Thursday, February 18, 2021

कम. बुधनाले कोठैमा अाएर सरापे

प्रायजसो अाफ्नो डेरा देखाउने गर्दिन । त्यसका धेरै कारण छनः पहिलो त अाफन्तले निगरानी गर्ने मानव सिसिटिभी वासस्थानमा जडान गरिदिएका छन । सिसिटिभीमा बिपनीमात्रै हैन् सपनी पनि कैद हुन्छ । दोस्रोः अादर्शवादी क्रान्तिकारी जिन्दगीका ४५वर्षमा मैले धेरैलाइ सपना देखादिएको थिँए । दिमाग साफगरेर कमनिस बनाँए । युद्दमा होमिन पनि प्रोत्साहित गरेँ । अहिले सपना दुर्घटना परेपछि तिनीहरूले मलाइ लखेटिराछन् । तेस्रोः काठमान्डु महंगो थलो । पाहुना स्याहार्न अाैधी कठिन। अाफैँ त पाहुना लागेर खान्छु, वस्छु अरूको थप बोझ दिन चाहान्न, उनीहरू पनि मेरा पाहुना अाएको त्यति मन पराउन्नन । तर,डेरा पत्ता लाएर एकाविहानै कम.बुधना भने कोठामा अाइपुगेछ । गाँउले किशोरलाइ परिपक्क मैले नै बाएको हँ । गाँउले त्यसमा पनि थारूपुत्र बुधनाको देहभाषाले कहिरहेको कुरा मेरा अाश्रयदाताले नबुन्झेने कुरै भएन । लाचार भएर मैले बसैाँ कमरेड, भन्नैपर्यो । कोठा, अाश्रयदाता, मेरै भावभंगी देखेर बुधनाले हिजैजस्तो कमरेडली भाषामा कुराकानी सरूगर्यो । केहीवेरमै मेरो दील र दिमाग बुझेछ । अनी सवाल्ट्रनपुत्र गर्जियो । सपनी, भूभिका, अान्दोलन, ती साथी, चिहानका स्वर सम्झायो । तीदिन, यीदिनको तुलना गर्यो । सघर्षले मान्छेको दील र दिमाग पनी अर्जाप्दो रहेछ । अनि उ मलाइ सराप्न थाल्यो । जानेजत्ति भन्नुपर्ने सवै रित्याउदै एककप चियासमेत नखाँदै,फर्केर समेत नहेरी अलपियो । मैले सम्झेसम्मका उस्का गाली यि थिएः –तैंले पढेका शास्त्र, शिद्दान्त, कला, काब्य सवै पुस्तक धिमिराले खाइदिअोस । नोटबुक पानीले भिजेर अक्षर नबुझियु । दील र दिमागबाट ज्ञान, सिप, विचार, संवेदना, माया र घृणा सवै बिर्सीएस्। –हिजोका सहयोद्दाका नाम र अनुहार विर्सियस् । –प्रेमिका भेटन नयाँ सुट र उनलाइ सुनाउन रचिएको कबिता पनि मुसाले धुजाधुजा पारिदिअोस । –प्रेमिको घर ठेगाना टिपेको चिर्कटो हराअोस । उन्का संवाभित संपर्क नंवर समेत डिलट हुँन् । उन्को नाम पनि विर्सियस् । उन्को टोलछिमेक पुग्दा चिनेका माछेलाइ के भनेर सोध्ने हेक्का नै नहोस । अरूले सोधेकोमा नाजवाफ भएस् । मास्क लगाएको तँलाइ एक्कासी अाफनै थलोमा पुगेको तेरी प्रेयसीलाइ पत्तै नहोस् । उनी बाटो काटीसकेपछि मात्र तैले थाहा पायस् । उन्ले पनि परचक्रिले भनेर मात्र थाहा पाउन । उनलाइ विर्सन पनि नसकेस् सम्झन पनि अर्कैको साहारा लिन परोस । देख्न र सुन्न पायस, तर नजिक हुँन यस जिन्दगीमै नपाएस । –त्यसैबेला तेरो पर्श, परिचयपत्र र एटिम कार्ड समेत हराअोस् । कमरेड तर्कियुन, लालमण्डले कहाँको पासो अाइलाग्यो भनेर सोचुन । –जाडो महिना, साँझको वेला होस् । एकाएक दर्के पानी परोस, अोत लाग्ने घर वा ठूलो रूख पनि नहोस, अाफँतलाइ सम्पर्क गर्ने खोज्दा फुनसेट भिजेर काम नलागोस् । –जुन कामकोलागी यात्रा गरेको थिस् काम नै विर्सियस् । भन्नुपर्नेले तेरो कुरै नबुझोस् । –लडाइमा जाँदा बन्दुक लगे पनि कार्तुस घरैमा विर्सिएस् । –अरुभन्दा भिन्न देखिने दौडमा,आफ्नोपन बिर्सिएर पहिचान गुमाउदै आधुनिक भएको आडम्बरी बन्ने छुतलागेर आफैसङ्ग लज्जित हुनु परोस । –सिँउडीको रूखमा सुन्तला फल्छ भन्ने नयाँ कलमी वातमार्ने बतालु बनेस् । –गतब्य ठिक सोचेपनि पुग्ने दिशा खटयाउन नसकेस् । –रुखो बोली, मूढेतर्क र जिद्दी स्वभाव होस् अन्तमा म सराप दिन्छुः तेरो नर्कमा बास होस् । रैारव नर्कमा परेस । अास्थाको पाहाड चढन भरोसा र विश्वासको भर्याङ बलियो हनुपर्छ त्यैले त्यही छिमोलिस् । त्यसैले अब गसलाम हैन...ागाली खा गाली ।

Monday, February 15, 2021

भ्यालेटाइ डे र स्वस्थानी कथा

म सार्वजनिक लेखक हुँ । तर, यो प्रेमपत्र र स्वस्थानीकथा मिडियाका प्राथमिकतामा नपर्नेभएकाले अाफ्नै ब्लगमै लेख्दैछु । हे...मेरो टोडको, स्वस्थानी र प्रेमकथा जोडन समस्या परिराछ । स्कथ पु्राणको यो कथाले कसरी यो पाहाडी भूभागमा प्रभाव पार्यो, यस्को मनोवैज्ञानिक पाटो मैले अध्ययन अझै गर्न सकि्राख्याछैन । अन्यक्षेत्रका हिन्दुलाइ यस्ले पटक्कै छोएको छैन, हाम्रै तराइ मधेसमा पनि । तँ मेरो टोडको होस् । मैले मेरा मन, मस्तिक, दील र दिमाग तँसंग नभने कस्लाइ भनैाला र ? कसरी मानिस फेरिँदो रहेछ ? मनको बह कहने कोही त टोडको चाँहिदो रेछ । कसैलाइ स्वस्थानिको कथा, ब्यथा र सपनाीले जिन्दगीमा कतै प्रभाव पारेको छ ? हे, मेरो टोडको तं प्राज्ञिक होस्,मेरो दिल र दिमाग राम्रै बुझ्छस् । तैँले बुझेको ठूलेको स्वस्थानी महत्व त सुँन् । यो सवार्ल्टनको निजी जिन्दगानी बुझिस् भने तँ प्रेम हैन् घृणा गरेर कसरी मुक्ति हुँने दाउ खोज्नेछस। तेरा सोच,भूमिका,विश्वास,सपना र सुन्दरता त्याज्य हुँनेछन । जहाँ तेरो विश्वास छ,अास्था छ, पुजा अार्चना गर्छस् म त्यसलाइ घृणा गर्छु । तेरा मुर्खतामा फिस्स हास्छु । म घोषित नास्तिक, तँ माहाअास्तिक । तव तेरो र मेरो प्रेम, मित्रता, प्यार, संवन्ध सवै नाटक बन्छन । ब्यक्तिकालागी विश्वास, सत्य र सुन्दरता पनि समय सापेक्षतामा हुँदा रहेछन् । वाह, जिन्दगीका टर्निङ प्वाइन्ट......। संसारमा कतै कहीँ शेयर गर्न नमिल्ने, नहुँने,खतरा लाग्ने कुरा मान्छेले मनैमा जव गुम्स्याउन सक्दैन् तव उ टोडकोमा गएर पनि भन्छ । तर मेरो टोढकोको प्वाल खै अहिले कस्ले थुनिदियो ? हरेक मान्छेका कहीँ न कहीँ, कोही न कोही टोडका हुन्छन् । अाखिर त्यही सुरक्षित टोडकोमै निजी कथाब्यथा सुरक्षित हुन्छन् । हो, मेरो टोडको ... उफ हिजो, अाज, खै भोली कोनी? समय, गति र सोचलाइ मिलाप गराउदै धारणा सम्बृद्द गर्ने टोडकोलाइ कसरी एउटा भक्तराम अाध्यात्मको पर्खाल नाघेर विज्ञानको, तर्कको उपासक बन्यो भन्ने कुरा मेरा नसुनाएको जिन्दगीका स्वस्थानी कथा अव कहन्छु । अहिले सास्कृतिक राष्ट्रवाद मैाषुफ सरकारबाट हुकुम भएको छ । उनका वैचारिक गुरू सांस्कृतिक राष्ट्रवादका विरोधी राष्टि्य अपराधी हुँनभन्दै सत्तालाइ उकासी रहेको वेला कुमारजी अाज्ञा गर्नु हुन्छः हे, अगस्त्यमुनी नरेन्द्रको जीवनमा कसरी स्वस्थानीले असर पारेको छ भन्ने कुरा सुनहेरी । भ्यालेटेयन डेमा स्वास्थानी कथा टोडकोलाइ अवस्य मन पर्नेछैन् । ......................................................................................................................................................................... यो महिना स्वस्थानी महिना हो । पहाडी हिन्दू समाजमा स्कन्ध पुराण आधारित यस कथालाई भक्तिभावका साथ पढिन्छ, आराधना गरिन्छ, ब्रत बसिन्छ, जीवन र जगतप्रति धारणा बनाइन्छ । मेरो जिन्दगीमा पनि स्वस्थानी कथाले विशेष महत्व राख्छ । कहिलेकहीँ सामान्यजस्ता घटनाले पनि जिन्दगीका अर्थ फेरिँदो रहेछ । बाटा छुटिदा रहेछन् । सौन्दर्यताका परिभाषा फेरिँदा रहेछन् । दोबाटोमा मान्छेले छानेका फरक बाटो जिन्दगीका कथा बन्दा रहेछन् । र, त्यसैलाई भोग्दै सत्य पनि बन्दोरहेछ । कुमारजी आज्ञा गर्नुहुन्छ– हे, अगस्त्य मुनीः यो स्वस्थानी महिना हो ….मेरो लागि पनि स्वस्थानी महात्म्य त्यस्तै बन्यो । अहिले जसलाई वैदिक साहित्य भन्ने गर्छु त्यसबेला धर्मग्रन्थ भन्ने गर्थेँ । फड्को मार्ने धेरै कथा र ब्यथा हुन्छन् । तर्क र विज्ञानचेत हुन्छ । पारिवारिक संघर्षगाथा र सवाल्ट्रानका इतिहास हुन्छन् । हरेक देश र समाजका इतिहास बन्न ससाना भूइँमान्छेका कथाहरु माला बनेर सामाजिक चेत र इतिहास बन्ने गर्छन् । हो, हुक्सेली दुलालका पनि त्यस्तै कथा छन् । एक दिन हुक्सेली जेठा छिमेकमा स्वस्थानी कथा सुन्न गएछन्, हेपिएछन् । तब प्रण गरेछन्– हे.. स्वस्थानी मैयाँ, जबसम्म मेरो छोरो जन्मेर, अाफैँ स्वस्थानी कथा पढ्नेछैन तबसम्म म कुनै पनि धर्मशास्त्र, सत्यनारायण कथा, पुराण सुन्न कहीँकतै पनि जान्न । हे, ३३ कोटी देवीदेवता मलाई माफ गर । म त निरक्षर भएँ नै, तर म आफ्नै छोराकै मुखबाट मात्र ती सबै सुन्ने छु ।’ यसरी एउटा इषालु निरक्षर किसान कहिले छोरो जन्मेला, हुर्केला र स्वस्थानी, महाभारत, रामायण, देवी भागवत, कृष्णचरित्र सुन्न पाउँला भनेर कुरिरहेको हुन्छन्र । कुमारजी आज्ञा गर्नु हुन्छ– हे, अगस्त्य मुनी …..त्यसदिन उनी स्वस्थानी कथा सुन्न अपमानित नभएको भए मैले त्यस गरिव परिवारमा जन्मेर पढ्ने अवसर पाउँथें कि पाउँदैन थिएँ ! थाहा छैन । त्यसैले पनि स्वस्थानीसँग मेरो विशेष सम्बन्ध रहन पुगेको हो । आस्थाबाट अनास्था र विश्वासबाट तर्कका यात्रा जब सुरुवात हुन्छन् तब चौतर्फी मुस्किल, अपमान, तिरस्कार कष्टले घेरिन्छु तब बाबा शिवशंकरका– सबै सह, हेपेको नसह’ सम्झन पुग्छु । वर्षदिनमै मात्रृवियोग, ७ वर्षमै बाबा बितेर टुहुरो बनेको एउटा अनाथ बच्चोले जिन्दगीलाई आफ्नै पाइतालाले नाप्यो । आफ्नै आँखाले नियाल्यो । अनेकौं चुलाका तिरस्कृत खाना चाख्यो । तब न एउटा फलामबाट स्टिल बन्यो । छतविहीन टुहुरो हेपिएर त्यसविरुद्ध जुध्यो । अनि जिन्दगीको सूत्र बनायो– सबै कुरा सह, तर हेपेको नसह’ । धार्मिक थियो तर कट्टर थिएन । दुःखका हण्डर खाएको, बसाई सर्दै गएको, हेपाईसँग जुझ्दै गएको हरेक स्वभिमानी मान्छे प्रगतिशील त हुन्छ नै । बाबा हुक्सेली त्यस्तै थिए । पौरखी थिए । मिहनेती थिए । आफनै पाखुरी बजारेर बाँझो धरती उर्वरा बनाएका थिए । बाँझो भस्मे फाँडेको, बुट्यान सम्याएको मैले देखेको मात्रै हैन्, साथ लागेको पनि छु । रसेटोमा उखु पेलेर सख्खर मात्रै हैन, खुँदो र चाकु बनाउन कति सिपालु थिए, उनी । भुण्टे थिएँ तर साथ दिएको छु । शपथ खाएर भन्न सक्छु –तन्नम यायावर गरिबबाट उच्च मध्यम वर्गमा फेरिदा पनि उनका अंशमा कसैको एक थोपा आँशु र एक थोपा पसिना थिएन । निरक्षर थिए तर हक्की स्वभावका । राम्रा गोरु, बाख्रा, भैंसी देखिनसहने, जति मोल परे पनि किनिहाल्नु पर्ने । यस महत्वाकाङ्क्षाले उनलाई सतायो । आम किसानलाई जस्तै उनलाई पनि छापिएका कुरा ढुंगाका अक्षर थिए भने रेडियोबाजा देववाणी । तब देववाणी अक्षरका संगाती बन्न छोरालाई हौंस्याए, प्रेरित गरे, वातावरण तयार गरे । हरेक किसिमको गर्विलो बाउलेजस्तै अभिभावकत्वको हात छोराका शिरमाथि राखे । बाबाले हेपिनुको कारण टुहुरो हुनु हो, गरिवी र अशिक्षा हो भन्ने कुरा राम्रै बुझेका थिए । सोचेको अठोट पूरै गर्नु पर्ने हुक्सेली जेठा मणिकण्ठ बाजेका सातौं सन्तान हुन् । ६ जना अल्पायुमै बिते । अन्तमा श्रीमति र किशोर जेठो छोरो पनि झाडापखलाले खाएपछि एक वर्षीय छोरा हुर्काउन बाजे मणिकण्ठलाई गाह्रो परेर अर्को बिहे गरे । बर्षात भइरहने उत्तरको गाउँ सिपा बौवा कान्छी श्रीमतिको सल्लाहमा बसाई सरे । मालपोत तिर्न नसकेर भमरकोटबाट पलायन हुँदै रातारात बौवा बसाई सरेका मणिकण्ठ त्यहीँ ७ वर्षको छोरो शिवशंकर र कान्छीपट्टीको साढे ३ वर्षीय छोरो शिवनिधिलाई छोडेर बिते । आमा र दाइ पनि झाडावान्ता महामारीले खाँदा पनि एक वर्षीय आफू बचेकोमा विह्वल हुँदा कहिलेकहीँ उनी भन्ने गर्थे– कालले मलाई किन माया गरेनछ, हँ ?’ आमाकी विधवी बहिनी सानीआमाको संरक्षणमा व्यवस्थित जिन्दगीको सुरुवात हुक्सेबाट भयो । बौवामा हिन्चे भनिने शिवशंकरको अर्को परिचय हुक्से हुँदा भमरकोटे दुलाल, पित्रीथलो आइपुग्दा हुक्सेलीमा फेरियो । उनी निरक्षर थिए । सयौँ घरका बास र गासले उनलाई आसे बनाएन, बरु अपमानसँग लड्ने शक्ति दियो । अनौठो तरिकाले भाइलाई प्यार गरे । साली बिहे गराए । जैसी बाहुनका भताहा श्रेणी हुन्छन्, उकास्न जे गर्न सकिन्छ गरे । मेरो जन्मसँगै अपताली नपर्ने भो भनेर बाबा त यसै खुशी भएका थिए भने आमालाई छोरो जन्मदा हर्षित हुने नै भइन् । उनको अर्को खुशीको कुरा भनेको बाले वंश चलाउनै पुत्रलाभका लागि अर्को बिहे गर्ने अठोट रहेछ । जेहोस्, आमाले सौता बेहोर्नु परेन । दिदीहरूले सौतेनी आमाको पीडा बेहोर्नु परेन । बाले कहिले छोरो बढ्ला स्वस्थानी सुनाउने बनाउँला, त्यतिमात्रै ध्याउन्न थियो अरे । बाबाको स्वस्थानी सुन्ने सपनी पूरा गर्ने जिम्मेवारी अत्यन्तै सानु बालकमा आइपुग्यो । तीन कक्षामा पढ्न थाल्दै गर्दा बढेमाका धार्मिक पुस्तक आइलाग्न थाले । त्यसमध्य स्वस्थानी अत्यन्तै कठिन शब्दको । एउटा शब्द बिगारे नर्कमै गइने । अत्यन्तै सावधानी साथ पढ्न चोखोनिधो हुनुपर्ने । अचम्मका कथाहरु लय हालेर पढनुपर्ने । ओ…हो, पुस्तकका वर्णनले छाएको आतंक भनिनसक्नु । हरेक अध्याय त्यही दिन पूरा गर्नुपर्ने । यमब्रम्हा स्वस्तीश्री सुरुदेखि कायनवाचा सक्नै पर्ने । एक बालकलाई अत्यन्तै कठिन । १५ वर्षसम्म म अत्यन्तै धार्मिक थिँए । नित्यकर्ममा पूजा गर्नु, स्वस्थानी, तुलसा र दशैँको ब्रत लिनु जिन्दगीका पात्रोमा पर्थे । बाबाका पिठ्युमा चढेर सालीनदी नुहाउँदै पवित्र बनेको छु । मातातीर्थ जाँदा गाडी दुर्घटनामा परेर वीर अस्पतालको बास । उफ ! उनले आफ्नो बाबाको किरिया गर्न ब्रतवन्ध नगरेकोले केराको सुपोको लङ्गौटी र कन्दनी लगाएर किरिया गरेको पीडा थियो । स्वर्गीय लोभ र वैतरणी आतङ्क मुक्तिका लागि पनि आफनो किरिया छोराले नै गर्छ भनेर ८ वर्षमै मेरो ब्रतवन्ध गरिदिएका अरे । घरमै गर्नसक्ने अवस्था थिएन । जिम्वालका नाति हरिको जग्गेमा मिस्कट भएर म पूर्ण बाहुन बनेको हुँ । त्यही बेलादेखि कर्मकाण्डी बाहुन बनिसकेपछि एकाएक बालापन रित्तियो । बालसखाले (दलित र अन्य जाति) छोएको खान नहुने भो । पर सरेको आफ्नै आमा र दिदीले छोएको समेत खान नहुने भो । धर्मशास्त्रले जिन्दगीका नीति र विधि तय गरिदियो । खड्गो काट्न कामीपुत्रसँग मीत लगाइयो तर अझै मीतलाई चिन्न सकेको छैन । महाभारत, रामायण, कृष्णचरित्र, देवी भागवत, जगन्नाथ उपाध्याय गुराँगाईं लिखत गुणरत्नमाला मात्रै हैन तोतामैनाका कथा, लालहिराका कथा, अकबर–बीरबलका कथा, काँठेभाकाका असारे गीत घरका पाहुना बनिसकेका थिए । भाका हालेर सिलोक र गीत भन्नुपर्ने । त्यसबेला गर्विलो अनुहार बाबाको देख्थेँ । अझ दुर्गा साहित्य भण्डार वाराणसीबाट छापिएको रातो गाताको स्कन्ध पुराण आधारित स्वस्थानीको पुस्तक अहिले पनि झल्झल्ती आउँछ । बाबा भन्ने गर्थे– सबै पढ्नू, हेर जेठा.....गीता भने नपढ्नू । बौलाइन्छ, जोगी बनिन्छ । तँ जोगी बनेको मैले देख्नै सक्दिन’ । कथा सुनिसकेपछि बुढाले हरेक साँझ राम्रै प्रसाद लगाउँथे । कुनै दिन हेप्ने पनि घरमा आएको, कथा सुनेको देख्दा गर्वित हुन्थे । उमेर बढदै जाँदा टोलछिमेकै सिलोक भन्ने, गीत गाउँने चर्चित भइसक्या थिएँ । किताव त सर्लक्कै पिइसकेको । विवाह, व्रतवन्धमा पनि खोजीनीति हुन थालिसक्या । सिलोकबाटै जुहारी खेल्नेको कुरा काट्ने भइसक्या थिएँ । बाबालाई सुनाउन सुरु भएको वैद्धिक साहित्यले बढाएको अध्ययन भोक अन्य विषय पनि बढ्दै गयो । बाबालाई संसारकै धनी र आमालाई संसारकै विद्वान सोच्ने सोच समयसँगै विश्वास भत्कदै गए । नगर्नु भनेको कामले झन जिज्ञासा बढाउँछ । प्रतिबन्धलाई मान्छे तोड्न चाहन्छ । के हो ? कसो हो ? बुझ्न चाहन्छ । त्यसैले बौलाउने किताव गीताबारे जान्न उत्सुकता जाग्न थाल्यो । त्यसको समाधान आर्य समाजी विद्वान पुष्पराज ढुंगानाले गर्दै गए । सत्यार्थप्रकाश र पाखण्ड खण्डन जस्ता पुस्तक पाइयो । अर्कातर्फ म जिल्ला सदरमुकामको हाइस्कूलको प्रायः प्रथम विद्यार्थी । फष्ट बेञ्चर । विज्ञान, भूगोल, इतिहास, समाजशास्त्र जस्ता पुस्तकले धार्मिक मान्यतामाथि चेतनाको संघर्ष हुँदै गयो । कार्य, कारण र परिणामका अन्तरसम्बन्ध खोजिदै गईयो । त्यसबेलासम्म धार्मिक पुस्तकले बनाएको धार्मिक मान्छे क्रमशः विघटन हुँदै गयो । स्कन्ध पुराणको कथा, कुमारजी र अगस्त्य मुनीका संवादका ठाउँमा माक्र्स र डार्विनले हस्तक्षेप गर्दै गए । चार्वाक, बुद्ध, स्पार्टाकस, ग्लाडियटर, ग्यालिलियो, जियो डानो ब्रुनो र टम पेनले त ‘बौलाहा’ नै बनाइदिए । ज्ञान प्राप्तिको भोक र जिज्ञासाले तर्क र तथ्यसहितको सत्य खोज्न थाल्यो । एउटा जिज्ञासु किशोरका धार्मिक विश्वास डगमगाए पनि बाबाको अनुहारमा खुशी देख्न वैदिक साहित्य वाचनमा भने छोडिएन । एकाएक धार्मिक मान्छेहरुको आर्थिक आक्रमणले हाम्रो परिवार घायल बन्दै गयो । आफ्नै मिहनेतले बुट्यान फाँडेर मध्यमवर्गमा उक्लिएको हुक्सेली परिवार निम्न वर्गमा फेरी झर्न पुग्यो । तब त धार्मिक मान्छेका पापकर्मले दयावान भगवानप्रतिको विश्वास झन टुट्न पुग्यो । या त भगवान छदै छैन, छ भने शक्तिशालीहरुको लागि मात्रै छ, उनीहरुको मात्रै रक्षा गर्छ, निम्छराको गर्दैन भन्नेमा पुगियो । हामी आफन्त दुलाल परिवारबाटै लुटिएका थियौँ । अत्यन्तै धार्मिक भनिने कृष्ण प्रणामी हुक्सेली बजगाँईबाट लुटिएका थियौँ । अन्तमाः सामाजिक हलचल, त्यसको प्रत्यक्ष प्रभाव हरेक विषयलाई तर्क र तथ्यको मिलानले नयाँ धारणा जन्माउँदै जान्छ । दर्शनकै आधारमा दृष्टिकोण बन्दा रहेछन् । संघार काट्न अत्यन्तै कठिन । तब विश्वस्त बन्न पुगेँ– धर्मले मुक्ति त पाइँदैन तर धर्मबाट मुक्त हुन भने अत्यन्तै गाह्रो छ । जन्म आधारित जातिले धार्मिक त बनायो, तर त्यहाँ तर्क छैन । प्रमाण खोजिन थालिदैन । एकातर्फ वैदिक साहित्यले स्वर्गको चाहना, देवभक्त, नर्कको आतंक फैलाएको, अर्कोतर्फ अचानक धार्मिक डर हराइए । पुराना विश्वासमाथि प्रश्न उठे । पुस्तकमा लेखिएका हरेक कुरामा विश्वासमाथि तर्कले सत्य खोज्न थाल्यो । धर्म, स्वर्ग नर्क, कानुन, ठूलाबडाका अर्थ फेरिए । सोच नमिलेको संगाती, वर्ग नमिलेको सम्बन्ध र भावना नजोडिएको नाताको कुनै अर्थ हुँदैनथ्यो । स्वस्थानी कथाले मलाई म बन्ने र अध्ययनको मौका जुराएको त थियो । वैदिक साहित्यले विविध विषयमा अध्ययनको रुची पनि जगायो तर तर्क र विज्ञानले भने त्यसैमा रुमल्लिने अनुमति दिएन । कुमारजी भन्नु हुन्छः हे, अगस्त्य मुनी– त्यसैसँग अचानक धार्मिक आतंकबाट मुक्त भएर विज्ञानको आँखीझ्यालबाट जीवन र जगत नियाल्न पुगेँ । अथः स्वस्थानी माहात्म्य इतिश्री ।