई एउटै सोफामा बसेका गणेशमान सिंहले”अब ट हामी सवै बरावर, कसो माइलाडाई !” भनेपछि अहंकारग्रसित प्रधानमन्त्रीले राजीनामा गरे । भिन्नविचारसंग महेन्द्र प्रत्यक्ष र परोक्ष संवाद गरिरहेका हुन्थे, संसारभर छरिएका प्रतिभालाई स्वदेश आउँन हौस्याउंथे । २०६३ वैशाखको महिना महाराजा ज्ञानेन्द्रलाई सोच्याझैं भएन । कस्तो अनुभूति गरे, आत्माबृतान्तमा लेख्लान नै । एउटै देशमा २ पटक श्रीपेच लगाउने र फुकाल्ने विश्व इतिहासका दुर्लभ पात्र हुँन्, उनी । उनको अहिलेको अचम्मको बाध्यात्मक धर्यता इतिहासले नयाँ तरिकाले मूल्यांकन गर्ला । पाउनु, ल्याउनु ठूलो कुरा हैन् रहेछ, त्यसको मर्म थेग्नु र आर्दशको हस्तान्तरण नयाँपुस्तालाई गर्नु महानर्काय रहेछ । इतिहासमा कस्ले, के गरेको थियो भनेर वा चाकरहरुको स्तुतीगान हुँदो रहेनछ, परिणाममा के दिएर गयो भन्ने हुँदोरहेछ । अहिले नवमहाराजहरुका कन्सुत्ले सामान्यखाले दिमागी र जोगाडी मात्रै हैनन् । उनीहरु पनि आलोचनात्मक चेतलाई हुल्लडवाज र फिस्टा गर्जन भन्छन् । २०६२\६३ पछि देशमा सानाठूला धेरै दरवार भए । शक्ति र सत्ता चरित्र हो, श्रीपेच । यसलाई श्वामीभक्ति खुव मन पर्छ, सामान्यजनलाई पनि अहंकारी घमण्डी, छत्रपति महाराजमा फेरिदिन्छ, सोच्न हौँस्याउछ ।सायद यसैले चाणक्य, गान्धी, देंङ्ग सियायो पिंग, जयप्रकाश नारायण, गणेशमान सिंहलाई अनुकूल परिस्थितिहुँदाहुँदै पनि श्रीपेच लगाएनन् । भारतका आधुनिक किग मेकर कामराज हेरौं त… ! पावर, किंग एण्ड किंग मेकर आर डिफिरेन्ट्स थिंग । घटना र प्रबृतिले भने परिवर्तनपछिको नेपालमा के देखायो भनेः एक ‘सफल’ नेता त्यही हो, जो आफन्त र परिवारलाई सत्तावरिपरी पु¥यायो, छोराछोरीलाई विदेश पढायो, पठायो वा शक्तिमा पुर्याएर भ्रष्टताको उत्तराकिारी बनाउदै पछुवावाट आर्दशनामा पुज्यायो । तर, अर्काका छोराछोरीलाई सडकमा जिन्दावाद र मुर्दावाद भन्न वा बिद्रोहमा बन्दुक उचाल्न हौस्यायो । जाति, भेगको नारामा उराल्यो र मन्दिर मस्जिद र चर्चमा भिडायो । गुण्डाभीडमा फेर्यो । फेरिएको युवाजनशक्ति लठैत बन्नु वा मुर्खता प्रर्दशनमा उत्रिनेले समय, समाज र शक्तिसंग कहिल्यै प्रश्नगर्न सक्छ ? सक्दैन् । अरिंगालबन्ने हैसियतका कोरनाकालका लठैत नियालौँ त ! आइंस्टीनले एकपटक भनेका थिएः ब्रह्मांडको त थाहा छैन, तर मान्छेको मुर्खताको भने कुनै सीमा हुँदैन ।’ मुर्खताजस्तै मान्छेमा रहेको अन्तरनिहित क्षमताको पनि कल्पनै गर्न सकिँदैन। त्यसको पुरापुर उपयोग र उपभोग महान मान्छेले समेत गर्न सकेका हुँदैनन् । जति जिज्ञाशा हुन्छ त्यतिनै कौतुहुलताले नयाँ विषयको जोखिमयात्रा निर्धारण गर्छ । प्रतिकूलतासंग पौंठाजोरी खेल्ने आत्मावल दिन्छ । जति जिज्ञाशा राख्छ, प्रश्न गर्छ त्यसैले उस्को ज्ञानको भोक र दायित्व परिक्षाको आतुर छ भन्ने नाप्ने तराजु बन्छ । त्यसैले जर्ज गोर्डेन ब्रायन भन्छनः जस्ले प्रश्न गर्दैन ती पाखण्डी हुँन, जो प्रश्न गर्न सक्दैनन् ती मुर्ख हुँन, जस्का सोचमै प्रश्न उभिदैन् ती दास हुन’ । संकटकाशिक्षाः हाम्रोदेश भूसंवेदनशील राजनीतिक भूगोलमा छ । देश अहिले शासकका कारण संकटमा छ । माहामारीले कोही पनि विश्वचेत र भूमिकाबाट अलगिन सक्दैन । संकटको अनूभूति सत्ताले (सरकार र प्रतिपक्ष) गरेको देखिंदैन । भूकंपले अहंकार, घमण्ड, सत्ताप्यास भत्काउनु पथ्र्यो, भत्काएन । कोरोनाले भ्रष्ट चेन टुटाउनु पथ्र्यो, सकेन । खटिरा उकुल्चिँदै गए । विश्वास, सपना, आशा, भरोसा, नायक, मूल्यमान्यता, त्याग, वलिदानको सौर्यगाथा भत्किए । आफैमा रुमलिएर राजकीय दायित्वमा उल्झेको योजनहीन सरकारको हविगत हामी भोग्दैछौ । सत्ता मैमत्तभएकाहरू बीचको भिडन्त अझै शान्त भएको छैन् । मोलतोल, लेनदेन, सन्धीसम्झौतामा टुङ्गिने छ । टुङ्गयाउन नसक्ने विषय टुङ्गयाइने छ । शान्तिभित्रको हलचल नाप्न त माटो छुनुपर्छ, हावाले मुड बदल्यो भने आगो झोस्नेको हविगत पनि खरानी नै बन्नुपर्ने हुन्छ । अबप्रश्नउठे १. कोरोनकालको केन्द्रिय प्रश्न बन्न पुगेको विश्वासको पुनरजागरण कसरी गर्ने ? प्रश्नले नै उत्तर खोजीगर्छ, शक्तिको केन्द्रिकरण गर्छ । २. के नयाँसंसारको संघारमा विश्व पुगेको हो ? माहामारीले विश्व संकटले पुराना बहस खारेज गरिदिएर अनुदारवादी शासक नांगिएका छन । तटस्थताको सुख कसैले भोग्न पाउने छैन् । के त्यसको जगमा नयाँविश्वको उदय हुँनेछ ? ३. के समाजिक असन्तोषलाई आत्मागतशक्तिमा फेरिएपछि टुहुरा बनेका बहसले अभिभावक र कमाण्डर पाँउनेछ ? ४. भीड बन्दैगएको तमासे लठैत समाजः ठोक्, ताली ठोक्, ताली परर्रर ठोक् भन्छ । दासहरुको कन्तविजोग त हुँनेछ नै,ज्यान हराएका धुकुरधुकुरका रैति बन्दै गएका प्रजालाई फेरी नागरिकको हैसियतमा फेरी उकस्ने छन् ? ५.अझै प्रलयको दिन आएको छैन् । पुरा समाज पुरा भ्रष्टिकरण पनि भैसकेको छैन । सपना र दायित्व अझै तुहिएको छैन् । गद्दारमात्रै हैन इतिहासले जन्माउने असल संन्तानका अझै छातीमा धडकन सुनिन्छन् । यो अस्तब्यस्तता, माहामारी, उग्रदक्षिणापन्थको धार्मिक र वर्चश्वसाली अभियानका बीच संसारका मान्छे नयाँ तरिकाले सोच्दैछन । नयाँ समाज बन्नेछ, बनाउने जागृत समाज विश्वमै जाग्दैछ । एक जागरूक मान्छे प्शान्त भूषणले कसरी संसारको ठूलो प्रजातन्त्रको जग अदालतमै हल्लाइदियो ? (पूर्वप्रकाशित अाफ्नैलेखको पुनरसंपादित सहित)

हाम्रा सोचका स्वामी हामी नै हौं त ?

जिज्ञासा र सूचनाको भोकले मान्छेलाई मानवमा फेर्छ तर मिथ्या सूचनाको छूत रोगले भने मानव कुन बेला दानवमा फेरिइसक्यो भन्ने पत्तै पाउँदैन। ०३६/३७ तिर चितवन भण्डारा स्कुलको चौरमा जोडीदार गणेश लोहनीसँग जीवन र जगत्लाई विज्ञानको नजरबाट हेर्नु, बुझ्नु र व्यवहार गर्नुपर्छ भन्ने घन्टौं छलफल हुन्थे। पुँजीवाद सबै चीजलाई किन्न र बेच्ने बजार हो। पुँजी र प्रविधिको घालमेल भएपछि मान्छेले के सोच्नुपर्छ भन्नेमा पनि बजारकै निर्देशन र नियन्त्रणमा हुन्छ। दिमागको किनबेच गम्भीर विषय हो। हाम्रा छलफलमा प्रविधिलाई वर्चस्वशाली समूहले कब्जा गरेपछि कुनै दिन यस्तो चिप्स मस्तिष्कमा घुसाइन्छ कि वास्तविकता र नांगो वास्तवकिता छुट्ट्याउनै नसकेर मान्छे रणभुल्लमा पर्नेछ। ग्रामीण क्षेत्र भए पनि चितवन आफैंमा प्रतिरोधी चेतको थलो थियो। चाल्र्स ववलेले सन् १८३७ मै कम्प्युटरको आविष्कार गरेर चौथो पुस्ता तयार हुँदा हामी भने त्यसको आकारसमेत देख्न पाएकाथिएनौं। पहिलो दशकमै इन्टरनेटको आविष्कार भए पनि टिम वन्र्स–लीले २०४५ साल फागुन २९ गते सार्वजनिक गर्दा १० वर्ष पहिलाको समय थियो त्यो। तर शक्तिले जहिले पनि सूचना कब्जा गर्दै युद्धमा भ्रम फैलाउँछ भन्ने कुरा भने वैदिक साहित्य महाभारतमा द्रोण हत्यामा–नरो वा कुञ्जरो वा अश्वस्थामा हतो हत’ भने बुझेकै थियैाँ। अहिले सूचना कारोबारमा फेसबुक नकारात्मक बहसमा छ। सोच्नुपर्ने भयो– हाम्रा सोचका साँच्चैका स्वामी हामी नै हौं त ? फेसबुक खोल्नेबित्तिकै तिम्रो दिमागमा के खेलिरहेछ ? सोध्छ। मन अस्थिर र अनियन्त्रित हुनेको स्थिति र परिस्थिति पनि नियन्त्रित हुन सक्दैन। हितका टकराहटसँगै सत्य पनि फेरिँदै जाँदा पार्टनर र एलायन्स फेरिँदै जान्छन्। अझ शक्ति केन्द्र ट्युटोमेसी (टयुटर डिप्लोमेसी) केन्द्रित छन्। अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यसका विश्व प्रतीक हुन्। अरूले पनि पछ्याउँदै छन्। मनको बह कसैलाई नकह भन्ने सोच्दासोच्दै पनि स्टाटस धस्क्याउन पुग्छु। ट्वीट गर्छु। मन पराएका र नपराएका, आदर्श र कुरूप पात्रका सञ्जाल नियाल्दै सोच, भूमिका हेरेर धारणा बनाउँछु। ती जीवनका नयाँ मान्यता बन्दै भूमिकामा फेरिँदै जान्छन्। सोच्ने तरिका पुनर्विचार गराउँदै लान्छ र तरिका फेर्दै जाइन्छ। नयाँ तरिकाले सोच्न हौस्याउँदै जान्छ। तब सुन्दरता र कुरूपताको अर्थ फेरिँदै जान्छन्। दुरदराजमा रहेका बिछोडिएका बालसखा, तन्नेरी जोडीदार, सहयोद्धा पुनर्मिलनले हर्षित बनाउँछ। नयाँ ऊर्जाशील, विवेकवान् मान्छेसँग भेटेर जीवन संवाद, सम्पर्कको व्यापक प्लेटफार्म पाएपछि आफ्ना विचार, आदर्श, सपना साटासाट हुन्छन् नै। विश्वकै कुनाकाप्चासँग आफ्ना भावना सार्वजनिक गर्न कुनै मिडिया चाहार्नुपरेन भने सत्ता र शक्तिसँग आँखा जुधाएर विमति राख्न पनि समस्या परेन। सामाजिक सञ्जाल विपक्षको शक्तिशाली भूमिकामा हुन्छन्। मान्छेको सोच नियन्त्रण गर्न सकिन्छ भन्ने रूपर्ट मार्डोकलाई चुनौती बन्छ भन्ने लाग्या थियो। तर, थाहा नपाउनु र नहुनु भने हैन रहेछ। ‘ठुल्दाइले तिमीलाई नियालिरहेका छन्’ भनेर जर्ज आरवेलले १९८४ कृति लेख्दा सामाजिक सञ्जालले दुनियाँमा यत्रो हलचल मच्चाउला भन्ने कसैले सोचेका थिएनन्। वर्चस्वशाली समूह कसरी प्रविधि कब्जा गरेर मानिसको सोच्ने तरिकामा प्रभाव पार्ने मात्रै हैन, ऊ के सोचिरहेको छ ? सुन्दरता र कुरूपताका मान्यता के छन् ? कसरी हस्तक्षेप गर्न सकिन्छ भन्नेमा पनि छ। अझ शक्ति र प्रविधिको घालमेल भएर मिडिया सत्ताको मतियार हुन्छ भने तपाईंको दिमागको मालिक स्वयं बनिरहन सक्दैन। दिमाग कब्जा खेल भयावह हुन्छ। अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नल (वासज) मा १५ अगस्तमा प्रकाशित खोजी पत्रकार न्युली पुर्निल र जेफ हरवित्जको– फेसबुकको हेट– स्पिच नियमहरू भारतीय राजनीतिसँग टकराउँछन्’ भन्ने लेखले विश्वव्यापी सामाजिक सञ्जालको विश्वास नै खज्मज्याउँदै नयाँ मिडियाको बहस छेडिदियो। यो पहिलो घटना हैन। बेलायती गार्जियनले पनि कसरी क्याम्ब्रिज डेटा एनालिटिकाले डेटा बेचेर दुनियाँका चुनावलाई प्रभाव पारिरहेको छ भन्ने छर्लंग पारेको थियो। सामाजिक सञ्जाल लोकप्रिय मात्रै हैन, कतिपय समयमा मूलधारका मिडियालाई चुनौतीसमेत बनेको छ। जबसम्म त्यो नाफा र स्वार्थको सत्ता सिन्डिकेटमा सामेल थिएन र हुँदैन तबसम्म भुईंमान्छेको समाचार मूलधारको बहसमा केन्द्रित गराउँदै लोकतान्त्रिक भूमिकामा पनि थियो र हुन्छ। वासजको लेखले भने गोपनीयताप्रति संवेदनशीललाई ‘विग ब्रदर इज वाचिङ यु’ मात्रै हैन, स्वयंसेवीलाई लम्पट बनाएर आफ्नै एजेन्डामा लतार्दै छ भन्ने पनि बनायो। अहिले सामाजिक हैसियत नाप्ने एउटा तराजु सामाजिक सञ्जालमा कसका कति फलोअर छन्, सेयर भयो, लाख कमेन्ट आयो भन्ने सोच पलाउँदै छ। भाइरल रोग डिप्रेस रोग बन्दो छ। उक्त खोजी पत्रकारितामा कसरी फेसबुकले संसारको चुनावलाई प्रभावित पार्छ ? फेसबुक (वाट्स एप, इन्सटाग्राम) किन घृणा र आक्रोशका सामग्री हटाउँदैन ? त्यसले समाजमा कस्तो असर पार्छ ? आवेग पैदा गरेर शक्तिको हित गर्छ भन्ने खुलस्त पारिएको छ। फेसबुक इन्डियाकी पब्लिक पोलिसी डाइरेक्टर अंकी दास– त्यस्ता सामग्री हटाइयो भने कम्पनीको व्यापार प्रबन्धनमा खराब प्रभाव पार्छ।’ फेसबुकले भारतीय चुनावमा बीजेपीलाई सहयोग गरेको थियो। स्वस्थ अभिव्यक्ति, पारदर्शिता र तटस्थताको पोल खोलिदियो म्युनिख विश्वविद्यालयमा डिजिटल राजनीतिक अध्यापक सहाना उडुपाले– राजनीतिक चुनाव प्रचारका लागि डेटा एनालिटिक्स कम्पनीको उपयोग गर्दा संसारमै विनाशकारी प्रभाव परेको छ भन्दै डेटा निगरानी, पुँजी र राजनीतिक शक्तिबीच मिलिभगतले लोकतन्त्रलाई नै गम्भीर क्षति हो। किनकि मतदाताका व्यवहारको स्वभाव पत्ता लगाइन्छ, षड्यन्त्र रचिन्छ, भविष्यवाण्ी गरिन्छ र नक्कल पनि गरिन्छ। यसै पनि अमेरिकी चुनावलाई असर पार्ने डाटा राष्ट्रपति ट्रम्पलाई उपलब्ध गराएको भन्दै आलोचना खेपिरहेको फेसबुकलाई संसारकै ठूलो ‘लोकतन्त्रलाई’ कसरी प्रभाव पारेको छ भन्ने उक्त लेख वैश्विक सरोकार बन्न पुग्यो। आखिर मान्छेको निजी स्वतन्त्रता र वास्तविक लोकतन्त्र कसको नियन्त्रणमा छ ? हामी सही र सत्य नजिक पुग्नुभन्दा उत्तेजना र आवेगमा रमाउने रमिते समाजमा फेरिँदै छौं। कुन बेला हाम्रो सोचको मालिक को बन्ने होसै राख्दैनौं। गे लुइस डे बोर्ड (२८ डिसेम्बर १९३१–३० नोभेम्बर १९९४) ६० को दशकमै मिडियाका कारण संवेदनशील व्यक्ति पनि एउटा रमिते समाजमा फेरिरहेको भनिसकेका थिए, त्यसबेला न पाँचौं पुस्ताको कम्युटर थियो, न त इन्टरनेटको सीमारहित पहुँच। तमासे समाज सरोकारसँग जुझ्नेभन्दा छेउकिनारामा बसेर रमिता हेर्न रुचाउँछ। तमासाका प्रकारमा मास मिडिया तीमध्ये एक हो। गे बोर्डको मान्यतामा तमासे समाजको विशेषता नै असाधारण तर्कहीन भक्ति, उपभोक्तावादको वृद्धि गर्दै सोच्ने तरिकामा व्यक्तिलाई सामाजिक वा आर्थिक स्थितिको वास्तविक प्रकृति बुझ्नबाट रोक्छ। त्यो बजार अर्थतन्त्रको निरंकुश शासन भएर हो। हामी ‘पेसेवर’ मिडियाबाट निष्पक्ष, सन्तुलित र वस्तुगत जानकारीको अपेक्षा गर्छौं तर तथ्य यो हो कि सत्ताले पहिल्यै लिइएका निर्णयहरू निष्क्रिय प्रशंसकका लागि फेरि पनि त्यहाँ प्रस्तुत मात्रै हुन्छन्। मिडियाका प्रस्तुत छविले दैनिक हाम्रो जीवन र विश्वासमा प्रभाव पार्छन्। विज्ञापन नयाँ इच्छा र आकांक्षा उत्पादन गर्छन्। दृश्यले आफूलाई सकारात्मक, निर्विवाद र पहुँचयोग्य नभएको चीजका रूपमा प्रस्तुत पनि गर्छन्। गे वार्ड भन्छनः शासन गर्ने आर्थिक प्रणाली पृथकताको विकराल सर्कल हो। यसको प्रविधि पृथकतामा आधारित छन् र तिनीहरू समान अलगावमा योगदान गर्छन्। अटोमोबाइल्सदेखि टेलिभिजनसम्म र दर्शनीय प्रणालीले उत्पादन गर्ने सामानले पनि यसलाई ‘एक्लो भीड’ जस्तो परिस्थितिलाई सशक्त बनाउन लगातार हतियारको रूपमा प्रयोग गर्छ । डाटा व्यापार डाटा चोरीको लडाइँ र आक्षेप संसारकै राजनीतिक केन्द्रीय विषय हो। चीनले फेसबुक बन्द गरेको छ। चिनियाँ कम्पनीले गोपनीयता चोरी गरेको भन्दै टिकटकलगायत धेरै एप्स भारत र अमेरिकाले हालै बन्द गरे। फेसबुक चरित्रका बीचैट जस्ता १० सञ्जाल चिनियाँ समाजमा विकल्पमा दिएको छ। तेलभन्दा महँगो डाटा भएको छ। जुन दिन क्याम्ब्रिज एनालिटिकाको भण्डाफोर भएको थियो, त्यसै दिन ‘द गार्डियन’ मा जुलिया कैरी बोङले डाटाको उपयोगले संसार त फेरिदियो तर फेसबुक फेरिएन भनिन्। राजनीतिक पार्टीलाई डाटा विश्लेषणले योजना बनाउन र वास्तविक मतदाता स्वभावको मनोवैज्ञानिक अध्ययन आधारमा मतदाताको स्वभाव फेर्न सकिन्छ भन्ने हो। कर्पोरेट हाउस र बजारलाई वास्तविक ग्राहकसँग सीधै पहुँचमा पुर्‍याउनु हो। डाटा एनालिसिस कम्पनी फेसबुक डाटाको माध्यम युजर्स प्रोफाइलिङ गर्छन्। युजरको व्यक्तिगत डाटालाई ध्यान दिँदै उसको राजनीतिक विश्वास र स्वीकार वा अस्वीकारलाई नियाल्दै सरोकारवालालाई बेच्ने गर्छन्। धेरै समय पुराना सोच ध्वस्त गर्ने नयाँ पोस्ट आएपछि फेरिएका धारणा सरोकारवालालाई उपलब्ध गराइन्छ। आरोपीका भनाइमा फेसबुककी पब्लिक पोलिसी डाइरेक्टर अंकी दास त्यही भूमिका निभाउँथिन्। अझ प्रमुख प्रतिपक्षी नेता राहुल गान्धीले त आरएसएस र भाजपा भारतमा फेसबुक वाटुस एप र इन्स्टाग्रामका नियन्त्रण गर्छन् भन्ने सार्वजनिक आरोप लगाउँदै कांग्रेसले फेसबुकलाई चिठीसमेत लेख्यो। अन्त्यमा, – अमेरिकी अश्वेत आन्दोलनका नेता माल्कम एक्स : मिडियाबारे तपाईं सावधान हुनुहुन्न भने मिडिया तिनलाई घृणा गर्न सिकाउँछ, जसलाई उत्पीडन गरिरहेको हुन्छ र तिनलाई प्रेम गर्न सिकाउँछ, जसले उत्पीडन गरिरहेका हुन्छन् भन्छन्। –अहिले सामाजिक हैसियत नाप्ने एउटा तराजु सामाजिक सञ्जालमा कसका कति फलोअर छन्, सेयर भयो, लाख कमेन्ट आयो भन्ने सोच पलाउँदै छ। भाइरल रोग डिप्रेस रोग बन्दो छ। –आलोचाात्मक चेतसहितको मिडिया चेतसहितको अध्ययनले भ्रमबाट जोगिन सकिन्छ। मिडियाका तकनिकी, कार्य प्रणाली र स्वामित्वका सोच र सम्बन्ध नियालिनुपर्छ। –सामाजिक सञ्जाल व्यवहार सोचमाथि प्रभाव मात्रै हैन, नियन्त्रण पनि जबर्जस्ती गर्दै छ। –के सोसल मिडिया एन्टिसोसल त बन्दै छैन ? – सडकका आवाज र असहमतिका स्वरलाई शक्ति प्रदान गर्ने सामाजिक सञ्जाल शक्तिसँगको अदृश्य सम्झौता गर्दा मौलिक चरित्र त गुमाउँदै त छैनौं ? –कमनसेन्स मान्छेको कब्जा भएपछि पुँजी र शक्तिको लालसामा मानवता बजारको लिलाम हुँदै गएको हो ? हामी ठूला प्रश्नबाट जोगिन र प्रोपोगान्डामा र कुतर्कका व्यापक सम्पर्क, ठूलो प्लेटफार्म कतै रमाउँदै त छैनौं ?